Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुको नजितेका तर राम्रा फोटोहरु

Posted on July 11, 2013July 11, 2013 by Salokya

pjclub
पीजे क्लबले आयोजना गरेको वार्षिक फोटो प्रतियोगिताका विभिन्न विधामा सर्वोत्कृष्ट हुनेहरुलाई हिजो उपराष्ट्रपति परमानन्द झाले पुरस्कार दिए। सहभागी साढे सात हजारभन्दा बढी फोटोहरुमध्येबाट निर्णायक चरणबाट छानिएका १ सय ५१ उत्कृष्ट फोटोको प्रदर्शनी हिजोदेखि काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यी फोटो हेर्न सकिन्छ। त्यहाँको हलमा झुण्ड्याइएका मध्ये मलाई राम्रो लागेका केही फोटोहरु।


NEPAL
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल फाल्नुअघि ७५ वर्षका चकला डंगोल। यो नरिवल टिप्नेले छोरा पाउँछ भन्ने कथन परापूर्वकालदेखि रहेको छ। यो फोटो रोयटर्सका पत्रकार नभेष चित्रकारले खिचेका हुन्।

NPC-CT-SS-a-0119
ऋषि पञ्चमिमा नुहाउँदै गरेका महिलाको यो फोटो पत्रकार श्रुति श्रेष्ठले खिचेकी हुन्।

NPC-CT-RM-a-0688
भक्तपुर दरबार क्षेत्रको यो फोटो पेशाले व्यापारी राजेश मधिकर्मीले खिचेका हुन्।

NPC-CT-PCT-c-0182
शिवरात्रीको अवसरमा पशुपतिनाथमा एक श्रद्धालु साधुले जल चढाउँदै गरेको यो फोटो प्रकाश तिमिल्सेनाले खिचेका हुन्।

NPC-NW-SN-a-0119
सरकारविरोधी आन्दोलनका क‌्रममा विद्यार्थी र प्रहरीबीच भएको घम्साघम्सीको यो फोटो पेशाले विद्यार्थी सञ्जीव नेपालीले खिचेका हुन्।

NPC-NW-UPL-c-0058
२०६९ सालको नागपञ्चमीको अघिल्लो दिन नक्सालस्थित नागपोखरीमा रहेको लेउ सफा गर्दे गरेको बालकको फोटो उपेन्द्र लामिछानेले खिचेका हुन्।

NEPAL/
फेवातालमा पौडी खेल्दै गरेको यो फोटो नभेष चित्रकारले खिचेका हुन्।

NPC-DL-SS-a-0148
पेशाले इन्फरमेसन सिस्टम म्यानेजर सुभद्रश्री राजभण्डारीले यो फोटो पर्वतको अग्लो र लामो झोलुङ्गे पुलमा खिचेका हुन्।

NPC-NAW-TRG-a-0716
माउको पछिपछि चल्लाहरु लाग्दै गरेको यो फोटो शौखिन फोटोग्राफर ताशी आर घलेले खिचेका हुन्।

NPC-NAW-UP-b-0016
माउसुलीले ऐना हेर्दै गरेको यो फोटो पेशाले ग्राफिक डिजाइनर उज्ज्वल पुजारीले खिचेका हुन्।

NPC-NS-NS-b-0189
इँटाभट्टामा काम गर्न रोल्पाबाट आएकी युवती कीर्तिपुरमा हाँस्दै गरेको यो फोटो निरन्जन श्रेष्ठले खिचेका हुन्।

NPC-NS-PS-a-0678
माघीमा परम्परागत थारु पहिरनमा सजिएकी युवतीको फोटो पेम्बा शेर्पाले खिचेका हुन्।

NPC-NS-UPL-a-0304
झुपडीकी राजकुमारी – वीरगन्ज चिनी मिलनजिकको डोमबस्तीमा तस्वीर खिचाउँदै ७ वर्षकी काजोल मलि। ठूली भएपछि दाइजो बढी दिनुपर्ने पिरका कारण अभिभावकले काजोलको बिहेको लागि अहिल्यै नै केटा खोज्न थालीसके। तस्वीर – उपेन्द्र लामिछाने

फोटो प्रदर्शनीमा राखिएका विभिन्न विधामा पुरस्कार जितेका र पुरस्कार नजिते पनि त्यहाँका भित्तामा झुण्ड्याइएका फोटोहरुको स्लाइड शो हेर्नुस्।

यो हेर्न छुटाउनुभएको त छैन ?
१ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो
पुरस्कार जित्ने अरु फोटोहरु

देशभरबाट यसपालिको प्रतियोगितालाई ९ सय ३८ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा भारतका वरिष्ठ फोटोपत्रकार रघु राई, वरिष्ठ फोटोग्राफर मणि लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए। माइसंसार फोटो प्रतियोगिताको अनलाइन पार्टनर हो। यी फोटोहरुलाई यो वर्षको कुनै महिना मिलाएर विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा पनि प्रदर्शन गरिनेछ।

[तपाईँलाई माथिका फोटोमध्ये कुन सबैभन्दा राम्रो लाग्यो ? किन त्यो राम्रो लाग्यो ? मानौँ तपाईँ जज हुनुभएको भए कुन फोटोलाई पुरस्कार दिनुहुन्थ्यो? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।]

35 thoughts on “सुको नजितेका तर राम्रा फोटोहरु”

  1. Abishek says:
    July 15, 2013 at 12:25 pm

    कसरी कसैको टाउकोमा gopro camera राखेर remort use गरेको फोटो पानि photographer ko rights bho yo ta creativity matra ho juri fair bhayana

    Reply
  2. laxmi says:
    July 14, 2013 at 7:02 pm

    रातो मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल फाल्नुअघि ७५ वर्षका चकला डंगोल। यो नरिवल टिप्नेले छोरा पाउँछ भन्ने कथन परापूर्वकालदेखि रहेको छ । यो फोटो रोयटर्सका पत्रकार नभेष चित्रकारले खिचेका हुन् हाहाहा कसरी यो फोटो नभेष चित्रकारले खिचेको भयो यो त चकला डंगोल बाजे को टाउकोमा रहेको कैमराले खिचेको हो ।

    Reply
  3. Pingback: यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ « Mysansar
  4. vijaya says:
    July 13, 2013 at 8:46 am

    The picture taken by Upendra of Kajol is breathtaking and you can feel her pain and struggle in her smile .This photo can win international award .I can help mr. upendra jee to promote this photo so that not only the photo can win the prizes but the part of the prizes could contribute for better education and bright future of innocent kajol.To be honest with you all , this photo is much likely comparable as monalisa..

    Reply
  5. pursottam says:
    July 13, 2013 at 2:56 am

    अब अर्को कुरा तपाई हामी लै फोटो राम्रो लाग्दै मा हुदैन. फोटो हरु सबै राम्रा नै छन् जितेका हुन् वा नजितेका तर निर्णायक मण्डली ले निर्णय गर्दा धेरै कुरा लाई बिचार पुराएर छान्ने गर्दछन. धेरै लाई मेरो कुरा मन नपरेमा माफ पाउ.

    Reply
  6. pursottam says:
    July 13, 2013 at 2:51 am

    सबै फोटो हरु धेरै राम्रो लग्यो. अब त्यो अन्दोलोन को फोटो मा भन्नु पर्दा, फोटो त धेरै राम्रो छ तर त्यो मान्छे चै सत प्रतिसत बिधार्थी चाही होइन. त्यो मेरो बिचार मा कुनै पार्टी बाट pathayeko गुन्डा हुनु पर्छ. त्यसको हौ भाउ हेर्नुस.

    Reply
  7. chatur rai says:
    July 12, 2013 at 9:57 pm

    हाँसको चल्ला होईन , टिउरा…टिउरी मेरो पनि लेखाईमा गल्ति होला जे-होस् सबै तस्बिरहरु राम्रो लाग्यो | आर्थिक रुपले कम्जोर भएपछि काजोल वा माहाजोल….जो भए पनि सिमित हुन्छ |

    Reply
  8. Dipendra Karna says:
    July 12, 2013 at 11:27 am

    यी झुपडीका बालिकाको मुस्कान मोनालिसा भन्दा पनि उत्कृष्ट छन् .

    Reply
  9. Prem Moktan, California says:
    July 12, 2013 at 9:41 am

    सबै फोटोहरु मन छुने खालका छन् / यी मध्ये तलका फोटोहरु धेरै कुराले विशेष लाग्यो:
    रातो मच्छिन्द्रनाथको जात्रा (नभेष चित्रकार)
    भक्तपुर दरबार क्षेत्र (राजेश मधिकर्मी)
    सरकारविरोधी आन्दोलन (सञ्जीव नेपाली)
    नागपोखरी (उपेन्द्र लामिछाने)

    Reply
  10. Neelroson says:
    July 12, 2013 at 9:38 am

    सालोक्य जीले प्रतियोगितामा भाग लिएका तर निर्णायक हरुले पुरस्कार जित्न लायक नठानेका फोटा हरु प्रस्तुत गरिदिनु भएको मा धेरै धन्यवाद नदिरहन न्याय नहुन सक्छ . कुरो छ कुन कुन फोटाहरु ले पुरस्कार पाउनु पर्ने थियो भन्ने बिषयमा निर्णायक हरुले पनि सोचविचार गरेर नै निर्णय लिए होला भन्छु . तर मेरो लागि येही प्रतिस्पर्धामा प्रथम पुरस्कार जित्ने भनिएको फोटामा एउटी आमाले आफ्नो सानो दुधे नानीलाई अत्याधुनिक बेबी ब्लान्केत्मा wrap गरेको देखेको थिए . तुलनात्मक रूपमा हेर्दा त्यो फोटा भन्दा त आफु भन्दा ठुलो अनि भारी डोको बोकेर झोलुङ्गे पूल तर्दै गरेकी सुभद्रा श्री राजभण्डारी ले लिएको फोटा उत्तम दर्जाको लाग्छ . अर्को छ झोपडी कि राजकुमारी, तस्बिर उत्तम श्रेणी को छ, फोटा लिनु भो, न्वारन पनि गर्नु भो, तर सहि न्वारन भए जस्तो लागेन, किन कि “झोपडी कि राजकुमारी” राजकुमारी भने बित्तिकै कुनै दरबार अथवा महलमा जन्मिएकी हुन्छिन. सायद तपाई ले कमलको फूल भन्न उपयुक्त हुनसक्छ किन कि कमल हिलोमा उम्रन्छ, बढ्छ र सुन्दर फूल फुल्छ. हो काजोल मलि आज गरिब को परिवारमा जन्मीन . उनको घाटीमा मयलको रेखा प्रस्ट देख्न सकिन्छ. भोलि उनी फूल्न सक्ने छिन फूल बनेर तर साढे हरुले फूल्न नपाउदै निमोठेनन भने . लामिछाने जी तपाइको photography मा निक्कै दखल छ जस्तो लाग्छ . हरेस र चरेस यी दुइ कुरा कहिलेइ नखानुस, अरु धेरै राम्रा राम्रा फोटाहरु हेर्न बाद्नुस . पुरस्कार जित्दैमा इस्तरिय फोटा भन्न मिल्दैन .

    Reply
  11. sunil says:
    July 12, 2013 at 9:36 am

    sorry to say” but all these pictures should have been decided a winner by going
    on public mass Poll”
    Not just by 10-15 jury.
    Then we can see a real winner/

    Thanks

    Reply
  12. rajendra shrestha says:
    July 12, 2013 at 8:14 am

    नरिवल खसालेको फोटो कसरि कुन हाइटमा बसेर खिचिएको हो , जान्न मन लाग्यो, नरिवल खसाल्ने ठाउँ नै रथ को सब भन्दा माथि को ठाउ हो जहाँ एक जना मात्र मुस्किलले उठ्न मिल्छ होला.
    मनपरेको फोटो – झुपडीकी राजकुमारी, झोलुङ्गे पुल

    Reply
    1. Bishwas Bhatta says:
      July 12, 2013 at 12:51 pm

      That photo was taken by using a camera called GoPro. It is a small camera which was fitted on the head (like you fit a trekking flashlight on head of trekkers) of the guy who was throwing the coconut. There was no photographer standing above the guy.

      You can read more about it here:
      http://blogs.reuters.com/photographers-blog/2013/05/23/the-man-with-the-coconut-and-the-gopro/

      Reply
  13. bibek dhakal says:
    July 12, 2013 at 7:26 am

    प्रतियोगितामा धेरै राम्रा राम्रा फोटोहरु आएका रहेछन ; दुर्भाग्यवास निर्णायक मण्डलीमा राम्रो जज हरु परेनछ्न! आर्को पालि चाही उत्क्रिस्ट तस्विरहरु ओझेलमा पर्ने अनि “खै के खै के” खालका तस्विरले उत्क्रिस्ट पुरस्कार जित्ने चाही नहोस!

    Reply
  14. Luna says:
    July 12, 2013 at 5:31 am

    साथीहरुको कमेन्ट असाध्यै अर्थपूर्ण छ . राम्रो छ .
    अब मेरो कुरा , पाठकको नाताले भन्दे भन्नु भा’छ उमेश जी ले .
    मेरो मन छोएको चै त्यो
    छेपारोले आफ्नै फोटो हेरेको ——————————————–

    यो फोटोलाई कलात्मक ( आर्ट ) ढंगले पनि हेर्न सकिन्छ — शन्देश मूलक रुपमा पनि हेर्न
    सकिन्छ — मलाई त यो फोटोमा देखिएको छेपारो देख्दा — आहै हाम्रा नेताले पनि
    यसै गरि झुक्किएर किन नहोस् आफ्नो यथार्त रुप एक पटक मनको ऐनामा हेरिदिए —
    नेपालको हित हुने थियो पक्कै पनि — किनकी कोई पनि जन्मैले खराब हुदैन — हाम्रा
    नेता पनि जन्मैले खराब होईनन् — तिनका लोभले स्वार्थी खराब हुन पुगेका हुन् भन्ने
    कुरामा प्रस्ट छु ————————————————————

    अन्तिममा ,
    उज्ज्वल जी भित्रको कलात्मकता लाई नमस्ते .
    आफू भित्र लुकेको कलालात्म्क भाबनालाई यसरी छोप्न सक्नु बहादुरी हो उज्जल जी !
    निरन्तरताको शुभ कामना हिर्दय देखि नै .

    Reply
    1. Ujjwal pujari says:
      July 14, 2013 at 4:11 pm

      सर्बप्रथम त लुना जी ले गर्नु भएको फरक धारको कलात्मत विस्लेसन मलाई अशाध्यै राम्रो लाग्यो . अनि यो कुरा मा पनि मा सहमति नै जनाउन्छु कि कोइ मानिस जन्मै देखि खराब हुँदैन .. तर खोइ किन हो किन हाम्रा नेता हरु देख्दा त गर्भ बाटै धुर्तता सिकेर आका हुन् कि जस्तो पनि लाग्छ .. 🙂 जे होस् तपाईका राम्रा शब्द तथा सुभकामनाका लागि हिर्दय देखि नै धेरै धेरै धन्यबाद छ ..

      Reply
  15. सुइरे says:
    July 12, 2013 at 3:16 am

    आम्माम्म्मा नि!
    यो थारु युवती र काजोल कत्ति राम्री हो गाठे!
    मैले त पांच मिनेट सम्म सासै रोकेर हेरे पो!
    थारु युवती बरु साजसज्जामा भयर राम्री देखि होलि तर यो काजोल!
    अम्माम्मामा!
    यो त काजोल होइन कातिलनी नै हो, यसले थुप्रै लाइ हर्ट आट्याक्ट गराउने छ!
    फेशन मात्रै गर्यो भने के हुन्छ होला?
    यल्ले मार्ने भैं थुप्रै लाइ!

    Reply
  16. Pawan Khanal says:
    July 12, 2013 at 1:57 am

    झुपडीकी राजकुमारी वाह धेरै राम्रो लाग्यो यो फोटो

    Reply
  17. dilip gurung says:
    July 12, 2013 at 1:07 am

    मलाई झुपडिकी राजकुमारी मन पर्यो| कति राम्रो मुस्कुराएकि यिनी| साह्रै राम्री बच्ची||

    Reply
  18. Ujjwal Pujari says:
    July 11, 2013 at 10:07 pm

    पहिले त सम्पादक ज्यु लाई मेरो माउसुलिले ऐना हेर्दै गरेको फोटो लाई पनि स्थान दिनु भएको मा धेरै धेरै धन्यबाद छ. अनि अर्को कुरा चाहिं मेरो थर पुरी नभई ” पुजारी ” हो . सम्भव भएको खण्डमा सच्याई पाउन होला. 🙂

    Reply
    1. Salokya says:
      July 11, 2013 at 10:52 pm

      माफ गर्नुहोला गलत टाइप भएकोमा। मैले पुजारी नै टाइप गरेको जस्तो लाग्छ। मेरो एक जना साथी छन् पुजारी। त्यसैले पनि यो थर याद गरेको थिएँ। एक पटक पूरै फोटो र क्याप्सन हालेर पब्लिस गर्ने बेलामा लोडसेडिङले झ्याप्प बत्ती गएर सुरुदेखि सबै फेरि लेख्नुपर्ने हुँदा हतारहतारमा टाइप गर्दा नामै गलत टाइप हुन पुगेछ। अहिले सच्याएको छु। पुनः तपाईँलाई पर्न गएको असुविधाप्रति क्षमा।

      Reply
      1. Ujjwal Pujari says:
        July 11, 2013 at 11:59 pm

        छ्य्मा माग्नु पर्ने कुनै आवस्यकता छैन सालोक्य जी , हतार मा येस्तै नै हुन्छ कहिले काहीं .. सच्याई दिनु भयो… त्यसको लागि धेरै धेरै धन्यबाद छ … 🙂

        Reply
        1. Achyut, Bangalore says:
          July 14, 2013 at 11:16 am

          सर ले यौ माउसुलीको फोटो नेपालको कुन ठाउँ मा खिच्नु भा हो?

          Reply
          1. Ujjwal pujari says:
            July 14, 2013 at 3:54 pm

            अच्युत जी , यो फोटो हाम्रै राजधानी सहर काठमाडौँ मा खिचिएको फोटो हो.. 🙂

            Reply
            1. Achyut, JP Nagar, Bangalore says:
              July 14, 2013 at 5:52 pm

              धन्यवाद. मलाई निकै नै मन परेको फोटो हो यो. अलि अलि डर लाग्ने पनि (मौसुली को नियत समझदा).. कस्तो कस्तो भावना आउँदो रैछ यो फोटो हेर्दा.

              Reply
  19. द्रोण says:
    July 11, 2013 at 5:43 pm

    म लाइ सुभद्र श्री को तस्बिर मन मर्यो | सिब् रात्रि र बिद्द्यार्थी आन्दोलन को लडाकु बिद्द्यार्थिको को तस्बिर पनि गजब छ , तेस्तो बिद्द्यार्थी भए फेरी आर्को चोटी देश मा प्रजातन्त्र आउनेछ |

    Reply
    1. rajaram sapkota says:
      July 12, 2013 at 1:06 am

      द्रोण जी नेपालमा लडाकु बिद्यार्थी भए होइन नेपालमा देशको भलो चाहने नेपाली जनताको आवाज सुनी नेपाली जनता को हकहितको लागि काम गर्न सक्ने असल नेता भए नेपालमा प्रजातन्त्र आउला कि :p

      Reply
      1. द्रोण says:
        July 13, 2013 at 11:41 pm

        १०० प्रतिसत सहि भन्नु भो | हाम्रो देश मा हरेक आन्दोलन (३६ साल देखि को ) को सफलतामा बिद्द्यार्थी नै फ्रन्ट लाइन मा भएको नजिर भएकोले तेसो भनेको हो |

        Reply
  20. Ravi says:
    July 11, 2013 at 5:35 pm

    पहिलो हुने मनाङ को पोज दिएको तस्विर भन्दा अहिले का कति राम्रा राम्रा । अहिलेका तस्विर ले पनि स्याम स्वयत खिच्न पर्थ्यो नि, बल्ल पो अवार्ड जितिन्थयो ।

    Reply
  21. Mingma Sherpa says:
    July 11, 2013 at 4:39 pm

    सेकन्द लास्ट को थारु पहिरनमा सजिएकी युवतीको फोटो मन पर्यो.. मैया च्वाक छिन्.

    Reply
  22. Rabindra Basnet says:
    July 11, 2013 at 3:58 pm

    मलाई सबै भन्दा राम्रो सुभद्रश्री राजभण्डारीले खिचेको फोटो लाग्यो. त्यो फोटो मा एक जना दिदि कस्तो दुख गरेर पारि बाट वारि भारी बोकेर आउदै छिन. त्यो पूल नै एउटा मध्यम हो एक गाउँ देखि अर्को गाउँ जोड्ने..

    Reply
  23. राम चन्द्र says:
    July 11, 2013 at 3:55 pm

    बिद्याथी र पुलिस बिच को घम्साघम्सी को तस्बिर मा तेस्ता पनि विद्यार्थीहुन्छन भन्या हेर्दाइ फिल्मको गुण्डा जस्तो । कान मा मुन्द्रा र कपाल पलेको कुन कालेज को विद्यार्थी हुन यिनी । मलाई त पोखरी सफा गरेको तस्बिर मन पर्‍यो ।

    Reply
    1. Alikhit says:
      July 11, 2013 at 10:51 pm

      विद्यार्थीले मुन्द्रा लाउन र कपाल पाल्न हुन्न भनेर कहाँ लेख्या छ ? कपाल छोटो पाल्ने र मुन्द्रा नलाउने मात्र विद्यार्थी हुन् ?

      Reply
  24. एकेन्द्र कार्की says:
    July 11, 2013 at 3:53 pm

    १.झुपडीकी राजकुमारी – वीरगन्ज चिनी मिलनजिकको डोमबस्तीमा तस्वीर खिचाउँदै ७ वर्षकी काजोल मलि। ठूली भएपछि दाइजो बढी दिनुपर्ने पिरका कारण अभिभावकले काजोलको बिहेको लागि अहिल्यै नै केटा खोज्न थालीसके। तस्वीर – उपेन्द्र लामिछाने

    २. विद्यार्थी र प्रहरीबीचको द्वन्द्वको यो फोटो पेशाले विद्यार्थी सञ्जीव नेपालीले खिचेको यी दुइ फोटो हरु मलाई राम्रो लाग्यो .

    Reply
    1. samrat~ says:
      July 12, 2013 at 6:19 am

      झुपडी को राजकुमारी एकदम राम्रो छ. बिचारी साचै राजकुमारी जस्तो नै छ तर गरिबी ले गरेर सानै उमेर देखि कुन चाइ नर पिचास को घर मा दुख पाउने भयो. धिक्कार छ हाम्रो चलन. गरिब हरु ले न्याय पूर्ण बाच्न पाउने अधिकार पनि छैन. ति साना नानी को के दोस. सरकार ले बाल बिबाह मा कडा भन्दा कडा सजाए को कानुन बनाउन पर्यो अनि दाइजु प्रथा उन्मुलन गर्न धनि बर्ग हरु ले पनि सघाउन पर्यो धेरै धेरै दाइजो दिएर समाज लाइ देखाएर धाक देखाउने चलन नेपालि हरु को लाटो देश को गादो तन्नेरी.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme