Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशी पनि भक्तपुरमा लट्ठी नचाउँदै

Posted on August 22, 2013August 22, 2013 by Salokya

vlcsnap-2013-08-22-18h57m19
लट्ठी बोकेर यी विदेशी पर्यटकहरु के गरिरहेका भन्ने ठान्नुभएको ? रमाइलो गरिरहेका नि। काठमाडौँ उपत्यकाका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै किसिमले गाइजात्रा मनाइन्छ। भक्तपुरको गाइजात्राको विशेषता घिन्ताङ घिसी नाच हो। खासमा यो नाच लय र ताल मिलाएर लट्ठी नाच्ने गरिन्छ। तर आजभोलि मन भएकाहरु सबै सहभागी हुने भएकोले उफ्रेर, नाचेर लट्ठीमात्र ट्वाक्क जुधाए पुग्ने रिमिक्स शैलि पनि आएको छ। त्यसरी नै नाच्दैछन् यी विदेशी पर्यटकहरु। ताल मिलाएर नाच्नेहरु पनि नभएका भने हैनन् है। तर धेरै चाहिँ रमाइलोको लागि लट्ठी बोकेर नाचेका युवायुवती नै देखिन्छन्। चाडवाड आखिर रमाइलोकै लागि त हो।

gaijatra1
मृतकको फोटो यसरी झुण्ड्याएर नगर परिक्रमा गरिन्छ। यसरी नोटको माला बनाएको भने देखेको थिइनँ पहिला।

gaijatra2
युवतीहरु लट्ठी ठोकेर रमाउँदै नाच्दै।

gaijatra3
फ्युजनः परम्परागत र आधुनिक पहिरनको।

gaijatra4

gaijatra5

gaijatra6

gaijatra7

gaijatra8

gaijatra9

gaijatra10

6 thoughts on “विदेशी पनि भक्तपुरमा लट्ठी नचाउँदै”

  1. sunil says:
    August 24, 2013 at 9:13 am

    हाम्रो राम्रो देश ….. नेपाल
    आफ्नो संस्कृति जगेर्ना गरौ ….
    आफ्नो पहिचान कायम राखौ ……
    नेपाली हॊऔउ नेपाली बनौ ….

    Reply
  2. द्रोण says:
    August 23, 2013 at 11:36 pm

    यो नाच काइदा कै रहेछ ,तर सुरा लगाएर गाउने मुड चढ्यो भने चै बित्यास पर्न सक्छ |

    Reply
  3. kumar shrestha says:
    August 23, 2013 at 10:42 am

    हामी लाई गर्व लाग्छ हाम्रो देश को परम्परा देखेर हामी ले एस्तो परम्पराको संरक्षण गर्नु पर्छा…….really proud of being nepali …..मेरो देश मेरो गौरव …..

    Reply
  4. sushil says:
    August 23, 2013 at 6:55 am

    whats a beautyful culture….love it..

    Reply
  5. eklavya says:
    August 23, 2013 at 5:23 am

    संस्कृति र परम्परा हामी समस्त नेपालीको धरोहर हो ..पहिचान हो ….एसको जगेर्ना गरौ ….जय नेपाल !!!

    Reply
  6. Jenish says:
    August 23, 2013 at 12:27 am

    Newars knows how to preserve their tradition and culture. Well done and I hope other communities also continue celebrating theirs with dignity!

    Jen

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme