Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु

Posted on June 28, 2013July 14, 2013 by Salokya

cover
पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा सात विधामा पहिलो, दोस्रो र तेस्रो घोषणा भएको छ। पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्। कस्ता छन् त हजारौँ रुपियाँको पुरस्कार जित्ने फोटो ? त्योभन्दा अगाडि तपाईँले लाख रुपियाँ जित्ने फोटो हेर्नुभयो? नहेर्नुभएको भए यहाँ क्लिक गरी हेर्नुस्। यसबाहेक निर्णायक चरणमा पुगेका १५१ फोटोहरु पनि माइस‌ंसारमा राख्दै जानेछौँ।

न्युज विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NEWS
शैलेन्द्र खरेलले क्यानन फाइभ डी क्यामेराले खिचेको यो फोटो काठमाडौँको मनहरा नदी किनारमा सीता एअरको विमान दुर्घटना हुँदाको हो।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-
pushpakamal dahal attack
अशोक दुलालले निकोन डी ३०० बाट खिचेको यो फोटो माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हानेपछि कार्यकर्ताको कुटाइबाट घाइते पदम कुँवरलाई प्रहरीले बचाएर लैजाँदै गर्दाको हो।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
Nepal Protest
निरन्जन श्रेष्ठले क्यानन फाइभ डी मार्क २ बाट खिचेको यो फोटो प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध नेविसंघले निकालेको मसाल जुलुसका क्रममा भएको प्रहरी हस्तक्षेपको हो।

यो विधामा पुरस्कार जित्ने सबै पेशाले फोटो पत्रकारहरु हुन्।

स्पोर्टस विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-SPR-PL-b-0125
पार्वती लामाले क्यानन सेभेन डीबाट खिचेको यो फोटो श्रेया धितालको हो। सातदोबाटोको स्विमिङ कम्प्लेक्समा यो फोटो उनले खिचेकी हुन्। उनी फ्रिलान्सर हुन्।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-
NPC-SPR-SKM-c-0093
पेशाले ब्याङ्कर सञ्जीवकुमार मोक्तानले यो फोटो क्यानन ६० डीले खिचेका हुन्। वीरगञ्जमा माघे संक्रान्तिमा हुने कुस्ती प्रतियोगिताको फोटो हो यो।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-SPR-MP-b-0046
फोटोग्राफर मनीष पौडेलले निकोन डी २०० ले खिचेको यो फोटो सिमरा गोल्डकपको हो।

कल्चर एन्ड टुरिजम विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-CT-SM-b-0066
फोटोग्राफर सन्जोग मानन्धरले क्यानन फाइभ डी मार्क टुले खिचेको यो फोटो माधवनारायण जात्राका बेला साली नदीमा नुहाउँदै गर्दाको हो।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-
NPC-CT-BG-b-1016
विशाल गौतमले यो फोटो बिस्केट जात्रामा खिचेका हुन्। क्यामेरा मोडल थाहा भएन। निकोन डी ६००।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-CT-RK-b-1011
रजेन्द्र केसीले निकोन डी ३०० ले खिचेको यो फोटोमा एक बालिका काठमाडौँमा परम्परागत नेवार पहिरनमा परिवारसित हिँड्दै गरेको देखिन्छ।

डेली लाइफ विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-DL-SS-a-1169
फोटो पत्रकार सूरज श्रेष्ठले पोखराको छिने डाँडामा क्यानन सेभेन डीबाट यो फोटो खिचेका हुन्।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-
NPC-DL-PSK-a-1081
पदमसागर कक्षपतिले निकोन डी ९० बाट यो फोटो हनुमानढोकामा खिचेका हुन्।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-DL-DM-a-0319
दशैँको नवौँ दिन मनाइने खः म्ये जात्राको यो फोटो दिवाकर मास्केले निकोन डी ५० बाट खिचेका हुन्।

नेचर एन्ड वाइल्डलाइफ विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-NAW-DM-a-0723
भुँडीफोर गरुडले चुम्बन गर्दै गरेको यो फोटो दीपेन्द्र महर्जनले क्यानन सेभेन डीबाट खिचेका हुन्।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-NAW-YT-a-0129
यात्रा थुलुङले सुनसरीको तरहरामा यो फोटो खिचेका हुन्।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-NAW-DG-c-0480
दिनेश गोलेले निकोन डी ३०० एसबाट यो फोटो टौदहमा खिचेका हुन्।

नेपाल स्माइल्स विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-NS-CK-a-0582
सिजन कार्कीले क्यानन १००० डीबाट भक्तपुरको लोकन्थलीमा यो फोटो खिचेका हुन्।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-
NPC-NS-NO-c-0008
निश्चल ओलीले यो फोटो क्यानन फाइभ डी मार्क टुबाट गोदावरीमा खिचेका हुन्।

१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-NS-NM-c-0313
नारायण महर्जनले यो फोटो निकोन डी ५००० ले खिचेका हुन्। उनले फोटोमा क्याप्सन नपठाएकाले कहाँ खिचेको थाहा हुन सकेन।

यसबाहेक फोटो स्टोरीमा पनि विजेता घोषणा गरिएको छ। फोटो स्टोरीमा प्रथम शैलेन्द्र खरेल, दोस्रो वीरेन्द्र बज्राचार्य र तेस्रो किरण पान्डे रहे। फोटो स्टोरीमा धेरै फोटो हुने भएकोले अलग्गै ब्लगमा राखिनेछ।

पुरस्कार नजितेका तर अन्तिम चरणमा पुगेका फोटोहरु

निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। असार २६ गतेदेखि काठमाडौँको आर्ट काउन्सिलमा प्रदर्शनी हुनेछ। अन्तिम चरणमा पुग्न सफल फोटोहरु पनि पछि माइसंसारमा राख्नेछौँ।

देशभरबाट यसपालिको प्रतियोगितालाई ९ सय ३८ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा भारतका वरिष्ठ फोटोपत्रकार रघु राई, वरिष्ठ फोटोग्राफर मणि लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए। माइसंसार फोटो प्रतियोगिताको अनलाइन पार्टनर हो।

विभिन्न विधामा वर्षका उत्कृष्ट फोटो हेरिहाल्नुभयो। तपाईँलाई सबैभन्दा राम्रो र मन छोएको फोटो कुन लाग्यो ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला।

23 thoughts on “यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु”

  1. S. R. Shakya says:
    July 17, 2013 at 5:08 pm

    साँचै अन्तिमको नारायण महर्जनले खिँचेको फोटो त मलाई पनि फोटोशपमा चलेर बनाएको जस्तो लाग्यो यसमा आयोजकको के टिप्पणी छ ?

    Reply
  2. Bishal Gautam says:
    July 14, 2013 at 8:37 pm

    सालोक्य जी, मेरो Culture and Tourism मा दोस्रो हुन सफल भयको फोटो Nikon D600 camera ले लिएको हो .

    Reply
  3. Pingback: सुको पैसा नजितेका तर राम्रा फोटोहरु « Mysansar
  4. चित्र says:
    July 10, 2013 at 9:01 am

    लास्ट को फोटो त फोटोसप गरेको जस्तो छ त दुइटा केटा को त छाया गायब छ त

    Reply
  5. Pingback: रु. २० हजार जितेको फोटो कथा यस्तो छ « Mysansar
  6. Pingback: फोटो कथाः स्वर्ग पुनः पाउँदा… « Mysansar
  7. भाई says:
    June 30, 2013 at 1:54 pm

    सबै तस्विर अत्यन्तै सुन्दर ! टाइमिङ्ग र यांगल पनि अति नै टचि !
    संजीव कुमारजी को फोटो हेर्दा त वहा प्रो फोटोग्राफर नै जस्तो लाग्यो ! स्पोर्ट्स विधाका सबै तस्विरहरु कुनै भन्दा कुनै कम देखिएन. सबैलाई बधाई !
    न्युज विधा भन्नासाथ् हिंसात्मक तस्विरले प्राथमिकता पाउने हो कि के हो ? ३टै फोटो त्यस्तै ! मलाई त त्यस्तो फोटो हेर्न मन लागेन . तर बिजेताहरु लाई बधाई !
    कल्चर एन्ड टुरिजम, डेली लाइफ, नेचर एन्ड वाइल्डलाइफ, नेपाल स्माइल्स विधाका फोटोहरु भने बयान गरिनसक्नु राम्रा ! सबै सर्बोत्कृस्ट !
    तर हेर्दै जादा अन्तिम को फोटोमा भने धित्ता बुझाउन सकिन ! त्यो त पुरै फोटोसप्ड लाग्यो !

    Reply
  8. kishan says:
    June 29, 2013 at 10:52 pm

    Every photo is special, different is that how and when it strikes the mind of viewer.

    Reply
  9. Limbu naYan says:
    June 29, 2013 at 4:42 pm

    ख: मे जात्रा र गरुड किसिंग २ मोमेन्ट्स मेरा छनौट हुन् I कारणहरु:- shadow , colour , meaning , story , grouping , angle etc ) फस्ट फोटो भने निर्णायक’रुलाई घरमा सेन्ड गरिदिनुहोला!

    Reply
  10. chandra.p says:
    June 29, 2013 at 12:40 pm

    नेचर एन्ड वाइल्डलाइफ….को भुँडीफोर गरुडले चुम्बन गर्दै गरेको…त्यो हिमालमा स्कुल बस कुरेको… अनि सबै फोटो राम्रो छ धन्यबाद फोतोग्रफेर्स ..pj club एंड my संसार..

    Reply
  11. nabaraj neupane says:
    June 29, 2013 at 9:32 am

    धेरै धेरै राम्रा फोटोहरु रहेछन, तर निर्णायक मण्डलको निर्णयमा सहमत हुन सकिन, बिजयी फोटो भन्दा बिजयी नवयाका फोटोहरु धेरै राम्रा छन्

    Reply
  12. योगेश आदी says:
    June 29, 2013 at 7:58 am

    प्रचण्डलाइ थप्पड हानेको फोटो त दोश्रो हुन्छ भने, गोलि कसैले हाने त त्यो फोटो प्रथम नै हुन्छ होला !!!

    Reply
    1. द्रोण says:
      June 29, 2013 at 8:25 am

      हान्ने मान्छेले फोटो खिचाउन भ्याउला र ?

      Reply
  13. Rajendra Adhikiar says:
    June 29, 2013 at 7:53 am

    Nepal smiles विधाको फोटो First भएको चाहिँ चित्त बुझेन । त्यो भन्दा त Second र third नै राम्रो छ ।
    अरू सब ठीकै लाग्यो । सबभन्दा राम्रो चाहिँ त्यो हिमालमा स्कुल बस कुरेको लाग्यो ।
    News विधाको First फोटोमा पनि आधा scene साइकाल वालाले ढाक्नुको कुनै औचित्य देखिन्न । बरू, त्यो साइकलवाला नआउने गरि दुर्घटानाको मात्र राम्रो scene आउनेगरि खिचोको फोटो भए राम्रो हुन्थ्यो होला ।
    यो मेरो OPINIONS हरू हुन् ।

    Reply
  14. rupak says:
    June 29, 2013 at 5:16 am

    सबै राम्रा छन् .सबै को आआफ्नै बिसेसता छ. उत्कृस्ट चै daily life अन्तर्गत को प्रथम लग्यो

    Reply
  15. neerose says:
    June 29, 2013 at 4:46 am

    मलाइ मन परेको त दिनेश गोलेको टौदह मा खिचेको फ़ोटोनै हो! अनि तेसपछी दिवाकर मास्केको दशैको म्हें जात्राको राँगो अनि तेश्रो चाहि भुडिफ़ोर गरुड को लाभ स्टोरी भन्दा तल्लो भुडिफ़ोर गरुडको ठुटे रुखको यात्रा कल्ले खिचेको र के हो थाहा भयन!
    यी तिन फोटो यहा भयको अरु फोटो भन्दा मन परेर मैले पहिलो दोश्रो र तेश्रो छुट्यायको हो!
    ल जा!

    Reply
  16. Krishna Kadariya says:
    June 29, 2013 at 1:57 am

    यदि मैले १ , २ , ३, नम्बेर दिने हो भने सबैमा १ भुँडीफोर गरुडले चुम्बन गर्दै गरेको दीपेन्द्र महर्जनले क्यानन सेभेन डीबाट खिचेका फोटो उत्कृष्ट हो।

    Reply
  17. Der Raj Gurung says:
    June 29, 2013 at 12:53 am

    Nature and wild life first prize winner photo seems the best however all photos can not be underestimated.

    Reply
  18. Deen Shrestha says:
    June 28, 2013 at 11:59 pm

    सुरज श्रेष्ठले पोखरा छिने डांडामा खिचेको राम्रो लाग्यो |

    – दीन श्रेष्ठ

    Reply
    1. samrat~ says:
      June 29, 2013 at 9:36 am

      हो , सुरज श्रेस्ठ को पोखरा को स्कुल बस को फोटो सबै भन्दा घत लाग्दो छ. कति राम्रो हाम्रो देश ! त्यो आकास छेड्ने हिमाल अनि स्कुले बालिका बादल माथि को देश मा स्कुल बस कुर्दै. आह!

      Reply
      1. samrat~ says:
        June 29, 2013 at 9:39 am

        साथै निश्चल ओली को फोटो को बयान नगरी बस्न सकिन . कस्तो राम्रो फोटो Simply Natural Beauty .

        Reply
  19. Mala G Magar says:
    June 28, 2013 at 11:05 pm

    हार्दिक बधाई !!

    Reply
  20. उपासक उदास says:
    June 28, 2013 at 10:56 pm

    सबै विजेता फोटोग्राफर मित्रहरुलाइ वधाई र अरु उज्ज्वल भविष्य को कामना छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme