नेसनल जोग्राफिकले आयोजना गरेको ट्राभलर फोटो कन्टेस्टको परिणाम घोषणा भएको छ। विश्वका विभिन्न कुनामा खिचिएका गज्जब गज्जबका फोटोहरु पुरस्कृत भएका छन्। हेरौँ विजयी केही फोटोहरु। माथिको फोटो साढे १५ हजार फोटोमध्येबाट सबैभन्दा राम्रो छानिएको फोटो फोटो हो। फोटो खिचेका हुन् वायग्नर आराउजोले। ब्राजिलको अक्वाथलोन (पौडी खेल्ने र दौड्ने) प्रतियोगिताको फोटो हो यो। श्यामश्वेत यो फोटोमा के त्यस्तो खास विशेषता छ त ?
यो वर्ष प्रतियोगिताका निर्णायकहरुमध्ये एक रहेका नेसनल जोग्राफिक ट्राभलर डाइरेक्टर अफ फोटोग्राफी डान वेस्टरग्रेनका अनुसार यसले पिक एक्सन देखाउँछ। फोटोको मुख्य विषय दायाँतिर दौड्दै गर्दाको होरिजन्टल टेन्सन उनलाई मन परेको रहेछ। फोटोग्राफीको पुरातन नियमले विषयहरु आउट अफ फ्रेम हुनुहुँदैन भनेर भन्छ। तर यो फोटोमा कहिलेकाहीँ त्यस्तो नियम उल्लङ्घन गर्दा पनि राम्रो फोटो आउने देखिने उनको तर्क छ। मुख्य विषय पानीमा पौड्नुअघि अन्तिम श्वास लिइरहेको अवस्था अनि पृष्ठभूमिमा देखिएका अग्ला भवनहरुले यसलाई स्पोर्टस् फोटोमात्र नभएर ब्राजिली सहरको पोट्रेट पनि देखाएको उनको तर्क छ।
तलको फोटोले भने दोस्रो पुरस्कार पाएको छ। कलर र कम्पोजिसन हेर्नुस् त कति गज्जबको ! खासमा म्याक्स सेइगल आकाशगङ्गाको फोटो खिच्न गएका रहेछन् रातिहुँदो यो फल्स किभामा। तर मेघ गर्जन भएपछि उनले यस्तो फोटो खिचेर फर्के-
यो तलको फोटोले तेस्रो पुरस्कार पाएको हो। यानाइ बोन्नेहले केन्याको मासाइ मारा राष्ट्रिय निकुञ्जमा खिचेको यो फोटोमा पर्यटकहरुको गाडीमाथि चितुवा उफ्रेको देखिन्छ। क्या तर्सिए होला उनीहरु। अझ एक जना पर्यटक भित्रैबाट फोटो खिच्दै गरेको हेर्नु न।
तलका सबै फोटोहरुले सान्त्वना (मेरिट) पुरस्कार पाएका हुन्।
रेइनडियरका बच्चाहरु शीर्षकको यो फोटो मिसेल स्कान्जले खिचेका हुन्।
recognized, They may be described as underworld police or gods’ bodyguards.
ताइवानको परम्परागत नाचमा सहभागी हुन अनुहार पोतिरहेकाहरुको यो फोटो चान क्वक हुङले खिचेका हुन्।
म्यान्मारको गाउँ बागानस्थित नदीमा एक महिलाले पानी लिँदै गरेको यो फोटो मार्सेलो साल्भाडोरले खिचेका हुन्।
न्युजिल्यान्डको क्विन्सटाउनस्थित सडकमा पियानो बजाउाँदै गरेको यो फोटो निकोला स्मेर्निकले खिचेकी हुन्।
झट्ट हेर्दा लाटोकोसेरो छ जस्तो नि नदेख्ने हगि! यो फोटो ग्राहम म्याकजर्जले खिचेका हुन्।
This photograph focused on Edo-Higan and photographed Beni-Sidare which is back together.
जापानको साकुराको यो फोटो हिडेयुकी कातागिरीले खिचेकी हुन्।
टाटाहोन्डा- नाम मोटरकम्पनीको जस्तो लाग्छ। तर यो कंगोको जनजातिको नाम हो। यी महिलाहरु धार्मिक संस्कारको तयारी गर्दैछन्। गर्गेली लान्टाइ सोन्टले यो फोटो खिचेका हुन्।
यो फोटोले भने भियुअर्स च्वाइस पुरस्कार पाएको हो। बिरा बिचको यो फोटो डोडी कुसुमाले खिचेका हुन्। सूर्य, जाल, पानी र डुङ्गाको गज्जबको संयोजन यसमा छ।
नेसनल जोग्राफिकको साइटमा प्रतियोगितामा सहभागी अरु फोटोहरु हेर्नुस्।
प्रतियोगितामा सहभागी नेपालमा खिचिएका फोटोहरु हेर्नुस्
[तपाईँलाई कुन फोटो राम्रो लाग्यो ? नेपाली फोटोग्राफरका फोटोहरु पनि तपाईँले हेर्दै आउनुभएको होला। नेपाली पत्रपत्रिका र म्यागेजिनमा छापिने फोटो तपाईँलाई कस्तो लाग्छ ? के सुधार हुनुपर्छ जस्तो लाग्छ? आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा दिनुहोला]
त्यो उल्लु को “क्यमूफ्लाज” वाला तस्विर मन पर्यो मलाइ त !
सबै फोटो साह्रै राम्रा रहेछन तर एउटा मात्र दोश्रो भएको फोटो (बिजुली चम्केको) चाही सारै राम्रो लाग्यो / HDR function प्रयोग नै गरेर खिच्या जस्तो exposure मिलेको गज्जपको फोटो /
आफुलाई त् फोटोग्राफी आउदैन त्येसैले नेपाली फोटोग्राफरलाई खै के सुझाब दियाई भो र तर पनि छुच्चो मुख छुस्स एउटा खट्केको कुरो भन्न मन लाग्यो, बिदेशीको तुलनामा हामी अलिक मिहिनेत गर्छौ कि जस्तो लाग्छ, १ वटा फोटो खिच्न बिदेशीहरु हप्तौ महिनौ उ चित समय र natural light condition ढुकेर बस्दा रैछन हाम्राहरुले त्येसो गरेको अलिक सुन्न पाइदैन / त्येसो गरेमा नेपाल त् फोटोग्राफीको subject को स्वर्ग नै हो जस्तो लाग्छ /
ल अर्को प्रतियोगिताको बिजेता चाई मै हो, श्याम-स्वेत फोटोले जित्दो रैछ ,बल्ल पो था भो!! बरु के को पो खिच्ने हो? !! अब डोकोको फोटो खिचेर पठाउनु पर्ला नत्र लेउ लागेको ढुंगाको फोटोले पो जित्छ कि, त्यो लाटोकसेरोवाला फोटो चाई download गरेरै राखियो
मलाई त कुनै पनि तेस्तो धेरै impressive लागेन, सायद फोटोग्राफी बारे मलाई धेरै थाहा नभएर होला ..|
लाटोकोसेरो!
साच्चिनै पेण्टिङ्ग जस्तो!
लाटोकसेरो भएको राम्रो छ.
नेपाली फोटोग्राफरहरु पनि अब्बल दर्जाका फोटो खिच्छन.
प्रबिधि र लेन्सको प्रयोगबारे अझै सिक्न जरुरि देख्छु.