Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको रहर…आयो बरी लै !

Posted on September 9, 2013September 9, 2013 by Salokya

teej1
यो वर्षको तीजमा खिचेका केही फोटोहरु। धेरै फोटो त खिच्न पाइएन। मखनको सानो पशुपतिनिर, हनुमानढोका दरबार परिसरमा हुल बनाएर नाचिरहेका थिए। सानो पशुपतिनिर भने ठूल्ठूला स्पिकर राखेर आधुनिक गीतमा समूह नाच भइरहेको थियो। नयाँ कुनै पनि गीतले त्यही पुरानो गीत ‘तीजको रहर आयो बरी लै’लाई जित्न सकेको देखिएन।

teej3

teej2

teej4

teej5

teej6

नाच्ने त रमाएको छ नै, हेर्नेहरु पनि कति रमाइरहेको !
नाच्ने त रमाएको छ नै, हेर्नेहरु पनि कति रमाइरहेको !
यो फोटो खिच्दा स्पिकरमा 'नाचौँ हामी डिस्कोमा तीज..' गीत बजिरहेको थियो।
यो फोटो खिच्दा स्पिकरमा ‘नाचौँ हामी डिस्कोमा तीज..’ गीत बजिरहेको थियो।
तीजको बेला नेपाललाई समर्थन गर्न रङ्गशाला जाँदै।
तीजको बेला नेपाललाई समर्थन गर्न रङ्गशाला जाँदै।

11 thoughts on “तीजको रहर…आयो बरी लै !”

  1. Arun Kumar Mahara says:
    September 13, 2013 at 12:08 pm

    I like all the snapshot here…Nice, Awesome…..
    जे होस् तिजमा हाम्रो चेलीहरुको मुहार खुसीले भरिएको देखियो…

    Reply
  2. Suraj Regmi says:
    September 9, 2013 at 6:04 pm

    मलाई यसपाली को तिज मा सबै भन्दा मन परेको गीत,
    बस्दिन यत्तिकै.. यत्तिकै, घुस खुवाऊछु ज्योतिषलाइ, चिना सच्याउछु,
    बाल मतलब भएन, बबाल मच्चाउछु ! हाहा !
    लिंक यहाँ छ तपाई हरु पनि सुन्ने भए,
    http://www.youtube.com/watch?v=mAby40RXF0g

    Reply
  3. Nishan Pokhrel Jorpati Kathmandu says:
    September 9, 2013 at 4:53 pm

    तीज को बेला मा सबै जान्छन माइत, मेरो माइत मुङ्गलान पारि छैन साइत ………………………..भन्ने गीत कता हरायो ? …

    Reply
  4. Harke says:
    September 9, 2013 at 2:20 am

    जता ततै “तीजको रहर….आयो बरिलै” भन्ने सुनिन्छ/पढिन्छ,
    तर हर्केलाई भने “तीजको लहर…आयो बरिलै” भन्दा अझ राम्रो हुन्त्यो कि जस्तो लाग्छ !

    Reply
    1. Nitesh says:
      September 9, 2013 at 3:17 am

      हैन यो हर्केलाई गीतकार भन्दा जान्ने हुन किन पर्या ?
      गीत लेख्ने आफैले यसो भन्दैछ –
      ‘तीजको रहर’ जति चर्चित भयो, यसका शब्दका बारे पनि उति नै चर्चा भए। कसैले ‘रहर’लाई ‘लहर’ भनेर गाए, कसैले सैनीको अर्थै बुझेनन् रे! महिला मितिनीलाई गण्डक क्षेत्रमा सैनी भन्छन्। – See more at: http://nagariknews.com/special/story/6977#sthash.xwxww1G6.dpuf

      Reply
      1. s-raj says:
        September 9, 2013 at 11:02 am

        सहरियाहरु मितिनीको अर्थ पनि मुस्किलले बुझछन हजुर !

        Reply
        1. प्रविण के.सी. says:
          September 9, 2013 at 2:54 pm

          हुन पनि यो मीतको परिभाषा पनि गज्जबको छ । मीतको बालाई मितबा भन्न पाईने मीतको आमालाई मीत आमा भन्न पाईने मीतको दाजु भाइ दिदी बहिनी सबैलाई अगाडी “मीत” शब्द जोडेर साईनो लाउन पाईने तर मीतको श्रीमान् र श्रीमतीलाई कसैले भनेको छ कि मीतपोई अथवा मीत स्वास्नी भनेको ? कानून भनेको बराबर हुनु पर्ने होईन र ?

          Reply
      2. Harke says:
        September 9, 2013 at 1:56 pm

        साधुबाद नितेश जी (लिंक पनि राखिदिएकोमा…!).

        Reply
    2. Gopal Niure says:
      September 9, 2013 at 6:43 pm

      आजकल जताततै टन्न गहना लगाएर face book मा फोटो राख्ने होडबाजी देख्दा त “तीजको लहर…आयो बरिलै” भन्दा पनि हुनी हो , तर यो ( उहाँहरूको कुरा सुनेपछि मैले फिल्मको सिचुएसन बताउनुस्, म गीत लेखिदिउँ्कला भनेँ। प्रकाशजीले फिल्मकी नायिका (गौरी मल्ल) बालविधुवा हुने, सासूले उनलाई टोकस्ने, तीजका बेला साथीसंगी रमाएको देख्दा उनलाई पनि तीजमा चुरा–पोते, रातो सारी लगाएर नाच्न मन लाग्ने र त्यसको कल्पना गरेको अवस्थालाई चित्रण गर्नेगरी गीत लेखिदिनुपर्ने बताउनुभयो। सारांशमा भन्दा, मैले तीज गीत लेख्नुपर्ने भयो। – See more at: http://nagariknews.com/special/story/6977#sthash.xwxww1G6.cfk32aqt.द्पुफ ) पढेपछि , चै , एउटी बाल बिदुवा नारी को मन मा रातो चुरा र पोते लगाएर नाच्ने रहर लाई देखाउन खोजेको देखिन्छ / न कि आजकल को फेसन को लहर लाई !!!

      Reply
    3. द्रोण says:
      September 9, 2013 at 11:54 pm

      हर्के जी
      रहर ले मान्छे नाच्छ , तीज को लहर आयो भन्दा कता कता ह्वा आयो ,आधि आयो जस्तो भान हुन्छ | सायद बुर्लुक्क उफ्रेर नाच्न को लागि दिदि बहिनि ले तिजको रहर भनेका हुन् |
      लेख्ने ले लहर नै लेखिदिए नि तोते बोलि बोल्ने ले रहर नै भन्छ अथवा उसतै उस्तै सुनिन्छ |
      गीत मा यो सब चल्छ |
      नपत्याए केहि हिट गीत को सब्द हेर्नुस
      १) पर बाट को आयो ढल्केर , ढल्केर —लाल बहादुर खाती
      दाइको मादल लड़ादीउ भिर बाट –तिर्थ कुमारी
      (पुरानो हिट लोक गीत )

      अब भन्नुस पर बाट कोइ आउदैमा दाइ को मादल लाइ किन भिर बाट लडाउने ??

      २) यो बाटो का जाने हो , जाउ मा पनि जान्छु |
      —कुनै नेपालि फिल्मी गीत
      सुन्दै दिक्क लाग्ने सब्द

      Reply
      1. Tenzing Gaba says:
        September 10, 2013 at 4:16 pm

        द्रोण जी
        सुन्दै दिक्क लाग्ने सब्द ???

        होइन यस्तो गीत सुन्नु भो भने के गर्नु हुन्छ नि?
        …….औसीको रातमा टह टह जून….
        …….औसीको रातमा टह टह जून….
        ………….खोला मा आगो लागेछ
        …………..माछा चै रूखमा चढेछ (नेपाली पप गीत सन्तोष पन्त को अनुसार)

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme