शुक्रबार राति एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गणेश बूढाले फेसबुकमा अपलोड गरेको यो भिडियो अजिबको छ। यसमा पूर्व युवराज पारस शाह ‘जान्नँ, जान्नँ..’ भन्दै गरेका सुनिन्छन्। आमाबाबुले कतै जाउँ भन्दा सानो बच्चाले जिद्दी गरेको जस्तो सुनिन्छ आवाज, ‘जान्नँ..जान्नँ..जान्नँ भनेको !’ प्रहरी भने तान्दै गरेका देखिन्छन्।
Category: समाचार/विचार
सुजिता भण्डारी प्रकरण : युट्युबरको ठहर ‘रेप एन्ड मर्डर’, अनुसन्धानमा देखियो ‘सुसाइड’
युट्युबसहितको सामाजिक सञ्जालमा एकदमै चर्चाको विषय बनेको थियो सुजिता भण्डारी प्रकरण। हराएपछि किडन्याप भएकोदेखि शव भेटिएपछिसम्म पनि युट्युबरहरुले अनेक कहानी बुने। रेप एन्ड मर्डर भएको ठहर सामाजिक सञ्जालबाटै गरियो। त्यही भन्दै चर्का नाराबाजी गरेर प्रदर्शन गरियो। शव पोस्टमार्टम गर्न लानसमेत अवरोध गरियो। हुँदाहुँदा कर्फ्युसम्म लगाउनु पर्ने स्थिति आयो। तर प्रहरीले आज सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानको… Continue reading
‘हत्या’मा कारबाही सिफारिश भएकालाई ‘प्रमोसन’ पुरस्कार
२०७५ साउन २१ : भक्तपुरको सूर्यविनायकस्थित जंगलमा २२ वर्षका गोपाल तामाङ र २३ वर्षका अजय तामाङको गोली लागेर मृत्यु भयो। प्रहरीले दोहोरो झडपमा उनीहरु मारिएको बतायो। तर घटनास्थल हेर्दा नै त्यो दोहोरो झडप जस्तो नदेखिएको, फेक इन्काउन्टर रहेको चर्चा उतिबेलै व्यापक थियो। (दुई वर्षपछि) २०७७ असोज ३० : राष्ट्रिय मानवअधिकार आयोगले विशेषज्ञहरु सम्मिलित छानबिन समिति… Continue reading
नेपाली राजनीतिमा आइतबारका ६ ‘सरप्राइज’
२०७८ साउन ३ गते आइतबार नेपालको राजनीतिमा केही ‘सरप्राइज’ भए। खासमा यो दिन सर्वोच्चको परमादेशले ब्युँतिएको प्रतिनिधि सभाको पहिलो बैठक बस्ने मात्रै पूर्व निर्धारित कार्यक्रम थियो। तर दिन बित्दै जाँदा एकपछि अर्को सरप्राइज पायौँ हामीले। सरप्राइज नम्बर १ : विश्वासको मत आजै विश्वासको मत लिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नियुक्त भएको मितिले ३० दिनको… Continue reading
राजनीति धेरै नबुझ्नेका लागि आजको समाचारको व्याख्या : विश्वासको मत भनेको के हो? जनादेश र परमादेश नि?
प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट विश्वासको मत पाउन सफल भएका छन्। विश्वासको मतका लागि आज भएको मतदानमा उनको पक्षमा १६५ मत र विपक्षमा ८३ मत र तटस्थमा १ मत परेको थियो। नेपालमा राजनीति बुझ्ने र धेरै बुझ्नेहरु प्रशस्त छन्। तर केही भने खासै धेरै राजनीति बुझ्दैनन्। उनीहरुका लागि बुझ्न सजिलो बनाउने यो ब्लग- यो विश्वासको मत… Continue reading
राष्ट्रपतिको विज्ञप्ति : ‘संविधान बमोजिम’ होइन, ‘फैसला बमोजिम’ देउवा प्रम नियुक्त
सर्वोच्च अदालतको हिजोको फैसलामा राष्ट्रपतिले कुन कुन संवैधानिक दायरा नाघेको भनेर विस्तृतमा पाठ पढाइएको छ। राष्ट्रपतिबाट गैरसंवैधानिक काम भएको ठहर गरिएको छ। राष्ट्रपतिले आदेश पालना नगर्लान् भन्ने परेर हो कि किन हो, दिन र समय तोकेर आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनिएको छ। त्यतिमात्र होइन, राष्ट्रपतिको आह्वानमा प्रतिनिधि सभाको बैठक बस्ने गरिएकोमा फैसलामा… Continue reading
‘..फाँसी दे, सत्ता नछाड एमाले- ज्यान दिन तयार छौँ’ : ५२ सालमा यस्ता नारा लाउँदा के भएको थियो सजाय?
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिबारे गरेको फैसलालगत्तै विभिन्न प्रतिक्रियाहरु आए। मिडियामा हेर्दा महेश बस्नेतको अभिव्यक्ति सबैभन्दा चर्को थियो, उनले अदालतको आदेश कार्यान्वयन गर्न असम्भव रहेको भनेर त फेसबुकमा स्टायटस नै लेखे। माइतीघर मण्डलामा ‘सर्वोच्च अदालतलाई ‘घाँस खुवाएर’ सेटिङ्गमा फैसला गराएको’ भाषणसमेत गरे। ‘प्रधानन्यायाधीश मूर्दावाद’ भन्दै कलंकीमा मसाल जुलुस निस्कियो २६ वर्षअघिको एमाले… Continue reading
बजेटलाई सर्वोच्चले भन्यो ‘जालझेल वा धोखाधडी’, अब बजेट के हुन्छ त?
प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलामा बजेटको विषयमा पनि उल्लेख छ। त्यसो त यो मुद्दामा बजेटबारे केही माग गरिएको थिएन। तर पनि फैसलाको १०७ र १०८ नम्बरको बूँदाले यसलाई समेटेको छ। फैसलामा लेखिएको छ- ‘नेपालको संविधानको धारा ११९ को उपधारा (३) बमोजिम नेपाल सरकारको अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक… Continue reading
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न इन्कार गरे के हुन्छ? सर्वोच्च यसो भन्छ
अहिले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ। तर राष्ट्रपतिले नियुक्त गरिनन् भने के हुन्छ? देउवालाई प्रधानमन्त्रीमा नियुक्तका लागि परमादेश जारी गर्नु हुँदैन, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने होइन, यो अदालतको कार्यक्षेत्र भित्र पर्दैन, प्रधानमन्त्रीको नियुक्ति केवल राष्ट्रपतिबाट मात्र हुन्छ भनी सरकार पक्षका वकिलहरुले बहस गरेका थिए। त्यसैले प्रधानमन्त्री… Continue reading
ओली प्रधानमन्त्रीको कुर्सीमा बढीमा दुई दिन बस्न पाउने, अब के-के गर्नुपर्छ राष्ट्रपतिले?
सर्वोच्च अदालतको आजको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बढीमा दुई दिन बस्न पाउने छन्। किनभने संविधानको प्रयोग र पालनामा त्रुटी भएको कारण देखाउँदै अदालतले मिति र समय नै तोकेर त्यो समय सीमाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ। प्रधानमन्त्रीमा फलानोलाई नियुक्त गर्नु मात्रै भनेको भए आलटाल गर्न सकिन्थ्यो होला,… Continue reading
सर्वोच्चको १६७ पेजको फैसलामा खास कुरा के हो? पढ्नुस् मुख्य चार बूँदा
प्रतिनिधि सभा विघटन र नयाँ प्रधानमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज १६७ पेजको फैसला दिएको छ। यति लामो फैसला पढ्न नभ्याउनेहरुका लागि खास कुरा के हो भन्ने बुझ्न यी बूँदाहरु तयार पारेको छु। १) राष्ट्रपतिले गैरसंवैधानिक काम गरिन् प्रधानमन्त्री नियुक्त गर्ने कुरामा राष्ट्रपति विद्यादेवी भण्डारीका काम कारवाही, निर्णय, घोषणा, सूचना, पत्राचार आदि संविधानको प्रावधान… Continue reading
एमालेभित्रको १० बूँदे सहमति : अब सर्वोच्चको फैसलापछि के होला?
अपडेट : सहमति भन्दै गरिएको प्रचार वास्तवमा प्रस्ताव मात्रै भएको, सहमति भइनसकेको भनेर माधव नेपालले नै मिडियालाई बताइसकेपछि खुल्यो। सहमतिको प्रस्तावलाई नै सहमति भइसकेको जस्तो गरी प्रचार गरेर जे होस् सर्वोच्चको फैसला आउनुअघि एक किसिमको मनोवैज्ञानिक माहौल तयार पार्ने काममा सफलता चाहिँ पाए उनीहरुले।
दुई वटा ‘नेकपा’ निर्वाचन आयोगमा दर्ता : ‘एकीकृत’ र ‘लोकतान्त्रिक’
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई पुरानै अवस्थामा फर्काइदिएपछि नेपाली राजनीतिमा आएको हलचल अझै साम्य भएको छैन। झण्डै दुई तिहाईको सरकार अल्पमतमा झरिसक्यो र एउटा प्रदेशमा त सरकारसमेत परिवर्तन भइसक्यो। एमाले झण्डै झण्डै फुट्ने अवस्थामा छ। प्रतिनिधि सभा दोस्रो पटक विघटनको मुद्दा सर्वोच्च अदालतमा… Continue reading
नेपाली फुटबलको वरीयता सुधार भएकै हो?
भर्खरै फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा राम्रो खेलेको भनेर तारिफ भयो । नेपाली फुटबल समर्थकको यो लागि खुशीको विषय बन्यो । यस्तैमा मंगलबार अर्को खुशीको विषय पनि आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फिफा वरीयता सुधार भएको भन्दै एउटा स्कृनसट… Continue reading
पतिका आठ प्रकार, तपाईँ कस्तो ?
भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading
पत्नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्नी कस्ती ?
तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको… Continue reading
‘फिल्म समीक्षाले चरित्र हत्या हुँदैन’ : प्रनेश गौतमको मुद्दामा दुई तहको अदालतको फैसला
दुई वर्षअघि एकदमै चर्चामा आएको एउटा विषय याद छ तपाईँलाई ? कमेडियन प्रनेश गौतमले ठट्यौलो पारामा वीर विक्रम २ फिल्मको समीक्षा गरेर युट्युबमा हालेका थिए। निर्देशक मिलन चाम्सले चलनचल्तीको भाषामा साइबर क्राइम (विद्युती कारोबार ऐन) को उजुरी प्रहरीलाई दिए। केही ‘चप’ (चलचित्र पत्रकारहरु) समेत निर्देशकको पक्षमा थिए। प्रहरीले थुन्यो, मुद्दा दायर भयो। देश विदेशमा यसको… Continue reading
नाथुराम गोड्से प्रकरणले उठेका चार प्रश्न
७२ वर्षअघि फाँसी दिइएका नाथुराम गोड्से अहिले एकाएक चर्चामा आएका छन्। यिनलाई चर्चामा ल्याउने काम गरेका हुन् नरोत्तम वैद्यले। वैद्य वाग्मती प्रदेश सभाका सांसद हुन्। शुक्रबारको प्रदेश सभाको बैठकमा उनले नाथुराम गोड्से बन्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही… Continue reading
सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई आदेश
सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले दुई वटा छुट्टाछुट्टै आदेश गरेको छ। संविधानको धारा नतोकी गरिएको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा सुनुवाई भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रीहरु थपेर अर्को पुनर्गठन गरेकै दिन छुट्टाछुट्टै मुद्दाहरुमा सर्वोच्चका आदेश आएका हुन्। अप्ठेरो नम्बर १ : नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश सरकारले जसपासित सहमति गरी ल्याएको… Continue reading
कान्तिपुरको मैदानमा हरि रोका Vs कनकमणि दीक्षित, भएको के हो ?
राष्ट्रिय दैनिक कान्तिपुरको मैदानमा हरि रोका र कनकमणि दीक्षित बीच यो साता एउटा वादप्रतिवाद देखियो। यो विषयमा मलाई धेरै जानकारी थिएन। सामाजिक सञ्जालमा यसको चर्चा देखेर के भएको रहेछ यो भनेर खोजेको थिएँ। खासमा यस्तो रहेछ कुरा- जेठ २० गते कान्तिपुरको विचार पृष्ठमा हरि रोकाको ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शीर्षकको लेख छापिएको रहेछ। लेखमा बंगलादेशी… Continue reading