Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

Posted on June 15, 2021June 12, 2021 by Salokya

drunkard भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न। अन्य केहीले भने पतिको प्रकार पनि होला नि त, त्यो पनि थाहा पाउँ न भन्ने जिज्ञासा राखे। त्यही जिज्ञासालाई शान्त पार्न माइसंसारकै एक शुभचिन्तक महेशले आफू वरपरको समाजमा देखिने आठ प्रकारका पतिको बारेमा वर्णन गरेका छन्। यो चाहीँ बुद्धले भनेको होइन नि फेरि|

ल सुन्नुस पतिका प्रकार :

१) सोमरस पति
सँधै तीन घ्याम्पो रक्सी धोकेर घरमा आई स्वास्नी पिट्ने| रक्सीको नशा चढेपछि घरकी स्वास्नी हो वा बाहिरिया आइमाई हो छुट्टयाउन नसक्ने| भाँडोमा रगतको बान्ता नगरुन्जेल ठाडो बोतल लाउन नछोड्ने|

२) शक्तिमान पति
बेलुकी घर आउँदा स्वास्नीले मासुको सितन र ठर्रा टेबुलमा ठिक पारेकी रहिनछ भने वा जुवामा हारेर आएको होस् वा भनेको मानिन भनेर होस् अथवा जेसुकै कारणले होस् घरकी स्वास्नीलाई पिटी पुरुषत्व देखाउने| स्वास्नीमाथि हात हाली पिट्नु, लछार्नु-पछार्नु त मानौँ उसको पुर्ख्यौली अधिकार हो|

३) खोपे (शो केश)पति
पत्नीलाई सजिएर केवल आफ्नो घरको खोपामा वा शो केशमा मात्र बसिरहोस् भन्ने, घरबाट छिसिक्क कतै बाहिर निस्कन त के, झ्यालबाट यसो बाहिर चियाउन पनि नदिने| उसलाई कतै जाने पर्ने भयो भने पनि आफू चाँडै घर आई आफ्नो निगरानीमा त्यहाँ पुर्‍याई दिने| आफू बाहेक पत्नीले अरु कोही लोग्नेमान्छेलाई आँखा उठाएर नेहेरोस् भन्ने| अरु कोही लोग्नेमान्छेसँग यसो बोलेको देख्यो कि त ऊ त्योसँग सल्की भनेर आरोप लगाउने।

४) पुरुषार्थ पति
घरकी पत्नीबाहेक बाहिर अरु जति धेरै केटीहरुसँग सम्बन्ध राख्न सक्यो, उति आफूले पुरुषार्थ देखाएको ठान्ने| ऐनामा आफ्नो अनुहारको चाउरी नदेख्ने तर बाहिरका केटीहरुको यौवन देख्ने|

५) वाकवाक पति
आफूले पत्नीलाई जति तथानाम गाली गरे पनि पत्नीले चाहीँ चुपचाप टाउको निहुराएर एक शब्द नबोली सुनिरहोस् भन्ने इच्छा गर्ने| जति आफूले पत्नीलाई धेरै गाली गर्‍यो, उति नै आफ्नो वाककला राम्रो भएको ठानी गर्व गर्ने|

६) पानीमरुवा पति
घरमा (प्रायजसो संयुक्त परिवारमा) आमा, दिदीबहिनीहरुले बिना कारण वा सानो कारणले आफ्नी पत्नीलाई पिटे पनि, गाली गरे पनि, मार्ने आए पनि आफू चाहीँ थरथर काम्दै कोठाको एक कुनामा गई थचक्क बसी टाउको घुँडामा लुकाउने|

७) विलासी पति
पत्नी भनेको केवल आफूले चाहेको बेलामा आफुसँग ओछ्यानमा समय बिताउने र छोराछोरी जन्माउने मात्र हो भन्ने ठान्ने| सोच्छ कि पत्नी त केवल उसको व्यक्तिगत आवश्यकता पूरा गर्न मात्र बनेको हो|

८) अलौकिक पति
यो लोकमा पाउन अति दुर्लभ तर कतै कतै पाई हाल्न पनि सकिने| पाउन दुर्लभ किनभने प्राय जसो अरु भन्दा धेरै फरक खाले| अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने, सबै भन्दा ठूलो कुरा: पति र पत्नी भनेको जीवनरुपी रथका दुइ पांग्रा हुन् र जीवन सफल पार्नका लागि हामी दुवैलाई समान रुपमा एक अर्काको आवश्यक छ भनेर बुझ्ने|

[तपाईँले देखेसुनेको आधारमा यसो थपघट गर्नुपर्ने पतिका प्रकार भए तल कमेन्टमा वर्णनसहित लेख्नुहोला है।]

2 thoughts on “पतिका आठ प्रकार, तपाईँ कस्तो ?”

  1. Zenith Attreya says:
    June 17, 2021 at 12:12 am

    निकै रमाइलो लेख। आफु कुन चै पतीमा परियो होला कुन्नी सोच्नेकि?

    Reply
  2. kamal says:
    June 15, 2021 at 10:55 pm

    डुङ्गे पति,

    बुवा आमा दिदि बहिनि संग पनि राम्रो सम्बन्ध बनाउन कोसिस गर्नी अनि श्रीमतीलाई पनि खुशी राख्ने, दुवै डुङ्गामा पाईला राख्दा balance नमिलेर आफै लड्ने पिडित पति

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme