Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जान्नँ-जान्नँ.. भन्दै गरेका पूर्व युवराज पारस र तान्दै प्रहरी : के देख्‍न पर्‍यो यस्तो !

Posted on July 30, 2021July 31, 2021 by Salokya

शुक्रबार राति एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गणेश बूढाले फेसबुकमा अपलोड गरेको यो भिडियो अजिबको छ। यसमा पूर्व युवराज पारस शाह ‘जान्नँ, जान्नँ..’ भन्दै गरेका सुनिन्छन्।

आमाबाबुले कतै जाउँ भन्दा सानो बच्चाले जिद्दी गरेको जस्तो सुनिन्छ आवाज, ‘जान्नँ..जान्नँ..जान्नँ भनेको !’

प्रहरी भने तान्दै गरेका देखिन्छन्।

फेसबुकमा भिडियो यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ

http://www.mysansar.com/wp-content/uploads/2021/07/225683318_335666521624434_4662177748450012591_n.mp4

नारायणगोपाल चोक, महाराजगञ्जको दृश्य रहेछ यो। खासमा भएको के रहेछ भने पूर्व युवराज पारस शाह हेल्मेट नलगाई बाइक चलाएर आएछन्। कुन चैँ ट्यापे रहेछ भनेर ट्राफिकले पक्रेको थियो होला, पारस पो !

अब अहिले राजतन्त्र छैन भन्दैमा पारस कहाँ अरु जस्तो लुत्रुक्क परेर जान्छन् त। जे भए नि खान्दानी शाहवंशीय रगत पो बगेको छ त!

“जान्नँ”

“जाँदै जान्नँ म”

“तैँले भन्दैमा जान्छु !”

यता गणतन्त्रका ट्राफिक प्रहरीको पनि पारा कडै देखियो। प्रहरीले पनि जबर्जस्ती नै पारसलाई कतै लान खोजेको देखिन्छ।

हात समातेर तान्दै गरेका प्रहरी र जान्नँ भन्दै गरेका पारस।

प्रहरीले आफ्नो सेटबाट मेसेज पनि पास गर्छन्- सर, नारायणगोपाल चोकमा एक जना रक्सी खाएर आएर एकदम लफडा गरिराछ, गाडी तुरुन्त पठाउनु।

यता केही जनता राजतन्त्र आएर देश बचाउन गुहार लगाइरहेको बेला उता पारस भने ट्राफिकसँग झगडा गर्दै गरेको दृश्य पो भाइरल भयो। राजतन्त्र कालमा गायक प्रवीण गुरुङलाई किच्दा समेत कारबाही नभएको देशमा जाबो एउटा हेल्मेट नलगाउँदा सडकमा उभिने ट्राफिकले तान्दै गरेको दृश्य पनि कुनै दिन देखिएला भनेर न राजावादीले सोचेका थिए होला न गणतन्त्रवादीले नै।

त्यो हिसाबले यो अद्‍भूतै दृश्य भइहाल्यो।

देश बचाउन राजा आउनु पर्छ भन्नेहरुले सोचेका छन् कि छैनन् कुन्नि, बिचरा त्यो ट्राफिकले आफ्नो लागि हेल्मेट लगाउन भनेका होइनन्, पारसकै लागि भनेका हुन्। कतै केही दुर्घटना भयो भने तपाईँको टाउको हैन, पारसकै टाउको ठोक्किन्छ र त्यसले पारसकै ज्यानमा खतरा हुने हो। बाटोमा तपाईँ पनि ठोक्किन सक्नुहुन्छ। बाटोमा हिँड्दा तपाईँले हेल्मेट लगाउने कुरा भएन।

अहिले देशमा राजतन्त्र लोकप्रिय हुनुको कारण केही गरेर होइन, केही पनि नगरेकोले हो। नगरे पछि विवाद हुने कुरा भएन। आफ्नै सुरक्षाका लागि बनाइएको सामान्य ट्राफिक नियमसमेत मिच्‍न खोज्नेबाट शक्ति भएमा अरु के के मात्र मिचिन्थ्यो होला !

खैर, ट्राफिकले पारसलाई कारबाही गर्न सके पनि नसके पनि सडकमा बाइक कुदाउँदा ट्राफिक नियम पालना गर्ने चैँ सद्‍बुद्धि आइदिए हुन्थ्यो उनलाई !

4 thoughts on “जान्नँ-जान्नँ.. भन्दै गरेका पूर्व युवराज पारस र तान्दै प्रहरी : के देख्‍न पर्‍यो यस्तो !”

  1. Anil says:
    July 31, 2021 at 10:16 pm

    मदनजी, पारस पुरै मापसे गरेकोले समातिएका हुन कि जस्तो लाग्छ। माथि हेर्नुस त, ट्राफिकले “सर, नारायणगोपाल चोकमा एक जना रक्सी खाएर आएर एकदम लफडा गरिराछ, गाडी तुरुन्त पठाउनु।” भनेर सेटमा भनेको रहेछ।

    Reply
  2. Nepali says:
    July 31, 2021 at 6:17 pm

    Pariwar ko lagi kalanka nai ho yo manchhe

    Reply
  3. Narayan Manandhar says:
    July 31, 2021 at 9:19 am

    “अहिले देशमा राजतन्त्र लोकप्रिय हुनुको कारण केही गरेर होइन, केही पनि नगरेकोले हो। नगरे पछि विवाद हुने कुरा भएन।”

    Reply
  4. madan bajracharya says:
    July 30, 2021 at 11:47 pm

    हेल्मेट नलगायकोमा पुर्जी कत्ने मात्रै गर्न्छ समयर लगिने त् कानुन छैन।सम्झायर बा पुर्जी कातेर पथाय पुग्ने कुरामा तानेर समाउन खोजेको मात्र् चर्चित हुन र् सामाजिक सन्जालमा भाईइरल बन्न खोजेको देखिन्छ। यस्तै कुरा केही बर्ष पहिला पनि भयको थियो शायद बानेश्वरमा भयको थियो। यमालेका कार्यकर्ता हेलमेत नलगाई अन्न्य् ट्राफिक नियमा तोदेर मोटर साईकल चलाऊन्दै गरेकोमा रोकेर पुर्जी कातेको ती पुर्जी कात्ने ट्राफिक प्रहरिलाईनै कार्य्वाही गरे पछी ट्राफिक प्रहरिहरुले सदकमै बर्दी फुकालेर बिरोध गरेको तस्विर सहित संचार माध्यममा आयकै थियो। ट्राफिक नियमकै कुरामा ट्राफिक पनि अनुकरनिय नियमा पालन गराउनमा प्रोत्शाहक बन्नु पर्छ। ट्राफिक प्रहरी सान्च्चैनै नियमा पालक बनेको भय दुर्घतना मा सामान्य घाईते भयकोलाई बायक गरेर किची किची मार्नेलाई नियत पुर्वक ज्यान मारेको अपराध गरेकोमा सजाय दिलायको एउटा उदाहरण त् सुन्नमा आउनु पर्ने हो, ट्रिपर आतंक खतमा भैसकेको हुनु पर्थ्यो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme