प्रहरीको काम त कानुन कार्यान्वयन गर्न सघाउने पो हो, कहाँ कानुन उल्लङ्घन प्रहरी आफैले गर्छ? धेरैलाई यस्तो लाग्ला। तर यस्तो नहुनु पर्ने कुरा पनि भएको देखियो। अनलाइनबाट नेपालमा बसी विदेशमा जुवा खेलाउनेहरु पक्राउ परेको समाचार हिजो तपाईँले पनि पढ्नुभयो होला। धेरै मिडियामा आएको छ यो समाचार। यो बारे जानकारी दिने क्रममा प्रहरीले नै कानुन उल्लङ्घन… Continue reading
Category: समाचार/विचार
कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?
जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading
पत्रकार ‘कन्फ्युज’ हुँदा तथ्य मै चुकेको सेतोपाटीको एउटा समाचार
पुस १९ गते सेतोपाटीमा एउटा समाचार आएको छ- प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ? शीर्षकमा। यो समाचारको मूल आशय प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्का सदस्यहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो, गरेनन् भन्ने हो। पक्कै पनि पारदर्शिता, सुशासन आदि अनेकथरि नारामा भुलाउनेहरुले पदमा हुँदा आफ्नो सम्पत्ति यति छ भनेर घोषणा गर्नुपर्ने हो।… Continue reading
सन् २०२१ मा सबैभन्दा बढी पढिएका १० ब्लग, तपाईँले कुनै छुटाउनु त भएन?
आजदेखि इस्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ हामीबाट विदा भइसक्यो। २०२२ सुरु भएको छ। २०२१ ले पनि हामीलाई कोरोना भाइरसको त्रासमै बस्न बाध्य बनायो। तर हामीमध्ये धेरैले खोप पनि लगाए। वर्षान्तमा फेरि ओमिक्रोन भेरियन्टले त्रास फैलाएको छ। यद्यपि अहिलेसम्म नेपालमा त्यसको खासै प्रभाव देखिएको छैन। तर पनि सतर्क हुन पर्नेछ। गएको वर्ष माइसंसारमा… Continue reading
ल्होसार विदा : सक्कली विज्ञप्ति आउनुअघि नक्कली भाइरल, आइन्दा नझुक्किन यसो गर्नुस्
क्रिसमसको अवसरमा शनिबार परे पनि सार्वजनिक विदा घोषणा गरेको सरकारले गुरुङहरुको पर्व तमु ल्होसारमा विदा दिने अनुमान त पहिलेदेखि नै गरिरहेकै हो। तर गएरातिदेखि पानी परेर चिस्सिएको मौसममा विदा घोषणा भएको सक्कली विज्ञप्ति आउनुअघि नै नक्कली विज्ञप्ति भाइरल भइदियो। त्यो विज्ञप्ति नक्कली हो भनेर बनाइएका समाचार पाठकले पढ्न थाल्दासम्म सक्कली विज्ञप्ति आएर समाचारै पुरानो बनिसकेको… Continue reading
नेपालमा पनि छापिएको थियो शून्य रुपैयाँको नोट
केही दिनअघि अनलाइनखबरमा ‘किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?’ शीर्षकको समाचार छापिएको रहेछ। त्यो देखेर मलाई एउटा पुरानो ब्लग याद आयो। नेपालमा पनि यस्तै खालको शून्य रुपैयाँको नोट छापेर बबाल गरिएको थियो। त्यो सम्झिएर पुरानो ब्लग धूइँपत्ताल खोजेँ, भेट्न निकै गाह्रो पर्यो। सन् २०१२ को अप्रिल महिना उताका ब्लगहरु अर्काइभ गरेर छुट्टै सबडोमेनमा राखिएको… Continue reading
लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने आदेश हट्यो
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण आज देखिएको छ। हिजो शुक्रबार बेलुका अध्यागमन विभागले एउटा सूचना जारी गर्दै ६७ वटा देशबाट नेपाल भित्रिनेले ७ दिन आफ्नै खर्चमा होटलमा र त्यसपछि पीसीआर परीक्षण नेगेटिभ आएमा थप ७ दिन घरमा क्वारेन्टिन… Continue reading
ओमिक्रोन सतर्कता : ६७ देशबाट नेपाल आउनेले सात दिन होटल क्वारेन्टिन बस्नुपर्ने
अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको… Continue reading
नेपाल बाहिरका ‘काठमान्डु’
काठमान्डु भन्ने बित्तिकै हामीले सम्झने भनेको नेपालको राजधानी हो। अहिले त राजधानी पनि धेरै भए। अब त संघीय राजधानी भन्नुपर्छ क्यारे। तर ‘काठमान्डु’को यो लोकप्रिय नाममा कपिराइट छैन। र त, विश्वका विभिन्न देशमा पनि ‘काठमान्डु’ पाइन्छन्। काठमान्डुको वासिन्दा भएकोले यसो चासो लागेर गुगलमा खोज्दा भेटिएका नेपाल बाहिरका केही काठमान्डुको एक एक गरी परिचय दिने कोशिश… Continue reading
इतर तितरबितर हुँदा कांग्रेसको नेतृत्व फेरि देउवाकै हातमा
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले फेरि शेरबहादुर देउवालाई नै सभापति चुन्ने लगभग निश्चित भइसकेको छ। यो ब्लग तयार पार्दासम्म मतगणना भइसकेको छैन। तर दोस्रो चरणको निर्वाचन हुनुअघि नै देउवाले माहौल आफ्नो पक्षमा पारिसकेका छन्। नेकपा नटुक्रिएको भए शायद् यस्तो अवस्था नआउन पनि सक्थ्यो। पार्टीको लज्जास्पद पराजयको कुरा उठ्थ्यो र नयाँ नेतृत्वका लागि आवाज झन् चर्को… Continue reading
नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ
शुक्रबार एकथरि नेपालीहरु त्यसै त्यसै दङ्ग परिरहेका थिए। सामाजिक सञ्जालमा एकखाले उत्सव रहेछ- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर। कसले राखेको? अमेरिकी मिडिया सीएनएनले रे। त्यसै त मोमोप्रेमी नेपालीहरु। रेस्टुरेन्टमा तीन पानाको मेन्यु पल्टाएर लास्टमा मोमो माग्नेहरु भनेर व्यङ्ग्य नै गरिन्छ नि। शुक्रबार सिमसिम पानी परेर जाडो भएको बेलामा झोल मोमोको झल्को आइराबेलामा यस्तो… Continue reading
अचम्म ! हातैले प्लेन धकेलेको देखियो : अरु कुन ठाउँमा यस्तै घटना भएका रहेछन्?
हामीले नेपालीले चारपाङ्ग्रे गाडी हातैले धकेलेर गुडाएको त धेरै नै देखेका छौँ। खासमा काठमाडौँ खाल्डोमा त गाडी नै मान्छेहरुले बोकेर ल्याएका थिए। किनभने त्यतिबेला बाटो थिएन। तर आज अलि अचम्मैको दृश्य देखियो- एउटा प्लेनलाई मान्छेले धकेल्दै गरेको। खगेन्द्र खड्काले टिकटकमा आज अपलोड गरेको भिडियो एकैछिनमा भाइरल भयो। उनको भिडियो कपि गर्दै धेरैले ‘नेपाली हो नि’,… Continue reading
आदेशका अध्यक्ष, परमादेशका प्रधानमन्त्री
एमालेले नारायणी नदीको किनारमा आज १० औँ महाधिवेशनको उद्घाटन गर्यो। देशभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेको फोटो अहिले मिडियामा देख्न पाइन्छ। कार्यक्रममा एमालेले परमादेशका प्रधानमन्त्री भन्ने गरेका शेरबहादुर देउवा पनि उपस्थित थिए। लामो समयपछि पूर्व प्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्री देउवा एउटै मञ्चमा उभिएका थिए। सर्वोच्च अदालतले परमादेश नदिएको हुँदो हो त प्रधानमन्त्री ओली अनि… Continue reading
२० मिनेटको कार्यक्रम देखाउन नमानेको आस्था टिभीलाई रामदेवले यसरी आफ्नो कब्जामा लिएका थिए
नेपालमा अनुमति नै नलिई प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र नेताहरुको लर्को लगाएर भारतीय योगगुरु रामदेवले दुई वटा टेलिभिजनको उद्घाटन गरेको बारे चर्चा चलेको छ। प्रधानमन्त्रीले नै गैरकानुनी टेलिभिजनको उद्घाटन गर्ने हो त भनेर प्रश्न पनि हाम्रा मिडियामा उठाइएका छन्। तर यहाँ मैले चाहिँ उद्घाटन भएको आस्था नेपाल टिभी र पतन्जली नेपाल टिभीको नभई रामदेवको हातमा भारतको… Continue reading
अब हाम्रो हरियो हैन, खैरो पासपोर्ट
हामीले अहिले बोक्दै आएको नेपालको पासपोर्ट हरियो रङको थियो। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर्ड हुने बेला आउँदैछ। किनभने आजदेखि जारी भएको नेपालको इ पासपोर्टको रङ परिवर्तन भएको छ। राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो।
विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु
-गौतम ‘उदय’- कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैव कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे यतिबिघ्न विकसित हुनु पछाडिका २ वटा थप कारणहरु हुन्। सदैव एकै प्रकारका (Stereotype) कुराबाट मान्छे खुसी हुन पनि सक्दैन र… Continue reading
मिडिया दावी : अनि, निस्कियो त गुरुत्वबलबाट बिजुली?
मिडियाले गरेका अपत्यारिला दावीहरुको फलोअप हामी यो शृङ्खलामा गर्नेछौँ। आज प्रस्तुत छ- २०७१ सालमा नेपाली मिडियामा ‘संसारमा अहिलेसम्म नभएको काम’ भन्दै खुबै प्रचार भएको एउटा विषय। २०७१ सालमा सेतोपाटीमा एउटा फिचर छापिएको थियो जसको शीर्षक थियो- पृथ्वीको गुरूत्वाकर्षणले तानेको एउटा युवा। ‘राम्ररी काम गर्न पाए एक वर्षभित्र गुरुत्त्व बलबाट बिजुली बाल्न सकिन्छ’ भनेर त्यसमा उनकै… Continue reading
मेटा : फेसबुकको नयाँ नाम, थाहा पाउनु पर्ने चार तथ्य
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। त्यसो त केही मिडियाले यसअघि नै फेसबुकले नयाँ नाम राख्न लागेको रिपोर्टिङ गरिसकेका थिए। आउनुस्, यो न्वारन बारे जान्नै पर्ने चार तथ्य बुझौँ।
नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?
केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading
यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले
पछिल्लो पटक २०७६ सालमा निर्मल निवासमा लगाइएको टीकाको फोटो (माथि)। पोहोर पनि कोरोनाका कारण टीका लगाउने कार्यक्रम भएन। राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवारले यसपालि आफ्ना समर्थकहरुलाई दशैँको टीका नलगाइदिने भएकोले निर्मल निवासमा यसपालि लाइन नलाग्ने भएको छ। असोज २२ गते नै सूचना निकालेर पूर्व राजा… Continue reading