Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली फुटबलको वरीयता सुधार भएकै हो?

Posted on June 17, 2021June 17, 2021 by राजेन्द्र मगर

भर्खरै फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा राम्रो खेलेको भनेर तारिफ भयो । नेपाली फुटबल समर्थकको यो लागि खुशीको विषय बन्यो ।  यस्तैमा मंगलबार अर्को खुशीको विषय पनि आयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फिफा वरीयता सुधार भएको भन्दै एउटा स्कृनसट सेयर गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले पनि त्यसलाई  सेयर गरे । जुन नेपालको लागि साँच्चै खुशीको विषय थियो ।

 

त्यहाँ फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको र १६८औं स्थानमा उक्लेको भन्ने आशय थियो । नेपाल यसअघि १७१औं स्थानमा रहेको र अहिले १६८औं स्थानमा उक्लेको त्यहाँ उल्लेख छ ।

समाचार फैलियो

केही नेपाली मिडियामा समाचार आइहाल्यो फिफा वरीयतामा नेपालको तीन स्थान सुधार । नेपालले २०२२ को विश्कप र २०२३को एसियन कप छनोटमा राम्रै प्रदर्शन गरेको थियो । आफूभन्दा ३० स्थान माथिको चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । त्यसैले वरीयतामा सुधार हुने पक्का नै थियो । जोर्डन र अष्ट्रेलियासंग समान ३-० ले अनी मैत्रीपूर्ण खेलमा इराकसंग ६-२ ले हारेपनि ठूलो टिमलाई हराएकोले नेपालले वरीयतामा सुधार आउने अपेक्षा नै थियो ।

बुधबार कान्तिपुर दैनिकमा पनि त्यो समाचार प्रकाशित भयो । तीन स्थान सुधार भनेर । अनी कान्तिपुरकै अनलाइन इकान्तिपुर डट कममा पनि त्यो समाचार अपडेट भएको छ ।

कान्तिपुरले फिफा वरीयतामा नेपालको सुधार भन्दै नेपालले विश्वकप छनोट खेलेपछि यो वरीयता बाहिर आएको उल्लेख गरेको छ । तर यो समाचारको स्रोत के हो उल्लेख गरेको छैन ।

यस्तै मंगलबारै खेलपाटी डट कमले पनि वरीयता सुधार भएको समाचार पोष्ट गरेको छ । त्यसमा फुटबल र्‍याङ्किङले जनाएअनुसार भनेर राखिएको छ ।

नेप्लेज डट कमले २ वर्षपछि वरीयता सुधार भन्दै फिफाले सार्वजनिक गरेको वरीयता अनुसार नै भनेर लेखेको छ ।

 

यस्तै मेरो खेल डट कमले फिफाले सार्वजनिक गरेको भनेर लेखेको छ ।

अन्य केही नाम नचलेका अनलाइन पोर्टलले पनि समाचार पोष्ट गरेका छन् ।

फिफामा छैन अपडेट

के साँच्चै नेपालको वरीयता सुधार भएकै हो त? भनेर हामीले खोज्यौँ । विश्व फुटबलको वरीयता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्छ । र, अहिलेसम्म अरु कसैले सार्वजनिक गरेको र त्यसमा समाचार बनेको पनि खासै देखिएको छैन ।

नेपालको यो नयाँ वरियताबारे भने फिफामा केही उल्लेख गरिएको छैन । फिफाले पछिल्लो पटक २७ मे मा वरीयता अपडेट गरेको थियो । जहाँ नेपाल १७१औं स्थानमै छ । त्यसमा अहिले अपडेट भएको छैन ।

त्यसैले फिफाले नै अपडेट नगरेको वरीयता कसरी समाचार बन्यो त ?

कताबाट आयो वरीयताको अपडेट?

खासमा football-ranking.com भन्ने वेवसाइटले दैनिक रुपमा फुटबलको वरीयता अपडेट गर्ने गर्छ ।

 

मंगलबार सार्वजनिक भएको स्कृन सट त्यही वेवसाइटमा रहेको वरीयताको हो । त्यसैलाई आधारमा मानेर एन्फा अध्यक्ष र हेड कोचले त्यो पोष्ट गरे । त्यसैलाई नेपाली मिडियाले फलो गरे तर फिफाको अपडेट हेरेनन् ।

एउटा प्राइभेट वेवसाइटले र्‍याङ्किङ अपडेट गर्दा नेपालका मिडियाहरुले फिफाले नै वरीयता सार्वजनिक गरे जसरी समाचार बनाए । अहिलेसम्म फिफामा बाहेक अन्त वरीयता अपडेट भएर समाचार बनेको देखिएको छैन । नेपाली मिडियामा पनि यसअघि भने फिफामै अपडेट भएपछि वरीयताको समाचार बनेको थियो ।

तर यस पटक भने झुक्कियो । एन्फा अध्यक्ष र हेड कोचले नै वरीयता सुधार भएको भनेर सामाजिक सञ्जालमा सेयर गरेपछि समाचार पनि बन्न थाले ।

…..

– नेपालको वरीयता तीन स्थान सुधार

– फुटबल र्‍याङ्किङले दैनिक अपडेट गर्दा नेपालको वरीयता १६८औं स्थानमा देखिएको हो । तर फुटबलको सर्वोच्च निकाय फिफाले वरीयतामा अपडेट गरेको छैन । त्यसैले नेपालको अहिलेको आधिकारिक वरीयता १७१ नै हो ।

1 thought on “नेपाली फुटबलको वरीयता सुधार भएकै हो?”

  1. Rabin says:
    June 18, 2021 at 4:55 am

    झन्न ELO Ratings हेरेनछन्। नत्र नेपालको वरियता झन् खस्कियो भन्दै समाचार बनाउथेहोला। https://www.eloratings.net/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme