आज अप्रिल ६। १७ वर्षअघि आजैको दिनदेखि माइसंसार ब्लगको रोमाञ्चक यात्रा सुरु भएको थियो। राजा ज्ञानेन्द्रले लागू गरेको संकटकाल जारी रहेको, सामाजिक सञ्जाल नै नभएको, महँगो र दोहोरो खर्च लाग्ने डायल अप इन्टरनेटको बेला अडियो र भिडियो ब्लगिङ कसरी गरियो, पछाडि फर्की हेर्दा कथा झैँ लाग्छ। निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु… Continue reading
Category: समाचार/विचार
त्यो महराको मुद्दामा ‘होस्टाइल’ अनि यो अछाम मुद्दाको ‘होस्टाइल’
सबैभन्दा पहिला त यो होस्टाइल हुने भनेको के हो थाहा नहुनेहरुका लागि- ‘कुनै पनि व्यक्तिले सुरुमा प्रहरीसँग अनुसन्धानका क्रममा एउटा बयान दिएको हुन्छ। तर अदालतमा साक्षीका लागि बोलाइँदा आफ्नै बयानको विपरीत बयान दिनुलाई होस्टाइल हुनु भनिन्छ।’ यसका विभिन्न कारण हुनसक्छन्। साक्षीलाई दबाब, प्रभाव वा त्रासमा पारेर वा फकाएर अदालतमा विपरीत बयान दिन लगाएको हुनसक्छ। अथवा… Continue reading
यसरी निकालेँ मैले ‘भुस्याहा कुकुर’को नाममा पृथ्वी मल्लको जस्तो ‘लाइसेन्स’
मादक पदार्थ सेवन, लापरवाहीका साथ चलाइएको गाडी र त्यसैको ठक्करबाट सडक पेटीमा हिँडिरहेकी ३८ वर्षकी महिला लीला देवकोटाको मृत्यु। बुढानिलकण्ठमा दुई वर्ष अघि भएको यो घटनामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसला अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। धेरै आश्चर्यचकित छन्। किनभने न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले गएको साता गरेको फैसलामा मात्र ६ महिना कैद र… Continue reading
लापरवाहीपूर्वक गाडी चलाउँदा ज्यान गयो, तर एक हजार रुपैयाँ जरिवानाको ‘न्याय’ !
२०७६ मंसिर २८ गते शनिबार। ३८ वर्षकी लीला देवकोटा त्यो दिन काठमाडौँको न्युरोड नजिकै रहेको संकट हटाउने देवीको रुपमा पुजिने संकटा मन्दिरको दर्शन गरेर घर फर्किरहेकी थिइन्। बूढानिलकण्ठ स्कूल नजिकैको दुई लेनको सीधा सडकमा बटुवाहरुका लागि छुट्याएको सडक पेटीमा पैदल हिँड्दै गर्दा बिहानको १० बजेर २० मिनेट गएको थियो। अचानक विष्णुमति पुलतिरबाट तीव्र गतिमा हुइँकिँदै… Continue reading
मिडियाले ‘फेसबुक सर्च’ गरेर हचुवामा तस्कर घोषणा गरिदिएका मेरा एक मित्र
नागरिक दैनिकमा केही वर्ष सँगै काम गरेका मेरा एक मित्र रामचन्द्र भट्ट एक दशकदेखि अमेरिकामा छन्। तर आज एउटा मिडियाले उनलाई ‘सुपारी तस्कर’ पो बनाइदिएछ ! फेसबुक स्क्रोल गर्दैगर्दा एउटा समाचारमा आँखा गयो। ‘खोजमूलक पत्रकारिता’ नारा रहेको नेपालबहस डट कममा ‘यस वर्ष सुपारी आयात खुला गर्दा ६० करोडको डिल’ शीर्षकको समाचार राखिएको रहेछ। त्यसमा सुपारीसँगै… Continue reading
प्रियङ्का कार्की र क्रिप्टोकरेन्सी विज्ञापनको लफडा : ‘हुँदै नभएको कुरा’ पनि मिडियामा?
आज कलाकार प्रियङ्का कार्की समाचारमा छाइन्। क्रिप्टोकरेन्सीको कारोबारको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लियो रे भन्ने खबरहरु सामाजिक सञ्जालमा देखियो। कुरो के रहेछ भनेर मिडियामा आएका कुराहरु हेर्दा झन् कन्फ्युजनमा पार्ने कुराहरु रहेछन्। हुँदै नभएको भिडियोको कुरा पनि लेखिएछन्।
अमेरिकी सेनाको जहाजले सम्झाइदिएको ८ वर्ष पुरानो कुरा
अमेरिकी सेनाको जहाज आयो भनेर आज सोसल मिडिया र अनलाइन मिडियामा समेत हल्लीखल्ली मच्चिएको देख्दा झण्डै ८ वर्षअघिको घटना याद आयो। त्यतिबेला एयरपोर्ट छेउमा अफिस थियो। यसो जुम गर्दै लेन्स चलाउँदै गरेको, एउटा फरक खालको प्लेन देखेँ। फोटो खिचेर जिस्केर ट्विटरतिर हालेको, नसोचेको हङ्गामा मच्चियो। त्यही फोटो साभार गर्दै नाम चलेका सबै अनलाइन मिडियाहरुले समाचार… Continue reading
पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार
कलाकार पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा चैत ३ गते बिहीबार नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता भएको छ। मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयले १६ पेजको अभियोग पत्र तयार पारेको छ। अभियोग पत्रमा लिइएका सात प्रमुख आधार यस्ता छन्-
पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण
कलाकार पल शाह अब ‘आरोपित’ हैन ‘अभियुक्त’ भएका छन्। तनहुँ र नवलपुर दुई ठाउँमा कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारको उजुरी दर्ता भए पनि सबैभन्दा पहिला मुद्दा दायर भने नवलपुर जिल्ला अदालतमा भएको छ। चैत ३ गते बिहीबारका दिन जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको हो। जाहेरीमा के… Continue reading
प्रकाश सपुतको ‘पिर’ले अइय्या अइय्या हुनेहरुलाई चार टिप्स
एमसीसीपछि पल शाहको पालो आएको थियो। पलपछि अब प्रकाश सपुतको ‘पिर’ अहिले राष्ट्रिय बहसको विषय बनेको छ। ‘पिर’ एउटा सामान्य गीतको म्युजिक भिडियो मात्र रहेन, यो ठीक छ कि ठीक छैन भन्ने पिर गर्दै देशै लागेपछि यो अब गम्भीर मुद्दा बन्न पुग्यो। माओवादी नेता तथा कार्यकर्तालाई पिरले पर्नु पिर पारेको छ। माओवादी र उनीहरुको सशस्त्र… Continue reading
पल शाह प्रकरणमा अबको कानुनी प्रक्रिया के हुन्छ?
अपडेट : आज तनहुँ जिल्ला अदालतले पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान दिन अनुमति दिएको छ। यसअघि गएको आइतबार ७ दिनको म्याद दिइएको थियो भने अहिले थप १२ दिन दिइएको हो। पल शाह प्रकरणमा युट्युबमा अझै मिथ्या सूचनाहरु आउने क्रम रोकिएको छैन। शुक्रबार एकै दिन प्रेस काउन्सिल, राष्ट्रिय मानवधिकार आयोग, नेपाल प्रहरीको साइबर… Continue reading
समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा…
समाचार बनाउने सञ्चारकर्मी आफै समाचार बन्नु सुखद कुरा होइन। तर कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि त्यस्तो परिस्थिति आइलाग्दो रहेछ। कुरा गएको हप्ताको। फेक न्युज बारे लेखेको ब्लगको प्रिन्टआउट अगाडि राखेर ‘यस्तो लेख्ने अधिकार कसले दियो, यस्तो लेख्न पाइन्छ?’ भनेर साइबर ब्युरोका डिएसपीको थर्काइ खाएको। ट्वाँ परियो सुरुमा। आफ्नो हातमा भएको फाइलमा के लेखिएको छ, सुरुमा पढेर… Continue reading
कम्प्युटरले कम्युनिस्ट पार्टीलाई दिएको धोका
एकै दिन राजनीतिक पार्टीहरुको दुई वटा विज्ञप्तिमा ‘सिल्ली मिस्टेक’ हुनु दुर्लभ हो। तर शिवरात्रीको दिन त्यसो भयो। विज्ञप्ति त तत्काल सच्याउन धेरै गाह्रो भएन। तर अहिले सोसल मिडियाको जमानामा एक मिनेट मात्रै गलत विज्ञप्ति इन्टरनेटमा रहे पनि त्यो मेट्न गाह्रै पर्छ। तुरुन्तै फैलिहाल्छन् यस्ता विषय।
पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु
गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम, फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने… Continue reading
फेक न्युज बारे ब्लग लेख्दा झण्डै साइबर ब्युरोको थुनामा परियो
तपाईँले यो के लेख्नुभएको? तपाईँलाई यस्तो लेख्ने अधिकार कसले दियो? यस्तो लेख्न पाइन्छ? साइबर ब्युरोका डिएसपी प्रदिन ताम्राकारको एकोहोरो थर्काइ जारी थियो। मैले ‘हेर्नुस् न त्यहाँ के लेखेको छु, यस्तो यस्तो फेक न्युज आयो भनेर तपाईँहरुलाई सहयोग हुने गरी नै लेखेको छु त’ भनेर बुझाउनु खोज्छु, बुझे पो। दर्ता नगरी किन चलाउनु भएको? यस्तो लेख्ने… Continue reading
एमसीसीको बहानामा मनमा लागेका कुरालाई ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरु
एमसीसीको विषयले समाजलाई कसरी ध्रुवीकृत बनाइसक्यो, त्यो अहिले छर्लङ्ग भइसक्यो। तर एमसीसीको मूल मुद्दासँगै योसँगै जोडिएका मिथ्या सूचनाहरुले पनि मान्छेको दिमाग भुटिरहेको छ। सर्वसाधारण एमसीसीका कुन सही कुरा हो, कुन मिथ्या- थाहा पाउनै नसकिने गरी अलमलमा छन्। लिडर र ओपिनियन लिडरहरुले यस्तोमा गाइड गर्नुपर्ने हो। तर उनीहरु आफै द्वैध चरित्र देखाउँदै छन्। यही मौकामा एमसीसीको… Continue reading
मन्त्री आलेको अडियो यसरी भएको रहेछ भाइरल
आज धेरैले बिहान उठ्ने बित्तिकै फेसबुक, ट्विटर, टिकटक जताततै प्रेम आले नै प्रेम आले देखे। अनि अलि खोज्नेहरुले एउटा भिडियो पनि देखे जुन सबैका अगाडि सुन्न नसकिने खालको थियो। मुख छाडेर गाली गरिएको यो भिडियोको आवाज आले कै हो र भन्ने शंका पनि उनको सचिवालयलाई नै कोट गरेर आएको समाचार पढेपछि प्रष्ट हुने नै भयो।… Continue reading
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोग दर्ता, अबको प्रक्रिया यस्तो हुन्छ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको छ। आजै यस्तो प्रस्ताव दर्ता हुने कुरा आज बिहानसम्म कुनै मिडियामा वा हल्लामा पनि चुहिएको थाहा थिएन। अकस्मात् बिहान साढे ११ बजेतिर यस्तो खबर मिडियामा आयो। सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव पेश गर्ने सूचना दिएका हुन्। नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ… Continue reading
श्रद्धाञ्जलि लेख्दै समाचारमा पोस्ट भएको आफ्नो फोटो हटाउन एक युवतीले भोगेको हैरानी
आफ्नो फोटो कुनै वेबसाइटमा ‘हार्दिक श्रद्धाञ्जलि’ लेख्दै पोस्ट भएको देख्नुभयो भने तपाईँलाई कस्तो लाग्ला ? अझ एउटा होइन, दुइटा होइन, अनेक वेबसाइटमा अनि टिकटकमा पनि आफ्नो फोटो मृत्यु भएको समाचारसँग जोडेर राखेको देख्नुभयो भने झन् कस्तो होला ? तपाईँले त्यस्तो अहिलेसम्म भोग्नुभएको छैन, त्यसैले त्यस्तो बेला कस्तो होला अनुमान गर्न सक्नुहुन्न। तर सृष्टि खड्काले केही… Continue reading
कोरोना टेस्ट : पूँजीवादी अमेरिकामा किट फ्री, समाजवादउन्मुख नेपालमा के फ्री?
अमेरिकालाई गाली गर्नु पर्दा हाम्रा नेताहरुले पूँजीवादी भनेर सत्तोसराप गर्छन्। त्यही भएर सबै दलहरुले मिलेर हाम्रो नेपालको नयाँ संविधानमै ‘समाजवादउन्मुख’ लेखेका छन्। यस्ता राजनीतिक वादहरुसँग सर्वसाधारणलाई मतलब हुँदैन। जुनै वाद भए पनि सजिलो हुनुपर्यो। अहिले कोरोनाको महामारी फैलिरहेको बेलामा त्यही पूँजीवादी अमेरिका र हाम्रो समाजवादउन्मुख नेपालको फरक हेरौँ।