Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?

Posted on June 14, 2021June 12, 2021 by Salokya

buddha तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको बारेमा बयान गरेका हुन्।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्‍नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छ-

१) बधक पत्‍नी

जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्‍नी बधक पत्‍नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२)चोरीसम (चोर) पत्‍नी

पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३) आयासम (स्वामिनी) पत्‍नी

केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

४) मातुसम (आमा जस्ती) पत्‍नी

आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्‍नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५) भगिनीसम (बहिनी जस्ती) पत्‍नी

पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

६)सखीभरिया (साथी जस्ती) पत्‍नी

पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७) दासीसम (दासी जस्ती) पत्‍नी

कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

सात प्रकारका पत्‍नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्‍नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्‍नी मान्छौ ?

(बौद्ध ग्रन्थ Anguttara Nikaya(7:59; IV 91-94) मा यसको वर्णन पाइन्छ। अंग्रेजीमा यसबारे थप जानकारी यहाँ र यहाँ क्लिक गरी हेर्नुस्। माथिको वर्णन तलको पुस्तकबाट साभार गरिएको हो)

ल अब तपाईँ पनि भन्नुस्, तपाईँ महिला हुनुहुन्छ भने तपाईँ कस्ती पत्‍नी ? तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँकी पत्‍नी कस्ती ?

यी त भए बुद्धकालीन समाजमा पत्‍नीका प्रकार। आधुनिक युगमा पत्‍नीका प्रकारमा केही थप्नु पर्ने पनि पो देख्नुभयो कि ? कमेन्टमा लेख्नुस् है।

यो प्रकार तलको पुस्तकबाट साभार गरिएको हो।

अस्ति आँखा जचाउँन जाँदा प्रतीक्षालयमा यो पुस्तक कसैले राखेका रहेछन्। सर्सती पल्टाउँदै जाँदा यो कुरा रोचक लागेर तपाईँहरुलाई पनि बाँडिहालेको!

पहिलो पटक प्रकाशित मिति : 2013/05/05

5 thoughts on “पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?”

  1. प्र says:
    August 19, 2021 at 10:33 pm

    झुठ कुरा ! नरक र स्वर्गको कुरा बौध्द धर्ममा गरिन्दैन ! कर्मको कुरा गर्छ ! चाहे पत्नि होस वा पति !

    Reply
    1. Salokya says:
      August 21, 2021 at 11:04 am

      बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न। https://www.mysansar.com/2013/05/4788/

      Reply
  2. Ratna Thapa says:
    June 15, 2021 at 12:48 pm

    फेसबुके पत्नी : यस्ती स्त्री बुडा मरेको किरिया गर्दा पनि फेसबुकमै मस्त हुन्छे र पर-पुरुषप्रति झन् आकर्षित हुन्छे। विधवा भएको वर्षदिन नपुग्दै अर्को विवाह गर्छे यौनको तृष्णा मेट्न। यस्तीलाई स्वर्ग पनि होइन नर्क पनि होइन, नेपालतिरै पठाइन्छ।

    Reply
  3. Subodh Raj Pyakurel says:
    June 15, 2021 at 10:30 am

    पत्यार लागेन.महात्मा बुद्धले स्वर्ग नर्कलाई परलोकसँग गाँस्ने कल्पना गर्नु भएको थिएन .

    Reply
    1. Salokya says:
      August 21, 2021 at 11:05 am

      बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न। २०१३ मै यसरी स्पष्ट पारिसकेको विषय हो https://www.mysansar.com/2013/05/4788/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme