Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई वटा ‘नेकपा’ निर्वाचन आयोगमा दर्ता : ‘एकीकृत’ र ‘लोकतान्त्रिक’

Posted on July 4, 2021July 4, 2021 by Salokya

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई पुरानै अवस्थामा फर्काइदिएपछि नेपाली राजनीतिमा आएको हलचल अझै साम्य भएको छैन। झण्डै दुई तिहाईको सरकार अल्पमतमा झरिसक्यो र एउटा प्रदेशमा त सरकारसमेत परिवर्तन भइसक्यो। एमाले झण्डै झण्डै फुट्ने अवस्थामा छ। प्रतिनिधि सभा दोस्रो पटक विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ। माधव नेपाल-झलनाथ नेतृत्वको समूहले के गर्ने हुन्, थाहा भएको छैन।

यो अवस्थामा निर्वाचन आयोगमा भने नेकपा नाममा दुई वटा नयाँ दल दर्ता भएको छ।


असार १४ गते राजपत्रमा निर्वाचन आयोगले दुई वटा सूचना प्रकाशन गरेको छ। दुई वटा नयाँ दल दर्ता भएको सूचना थियो त्यो।

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ता गर्दा राजपत्रमा सूचना छाप्नुपर्छ। त्यही प्रयोजनका लागि आयोगले असार १४ को राजपत्रमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) नामका दुई दलहरु दर्ता भएको सूचना दिएको हो।

यी दलको बारेमा थप जानकारी राजपत्रमा उल्लेख गरिएको छैन। न निर्वाचन आयोगको वेबसाइटमा नै यसबारे सूचना राखिएको छ।

आयोगको दर्ता भएका राजनीतिक दलहरुको अद्यावधिक सुचीमा २०७७ असोज ७ गतेको मात्रै अपडेट रहेको छ।

यो सर्वोच्चको फैसला आउनुअघिको सूची हो। त्यसमा नेकपाको दर्ता कायमै छ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भइसकेपछि फेरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नाममा २०७६ भदौ १ गते र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नाममा २०७७ साउन २० गते नयाँ दल दर्ता भएको थियो।

सर्वोच्चको फैसलाले पुरानै पार्टी ब्युँतिएपछि नयाँ दर्ता भएका यी दुई नामका दलहरुलाई पनि असर परेको थियो। अहिले नयाँ दर्ता भएका दुई नाम नेकपा (एकीकृत) र नेकपा (लोकतान्त्रिक) तिनै दलहरुले रोजेको नयाँ नाम हुनसक्छ। तर यसबारे निर्वाचन आयोगको वेबसाइटमा केही उल्लेख छैन।

नेपालप्रेसमा जेठ १३ गते प्रकाशित समाचार अनुसार माधव नेपाल निकट नेताहरु जीवन राईले नेकपा (एकीकृत) र सुदीप रुवालीले नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme