Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारको आँगनमा जन्ती नाचे छमछमी – यसरी खिचियो फोटो

Posted on February 27, 2015February 27, 2015 by Salokya

11025750_10153205800060962_4538474990186399473_n
बिहीबार एकाबिहानैदेखि आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो। अरु बेला हुँदो हो त छिटो उठ्न पनि अल्छी गरिन्थ्यो। तर केही दिनदेखिको योजना अनुसार आज बिहान जसरी पनि अफिस पुग्नै पर्ने थियो। नौ बजेको साइत भन्ने जानकारी पाइएको थियो अख्तियार प्रमुख लोकमान सिंह कार्कीकी छोरीको बिहे। अख्तियार परिसरस्थित निवासबाटै अन्माउने र होइन, बाहिरकै निवासबाट भन्दै दुई परस्पर विरोधी खबर न्युजरुममा आएका थिए। तर अख्तियार परिसरमै हुने स्रोतमा विश्वास गरियो। त्यसका लागि अलि अगाडि नै त्यहाँ पुग्न जरुरी थियो। ढिलै पुगेका कारण बुधबार अख्तियार परिसरमै भित्र्याइएको साइपाटाको फोटो खिच्न छुटेको थियो।

साढे आठ बजेतिर दरबारमार्गस्थित पहिलोपोस्टको अफिस त पुगियो, तर ड्राइभर गायब। फोन गर्दा आउँदै गरेको जानकारी पाइयो। म भने छुट्ला कि भनेर आत्तिन थालेँ।

पहिलोपोस्टका सबै सहकर्मी बिहीबार विदामा थिए। अंगद ढकाल, अनन्त कोइराला र मनोज सत्याललाई बिहेको सिजनले छोएको थियो। ऋषिकेश दाहाल पश्चिम भ्रमणमा छन् भने रविराज बराललाई परीक्षाले छोएको थियो। केही समाचार आए बाटैबाट पोस्ट गर्छु भन्दै अफिसकै ल्यापटप ब्यागमा हालेर टंगालतिर लाग्दा आकाशबाट पानी बर्सन थालिसकेको थियो।

टंगाल वरपरको गतिविधि हेर्दा जन्ती आउन लागेको जस्तो देखिन्थ्यो। ट्राफिकदेखि लिएर अरु सुरक्षाकर्मीहरु पनि हाइ अलर्टमा थिए। अरु कुनै मिडिया पनि त्यहाँ देखिएनन्। कताबाट फोटो खिच्दा ठीक होला भनेर आँखा दौडाइयो। अरु मिडिया नभएको हुनाले तलैबाट खिच्दा सुरक्षाकर्मीले किचकिच गर्ने संभावना धेरै थियो।

अख्तियारको मूल प्रवेशद्वारको ठीक अगाडि एउटा कफी पसल रहेछ। हामी त्यहीँ उक्लियौँ र गतिविधि हेर्न थाल्यौँ। माथिबाट मैले खिच्ने र तलको खिच्नलाई एक जना स्रोत परिचालन गरियो।

जन्ती आइसकेको थिएन, तर चटारो प्रष्टै देखिन्थ्यो। अख्तियारकै कर्मचारीलाई मूल प्रवेशद्वारबाट छिर्न दिइएको थिएन। उनीहरुको मोटरसाइकल वा गाडीलाई मूल गेटका पाले र सुरक्षाकर्मीले उताबाट भन्दै बायाँपट्टी पठाइदिन्थे। बिहेकै लागि आएकाहरुलाई भने भित्र पस्न दिइन्थ्यो।

अझ अनौठो त अख्तियार भवनको दायाँपट्टीको गल्लीमा मोटरसाइकल प्रवेश गर्न लगाइएको प्रतिबन्ध थियो। त्यहाँ सादा पोशाकका प्रहरी र ट्राफिकै बसेर मोटरसाइकल चालकलाई रोकिरहेका थिए। बिचरा चालकहरु अनुनय गर्थे तर उनीहरु मान्दैन थिए।

केही अनलाइनहरुमा आए जस्तो बाटो नै अवरुद्ध भएको, अख्तियार कर्मचारीलाई कार्यालयमा प्रवेशै नदिइएको भने होइन। मूल गेटबाट मात्र कर्मचारीलाई प्रवेश गर्न दिइएको थिएन। अनि बाटो पनि अवरुद्ध भएको हामी त्यहाँ हुँदासम्म त देखेनौँ।

कफिसपबाटै त्यो सब गतिविधि नियाल्दै बेलाबेलामा सुटुक्क फोटो पनि खिचिरहेको थिएँ। एक जना सुरक्षाकर्मीले देखिहाल्यो। ‘नखिच्नू’ भनेर इशाराले सतर्क गराएपछि क्यामेरा ब्यागमा हालेँ।

अब सबै भर तल रहेको स्रोतमा थियो। १० बज्नुअघि शाही बग्घी र एउटा बस र दुई वटा साना गाडी गरी तीन वटा गाडीमा जन्ती अख्तियारभित्र प्रवेश गर्‍यो। सुरक्षाकर्मीले चेतावनी दिएको भए पनि जन्ती भित्रँदाको चटारोमा के याद गरोस्, क्यामेरा फेरि निकालेर हान्न थालेँ सट।

जन्ती अख्तियारको गेटभित्र प्रवेश गरेपछि केही अगाडि लाग्ने बित्तिकै नाच्दै लोकमानसिंह कार्की निवासतर्फ अघि बढ्यो। निवास धेरै पर रहेकोले कफिसपबाट देखिने स्थिति थिएन। स्रोत भने जन्तीसँगै भित्र प्रवेश गरिसकेको थियो।

केही समयपछि स्रोतलाई एसएमएस गरेँ जाने होइन? उसले एक शब्दमा जवाफ पठायो- लफडा। उनी त फन्दामा परिसकेका रहेछन्। दह्रो केरकारपछि उनको क्यामेरामा भएका सबै फोटो डिलिट गर्न लगाइएछ।

जसोतसो उम्किएर आएका उनलाई लिएर अफिस पुग्यौँ र केही घण्टासम्म डिलिट भएका फोटो रिकभर गर्नमा व्यस्त भयौँ। केही फोटो बिग्रिए, केही भने आए। त्यही फोटोसँगै पहिलोपोस्टमा यी एक्सक्लुसिभ फोटो हामीले सार्वजनिक गर्‍यौँ।

1-IMG_8836

दुलाहा राज भएको बग्घीसहितको जन्ती अख्तियार परिसरमा प्रवेश गर्दै।

1-IMG_8843

अख्तियारको मूल गेटबाट प्रवेश गरेर लोकमान निवासतिर अघि बढ्दै बग्घी।

1-IMG_8871

नाच्दै अघि बढ्यो जन्ती।

1-IMG_8906

छतमा सुरक्षाकर्मीहरु।

1-FILE109

कर्मचारीहरु भने अर्कै बाटोबाट प्रवेश गर्नुपरेको थियो।

1-FILE133

पन्चे बाजा निवासतिर लाग्दै।

1-FILE173

दुलहाको बग्घी अख्तियार परिसरको मूलगेटमा प्रवेश गर्दै।

1-FILE213

यी हुन् लोकमानका सम्धी रोहिणी थपलिया। माज्दा गाडीको अधिकृत विक्रेता कम्पनी यिनकै हो।

1-FILE237

लोकमानका ज्वाइँ सुभाशीष थपलिया।

1-FILE249

दुलहाले ल्याएको ब्यान्ड बाजा।

1-FILE297

जन्ती । थपलियाले नजिकका आफन्तलाई मात्रै जन्तीमा डाकेका थिए।

 

 

1-FILE321

अख्तियार परिसरमै छमछमी नाचे जन्ती महिला।

1-FILE349

नाचगान रमाइलो थियो।

1-FILE380

1-FILE392

1-FILE400

1-FILE433

जन्ती पर्सन तयार लोकमान दम्पति। पानी पर्न थालेकोले लोकमानलाई छाता ओढाइएको थियो।

1-FILE457

सुनका गहनाले छपक्कै।

1454636_10153205800040962_5935552803202528744_n

11025750_10153205800060962_4538474990186399473_n (1)

FILE372

23 thoughts on “अख्तियारको आँगनमा जन्ती नाचे छमछमी – यसरी खिचियो फोटो”

  1. मणि says:
    March 4, 2015 at 5:14 am

    पुरानो बानेश्वरको मूल घरबाट बिहे गरेको भए पनि सरकारी सुबिधा त सब्बै पाउथे नै यिनले साथै उनकी आमाले (सायद है, ठ्क्याकै याद भएन) बनाउन लगाएको घरको पर्खाल संगै टासिएको मन्दिरको प्रसाद अनि छेउकै चउरमा पार्टी, नभए कुनै ‘पाटी’ दरबार (palace लाइ दरबारै भन्छ हैन र?) मा देको भए “लोकले मान” गर्थे अनि पितृले आशिक दिन्थे नि है|

    Reply
  2. samrat~ says:
    March 2, 2015 at 3:59 am

    येदि नेपाला लोक मान ले भ्रस्टाचार निवारण गर्ने हो भने सबै भन्दा पहिले आफु ले आफु लाइ हत्कडी लगाउनु पर्ने हुन्छ . सानो माछा हरु लाइ समातेर ठुलो माछा हरु उम्काउने जस्तो ठुलो भ्रस्टचार अनि पद को दुरू पयोग वाह ! लोके ..अहिले दिन चर्चा तेरै छ ..मोज गर !!

    Reply
  3. Madhu says:
    February 28, 2015 at 8:20 pm

    मोरा पत्रकारहरु अरुले रमाइलो गरेको देख्नै नहुने!! जाबो ३० जना पनि जन्ती नभाको बिहेको के समाचार बनाको होला!! आजकल त भागी बिहेमा पनि त्यो भन्दा चर्को हुन्छ!! त्यत्रो दाम कमाएर पनि ३०-४० जना जन्ती पनि खुवाउन नसक्ने कन्जुस हरु!! खल्तीमा पैसै नभएपनि हाम्रा गाम तिर त २-४ सय मुन्छे त आउने जाने त हुन्छ त बिहेमा!!

    Reply
    1. dave says:
      March 1, 2015 at 11:43 pm

      बन्धु समाचार कति जनाको हैन कहाँ गरेको भन्ने हो???

      Reply
  4. Nihon says:
    February 28, 2015 at 3:55 pm

    लौ आयो आयो !! पार्टी प्यालेसको जगतमा नयाँ नाम “अख्तियार दुरुपयोग पार्टी प्यालेस”
    कसैको विवाह, व्रतबन्ध आदी इत्यादी भोजभटेर गर्नु परेमा हालै नयाँ खुलेको यस पार्टी प्यालेसलाई बिर्सेर पनि सम्पर्क गर्न नबिर्सनु हुन लोकमान अन्कलले समस्त नेपालीहरुलाई विनम्र अनुरोध टक्र्याएका छन् ।

    अरू च्याउझैँ उम्रिएका पार्टी प्यालेसमा नपाईने बिशेष सुविधाहरू यस प्रकार छन् ।
    १. दमदार प्रहरी सुरक्षाको ग्यारन्ती
    २. बेहुलोलाई गेटमै प्रहरीले सलाम ठोक्ने

    कति पैसो पर्ला भनेर ट्वाल्ल पर्नु भएको होला, यो कि त सारा जनताले बेहोर्लान कि गएर लोकमान अन्कललाई सोध्नुस वहाँले कति तिर्नुभो भनेर ।
    नोट: माथीको बिज्ञापनका पात्रहरू कोहीपनि काल्पनिक होईनन् ।

    Reply
    1. Sisir says:
      March 2, 2015 at 4:35 pm

      अनि सानो भुरे माछाको परिकार पनि पाइने .

      Reply
  5. Sharan says:
    February 28, 2015 at 1:45 pm

    नभनौ भन्दा पनि लेख्नु पर्यो| माथिको फोटोमा दुलहा राजाको फोटो चाँही लिपिस्टिक पोतेकी कान्छी दाजु जस्तो देखिएको रैछ| यति भनियो अब अख्तियार लाग्ने हो कि?

    Reply
  6. Surya says:
    February 28, 2015 at 12:14 pm

    कार्यालय बन्द भएको दिनमा परेको भए ल भैगो भन्न मिल्थ्यो तर खुलेआम सरकारी कार्यालयको समयमा यसरी गर्नु गलत, अनैतिक, लज्जास्पद र सुबिधाको सरासर दुरुपयोग हो. कमसेकम डाक्टर पढेकी छोरीले पनि त यसरी चाहिं बिहे नगरौं भनेर भन्न सक्थ्यो. हामि यहाँ कमेन्ट लेखेर मात्रै के गर्ने, कसैलाई चेतना नै नभए सक्किगोनि.

    Reply
  7. Tara says:
    February 28, 2015 at 11:11 am

    फोटोमा जति पनि मान्छे हरु देखिए सबै खुशी भए होला mysansaar को यो news संग…सबैले उनीहरुको तडक भड्क हेरे नि त..जो देखाउनु थियो..

    Reply
  8. bhakta says:
    February 28, 2015 at 12:45 am

    युरोपमा भए बिहेको भोलिपल्टै बर्खास्त भैसक्थ्यो – साली पट्टिको सात पुस्ता र भेना पट्टिको नौ पुस्ताले मुख ढाकेर हिड्न पर्ने अबस्था हुन्थ्यो अरुको त के कुरा ?

    Reply
  9. Jha says:
    February 28, 2015 at 12:06 am

    कर्मचारीहरुले बिहा भोज खान पाए होला त ?

    Reply
  10. dave says:
    February 27, 2015 at 9:26 pm

    एउटा राजा हटाए हजारौ राजा आए मनोमानी गर्न… अब कसले हटाउने इनिहरु लै … सक्दैन अब… नाचौ नाचौ.. रमाउ .. CHAM CHAM
    तर कुनै पिडित व्यक्तिको संगठन नबनोस आतंकबादी नबनोस,, तिमीहरु को संहार को लागि.

    Reply
  11. Paru says:
    February 27, 2015 at 8:34 pm

    हैन युवा पुस्ता क़ा लोकमान क छोरी अनि ज्वाई ले किन मानेका होलान एस्तो पद तथा हैसियत को दुरोपयोग गर्न? विदेश पढेर फर्केका रहेछन त्यहाँ बाट सिकेका रैनछन त .

    Reply
  12. chandra says:
    February 27, 2015 at 7:43 pm

    चोर लाइ चाबी दिदा चोर्दैनन भन्थे बुडा पाकाले लोकमान त झन् डाकु वो भएर निस्कियोत है आक्थियर बाट …..

    एउटा गीत याद आयो,
    पोहोर साल चिरिन्जीबि समाते …. तेस्पची जे .पी गुप्ता …..
    येस्पली त लोकमान नै पर्यो …कसले सम्तनी कसले थुन्नी ……

    हरे नेपाल ……सरकारी शान…..जय लोकमान !

    Reply
  13. Shankar says:
    February 27, 2015 at 3:53 pm

    आफिस लाइ घर नै बनाएका , अहो कस्तो निस्ताबान कर्म चारी |कति माया गरेको ?

    Reply
  14. Rishav says:
    February 27, 2015 at 12:58 pm

    वाह CIAA PARTY PALACE पनि खोलेछन, तर महँगो होला है यसको rate ? कति पर्दो रहेछ यसो संसारलाई थाहा दिनु पर्यो, next time छिट्टै बुक गर्न पर्यो भने मद्दत पुग्छ

    Reply
  15. Sisir says:
    February 27, 2015 at 12:40 pm

    पद र सरकारी स्रोत को चरम र नाङ्गो दुरुपयोग …
    उता कार्कीले भने आचारसंहिताले एस्तो कार्य गर्न नरोकेको बताएछन … आचारसंहिताले त त्यो कार्यालयको गेटमा आची गर्न हुन्न भनेर पनि लेखेको छैन होला , के कार्कीले भोलि गेटमा नांगै आची पनि गर्लान त ? कुरा नैतिक आचरण को हो !!!

    Reply
  16. Sushil says:
    February 27, 2015 at 11:23 am

    सर्बसाधाराड लाई नै नियम लाग्छ नि हजुर..

    Reply
  17. Shruti says:
    February 27, 2015 at 11:08 am

    मैले माथिको फोटोहरुमा नोटीस गरेको कुरा चाहिं महिलाहरुले अरु बिहे अथवा पार्टीहरुमा जस्तो पहेंलै देखिने गरि सुनका गहना लगाएका रहेनछन. सायद अख्तियार प्रमुख कहाँको बिहे भनेर होला लगाउन नसकेका . 😛

    Reply
    1. Sisir says:
      February 27, 2015 at 3:12 pm

      हो हो ब्याण्ड पार्टी ले लगाएको छैन , महिलाहरुको हकमा भने तपाई संग सहमत हुन सकिएन, फोटो दोहोरयारे हेर्ने होकी ? र अर्को कुरा सुन भन्दा हिरा महँगो हुन्छ , पैसा हुने ले त हिरा लगौछन रे ? कि तपाई र मैले हेरेका फोटो हरु बेग्ला बेग्लै परे ?

      Reply
      1. Shruti says:
        February 28, 2015 at 1:03 am

        एः “diamon ” पो लगाएका रहेछन. म त कुनै synthetic rubies /emeralds होला भन्ठान्या. Thanks for enlightening me!!

        Reply
        1. Shruti says:
          February 28, 2015 at 1:17 am

          I meant ‘diemon’ not diamon(diamond) lol.

          Reply
  18. Alikhit says:
    February 27, 2015 at 10:37 am

    लोकमानले आफैले अख्तियारी को गर्नुसम्म दुरुपयोग गरेछन । अब कुन मुखले यिनले अख्तियार दुरुपयोगका अपराधीहरु समाउने हुन, हेर्न रमाइलो हुने भयो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme