Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गढिमाई बलि समर्थकले हेर्नै पर्ने पाँच फोटो, हेर्नुस् र ‘गर्व’ गर्दै भन्नुस् ‘ठीकै हो’

Posted on December 1, 2014December 2, 2014 by Salokya

Gadhimai (9)
गढिमाई बलिका समर्थकहरुका लागि केही फोटो राखेको छु। बलि मन नपर्नेहरुले कृपया नहेर्नु भए पनि हुन्छ। तर बलि समर्थकले हेर्नै पर्छ। एउटा गोरु कसैले काट्दा रगत उम्लने गरी रिस उठाउने तर हजारौँ राँगालाई काट्दा ‘हाम्रो धर्म’, ‘हाम्रो परम्परा’को दुहाई दिँदै ठीकै हो भन्नेहरुले पनि हेर्दा हुन्छ यी फोटोहरु।

बलिस्थलमा फोटोग्राफरलाई जान रोक लगाइएको थियो। फोटो खिच्न पनि नदिने भनिएको थियो। यी फोटो अंगद ढकालले पर्खाल चढेर खिचेका हुन्।

यी त पाँच वटा फोटोमात्र हुन्। पाँच हजारलाई यसै गरी काटिएको थियो।
gadhimai5

gadhimai1

gadhimai2

gadhimai3

gadhimai4

तपाईँले हेर्नुभयो हैन ? अब यी केही प्रश्नको उत्तर आफ्नै मनलाई सोध्नुस्-

– यसरी पाँच हजार राँगा काट्दा तपाईँलाई ठीकै लाग्छ। तर मासु खानका लागि कसैले एउटा मात्र गोरु काट्दा तपाईँलाई किन रगत उम्लने गरी रिस उठ्छ?

– यो परम्परा भएर ठीक हो भने मान्छेको बलि दिने र सतीप्रथा पनि परम्परा नै थियो, त्यो किन बेठिक लाग्छ तपाईँलाई?

– के तपाईँको विवेक र तपाईँको विचार गर्ने क्षमतालाई कुनै एउटा निश्चित मान्यताले अन्धो त बनाउँदै छैन ?

52 thoughts on “गढिमाई बलि समर्थकले हेर्नै पर्ने पाँच फोटो, हेर्नुस् र ‘गर्व’ गर्दै भन्नुस् ‘ठीकै हो’”

  1. Pingback: सन् २०१४ मा माइसंसारका टप १४ ब्लगहरु यस्ता छन् « Mysansar
  2. Man Kandangwa says:
    December 13, 2014 at 9:39 pm

    यो राजनीतिक हबाट नै सुधार भए र आउनु पर्छ नत्र असम्भब छ. आफ्नो धर्म त छदै छानी कसैले खोसेर लादेन.बलि दिएर सबै कुरो पुग्ने कहाँ होर. तेसैले बलि दिने चलन चै बन्द गरौ. मैले भने को कहाँ मान्ने वाला छन् र एनी हरु.

    Reply
  3. shristi says:
    December 6, 2014 at 1:16 am

    सबैको कमेन्ट हेर्दा लाग्छ यो तस्बिर ले अग्रोशिप बनाए जस्तो लग्यो / मानिस बास्तव मा शान्ति चाहने प्राणि हो/ पशु हरु एक अर्कामा लडाई गर्छन आफ्नो अरु थाहा हुदैन मर्छन मार्छन तर मानिस लाइ सियो ले घोच्दा नि दुख्छ र येसरी रगत र हत्या हेर्दा मानिस लाइ कैले राम्रो लाग्छ जस्तो लाग्दैन/ धर्म सस्कृति विश्वास सबैको आ आफ्नो हुन्छ अनि अन्धबिस्वासलाइ त हामि सबैले दुर गर्न सक्ने कुरो हो जस्तै सती प्रथा/ कति क्रुर्र त्यो प्रथा झोला फिल्म हेर्दा नि देखियो हामीले/ चन्द्र शम्सेर ले तेस्को अन्त्य गरे/ अहिले भएको भए साएद चन्द्र शमशेरको बिरोध गर्ने पनि निस्कंथ्ये होला किन कि मानिस लाइ अहिले हरेक कुरामा बिरोध नगरी खाको नपच्ने हो कि के बुज्ने सक्दिन म त/ मानिस शाकाहारी मांसाहारी भनेर बिबाद गर्नु पर्ने कुनै जरुरि नै छेन किन कि बिज्ञान मा हामीले रुख बिरुवाको पनि प्राण हुन्छ भनेर पदेहै हो र त्यो सत्य पनि हो बिरुवा पनि बिज बाट उम्रिन्छ बढ्छ र फेरी अर्को बश को जन्म गराउछ/ जब म साग केलौछु सोच्छ्हू सागको पत्ता पत्ता छुत्त्यौदा हात भाचे जस्तो लाग्छ/ भगवान ले दिनु भएको मायालु मुटुले हेर्नु भयो भने तपाई सबै चिज लाइ माया गर्नु हुन्छ / हामीले मासु खानु खाना खानु भनेको पृथ्बी को जीवन चक्र हो जुन पृथ्बी मा प्राणि रहन अत्येंता जरुरि छ तर एकै चोटी ५ हजार पशुको पब्लिक ठाउ मा सामुहिक हत्या गरि दुनियालाई बिजोग देखाउनु तेत्ति जरुरि जस्तो लागेन/

    Reply
  4. manish says:
    December 4, 2014 at 6:43 pm

    रमाइलो कुरा चै यो पाली गढिमाई मेला र अमेरिकामा thanksgiving एकै दिन पर्यो । गढिमाईमा ५ वर्ष मा १.५ लाख बलि हुनेको बिरोध त डलर/यूरो मोहमा व्यापक गरि राछन्. thanksgiving को दिन मा अमेरिकामा ४.५ करोड turkey ले ज्यान गुमाउनु पर्यो..तेस्को चियो चर्चा नै छैन; mcdonalds ले अमेरिकामा मात्रै एक बर्षमा ५.५ करोड गाइको मासुको hamburger बेच छ, यो सबैको बिरोध चै कसले गर्छ?? यो सब नाटक नेपालीलाई आफ्नो धर्म, संस्कृति बाट टाडा लानु र देशमा christianity फैलाउनु कुप्रयास मात्रै हो।

    Reply
  5. रैथाने says:
    December 3, 2014 at 10:04 pm

    बलि प्रथाको बिरोधि होइन म! तर यो गढी माइ मेला र यहा बलि नाम दिएर गरियको पशुहत्या भने बलि भन्न सक्दिन है म त्!
    यो त,
    धर्म नभयर अन्धबिश्वाश हो!
    बलि नभयर आदिमकालीन क्रुर हिंशाको निरन्तरता हो!
    यो अब्याब्स्थापन र असामाजिकताको चरम नमुना हो!
    अनि यस्तै यस्तै दरिद्रता र बिचारोन्धता को थुप्रो हो!
    जुन परम्परा र धर्मको नाममा जगेर्ना र संरक्षण भै रहेको छ!
    यो बन्द नै गर्न त तेती उचित नहोला तर यसको नियन्त्रण र उचित ब्याबस्थापन को भने नितान्त जरुरि छ!
    जस्तो कि,
    एका दुई राँगो लाइ बिधि पुर्बक बलि दिएर संख्या पुर्याउने पर्ने भय कुशको राँगो बनायर बलिदिने !
    पांच दश हजार रागो लाइ बलि दिने पर्ने जरुरि हो भने तेसलाई अलिक ब्याबस्थित तरिकाले बलिगृहा तयार गरि ब्याबस्थित अनि क्रुर तरिकाले नभई संयम तरिकाले अतिरन्जित नगरिकन बलि दिने!
    बलि दियको माशुको खपतको ब्याबस्था कसरि गरियको छ त्यता ध्यान दिएर ब्याबस्थापन गर्नु आबस्यक परे सो अनुशार गर्ने!
    बलि दिन ल्याइयको पशु स्वोस्था र हाइजिनिक ख्याल गर्ने र बलिदिने स्थानको पनि उचित स्वास्थाबिधि अपनाउने!
    कसैको लागि धर्म होला कसैको परम्परा होला कसैको आबस्यकता होला कसैलाई रमाइलो होला सबैको आफ़ाफ़्नै द्रिस्ट्रि र बिचार होला तर,
    यो आदिमकालीन न्रिशाम्श क्रुर हिंशात्मक तरिका आजको बिश्वोलाई कुनै हालतमा सुहाउदैन तेसैले यसको नियन्त्रण र ब्याबस्थापन गर्ने पर्दछ!
    सम्बन्धित निकायको उचित हस्तक्षप जरुरि छ!

    Reply
  6. Surab Amatya says:
    December 3, 2014 at 7:53 pm

    The culture is only the belief system, whatever the belief system inherited by our elders we will follow the similar thing and will continue next to next generation. There is a local proverb “with binding a cat to do a ritual function (saradhya)”.The truth is only one and we all human being live in one earth .Likewise all the human being take a light from one sun and will get the cool by one moon .But we all the human being have different religion, nationality, languages, tradition and culture. Nevertheless we all human beings are not different from each other and we all are one, the different is only our belief system. So, these all are only the belief system that we believe in similar nature whatever our elders, societies and communities followed .Indeed we have to realize the truth thing within our intellect and that intellect is gifted only to human being so that human being is most excellent living being in all over the world .The real thing is that all the human beings ultimately want a peace of mind by praying the god or going to temple or earning the money or acquiring a high status .Now think calmly does it good and justifiable to massacre such a mass living being in name of tradition and culture in name of god to fulfill our vow .Can we get peace of mind by doing such a massacre of innocent animals .

    Reply
  7. बाली says:
    December 3, 2014 at 5:08 pm

    धेरैको बिचारहरु हेर्न पढन पाइयो र के बुझिन्छ भने धर्म र संस्कारसंग हामी दुबिधामा छौ। हिन्दु धर्मको दर्शन अति उत्तम छ। गीतालाई हेर्नू होस। भगवानले रगत मागेको कहि छैन। रगतको भोग खाने भनेको भगवान नभएर देवी देवताहरु हुन। अब हामी हेरौ देवी देवताको उत्पत्ति, जस्तो हाम्रो समाजमा रहेको बिस्वास छोरी चेली कुनै कारणले आत्मा हत्या गरि मर्छे भने प्रेत आत्मामा जन्म लिइ बाबु माइतीलाई दु:ख दिने गर्छन तब बाबु माइतिले कुलेन वा कुलको रुपमा पुज्ने गर्छन। जुन कुरा हिन्दु धर्मसंग सम्बन्ध छैन। धर्ममा दर्शनका कुरा हुन्छ भने संस्कारमा परमपरा देखि चल्दै आएको अन्धबिश्वास हुन्छ।

    Reply
  8. G P Khatiwada says:
    December 3, 2014 at 3:35 pm

    गडीमाइ मेलामा दिने गरिएको बलिले न हिन्दुत्वको इज्जत न बेइज्जत गरेको छ/ गडीमाइमा बलिदिने परम्परागत प्रथाहोला/ एकैचोटी खुल्लारुपमा पशुबलि देखिएको भएर अलि अस्वभाविक जस्तो देखिएको मात्र हो/ नेपालमा त्यो भन्दा धेरै पशुहरु हरेकदिन काटीनछन होला/ काठमाडौँमा मात्रै त्यति संख्यामा राँगाहरु हरेकदिन काटीनछन होला, त्यसको कहिल्येइ कुरा उठ्दैन यो मेडिया हरुमा/ नेपालीका आफ्ना आफ्ना संस्कृति र परम्परा छन् अनि सोहि अनुसारका संस्कारको विकास भएको पाइञ्छ/ कुनै पनि प्रथा राम्रो वा नराम्रो अनि अन्त्य गर्ने वा निरन्तरता दिने भन्ने कुरो गर्नुभन्दा पहिले समाजशास्त्रीय अध्ययन गर्नुपर्छ, त्यतिकै प्याच्च बोलेको बोलीको कुनै अर्थ वा तर्क हुदैन/ गडीमाइ,दक्षिणकालीमाइ, पाथिभरामाइ,मनकामनामाइ लगायत धेरै माइहरुलाई आम नेपालीले भोगखाने देवीको रुपमा बिश्वास गरिएको हुनाले बिभिन्न पर्वको बेला र अरु नै बेला पनि धेरै पशु बलि दिने गरिएको छ/ त्यसैले बलिको बिरोध गर्नु नेवार समुदायले मन्दिरमा रक्सि सगुनको रुपमा चढाउदा रक्सि नपिउने बाहुनले बिरोध गरेको जस्तो मात्रै हो अथवा भावनाको बह मात्र हो जस्तो लाग्छ ……..

    Reply
  9. Kalpana Bokhim says:
    December 3, 2014 at 12:41 pm

    धर्म को नाममा हत्या-हिंसा गर्नु राम्रो हो भन्ने पक्ष्यमा वकालत गर्ने मानब रुपी दानब साले विवेक ढकाल प्रवृतिका व्यक्तिहरुको पनि भैसीलाई जस्तै टाउको गिडेर गडीमाई मेलामा वली दिनु पर्छ अनि बल्ल थाहा पाउछ हत्या-हिंसा गर्नु भनेको के हो भनेर अनि कुन धर्म शास्त्रमा लेखेको छ हत्या-हिंसा गर्नु राम्रो हो भनेर | यहाँ कुरो बुझेर पनि बुझ पचाउने दानब रुपी मानबहरुको कुतर्कको कुनै मूल्य छैन |

    समाजका हरेक राम्रो कुरालाई सही हो/राम्रो हो अनि समाजका गलत कार्य/प्रवृति/संस्कार /संस्कृतिलाई गलत हो | यो नराम्रो काम हो/गर्नु हुदैन, सुधार्नु पर्छ भन्नुको साटो बेकारको कुतर्क पेश गर्दै हिड्ने साथै समाजलाई परिबर्तनको सकारात्मक सुधारको बाटोमा लानु पर्छ भन्नुको साटो उल्टै समाजलाई कुबाटोमा डोर्याउन प्रेरित गर्ने यस्तै विवेक ढकाल जस्ता प्रवृतिका भाइरस/दानबहरुले गर्दा नै हाम्रो देश नेपाल आमाले आजको २१ औ शताब्दीमा पनि संसारका अरु देशहरु भन्दा सबै कुराको विकासमा पछौटे पन सहनु परेको होला |

    Reply
    1. bibek dhakal says:
      December 4, 2014 at 3:29 am

      ठिक छ कल्पना जी तपाईं मलाइ ‘साले’ मात्र हैन यो माइसन्सारले मोडरेट गरेर याहाँ प्रकाशित गर्न मिल्ने जतिसुकै निम्न स्तरको गालियुक्त बिशेसण दिनुस, म केहि भन्दिन… तपाइंको सोचाइको स्तर तपाइंको लेखन शैली बाट थाहा भैसक्यो, खैर भो तेता तिर नजाम…

      तपाइंले मेरो कुरामा काहानेर मैले हिंसालाई प्रोहोत्साहन गरेको पाउनु भो थाहा छैन… मैले त सरल नेपालि मै लेखेको थिएँ तर खै अब तपाइंले मेरो कुरालाई कसरि बुझ्नु भो कुन्नि? यदि अहिलेको ‘ ओहो कस्तो सुद्द नेपालि मा लेख्या छ्या मलाइ त पढ्ने गारो भो! ‘ भन्ने जेनेरेशनको पर्नु भो भने अझ सरल नेपालि मा म तपाइंलाई बुझाइदिन्थे मैले के भन्न खोजेको भनेर. यदि पढ्ने फुर्सत र मन छ भने पढ्नु होला र आफ्नो सहि तर्क दिनुहोला. सायद मेरो मन पनि परिवर्तन हुन्छ कि? सायद म पनि भोलि बाटै मासु छोड्छु कि ?

      मलाइ धर्म शास्त्रमा के लेखेको छ मतलब छैन.. मलाइ बलि प्रथा को समर्थन पनि गर्नु छैन , भन्ने हो भने मलाइ आफैलाई बलि दिएको मन पर्दैन… तर, तर म मासु खान्छु. मैले खाने गरेको मासु पनि जिउंदै जनावरलाई मारिसकेपछि को मासु हो.. त्यो जनावर जसको मारिनु अघि ति गढ़िमाइ मा मारिएका राँगा पाद हरु जस्तै प्राण थियो. हो अहिले म युरोपको एउटा देशमा छु त्यसैले अहिले खाने गरेको मासु एउटा व्यवस्थीत बधसाला बाट ल्याइएको हुन्छ.. तर नेपालमा ( यदि नेपालमा हुनुहुन्न भने भूतकालमा) तपाइले अथवा तपाइको परिवार साथि संगीहरुले ( अब नभन्नुहोला मेरो सब साथि संगी हरु भेजिटेरियन हून) खाने गरेको मासु के ति जनावरहरुलाई पिंडा नदियिकाना मारेर बगडेले बेचेको हो? दशैंको बेला बोकालाई मन्दिरमा लाँदा वारी परि अरु बलिबाट बगेको रगत देख्दा त्यसलाई कस्तो हुन्छ होला? सुंगूर र बंगूरलाइ गाउँतिर मारेको कहिले देख्नु भाको छ? कति यातना दियिन्छ ? ल सक्नु हुन्छ भनेर त्यहाँ गएर ”ए दाजु हो के गरि मारेको यो बुन्गूरलाई, तपाइलाइ नि यसरि तड्पाएर मारे के हुन्छ” भनेर भन्नुस त अनि थाहा हुन्छ तपाइंलाई डांडा कटाउछन कि कटाउडैनन भनेर..

      कुरा यहि हो. यसरि देशभरी गढ़िमाइ मा जसरि यातना पाएर हजारौं जनावर र पंक्षी हरु म जस्ता मान्सभाक्षी को एक छिन को रमाइलोको लागि बलिदाङ भैराहेका छन — बुझ्नुभो कल्पना जी, मात्र एकछिनको रमाइलो को लागि (त्यो प्रोटिन भाइटमिन डी, बि १२ आदि को प्रिटेक्स्ट कसैले दिन्छ भने त्यो वाहियात कुरा हो )… भने मनोरंजन को लागि पढे लेखेका बुझेका हरुले जनावर मार्न प्रोहोत्साहन गर्न हुने ( मासु सेवन गरेर) ; दशैंका बेला तेत्रो पढेका हाकिम भनाउदा हरुले नै खसी घरमा ल्याएर मार हान्न हुने; नेपालको कुना काप्छाका गाउँहरुमा सुँगुर बंगुरलाइ तेस्तरी देख्दै डर लाग्ने गरि मार्दा कसैको केहि कुरा नसुनिने अनि एउटा अति नै पिछडिएको र असिक्षित गाउँका बासिन्दाहरुले ५ वर्ष सम्म कुरेर मनाउने चाडलाई मात्र किन रोक्ने? फेरी पढ़नूस है, मैले यसलाई रोक्न पहलकदमी नउठाउने भन्या हैन तर यसलाई रोक्नु अगाडी मैले माथि भनेको जस्तो बलिहरुलाई पूर्णरूपमा बन्देज लगाम न अब को ५ वर्ष मा? सकिन्छ ?

      ५ वर्ष भरि कसैलाई केहि चासो छैन अनि जब भयो राति अनि बुढी ताती भन्या जस्तो चाड सुरु हुनु भन्दा एक महिना अघि पेतिशन सेटिसन दुनिया को नाटक. त्यो पेतिशन सुरु गर्ने हरु पनि मैले देखेको धेरै जस्तो भारतमा पशु अधिकार सम्बन्धि कोर्स पढ्दै गरेका बिध्यार्थिहरु सायद क्रेडिट पुरा गर्नलाई होला.. कोहि कोहि wanna -be मेनुका गान्धी पनि होलान तर मेनुका गान्धी त भेझितेरियन मात्र हैन भिगन पनि हून…कि मेनुका गान्धी जस्तो बोलि र व्यहवार एउटै भाको हुनु पर्यो नत्र त्यो कोर्स क्रेडिट र बिदेशी युरो वा डलर झार्न पेटिशनको नाटक गर्ने फ़ोकट्का पोजे समाजसेवी र पशिअधिकारकर्मी हरुलाई त धिक्कारै भन्छु म. होलान १ २ जना जेन्युइन पनि तर अहिले मैले टाइप गरिराको कम्प्युटर भाको टेबिल ठोकेर भन्छु ७० प्रतिशत भन्दा बढी ढोंगी हरु मात्र छन्..

      बरु सकिन्छ भने काठमान्डूमा नाटक देखाउनु भन्दा गाउँ गाउँ गएर चेतना फैलाउने कार्यक्रम अघि सारम. त्यो समाजलाई कसरि अन्धबिस्वास बाट मुक्त गर्न सकिन्छ योजना बनाम… incentives हरु राखम. जस्तै त्यो बलिमा भाग नलिने वा पशु बलि को सट्टा कुभिन्डो नरिवल बलि दिनेलाई केहि पुरस्कारको ब्यवस्था गरम.. एउटा व्यवस्थीत बधशाला को योजना पनि लेराम.. अहिले देखि दत्त चित्त साथ् लाग्ने हो भने अर्को ५ बर्षमा सायद अलि कम क्रूर दृश्य देख्न पाइन्छ होला.. केहि पहल पनि नगर्ने, काठमान्डूमा हावा हावा तात्तो न छारो को दिवस हरु मनाउदै अनि सडक नाटक गर्दै व्यस्त हुने, बिदेशी संग ठमेलको क्याफेमा प्रोग्राम राखेर उपलब्धिहीन गफ चुटेर बस्ने अनि अन्तिममा आएर पपुल्यारिटि कमाउन दुइ चार वटा पेटिशन पेज बनाएर बिदेशी हरुलाई इन्भाइट गरेर के के न ठुलो काम गर्य जस्तो देखाउने ताल मात्र हुने हो भने त यस्तै हो …..

      र अन्त्यमा कल्पना जी तपाइंले बिनाकारण मलाइ गालि गलौज प्रयोग गरेर सम्बोधन गरेपनि मैले त्यसो गर्न नसकेकोमा क्षमाप्रार्थी छु किनकि unfortunately मेरो अप्ब्रिन्गिंग राम्रो परिवारमा भयो.

      Reply
  10. abhi says:
    December 3, 2014 at 11:01 am

    बलि दिने कुरामा हो-हल्ला गर्नु सट्टा बलिलाई व्यवस्थित रूपमा कसरि गर्न सकिन्छ भनेर किन छलफल हुँदैन? गढी माईमा बलि प्रथा एउटा सदियौं देखि चलि आएको संस्कृति हो र यसलाई बन्द गर्नु भन्दा व्यवस्थित रुप मा कसाइखाना (slaughterhouse)मा गर्नु राम्रो हुनेछ. बलि प्रथा कै विरोध गर्ने भए त संसारमा मासुका लागि पशु-पंक्षी मारिने सबै कामहरुको विरोध गरिनु पर्यो. होइन भने एउटा चलि आएको चलनलाई किन टार्गेट बनाइदै छ? यस्तो सोचलाई छद्म उदारवाद (Pseudo Liberalism) भनिन्छ र लेखकले पनि यहि सोच अगाडी बढाए झैं देखिन्छ.

    Reply
  11. xyz says:
    December 3, 2014 at 6:51 am

    Here are the summary of arguments offered by both camps:
    A. The Opponents:
    The issue of animal rights
    Human cruelty; against humanism
    Against Hindu tradition; in the name of tradition we cannot uphold bad practices
    Waste of resources
    Health and environmental concerns
    Safety issue as a result of unorganized mass gathering

    B. The Proponents:
    Hindu tradition
    Work of western dollar farming NGOs to defame our tradition
    Every one should be vegetarian
    You cannot kill belief of the people
    Sheer popularity of the event

    My own logic is that there is economics involved in this maddening massacre of animals. Could it be the work of demand and supply of buffalo’s? Could not this be a process to even out the stock of buffalos so that “cows” can be saved? Economics must be at work here, can we have some good researchers getting their attention here rather than blaming each other?

    Reply
  12. govind thapa says:
    December 2, 2014 at 11:40 pm

    मलाई लाग्छ कुन धर्म मान्ने भन्ने कुरा मानब अधिकारको कुरा हो अनि कुन धर्ममा के काटेर खान पाउने हो त्यो पनि मानब अधिकारको कुरा हो ..गाई काटेर खादा कारबाही हुन्छ भने पाडा रागो खसी कुखुरा काटेपनि कारबाही हुनु पर्ने हो कि त जसले जे जे काटेर खाएपनि सबैको अधिकारको कुरा हो ..अब अधिकारकै कुरा गर्ने हो भने पशुलाई जिउने अधिकार किन छैन जतिबेला मन लग्यो त्यहीबेला काट्दै खाने ???? मासु खान नखाएर मान्छे मर्यो भन्ने त आज सम्म सुने त मरिजाउ बरु खान खान नपाएर मरेको चाही पक्कै सुनेको छु ..दिनहु संसारमा कति बलि दिइन्छ कति ?? सुटुक्क मारेको बलि नहुने पुजा गरेको बलि भनेर हेला गर्नु मुर्खता हो .त्यसैले बिरोधको कुनै तुक छैन…सबै भन्दा बेस्ट काटमार नगर्नु नै राम्रो…धर्म जुनसुकै होस् लु त आजै देखि मासु नखाउ त ????????

    म त सक्दिन बा यस्सो काटमार नगरे पनि कहिले कसो २ पिस खान मन लागिहाल्छ…तर सबैले खान छोड्दै जाने हो भने भाबी पुस्ताले पक्कै पनि नाछोद्लान भन्न सकिदैन

    Reply
  13. केदार नाथ खरेल says:
    December 2, 2014 at 10:24 pm

    आफुलाई आवश्यक प्रयोग गर्नु त ठिकै हो किन भने ईश्वरले हाम्रो लागि नै पशुको सृष्टी गरेको होला नत्र पशु किनबेच पनि हुँदैनथ्यो र कसैले मत्लब गर्ने थिएनन् होला । हामीले पशुबाट धेरै लाभ प्राप्त गर्न सक्छौ, मासु, गोबरबाट मल, छालाबाट ज्याकेट इत्यादी। तर… वलीको नाममा रगतको महासागर बगाउने र भाकलको बाहना गरी अनावश्यक रुपमा असंख्य पशुवध गर्नु महापाप हो।

    Reply
  14. प्रविण कुमार के.सी. says:
    December 2, 2014 at 10:11 pm

    प्रत्येक दश दश बर्षमा केही न केही उल्लेखनीय परिवर्तन भईरहने नेपालमा एउटा प्रथा रोक्नै नसकिने भन्ने छैन ।

    Reply
  15. BS says:
    December 2, 2014 at 9:21 pm

    I think the crux of the PROBLEM starts from promising to the God (Gadhimai) with a resolution that he or she will slaughter an animal if some success emerges to his/her doorstep or family. For example, if someone finds the girl/boy of their choice, give the birth of his/her desired child (son preferably), their son or daughter finds the desired job, if someone passes some exam or ordeal, or any favorable events/successes which happen make people to sacrifice the animals. Thus, most of slaughters are made to fulfill such promises/resolutions to the God. Nothing is done by the God (although we should appreciate to the God for good events and also take up the challenges after happening of bad events), it is all done by ourselves with our hard work and persistence. So we should STOP promising anything to the God and be sensitive the killing of animals. Slaughter of animals is not necessary to make the God happy. The God itself is self-sufficient or perfect. He has everything and does not need anything. He does not do evil things for anybody; He only loves us. So we should not be feared of God as He does not have to achieve anything by fearing us. But, we should get fear of our evil thoughts and bad promises/actions that tarnish our purity, personality, peace of mind and happiness. So let us STOP such slaughter from next year.

    Reply
  16. Mr. Sulav says:
    December 2, 2014 at 4:53 pm

    मलाई लग्छ यो परम्परा आफै हट्छ कुनै माइकालाल बोलेर की हुदैन तर बिस्तारै…बिस्तारै… जस्तै हाम्रो कुलपूजामा म केटाकेटी छदा लगभग ६० वोटा जति बोका हुन्थ्यो आइले जम्मा १५/२० वोटा मात्र हुन्छ, मलाई लग्छ अब १०/१५ बर्ष जति म त १/२ वोटा मात्र हुन्छ होला .

    Reply
  17. चन्द्र धोज शाह says:
    December 2, 2014 at 3:28 pm

    गोरु काटेर खानु र बलि को रूप मा राँगा काटीनु छुट्टा छुट्टै कुरा भय पनी दुबै कुरा धार्मिक आस्था संग जोडीयका छन र मानब जतिसुकै प्रगतिशील भयता पनी अहिले सम्म आस्था भन्ने कुरा लाइ बिज्ञान ले पनी पछि पार्न सकेको छैन किन की आस्था मा नै एक प्रकारले जीबन टीकेको छ , अहिले मलाई पनी लागी रहेको छ यो गढ़ी माई को बलि लाइ लियर तमाम प्रकार का कुरा हरु भै रहेका छन कतै यो सुनियोजित तरिका ले हिन्दू धर्म लाइ बदनाम गराउने कुचेष्टा त होइन ? यदि होइन भने गढ़ी माई को मेला छोडेर हेर्ने हो भने पनी प्रत्यक दिन हजारौं को संख्या मा पशु बध भै नै रहनछन त यसको मात्रै बिरोध किन ? अब या त सम्पूर्ण साकाहारी हुनु पर्यो नत्र ख़ास समय मा हुने ख़ास ख़ास कुरा को बिरोध हुनु उचित होइन ।

    Reply
    1. सिर्जने says:
      December 3, 2014 at 12:06 am

      चन्द्र धोज जी,
      गढ़िमाइमा बलि दिने चलन हिन्दुत्व को प्रतिक होइन, चरम अन्धविश्वासको पराकास्ठा हो / समुदाय सिक्षित भए यो आफै काम हुदै जान सक्छ / प्रधानमन्त्री हुने मेरो जोग छ कि छैन भनेर हात हेराउन जाने नेताहरु भएको देशमा एस्तो कुरीति त्यति सजिलै हट्नेवाला भने छैन / यहि कारणले अहिले हामीले केहि गर्नुपर्ने भएको छ / मैले अघिनै भनिसके यो मेलाको हिन्दुत्व संग सरोकार छैन, म हिन्दु हुँ, म काटमार पनि गर्दिन, मासु पनि खाँदिन / मलाई मासु नखानाले हिन्दु होइन भन्न सकिएला? अथवा गाउँगाउँमा धामी झाक्रीलाइ कुखुरा काटेर मन्साउन लगाउने मान्छे हिन्दु नहुन सक्छ, मैले त किराँतहरु ले त्यस्तो धामी राख्ने र कुखुराले मन्साएर निको पार्ने, भाकाल गर्ने गरेको देखेको छु / त्यसकारण यो हिन्दु धर्मलाइ बद्नाम गराउने कु-चेस्टा होइन, कुरीतिको बिरोध हो / माथि सालोक्यजी ले भन्नु भएजस्तो सतीप्रथा र नरबलि पनि कुरीति थिए, ती हटे, कमारा कमारी राख्ने चलन पनि हाम्रो देशमा थियो त्यो हट्यो, राणाहरुलाई जदौ गर्नुपर्ने हट्यो, शाहहरुलाई राजा मान्नुपर्ने चलन हट्यो, अब यो बलि दिने चलन पनि हट्नैपर्छ / अर्को प्रसङ्ग: बोइङ्गले अथवा एयरबसले त्यत्रो जटिल बिमान बनाउँछ, उनलाई एउटा चल्लो पनि काट्नु पर्दैन, उनीहरुले बनाएको बिमान उडाउने जाबो काम गर्न हामीलाई राँगो अथवा खसी काटेर पुजा गरेपछि मात्र हुने / के नेपालीहरुको चेतनाको औकात त्यहि हो? हामि त्यत्तिमै रमाएर बस्ने? संसारलाइ हाम्रो खिल्ली उडाइराख्न मौका कहिलेसम्म दिने हो?

      Reply
  18. deepak says:
    December 2, 2014 at 3:21 pm

    i think bombing innocent peoples and feasting each day on bacon and chicken and beef and colonizing the whole world is far worse than criticizing poor peoples culture and faith .. that too after 5 years each time.

    aastu.

    Reply
  19. balakji says:
    December 2, 2014 at 2:34 pm

    काट मार, बलि जस्ता कुरा हरु यो धर्म हैन सस्कृति हो र सस्कृति सुधार्न सकिन्छा / पहिला गु र गोबर छुट्टाउनुहोस, धर्म सबैको सनातन हुन्छा , सस्कृति फरक फरक हुन सक्छ / गलत सस्कृति बसौनापानी हुदैन र गलत सस्कृति छ भने सुधार्दै लानु पर्छ , ॐ तत सत..

    Reply
  20. Govinda says:
    December 2, 2014 at 2:22 pm

    बारा गढीमाइमा बली दिने पशुपंक्षिको माया लागेर ‘गोहिको’ आशु चुहाउने र चर्को स्वरमा बलीको बिरोध गरे जस्तै गरी अमेरिकामा हुने बलिको बिरोध गर्ने हिम्मतवाला कोइ छ नेपालमा (अनी बिदेशमा)? कोइ छन भने वहाँहरुको खुट्टि हेरेरै चाल पाइन्थ्यो त्यो बिरोध कस्तो होला भनेर? पाइनव/ला कोइ रहेछ भने अब सुन्न र हेर्न पाइएला जस्तो छ काठमाडौंको अमेरिकन राजदुताबास अघिल्तिर वहाँहरुको धर्ना र ध्यानाकर्षण प्रस्त/व?

    According to a 2013 report from the U.S. Department of Agriculture, 6.6 million cows were commercially slaughtered in the U.S. in 2012, which results in an average of 18,032 cows killed each day. Including steers and heifers, a total of 32.95 million cattle were commercially slaughtered, which averages to 90,027 killed each day.

    गढीमाइमा बली दिने पशुपंक्षिको माया लागेर ‘गोहिको’ आशु चुहाउने कहाँ जान्छन अरुबेला? गढीमाइको मेलामा हजारौको बली भयो भनेर संसारभरी नै कोकोहोलो मच्चाउन तम्सिनेहरु अमेरिकामा पशुपंक्षिको सफाया हुँदा कती रोइकराइ गर्दै उफ्रिये देखिएकै हो ।

    Reply
  21. विनोद पौडेल says:
    December 2, 2014 at 2:22 pm

    यहाँ भएका फोटो र लेख को आशय ले अलि तालमेल नखाए जस्तो लाग्यो, अमेरिका युरोप मा गाइ काटे भनेर नेपाली ले कहिले बिरोध गरेका छन् र युरेपिएन हरुले हाम्रो प्रथाको बिरोध गर्नु, उनि हरु ले गाई काट्न हुन्छ, हजारौ डल्फिन मारेर उनीहरुले रमाइलो पनि गरिरहेकै हुन्छन, हामी हरु त कहिले उनीहरुको बिरोध गर्दैनौ त,.
    हो, बलि प्रथा राम्रो हुदै होइन, ज्यान लिएर भगवान खुसि हुने होइनन, तर ज्यान लिनु भनेको कुनै तवरमा राम्रो हुदै होइन, मासु पसल मा झुण्डीएको मासु पनि पशु मरिसके पछि ल्याएको त पक्कै होइन, त्यसलाई पनि बध गरेकै होला, त्यसरी बध गरेर खान हुन्छ, त्यसलाई नराम्रो मानिदैन भने, बलि प्रथालाई नराम्रो भन्नु को कुनै अर्थ रहदैन, तर मैले यसो भन्दै मा यसलाई बढावा दिन खोजेको पक्कै होइन, किनकि संस्कार भित्र कुरीति हरु जहाँ पनि हुन्छन, चाहे नेपाल मा होस् या अन्य देश मा, संस्कार जोगाउन भन्दै जिब्रो छेड्ने प्रचलन लाई पनि अपराध नै मान्नु पर्छ, यस्तै अरु अनगिन्ति नमिल्दा र असामाजिक कुरीति हरु छन्, जसलाई केहि परिमार्जन त गरिएको होला, तर पुरै निमिट्यान्न पर्न असम्भव प्राय छ, तर पनि यस्ता कुरा हरुलाई केहि व्यवस्थित गर्न तिर सोच्नु पर्छ, जस्तो कि पशु बलि दिने बेला मा सके सम्म पशुलाई कम यातना हुने गरि आधुनिक शैली बाट बध गर्ने, बध गरेका पशु ब्यबस्थापन मा बिशेष संयन्त्र तयार गर्ने, सम्बन्धित स्थल शुरक्षित र मितव्ययी बनाउने तिर सोच्नु जरुरि छ, तर “दैलो पनि देखे, पिसाब गरि पनि सके” भने जस्तो ५ बर्ष मा हुने यो मेला हरेक पाँचै बर्षको सोहि महिनामा सारा कुरा बिर्सेर बिरोध मा उत्रिने अनि ५ वटा फोटो खिचेर मिडिया मा पठाउने, मेला सकिए पछि ५ बर्षको लागि गुप्त बास बस्ने प्रक्रिया ले केहि सुधार हुने वाला छैन.

    Reply
  22. JeevanB says:
    December 2, 2014 at 1:49 pm

    अरुको हत्या भैरहेको हेर्दै आफ्नो पालो कुर्दा कस्तो अनुभब हुन्छ त्यो सोच्न नि गाह्रो हुन्छ | धर्मको नाममा गरिने यस्ता प्राण हत्या अबश्य राम्रो हैन र यो रोकिनु पर्दछ | तर जबसम्म यो पुरै संसार शाकाहारी हुँदैनन् तबसम्म यी निरिह पशु पन्क्षिको हत्या रोकिन्दैनन् | चाहे बलिको रुपमा बा मासुको रुपमा गढ़िमाइमा ल्याइएका ति ५००० रांगाहरु पनि अबश्य काटिने नै हुन् | संसारमा दिनहुँ पांच हजार हैन पचासौ हजार पशु पन्क्षिको हत्या भैरहेको हुन्छ | खालि कहाँ कसरि काटिने भन्ने मात्र हो | हामीकहाँ राम्रो ब्यबस्थित slaughtering place अझ सम्म नभएको हिसाबले यस्तो हत्या दिनहुँ देख्न सकिन्छ | सुँगुर बंगुरलाई टाउकोमा हिर्काएर मारेको यो भन्दा दर्दनायक छ|

    Reply
  23. Raju says:
    December 2, 2014 at 11:45 am

    Salokya ji, thanks for posting these photos. But after reading these comments, it makes me sad that maximum people they have support for animal sacrifice. Maximum people they try to protect the debate of discarding animal sacrifice by putting forward with the reason that many animals are killed in cities for meat. But yes, of course killing animals with cruelty either for food or for religion is not good. And this mass slaughter of innocent animals for some beliefs and culture? Imagine u being in that mass, your people head are getting cut and you waiting for your turn, there is no way to run, just imagine.
    We say we are human being, but being human is not easy, lets try being human. What a wonderful world we could create if precious human energy could be used in saving life not taking life, and we would alter our beliefs and culture in saving life not on taking some innocents life.

    Reply
  24. लोर्के says:
    December 2, 2014 at 10:12 am

    कतिपए मनुवा हरु ले के भन्दा रहेछन भने कि मासु खान रोक कि बिहान बेलुका खान को लागि गरिने बध रोक हैन भने बलि को बिरोध नगर/ एस्तो कुरो नि गर्ने हो? तर गर्ने भन्दै मा निर्ममता को हद अलि पार गर्न हुदैन / बधशाला बनाउनु , तरिका संग मार्नु अनि खान मन हुने ले खानु / तर बलि त खान भनेर दिएको त हैन नि त मनुवा/ मेरो छोरो होस् , बिरामी ठिक होस् इत्यादि भनेर सार्बजनिक रुप मा ताण्डब मचाउन हुन्न भन्ने त ज्ञान हुनु पर्ने हो /
    बिहान बेलुका नदेख्ने गरेर चै काट्न हुने देख्ने गरि नहुने ? भन्ने सहि तर्क हैन / तेसो त सबै को छ नि के नाङ्गै हिड्ने त ? सबै जोडी ले सहबास गर्छन नि नदेख्ने गरेर अब के सबै ले गर्छन भनेर चोक चोक मा देखाउने? बकबास ………

    लोर्के

    Reply
    1. bibek dhakal says:
      December 2, 2014 at 4:34 pm

      तपाइको तर्क अनुसार नराम्रो कुरालाई नदेख्ने गरि गर्यो भने त्यो राम्रो हुन्छ? सहवास र पशु वली लाइ तपाईं एकै ठाउमा राख्नु हुन्छ? तपाइंको एनेलोजीमा सहवास लाइ ‘करनी’ ले परिवर्तन गर्नुस किनकि बलि भनेको कहिले पनि ऐच्छिक हुन्दैन…. सहबास भनेको शारीरिक आवस्यकता हो, पशु बलि ( चाहे गढ़िमाइ होस् या स्लटरहाउस मा होस् ) त आवस्यकता पक्कै हैन होला?

      Reply
      1. arjun says:
        December 2, 2014 at 11:36 pm

        वाह लोर्के जी …क्या खतरा analogy रहेछ Sex र slaughter को …JPT analogy …अनि बधशाला बनाएर तरिका ले मार्नु भनेको के हो? कस्तो तरिका हो यो ? दुवै मानिस लाई पनि सजिलो हुने र पशु पनि खुसि हुने तरिका के रहेछ? यसो हामी अनपढ अबुझहरु लाइ भनि दिनुहोस.

        Reply
  25. उपासक उदास says:
    December 2, 2014 at 9:16 am

    गढीमाइ मेलाका दृश्य देखे पछि यस्तो लाग्यो –
    ~ यहाँ दिएका वलि धर्म निम्ति होइन कि कुनै डर वा कर ले अथवा भाकल (स्वार्थ-पूर्ति) निम्ति मात्र हुन्.
    ~ मुख्य गरी मन्दिर का पुजारी र व्यवस्थापन समितिको एक मात्र आर्थिक स्वार्थले गर्दा यो चलन चलेका हुन्.
    ~ खुँडा, खुकुरी र तरवार चलाएको शैली र शक्ति हेर्दा .. ती पशुहरु होइन कि , उनीहरुका सात जन्मको शत्रुसंग बदला लिएको भान हुन्छ.

    Reply
  26. लक्ष्मन says:
    December 2, 2014 at 9:10 am

    सबै साथी हरु ले धेरै गजब को कुरा लेख्नु भएको छ जे होस यो पढ्नु सिक्नु बर्तालाभ गर्नु राम्रो हो! आखिर हामी सबै एक पाली सबै को अन्त्य हुने हो कोही पणि अजम्बरी छैन ! अब कुरा आयो की बलि को तपी सबै को लागी हो यो प्रस्न बली मंदिर माँ दिएंछ भने हत्यॉ कही पानी गरिन्छ के यो दुबै चिज कुनै प्रथा को लागी या आफ्नो स्वार्थ को लागी गरीएको छ यो सबै बंद गरी दिए यो बली या ह्त्या गरिएका जे पानी होस काहा राख्ने ? तेसैले कुरा गर्नु तर्क बिताका दिनु राम्रो हो । यो ता सबै हुनु पर्ने एक लेखा सर्किल हो । यो हुनु नै थियो रा हुन्छ पनी।।।।

    Reply
  27. Govinda says:
    December 2, 2014 at 9:05 am

    साकाहारिले बलिको बिरोध गरेको त स्वाभाबिक छ, तर मासु घिच्ने र रगतले चुठनेको पण्डित्याइ देखेर पो छक्क परियो त ।

    Reply
  28. srijan says:
    December 2, 2014 at 8:35 am

    हैन के नाटक हो फेरी जनावर काटेको फोटो राखेर के देखाउन खोजेको? लेखक vegeterian हो कि होइन थाहा छैन, तर हामीले खाने मासु कहाँ बाट आउने गरेको छ , त्यहाँ को पनि फोटो राख्ने हो कि ? त्यहाँ ची माया गरेर खसी राँगा काटिनछ र??? त्यत्रो नेपालीलाइ पुग्ने मासु कहाँ कसरि आउछ जनावर नकाटी?? अनि फेरी केहि पश्चिम देश हरु ले बिरोध गरेको कुरा लाइ नेपालीले समर्थन गर्नु अघि एक पल्ट पश्चिम देश मा कति जनावर काटिनछ भनेर पनि बुझ्नु/सोध्नु ? ५ वर्षमा एक पल्ट हुने मेलामा ५०,००० जनावर काट्नु लाइ बिरोध गर्ने ले दिन को ९०,००० हाराहारी मा जनावर काट्ने लाइ कसले बिरोध गर्ने. http://www.ask.com/pets-animals/many-cows-killed-day-8e3dd330ef56fbc9# (data source trustable नभए पनि लगभग यस्तै होला भन’ने अनुमान गरम, त्यसो नभए trustable data आफै खोजम.) गडीमाइ को मेला सिद्धिए पछि पनि त राँगा कटी रहन्छ …. राँगा काटेपछि तिमि हामि मो:मो खान्छौ भन’ने कुरा बिर्सेउ ?
    जनावर काट्नु पर्छ भन’ने कुरा मा समर्थन गर्या होइन, तर तितो सत्य ची भनेको हो. खाने बेर मा मासु special हुन्छ सबै को घर मा , अनि जनाबार काट्ने बेर मा बिरोध किन नि ?

    Reply
  29. Govinda says:
    December 2, 2014 at 8:19 am

    बारा गढीमाइमा चढाइने बलीको बिरोध पशुको माया लागेर होकी नियोजित किसिमले हिन्दू धर्मको दुर्नाम गराउन हो ? सास्कृतिक परम्परा अनुसार ‘बली’ दिदा बिरोध हुने, अरु बेला पशु पंक्षिको काटमार हुँदा बिरोध नहुनुले के जनाउछ? स्वोतस्फुर्त बिरोध कि सास्कृतिक परम्पराको जानाजान र नियोजित रुपले बदनामी गर्ने गराउने जुक्ती? संसारभरी ५६ अरब जनावरहरु काटिन्छन् एक बर्षमा। अमेरिका मै १० अरब भन्दा बढी जनावर मारिन्छन। एक हप्ता अगाडि नोवेम्बर २७ तारिख मा सकिएको थ्याक्न्स गिविङ (Thanksgiving) भनिने चाडमा अमेरिकामा ४५ मिलियन (साँढे ४ करोड) टर्कीको ‘बली’ भयो । अमेरिका र युरोपमा मासु आपुर्ती गर्नको लागि साउथ अमेरिका र अन्यत्र नजाने कती अरब जनावार् मारिन्छन होला। स्पेनमा हुने बुल फाइट मा गोरुहरुलाई कसरी मारिन्छ, सबैलाई थाहा भएकै कुरा हो, थाहा नभये गुगल गरेर हेर्दा हुन्छ। ८ लाख खसीबोका, करीब ३ लाख रागा, २० लाख जती कुखुरा त काठमाडौं उपत्यकामा मात्रै काटिन्छन्। हरेक दिन २०० भन्दा बढी रागा त बलम्बु मै काटिन्छन्।गढीमाइमा बली दिने पशुपंक्षिको माया लागेर ‘गोहिको’ आशु चुहाउने कहाँ जान्छन अरुबेला? कि अन्त काटिएका पशुपंक्षिको ‘बली’ नदिएकोले हुनाले बिरोध नभएको हो? गढीमाइको मेलामा हजारौको बली भयो भनेर संसारभरी नै कोकोहोलो मच्चाउन तम्सिनेहरु अमेरिकामा साँढे ४ करोड टर्कीको सफाया हुँदा कती रोइकराइ गर्दै उफ्रिये देखिएकै हो ।

    बारा गढीमाइमा बली दिने पशुपंक्षिको माया लागेर ‘गोहिको’ आशु चुहाउने र चर्को स्वरमा बलीको बिरोध गरे जस्तै गरी अमेरिकामा हुने बलिको बिरोध गर्ने हिम्मतवाला कोइ छ नेपालमा (अनी बिदेशमा)? कोइ छन भने वहाँहरुको खुट्टि हेरेरै चाल पाइन्थ्यो त्यो बिरोध कस्तो होला भनेर? पाइनव/ला कोइ रहेछ भने अब सुन्न र हेर्न पाइएला जस्तो छ काठमाडौंको अमेरिकन राजदुताबास अघिल्तिर वहाँहरुको धर्ना र ध्यानाकर्षण प्रस्त/व?

    Reply
  30. Shankar says:
    December 2, 2014 at 7:51 am

    हुन् त् यो कम्मेन्ट म मासु भात खाएर नै लेख्दै छु , तर यो बहुलट्ठी पन हो | एस्तो खालको प्रथा अन्त हुन् पर्छ | ति काट्ने हरुले सोचेको होला ” म यो सब देबिलाई खुसि बनाउन गर्दै छु ”| मलाई लाग्छ यदि देबी छिन भने उनलाई पनि यो मन पर्दैन |

    आर्को कुरा नेपाल को तराइ बेल्ट, बिहार को समेत असंख्य भक्तालु आउने र बलि दिने गरेको हुदा यो सितिमिति रोकिन गाह्रो छ | रास्ट्रपति , पदाधिकारी हरु समेत देबिलाई चढाईने भन्दा यो रोक्दा दैबी संकट आउँन सक्ने भय ले अगि बढेर सायद निर्णय गर्दैनन् |
    सति प्रथा चन्द्र सम्सेर ले उर्दी जारि गरेर गरेको थ्यो अरे , अब उर्दी गर्ने जमाना छैन , एक मत हुन् यहि माइसन्सार्को कम्मेन्ट हेरे पुग्छ |

    Reply
  31. Bikram Tamang says:
    December 2, 2014 at 7:12 am

    यो १००% नै गल्दी छ.के मान्छे या आफु आत्मा सान्ति होस् भनेर जनवि पशु पचीलै हत्या गर्ने ठिक छैन .त्यसैले पप गएको उस्ले अवस्य भोक्छा .देखौछा .मन पाप गर्छ माफी मंग्नु भगुवानसंग जानु गल्दी छा .

    Reply
  32. Dinesh Pradhan says:
    December 2, 2014 at 6:45 am

    कुरा सहि हो तपाईँको तर मेरो प्रस्न तपाईँ सहाकारी या मांसहारी त्यो तपाईँको भान्सामा पाक्ने मासु चाहिँ कसरी काटिन्छ हेर्नु भा छ? तपाईँ आफू स्वाद लिने अनि नागरिकको आस्थामा दखल दिने । त्यो भन्दा पहिले आफू साहाकारी बन नागरीकलाई सचेत गराउ नेपालको नेताहरूलाई हत्या हिङ्सा त्यागेर शान्ति ल्याउन आग्रह गर तिमीनै हो समाचारमा बढ्वा दिने केवल पैसा कमाउन पहिलो पेजमा छाप्न । बन्द गर नेपाली ले नेपालीलाई मार्न

    Reply
    1. महेन्द्र says:
      December 2, 2014 at 8:00 am

      आफू मासु खाने भन्दैमा सारा संसारलाई मासु खाने देख्ने दिनेश, पहिला साकाहारीलाई शुद्धसँग साकाहारी भनेर भन्न सिक, साहाकारी होइन । तिम्रोजस्तो भान्सामा हाम्रो मासु पाक्दैन । तिमी जस्तो प्राणीलाई मारी स्वाद लिई लिई हामी खाँदैनौँ ।

      Reply
  33. Suraj Maskey says:
    December 2, 2014 at 6:42 am

    मैले पहिले लेखेको कुराको केही अंश पुनः लेख्दै छु । त्यस्कोलागी क्षमा चाहन्छु ।

    जनावरलाई हत्या गरि मासु खान हुन्छ कि हुदैन भन्ने कुरामा अवश्यपनि दुई मत छ । विश्वको सबै भन्दा ठुलो शाकाहारी देश हाम्रो छिमेकी मित्र राष्ट्र हिन्दुस्थान हो । तर गढीमाईको पाँच बर्षको मेलामा ७०% भन्दा बढी भारतको पश्चिमी बंगाल, बिहार र उत्तर प्रदेश बाट आउद छन् ।

    बैज्ञानिकहरुको हाल सम्मको अनुसंधान अनुसार मानिसको दाँत शाकाहारी खाद्यकोलागी बिकास भएको छ । तै पनि मासु खाने कुरामा हामीलाई कुनै ठुलो ब्यधान देखिएको छैन । तर सिंह, बाघ, चितुवा र ब्वासो जस्ता जनावरहरुले घास खान सक्दैन । गाई र भैंसी जस्ता जनावरले मासु खान सक्दैन् ।

    जनावरहरुको पंतिमा मानिसहरु अन्य जनावर भन्दा बोल्ने, हिडने, दुबै हाथले राम्ररी काम गर्ने, सुन्ने, देख्नेका साथै लेख्ने पढ़ने बिकाश धेरै उत्तम भएकोले जनावर अग्र पंतिमा रहेको सर्व विदित छ । मानव सभ्यताको बिकास को साथ साथै प्राकृतिक सम्पदा र जनशक्ति आर्जन गर्ने समाजमा प्रतिस्पर्धा शुरू भएको ईतिहास साक्षि छ ।

    मेरो बिचारमा धर्म अनुसार के गर्न हुने र के गर्न न हुने भन्दापनि धर्मको उत्पत्ति कसरी भयो भन्ने कुराबारे बुझ्न आवश्यकता ठान्दछु । प्राकृतिक सम्पदा र जनशक्ति आर्जनले युद्ध, लूटपाट र अनैतिक कामहरु समाजमा बढन थाल्यो । समाजलाई अनुशासितगर्नकालागी शासक बर्गहरुले विद्वान, गन्यमान, धनि र प्रभावशाली संग छलफल गर्दा गरदै धर्म भन्ने कुराको उत्पत्ति भयो । अनि धर्म अनुसार यो गर्न हुने र न हुने भन्ने कुराको परिमार्जन गर्न थालियों । समयको परिवर्तन अनुसार पृथिवीको बिभिन्न भागमा बिभिन्न धर्मको चलन हुन पुग्यो । धर्म लागु गर्न कैयौ शताब्दि लाग्यो । पछि धर्माधिकारीहरुको बिकास संग संगै आफूलाई फायदा हुने कुराको उत्पत्तिले धर्ममा बिकृति हुन गएको ठहर छ । यो गर्न हुने त्यो गर्न न हुने बन्देजपनि हुदै गयो । सर्व-सक्तिमान (भगवान) लाई यो गर्दा ख़ुशी हुन्छन र यो गर्दा भगवान रिसाउछन भन्ने कुराले पुण्य र पापमा अन्तर देखाईयो । धर्माधिकारीहरुले शासकहरुलाई फ़ायदा हुने काम गराउन सफल भए अनुसार आफूलाई समाजमा माथ्थिलो दर्जामा राख्न् अवसर पाए । यस्को ज्वलन्त उदाहरणकोलागी राणा शसन कालमा कुनै बहुनलाई फाँसी धर्मकै नाममा ब्रह्महत्या लाग्छ भनेर दिईएन ।

    बलि दिने प्रथा धर्ममा शक्तिको प्रतिकको रुपमा लिन थालियो । भगवानले राक्षस (ख़राब) को संहार गर्ने कुरा इत्यादि । मैले थाह पाए अनुसार “शक्ति” भनेको आफ्नो शारीरिक बल, आर्थिक बल वा अन्य प्रभावको प्रयोगले आफूले चाहेको गर्ने र गराउने । शक्तिमा मानिस अन्धों हुने सम्भावना धेरै हुन्छ र शक्तिमा अन्धो भए पछि पतन हुन्छ । अन्धों हुनबाट जोगिएको महापुरुष हुन्छ भन्ने ईतिहासमा स्पष्ट छ ।

    धेरै कुरा एवम् बिकृतिहरुलाई समाजमा धर्मका नाममा परिवर्तन गर्न सकिएको छैन जस्तो मलाई लागेको छ । विश्वमा लाखों लाख जनावरलाई मासुकोलागी दैनिक हत्या गर्दा के भन्ने ? मेरो बिचारमा जनावरहरुको बधशालामा हत्या र खुला ठाउ (जस्तै मंदिर) मा बलि/हत्यालाई कसरी फरक गर्ने भन्ने बड़ो गहकिलो र जटिल बिषय देखिन्छ । तैपनि समय अनुसार मानवको सोचको विकाश र सामाजिक परिवर्तन साथै प्रथाको परिमार्जन र सुधारको आवश्यकता सधै हुन्छ ।

    सुरज मास्के

    Reply
  34. Umang says:
    December 2, 2014 at 6:15 am

    its NOT even a hindu festival in the first place. it is based on some tharu legend from 17th or 18th century.and somehow became the ‘sanatan’ tradition. my objection is actually not for the killing itself but the way it is done,in an open field ,each buffalo watches how the one beside him is slaughtered(in many cases with more than one blow),and even children used to watch it.plus till the last mela in 2009 ,the chamars and mushahars were forced to clean up the mess coz the ‘high caste’ people wouldnt touch the ‘prasaad’.and now some paranoid people are running around talking about their religion being in danger just because of criticising the mela.Was our religion destroyed after the abolishment of sati pratha?or the abolishment of the caste system?culture is man made and we are the one who change culture for our own betterment.

    Reply
  35. Rajendra Adhikari says:
    December 2, 2014 at 4:59 am

    कृपया काठमान्डौंमा दिनहुँ काटिने हजारौं राँगा, खसी अनि कुखुराको पनि फोटोहरू हाल्नुहोला । अनि वल्ल वहस गर्ने वातावरण तयार हुन्छ ।

    Reply
  36. Rajendra Adhikari says:
    December 2, 2014 at 4:45 am

    – यसरी पाँच हजार राँगा काट्दा तपाईँलाई ठीकै लाग्छ। तर मासु खानका लागि कसैले एउटा मात्र गोरु काट्दा तपाईँलाई किन रगत उम्लने गरी रिस उठ्छ?
    यदी कसैलाई त्यस्तो लाग्छ भने त्यो hypocrite हो . मलाई ती दुबै अवस्था एकै लाग्छ । मान्छेले आफ्नो स्वार्थको लागि पशु हत्या गर्नु ।

    – यो परम्परा भएर ठीक हो भने मान्छेको बलि दिने र सतीप्रथा पनि परम्परा नै थियो, त्यो किन बेठिक लाग्छ तपाईँलाई?
    परम्परा हुँदैमा केही ठीक वा बेठीक हुँदैन ।

    – के तपाईँको विवेक र तपाईँको विचार गर्ने क्षमतालाई कुनै एउटा निश्चित मान्यताले अन्धो त बनाउँदै छैन ?
    छैन ।

    वास्तवमा पशु हत्या गर्न हुन्छ कि हुँदैन भन्ने कुरा सँधै वहसको विषय हुन्छ, र यो वहस लाएक कुरा पनि हो । तर पशु हत्या केवल गढीमाईमा मात्र हुन्छ जस्तो गर्नु चाहिँ ठीक होइन कि ?

    Is anyone morally justified in trying to stop the Gadhimai festival but remain indifferent to billions of slaughters in the slaughter houses in the rest of the (developed) world?
    One argument that keeps surfacing is, what happens in the slaughter houses in the developed world is a lot more humane, is for food, and not for some idiotic belief that the God needs blood and thus shouldn’t be compared to the barbaric act there.
    The last point first: Its foolish and uneducated to believe that God needs blood.
    Whether the God needs blood or not is just a matter of belief, since the concept of God is itself a belief. Unless the arguer is set to argue that nobody should believe anything (including religions) and should go only with hard scientific facts, I think its silly to try to justify that one belief is superior to the other.
    The next point: Killing for Food is Okay, Killing for a belief is not Okay.
    If its about feeling, then the people doing the sacrifices feel as much right in doing it as would people who do it for food. If the arguer believes killing animals is intrinsically wrong then killing it for food should be just as wrong. So, the only valid point would be to say that killing animals for whatever cause is wrong and the arguer must either be a vegetarian or should at least try to be one whenever possible, and he/she must want the slaughter houses to close.
    The next point: The way they do it is not humane and hygienic.
    There is no intentional torture in the festival. The sight of fellow animals being butchered and some sloppy butchering by novices do causes some torture though. So, I think they should still try their best to make the sacrifices as humane as possible. But you can only expect so much of hygiene, technology and management from people and places, where a lot of them don’t even have toilets. In the part of the world where humans suffer a lot, there is only so much attention that will be given for the animals’. So, the devotees, a lot of whom come from very poor background, shouldn’t be shamed, but the authorities who have power and means should be.
    So, I believe, nobody is justified to argue to stop the festival altogether, unless they are also arguing that everybody should be vegetarian whenever possible, and slaughter houses should be closed. But people can call for improvements in hygiene and humane-ity.
    When I think about it, everything just boils down to what you choose to believe. Even the feeling that suffering should be minimized is just a belief. I am sure there must be some tribe somewhere in the Amazon rain forest, who believe that more the animal suffers, the better for it (and them).
    The only thing we can do is to show people how much self-contradictory and in-consistent their beliefs are, and hope that they change their beliefs and adjust to ours.
    http://en.wikipedia.org/wiki/Animal_rights
    http://en.wikipedia.org/wiki/Morality

    Reply
  37. Uttam Dhakal says:
    December 2, 2014 at 4:36 am

    तपाइले खाने खसी, कुखुराको मासु पनि यसरीनै काटेर ठिक पारिएको हुन्छ, कि त मासु खान छाड्नुस कि त यसरी बलि दिनु निर्मम हो भन्दै बलिको बिरुद्ध नलाग्नुस. खसी, बोका, राँगा, कुखुरा प्रत्येक दिन यसरी मर्छन केवल गढ़िमाइ मा मात्र होइन.

    Reply
  38. Rohini says:
    December 2, 2014 at 4:04 am

    नैतिकता, दया, अनि मनबता हराएको देश |

    Reply
  39. premji says:
    December 2, 2014 at 3:56 am

    धर्मको नाममा महापाप हो यो | मलाइ राँगा काटेकोमा बिरोध गर्नु छैन, काट्नुस | घरमै काट्नुस कि मन्दिरमा त्यो पनि मतलब छैन | तर please त्यसरी अरु राँगाकै अगाडी निर्दयी तरिकाले हत्या नगर्नुस| पशुहरुको पनि सोच्ने शक्ति हुन्छ, आफ्नै अगाडि अरु राँगाको हत्या गर्दा कति तडपाउनु भयो होला? धर्ममै बिस्वास लागेर बलि दिएको हो भने त्यसरी यमराजको वाहनलाइ बिभत्सतामा तड्पाएर हत्या गरेकोमा भोलि मरेर यमराजको ढोकामा उभिंदा त्यस्तै भोग्नु हुने छ — यो ग्यारेन्टी हो | धर्ममा बिश्वास छैन भने मानवीय हिसाबले सोच्नुस र यो दर्दनाक बितण्डा बन्द गर्नुस |

    Reply
  40. shah says:
    December 2, 2014 at 3:18 am

    एस लाई जसरी नि रोक्नु पर्छ , यो एकदम संबेदन शिल बिषयहो ..यसरी पशु को बलि दिने संग सहमत हुन सकिनन …मान्छे ले लडू मिठाई अर्पण गरेर पनि त पुजागर्न सक्छन …

    Reply
  41. Deepak Koirala says:
    December 2, 2014 at 2:41 am

    Religion justifies every evil thing you do. whether it is flying a plane into a building full of people or stoning a woman to death, whether it is sexual abusing of kids by catholic priests or hate crimes against gays and lesbians, whether it is burning a woman alive after her husbands death or honor killings. Gadhi Mai festival is just an example of zillions of bullshits that happen in the world in the name of religion. Do you know how stupid you sound when you point at the slaughter of Turkeys during thanks giving to justify the slaughtering of hundreds of thousands of animals in Gadhi mai? It is as bad as saying ‘look that man raped his daughter, let me rape mine’. Cool down and think about it. If something does not make sense to your rational mind, it probably doesn’t make sense to your god as well. Killing all those animals at one place at the same time is insane and the god might feel the same about it if there is one and if he is not crazy.
    Religion never made sense to me and will never make sense to me.

    Reply
    1. shyam says:
      December 3, 2014 at 12:30 am

      I dont think that religion promotes violence whether it be islam, christianity or hinduism. All religion promotes peace. But, it is us (human) who uses it as a bridge for our advantage to fulfill our selfish needs.

      Reply
  42. ramesh says:
    December 2, 2014 at 2:32 am

    साला नर्प्पिसच हरु यिनीहरु मान्छे होइनन .कलंग हुन् यिनीहरुको पनि यसरी नै बलि दिनु पर्छ अनि थाहा हुन्छा पिडा क हो भनेर

    Reply
  43. bibek dhakal says:
    December 2, 2014 at 1:49 am

    प्रश्नहरु गम्भीर छन् . उत्तर कठिन छ. तैपनि,
    १) पांच हजार राँगा काटिनु र गोरु काटिनु दुबैमा रगत उम्लिनुपरने कारण देख्दिन म, जसरि सुँगुर / बुन्गुरलाइ सुइरो ले रोपी रोपी यी राँगा पाडा हरुले पाएको भन्दा बढी यातना दिएर मारेको थाहा हुँदा हुँदै ठुला अन्तरास्ट्रिय योजनाका हाकिमहरुले फिल्डमा जाँदा ‘ यस्तो तरिकाले जनावर मार्ने, यसरि तड्पाई तड्पाई मारेको जन्तुको मासु म खन्न’ भनेर भन्न नसक्दा मेरो रगत उम्लेको छैन……
    २ ) बलि दिने परम्परा कुनै हिसाबले ठिक हैन. तर बिमान चलेन भनेर एयरपोर्टमा बलि दिन तैयार हुने पढेलेखेका कर्मचारी भएको देशको एउटा अशिक्षा र अन्धबिस्वासले जरा गाडेको ठाउँमा सचेतना नजगाइकन सति उन्मोलन पाराले यो चाड उन्मोलन गर्नु गारो होला. भोलि यहि कारणले गर्दा – ‘ हँ, बडा गजब छ ! त उता काठमान्डूमा सचिबहरुको घरमा दशैंमा खसी ढालिन्दा केहि नहुने , अनि ससुरा हाम्ले आफ्नो पांच बर्ष मा आउने चाडमा आफ्नो देउतालाई भाकल गर्न नपाउने. ‘ भनेर मान्छेहरु लाठि लिएर नआऊन. त्यसैले पहिला मन्दिरमा दिने बलि रोकम, काठमान्डूको जात्रामा दिने बलि रोकम, अझ निश्चित बधसाला बाहेक अन्त जनावर मार्नु नै निषेध गरम न. त्यसपछि ‘गढ़िमाइ किलिंग’ बाइ डिफ़ल्ट गैरकानूनी हुन्छ.
    ३) हामि २१औ सताब्दिमा पाचौं छैठौं डाइमेन्सन, ब्ल्याक होल, इण्टर्स्टेलर ट्राभल आदि ठुला ठुला कुरा गर्छौं तर त्यहि हामि ( सबै हैन) जीवनमा सानो समस्या आइपर्यो भने समाधान को लागि ज्योतिषी र माता का धाउछम र यज्ञ लाउछम. हाम्रो विवेकको मापदण्ड यहि बाट थाहा हुन्छ

    Reply
  44. Binay says:
    December 2, 2014 at 1:39 am

    गढिमाई मेलाका राक्षसी अनुयायीहरू… हिंदु धर्मको अपमान
    ****************
    धेरै प्रतिक्रया पढ़े, शब्द छैन उल्लेख गर्ने जब देख्छु कोही कोही यस्तो जघन्य हत्याकाण्डको पक्षमा पनि छन, धिक्कार छ यस्ता नरपिशाचहरूलाई…. हो, प्रत्येक सच्चा हिंदुहरूको ब्रह्मले चिच्याई चिच्याई भन्छ, यस्तो जघन्य, बिभत्स, क्रुर हत्याकांडलाई धर्म भन्नेहरू वा मान्नेहरू वा यस्तोको समर्थन गर्नेहरू मासु खाना नपाएर मर्न आटेका स्वार्थी पिशाच हुन्, गिद्ध हुन। यिनीहरू तर्क र बहसका पात्र होइनन, गाली र सजायका भागिदार हुन, यस्तालाई गाली न गरे कसलाई गर्नु? यस्तालाई सजाय न दिए कसलाई दिनु? यदि यस्ता धर्मात्मा भए, पापी को हुन?

    धर्मको नाममा बलि दिने यी हत्याराहरू मनुष्यका भेषमा राक्षसहरू हुन। यस्तो कूकृत्यको समर्थन गर्नेहरू असुर हुन्, पागल हुन, समाजका किरा हुन। अमेरिका , युरोपका slaughter houses मा दिनहु काटिने पशु त कम से कम इन्द्रिय सुखका (जिब्रोको स्वादको) लागि काटिए तर यो के हो?? धर्मको नाममा???? यी पाजि हत्याराहरूलाई धर्म भनेको थाहा छ? के चलनचल्ति(चलि आएको चलन) भनेको धर्म हो? शाश्त्र पढेको खै? मासु खाना नपाएका मोरा गिद्दहरु हो, यदि देबी/देबताका लागि हो भनि तर्क गर्छौ भने यस्तो कू-चलन गर्ने वा समर्थन गर्न खोज्ने वा तिनका छोरा/छोरीलाई बलि किन दिदैनौं? सांसारिक बिषय भोगको चाहनामा यसरी अबोध, निरह प्राणीको ह्त्या गर्ने र समर्थन गर्ने यी पाखंडीहरु हिंदु कुनै हालतमा पनि होइनन र हुनै सक्दैनन। यिनीहरू पागल अपराधी हुन, मनुष्य भेषमा बौलाएको हिंस्रक पशु हुन, सजायका भागीदार हुन।

    हे सनातनी हिंदुहरु हो, यस्तो बिभत्स ह्त्या काण्डलाई हिंदु धर्मसंग कृपया न जोड़ी दिनुहोला. यस्तो कार्य गर्ने, सघाउने वा समर्थन गर्ने तामसिक गुणले लतपतिएको क्रूर बुद्धिहीन पशु भन्दा तुच्छ हो भनि बुझिदिनु होला… बिन्ती छ…

    गढिमाई माताकी जय..
    हरे कृष्ण…

    हिंदु शाश्त्रले के भन्छ?
    – बैदिक सनातन धर्मले त “अहिंसा परमो धर्मं” भन्छ, यहाँ बलि (हत्या) त धेरै परको कुरा हो.. मांस भक्षण नै ठुलो पाप मानिन्छ। भगवानको नाममा बलि (पशु हत्या) गर्ने हिन्दु, शाष्त्र ज्ञान न भएको अज्ञानी वा आशुरी वा तामसिक तान्त्रिक वा भुत/प्रेत पुजारी हो।

    -जसरी बाघ,बिरालो आदिलाई मासु खाने अनुमति दीइएको छ त्यसैगरी मनुष्यलाई बनस्पति मात्र खाने अनुमति दिईएको छ, बनस्पति खादा हुने हत्याको पनि प्रायश्चित प्रत्येक ३/३ महिनामा कुनै प्रायश्चित कर्म (गो दान/रुद्री/लक्ष्मी नारायण पुजा) गरी माफी माग्नु पर्ने बिधान बेदमा उल्लेख छ।

    -पद्मपुराण पद्मोत्तरखण्ड अध्याय 104 मा करुणामयी माता दुर्गा भगवान् शिवसंग भन्नुहुन्छ-

    यूपे बद्ध्वा पशून् हत्वा करोति रक्तकर्दम ।
    तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ।।
    मद्व्याजेन पशून् हत्वा यो भक्षेत् सह बन्धुभिः । तद्गात्रलोमसंख्याब्दैरसिपत्रबने बसेत् ।।

    अर्थात:
    “हे प्रभु! मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ? भगवन्! जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्ष सम्म असिपत्रबन नामक नरकमा बास गरी तलबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ ।।”

    -वेद भन्छ
    “पशून् पाहि मां हिंसात्”
    अर्थात्
    कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन।

    -स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छ
    धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।
    कर्मणा च तथा वाचा तत् एतां समाचरेत।। (स्कन्दपुराण ६। २३४। १९)
    अर्थात् धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।

    -महाभारतमा भनिएको छ– सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
    धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते –
    अर्थात् मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन ।

    -त्यस्तै, प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या याग्ने तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ-
    वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।
    यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।
    (महाभारत, अनु ११५)

    -अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
    संस्कर्ता चोपहर्ता च खादकश्चेति घातका: ।। – मनुस्मृति ५.५१
    अर्थात्
    जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्रि गर्छ र जो खरीद गर्छ, जो यसलाई पकाउछ र जसले मासुको भक्षण गर्छ तिनीहरू सबैको बिनाश हुन्छ |

    -य: अहिंसकानि भूतानि हिनस्ति आत्मसुखेच्छया ।
    स जीवंश्च मृतश्चैव न क्वचित् सुखमेधते ।। – मनुस्मृति ५.५४
    अर्थात्
    त्यो मनुष्य जो अबोध पशुको कुनै पनि कारणले हत्या गर्दछ त्यसको मृत्यु पछिको गति भयावह हुञ्छ |

    -“ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
    धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।

    -श्रीमद भागवतममा उल्लेख भए अनुशार भगवान बुद्ध स्वयम् भगवान कृष्ण हुन् | वेदको गलत अर्थ लगाएर पशुहत्या शुरु गरे, जसको बचाऊ गर्न भगवान श्री कृष्ण, बुद्धको रुपमा यस धरातलमा आएका थिए |

    आधुनिक मापुरुषहरू के भन्छन्?
    Animals are my friends…and I don’t eat my friends.”
    ― George Bernard Shaw

    “A man can live and be healthy without killing animals for food; therefore, if he eats meat, he participates in taking animal life merely for the sake of his appetite. And to act so is immoral.”
    – slaughterho

    “Until he extends the circle of his compassion to all living things, man will not himself find peace.”
    ― Albert Schweitzer

    “It is my view that the vegetarian manner of living, by its purely physical effect on the human temperament, would most beneficially influence the lot of mankind.”
    ― Albert Einstein

    “Non-violence leads to the highest ethics, which is the goal of all evolution. Until we stop harming all other living beings, we are still savages.”
    ― Thomas A. Edison

    “Flesh eating is unprovoked murder.”
    ― Benjamin Franklin

    “Ethically they had arrived at the conclusion that man’s supremacy over lower animals meant not that the former should prey upon the latter, but that the higher should protect the lower, and that there should be mutual aid between the two as between man and man. They had also brought out the truth that man eats not for enjoyment but to live.”
    ― Mahatma Gandhi

    “While we ourselves are the living graves of murdered beasts, how can we expect any ideal conditions on this earth?”
    ― George Bernard Shaw

    हे कृष्ण, हे गढिमाई माता, यी मुर्खहरूलाई सदबुद्धी देऊ..
    हरि शरणम…
    ॐ तत सत..

    Reply
    1. bibek dhakal says:
      December 2, 2014 at 4:55 pm

      ” युरोपका slaughter houses मा दिनहु काटिने पशु त कम से कम इन्द्रिय सुखका (जिब्रोको स्वादको) लागि काटिए ….. ”

      कति राम्रो तर्क आहा! बधाई छ तपाइँलाइ . इन्द्रिय सुखको लागि मासु खाने ( जिब्रोको लागि: जनावर काटेर); जू र अक्वेरियम बनाउने ( आखाँ को लागि: इक्जोटिक प्राणीहरु बन्धक बनाएर); लेदर ज्याकेट लगाउने( स्पर्शको लागि: जनावरको छाला काडेर) आदि चाही Justified छ हैन त? भन्नाले धर्मको नाममा मार्न नहुने तर मनोरन्जनको नाममा चाही मार्न हुने… enlightenment को लागि धन्यबाद.

      Reply
  45. Kedar P Rimal says:
    December 2, 2014 at 12:37 am

    ‘अहिँशा परमोधर्म’भन्ने भनाइलाई आफ्नो आदर्श मान्ने हाम्रो धर्मले यस्तो कुरालाई कसरी स्विकार्न सक्छ ?कुनै पनि धर्मले अर्काको अहित गर्न सिकाउँदैन भने यसरि कुनै प्राणिको निर्मम हत्या कसरी हित को कार्य भयो ?अरुको ज्यान हरेर पनि कहिँ धर्म हुन्छ र ? यो त महा पाप पो हो त जसको कुनै कटनी नै हुन्न ।
    मित्रहरु हो, जसले जस्तो रोप्यो उसलाई त्यस्तै फल प्राप्त हुन्छ ।यस्तो कर्मको फल राम्रो कहिल्यै पनि हुन्न;बरु यसले हाम्रो धर्मको नाश गर्छ अनि जीवनलाई नरकमा पुर्याउँछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme