Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आलोकको अन्तिम विदाइ

Posted on November 8, 2014 by mysansar

Aalok (12)
निर्देशक आलोक नेम्वाङबारे बिहीबार राति आएको खबरले धेरै स्तब्ध भए। उनको शव झुण्डिएको अवस्थामा उनी एक्लै बस्ने गरेको अपार्टमेन्टमा भेटियो। शवको प्रकृति, साथमा भेटिएका नोटहरुले उनले आत्महत्या गरेको ठानिएको छ। आलोक नेपाली संगीत र टेलिभिजनका लागि एउटा विशिष्ट नाम थियो। उनले निर्देशन गरेका दर्जनौँ म्युजिक भिडियोहरु फरक खालको भएकोले अझै हेरिरहुँ लाग्ने खालका छन्। कयौँ मोडलहरुलाई उनले स्थापित गरे। कयौँलाई फिल्ममा ब्रेक दिए। उनको मृत्युको अप्रत्याशित खबरले सबै शोकमा डुबे। अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिँदा र आर्यघाटमा अन्तिम संस्कार गरिँदा सेलिब्रिटीहरुका आँखाबाट आँसुका धारा बगेका थिए। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो-

Aalok (1)

Aalok (2)

Aalok (3)

Aalok (4)

Aalok (5)

Aalok (6)

Aalok (7)

Aalok (8)

Aalok (9)

Aalok (10)

Aalok (11)

Aalok (12)

Aalok (13)

Aalok (14)

Aalok (15)

Aalok (16)

Aalok (17)

Aalok

Aalok_Aryaghat (1)

Aalok_Aryaghat (2)

Aalok_Aryaghat (3)

Aalok_Aryaghat (5)

Aalok_Aryaghat (6)

Aalok_Aryaghat (7)

Aalok_Aryaghat (8)

Aalok_Aryaghat (9)

Aalok_Aryaghat (11)

Aalok_Aryaghat (12)

Aalok_Aryaghat (13)

Aalok_Aryaghat (14)

Aalok_Aryaghat (15)

Aalok_Aryaghat (16)

Aalok_Aryaghat (17)

Aalok_Aryaghat (18)

Aalok_Aryaghat (19)

Aalok_Aryaghat (20)

19 thoughts on “आलोकको अन्तिम विदाइ”

  1. Karbir says:
    November 10, 2014 at 3:22 pm

    हे प्रभु !!!!! खै के भन्ने ! आत्माले शान्ति पावोस ! आफु मरी अरुलाई मारी जाने मानिसलाई अरु के भन्नु ! उनको आमा र अन्य परिवारलाई यो दुखद घडी सहने सक्ति मिलोस !!!!

    Reply
  2. Sujan Babu says:
    November 9, 2014 at 11:11 pm

    आलोक नेम्बाङ तिम्रो मृत्‍युको खबरले भाब विव्हल बनायो त ..!

    यो शोकपूर्ण घडीमा सम्पूर्णमा हार्दिक समवेदना !!!!

    नेपालमा पश्चिमी सन्स्क्रितीको प्रभाबको कारण एस्तो घटना भयको हो । अब पनि थुप्प्रै Talented Alok Nembang ले Suicide गर्ने छन, किनभने धेरै भन्दा धेरै अनिल अनी निर्मलहरु जन्मायर हाम्रो समाज, शभ्यता, सन्स्क्रिती, सन्तुस्थी र प्राकृतिक चक्क्र बिथोल्ने हिसाबले ब्यक्तिबादी सन्स्क्रिती हाबी गराउन हाम्रो परीस्क्रित समाजवादी, परिवारबादी,सर्बोत्तम नाता सम्बन्धलाई तुङ्ग्याउने हिसाबले देशमा पैसाको खोलो बगाइयको छ।

    मैले भने अब हाम्रो समाजमा कोही कुनै आलोक नेम्बाङले एस्तो तरहले आत्मा हत्या नगरुन अनी हाम्रा भाई, छोरा, भतिजा कोही पनि अनिल, निर्मलको रुपमा नजन्मियुन भनिकन हाम्रो समाजमा LGBT Right नामको बिक्रिती नभित्र्याउन अनी सारा संसारलाई नै एस्ता घटनाबाट टाढा राख्न सन्कल्प नै गरेको छु ।

    जुन दिन म सफल हुनेछु , आलोक नेम्बाङ त्यो दिनमा तिम्रो आत्माले शान्ती पाउने छ । मैले एक दशक एस्तै अनुसन्धानमा नै बितायको हुनाले एस्ता घटनाबाट सम्पूर्ण मानब जगतलाई बच्न बचाउन थालेको अभियानमा सम्पूर्ण सम्पूर्णको साथ पाउनेछु भन्ने आश गर्दछु।

    ~ सुजन बाबु

    Reply
  3. unishaa says:
    November 9, 2014 at 4:21 pm

    यो घटना सुन्दै मन मा अनेक प्रस्न आए किन? के भो एस्तो तर सत्य थियो …..
    आलोक प्रति हार्दिक श्रदान्जली अर्पण गर्न चहान्छु

    Reply
  4. Sujan Babu says:
    November 9, 2014 at 12:32 pm

    आलोक नेम्बाङ तिम्रो मृत्‍युको खबरले भाब विव्हल बनायो ..!

    यो शोकपूर्ण घडीमा सम्पूर्णमा हार्दिक समवेदना !!!!

    अनी म्रित आत्मा प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै, अब देखी कोही कसैले एस्तो तवरले मृत्‍युवरण गर्नु नपरोस भनिकन मैले अभियान समेत सुरु गरेको र तपाईंहरु सम्पूर्णको सहयोग, शुझाभ अनी सहकार्यको अपेक्ष्या गरेको जानकारी गराउछु।
    ~ सुजन बाबु

    Reply
  5. BS says:
    November 9, 2014 at 4:02 am

    हार्दिक समबेदना ! My prayers are with his grieved family members.
    केही कुरा भन्न मन लग्यो / हाम्रो जीबन अमूल्य छ / ‘आत्महत्या’ को मूख्य कारण आफ्नो जीवनको मूल्य आफ्नै मानसिक अस्थिरताको कारण (अबमूल्यन गरी) बुझ्न नसक्नु हो / यस्ता घटनामा अरुलाई दोष दिनु भन्दा पनि आफैले आफ्नो जीबन (‘मन’) ब्यबस्थापन गर्न नसक्नु हो / हामीले सिर्जनात्मक-सकारात्मक सोच र ब्यबहार अपनाएर निरन्तर बाच्ने कला सिक्यौ भने जीबन धेरै सुन्दर, हल्का (the word ‘light’ means that you will not collect unnecessary loads/viruses in your mind) र रमाइलो छ / आध्यात्म बिज्ञानले भन्छ ‘हाम्रो एक नम्बर शत्रु (वा मित्र) हामी आफै हौ’ अर्थात ‘हाम्रो मन’ / हामीले आफ्नो ‘मन’ को ब्यबस्थापन गर्न जानेनौ भने धेरै धोखा खान्छौं आफै बाट / त्यसैले अहिलेका युबा पिढीले सामान्य तर गुणात्मक जीबन बिताउने कला सिकेमा राम्रो हुनेछ / यी मध्ये पहिलो, आफुलाई अरुसंग compare गर्नु भन्दा पनि आफ्नै असल बानीको बिकास आफ्नो उमेरको ब्रिद्दि संग-संगै भएको छ कि छैन भनि बितेको समय (बर्ष वा महिना) संग compare गर्नु पर्छ / Try to live in ‘अब्सोलुते world’ rather than ‘Relative world’ as comparing you with others kills your natural instincts and makes you either ‘egoist’ (if we are superior to others) or ‘unhappy’ (if we are inferior to others) person. दोस्रो कुरा, सामान्य जीबन बिताउन सिक / जीबनमा सबै desire हरु कहिल्यै पनि पूरा हुदैनन् / (पैसाको पछी मात्रै नलाग / पैसा एउटा साधन (medium) मात्रै हो, साध्य (fulfillment) होइन / कुनै प्रोजेक्ट शुरु गर्ने हो भने जति पैसा छ त्यतिबाट मात्रै योजना शुरु गर / तर यसको ब्रिद्दिका उपायलाइ बैज्ञानिक विश्लेषण र सुकर्म गर्दै लक्ष्यमा पुग) / त्यसैले महत्वपूर्ण लक्ष्यलाइ मात्रै ध्यान देउ र लगन, अनुशासन, इमान्दारिता एबम मेहनत गरी लक्ष्यमा पुग्ने कोशिस गर / यदी असफल भएपनि जीवनको अबमुल्यन नगर किन भने संसारका विभिन्न श्रद्देय व्यक्तिहरु असफलताको लहरहरु पार गर्दै (अन्त्यमा सफल भई) लक्ष्यमा पुगेका उदाहरणहरु छन् / तर लक्ष्य भने राम्रो राख्नु पर्छ / तेस्रो र अन्तिम कुरा, जीबन एक ‘वास्तविक नाटक’ हो / तर यसलाई मन्चन भने राम्ररी गर्नु पर्छ ता की मन्चन गर्ने सबै नियम पालना सभ्य, रमाइलो, अनुसासित, लगनशील, आदरपूर्बक, मेहनती र कर्तब्यपूर्ण एबम होसपूर्ण तरिकाले गर्नु पर्छ / सभ्य, शान्त र सुखी जीबन बिताउने हो भने ‘इगो’ त्याग्न जान्नुपर्छ र अरुलाई आदर एबम माया गरेर बाच्न सिक्नुपर्छ, तर यसको सट्टामा अरुहरुबाट भने केही पनि अपेक्षा राख्नु हुन्न /

    Reply
    1. udeep says:
      November 9, 2014 at 2:07 pm

      मानसिक तनाब र अध्यात्म दुइ फरक कुरा हुन् | कृपया दुइ फरक कुराहरुलाई दाजेर विवाद उत्पन्न नगरौं | अध्यात्ममा तेत्रो शक्ति हुदो हो त ऋषि – मुनिहरु नि समाधिको नाममा आत्महत्या गर्ने थिएनन् होला | बरु मरिसके पछि भक्कानो छाडेर रुनेहरुले जिउदै हुदा साथ दिएको भए यो दुर्घटना हुने थिएन होला |

      Reply
  6. Limbu HarataraH says:
    November 9, 2014 at 2:19 am

    ‘कमजोरी’ या मजबुरी | छोडेर जानेलाई केहि गर्न सकिन्न, भीरमा जानेलाइ..नसके झैं ! भाग्यमानी रैछ मोरो..नत्र दू:ख पाएको भए अर्कै हुन्थ्यो कुरा ! ज्युदो भइन्जेल गरेको काम चै मैले/हामीले मन पराएकै हो, फिल्म बाहेक |

    Reply
  7. उपासक उदास says:
    November 8, 2014 at 5:53 pm

    बुद्ध भन्नु हुन्छ –
    ” प्रेम त सबै संग गर्नु ; तर मोहले विमुढ नहुनु :
    मैत्री सबै संग गर्नु ; तर आशक्त चाहिं नहुनु “.
    आलोक नामक कलाकार प्रतिभाको धनी हुन्.
    तर अलिक ज्यादा नै सम्वेदनशील बुझिन्छ.
    उनको कुकुर प्रतिको लगाव असामान्य देखियो.
    अनिल भन्ने साथि संगको रुझान पनि त्यस्तै !
    संक्षेपमा , उनीले स्नेह, प्रेम , आशक्ति र मोहलाइ
    छुट्याएर सन्तुलित ढंगले बढ्न नसकेको कारणले नै
    ‘कुण्ठा’भित्र निस्ससिएर समस्यालाइ निकास दिन नसकेको देखिन्छ.

    Reply
  8. Udeep says:
    November 8, 2014 at 4:48 pm

    हार्दिक श्रदान्जली ! उनले निर्देशन र आफै अभिनय गरेको नबिन भट्टराई को म्युजिक भिडियो “लाखौंपटक मैले कोसिस गरें” आँखामा झल्-झली याद आउछ | सानो हुदा एकदम फरक र अत्यन्त रचनात्मक लागेको त्यो भिडियो हेरेपछि दिदीलाई मैले भनेको याद आउछ कि सांगीतिक र कलात्मक क्षेत्रमा अब नेपालीहरु पनि एक कदम अघि सारे है | भनेको अझै हिजो जस्तै लाग्छ…

    Reply
  9. Birkhe says:
    November 8, 2014 at 4:35 pm

    मानीषको जीवन मूल्यमान हुन्छ / आलोकजीको मृत्यु हुनु दुखको कुरा हो / उनको आत्माले शान्ति पाओस / मेरो कामना / यधपी भन्नै पर्छ उनले आफ्नो इहलिला समाप्त गर्ने कार्य उत्तिकै खेदजनक छ / जीवन बाच्नु पर्छ, जीवनको ब्याकरणनै जीवनयापनमा अभ्यस्त हुनु हो – धेरै कुरा देख्न, भोग्न, बुझ्न, सुन्न एवं सिक्न पाइन्छ / दुख सबैलाई पर्छ / चोटले सबैलाई दुखाउछ / स्वस्थ शरीर बिकाश गरेर त्यसलाई चुस्त मनस्थितिको दास बनाउन सक्नु पर्छ / कसैले आफ्नो प्राण हरण गरेको खबर सुन्नु नपरे धेरै जाति हुन्थ्यो / मलाई बिश्वास छ आलोकजीका काम-कार्यहरु चिरस्मरणीय रहनेछन् /

    Reply
  10. Nirajan Sapkota says:
    November 8, 2014 at 1:26 pm

    RIP …your body of works will always captivate and enthrall us…A life worth celebrating…Deepest condolences to the family…

    Reply
  11. Chiran says:
    November 8, 2014 at 12:33 pm

    श्रदेय आलोक प्रति हार्दिक श्रदान्जली अर्पण गर्न चहान्छु. तर कसैले पनि येसरी मर्ने कमजोरी नगरोस ,

    Reply
  12. बासु says:
    November 8, 2014 at 9:01 am

    फोटोमा शोकाकूलहरु भक्कानिएको देख्दा म आफैपनि भक्कानिएं | कस्तो दुखद समाचार र फोटोहरु | मृतात्माले चीर शान्ती पाओस् |

    Reply
  13. Suraj Maskey says:
    November 8, 2014 at 7:28 am

    आलोककोधेरै प्यारो दीदी-बहीनी र दाँजु-भाई रहेछन् ।
    दृश्य हेर्दा सार्है विव्हल लाग्यो ।
    सर्व शक्तिमान संग वहाको आत्मिको चिर शान्तिको म प्रार्थना गर्दछु ।

    सुरज मास्के

    Reply
  14. Rosham says:
    November 8, 2014 at 6:47 am

    बिचरा आमालाइ कस्तो भयो होला | तलाई डाका येसरी पनि मर्नु हुन्छ ? R.I.P पनि के भन्नु र खै |

    Reply
  15. shristi says:
    November 8, 2014 at 4:50 am

    येस्ता चर्चित र स्थापित मान्छे हरुको निधन सुन्धा त्यो ठाउमा मैले मृत्यु रोज्न पाउने भए हासी हासी रोज्ने थिए 🙁 🙁

    Reply
  16. nilam says:
    November 8, 2014 at 3:18 am

    लेख्न मनलाग्यो !जे भने नि लेख्दै छु |एक दिन मैले यहि फेसबुकमा भागवत पढेको थिए |किताबमा पनि पढेको थिए |! त्रिबिधि योग त्यसमा पहिलाको जन्म अहिले को जन्म र पछि हुने जन्म! यो ३ जन्म्मको एक आपसमा मिलेको हुन्छ रे | यो जन्म मा हामीले पुर्ब जन्मको भोग !भोग्नु पर्चा |रअहिले गेरेको सुकर्म कुकर्म अर्को जन्म भोग्नु पर्छ रे !तिनै युग एक आपसमा माला गास्सदा धागो नदेख्ने होला ! तर मालाहेर्दा फुल देख्छ |मोति देखच | देखादा मोति तर मिलाएर गास्ने काम त् धागो नै हो | ! होइन ?जन्म मरण त् स्त्यो | कही न कही पुर्ब जन्मको भोग पनि हुन् सक्छ | काल कारण सुन्दा सबैले हरे सिब !! भन्छ | तर जसको कारणले मर्न बाद्य भए ! यो घटना भयो नि !! त्यो मानिस जस्तो सुकै कुर्द भएनी त्यो व्यक्तिले आज देखि सान्तिले न बस्न सुत्न,खान,उठ्नु चेन,भोग,निद्रा,सब सिद्यो |आत्मा हत्या गर्ने गराउने दुबैले जन्म मरण खराब गर्यो |फेरी त्रिबिधि भोग मा दुख:नै त् होला |यस्तो गर्नु हुन्न सबैलाई थाहा छ |अरुको देख्दा सुन्दा आलोकले पनि भन्यो होला |तर !!!के गर्ने ?? सुकर्म आत्मज्ञान सिकाउने अभिभाबक हरुको फुर्सत छैन | इस्कुलमा सिकाउन्दैन | हमीलाई हाम्रो पुर्खाले विज्ञानको बाजे !! ग्यान ध्यान बेद शास्त्र सस्कार अनुसासन कला सस्कृति परिवारम कसरी बस्ने ? मान,मर्यादा,सानोले ,ठुलोले के गर्नु पर्चा यो सब सिकाएर जानु भएको हो नि !! तर खोइ ?? आधुनिक बन्ने जुन होडबाजी चले को छ | अहिले त् त्यस्तो कुरा बोल्ने हुन्न | गवार पाखे के?के? हो | यदी आत्मा हत्या रोक्ने नै हो भने !!सानै देखि आत्मा ग्यान दिनु पर्चा | घर देखि स्कुल कलेज जहाँ तही आत्मा ज्ञानको सिच्या दिच्या जरुरी छ | आत्माज्ञानले दुख:सहने सक्ति को प्रभावले मानिसको मनोबल सच्च्चा सत्यो त्याग नै जीवन हो नै बजे पछि ??अनि ग्यान पाएको मानिसले पुर्ब जन्म रको भोग हो भन्ने बजे पछि ! योजनम मा राम्रो सुकर्म गर्ने भयो |अर्को जन्ममा फल राम्रो भोग्ने भयो |कि कसो ????

    Reply
  17. Abhaya says:
    November 8, 2014 at 2:26 am

    मलाई लाग्छ यो संसारमा केहि पनि आज को भोलि पक्का छैन ! आलोकलाइ अनि आलोक का मुसिक भिदिओ हेरेर बसे! मेरा आँखाबाट आँसु थाम्न सकिन ! आलोक तिमि मेरो मान मा सधै हुने छउ !

    Reply
  18. Dig & Radha Tamang says:
    November 8, 2014 at 2:00 am

    Even your mortal body is no more with us
    But your cute face,and loving smile
    your humble attitude to your senior
    your compassion toward living being
    Will stay with us forever Alok
    and Rest in Peace! Bon Voyage to ः

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme