Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्ता छन् विश्वका उत्कृष्ट ६ फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

Posted on February 18, 2015February 19, 2015 by Salokya

photoworldpress
यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपाली फोटोग्राफरका भने एउटै पनि फोटोले कुनै पनि पुरस्कार जित्न सकेनन्।

moldovachild
चकलेट बोकेर अंगालो हाल्दै गरेको यो फोटो खासमा केही विशेष नलाग्न सक्छ। फोटोले हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा बोलेको हुन्छ भनेर भनिन्छ। तर यो फोटोले त्यस्तो केही व्याख्या गर्दैन। यो फोटोको बारेमा बुझ्न क्याप्सन पढ्नै पर्ने हुन्छ। क्याप्सन पढिसकेपछि बल्ल यसबारे थाहा हुन्छ। स्विडेनका Åsa Sjöström ले Moment Agency / INSTITUTE for Socionomen / UNICEF का लागि मोल्दोभाको बारोनसियामा खिचेको फोटो हो यो। फोटोको कथा यस्तो छ। यसमा देखिएका चकलेट भएका इगोर हुन्। उसले आफ्नो नवौँ जन्मदिन मनाउन कक्षाका सहपाठीलाई चकलेट दिँदैछन्। इगोर र उनका जुम्ल्याहा आर्थर दुई वर्षको हुँदा उनकी आमा कामका लागि मस्को गएकी थिइन्। पछि त्यहीँ उनको मृत्यु भयो। मोल्दोभाको गाउँतिर बाउआमा बिना हुर्किरहेका हजारौँ बालबालिकामध्येका एक हुन् यिनीहरु। जवानहरु देश छाडेर भागेपछि त्यहाँ बच्चा र बूढाबूढीहरु मात्रै छन्।

02_Raphaela Rosella
अस्ट्रेलियाका Raphaela Rosella ले खिचेर Oculi मा छापिएको यो फोटोले Portraits Category, Singles मा पहिलो पुरस्कार जित्यो। न्यु साउथ वेल्सको मोरीमा खिचेको यो फोटोमा आइतबारे स्कूलमा जान बस कुरिरहेको देखिन्छ। अस्ट्रेलियामा पिछडिएका समुदायका सामाजिक रुपमा अलग्गै रहेका केटीहरु मध्येकी एक हुन् उनी।

Jonathan Jacques Louis, 21, and Alexander Semyonov, 25.
Contemporary Issues, Singles श्रेणीमा पहिलो पुरस्कार पनि जितेको यो फोटो २०१४ को सर्वोत्कृष्ट फोटो अर्थात् वर्ल्ड प्रेस फोटो अफ दि इयर पनि हो। डेनमार्कका Mads Nissen ले खिचेको यो फोटो समलिङ्गी पुरुष जोडीले माया गरिरहेको बेलाको हो। नेपालमा भए समलिङ्गी जोडीको यस्तो निजी फोटो खिच्ने भनेर आलोचना हुन्थ्यो होला है। तर पश्चिमाले रुसमा भइरहेको समलिङ्गी गतिविधिलाई ग्लोरिफाइ गर्ने मौका किन छाड्थे।

04_Sarker Protick

बंगलादेशका Sarker Protick ले खिचेको यो फोटोले पनि खासै केही देखाउँदैन। यसले डेली लाइफ क्याटेगोरीको स्टोरिजमा दोस्रो पुरस्कार जितेको हो। आजभोलिका अनलाइनहरुमा एउटै सिरिजका एक हुल फोटो राखेर शीर्षकमा ब्राकेटभित्र फोटो कथा लेख्या जस्तो हुँदैन फोटो स्टोरी भनेको। यसमा त एउटा कथा समेटिनु पर्छ। जस्तै यो ‘ह्वाट रिमेन्स’ शीर्षकको स्टोरीमा छ। १० वटा फोटोको सिरिजसहितको कथामा माथिको एउटा फोटोमात्रै हो। थप फोटो हेर्न यता क्लिक गर्नुस्। यी फोटोहरु हेर्दा धत्, के खिच्या होला यस्तो लाइट नै नमिलाई जस्तो लाग्न सक्छ। हुन पनि फोटो फुङ्ग उड्या जस्तो देखिन्छ।

कथा यस्तो छ : दिउँसोको समय। म हजुरबुबाको कुर्सीमा बसिरहेको थिएँ। ढोका अलिकति खुला थियो र मैले त्यहाँबाट प्रकाश छिरेको देखेँ, सेतो ढोका र सेतो भित्ताबाट प्रवेश गर्दै। अकस्मात् सबै कुराको अर्थ देखिन थाल्यो। मैले जे देखिरहेको छु त्यसलाई मैले के महसूस गरिरहेको छु सँग सम्बन्ध जोड्न सकेँ। जोन र प्रोभा मेरा हजुरआमा हजुरबुबा हुन्। उनीहरुको मायाममता र हेरचाहका साथ म हुर्केको हुँ। उहाँहरु तगडा हुनुहुन्थ्यो।

समयसँगै सबै कुरा परिवर्तन हुँदै गयो। शरीरले फरक आकार लिन थाल्यो र सम्बन्धहरु टाढिए। हजुरआमाको कपाल फुल्दै गयो र भित्ताका पत्रहरु उप्कँदै गए। सबै सामानहरु एउटै कोठामा खुम्चन थाले। उहाँहरुले मैले फोटो खिचेको मन पराउनु हुन्थ्यो किनभने म उहाँहरुसित धेरै समय बिताउँथेँ र उहाँहरु आफूलाई एक्लो महसूस गर्नुहुन्न थियो। प्रोभाको मृत्युपछि झन् धेरै त्यहाँ जान थालेँ ताकि जोनले बोल्नुहोस्। उहाँले मलाई उहाँहरुको पहिलेको जीवन बारे सुनाउनु भयो र उहाँहरुको भेट भएको बारे पनि। धेरै कथाहरु छन्। यहाँ जीवन मौन र निलम्बित छ। हरेक कुरा पर्खाइमा छ; एउटा त्यसको कुराको पर्खाइ जुन म राम्रोसँग बुझ्दिनँ।

06_Ronghui Chen
चीनका Ronghui Chen ले City Express का लागि खिचेको यो फोटोले समसामियक विषय श्रेणीको सिङ्गल्समा दोस्रो पुरस्कार जितेको हो। चीनमा कामदार कति जोखिमपूर्ण अवस्थामा काम गर्छन् भनेर चीनलाई निच देखाउन सक्छ है भनेर पुरस्कृत गरेको पो हो कि। फोटोमा १९ वर्षका वेई फेस मास्क र सान्ता ह्याट लाएर बसेका छन्। सँगै क्रिसमसको सजावट सुकेको देखिन्छ। रङ्गका लागि रातो पाउडर उड्दै गरेको पनि देखिन्छ। यो रातो धुलोबाट जोगिन उसले दिनमा छ वटा मास्क र ह्याट लगाउँदा रहेछन्। घण्टौँ काम गरिसकेपछि यस्तो धुलोले टाउकोदेखि पैतालासम्म छपक्कै ढाक्दो रहेछ।

Crisis in Ukraine
रुसका Sergei Ilnitsky ले European Pressphoto Agency का लागि खिचेको यो फोटोले जनरल न्युज क्याटेगोरीको सिङ्गल्समा पहिलो पुरस्कार जितेको हो। युक्रेनमा रुस र पश्चिमा देशको अलग्गै स्वार्थ छ। देशमा द्वन्द्व छ। द्वन्द्वकै क्रममा तोप प्रहार हुँदा तीन जनाको मृत्यु र १० घाइते हुँदाको घटनाको फोटो हो यो। सांकेतिक रुपमा घटनाको गहिराई देखाउन खोजिएको छ यसमा।

थप फोटो अर्को ब्लगमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme