सोमबार शाहरुख खान आकाशमा आठ जहाजलाई होल्ड राख्दै विशेष विमानबाट त्रिभुवन विमानस्थल उत्रिए। आउन त हिजै पर्ने हो। तर टर्किस एयरलाइन्सको विमान दुर्घटनाले हैरान बनायो। एक दिन ढिला भए पनि आउन चाहिँ आए। यसअघि आमिर खान जस्तो सोसल कजका लागि आएका भने हैनन् उनी। पेन्ट्सको ब्रान्ड एम्बेसडर भएकोले त्यसैको प्रवर्द्धनका लागि आएका हुन्। एयरपोर्टबाट उनी सिधै गए हयात होटल जहाँ त्यही पेन्ट्सको औपचारिक कार्यक्रम थियो। कार्यक्रम एक नेपाली सुन्दरीले सञ्चालन गरेकी थिइन्। उनी हुन् अकेशा विष्ट।
अकेशा विष्ट मिस नेपाल २०१२ की प्रतिस्पर्धी सुन्दरी हुन्। त्यो वर्ष उपाधि सृष्टि श्रेष्ठले जिते पनि मिस फोटोजेनिकको उपाधि उनकै पोल्टामा परेको थियो। अहिले उनी निकै म्युजिक भिडियोमा देखिन्छिन्। साथमा कान्तिपुर टेलिभिजनको कल कान्तिपुरकी भिजे पनि।
सारी खासै नलाउने भएर हो कि के हो, सारी सम्हाल्न उनलाई कठिन भएको जस्तो देखिन्थ्यो।
ल भेट्टाउनुस कहाँ छन् शाहरुख। सेल्फी खिच्नेको भिडमा।
भीड र समान को अर्थ त त्यथि बेला बढछ, उनको आगमन ले देश र जनता लाई केहि फाइदा पुगेको होस, आफ्नो पेटको पुजा गर्नेलाई पनि धेशका लागि समान लिएर आउने लाई झै गरिने पकै पनि राम्रो होइन।
के को साह रुख , यो त् हाम्रो पल्ला घरे साइलो हो , बजिया लाहुर गएको थ्यो , चट्ट कोट मा रुमाल हालेर , झिल्के भएर आएछ | गर्यो साइलो ले , गरिखायो |
Close up मा शाह रुख चाउरी परेर बुढो भैसकेछ तैपनि सुन्दरीको नजर लगाउदै छ !!!
शाहरुख आओस कि, टम क्रुइस आओस कि, ओबामा नै आवोस. हामीलाई बाल? मात्रै हामीलाई चाहिएको हो, गरेर खान पाउने अधिकार..आनन्दले आफ्नै देशमा ढुक्क संग बाच्न पाउनु पर्ने अधिकार. हाम्रा बाबु नानि हरु, शोषित तथा बलात्कृत होइन, ढुक्क संग खेल्न पद्न पाउन पर्ने अधिकार…