Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेबलको असहमति सडकमा पोखिएपछि..

Posted on January 13, 2015January 13, 2015 by mysansar

Banda (4)
स‍ंविधान बनाउनका लागि भइरहेको कचकच दलहरुको वार्ताको टेबलबाट सडकमा पोखिन सुरु भएको छ। गएको सातादेखि क्षेत्रीय बन्दहरुको रुपमा असहमति सडकमा देखिन थालेको हो। आज राजधानी काठमाडौँमै बन्द भएपछि यसमा धेरैको ध्यान गयो। माघ ८ मा संविधान बन्नु पर्छ भनेर जनताले नभने पनि र कानुनमा कुनै व्यवस्था नभए पनि दलहरु आफैले यो मितिलाई समय सीमाका रुपमा तोकेका थिए। यही मितिमा गर्छौँ संविधान जारी भनेर पटक पटक भनेका थिए। तर यो सजिलो थिएन। नभन्दै कुनै पनि हालतमा माघ ८ मा स‍ंविधान जारी नहुने देखिसकियो। अब एकले अर्कालाई पेल्ने र शक्ति देखाउने नाममा बित्थामा जनता पेलिने भएका छन्। माघ ८ सम्म हड्ताल, बन्द र प्रदर्शनले जनजीवन अस्तव्यस्त हुने क्रम सुरु भइसकेको छ। आजको बन्दका केही दृश्य

Banda (1)

Banda (2)

Banda (3)

Protest (1)

Protest (2)

Protest (3)

Protest (4)

Protest (5)

Protest (6)

Protest (7)

Protest (8)

Protest (9)

Protest (10)

Protest (11)

बन्द समर्थक र विरोधी दुवैको फोटो माथि देखिहाल्नु भयो। अब दुई बीच जम्काभेट हुँदा के भएको थियो, भिडियो हेर्नुस्-

23 thoughts on “टेबलको असहमति सडकमा पोखिएपछि..”

  1. Bishnu Pantha says:
    January 15, 2015 at 10:21 am

    माग जे सुकै होस्, सर्बसधरान्लाई बन्द स्वीकार्य छैन, येदि देशकै चिन्ता हो भने बन्द बाहेक Anya तरिकाले दबाब देऊ , संबिधान सबैलाई चाहिएको छ , जनताको साथ् पाउने छौ Tara येस्सरी बन्द गर्न तम्सिनेलाई संबिधान बन्नु नबन्नु देश सुध्रनु नासुध्रानु संग कुनै मतलब छैन यिनीहरु नेताका पाल्तु लुते भुस्याहा कुकुरहरु हुन् ,जनताले यिनको प्रतिकार गर्नुपर्दछ/ समाजमा दुर्गंदा फैलाउने किराहरुलाई बहिस्कार गरौँ , दण्ड दिउँ/

    Reply
  2. Suraj Maskey says:
    January 14, 2015 at 7:47 pm

    मानिसको सबै भन्दा बफादार जनावर कुकुरको नेतृत्व पछि पछि केही ३०/४० जना बन्द कर्ता !!!

    Reply
  3. बादेश says:
    January 14, 2015 at 6:36 pm

    कभर फोटोमा जुलुसको लिडर त त्यस्तो रैछ | अनि पछिपछि लाग्ने कस्ता हुँदा हुन् | खुट्टी देख्दै पत्यायो |

    Reply
  4. Bijay Sharma says:
    January 14, 2015 at 4:57 pm

    बन्दको बिरोधमा जुन जनचेतना देखिएको छ त्यो अत्यंत सरहानीय छ । अन्य न्यायिक, कानूनी र संबैधानिक बाटा हरु हुदा हुदै जुनसुकै बाहनामा जुनसुकै प्रयोजनको लागि जोसुकैले गर्ने जबरजस्ती बंद , टायर बाल्ने , यात्रु चड़ेको बसमा पेट्रोल बम फयाकने , पसल खोल्नेका खुट्टा भाच्ने , बिरामीलाई अस्पताल पुर्याउन नदिएर अकाल मृत्यु गराउने आदि अति निंदनीय कामको एक बिबेकशील नेपालीले बिरोध, दुरुत्साहित र प्रतिकार गर्नै पर्छ । धिक्कार छ ती आफुलाइ पढ़े लेखेका र बिद्वान मान्ने , आफुलाई जनताका सेबक र प्रतिनिधि ठान्ने ब्यक्तिहरुलाइ जो त्यस्ता आतंककारी गतिबिधिको समर्थन गर्ने मात्र होइनन् त्यस्ता कार्यमा सक्रिय रुपमा भाग लिएर जनतालाइनै दुख दिइरहेका छन् ।

    Reply
  5. bini says:
    January 14, 2015 at 3:47 pm

    the animal which was in front of the JULOOS is enough.

    Reply
  6. डिल्ली says:
    January 14, 2015 at 12:29 pm

    अर्थहीन र अन्त्यहीन बन्द दिवस जनतालाई यातना सावित भएका छन् । कस्तो माग राखेर बन्द आह्वान गरिएको हो जगजाहेर नै छ । देशलाई अस्थिरताको भड्खालामा जाक्नेहरू र अधोगति तिर लैजानेहरू नै बन्दको हिमायति बनेकाछन् । असक्षमहरूले भागबण्डा गरिखानलाई हैन पौरखी हातले निर्माण गर्न र गरिखानेलाई अवसर प्रदान गर्ने तिर कसैको ध्यान गएन । कहिले कुन दलको त कहिले कुन जातको कहिले कुन रङ्को त कहिले कुन भेषको भाग खोजेर खोचे थाप्नेको माग पूरा हुनु पनि हुँदैन । योग्यता र इमान्दारिता भएको भए समग्र मधेस एक प्रदेश र १०० भन्दा बढी जात जाति र दर्जन दलित जाति भएको स्थानमा दलितको अपहेलना पनि हुने थिएन । मधेसमा जस्तो चर्को जातीय उत्पिडन कहाँ छ ? मधेसलो राजनीति गर्ने कुन चाहीँ नेता रैथाने मधेशी आदिवासीको नारा घन्काउने अशोक राईहरू साँढे पल्टन र ठूलो भाग खान आ-आफ्ना स्वास्नीलाई सदनमा भर्ति गराउन लागि पर्ने पनि थिएनन् । समावेशीलाई प्राथमिकतामा राख्ने भए मदेशीले पहाडेलाई नेतृत्व दिन सक्थे केवल झा, यादबहरूले पार्टी आजमाउने थिएनन् । मधेशी नेता जस्ता दल चहारा, अवसरवादीहरू को छन् ? जातिगत उत्पिडन हटाउन लागि परेका भए अशोक राइहरूले पनि बाहुन क्षेत्री आफ्नो पार्टीमा राख्न सक्नु पर्थ्यो । के जातीय पार्टीहरू समावेशी छन् र समावेशी हुन सक्छन् ? आफू १००% भाग खाएर बस्न पछि नहट्नेले समानताको नारा घन्काउन कुरीकुरी मान्नु पर्ने हो । पञ्चायतकालमा पनि हिरालाल विश्वकर्माहरू शिक्षा मन्त्री र ज्याउल हक जस्ता मुसलमानहरू अञ्चलाधिश बन्न सक्थे । सक्षम हुनेहरू मोहमद मोहसीन बनेर सदन हाँक्न सक्थे । बद्री मण्डल जस्ता मधेशीहरू मन्त्री हुन सक्थे ।

    पहिलो तस्वीर साह्रै सुहाएको छ यो बन्द दिवसका अगुवा इङ्कित गर्न । ५०-१०० जनाको व्यापक हुल देखाएर गर्ने हुँकारलाई कुकुरले पनि टेरेको देखिन्न वा तिनीहरू कुकुरकै पछि लागेर हिडेका छन् भन्न सकिने स्थिति छ ।

    Reply
  7. xyz says:
    January 14, 2015 at 10:51 am

    Dear commentators,
    Both supporters and opponents of Nepal Banda,

    We can have years and years of debate on rights and wrongs of banda. Depending on one’s point of view – you can be a proponent or opponent of banda. However, the points to remember are:
    1. It is always the minority who often rebels with the majority. When the majority does not listen the voices of minority, they have a right to strike. This could take different forms – from outright armed rebellion by the Maoists to non-violence satyagraha by Gandhi.
    2. In 2036, in 2046 and in 2062/63 all movements started with strikes and bandas. During 2046, we even resorted to “blackouts”. This method will be a laughing stock in present day Nepal.
    3. Depending on the mood of the people, the present day call for strikes by the opponents may engulf into another mass movement – People’s Movement III or simply die down.
    4. As about calls by business people, some NGOs and civil society members to shun banda – we need to look behind their history and motives. FNCCI has no moral ground to call against banda – in past, its members too have resorted to various modes of strikes and bandas.
    5. Personally, I am happy to see this slothful, sulking figure called “SUCHANE” being cornered. He has to be washed of his sins from CA I.

    Reply
  8. Shankar says:
    January 14, 2015 at 9:49 am

    बन्द गरेर समस्याको अन्त हुदैन , देश अलिकति द्वन्द मा नै जाने लक्षण छ ( भन्दा दुख लाग्छ नत्र सहि यहि हो )|
    १) जातीय आधार मा संघियता ?
    २) मधेस लाइ छुट्टै प्रदेश
    ३) धर्म निर्पेक्ष्यता ( इन्डिया समेत घर बापसी कार्यक्रम गरेर देश लाइ हिन्दुकरण गरिरहेको परिबेस छ )
    ४) बाहुन क्षेत्रीलाई मुग्लान को नक्सा ( नो रिजर्भेसन , नो स्टेट, २५० बर्स मोज गरेको )

    फेरी देश दण्डहिनताको विभेद को पराकस्ता मा छ | कोइ कोइ सियो चोर्ने जेल मा छन् तर हत्या को जघन्य अपराध गरेको हरु राजनीतिक लेप मा छाती फुलाएर हिड्दै छन् | नियम कानुन संबिधान , मानिस ले बनाउने हो , तेस्को मर्यादा मानिस ले राख्ने हो | एस्तो अबस्थामा कस्तो सम्बिधान् बन्ने , बनेको खण्ड मा कसले मान्ने ?
    नेपालि एक आपस मा टेडी दै जादा भोलि हाम्रो देश भारत र चीन को मसाल फुलाउने ठाउ न बनोस | नत्र पाकिस्तान र भारत को मसल फुलाउने ठाउ कश्मिर बन्दा त्यहा को जनताको दुख हेरम |

    Reply
  9. Durga Adhikari says:
    January 14, 2015 at 9:04 am

    I love the first picture of this post. A dog is leading the Bandha group. Great leadership. Thank you for the pictures.

    Reply
  10. Mangale says:
    January 14, 2015 at 8:05 am

    हैन के भएको? पार्टीमा नलाग्ने मान्छे चै NGO का डलर खाने रे | के सबै नेपाली कुनै न कुनै पार्टी को हुनै पर्ने? उनीहरुले बन्द गरेर नाराजुलुस गरेर जनताको गरि खाने अधिकार हनन् गर्न हुने अनि नेपाली जनताले बन्दको शान्तिपूर्ण बिरोध पनि गर्न नपाउने? पुलिसकै अगाडी धम्की दिदा पनि पुलिस चुइक्क गर्न सक्दैनन् त | कति सम्मको लाचार पुलिसहरु | बन्दलाई गैरकानुनी बनाएर बन्द गर्ने सबलाई जाक्नु पर्छ खोरमा अनि मात्र बन्दको नाममा राजनीति बन्द हुन्छ | यो जमानामा पनि डर र त्रासको राजनीति गरेर जनताको भोट पाउछु भनेर सोच्ने मुर्ख नेताहरुलाई मेरो तर्फबाट थुक्क |

    Reply
  11. kumar says:
    January 14, 2015 at 4:47 am

    जनताले केहि गुमाउने वाला छैन हो बन्द बाट i गुमाउने छन् त केवल कांग्रेस र एमालेको नेता हरुले i कांग्रेस र एमाले ले बन्द गर्दा चाही ठिक अरुले बन्द गर्दा चाही पहाड नै खस्ला झैँ कराउने होइन सक्छौ भने तिम्रा के , पी र युवा नेता सुसिल दा लाइ सब्बै नेपालीको नेता भएर देखाऊ भन्न्दिउ न हामी पनि अरु पार्टी लाइ बिरोद गर्ने तिर लाग्छ्म कांग्रेस एमाले जिन्दाबाद इ दुइतै पार्टी बाहुनको पार्टी होइन भन्दै हिन्दिम्ला i

    Reply
    1. Aryan says:
      January 15, 2015 at 10:36 am

      ओइ तोर्पे , हामीलाई कसैको बन्द चाहिदैन,न कांग्रेस , न माले, न तिमि डाकाहरु, हामीलाई गरिखान देओ भनेको हो अल्छी तिघ्रेहरु , बुझ्योउ ?

      Reply
  12. jasmine says:
    January 14, 2015 at 1:08 am

    पहिले फोटो चाही गज्जब को लाग्यो…जुलुस को नेतृत्व कुकुर ले गरेको जस्तो देखिएको छ…

    Reply
  13. Ram says:
    January 14, 2015 at 12:54 am

    संबिधान सभा मा भएका टाउका हरुले बनाउने संबिधान मा आफ्नु राय -मत राख्न पाउदैनन भने त्यहाँ जिबित टाउका राख्न कुनै जरुरी छैन | गन्ती मात्रा पुर्याउने हो भने बगर का ढुङ्गा ६०१ अोटा गनेर रखिदिये हुन्छ | हैन भने बनाउन खोज्या संबिधान का प्रत्येक बुदा मा ब्यापक छलफल गर ।।। सक्यौ भने सबैको सहमति गर सक्दैनौ भने मत गनेर पारीत गर तेती नि सक्दैनौ भने गोला प्रथा बाट पारीत गर //

    Reply
  14. रैथाने says:
    January 14, 2015 at 12:53 am

    बन्दकर्ताहरुलाई चिडाउने र द्वन्द्व निम्त्याउने काम गर्दै छ यी मान्छेहरु!
    बन्दको आह्वान गरेको समय र स्थानमा बन्द बन्द गर यो खुल्ला छ भनेर त्यहा जानु भनेको जोरी खोज्नु निन्हूँ खोज्नु हो!
    बन्दको बिरोध बन्दकर्ताले जसरि सोहि बन्द को आह्वान गरेको समय समय र स्थानमा र्याली गरेर होइन तेस्को छुट्टै प्रोटेस्ट कार्यक्रम तय गरि सुरक्षित तरिकाले गर्नु पर्छ!
    यो देशमा द्वन्द्व निम्यौने अस्थिरता ल्याउने सुनियोजित कार्य भैरहेको छ यसप्रति हामीले समयमै ध्यान दियर तिनीहरुको पहिचान गरि ब्याबस्थापन गर्नु जरुरि छ!
    रैथाने

    Reply
    1. bibek dhakal says:
      January 14, 2015 at 5:32 pm

      ‘शारली हेब्डो’ (पेरिस स्थित कार्टून जोर्नल जहाँ गत साता हमला भएको थियो ) को नया अंकमा मोहम्मदको कभर छ. कतिले यसलाई ‘इस्लाम आतंकवाद’ देखि नडराई प्रेस स्वतन्त्रताको लागि लागि पर्ने साहस को रूपमा लिएका छन् भने कतिले ( कसले भन्न नपर्ला) यसलाई झन् द्वन्द भड्काउने काम भनेर सो कभरको भत्सर्ना गरेका छन्.
      त्यस्तै यो प्रतिकार गर्न निस्केको समूह पनि जानाबुझ द्वन्द भद्काउनलाइ निस्केको हो या ‘बन्द आतंकवाद’ को प्रतिकार गर्न निस्केको हो, मान्छे पिच्छे फरक तर्क होला. तर यो पर्तिकार समुहलाई ‘द्वन्द भद्काउन निस्केको’ भन्ने हरु को हून पनि भानिरखना नपर्ला.

      Reply
  15. srays says:
    January 14, 2015 at 12:28 am

    केटा हरु बन्द को बिरोद गर आज एक्लै र थोरै छौ तर तिमीहरु को साथ मा पुरै नेपाली छन् ……बन्द गरेर देश बन्ने होइन न संबिधान जनता लाइ दुखः दियर कै पौदैनौ नेताहरु लै चेतना भ्य …..

    Reply
  16. bharat says:
    January 14, 2015 at 12:04 am

    अरु केइ हैन , first फोटो मा जुलुस को नेत्रुतो कसले गरेको छ? तेस्को मतलब नेता भनेको कुकुर हो

    Reply
    1. jeevan verma says:
      January 14, 2015 at 7:45 pm

      कुक्कुर भन्दा अरु कसले सुन्ने तिनि हरु को अलाप

      Reply
  17. subash says:
    January 13, 2015 at 11:37 pm

    पहिलो र दोस्रो तस्वीर हेर्दा लाग्छ कि नेपालमा आजभोली नेतालाई कुकुरले विस्थापित गरेको छ | नेता भन्दा कुकुर महोदयले नै नेपाली जनतालाई नेत्रीत्तो गर्दै छ | धेरै नेताहरु प्रधानमन्त्री भैसके तर संविधान आएन, अब एकपटक कुकुरलाई नै प्रधानमन्त्री बनाएर हेर्ने कि कसो !

    Reply
  18. Aryan says:
    January 13, 2015 at 9:43 pm

    If you look at the last video, then you will see the difference. Those who speak foul language, speak loud and threaten people are the supporters of the so called bandha. On the other hand, who can’t speak clearly in front of goons but everybody tries to say something when they are gone are the real people of Nepal and who oppose bandas. Good job guys, we need more people like you and we need leaders who isn’t afraid to speak in front of these goons and speak of general Nepalese . Say No to Bandas anymore

    Reply
  19. Binod says:
    January 13, 2015 at 9:26 pm

    Nepal is NOT country of Royalist and Bahunism only. Nepal is multi-lingual, multi-religious, multi-cultural, multi-nation country. Constitution must favor indigenous, Madhesi, Muslim, Minority people of Nepal. Constitution must NOT only for to IMPOSITION system to discriminate and erase indigenous, Madhesi, Mulsim, Minority and Dalits as practiced for 245 years. Now Bad-politician, Royalist want to IMPOSE worst Mahendra’s thinking again which was done for so long. Bad-politician, Royalist want to divide indigenous, Madhesi, Minority, Muslim in their historic land as done for 245 years so that Indigenous, Madhesi, Muslim, Minority could never win election and destroy themselves (All most all culture, language, religion, historic identified land, belief of indigenous, Madhesi, Minority people has already been destroyed in great extent during 245 years of history of Nepal).
    Indigenous, Madhesi, Muslim, Minority and Dalits NEED equal RIGHT UNCONDITIONALLY starting from constitution and they need their historic birth-place NOT to divide as Royalist, bad-politician wanted.

    Reply
  20. Durga Adhikari says:
    January 13, 2015 at 8:16 pm

    I observed the Bandha at Chabahill today. There were handful of people with flag supporting the Bandha and Mrs. Heesila Yami was addressing the group. There were two blind people singing and begging for money. The crowed was heavy toward the beggars then the Bandha workers. Now a days it is easy to say that people do not like political parties talk. People are fade up with those Bandha’s. Please stop those Bandha’s. Do not make poor people of this country suffer anymore.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme