Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिहे लोकमानकी छोरीको, सास्ती सर्वसाधारणलाई

Posted on February 26, 2015February 26, 2015 by Salokya

CIAA_Marriage (9)
अख्तियार प्रमुख लोकमानसिंह कार्कीकी छोरीको बिहेमा बित्थामा दुःख पाएका मोटरसाइकल चालकहरु। टंगालस्थित अख्तियार भवन नजिकैको यो गल्लीमा मोटरसाइकल छिर्न किन नदिइएको हो कुन्नि। त्यहाँभित्र छिर्दैमा कसैलाई केही असुरक्षा हुनेवाला थिएन। किनभने छतछतमा हतियारधारी सुरक्षाकर्मी बसेकै थिए। त्यहाँ पार्किङ पनि थियो। तर महामहिमको आदेश थियो होला। र त सादा पोशाकका एक सुरक्षाकर्मी र एक जना ट्राफिक प्रहरी त्यहाँ कसैलाई पनि प्रवेश गर्न दिइरहेका थिएनन्। मोटरसाइकल चालकहरु अनुनय गर्थे, तर उनीहरु मान्दैन थिए। शायद् माथिको आदेश भन्थे कि।

CIAA_Marriage (5)

सादा पोशाकका यही सुरक्षाकर्मीले गल्लीभित्र जान रोक्दै थिए। साथमा एक जना ट्राफिक पनि थिए। ट्राफिकले भनेको नटेर्लान् भनेर होला यी सादा पोशाकका पनि खटिएका।

CIAA_Marriage (7)

अहँ, जान पाइँदै पाइँदैन।

CIAA_Marriage (8)

बाहिर जाम हुन लागिसक्यो, तर भित्र जान दिन्नन् त।

CIAA_Marriage (9)

पाइँदैन भनेपछि पाइँदैन। जसले जे सुकै भनोस्।

CIAA_Marriage (10)

उतातिर अर्को बाटो छ, त्यताबाट जानुस् रे।

CIAA_Marriage (1)

अख्तियार प्रमुखकी छोरीको बिहेको भिडियो खिच्दै कर्मचारी

CIAA_Marriage (2)

मूल गेटमा कर्मचारीलाई प्रवेश गर्न दिइएको थिएन। उनीहरुका लागि यो गेट बनाइएको थियो।

CIAA_Marriage (3)

छतमा थिए प्रहरी।

CIAA_Marriage (4)

मूल गेटबाट जन्ती मात्रै रे।

CIAA_Marriage (6)

सँधै झैँ यही बाटो छिर्न खोज्नेलाई सुरक्षाकर्मीहरुले अर्कै बाटो जान भन्थे।

CIAA_Marriage (14)

CIAA_Marriage (13)

पन्चै बाजाको टोली जाँदै।

CIAA_Marriage (12)

CIAA_Marriage (11)

यही गाडीमा आएका थिए पन्चै बाजा।

22 thoughts on “बिहे लोकमानकी छोरीको, सास्ती सर्वसाधारणलाई”

  1. Sisir says:
    February 27, 2015 at 2:51 pm

    अख्तियारको चरम दुरुपयोग गर्दै अख्तियार कार्यालय / निवासको सदुपयोग भन्नु पर्ला .. एस्ता नैतिक पतितलाई भनेर केहि हुने वाला छैन र मैले यिनीबाट असल कार्यको कहिले आशा गरेको पनि छैन …

    Reply
  2. nabin says:
    February 27, 2015 at 10:36 am

    उमेश जी ,
    तपाईं ले त अलि कानून को ब्याख्या गरि लेख्नु हुन्थ्यो, येस्मा पनि समाचार संगै अलि कमेन्ट राख्नु भएको भए राम्रो हुन्थ्यो नि. राजा गयो, धेरै पो जन्म्यो
    हैन र?
    यो भ्र्स्ताचारी लै कारबाही गर्नु पर्छ

    ,,

    Reply
  3. Shruti says:
    February 27, 2015 at 9:21 am

    अनि लोकमान सिंहको आफ्नो private घरमै हो र office पनि? कि छोरीको बिहे चै office मा गरेको ? I’m sorry for the ignorant question!!!

    Reply
    1. Rishav says:
      February 27, 2015 at 1:09 pm

      Maybe he doesn’t have to pay for the catering?

      Reply
  4. neeraj says:
    February 27, 2015 at 9:00 am

    तेइ भएर त म लोके भन्छु नी……. 🙂

    Reply
  5. eklavya says:
    February 27, 2015 at 5:49 am

    ज्ञानी गुणी छन् यहाँ बडा बडा
    देशै डुबे नि हेर्छन ति खडा खडा
    कुन नामले पुकारू ति सबलाई
    जन्मे यहि भूमिमा दोष कसलाई …

    Reply
  6. चन्द्रजंग तामांग says:
    February 27, 2015 at 1:05 am

    खोइ आफुलाई त् उनले कुनै काम बिगारेको जस्तो लागेन| साथिहरुको कमेन्ट किन जे कुरोमा पनि नेगेटिभ मात्रै हो? सरकारले दिएको निवासबाटै आफ्नो छोरीको विवाह गरिदिदा अरुलाई के को खसखस र जलन? जँहासम्म कर्मचारीलाई साश्तीको कुरो छ, सरकारले अड्डा र हाकिमको निवास एकै ठाममा राख्दा यस्तै हुन्छ| हाजिर चडाउन जाँदा समेत सवारी साधनको प्रयोग गर्न पर्दैन भनेर होला| सानो माछालाई पक्रे जस्तो गर्ने र ठुलो माछा सहजै उम्कन दिने अख्तियारको कुनै नौलो कुरो होइन केरे, पैले देखि नै यस्तै थियो र लोकमान सरले पनि यसैलाई निरन्तरता दिएका छन्, यसमा ताज्जुव मान्नुपर्ने केहि छैन|
    लोकमान सरले केहि बिराएका छैन जस्तो लाग्छ| अरुले पनि पावरमा छँदा यस्तै गरेका छन्| माधव नेपाल र जहरसाब प्यारजंग थापाले के गरेका थिए भनेर एसो पाना पल्टाएर हेर्नुहोला| आज करायो, बस केहीछिन मै सक्यो| कसैले बिराएका र चुकेका छन् भने ती हुन् माओवादीका नायके र लठैतहरु| बारम्बार भ्रष्टचारी र कानुन मिच्नेलाई ताकेको भए हुन्थ्यो ती लट्ठीहरु|
    लोकमान सरले यो यो कानुन मिचे भनेर मुद्दा हाल्ने कोहि होला माईका लाल?

    Reply
    1. bibek dhakal says:
      February 27, 2015 at 2:59 am

      कस्तो पुरै खग्रास ग्रहण लागेको ‘चन्द्र’ रैछ भने कमेन्ट हेर न. माधव नेपाल र प्यारजंग थापाले गरेको थिए अरुले किन गर्न नहुने रे? यस्तो ताइ न तुइ को प्रश्नको उत्तर ९ १० वर्ष को केताकेतिलाई सोध्यो भने राम्रो उत्तर दिन्छ. अस्ति मुख्यसचिव लिलामणिलाइ अहिले सम्म किन सडक मर्मत नभाको भनेर प्रश्न सोध्ने नानीलाई सोध्नुस त्यो प्रश्न.
      दोश्रो कुरा ‘सरकारले अड्डा र हाकिमको निवास एकै ठाममा राख्दा यस्तै हुन्छ’ भन्ने कुरा छ भनेपछि सरकारले व्यवस्था गर्न नसकेको खण्डमा अख्तियार र मर्यादा मिचेर मनखुसी गर्न पाइन्छ? अनि तेत्रो सम्पत्ति भाको मान्छेले छोरी को बिहे आफ्नो निजि निवास ( सुने अनुसार उनको १ भन्दा बढी निजि निवास हरु छन् रे , तर कमसेकम एउटा त पक्कै होला है काठमंदुमा) बाट गराए के बिग्रिन्थ्यो? तेत्रो जग हसाइ किन?
      अनि अन्तिम प्रश्न ‘लोकमान सरले यो यो कानुन मिचे भनेर मुद्दा हाल्ने कोहि होला माईका लाल?’ ..१९ दिन आन्दोलन गरेर राजतन्त्रलाई फाल्ने माइका लाल हरु भएको देश हो नेपाल. हेर्दै जानुस न अति भएपछी लोकमान जस्ताहरु अनि तिनको सायद कुनै खालको छत्रछाया पाएर पाएर कुर्लिने तपाइँ जस्ता हरु कुन लोकमा शरण लिन जानु पर्ने हुन्छ.

      Reply
      1. चन्द्रजंग says:
        February 27, 2015 at 7:26 pm

        हजुरको विवेकी कमेन्टको निम्ति धन्यवाद| व्यंग हान्न जान्नेले व्यंग बुझेको भए राम्रो हुनेथियो तर भैगो|
        जसको विवेक जति छ त्यति नै कमेन्ट गर्ने हो| त्यसै अनुरुप यो पुरै खग्रास परेको स्वविवेकले यति लिखितम दिएको हुँ|
        फेरी पनि भन्छु लोकमान सरले पिराएका होलान तर बिराएका छैनन्| त्यो के अर्थमा भने हाम्रो मुलुकमा पिराउदैमा बिराएको ठानिदैन किनभने यो चल्दै आएको व्यक्ति र सिस्टम दुवै संग सम्बन्ध छ| विगत र वर्तमानमा जसको बाउ बाजे र नाताले सरकारी साधन व्यक्तिगत कामका लागि प्रयोग गर्ने अनि घुस खाएर घुस्मै पालिएर अरुलाई होचो थिचोमिचो गरी अहिले आएर जीवन चलाई रहेका छन, उनीहरुले के पावरको सदुपयोग र के दुरुपयोग सायद बुझ्दैनन्|उनीहरु कै ठुलो शोर छ| यस्तो अवस्थामा के को परिवर्तन?

        Reply
  7. Mk says:
    February 26, 2015 at 11:55 pm

    “काग कराउदै गर्छ , पिना सुक्दै गर्छ “/ गणतन्त्र आइ सक्दा पनि एस्तो कुरीति लागु हुनु देश र जनता को दुर्भाग्य हो , भन्नुपर्ला /

    Reply
  8. nirmal says:
    February 26, 2015 at 9:46 pm

    आफुलाई आदर्शको लाइनमा राख्न खोज्ने अनि सार्बजनिक सरकारी सम्पतिमा रमाइलो गर्ने अरुलाई चाही अख्तियारी दुरुपयोगको कारबाही गर्ने रे वाह क्या बात है

    Reply
  9. Rajesh Sharma says:
    February 26, 2015 at 9:30 pm

    ल मलाई त भोजमा बोलाएन त लोकमानले

    Reply
  10. nimesh, bkk says:
    February 26, 2015 at 9:28 pm

    लोकमानासिन्ग्को लागि नैतिकता र कानून भनेको कुन चरीको नाउँ हो? अब हनिमुन सिंहदरवारमा मनाउने होला नि, आर्थिक मितव्यता पनि हुने, आफ्नो ईज्जत पनि बढ्ने कि कसो लोकमान जी?

    Reply
  11. nimesh, bkk says:
    February 26, 2015 at 9:07 pm

    अख्तियार उफ लोकमानसिंग को अगाढी कानून त भाड्मे जाओस . सरकारी कार्यालय तथा कर्मचारीहरु त लोकमानसिंग जस्ताको पेवा पो रहेछ, यस्तालाई अख्तियार लगाउने कसले ? नेपालमा सात सालदेखि परिवर्तन खोजेको तर यस्ताहरुले मात्रै अनुभूति गर्दैछन देशको परिवर्तनको सहीरुपमा .

    Reply
  12. Kamal says:
    February 26, 2015 at 8:13 pm

    पदको चरम दुरुपयोग हो तर मलाई तेस्तो अचम्म लागेन! हाम्रो देसमा आफ्नो पदको दुरुपयोग नभएको कहाँ पो छ र! CDO ले CDO अफिसको दुरुपयोग गर्छन! सरकारले काम को लागि देको गाडी निजि काम मा प्रयोग गर्छन….यो लोकमानको काण्ड पनि तेस्तै दुरुपयोगको ठुलो रुप हो. ठुलो अफिस मा भएकोले ठुलो किसिमको दुरुपयोग गर्यो तर हाम्रो देसको लागि नौलो कुरो चाई भएन! एस्तो गर्ने लाइ लाज पनि किन न लागेको होला ….. तर सच्चिकै भन्नु पर्दा एस्तो समस्या चाई हाम्रो समाजमा धेरै तल देखि छ! सबै तेस्ता न होलान तर मैले देखेको चाई सरकारी अफ्फिस मा काम गर्नेले अफ्फिस आफ्नो निजि जस्तै थान्चन अनि अफ्फिसको समान हरु आफ्नो निजि काममा प्रयोग गर्न केहि हिच्किच मान्दैनन…तेस्तै संस्कार को उग्र रुप हो यो!

    Reply
  13. Bidur Ghimire says:
    February 26, 2015 at 8:12 pm

    लौ आफुले त पहिलेइ बिहे गरियो नत्र …… जेहोस् १ दिन भए पनि पूरा सदुपयोग भयेछ खुसि नै मान्नु पर्ला | बेक्कारमा सबले किन टाउको दुखाको होला .

    Reply
  14. Tek Raj Timalsina says:
    February 26, 2015 at 7:44 pm

    अरे वाहा ! अख्तियार को अफिश मै जन्ती ल्याई दिने, अनि अफिश बताई बिदाई गरेको त होलान नि छोरी लै | के यौ सरकारी सम्पति को दुरुपयोग भएन र?

    Reply
  15. Ajaya Shrestha says:
    February 26, 2015 at 7:43 pm

    अख्तियार दुरुपायोगको यो भन्दा उत्तम नमुना त अरु के होला र खै

    Reply
  16. subodh nepal says:
    February 26, 2015 at 7:41 pm

    उनी त श्री ३ नै हुन् त अनि किन बाटो नरोक्ने ।

    Reply
  17. kamal bishwokarma says:
    February 26, 2015 at 7:40 pm

    यो पनि एक किसिमको अख्तियार दुरुपयोग नै हो! अनि भ्रष्टाचार पनि हो! अख्तियारले नै विवाह को लागि आचार संहिता बनाएको छ, त्यो पालना भयो कि नाई?

    Reply
  18. ekraj says:
    February 26, 2015 at 7:16 pm

    एसो हेर्दा र कुरा बुज्दा, जसले अधिकार दुरुपयोग गरे बापत कारबाई गर्नकोलागी त्यो बिभाग को सबभन्दा ठुलो पद ओगोटेको छ उसैले अधिकार दुरुपयोग गरे पछि तेस्लाई कसले कारबाई गर्ने हो?
    नेपाल मा एस्ताकुराको जबाभ दिन सक्ने सरकार हालसम्म बनेको छ जस्तो लाग्दैन|

    Reply
  19. नवीन रायमाझी says:
    February 26, 2015 at 6:19 pm

    आफुलाई निकै आदर्सबादी ठान्ने लोकमान ले छोरीको बिबाहमा खुलेआम कानुनको खिल्ली उडाउदा पनि सरकाले मुक्दर्सक भएको हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme