काठमाडौँको खुलामञ्चमा आमसभा हुँदा सँधै प्रश्न उठ्ने गर्छ, खासमा मान्छे चैँ कति आएका थिए? पत्रिकाहरुले दिने फोटोमा पनि खासै भर पर्नु हुन्न। किनभने मान्छे धेरै भएको ठाउँमा खिच्यो भने धेरै देखिन्छ, कम भएको ठाउँतिर खिच्यो भने कम। आज एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनको आमसभामा खुलामञ्च भरिएको थियो। पक्कै पनि अरु आमसभाहरुभन्दा धेरै उपस्थिति थियो। तर मान्छे चैँ कति थिए त? यो प्रश्नको जवाफ सजिलो छैन। खुलामञ्च छिर्ने प्रत्येक ठाउँमा इलेक्ट्रोनिक गणना गर्ने द्वार राखेर गनेको भए मात्रै ठ्याक्कै भन्न सकिन्थ्यो। त्यसको अभाव गर्ने अनुमान नै हो।
खुलामञ्चको क्षेत्रफल बारे साथी उत्तमबाबु श्रेष्ठले गुगलअर्थको म्यापबाट जिआइएस सफ्टवेयरबाट हेर्दा ३७ हजार ८२ वर्गमिटर देखायो। एक मिटरमा चार जना अट्छ भन्ने अन्तराष्ट्रिय चलन अनुसार यसलाई गणना गर्दा करिब १ लाख ४८ हजार त्यहाँ अटाउने क्षमता हुनसक्छ।
तर यति नै मान्छे आजको सभामा थिए भन्ने चाहिँ होइन। यो त क्षमता मात्रैको कुरा भयो। खुलामञ्चमा मान्छे कसरी बसेका थिए, क्यामेराले नभेटेको ठाउँमा कतै खाली थियो कि, कतै धेरै खाँदाखाँदै पो गरेर बसेका थिए कि, यी सब कुराको जानकारीका अभावमा ठ्याम्मै यति मान्छे थिए भन्न सकिँदैन। मान्छे धेरै थिए चाहिँ पक्कै हो।
हेर्नुस् खुलामञ्चका थप केही फोटो_
37082+ ratnapark, bir hospital & electricity authority = 40000
1 sq meter= 4 person
So 40000×4= total mass.
दीपक श्रेष्ठ जिउ म पोलिटिक्स पर्सन होइन कुनै political र रेलिगिओन मान्दैन लिकिन यो तपाइको स्ततुस कोमेंट्स दिदैछु न रिसाउनु होला यहाँ १स्क़ मिटर बराबर १० देखि १२ मान्छे बसेका छन् हेर्नुश त राम्ररी ….
परिवर्तन भन्ने कुरा सारै कठिन र कठोर हुन्छ, किनभने एक सामान्य मान्छे को यो बानि नै हो कि ऊ Comfort zone मा बस्न खोज्छ ,Coocoon भनम न . आफ्नो cocoon बाट बाहिर आउदाको पिडा संग डराएर वा भनम एक दुइ पटक कोशिस गर्दा पनि नसकेपछि वा तत्काल कुनै परिवर्तन नदेखेपछि ऊ फेरी त्यहि कॊकॊन भित्र प्रवेश गर्छ. कूकून भित्र पनि उसलाई सुख त हुन्न तर बरु दिन दिनै थोरै थोरै दुख, पिडा, घ्रिडा( आफै देखि ) पाएर ऊ जिन्दगीभर बाच्न तयार छ तर परिवर्तनको बेला हुने स्वाभाविक पिडा सहने हिम्मत ऊ राख्न सक्दैन.
यो कुरा एकछिन मनन गर्ने हो भने हामि सबले स्विकारछम होला कि हाम्ले हाम्रो जीवनलाई यस्तै एउटा envelope भित्र सुरक्षित राखेका छम. यो कुरा बुझ्न Wayne Dyer को किताबहरु पढ्नु पर्दैन, एकछिन आखा चिम्लेर आफ्नो जीवनका असफलताहरुलाई र अझ चाहेर पनि नआँटेका कामहरुलाई सम्झे पुग्छ. हामि मध्ये थोरैले सायद यो घेरा बाट आफुलाई पार गरेपनि सक्यौं होला वा गराउने तरखरमा छम होला. हो यी भाग्यमानिहरुलाई थाहा छ परिवर्तन सजिलो थिएन, तर उनीहरुको उत्तर एउटै हुन्छ : it was worth it .
अब यसलाई मानवीय एकाइ बाट समाजतिर लैजाउँ. समाज को मूल एकाइ मानव हुनेभएकोले मैले सुरुवात मानव प्रवृत्ति बाट गरेको हूँ. बेला बेला जे जतिसुकै परिवर्तन आएपनि मूलरूपमा हाम्रो समाज conformist छ. समाज को एउटा संस्थागत नियम कुनियम हरु छन् जुन हामि आखाँ चिम्लेर पालन गरिरहेका हुन्छ्म भलै यसले न समाजलाई न हाम्लाई फाइदा पुर्याएको होस्. उदाहारण हरु धेरै छन्. भ्रस्टाचारी लाइ किरा परोस भन्ने टि शर्त लगाउछम तर आफ्नो कुनै नातेदार, साथि भ्रस्ताचारी वा कालो ब्यापारी छन् भने उनीहरुकोमा खान खान जाने बेला कुनै अप्ठेरो मान्दैनम ; सरकारी श्रोत दुरुपयोग भएको समाचारमा आक्रोश पोख्छम तर आफ्नो दाइको सरकारी गाडी चढेर राति कुनै जन्ती जान भने फरक पर्दैन; सबै भन्दा बढी भारत बिरोधि भनेर आफुलाई देखाउनेहरुले राजेश हमालको फिल्म हेरेका हुन्नन् तर आमिर खान को एउटै फिल्म छुटाउन्नन; केटाहरुले बाटोमा मनपरी गरे हुन्छ कुनै केटिको स्कूटि ५० नाघ्यो भने उसलाई हर्यास गर्नेहरुको ताँती हुन्छ; बिफ स्टेक खान आपत्ति हुन्न तर हिन्दु धर्म मा आंच आउने कुरा सहन सकिन्न; दलित, जनजाति आरक्षणको कुरा सुन्दा आफु माथि अन्याय भएको ठाञ्छम, तर त्यो अरक्ष्ण राख्नु पर्ने सामाजिक र ऐतिहासिक कारणहरुको पाना पल्टाउन सक्दैनम.
र त्यसैले राजनैतिक conformism को मूल कारण भनेको व्यक्तिगत अनि सामाजिक कोन्फोर्मिजम हो. गएको चुनाबको उदाहरण हेरे पुग्छ हाम्रो व्यक्तिगत कन्फर्मिजम कसरि देशको राजनीतिमा manifest भयो भनेर. ५ बर्षदेखी जुन दलहरुलाई गालि गरियो तिनैलाई फेरी पहिलो, दोश्रो र तेश्रो ( क्रम फरक पारेर) बनाइयो.
किन डराइरहेका छम हामि परिवर्तन देखि? किन सम्भावना देख्न सक्दैनम नया राजनैतिक शक्ति, नया बाच्ने तरिका, नया दृष्टिकोण, नया सामाजिक संरचना, नया धर्म, नया अध्यात्म, नया कला, नया संस्कृति को? बर्सौं देखि को सामाजिक सद्भाव खल्बलियो रे, सनातन धर्म माथि नाङ्गो हस्तक्षेप भयो रे, ३० ५० बर्ष अगाडी समाज यस्तो थिएन कति राम्रो थियो रे, कला संस्कृतिमाथि अतिक्रमण भयो रे …. यो कन्फर्मिजम को लिमिट के ? अनि सामाजिक, धार्मिक वा सांस्कृतिक स्थाइत्वको मापदण्ड के ?
देश एकैचोटीमा बन्ने हैन. जर्मनी, इटाली, फ्रान्स ,जापान, चीन जस्ता देशहरुले गएको १०० बर्षमा जे जति भोगे, हामि नेपालिले त्यस्तो भोग्नु परेको छैन. त्यो हिसाबले हामि धेरै भाग्यमानी छम. परिवर्तनको लागि ठुला हिँसा भएका उदाहरणहरु कति छन्. तर मलाइ लाग्छ नेपालमा अलिकति मेण्टलिटि चेन्ज भयो भने परिवर्तन सम्भव छ, हिँसा बिना. हो, चाहिएको त स्थिरता नै हो. तर सकारात्मक स्थिरता. स्थिरता को नाममा देशको एक तिहाइ मान्छे असन्तुष्ट हुने स्थिरतालाइ के स्थिरता भन्ने. र सकारात्मक स्थिरता आउनको लागि अलि अलि अस्थिरता हुनु स्वभाविक हो. तेसैले कुनै पनि परिवर्तन को सम्भावनालाई xenophobic दृष्टिकोणले एलियन को रुपमा हेर्नु भन्दा आत्मसात गर्दा ठिक होला.
कांग्रेस र एमालेले २०४६ साल देखि हाल सम्म २५ बर्षमा दुर-दराजका जनताको aspiration पुरा गरेको भए माओबादि, मधेसी र जनजाती आन्दोलन नै हुने थिएन ! कांग्रेस र एमाले जस्तो नाकाम असफल पार्टीहरुको निम्ति न त सहरको सुबिधा भोगी मध्येम बर्गको जनता मर्न र घाइते हुन् निस्कन्छ, न दुर दराजका उत्पीडित जनता ! (सहि बिश्लेषण)
बहुमतकाे वकालत गरेर के गर्ने? बहुमत जनताले मधेसी, जनजाती, महिला, दलित, पिछडिएकालाइ अधिकार नदिनु भनेर कांग्रेस र एमालेलाइ जिताएकाे हाे र?
अाजसम्म याे देश चुस्ने पंचे, कांग्रेस र एमालेले माअाेबादीलाइ दाेष दिएर उम्किन खाेजेर कस्ले पत्याउँछ? माअाेबादी बेइमान छ भन्नेले पहिला मधेसी, जनजाती, महिला, दलित, पिछडिएका लागि के बनाएछन त प्रस्तावित संविधानमा? जनता सामू देखाउ र बहस गराउन त?
लोकतन्त्रमा नागरिकहरुको प्रतिनिधिहरुले बहुमत बात निर्णय गरेको कुरा सबैको लागि बाध्यात्मक हुन्छ/ लोकको प्रतिनिधिहरु बहुमतको आधारमा नेताहरुले सभा र सदन बाहिर उहिले पहिले र अहिले गरेको कुनै पनि निर्णय सहमति र सम्झौता रद्दीको टोकरीमा फाल्न सक्छ/ सभा र सदन बाहिर नेताहरुले गरेको निर्णय नागरिकहरुको निमित बाध्यात्मक तानाशाही तन्त्रमा मात्रै हुन्छ/
दोश्रो संबिधान सभाको चुनावमा यमाले र कांग्रेस नेपालमा अब बनिने संघीय राज्यहरु बहुजातीय र सामर्थ र श्रोतको आधारमा बनाउने भने नागरिकहरुको मत माग्न गयो/मधेसी-मावोबादिले सम्पूर्ण तराइलाइ मधेसीले आत्म निर्णय गर्न पाउने मधेश बनाउने र बाकि नेपालमा चाहि जात जातको राज्य बनाउने भनेर नागरिकहरुको मत माग्न गयो/ यो कुरामा कसले कति नागरिकको मत पायो भन्नु भन्दा तराईमै मधेश्बादिले तराइको कुल मतदाताको यक प्रतिशत पनि मत पाउन सकेन/ तराइको अधिकाश जिलाहरुमा कांग्रेस र यमालेका उम्मेदवार जिते मधेसी-मावोबादी हारे/ त् को ठिक को बेठिक?
कार्यकर्ताहरुको जिन्दावादले र लाठि र बन्दुक बोक्ने गुण्डाको डर देखायर कोहि ठुलो दल बा नेता बन्दैन/ ठुलो दल र ठुलो नेता बन्न कार्यकर्ताहरुको जिन्दावादले होइन मतदान केन्द्र भित्र नागरिकहरुले दियको मत ले बन्छ/लोकतन्त्रमा ३२ हजार अटाउने खुला मन्चमा अनिबार्य भेला भेला गरेको भिडले होइन नागरिकहरुको प्रतिनिधिहरुको सभा र सदन भित्र बहुमतकोले निर्णय गर्छ/
एउटा कुरा चाही के भन्दा जायज होस् या नहोस, उचित होस् या अनुचित होस्, नेपाल र नेपालीको हित मा होस् या बेहित मा होस्, अब सहमति बिना एकपक्षीय ढंगले जातिय संघियताको मुद्दालाई बाइपास गरेर जबर्जस्ति आफूखुसीको संबिधान लाद्न कांग्रेस-एमालेलाई गारो छ. एक दुइ जनाको हठले भोलि देशमा ठुलो द्वन्द चाही नानिम्त्योस.
अग्रगमन का लागि भयको जनापर्दर्सन मा यो जनता ले गरेको समर्थन हो कसैलाई यो बेरोजगार को हुल त कसैलाई यो अन्पाद हरु को फौज लागेको होला कठै !!!!
बिचारा हामि गरिब देश का बेरोजगार युवा!!!! नेताहरूले मुर्ख बनाएका!@@?
भोईस अफ अमेरीकाको समाचार अनुसार ३०,००० को उपस्थित्ति थियो/ तिस दलिय मोर्चामा ३० हजार कुन ठुलो कुरा भो र ? अर्को कुरा निसुल्क बस यातायात , निसुल्क खाना (ठुला कार्यकर्तालाई चन्दा, अनि शभासादको ३ महिने पेस्कीबाट जम्मा भाको रकम बाट बिसेष खाना अनि जनतालाई दाल मोठ चिउरा) , बेरोजगार जनतालाई नेपाल शहर घुम्मे रहर / यो नै प्रमुख कारण हो त्यो ३० हजार जनता जम्मा हुनुको कारण /
१५० जनाको तिन महिनाको सभासद भत्ताको ३ महिनाको पेस्की र निर्बाचन क्षेत्र विकास कोसको १ करोड को दरले पाउने प्रतक्ष्य निर्बाचित सभासदको बजेटको केहि हिस्सा अनि पार्टीलाई नगद सहयोग गरेको समानुपातिकमा परेको सभासदको क्षेत्र बिकास कोषको चुहावट वाट आर्जित रकमको खेलो दरै भए जस्तो छ / निसुल्क यातायात,खानपान, सहर घुमाई दिने प्रलोभन, फुर्सदमा रहेको बेला देश पनि हेरिने मुख पनि फेरिने, पशुपतिको जात्र सिद्राको ब्यापार, सहरमा पासपोर्ट बुझाउने, ब्यक्तिगत कामले आउने र भेटघाट गर्ने जस्ता काममा सघाउ पुर्याउने हुनाले मानिस आउनु स्वभाविक हो / थाहा न सुद्धि संग होहोरीमा आउने पनि छन त्यहाँ / माग र मुद्धा संग गोरु बेचेको साइनो नलाग्ने पनि छन त्यहाँ /
खासमा ३० दलको खाँटी कार्यकर्ता यो भन्दा बढी हुनुपर्ने हो / माओबादी ठुलो पार्टी हुदा थ्रेश होल्ड राख्नु पर्छ भन्ने अनि सानो भए पछि राख्नु हुदैन भन्ने मौसमी माग र अडानले खुइलिएको मओबदिलाई कम्तिमा ३० दलीय मोर्चा भनेर धाक लाउने बाटो भएको छ / ३३ दलिय मोर्चा फुट्या माओबादी बैद्यको पनि छ / तिनको माग अर्कै छ /
आफुले भनेको हुनै पर्ने हठले पिल्सीयर सहमतिको रट लाउने तर ६/६ महिना सम्म सम्बाद समिति लै निस्क्रिय बनाउने बाबुराम हरुले सहमति गर्लान भन्ने कम्ति मा अहिलेलाई लाग्दैन र सोहि बमोजिम को क्रियाकलाप गर्दैछन उनीहरु / धम्कि पनि दिदैछन नत्र यसो र उसो गर्ने भनेर / यो भित्रि मनको सहमतिको आवाज होइन / तेज बहादुर क्षेत्री हाल कबास कम्पनी/
अहिले सम्म यस्ता भेला र मेलाहरु ले जनता लाई के फाइदा भएको छ? यसको जबाफ कसैसंग छ?
यस्ता जमात जुन पार्टी ले गरे पने, फाइदा र सस्तो प्रचारबाजी को फाइदा लिन खोज्ने नेता भनौदा हरुनै हुन्|
अन्तमा सर्बसाधारण ले खेप्न पर्ने भनेको चोर, फटाहा, अपराधी र भ्रस्टचारी को सासन नै हो|
येस्ता नमक हराम्हरुको लागि किन सित्तैमा समय को बर्बाद र ज्यानलाई जोखिम मा पर्दछन नेपाली जनता हरुले मैले हाल सम्म बुझ्न नसके कुरो छ यो?
के इनिहरुलाई थाहा छ के पाउदैन छन् इनिहरुले??????????????????????? तेज बहादुर क्षेत्री पर्बत/
Great gathering with powerful participation
मान्छे हैन, खुल्लामंच नाप्न थालेछन्, इन्ची-टेप लिएर,,, कठै,,कत्रो चिन्ता,,, पुकार्दा हुन्, ‘हे भगवान, खुल्ल्ला मंच खुम्चिएर मुट्ठीमै अटाओस ,,,, /
भोलिपर्सि कुनै खगोलबिदले यति ताराहरु छन् आकाशमा भनेर घोषणा गर्यो भने,, ‘कहाँ अटाउँछ यत्रो तारा’ भन्दै डोरी लिएर आकाश नाप्न हिड्लान जस्ता मान्छेहरुको कमि छैनन भूपिको चार भन्ज्याङ भित्रको यो चिसो एस्ट्रेभित्र ,,,,,,
१५० जनाको तिन महिनाको सभासद भत्ताको ३ महिनाको पेस्की र निर्बाचन क्षेत्र विकास कोसको १ करोड को दरले पाउने प्रतक्ष्य निर्बाचित सभासदको बजेटको केहि हिस्सा अनि पार्टीलाई नगद सहयोग गरेको समानुपातिकमा परेको सभासदको क्षेत्र बिकास कोषको चुहावट वाट आर्जित रकमको खेलो दरै भए जस्तो छ / निसुल्क यातायात,खानपान, सहर घुमाई दिने प्रलोभन, फुर्सदमा रहेको बेला देश पनि हेरिने मुख पनि फेरिने, पशुपतिको जात्र सिद्राको ब्यापार, सहरमा पासपोर्ट बुझाउने, ब्यक्तिगत कामले आउने र भेटघाट गर्ने जस्ता काममा सघाउ पुर्याउने हुनाले मानिस आउनु स्वभाविक हो / थाहा न सुद्धि संग होहोरीमा आउने पनि छन त्यहाँ / माग र मुद्धा संग गोरु बेचेको साइनो नलाग्ने पनि छन त्यहाँ /
खासमा ३० दलको खाँटी कार्यकर्ता यो भन्दा बढी हुनुपर्ने हो / माओबादी ठुलो पार्टी हुदा थ्रेश होल्ड राख्नु पर्छ भन्ने अनि सानो भए पछि राख्नु हुदैन भन्ने मौसमी माग र अडानले खुइलिएको मओबदिलाई कम्तिमा ३० दलीय मोर्चा भनेर धाक लाउने बाटो भएको छ / ३३ दलिय मोर्चा फुट्या माओबादी बैद्यको पनि छ / तिनको माग अर्कै छ /
आफुले भनेको हुनै पर्ने हठले पिल्सीयर सहमतिको रट लाउने तर ६/६ महिना सम्म सम्बाद समिति लै निस्क्रिय बनाउने बाबुराम हरुले सहमति गर्लान भन्ने कम्ति मा अहिलेलाई लाग्दैन र सोहि बमोजिम को क्रियाकलाप गर्दैछन उनीहरु / धम्कि पनि दिदैछन नत्र यसो र उसो गर्ने भनेर / यो भित्रि मनको सहमतिको आवाज होइन /
साथीको अङ्कल र मालिक साथै नाइके हरुलाई पनि यसरि जसरि कसरि हुन्छ यसको आधा मान्छे यो टुडिखेलमा उतारेर हामीलाई देखाइदिन भनौन एक पटक!
अन्यथा यस्ता बकम्फुसे आत्मारतिमा नरमौ आफैलाई अस्वोस्था बनाउने छ!
सम्बाद समिति बाबुरामले निस्क्रिय बनायको होकी मित्रको मालिक मण्डली हरु ले कुराई कुराई हालात बनाउने अनि हातमा बक्सिङ्ग ग्लोब लगायर तिन महिनामा एक पटक अरुभन्दा पाच घण्टा ढिलो आउने र हावा बकम्फुसे चुट्किला र टुक्का भनेर जाने! तेस्ताहरुलाई हरुलाई महान देख्ने मित्र ले यो देशको आमुल परिवर्तन र प्राप्त उपलब्धिलाई सस्थागत गरि देशलाई आर्थिक र सामाजिक बिकाशमा अघि बढाउने बाबुरामको अथक प्रयास र लगन देख्न नसक्नुलाई हामीले धेरै कुरा भन्दैनौ किनकि भन्नै पर्दैन!
किड्निले सोचेर बोल्ने मान्छेहरुको कुरामा बहश गरेर मुर्ख बन्नु छैन!
गगने जी ,
बहस गर्दा मुर्ख भईञ्छ भनि तर्केर हिड्न खोज्दाखोज्दै बहसमा सामेल भयर आफुले आफुलाई मुर्ख साबित गर्नु भयकोमा धन्यवाद /
आफु अनुकुल विचार र अबधारणा संप्रेसित नहुने बित्तिकै तिलमिलायर अनेक रटाइएका क्रन्तिपुर्ण सिमित सब्दजाल बुनि गुमराहमा राख्ने अनि त्यसमा फिक्का साबित भय पछि अग्रगमनको नौटंकी रची व्यक्तिगत घोचपेच ,लान्छना र उपमाको पगरी गुथाई अफवाह फैलाई आफ्नो हैसियतमा पुग्ने जमर्को गरि मखलेल हुनु तपाइको लागि नौलो नहोला र यो प्रवृति खानदानी चरित्र नै हो /
बाबुराम स्वयम् ले पदिय जिम्बेवारी बमोजिम आफ्नो गतिबिधि चित्तबुझ्दो नभयको भनि माफी मागे पनि सिमित क्रान्तिपुर्णएकोहोरो सब्द मगजमा भरियाकहरुले अनाबश्यक ढाकछोप गर्न अरुलाई किडनिमा मगज भनि तुष्टि लिनु पनि क्रान्तिपुर्ण स्कुलिंग कै नतिजा हो / वास्तविकताको कसीमा उत्रन कातरहरुले सत्यलाई आत्मसात गर्नु भन्दा अग्रगमनको मसिहाको लेपन लगायर अरुलाई तेरो मालिक यो र उ भनि आक्षेपित गर्नु भन्दा गुण र दोषमा आधारित भयर समर्थन र आलोचना गर्ने हिम्मत गर्ने भन्दा सुगा रटान पटु नभयको बेश / आगे आफ्नै मर्जी /
अहिले सम्म यस्ता भेला र मेलाहरु ले जनता लाई के फाइदा भएको छ? यसको जबाफ कसैसंग छ?
यस्ता जमात जुन पार्टी ले गरे पने, फाइदा र सस्तो प्रचारबाजी को फाइदा लिन खोज्ने नेता भनौदा हरुनै हुन्|
अन्तमा सर्बसाधारण ले खेप्न पर्ने भनेको चोर, फटाहा, अपराधी र भ्रस्टचारी को सासन नै हो|
येस्ता नमक हराम्हरुको लागि किन सित्तैमा समय को बर्बाद र ज्यानलाई जोखिम मा पर्दछन नेपाली जनता हरुले मैले हाल सम्म बुझ्न नसके कुरो छ यो?
के इनिहरुलाई थाहा छ के पाउदैन छन् इनिहरुले?
सवा,मा मान्छे कति थियो धेरै वा थोरै भन्ने अपरिपक्का प्रश्न हो।प्रश्न त यो हो सवा मा नेपाल थियो कि थिएना अर्थ सवा को मञ्च मा मशेसी,पाहडी,जानजाती,महिला थियो कि थिएना यो प्रश्ना हो।
सभामा नेपाल किन आउथ्यो उ त एमालेको मान्छे हो नी 😀
बेरोजगार नेपालीको पराकस् ठा / खाते नेताहरुको देशको लागि केहि गरौ भन्ने सोचाई भएपो ,,खाली आमसभा, आन्दोलन…..
३० दलहरुले देसभर बात अनिवार्य उपस्थित हुने पर्ने हुकुम जारि गरेर खुला मन्चमा उपस्थित गरेको कार्यकर्ता र जनजातिका कलाकारहरु मानि लिउं यक लाख नै होला रे/ ३ करोड भन्दा बढी नागरिकहरु भयको नेपालमा मात्र यसरि भेला गरेको हुलले चाहेको “तन्त्र” लाद्ने नै हो भने त्यो “तन्त्र” कसरि लोकतन्त्र हुन् सक्ला? फेरी यसरि भेला गरेको हलमा सम्पूर्ण तराईलाई “तराइ नेपालको होइन भन्दै तराईलाई नेपाल बात अलग्याउने भन्दै तराईलाई कुनै पनि हालतमा पहाड सिट जोड्न नदिने भन्दै आयको मधेश बादिलाई आत्म निर्णय समेत गर्न सकिने मधेसीको मधेश बनाउँदा भोलि के हुन्छ भनेर बुझ्ने सायद नै कोहि होला/ आफ्नो जातको पहिचान खोज्नु सम्म त् ठिकै होला/ तर तराइमा हिन्दि भाषी मधेसी भन्दा ठुलो संख्यामा भयको आफ्नै भाषा भयको थारु मैथिली आदिले उनिहरु मधेसी र तराइ मधेश होइन भन्दा पनि उनीहरुलाई मधेसीमा दर्याउन्दै तराइको नाम मेटेर मधेश बनाउन खोज्नेले पहिचानको नारा लगाउनु जत्तिको हास्यास्पद कुरा अरु हुने सक्दैन/ प्रत्यक नेपाली चाहे उनीहरु कुनै पनि जातको किन नहोस तिनीहरु सबै हिमाल पहाड र तराइ मिलेर बनेको नेपालको बास्तविक मालिक हुन्/ हिमाल पहाड बात निक्लेको पानीले तराइको माटो मलिलो भयो/ पहाड र हिमाल नभयको भय तराइ मरुभूमि बन्छ/ त् नेपालमा अब बनिने संघियता को रोप र आकार नेपाल जस्तै हिमाल पहाड र तराइ मिलेर बनेको हुनु पर्छ/ सबै संघीय राज्यहरुलाई हिमाल पहाड र तराइको सबै श्रोतहरुको समानुपातिक वितरण हुनु पर्छ तव संघीय राज्यले बिकाश गर्न सक्छ/ तर सबै स्रोतहरु समेतियको तराइलाइ मधेसीको साम्राज्य बनाउने संघियताले स्रोत बिहिन जातीय राज्य चलन पनि सक्ला?
मदन जी,
तपाइको बिचार र तपाइको तरिका अपनायर चलेमा मधेश नेपालबाट छिटै छुट्टिने छ!
अचेटेर थिचेर जवार्दस्ती बाध्यात्मक तरिकाले एक बनायर राख्नु भन्दा जनतालाई र जनताको समूह अनि समाज आदिलाई बढी से बढी स्वोतान्त्रता दियर अघि बढ्न दियामा तेस्ले संघीयतालाई दिगो बनाउदछ र रास्ट्रलाइ शशक्त बनाउदछ!
मधेश लाइ थिचेर होइन अधिकार दियर रास्ट्रीय मुलधारमा ल्यायर समाहित गरिने संघियताले यो देशलाई कालान्तर सम्म एक बनाइ राख्दछ!
मधेश र मधेशी हरुलाई तपाइँ हरु जस्ताले नेपालि बन्ने मौकानै दिनु भयको छैन उनीहरुले आफ्नो अधिकार मागेर नेपालि बन्ने कोशिस गर्दा तपाइँ हरु या यसलाई अधिकार दियो भने यो छुट्टियर अर्कै घरजाम गर्दछ भनेर आफु तर्सिने र अरुलाई तर्साउने जमर्को गर्नुहुन्छ त्यो निकै खतरनाक र छुद्र छ! तेसले यो देशलाई झन् छिटो टुक्र्याउने छ! राजतन्त्रले जनतालाई समयानुकुल अधिकार प्रत्याभूति गर्दै गयको हुदो हो त गणतन्त्रको माग घनिभूत हुदै आज गणतन्त्र नेपाल हुने थियन तर बिडम्बना तेसो नभई जनतालाई दबाउने तर्साउने थर्काउने र धिकार बिहिन निरिह बनायर राख्ने कुत्सित प्रयास गरियो र आज यो भयो!
तपाइहरुले मधेश लाइ बिहार बनाउनुभयो बिहार र इण्डिया भनेर सोच्नु भयो किनकि नेपालि त तपाइँ आफु र आफुहरु मात्र हो भन्ने ठान्नु भयो जुनी निकै तुच्छ छ! बरु ति मधेसी जनता हामीपनि नेपालि हौ हामीलाई प्[अनि नेपालि मुल धारमा स्थान दे हामीलाई पनि नेपालि बन्ने अधिकार दे किनकि हामि नेपालि हौ र नेपाल हाम्रो हो भन्दा छ!
अब भन्नुस तपाइँ किन ठिक र ति मधेसी किन बेठिक!
तपाइँ अमेरिकामा जीविकोपार्जन गर्ने पारीवार स्थापित गर्ने र मानाबाधिकार भन्दै अमरिकी हक दाबि गर्ने तर एउटा देशमा सदियौ देखि बसेको आफुलाई नेपालि हु नेपाल हाम्रो हो भनेर बसेको एउटा व्यक्ति परिवार समुह समाज आदिलाई चाहि गैर नेपालि देख्ने अधिकार दिनुहुन्न पेल्नु पर्छ भन्ने?
देश पहिले तेस्को हो जो देशमा बस्छ!
तेसैले यो देशको बारेमा अनि देशको मुद्दामा यी तपाइले गैर नेपालि ठानेका मधेशी हरुसंग अधिकार छ र त्यो अधिकार तपाइसंग भन्दा बढी छ किनकि यो देश तपाइको भन्दा पहिले तिनीहरुको हो! तपाइँ अमेरिकामा बस्नुहुन्छ तर उनीहरु आफ्नो देशमा बस्छन तपाइँ बिस्थापित भय वा हुन परेमा अर्को ठाउछ अधिकार खोज्ने अर्को देश छ तर तिनीहरुसंग अर्को विकल्प छैन तेसैले यो देशलाई तिनीहरुले आफ्नो देश बनायर बस्न पाउनु पर्छ!
तिनीहरुले स्वोतन्त्र नेपालि बन्ने अधिकार प्रत्याभूति हुनुपर्दछ!
यसरि अधिकार दिदा टुक्रिन्छ छुट्टिन्छ भन्नु या त ब्याबस्थापन गर्न नसक्ने नालायाकाले भन्ने कुरा हो या आफुलाई बिश्वाश गर्न नसक्ने ले भन्ने कुरा हो!
आफुलाई नै बिश्वाश नगर्ने ले अरुलाई बिश्वाश गर्ने कुरै हुदैन!
तेसैले मदन जी यस्ता पाउदुरे कुरा छाड्नुस समय कुन शताब्दीमा बहदैछ ख्याल गर्नुस!
बरु ब्याबस्थापन गर्ने तरिका खोजौ मधेश लाइ वा अर्को जनजाति आदिबाशिलाई कतिसम्म के कति अधिकार प्रत्याभूति गर्दा संघियता शशक्त बन्दछ एउटा संघिय राज्यलाई कस्तो के कति अधिकार दिने आदि कुराको ब्याबस्थापनामा ध्यान दिउ!
तपाइँ हरुले भनेको वा सुनेको जसरि पुर्बदेखी पक्षिम सम्मको तराइको समथर भूभाग मधेश बन्दैन र बन्न पनि सक्दैन तेस्तो पाउदुरे अबुझ हौवाको कुरा नगरौ!
तराइ मा पनि थुप्रै आदिबासी जनजाति हरु छन् तेसमध्य मधेश एक हो!
मधेश तराइ होइन तर तराइ भित्रको एउटा प्रदेश हुन सक्छ जहा अवध थारु मिथिला आदि अरुपनि छन्!
गगने जी,
भारत सरकार ले सन् १९८० मा नै नेपालमा ३८ लाख भारतीय आप्रबासी छन् भनेर आधिकारिक रुपमा भनेको थियो !!! तत्कालिन भारतीय पररास्ट्र मन्त्रि पी,भी. नरसिंह राव ले २४ जुलाई १९८० मा भारतीय संसदमा उत्तर दिने क्रम मा नेपालमा ३८ लाख भारतीय मुलका मानिस छन् र ति मद्य २३८७९७३ जनाले नागरिकता पाइसकेका छन् भनेर बयान दिएका थिए !!!
त्यो बाहेक look-tantra आएपछि अर्को ३०-४० लाख भारतीय हरुले नागरिकता लिएर नया नेपाली बनेको कुरा त छ्पहरुमा अहिले सम्म पनि आयिनै रहेका छन !!
अहिले “””मधेसी””” भनिने गरिएकाहरु को हुन् वा कसलाई भनिन पर्छ ??? पुस्तौ देखि नेपालको तराइमा बसिरहेका हरु र अहिले बनेका नया नेपाली सबै हुन् कि ?? तिनीहरुमा थारु र अरु जजनाती जो आफुलाई मदेसी भन्न मन नपराउने हरु मदेसी हैनन कि ??? पुस्तौ देखि तराईमा बसेका पहाडिया हरु पनि मदेसी नै हुन् कि ?? वा यो ३०-४० वर्ष भित्र नेपाली नागरिकता लिन सफल भएका लगभग ७०-८० लाख भारतीय आप्रबासी मात्र मदेसी हुन् ???
तराइमा नेपालको कुल जनसंख्याको ५०% भन्दा जनसंख्या बस्छन भन्दै आफुलाई मदेशबादी दाबि गर्नेहरुले राज्य बाट पाइरहेको आरक्षण र सुबिधा कसले लुटिरहेको छ ??? चमार, डोम, मुसहर, मदेसी दलित आदिले पाउनपर्ने सुबिधा र आरक्षण मदेसिको नाममा २/४ जाति , सामन्ती – जमिन्दार अनि बिहारी र अरु भारतीय मुलका नया नेपाली मिलेर लुट्ने अनि दोष चाही पहाडियालाई दिने अहिले रहेको परिपाटी अब हट्ने पर्छ !!!! अब बहस र छिनोफानो हुने पर्छ को हुन् मदेसी मानिनेहरू !!! अनि तेही अनुसार नीति बान्नुपर्छ !!!
जय नेपाल, जय नेपाली
गगनेज्यु/
थारु मैथिली लगायत तराइका जनजाती आदिबाशिले तराइ मधेस होइन र उनीहरु मधेसी होइन भन्दै आयको छ/गगने ज्युलाई यो भन्न जरुरिनै छैन कि तराइमा आफुलाई मधेसी हौँ भन्ने भन्दा आफुहरु मधेसी होइन भन्ने कै बहुमत छ/ तराईलाई मधेश बनाउनु पर्छ भन्ने तराईलाई मधेश भनिनु पर्ने ईतिहासिक र राजनैतिक अधार पनि छैन/ तराइमा बसोबास गर्ने अन्य भारतीय मुलको नेपालको नागरिकहरु जस्तै शिख मारवाडी लगायतले पनि उनीहरु मधेसी होइन भनाइ सके/तराइमा बसोबास गर्ने अधिकाश मुस्लिम समुदाय पनि भारतीय मुलकी हुन् / तिनीहरु मधेसी नभयको कुरा उनीहरुले पनि भनेको छ र मधेश्बादिले पनि मुस्लिम मधेसी होइन भनि सके/ त् कुन आधारमा सम्पूर्ण तराइलाइ मधेश बनाउने?
भारत सन् १९४५मा र नेपाल सन् १९५५मा संयुक्त रास्ट्र संघको सदस्य बनेको हो/ संयुक्त रास्ट्र संघमा भारत र नेपाल दुबैले आफ्नो नक्सा पेस गरेकोछ र ती दुवै नक्सामा तराइ नेपालको भयकै देखायको छ र तराइलाइ मधेश भनियको छैन/ सन् १९५६मा तराइलाइ नेपालको भुमि भनेकोमा रघुनाथ ठाकुरले रास्ट्र संघमा बिरोध गरे भारतको सदन अगाडी धर्ना दिय/ रघुनाथले तराइ नेपाल बात अलग्याउने प्रयास पनि गरे/ त्यो रघुनाथ ठाकुर बिरेन्द्रको शासन कालमा मारियो/ त्यो नेपाल टुक्राउन खोज्ने रघुनाथ ठाकुरलाई मधेशबादीहरु आफ्नो महान नेता तथा सहिद मान्छन/
दिल्लीमा मावोबादी सिट १२ बुंदे सम्झौता भयको लगतै मावोबादीको केन्द्रिय स्तरको नेताहरु जस्तै जय कृष्ण गोइत मावोबादी छोडेर तराइ नेपाल बात अलग्याउने र तराइमा बसेको पहाडी नेपालीहरुलाई तराइ बात लखेट्न हतियार नै उठायो/ त्यो जय कृष्ण गोइत लाइ मधेश्बादिहरु आफ्नो अघोसित सर्व मान्य नेता मान्छन/ रघुनाथ र जय कृष्ण गोइतले बोले लेखेकै कुरा आज सिके रावतले पनि बोल्दै लेख्दै आयको छ/ कुनै पनि मधेशबादी र मावोबादिले रघुनाथ ठाकुर जय कृष्ण गोइत नागेस पासवान र सिके रावतको बिरोध गरेको छैन/ बाबुरामको सरकारमा सामेल भयको मधेशबादी मन्त्रि र नेताहरुले त् कुर्सीमै बसेर रघुनाथ को जयन्ति मनायो/
मधेशबादी बनेको मावोबादीको मात्रिका यादव र कांग्रेसको गुप्ताले अस्ति भर्खरै मधेश्बादिलाई रास्ट्रिय आत्म निर्णय गर्ने अधिकार दिलाउन र तराइमा आन्तरिक बसाइ सराइ रोक्न शंघर्ष गर्ने निर्णय नै गरे/सबै मधेश्बादिहरु सम्पूर्ण तराइलाइ आत्म निर्णय गर्न पाउने मधेश बनाउनु पर्ने भन्दै आयकोछ/ त् भन्नुस कसले नेपाल टुक्राउन र नेपाली विभाजन गर्न खोज्दैछ कसले तेस्तालाई सघाउन्दै छ?
मदन जी,
मेरो कुराहरु कुनै पार्टी वा व्यक्ति बिशेष संग सम्बन्धित भै तिनीहरुको लहै नभयर मेरो सो अध्यायन र विचरण का हुन् तेसैले यसलाई कुनै पार्टी वा कतै पटाक्शप नगरिदिनु भय धन्य हुने थिय,
हो मा आफ़्नुले स्वो अध्यायन विचरण गर्नको लागि पढेका सुनेका र अरुले भनेका कुराहरु रेफेरेंस मा लिकन तेसलाई आफ्नै बुद्दि र बिबेकले मन्थन गर्दछु र निर्क्यौलालाई मान्दछु!
तेसैले अत्याधिकांश समय मेरो सोचाइ विचार र अडान स्थिर हुन्छन किनकि ति मेरो स्वोबिबेकको सारगर्भित अध्ययनको निर्क्यौल हो!
यहा कुरो मधेशको हो!
मधेश कहिँ पनि छैन, न त नेपालमा छ न इन्डियामा!
यो जनजीब्रोमा मात्र छ र अझै भन्नु पर्दा मधेश इन्डियामा भन्दापनि नेपालि भूभागलाई भनिन्छ!
हाम्रो शिक्षाको अदुरदर्शिता वा कमि वा अझै भनौ एकांकीकरण गरियको शिक्षाले गर्दा मधेश बास्तबमा नेपाल र नेपालीको भयर पनि हामि पहाडियाहरूले यसलाई भारतिकरण गरेका छौ!
मधेश बास्तबमा मध्यदेश बात आयको शाब्दिक अर्थ हो!
यो मध्यदेश नेपाल भारतको सिमाकरण हुनु अगाडी महाभारत कालको हो!
यो महाभारताक्षत्रको मध्ये भागमा अबस्थित भुमि हो जसलाई मध्यखंड, मध्यदेश भन्दा भन्दा मधेश रहन गयो र नेपाल भारत सिमांकन मा यसको अधिकांश भाग नेपाल खण्डमा सिमान्कित हुन गयो तेही खण्डलाई तेही भागलाई मधेश र त्यो भूभागमा परम्परागत जातिगत प्रथाले सदियौ देखि बसोबास गरि तेसको जल जमिन र उब्जानी भोग गर्दै आउने हरुलाई मधेशी अनि भन्दा भन्दा मदिसे भनियो! उचित शिक्षाको अभाबले ज्ञानको अभाब सिर्जना गर्दछ र अज्ञानी को सिर्जना गर्दा छ अझै त्यो भन्दापनि मुर्ख हरु पैदा गर्दा छ! हो तेही भयको छ यहा!
बिगत अढाई सय तिन सय बर्षको एकान्किगत थुपारियको लंगडो शिक्षाले हामि मदिसे भनेर इन्डियन वा भारतीयलाई ठान्दछु र भन्दछु तर यथार्थता त्यो नभयर मदिसे (मधेशी) माह्रै नेपालि दाजुभाइ हुन्, हामि नै हौ!
बिगतको हाम्रो शाशक अनि नेता आदिको कुबुड्डी र अदुरदर्शिताले आज यस्तो बिडम्बना को स्थिति सिर्जना गरिदियको छ कि यी मधेश अनि भित्रि मधेश भूभागमा बस्ने हरु एउटा स्वोतन्त्र देशको आवाज उठाउन बाध्य बनेका छन् किनकि उनीहरु न इन्डियाको बनेका छन् न नेपालि भयर नेपालीकै हुन सकेका छन् र त्यो आवाजलाई मुर्खतापूर्ण बल दियको छ तपाइँ जस्ता होनाहार विद्वान हरुले!
एउटा देशको कुनै भूभागमा सदियौ देखि बस्ने समाज र समुदायलाई अचेटेर चेपेर धम्क्यायर थर्कायर सधै आफ्नो माताहतमा राख्छु भन्ने कोरा कल्पना अब हामि सबैले छाड्दा हुन्छ! तर उनिहरुलैअ समयानुकुल आबस्यकतानुशार उनीहरुको मागलाई सम्बोधन गरि उनीहरुको माग र समयानुसार उचित मात्रामा हक अधिकार दिदै गयामा कालान्तर सम्म एकताबद्द रहन सक्दछ!
लाखौ नेपालि मुलका नेपाल भाषीले भारतीय नागरिकता लियका छन् पायका छन्! जव तिनीहरुले भारतीय नागरिकता पाय तिनीहरु भारतीय भय नेपालि रहेनन् (कानुनत), नेपालि मुलका रहे, नेपाल भाषी रहे तर तिनीहरु भारतीय हुन् नेपालि होइनन!
नेपाल भाषी ले आज भारतमा छुट्टै राज्य गोर्खाल्याण्ड माग उठायाका छन् (सायद तेसलाई तपाइँ हामि समर्थन गर्छु होला?)
त नेपालि मुलका नेपाल भाषी ले भारतीय भूमिमा गोर्खाल्याण्ड माग गर्दै आवाज उठाउदा हामि सकारात्मक सोच्दछु तर बिडम्बना हाम्रै नेपाल र नेपालीले परापुर्वाकालाको मध्यदेश लाइ मधेश नामाकरण गरि एउटा मधेश राज्य माग्दा हामि भारतीय देख्छु भने यो देशको त्यो भूखण्डलाई हामि कहिले सम्म कुनचाहि चिप्कानेले टासेर राख्न सकौला?
तराइको सम्पुर्ण समथर भुखनडलाइ मधेश मानेर मधेश राज्य दिने भन्नेकुरा हौवा हो यस्ता हौवाको पछाडी तपाइँ जस्तो सोच्न सक्ने विद्वान हरु नलागी दियामा कुरा गर्न सहज हुन्थ्यो! माग्नेले र भन्नेले झोकमा सोकमा र रुसमा जे पनि माग्लान भन्लान त्यो भनेर तेसैको पछाडि दौडेर बिथ्यामा बहश गर्नु मुर्ख्याइ हुन्छ, मेरो बिचार!
अनि आत्मानिर्णयको अधिकार भन्ने कुरामा पनि कन्डिसन लागु हुन्छ त्यो सुन्दैमा सुनेकै जस्तो वा सुनेकै बुझाइ लागु हुनुपर्ने जरुरि छैन! तर एउटा भूभागमा बस्ने मान्छेहरु एकजुट भयर अलग्गिने वा अर्को रास्ट्र स्थापना गर्ने भनेर लागि परेमा कसैले रोकिराख्न सक्दैन तेसकुरामा तपाइँ हामि यी माइसंसारमा बहश नगरेकै जाति!
एउटा परिवार को सदस्यलाई एउटा पारिवारिक नियमले तेतिन्जेल बाध्न सक्दछ जतिञ्जेल सो परिवार र तेसको सदस्यको आबस्यकता प्राप्ति अनि स्वोतान्त्रता, अधिकार हक प्रत्याभूति हुन्छ अन्यथा परिवार सल्लाहाले वा झगडाले छुट्टिन्छ, सायद यो तपाइकै परिवारमा पनि भयको होला र पछिपनि हुने छ!
मधेश ले जति माग्यो जे माग्यो त्यो सबै दिनुपर्छ भन्ने छैन तेस्मा आवस्यकता माग र पूर्ति अनि समय आदि कुराहरुलाई मध्यनाजारी गरि सर्तपुर्ण वा समझदारीपुर्ण सम्झौता हरु हुन्छन ति कुरालाई हो हामीले ब्याबस्थापन गर्नुपर्ने!
हाम्रो देशको अरु भुभाग भन्दा मधेश अलि संबेदनशील छ तेसैले यसलाई अरुलाई भन्दा बढी बिज्ञातापूर्ण अनि दक्ष ब्याबस्थापनको जरुरि छ! संक्रमण कालिन अबस्थामा संबेदनशील भूखण्ड र क्षत्रको ब्याबस्थापन निकै गहन हुन्छ यसरि तपाइँ हामीले सोचे गरे जस्तो जवार्दस्तिले तेसको उपचार हुन सक्दैन र कतिपय अबस्थामा या त सो अंग अलग्याउनु पर्छ अलग्गीन्छ या संगै रहे पनि सधै दुख दिने गरि निस्क्रिय रहन्छ अनि बोझ बनेर पिडा दिन सुरु गर्दा छ!
मदन जी इतिहाश घोत्लेर किताब पढेर विद्वान बनेर विद्वान बनेर मात्र हुदैन समय देश जनता मानबता आवाज परिस्थिति परिवेश र क्षमता हेरी कन उत्तम कदम चल्न सक्नुपर्यो!
डा बाबुराम भट्टराइ र केपी ओलीमा यहि भिन्नता छ!
जति भिन्नता एउटा गहन चिन्तनशील दार्शनिक विद्वान र चतुके तुक्के खेला देखाउने मा छ तेतिनै भिन्नता यी दुइमा छ! त्यो भन्छ नि गाइ र गधा को फरक!
तर हामीलाई दुइटै चाहिन्छ!
गाइ पनि र गधा पनि! मुर्ख पनि र विद्वान पनि!
जदौ!
मित्र गगने,
एउटा नबुझेको कुरा के भने माओवादीले सहमतिको लागि भनि प्रस्ताब गरेको संघियताको नामकरण सम्बधि बिषयमा यदि ६ प्रदेश हुने हो भने जातीयताका आधारमा अनि ९ प्रदेश हुने हो भने गैर जातिय आधारमा स्वीकार्य हुनेछ भन्नुको अन्तर्य र भेद के हो ? थाहा भय जानकारी पाउ /
Mr Bhim Rawal from EMALE was saying to the BBC that there is not more than १०-२० percent of what the Morcha has expected. Now, Nepali Congress and UML should bring more people to prove their strength. प्रचण्ड ले अब मर्छु बरु झुक्दैन भनेको छ हेरौ कसरि मर्दो रहेछ
कांग्रेस र एमालेले कुनै हालतमा यति धेरै जनताहरुको सहभागी गराउन सक्दैन ! कारण ??
१) नेपालको demography को गणित –> नेपालको देमोग्रफ्य को core ratio १/३ खस-आर्य, १/३ मधेसी र १/३ जनजातिहरु हो ! ३० दलले १/३ + १/३ = दुइ तिहाइ जनसंख्यालाई गणितीय रुपमा प्रतिनिधित्व गर्छ worst case scenario मा !
२) हुलको मनोविज्ञान –> ३० दलले पहिला सभा गर्नुको advantage !
३० दलको सभामा लाखौ मान्छे काठमाडौँको टुडिखेलमा पहिला नै उत्रेको देखे पछि जनताको मनोविज्ञानमा दुइटा कुरा पर्छ ! i) अब कांग्रेस र एमालेको पछि लागेर अर्को भिडको शक्ति प्रदर्शन गर्नु भनेको देशलाइ सिधा सिधा मुड-भेड र ससस्त्र द्वन्दमा फेरी धकेल्नु हो जुन जनता चाहदैन ! ii) कांग्रेस र एमालेले २०४६ साल देखि हाल सम्म २५ बर्षमा दुर-दराजका जनताको aspiration पुरा गरेको भए माओबादि, मधेसी र जनजाती आन्दोलन नै हुने थिएन ! कांग्रेस र एमाले जस्तो नाकाम असफल पार्टीहरुको निम्ति न त सहरको सुबिधा भोगी मध्येम बर्गको जनता मर्न र घाइते हुन् निस्कन्छ, न दुर दराजका उत्पीडित जनता !
यदी कांग्रेस-एमालेको भिड ३० दलको भिड भन्दा आधी हुन् आयो भने कांग्रेस-एमालेको सरकारको सुरक्षा निकायहरु र सरकारी सयेंत्रहरुको मनोबल गिर्छ र ३० दलले झन पेल्छ र निर्णायक आन्दोलन गर्छ ! त्यो ३० दलको आन्दोलनले पुरा सिस्टम collapse हुन्छ !
I have heard about Catmandu and Dogmandu, now with Ratmandu, you really made me laugh.
रायतमान्दु ज्यु/
मैलेयाहालाई “…ज्यु” भनेर्संबोधन गरेको मात्र शिस्ताचार्को कारणलेहो/सी के रावत ले जस्तै नेपाल आमालाई तपाइंले …..नै भन्नु भयन/ तर आफु नेपाली भयकोमा गौरव मान्ने नेपाली भयको भय आफुलाई रायतमान्दु भनेर नेपाल नेपाली र गौरव पूर्ण ईतिहास बोकेको काठमान्दुलाइ यसरि हिज्याउन्दैनथ्यो/
हो तपाइंले भने जस्तै यमाले र कांग्रेसले अहिले मधेसी-मावोबादीले जस्तै हातमा लठ्ठी बोक्ने भिड बटुल्न सक्दैन/ खुला मन्चमा जम्मा जम्मी ३२ हजार अताउञ्छ/ यक्जनाको काख माथि अर्कोलाई पनि बसाले पनि ६४हजार अताउला/ मधेसी मावोबादिले देसभरि बात आफ्नो कार्यकर्ताहरुलाई अनिबार्य भेला हुने पर्ने उर्दी जारि गरेर भेला गरेको भिडमा नेवार समुदाय मै आफ्नो प्रभाव गुमाउंदै गयको पदम रत्नको भिड समेत सामेल गर्दा पनि जावो “यतिचा” भिडलाई के भिड मान्ने?
संबिधान बनाउने कुरा मात्र जातीय पहिचान हुने राज्य बनाउने कुराको कारणले अत्केको होइन मधेश्बादिको पहाड सिट नजोडेको र भोलि उनीहरुले चाहेमा नेपाल बात अलग्गिन समेत सकिने आत्मनिर्णयको अधिकार सहितको सम्पूर्ण तराइलाइ मधेश राज्य बनाउने मागमा सहमत हुन् नसकेकोले हो/
तराइमा नेपालको कुल जनसंख्याको लगभग ४० प्रतिशत बिभिन्न जातको नागरिकहरुको बसोबास छ/ तेस्मा आफुलाई मधेसी नमान्ने र तराइ मधेश होइन भन्नेकै अत्यन्त बहुमत छ/ सम्पूर्ण तराइलाइ मधेशीको मधेस बनाउन चाहनेको उम्मेद्वारहरु यसै कारणले तराइको अधिकाश जिल्लाहरु हारेको हो र अहिले तराइलाइ मधेश बनाउने भन्ने सभासदहरुले सम्पूर्ण तराइको प्रतिनिधित्व पनि गर्दैन र उनीहरुले पायको कुल मत तराइको कुल मतदाको १ प्रतिशत पनि छैन/ यस्तो मधेशबादीले हतियार उठायर तराइ नेपाल बात अलग्याउन र तराइमा रहेको पहादिजातिकालाई धपाउन खोजे/ तर सकेन/ दिल्ली र दिल्लीका नेताहरु गुहारे त्यो पनि काम लागेन र अस्ति भारतको प्रधान मन्त्रि मोदी आउँदा मोदीलाई ताराइलाइ मधेश भनेर सम्बोधन समेत गराउन सकेन/तापनि तराइको ईतिहास मेटेर तराइमा बहुसंख्यामा रहेको नागरिकहरुको पहिचान मितायर तराइलाइ मधेश र तराइ बाशिलाई जवर्जस्ती मधेश बनाउन लोकतान्त्रिक र तरिकाले सम्भव नभय पछि लाठि बोक्नेको केहि भिड देखायर जे गरे त्यो कुरा कुनै पनि रास्त्र्बदी दलले गर्न सक्दैन/ यसो भनेर मैले कांग्रेस यमाले पूराका पुरा रास्त्र्वादी नै भयको भनेको चाहिं पक्कै होइन/ई दुई दलले पनि बिगतमा धेरै ठुलो गल्तिहरु गरेको थियो/
Ratmandu ji, तपैले कसरि नेपाली लाइ १/३ का ३ वोटा समुहमा बाद्नुभो मैले बुझ्न सकिन !!! अहिलेकै जनगडना को तथ्यांक लाइ आधार मान्दा पनि यौटै भाषा धर्म संस्कृति परमपरा संस्कार भएका खसआर्य ( छेत्री, बाहुन, ठकुरी, सन्यासी र पहाडी दलित )) को जनसंख्या लगभग ४२-४५ % हुन्छ !! त्यो बाहेक जनजाति र मदेसिको तथ्यांक कसरि निकाल्नुभयो म जान्न सक्छु ??? किन भने कयोउ जातिहरु छन् जो हामि जनजाति हौ मदेसी हैन भन्ने लै पनि मदेसी मा गाविएको छ !! जनजाति थारुलाई पनि मदेसी भित्र पनि राखिएको छ !!!!
भारत सरकार ले सन् १९८० मा नै नेपालमा ३८ लाख भारतीय आप्रबासी छन् भनेर आधिकारिक रुपमा भनेको थियो !!! तत्कालिन भारतीय पररास्ट्र मन्त्रि पी,भी. नरसिंह राव ले २४ जुलाई १९८० मा भारतीय संसदमा उत्तर दिने क्रम मा नेपालमा ३८ लाख भारतीय मुलका मानिस छन् र ति मद्य २३८७९७३ जनाले नागरिकता पाइसकेका छन् भनेर बयान दिएका थिए !!! त्यो बाहेक look-tantra आएपछि अर्को ३०-४० लाख भारतीय हरुले नागरिकता लिएर नया नेपाली बनेको कुरा त छ्पहरुमा अहिले सम्म पनि आयिनै रहेका छन !!
अहिले “””मधेसी””” भनिने गरिएकाहरु को हुन् वा कसलाई भनिन पर्छ ??? पुस्तौ देखि नेपालको तराइमा बसिरहेका हरु र अहिले बनेका नया नेपाली सबै हुन् कि ?? तिनीहरुमा थारु र अरु जजनाती जो आफुलाई मदेसी भन्न मन नपराउने हरु मदेसी हैनन कि ??? पुस्तौ देखि तराईमा बसेका पहाडिया हरु पनि मदेसी नै हुन् कि ?? वा यो ३०-४० वर्ष भित्र नेपाली नागरिकता लिन सफल भएका लगभग ७०-८० लाख भारतीय आप्रबासी मात्र मदेसी हुन् ???
जय नेपाल, जय नेपाली
तत् जे मन लाग्यो त्येही बोल्ने ???
बाहुन र (छेत्री, ठकुरी, सन्यासी, र दलित) कसरी एकै संस्कृतिको हुन्छ ???
के (छेत्री, ठकुरी, सन्यासी, र दलित) ले काट्टो खान्छ ?
के (छेत्री, ठकुरी, सन्यासी, र दलित) ले पितृको भागको पिण्ड खान्छ ?
के (छेत्री, ठकुरी, सन्यासी, र दलित) ले दान-बध्दु गरेर हिड्छ ?
के तपाई एमालेको कार्यकर्ता हो- जनाई लाउने छेत्री ??? राम राम राम राम
Yes बिदेशी दलाल you know everything .
You want to divide Nepal in the name of ethnicity because that is the strongest point of Nepal. After there is violence between different ethnic groups and religions you are going to poke your long nose in Nepal’s affairs as if you know every thing.
Nepal will never be like Iraq or Libya. And stop ratting your nonsense here.
खालि एउटा साईड(मन्च) तिरबाट खिचिएका तस्बिर राखेर अनुमान गर्नुले सहि डाटा देखाउदैन।जिआइएस सफ्टवेयरबाट हेर्दा ३७ हजार ८२ वर्गमिटर देखिनु सहि भएतापनि एक मिटरमा चार जना उभिएर बस्न सक्छ तर पलेटि कसेर दुईजना भन्दा बढि बस्न मिल्दैन। यसहिसाबले पुरै एरियामा टम्म मिलेर बसेको मास हुने हो करिब ७४ हजार त्यहाँ अटाउने क्षमता हुन्छ। मन्च अगाडि नै प्रष्ट ठुलो भागमा जनमास पातलो देखिन्छ,यसैगरि अन्यतिरका ल्याप्सहरु घटाउदा ५० हजार जति हुनुपर्छ।
अर्को हाल्भिङ मेथडबाट मासलाई अनुमान गर्यो भने करिब ४० हजारजति जनमास थियो।
भेडाहरुको जमात देखेर माया लागछ।
आफ्नै देश भित्रको दाजुभाइ-दिदीबहिनी नेपाली समुहहरुको जातियेता (=Internal Nationality) झल्किने प्रदेशको नाम सहित १० प्रदेशहरु र प्रत्येक्ष राष्ट्रपति प्रणाली मान्छ भने कांग्रेस र एमाले जोइ-पोइ (Husband-Wife) संग बार्ता गरे हुन्छ, नभए बिद्रोहको लागि राजनीतिक भुमि fertile (=उर्वर) छ !
फागुन १६ को टुन्डीखेलको माहासागरले ३० दललाई त्येहि implicit (=अव्यक्त) राजनीतिक सन्देश दिएको छ ! प्रचण्ड र बाबुरामले खुट्टा नकमाउने हो भने २५० बर्ष पुरानो नेपालको केंद्रिकित एकल जातिय राज्यमा ठुलै हेरफेर आउने प्रवल सम्भावना छ !
अब यो अपार जन-सहभागिता पछि प्रत्येक्ष राष्ट्रपति प्रणालीको मुद्दा छोड्नु मुर्खता हुनेछ ! ४७ साले भुतहरुको भुत बंगला भनेको ४७ साले संसदीय प्रणाली हो !
अब एक चोटी बहुमत छ भनिएका कांग्रेस एमाले ले पनि आफ्नो मान्छे देखाउनु पर्यो | काउन्टर दिने हो भने उसले मान्छे देखायो – एसले पनि मान्छे नै देखायो |
उसले लाठि देखायो – एसले पनि लाठि नै देखायो | उसले बन्दुक देखायो – एसले पनि बन्दुक नै देखायो | काँ यार म त् तपाइहरुले के गर्दो रे छ भनेर जिस्केको पो त् भन्दै अंगालो मार्न आयो , एसले पनि अँगालो मार्यो | फेरी नेता नेता नजिकिए , खाने ,खुवाउने मा एक मत भए | आस्ति तपाइँ हरुले त् गजब आन्दोलन गर्नु भो नि , हरेक साल येक आन्दोलन गर्ने हो कि भन्दै बाजे नेता हरु प्रचण्ड , माकुने ,ओली ,सुसिल जनै काँना मा राखेर चास्स ,चुस्स , जनता , जनता एक आपस मा सँधै ठास्स ,ठुस्स |
क्या मजा छ बाजे हरु नै आन्दोलन कारी को नेता , बाजे हरु नै कांग्रेस एमालेको नेता, बैद्द्य बाजे झन् घोर क्रान्तिकारी |
आब रबिन्द्र मिश्रले खिचेको हेर्नुछ खालि कता कता छ भनेर |
हाहा. अनि त्यो फोटोमा अझ कनकमणि को क्याप्शन पढ्नुपर्छ….
सत्य कुरा भन्नुपर्दा मान्छेहरु त कत्तिपनि देखिन है मैले ,
तिनीहरु त ३० दलले देशभरबाट जम्मा गरेका भेडाबाख्राहरु हुन् , काठमाडौँ पनि हेरिने, मुख पनि फेरिने क्या मज्जा !!
नेता भनौदाहरु खुसि होलान यी सबै हाम्रा मतदाता भनेर , नापेऔ दाम्नाहरु !!!
जनावरले मान्छे काँ पो देख्छ र?
त्यो पन्नी अझै आखा रतन्धो वा कलर ब्लाइण्ड भयको अझै मानासिकतानै स्वोइन फ्लु भयको जनावरले टिडिखेलमा देशको परिवर्तन र प्राप्त उपलब्धि सस्थागत गर्न अनि आफ्नो हक अधिकार को लागि जम्मा भयको लाखौ जनताहरुलाई मान्छे कसरि देख्छ र?
एसो पाटन अस्पतालमा भर्ना हुन जादा हुन्छ ढिलो नगरौ!
लौ लौ, अहिलेसम्म जनजातिलाई भेडा बाख्रा नै बनायौ| त्यै मनस्थितिले गर्दा त जबर्जस्त
प्रदेशको मांग चम्केको छ र सत्तारुढ दलहरुमा नियुक्तिको भागबण्डा झन्झन् गम्केको छ| यो देख्न जात जातको चश्मै लाउन पर्दैन| एउटा सच्चा नेपाली भए पुग्छ|