Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माघको जाडोमा भुँडी देखाउँदै स‍ंविधान माग्नेहरु

Posted on January 17, 2015January 17, 2015 by Salokya

Yuwa_Sangh_Nepal (2) माघ ८ मा एक थान संविधान जसरी पनि चाहियो चाहियो भन्दै प्रदर्शन गर्ने क्रममा युवाको एउटा समूहले आज नयाँ उपाय निकाले। कम्मरमाथिका सबै लुगा खोल्ने। माघको जाडोले पनि छोएन उनीहरुलाई। यस्तो ‘साहसी’ काम गर्ने चाहिँ सत्तारुढ एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताहरु। युवा संघका अध्यक्ष महेश बस्नेत त मन्त्री भइगए। त्यसैले उनी नाङ्गिनु परेन। अरु कार्यकर्ता चैँ मज्जैसँग नाङ्गिदिए।

एउटा अप्ठेरो चैँ पर्‍यो। केटाहरु त कम्मरमाथिको लुगा खोल्ने, केटीहरुले चैँ के गर्ने ? लास्टमा उपाय पनि निस्कियो।

Yuwa_Sangh_Nepal (2)

थरिथरिका जीउ।

Yuwa_Sangh_Nepal (3)

केटीहरुले चैँ खोल्ने होइन, छोप्ने। अनुहार छोप्ने। किन ? भरे बाबुआमाले देख्लान् अनि तँलाई मोरी, नाङ्गै भाको जुलुसमा जान्छस् भनेर गाली गर्लान् अनुहार देख्यो भने चिनेर भनेर होला शायद्।

Yuwa_Sangh_Nepal (4)

केटीहरुले त्यही भएर होला अनुहार छोपेका छन्। तर बुर्का चैँ लगाएका हैनन्।

Yuwa_Sangh_Nepal (5)

टाउको र मुख छोपे पनि चिन्नेले त अनुहार देखेरै चिनिहाल्लान् नि।

Yuwa_Sangh_Nepal (6)

युवा यसरी नाङ्गिए पछि ठूलै दबाब पर्‍यो होला। कि कसो ?

Yuwa_Sangh_Nepal (7)

Yuwa_Sangh_Nepal (8)

एउटा सेल्फी पनि खिचिहालौँ न।

Yuwa_Sangh_Nepal (9)

जनै भाका, जनै नभाका।

Yuwa_Sangh_Nepal (10)

अब संविधान नबनेर भो?

Yuwa_Sangh_Nepal (11)

कम्मरमाथिको मात्रै होइन कम्मर मुनिकै लुगा खोले पनि वा चिसै पानीले नुहाए पनि संविधान माघ ८ मा नबन्ने पक्का भइसक्यो। अहिले होइन उहिलेबाटै। तर पनि जनताका आँखामा छारो हाल्न अझै पनि माघ ८ को रट लगाएकै छन्।

Yuwa_Sangh_Nepal (1)

11 thoughts on “माघको जाडोमा भुँडी देखाउँदै स‍ंविधान माग्नेहरु”

  1. भुवन लिङदेन says:
    January 21, 2015 at 7:19 pm

    केपी ओली को जुम्रहरुलाई केको जाडो ,

    Reply
  2. rajesh rai says:
    January 20, 2015 at 9:06 pm

    देसै नांगियो त् केहि फरक छैन .जाबो १०-१२ जना युवा नंगियेरा तातो न छारो /

    Reply
  3. Sara says:
    January 20, 2015 at 9:45 am

    येत्रो वर्ष भैसक्यो uniharule Sittaima भत्ता पचाको माघ ८ गतेको दिन सबै janta हरु गएर संबिधान बनाउने ठाउँ घेरा हाल्नु पर्छा संबिधान nabanauda Samma त्या बात निस्कन nadie भोकै तेइ भित्र दिशा पिसाब Tehi हुनेगरी राख्नपर्छ बल्ल ठिक हुन्छा chor हरुलाई!

    Reply
  4. som says:
    January 19, 2015 at 10:39 am

    माइ संसारले एक दुइ महिना अगाडी नै एउटा लेख ल्याएको थियो . .संबिधान माघ ८ मा बन्दैन भनेर ….खै अब त माघ ८ मै आउला जस्तो भो त मित्र ?

    Reply
    1. Salokya says:
      January 20, 2015 at 9:31 pm

      हेर्दै जानु मित्र । अझै पनि नेताहरुले भ्रममै राखेका रहेछन् हैन तपाईँ जस्तालाई माघ ८ मै आउँछ भनेर !

      Reply
  5. Bhaktapure says:
    January 19, 2015 at 12:39 am

    हैन समानताको जमाना छ आखिर मुखै छोप्ने भए त कम्मर माथि देखाकै भएनी हुने नी महिला महोदयले । त्यसो गर्या भे संविधान बन्ने पक्का थ्यो । मौका अझै छ क्यारे । 😉

    Reply
  6. kiran says:
    January 18, 2015 at 11:14 am

    येसो सिक्स प्याक पनि देखिएला भनेको त ……six pack coming soon पो रहेछ

    Reply
    1. सिर्जने says:
      January 21, 2015 at 2:30 am

      नेपाली युबा नेताको सिक्स प्याक हेर्न त यो जुनीमा पाइदैन किरण जी, त्यो नेपालको संबिधान भन्दा दुर्लभ छ /

      Reply
  7. Chiran says:
    January 18, 2015 at 6:31 am

    जनताको लागि सेवा गर्ने , काम गर्ने प्रण गरेर जनता दिन बडाउने भत्ता पचाउने भनेर , संसद र संबिधान लै मागी खाने वन्दो बनाउन लै vot दिएर जुटाएका होइन् , येदि माघ ८ मा सम्भिधान दिन सक्दैनन् वने हामी कार्यकर्ता नांगिने होइन कि यी संसद् सारुलाई येसरिनै नांगै बनेयेर शिम्ह दर्बार को गेटमा राख्नु पर्छ र आब आइन्दा दरबार भित्र छिर्न बाट रोक्नु पर्छ . जनताको इच्छा र चाहना नबुझी आफ्नै शवार्थ र फाइदा मात्र लिप्त हुने लाइ जनताको के वास्ता छैन. तेसैले माघ ८ पछि सम्पूर्ण जनताले आफ्नै किसमले नियम कानून बनउने नै आजको आबस्येकता हो .

    Reply
  8. xyz says:
    January 18, 2015 at 6:24 am

    Basically, CPN-UML is NGO driven party, therefore, its fraternal organizations are good at creating all kinds of nataks. The important question to ask is: where do they get fund from?

    Reply
  9. Shankar says:
    January 17, 2015 at 11:12 pm

    ये भन्देवो तिनलाई ,
    संबिधान त् भट्टीमा मा पो पाइन्छ ,
    संबिधान निल्न ,
    राँगोको को सुकुटी चाइञ्छ,
    संबिधान को लागि बिर्को खोल्नु पर्छ |
    बिर्को खोल्नु अगि बेस्करी घोल्नु पर्छ |

    संबिधान नेताहरुको खात्ल्तिमा हैन ,|
    संबिधान माटोमा पाइन्छ ,
    कपि , पेस्ट गरेर हुन्न अब ,
    खन्न को लागि कोदाली नै चाइञ्छ ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme