Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विप्लव ब्रो, स्कूले विद्यार्थीलाई जबर्जस्ती भाषण सुनाउन ल्याउने? यस्तो पाराले चल्दैन है !

Posted on December 26, 2014December 27, 2014 by Salokya

Biplab_ktm_sabha (12)
त्यहाँ ठूलो ब्यानरमा हेर्नुस् के लेख्या छ? राजनीतिक सभा। अनि मुन्तिर दर्शकहरु हेर्नुस् को छन्? स्कूले विद्यार्थी! तीन वर्ष नपुग्दै तीन टुक्रा भएको माओवादीको पछिल्लो टुक्रा विप्लव चर्को कुरा गर्ने ‘क्रान्तिकारिता’का कारण चासो र चर्चाका विषय बनेका छन्। माओ दिवसका दिन एमाओवादी पेरिसडाँडामा, बि माओवादी (वैद्य) पार्टी प्यालेसमा सीमित भएको बेला यो सि (चन्द) माओवादीले के खुलामञ्चमा सभा गरेर के चैँ घोषणा गर्छन् भन्नेमा सबैको ध्यान थियो। देशभरबाट मान्छे थुपारेर उधुमै गर्लान् कि भन्ने थियो। तर देखियो यस्तो।

हो, विप्लवले जवाफ मागेका कतिपय प्रश्न जायज छन्। सर्वहाराको नेता बनाएर काठमाडौँ पठाइएकाहरु किन अर्बपति भएर बिग्रिए? किन विलासी जीवन जिउँछन्? किन धन कमाउनमा जोड दिन्छन्? नायक बनाएर पठाएकाहरु किन जोकर बनेर फर्किए?

तर यो सुनाउने आठ, नौ क्लासका भाइबहिनीलाई होइन। जबर्जस्ती स्कूलबाट ल्याएर यस्ता भाषण सुनाएर फेरि पुरानै नेताहरुले गरेको गल्ती किन दोहोर्‍याउँदै?

अझ हेडसर हेर्नुस् त कति नालायक ! यो शान्ति निकुञ्ज स्कूलका विद्यार्थीले भिडियोमा पढिरहेको बेला हेडसरले नै टुँडिखेल जाऊ भनेर पठाएको भनेका छन्।

बिचरा विद्यार्थीहरु रनभुल्लमा परे होलान्। विद्यालय शान्ति क्षेत्र भनेर घोषणा मात्रै गर्छ सरकार, यस्ता कुरा रोक्न सक्दैन। देखिन्छ अनि यस्ता दृश्य-

Biplab_ktm_sabha (16)

Biplab_ktm_sabha (15)

Biplab_ktm_sabha (14)

Biplab_ktm_sabha (13)

Biplab_ktm_sabha (12)

Biplab_ktm_sabha (11)

Biplab_ktm_sabha (10)

Biplab_ktm_sabha (9)

Biplab_ktm_sabha (8)

Biplab_ktm_sabha (7)

Biplab_ktm_sabha (6)

Biplab_ktm_sabha (5)

Biplab_ktm_sabha (4)

Biplab_ktm_sabha (3)

Biplab_ktm_sabha (2)

Biplab_ktm_sabha (1)

विप्लवले गर्ने चाहिँ के त !
विप्लवले के भाषण गर्लान् भनेर सुन्न गएको त सबलाई गाली मात्रै। प्रचण्डलाई नि गाली, वैद्यलाई नि गाली। कांग्रेसलाई नि गाली एमालेलाई नि गाली।

माओवादी तीन टुक्रा भइसकेको बिर्सेर हिङ नभए पनि हिङ बाँधेको टालो छ भन्या जस्तो द्वन्द्वकालमा ८० प्रतिशत भूभाग कब्जा गरेकोले दुई तिहाई हामीसित छ पो भन्छन् त।

जनयुद्धमा दुःख गरेर लडेकाहरु अहिले भोकै छन्, बेपत्ताहरु अहिलेसम्म फेला परेका छैनन्, क्रान्तिलाई धोका दिए भनेर उनले जोकर बनेका नायक नेताहरुबाट दिक्क भएकाहरुको सहानुभूति त पाउन खोजे। तर गर्ने के त भन्नेमा चाहिँ केही कार्यक्रम बताएनन्।

शान्ति नै खोजेको हो रे। युद्ध लड्ने हैन रे। त्यसो भए वैद्य माओवादीसँग के फरक रह्यो र? फेरि युद्ध लडेर फेरि त्यस्तै नहोला भन्ने के ग्यारेन्टी ? आखिर गरिबको ढाड र लाशमा टेकेर नै हो शक्तिवान बन्ने। अहिलेलाई हामी त्यस्तो हुन्नौँ, धोका दिन्नौँ भने तर यो त सब भन्ने कुरा न हो।

उनको माग थियो संविधान सभा भंग गर्नुपर्छ। अनि समानताका आधारमा सत्ता साझेदारी गरिनुपर्छ। अर्थात् उनलाई पनि भाग चाहियो।

हेर्नुस् सभामा विप्लवको पारा भिडियो-

22 thoughts on “विप्लव ब्रो, स्कूले विद्यार्थीलाई जबर्जस्ती भाषण सुनाउन ल्याउने? यस्तो पाराले चल्दैन है !”

  1. prabesh says:
    December 29, 2014 at 7:00 am

    हाम्रो पालामा बुर्जुवा शिक्षा भन्थ्यो अहिले प्राक्टिकल शिक्षा लागुगर्न लाई होला

    Reply
  2. Aakash says:
    December 28, 2014 at 10:16 pm

    यी प्रचन्ड, बैद्य र बिप्लव जस्ता psycho हरु नेपालमा मात्रै जन्मिन सक्छन् । सभ्य समाजको बीचमा भएको भए त यिनीहरुको अस्तित्व उहिले नै समाप्त भईसक्थ्यो |

    Reply
  3. chintan says:
    December 28, 2014 at 12:10 pm

    hello , मित्रजी उक्त video हेरे र म लज्जास्पद भएय यो माओबादी को खेल देख्दा , यिनीहरुले धन्दकालिन समयमा नाबालिका र नाबलाखारुको सिक्ष देखि बन्चित गराई janyudha मा प्रयोग गरेका थिए . कलम र कापी हात मा हुन पर्ने मा बिबस बन्दुक रअ बारुद थामेय्का थिए .स्कूल र पाठसाला माओबादी camp र त्रैनिंग सेन्टर थिएय. सिक्चक र गुरुहरुको यातना एवं कत्लेहम भएय्को थियो जहाँ की कामरेड को नेताहरुको छोरा छोरि हरु चाही विदेश मा आलिसान होस्टेल मा बसेर ऊचा उछ स्तुर को सिकचा प्रदान गरिरहको थियो हेर्नुहोस माओबादी सरकार आएय गये तर ति निर्मम सोज सजा गाउले जनताको रगत को अहिले सम्म क हि मुल्याकन भएय्को छैन. उल्टो तिनी हरु कति एस गरि रहेको छन् [ अब कुनै पनि नेता र भरेदार ले बल बाचा को सिक्ष्या को हनन गर्न पाउने छैन सरकार ले चाडै यस्तो पार्टी र संस्थालई सजाई दिन paro

    Reply
  4. रविन says:
    December 28, 2014 at 11:54 am

    थुक्क पाखण्डी अतिबादी कम्युनिष्ट हो तिमीहरुलाई अलिकति पनि राष्ट्र र जनता प्रति र आधुनिक समाजको विकास र उन्नति प्रति ज्ञान छैन ? यी कलिला स्कुले केटाकेटीलाई उग्र भाषण सुनेर के चाहिं उपलब्धि हुन्छ भन्ने सोच बनाएको??

    Reply
  5. ekraj says:
    December 28, 2014 at 5:38 am

    हेर कमनिस्ट का नाम्मा अनेक किसिम मा बिद्वान्स्वकारी रुप लिएर नेपाल मा आतंक र लुट को बेपार फौलाने काम नगर| यी साना साना नानी हरुले तिम्रो के बिगारेका छन् र इनको दिमाग मा बिख भरेर इनको भविस्व संग खेलवाड गरेको? स्कुलका नानीहरुको आम बाबु सतर्क हुनु पर्ने बेला आयो|

    Reply
  6. Gajen Tamang says:
    December 28, 2014 at 2:26 am

    यो बिप्लब कि के जाति कमरेड ले आफ्नो शक्ति राम्रै प्रदर्शन गरेछ। सबै स्कूलको बिद्य्यर्थी हरु जम्म पारेर क्रान्ती कारी भाषण सुनाउन भ्याएछ। यस्त नालायक को पछि को लाग्ने हुन। हेर्न बाकि नै छ। यस्त क्रान्ति को खेती गर्नेलाई पनि जनताले राम्रै पहिचान दिई सकेको छ। आफुले नपाइन्जेल का मात्रै यी हरु देखावटी शिकारी हुन वास्तबमा यी हरु कोही क्रान्तिकारी हँदै होईनन्। यो मेरो निश्कर्ष हो। यी हरुले माओको बाद कति जानेका छन कुन्नि।सायद छैन। माओ देश अहिले जुन गतिमा आर्थिक बिकासको उडानमा छ। मलाई लाग्छ उनकै दर्शनको जग बाटै सुरु भएको हो , दुईमत नै छैन। अनि हाम्रो मावोबादी सँग केछ? कस्तो खालको दर्शन छ यी हरु कि हामी पत्यऊ । त्यस्तो केही नभएपछी त कस्ले सुन्ने कस्ले पत्याउने। अनी स्कूले बिध्यर्थीको भएनी सदुपयोग गर्नु परेन?

    Reply
  7. diwakar says:
    December 28, 2014 at 1:55 am

    त्यो हेडमास्टर लाइ तुरुन्त कारबाही गर्नु पर्छ !! संसार बाट विलुप्त भैसकेको कम्युनिष्ट किन नेपाल मा जगजगी त ,यसका कारण हरु
    १. नेपाल को गरिबी !गरिबी भनेको कम्युनिष्टको जननी हो ! माओबादी द्वन्द काल मा पश्चिम नेपाल मा धेरै प्रभाब थियो पूर्व नेपाल भन्दा एसको मूल कारण नै येही हो !! अब हाम्रो देश मा गरिबी को खेति हुन्छ !! कोहि गरिबी मै बाच्न चाहन्छन !!! गरिबी मन पर्छ !! अरु परिश्रम र बुद्दी लगाएर धनि हुन खोजे सामन्त को बिल्ला बिराउनु उसको धर्म हुन्छ !! आफ्नो असफलता र अरु को सफलता देखि इर्श्या गर्छ !! खोसेर लिनु पर्छ भन्ने वकालत गर्छ !!आफु लाई सर्बहारा को नायक को रुपमा प्रस्तुत गर्छ !! सबै कुरामा हारेका लाइ सर्बहारा भनिन्छ !! अब जसको नियत नै हार्नु छ त्येसले अरु को सफलता मा कसरि खुसि मनाउछ ? यो असम्भब हो !! येस्ता मान्छे हरु १ नम्बर का ढोंगी र चटके मात्रै हुन् !

    २. प्रजातान्त्रिक सम्बन्धि सामग्रीको अभाब : सुन्दा हासो उठ्छ ,नेपाल मा यदी कसैले राजनीतिक पार्टी बनाउन चाहन्छ भने उसले कम्युनिष्ट मार्क को पार्टी बनाउछ !! कम्युनिष्ट पार्टी बनाउने र विस्तार गर्ने बजारमा पुस्तक पाइन्छ !! बागबजार मा खुलेका अनगिन्ति प्रेस ले निकाल्ने किताब हरु मुख्यत कम्युनिष्ट सम्बधि नै हो !! यो कम्युनिष्ट बढाऊने ब्यापार हो !! त्यसैले नेपाल मा रहेका प्रजातान्त्रिक व्यक्ति हरुले प्रजातान्त्रिक दल बनाउने प्रकिया को बारेमा पुस्तक लेख्नु होला !!

    ३. पूर्व सोभियत संग प्रतिको मोह ; अचम्म छ सोभियत संग विघटित भएको येत्तिका बर्ष भए पनि नेपाली कम्युनिष्ट हरु लाइ यसको भुत ले अहिले सम्म छोडेको छैन !! आर्थिक रुप मा कम्जोर हरु लाइ गास बास र कपास को आस्वासन बाड्छन् !! आफ्नो सरकार आएमा यी सबै सित्तैमा दिने काम पनि दिने पैसा पनि दिने भन्छन् !! सस्मरण रहोस पूर्व सोभियत संग मा सबै सरकारी थिए र सरकार ले नै सबै कुरा नागरिक लाई दिन्थ्यो !!त्येत्रो धनि मुलुक ले त त्यस्तो व्यवस्ता धान्न सकेन नेपाल ले धान्छ भन्नु तर्क संगत नै होइन !! नेपाल का कम्युनिष्ट कार्यकर्ता हरु एक किसिम को भेडो हुन्छन् !! नेता को अगाडी असली कार्यकर्ता हु भनेर देखाउछन् !!

    Reply
  8. pramod paudel says:
    December 27, 2014 at 9:55 pm

    माओबादी लुटेरा संग लाज शरम डर भन्ने कुरा छ र ..?

    Reply
  9. नयन says:
    December 27, 2014 at 11:59 am

    भन्दाखेरि बाजेहरु (दाहाल, बैद्य, बाबुराम र सीपी, आदि) को देखावटी र भरोसाहीन नेतृत्व काम लाग्दैन भनेर अर्को पार्टी खोल्ने अनि सर्बदलीय सरकार बनाए आफु सहभागी हुन् पाउने अवसर ताकने तर बिद्यार्थी र जनजातिलाई प्रयोग गर्ने गुरुमन्त्र कायमै राख्ने बिप्लवजी? यो त् भेन है|

    Reply
  10. Suraj Maskey says:
    December 27, 2014 at 10:28 am

    हे पशुपतिनाथ नाथ !
    को छैन अहिले नेता नेपालमा बदमाश ? !!

    बड़ों गाह्रो भयो नेपालीहरुलाई !
    तपाईको हाथमा छ हाम्रो उद्धार !!

    तेस्रो जन-आन्दोलन गराई दिनुस् नेपालमा !
    मुक्ती गरी दिनुस् यस्ता भ्रष्टहरुलाई यस भूमि बाट !!

    प्रभु अब तिम्रो नै एक सहारा !!!

    सुरज मास्के

    Reply
  11. Madhab Bhattarai says:
    December 27, 2014 at 9:50 am

    थुक्क !!! एस्को बुद्दि !! येस्ताले देश बनाउने ? क्रान्ति गर्ने ? ओठ निचरे दुध आउने भानटांग भुनटुंग जम्मा पारेर ठुला कुरा गर्छ /

    Reply
  12. Zan rii says:
    December 27, 2014 at 8:42 am

    School को Parents day जस्तो पो देखियो!

    Reply
  13. jeevan verma says:
    December 27, 2014 at 8:38 am

    ह्याम्ग्रेट,
    शायद बुझुनु भएन होला मेरो संबोधन, हाम्ग्रेट भनेको धेरै हाम गर्ने ( अ great eater ) | तपाईका गफ सुन्दा लागेको थियो, नेपालका महान फटाहा,नेपालका न भुतो न भबिश्यति, महान लेन्डुप दोर्जे , देश टुक्र्याउन लागि पर्ने, ऐतिहासिक फटाहा, देश द्रोही, छबिलाल दाहाल बाट केहि सिक्नु भयो होला, तर तपाई को पहिलो आम सभा देख्ता लग्छ तिमि हरु पनि पनि उनै महान लेन्डुप दोर्जे कमरेडको पद छापमा हिड्दै छौ | तिमि हरु को यहि पारा हो भने तिम्र पनि दिन धेरै टाडा छैनन | के कहिले पत्रिका पदने गर्छौ? अनि के थाहा छ नेपाली जनता छबिलाल लाई कति घृणा गर्छन ? के यस बाट तिमि ले केहि सिक्ने चेस्टा गर्यौ ? यदि यी सबै का उत्तर नो छन् भने तिमि हरु सबैका दिन धेरै टाडा छान्न अब | तिमीहरु सबै – छबिलाल, बैद्य बा र तिमि सबै फटाहा हौ. यति फटाहा कि गिरिजा र ओली जस्ता नालायकलाई पनि बिर्सिन बिर्सिन थाले जनता ले |

    तिमिलाई लाज लाग्दैन स्कूले विद्यार्थी ल्याएर भासन सुनाउन? अनि भन्न कि देश मा केहि गर्नु छ वा गर्छौ ?
    .

    Reply
  14. Shankar says:
    December 27, 2014 at 8:13 am

    विप्लब अहिले प्रचण्ड पथ मा हिडेका हुन् | यहि हो प्रचण्ड पथ , दिउसै रात पार्न खोज्ने , सौ झुठ बोल्ने , सके सत्ता मा पुगेर लुट्ने न सके झरेको पनि चाट्ने , कहिले काही आफै आफ्नो पासोमा फस्ने |
    काम न गरि खान न पुग्ने जाँगरिला नेपालि युवा कतार को ४५ डिग्री मा काम गर्न व्यस्त छन् | कोइ समुद्र पार पुगेका छन् , राजनीतिलाई बिजनेस बनाएका , लुट पाट लाइ पेसा बनाएका , काम भन्दा बढी हल्ला गर्नेहरु विप्लब को कित्ता मा छन् | उनीहरु सा ना ब्यापारी थर्काएर , अलि अलि खाने भन्दा देश को बजेट उनीहरुको ध्यान छ , तेसैले एकै चोटी कुम्ल्याउन तेती ठुलो कुरा गरेको छ |
    जति मानिस उग्र हुन्छ तेती खतरनाक हुन्छ | हेरौ माउबादी को नेता हरु , र उनीहरुको क्रियाकलाप |

    Reply
    1. jeevan verma says:
      December 27, 2014 at 8:34 pm

      १०० प्रतिशत सहि | यी डाका हुन् | सबै कमुनिस्ट हरु ( नेपाल क चाही ) डाका, चोर, फटाहा, हुन् | यसमा एमाले नाम धारी गुण्ड हरु को जमात पनि आ उ छ |
      कांग्रेस त जनता जात फटाहा हरु को मण्डली नै हो | देस मा बंछा अब गारो भो |

      Reply
  15. neerose says:
    December 27, 2014 at 2:03 am

    यो त केटाकेटी आयो गुलेली खेलायो मट्याङ्ग्र सत्यानाश भन्दा अरु केहि हुने छैन!
    बिप्लापेलाई रहर लाग्या अध्यक्ष बन्ने र भाग चाहियको ले यत्ति गर्न पुगेको छ!
    खुट्टी हेर्दैमा चाल पाइन्छ हो कत्तिको गर्ला भनेर!

    Reply
  16. kedar says:
    December 27, 2014 at 12:47 am

    स्कुले नाबालकहरुलाई चलीराखेको कक्षा नै बन्द गरेर पार्टीको झण्डा बोकाएर भाषण सुन्न पठाउने त्यो हेड मास्टरलाई अख्तियार लगाउनु परो साथी हो नत्र अरु हनुमान हरु जन्मिनबाट रोक्न सकिंदैन |

    Reply
  17. jeevan verma says:
    December 27, 2014 at 12:02 am

    हाम्ग्रेट

    शायद बुझुनु भएन होला मेरो संबोधन, हाम्ग्रेट भनेको धेरै हाम गर्ने ( अ great eater ) | तपाईका गफ सुन्दा लागेको थियो, नेपाल का न भुतू न भाबिश्यति, नेपाल का लेन्डुप दोर्जे , देश तुक्रौन लागि पर्ने ऐतिहासिक फटाहा, देश द्रोही, छबिलाल दाहाल बाट केहि सिक्नु भयो होला भन्ने लागको थियो, तपाई पनि उनकै पद छाप मा हिडेको देख्दा लग्छ तपाई का पनि दिन धेरै टाडा छैन | परि बाट अलि अलि नुन तेल आउदै छ जस्तो लग्छ | तिमि हरु सबै – छबिलाल, बैद्य बा र तिमि सबै फटाहा हौ. यति फटाहा कि गिरिजा र ओली लाई पनि बिर्सिन थाले जनता ले |

    तिमि लाई लाज लाग्दैन स्कूले विद्यार्थी ल्याएर भासन सुसौना अनि भन्न कि देश मा केहि गर्नु छ.

    देश द्रोही ज्यान मार तिमि हरु लाई हेगमा लगेर सुली दिने पर्ने ???

    Reply
  18. bijay says:
    December 27, 2014 at 12:00 am

    पातकी को परेछ त यी नया खाओबादी नेता त /
    पढ्ने उमेरका बच्चाहरुलाई भाड्न खोज्ने येस्तालाई कालोमोसो दलेर खुलामन्चमा ल्याउनुपर्छ अनि मात्र स्कुलका बच्चाहरुलाई राम्रो संदेश जान्छ /

    Reply
  19. Vishnu Prasad says:
    December 26, 2014 at 11:56 pm

    परेंट्स take care of your children from becoming terrorist. USA has just lifted the terrorist TAG from Moist who destroyed peace of our society. Lots of family members are still missing. Again these heartless people want same situation to develop, why????

    Reply
    1. Bajra Kumar says:
      December 28, 2014 at 12:27 pm

      हामी के अमेरिकन कुकुर हो र ? अमेरिका के गणतन्त्र छ भनेर सोच्नु गलत हो / अमेरिका र
      ब्रिटिश ले थर्कायो काम्ने नेपाली होइन / भुस्या कुकुकुर मात्र खान नपाएर डराउनछ /

      Reply
  20. narayan says:
    December 26, 2014 at 11:31 pm

    हे तथाकथित बिधोंग्सकारी नेता विप्लप तिमि हरुलाई लाज लाग्नु पर्ने हो कि स्कूल का
    साना साना बाचा हरुलाई बोलाएर जनता छन् भन्ने देखाउने कुलत मा लगाउने ? तिनै student एक दिन तिमीहरुको ढाड भाच्ने छन् ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme