Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माओवादी वाइसिएल ब्युँताएर लट्ठी बोक्दै सडकमा

Posted on February 24, 2015 by Salokya

Maoist_YCL_Laathi (1)

अब संविधान सभाभित्रको द्वन्द्व सडकमा विस्तार हुने भएको छ। प्रश्न स्रस्न बनाएर रेडी भए पनि सत्ताधारीहरुले बहुमतको शक्ति देखाउन हिच्किचाइरहेको बेला माओवादी सडकमा शक्ति देखाउन लागिपरेको हो। खास कार्यक्रम त फागुन १६ गते हो। प्रचण्डको भनाई अनुसार ‘राजनीतिको कोर्स बदल्ने प्रदर्शन’। तर आजै यसो तर्साउन वाइसिएल स्वयंसेवकको रातो टोपी लाएर हातमा बाँसको भाटा बोकेर उनीहरु सडकमा उत्रिए। सडक कब्जा गर्ने क्रममा दुई चार जना मोटरसाइकलवालाको जिउमा समेत बर्सियो उनीहरुको लट्ठी।

Maoist_YCL_Laathi (8)

लट्ठी बोकेर प्रदर्शन गर्न तयार।

Maoist_YCL_Laathi (3)

पुरुषहरु मात्रै हैन, महिला पनि थिए वाइसिएल।

Maoist_YCL_Laathi (4)

प्रत्येकको हातमा थियो लट्ठी।

Maoist_YCL_Laathi (9)

वाइसिएल स्वयंसेवकको टोपी लगाएका प्रदर्शनकारी।

Maoist_YCL_Laathi (10)

Maoist_YCL_Laathi (13)

वाइसिएल सुन्दरी।

Maoist_YCL_Laathi (16)

वाइसिएल सुन्दरी।

Maoist_YCL_Laathi (17)

हाँसोमा भुतुक्कै नहुनुस् है, हातमा लट्ठी पनि छ।

Maoist_YCL_Laathi (18)

भृकुटीमन्डपबाट जुलुसका लागि तयार हुँदै।

Maoist_YCL_Laathi (19)

अर्की वाइसिएल सुन्दरी।

Maoist_YCL_Laathi (21)

Maoist_YCL_Laathi (22)

Maoist_YCL_Laathi (24)

Maoist_YCL_Laathi (26)

Maoist_YCL_Laathi (27)

Maoist_YCL_Laathi (28)

Maoist_YCL_Laathi (29)

Maoist_YCL_Laathi (30)

Maoist_YCL_Laathi (31)

Maoist_YCL_Laathi (1)
यसरी बर्सिएको थियो सर्वसाधारणको टाउकोमा लट्ठी। आक्रमणका थप फोटो यहाँ हेर्नुस्।

36 thoughts on “माओवादी वाइसिएल ब्युँताएर लट्ठी बोक्दै सडकमा”

  1. roshan says:
    March 6, 2015 at 11:44 pm

    यी सबै नेता तथा कार्य कर्ता लाई तह लगाउने उपाय हो DV ,PR हाम्रा नेता हरु लाई आफ्ना जनता ले विदेश को पी आर डी भी लिएको मा चिन्ता छ अनि कर्मचारी लाई आफै बिदा दिने अनि कारबाही गर्न नसक्ने अनि नाना भातिनियम लागु गर्ने गर्छ आखिर किन ? यी कार्य कर्ता किन कुन परिस्थिति ले आए कहिले कुरा बुजेको छ ?यिनी हरुको जिबन यापन कसरि भएको छ बुज्न प्रयास कसैले गरेको छ ? मेरो अनुभव : स्थानीय नेता ले जुलुस आउन आग्रह गर्छ खाजा पानी को बेवोस्था छ भनि लोभाउछ ,बेरोजगार जमात के गरोस दिनभर हिड्छलहै लहै मा , उता स्थानीय नेता उच्च नेता लाई फोन गर्छ मेरो बाट येति जना केटा हरु आउदैछन भनि अनि तेही अनुसार खर्च पानी रकम लिन्छ र कार्यक्रम सफल भएको घोसना गर्छन l अब कुरा के भने उक्त स्थानीय नेता ले कति दिन येसरी जिबन यापन गर्न सक्छन अनि भबिस्य मा उसको लागि आम्दानी स्रोत के हो ? तेसैले एसको मूल ओखति DV ,pr नै हो ..
    कर्मचारी को प्रसङ्ग मा …
    निजामती नियमावली मा बिदा बारे प्रस्ट लेखिएको छ त्यो अनुसार किन कारबाही गर्न डराउनु हुन्छ ? किन तपाई हरु लामो बिदा स्वीकृत गर्नु हुन्छ ?
    लौ भैगो कुनै कर्मचारी खाडी मुलक मा गइ काम गर्न गए लामो बिदा लिएर भने तपाई त्यो कुरा मा के गर्नु हुन्छ ? किन खाडी मुलक लौ भारत मै गएर काम गरे भने तेस्को लागि कस्तो नियमावली लेराउनु भाको छ ?
    अत: समाधान को उपाए मा म के भन्छु भने dv ,pr को जस्तै नेपाल मा पनि system लागु गर्नु पर्यो l जहाँ जानुस तेस्लाई प्रयोग गर्नु पर्यो हरेक कुरा रेकर्ड हुनु पर्यो जसले उसको बेक्तिगत जिबन मा प्रभाव राखोस l यो नया कम्प्युटर जमाना मा यो तेती खर्चिलो पनि छैन र हाल नेपाल को जनसंख्या पौने चार करोड होला तेस्लाई बेबस्थापन गर्न पनि गारो नहोला र सुरुवात चै कर्मचारी र उसको परिवार बाट गर्न जरुरि छ अझ नेता बाट अनिबार्य
    अब येहा नेता बाट भन्ना साथ एसको बिरोध गर्ने ति नै पहिला आउँछन् किन कि ति बेक्ती का आम्दानी ,कर,खर्च सबै थाहा पाउनेभएको ले बिरोध नेता बाट नै हुन्छ तेसैले दक्षीण एशिया मा हाल सम्म यो लागु गर्ने राष्ट्र छैन किन कि यो लागु गरेसी नेता हरु लाईराजनीति गर्ने बाटो नै हुदैन l तपाई नै भन्नुस कुनै नेता सधै पद मा हुदैन तर उसको घर गृहस्थी कसरि चलि रहेको छ कसैले कुरा उठाएको छ ? उसको मात्र किन उसका कार्य कर्ता को कुनै आम्दानी स्रोत छैन तर उसले कसरि दिनचर्या र जिबन बिताई रहेको छ कसैले सोचेको छ ? देश विकास को लागि मुख्य कुरा हरेक मानिस लाई सिस्टम मा जिबन यापन गर्न को लागि DV ,PR को अनिबार्य छ ता कि अरुले लिएको मा बिरोध गरेर हैन तेस बाट ज्ञान हासिल गर्नु पर्छ l खेति को लागि पानी जस्तै विकास को लागि DV PR मतलब सामाजिक सुरक्षअंक
    यो DV ,PR सम्भंधि कुनै पत्रकार ले हाल सम्म कुनै लेख लेखेको जस्तो लागेन किन हो थाहा भएन मात्र नकारात्मक सोच प्रचार गरे किन ? किन लागु गर्न चाहदैन यो सरकार अनि एसका मतियार हरु …..पक्कै थाहा छ उनि हरु लाई ……राणा सासन मा जस्तै ….जनता लाई सिक्षा दिय हामीलाई खतम पार्छ……भने जस्तै यो DV ,PR लागु गरे जन्म कुण्डली नै थाहा हुने भएको ले ठुलो डर छ नेता तथा देश हाक्ने भातमारा हरु लाई ….

    Reply
  2. Birkhe says:
    February 27, 2015 at 6:58 am

    जनतालाई लाठीलाएर संघिएता पढाउन सकिएलात? स्कूलमा विद्यार्थीलाई त लाठो लाउने जमाना घार्किसक्यो। हरे दुर्बुध्दी!!

    Reply
  3. गगने says:
    February 26, 2015 at 5:35 pm

    अनिकालमा ब्यु जोगाउनु हुलमुलमा ज्यु जोगाउनु भन्छन नि!
    हुलमुल र भिड अझै आन्दोलन अनि आक्रोसित भिड समुह आदि भयको ठाउमा सबैले बुद्द मन्त्र त जप गर्दैनन् र तेहा शान्ति पुर्ण शान्त मनस्थितिको मान्छे र आक्रोशित अनि छिटै आक्रोशमा आउने मान्छे हरु पनि हुन्छन तेसैले नै यो पराम्परागत उखान जनबोली बनेर स्थापित भयको हो!
    मोटरसाइकल चालक बिचरो उसलाई थाहा नहुन सक्छ तेहा तेस्तो छ भनेर वा कहिलेकाही अतिनै जरुरि कुरो कामले गर्दा तेहा तेस्तो भयको थाहा हुदाहुदै पनि जानुपर्ने अबस्था आउछ!
    यसरि उसले जिस्क्याउने आयको जस्तो ठानेर आक्रमण गरि हाल्न त नहुने हो! यो निकै गलत छ! र यसको लागि वाई सी एल ले ति चालक र बटुवा वा यात्रु हरुसंग माफी माग्नु पर्दछ!
    यी क्याप्सन फोटो वा पुछारको फोटोको वाई सी यल महासय निकै ज्याद्रो रैछ वा भराकर तेक्वान्दो सिकेर आयको जस्तो! पछि आत्माल्गानी होला फोटो हेरेर, अहिले त तातो रगत उम्लेको छ तेसैले मजै लाग्ला हो!
    यी र यस्ता अलिकति तात्तातो जोशले भिडभाडमा गरिने वा भयको दुर्घटना हरु मनासायपुर्ण होइनन तेसैले यसलाई उदाहरण बनायर आन्दोलन र क्रान्ति अनि संघर्षलाई नै नकारात्मक सोच्नु वा ठान्नु मिल्दैन!

    Reply
    1. bibek dhakal says:
      February 26, 2015 at 7:16 pm

      तपाइले भनेको कति हद सम्म ठिक होला तर नेपालमा नजिर कस्तो बसिसक्यो भने आन्दोलन गर्न निस्केको जुलुस भनेको एउटा पवित्र मानव हरुको समूह हो जुन कानून त के धर्म भन्दा नि माथीक छन्, चाहे त्यो आन्दोलन जायज होस् वा नाजायज. मानव उनीहरुले भनेको नमान्नु भनेको दण्डनीय अपराध हो. उनीहरु हिडेको बाटोमा हर्न बजाएपनि अपराध हुने. आफै भन्नुस गगनेज्यु भोलि 10 १५ जना शिव सेना वा अरु कुनै हिन्दुवादी वकम्फुसे पार्टिले बिहानै पशुपति परिसरमा धर्ना दिएर भित्र कोइ जान नपाउने उर्दी दिएर अनि कोइ पस्न खोजे निर्घात कुटे पनि त्यो कुट्नेलाइ कारबाही भएन भने के गर्नु.
      ठिक छ आन्दोलन को माग जायज होला. आन्दोलन गर्न पाउने अधिकार सबैको छ. कमल थापाले राजा चहियो भनेर आन्दोलन गर्न पाउने अधिकार पनि छ, कुनै मुसलमानले काठमाडौँ मा मस्जिद थप्नु पर्यो वा गाई को मासुको बध्साला खोल्न पाउनु पर्यो वा कुनै ख्रेतियांले प्रत्येक गाउँमा सरकारले चर्च बनाउनु पर्यो भनेर आन्दोलन गर्न पनि छूट छ. तर आन्दोलन शान्तिपूर्ण हुनु पर्यो, द्वन्द भड्काउने खालको हुनु भएन र सर्वसाधारणलाइ सकेसम्म मर्का नपरोस भन्ने कुरामा ध्यान दिनु पर्यो. तर यी कुराहरु आन्दोलन गर्नेहरुले पहिलो त के कुनै प्राथमिकतामा राख्दैनन्. त्यसो भएपछी आन्दोलन वा बन्द सफल भनेको खालि डर र धम्कि को भरमा मात्र भएको भन्ने कुरा प्रष्ट हुन जान्छ.
      हो माओवादीले र अन्य जातिवादी संगठनले उठाएका कतिपय माग हरु जायज छन्. इन्लाई बाइपास गरेर संबिधान बन्न गारो छ र बनाउन पनि हुन्न. तर माग पुरा गराउने तरिकामा पुनरावलोकन गर्दै जनताबाट तिरस्कृत हैन कि जनतालाई आफ्नो मागप्रति आकर्षित गराउदै ति मागलाई संबिधान मा समेट्न को लागि पहल गराउनु जरुरि छ. आगे माहान क्रान्तिकारी पार्टिका बरिस्ठ नेताहरुले बुझुन.

      Reply
  4. ravin says:
    February 26, 2015 at 11:52 am

    उदण्डताको पराकाष्ठा !! अव सोचौ यस्तो पार्टीको हातमा देशको नेतृत्व गयो भने देश र जनताको के हालत हुन्छ ?

    Reply
  5. Bhim Subedi says:
    February 26, 2015 at 8:53 am

    मैले फोटोमा कांग्रेस एमालेका धेरै जना देखेँ
    एकछिन रातो टोपी लगाईदिदैमा
    भत्ता पाईदो रहेछ पाएको खाए हुन्छ ।

    Reply
  6. Ram Babu Shrestha says:
    February 26, 2015 at 8:21 am

    सडकमा माओबादी िनस्केपछी जनता ननिस्के भयो ।

    Reply
  7. shredk says:
    February 26, 2015 at 7:06 am

    Its all about US$50 million deposited on SWISS Bank under Communist Party Leaders name – which couldn’t be brought back to Nepal via Sumargi – and is under investigation –

    Reply
  8. Suman Gurung(UK) says:
    February 26, 2015 at 6:50 am

    कठै बरा कहिले आउने होला यी जमात को सुख का दिन कहिले बन्द गर्लान प्रचण्डले ढाट्न ??!! येति धेरै देखेपछि त बुद्दि फिर्नु पर्ने हो हाम्रो नेपाली दाजुभाई को पनि.

    Reply
  9. Kedar says:
    February 26, 2015 at 2:12 am

    संधैको कचिङ्गलले वाक्क भएपछी सान्तिपूर्ण रुपमा संसद मार्फत सिक्किमको बिलय भएको थियो |
    यो कचिङ्गल र अस्थिरता बढाएर संबिधानसभा र संसद भएकै बेलामा प्रभु बिरोधीहरुले के गर्न खोजेका हुन् ?

    Reply
  10. dilip gurung says:
    February 26, 2015 at 12:37 am

    प्रजातान्त्रिक मुलुकमा शान्तिपूर्ण बिरोध र आन्दोलन गर्न पाउन सबैको अधिकार हो| तर सयौको जमात जब लट्ठी बोकेर हिड्छन, त्यसलाई शान्तिपूर्ण कसरि भन्ने? अनि जबर्जस्ति बन्द गराउने प्रवृतिलाई प्रजातान्त्रिक कसरी भन्ने? अनि पहिलो फोटोमा देखिएको डरलाग्दो मोटरसाइकल चालक जनतामाथि माथि भैरहेको भयावह आक्रमणका दोषीहरुलाई कारबाही नगर्ने हो भने देशमा सरकार छ भन्ने कुनै आधार छैन!

    Reply
  11. hari har sharma says:
    February 25, 2015 at 9:30 pm

    यो देश मा फेरी पनि चुनाब औला नि

    Reply
  12. Ram says:
    February 25, 2015 at 9:01 pm

    आतंक र त्रास ले ल्याउने परिबर्तन तेही त्रास रहिन्जेल मात्र हो ||

    जनता माथि तेत्रो उपद्रो हुदा के हेरेर बसिरा छ सरकार ??

    Reply
  13. Priti maya says:
    February 25, 2015 at 8:12 pm

    २०४ बर्ष राणा ले जनता शिक्षित भय भने आफ्नो अत्याचार बुझ्नेछन भनेर, नत स्कुल नै खोलिदिय न त बाटो बनाय नतकुनै कलकारखाना खोलिदिय, अहिले पनि चोर फटाहा को जमात लाई जनताले भोट दियर पठायका छन् के के न गर्लान भनेर, देश बिकाश गर्ने, शान्ति दिने त कता हो कता कुर्ची र पद को लोभ मा लागेर केहि पनि गरेनन! जनताका छोरा छोरी ले १ छाक खान र १ सरो लुगा को लागि ५० डिग्री को धुप मा पसिना बगाउनु परेको छ ! अझै पनि यस्ता नेताले भनेको युवाले किन मान्छन, केहि न केहि रहस्य त पक्कै छ ! राणा जत्तिकै क्रुर भय यी डाका हरु पनि !!!!

    Reply
  14. Priti maya says:
    February 25, 2015 at 5:07 pm

    बेरोजगार भय पछि, घर मा बस्न भन्दा ४/ ५ सय रुपैया पाईने अनि समय पनि काटिने हुदा सडक मा घुईचो त हुने नै भयो नि ! त्यहाँ ४/ ५ नपाउने भय कोहि आउदैनथ्यो !

    Reply
  15. roshan says:
    February 25, 2015 at 4:15 pm

    अन्तिम बाट छैठौ फोटो को पछाडी को मिनी स्कट लगाएको केटि कति राम्री यार . 🙂

    Reply
    1. bibek dhakal says:
      February 25, 2015 at 10:14 pm

      मलाइ नि मन पर्यो यार.

      Reply
    2. Kedar says:
      February 26, 2015 at 2:05 am

      तेही भएर त Yस्यालको रमिता मात्रै हेरेर बसेका छन्

      Reply
    3. Prakass says:
      February 26, 2015 at 3:19 am

      हौ मैले नि तेही हेरिरहे केहि बेर सम्म. अझ त्यो मास्क लाउने झन् राम्री छ जस्तो लग्यो मलाइ त सान्गले ब्रो ! कालो गाजल उफ्फ़ !

      Reply
  16. Sudeep Gurung says:
    February 25, 2015 at 3:39 pm

    प्रचण्ड ले येत्रो वर्ष को आन्दोलन बाट करोड को घर पाए , गाडी पाए , झुत्रे कोट लगाउने बाट ओवर कोट लगाउने भए | आम जनता ले के पाए ? अहिले पनि सोझा साझा जनता लाइ लाठी बोकाएर आफु करोड पर्ने घर मा बसेर आन्दोलन को कमाण्ड गर्ने फटाहा कुरा गर्छन| सबै नेपाली साथी हरु हो सावधान !!!! नत्र संबिधान संबिधान भन्दा भन्दै अर्को पचास बर्ष जाला| अनि हाम्रो भाबी पुस्ता लाई येस्तै गरिब, अविकसित, अस्तव्यस्त , अशिछित देश छोडेर जानु पर्ला |

    Reply
    1. Jha says:
      February 25, 2015 at 8:36 pm

      “झुत्रे कोट लगाउने बाट ओवर कोट लगाउने भए ” कस्तो राम्रो उखान; यो उखानले के. पी. वोलीलाइ पनि माथ गर्यो; यो ६०१ को चोर गुटले हामीलाइ झुठ भोल्दै छ; हाम्रो टाउकोमा लाठी हानेको तिनीहरुकोमा बन्चारा बज्रियोस;
      जय राष्ट्र; जय जनता; जय नेपाल

      Reply
  17. krishna says:
    February 25, 2015 at 3:29 pm

    Y त सुमार्गीले लगीसको अब बाकी रहको CL(स्याल)
    जब विचार बन्द हुन्छ, भाटाले विचार भने खुलदैन |
    जनतालाइ नपीट, भोट माग्ने बेलामा काम लाग्छ |
    जब सम्म भाटा बोकछौ तब सम्म बेरोगार नै हुन्छ |
    यो पनि कुनै विचारको राजनीति होईन

    Reply
  18. Sisir says:
    February 25, 2015 at 1:00 pm

    बेरोजगारी रहिन्जेल एस्ता भाटा बोक्ने भेडाहरूको कमि हुने छैन … अनि देशको कानुन बिपरित लाठी मुग्रो सहित एस्तो उदण्ड प्रहशन गर्नेलाई तह लगाउन नसक्ने सरकार पनि अन्पुन्ग्सक नै रहेछ .. जे भएपनि कनिकुती ४-५ सयको बथान बनौन सफल भएछन .. जनता सदै सकसमा . अगे प्रचण्डको मर्जी .

    Reply
  19. amit says:
    February 25, 2015 at 11:40 am

    वा वा सारै राम्रो काम गरेछौ.मदारी हरुको पछि लागेर राम्रै चटक देखायौ ! अब जनता जनार्दनहरुले कतिभेटी चडाउने हुन् हेर्न बाकि छ .

    Reply
  20. neeraj says:
    February 25, 2015 at 11:38 am

    यो सब बेरोजगारी को फाइदा, गरिबी को फाइदा उठायो माओबादी ले ……… यसै त प्रचण्ड ले गरिब र बेरोजगारी को पाटी हो भनेर भन्या हैन रैछ ………. धेरै माओबादी समर्थक बेरोजगार युवा वा सामान्य जनता ले त माओबादी को नियत र नीति के रहेछ र सत्ता मा पुगेनी जनता का लागि के गर्ने रहेछन भन्ने त था पाइसके ……… अब हे भगवान यो सानो जमात का मानिसलाइ पनि सद्बुद्धि देउ माओबादी र प्रचण्ड जस्ता कुलंगार हरुको नियत

    Reply
  21. GP says:
    February 25, 2015 at 10:09 am

    भ्रस्टाचारी राजनीतिक नेताको मुट्ठीभर स्वार्थ पूर्तिका लागि युवा र पैसाको दुरुपयोग गरिएको हो यो लाठी जुलुस/ धिक्कार लाठि बोकेर सडक कब्जा गर्दै जनतालाई दुखदिने युवाहरु/ त्यो सक्ति उत्पादनमा लगाउ र कम्तिमा परिश्रम गरेर खाउ…नेताको लागि पसिना र रगत नबगाउ…तिनीहरु कहिल्येइ पनि जनताका हुन चाहदैनन् भन्ने कुरो २००७ साल भन्दा अघि देखि अहिले सम्मका क्रान्तिले पुष्टि गरिसकेको छ…..समय बर्बाद नगर

    Reply
  22. karki D says:
    February 25, 2015 at 6:02 am

    अझै पनि प्रचण्डको असलियेत थाहा नपाउने नगरिक बाँकि रहेको देख्दा चेतनाको स्तर उकास्न यी जमातले प्रचण्ड,बाबुरामको पर्धनामंत्रित्व कालमा भएका हथकण्डा र जनताले पाएको उपहारहरुको फेहरिस्तहेर्ने हो भने “असली कार्यकर्ता भित्तामा -कालोबजारी,भ्रस्टचारी,अबसरबादी, कमसिनखोर कामचोर चाटुकारहरु प्रचण्ड-बाबुराम कित्तामा” भएको देखेर जुनजोगी आएपनि कानै चिरेको भन्दै अमिलो मन बनाएर लाखापाखा लागेर शान्तिपूर्ण जिबन जिउने उद्देश्यले विभिन्न ब्यबसाय गर्दै बसेको देखिएकै हो / पद,प्रतिष्ठा र पहुँच निर्माणको लागि जे पनि गर्ने रणनीतिको शिकार यी रातोफेटाधारीहरु भएको देख्दा उदेक लागिरहेको छ / सहमतिको संविधानको मोहरामा कुत्सित उद्देश्य प्राप्तिको खुट्किलोभएर आफ्नो खुट्टामा बन्चरो प्रहार गर्ने नाकाम नगर्दानै बेश होला कटबासधारी हरुले भन्ने सामान्य बुझाई हो हाम्रो /

    Reply
  23. ekraj says:
    February 25, 2015 at 5:05 am

    यो लडाई , केहिगारी, प्रचण्ड का भाडाका स्याल, एमाले का कुख्यात डन, कांग्रेस का गुन्डा को बीच मा हुने एउटा सम्बवाना छ भने अर्को तिर ओली र देउबा ले सत्ता जोगाउने दाउमा पुलिस र सेना पनि सडक मा ओराल्ने होलान|
    एउटा धुकुदी लुट्ने , अर्को धुकुदी लुट्न नपाएर बिधम्सा मच्चाउने बीच मा परेर काम गरेर खान पर्ने सर्ब साधारण को बिचाल्ल्ली फेरि बनाउने भए जस्तो छ|
    चोर, फटाहा, आतंकारी, भ्रस्टचारी र अपराधी हरुको सत्ता को लडाइमा कतिको बिजोग हुने हो|

    Reply
  24. Harke says:
    February 25, 2015 at 4:35 am

    येत्ति हो यिनी हरु को जन सक्ति !! ३० हजार बात ५ हजार स्याल हरु . त्यो पनि जबर जस्ती उर्दी बात. एकजना मोटर साइकल सवार लाइ तर्साउन ५००० स्याल हरु ?? थुक्क कातर हरु . ग्यारन्टी दिन्छु एक जना लाइ सरकारी गोलि ठोके सबै भागा भाग हुन्छ अनि भोलि देखि काइलो बाउ बाउ भन्दै कराउदै भाग्ने छ. खबर दार अहिले को बहुमत को सरकार लाइ ! तिमि हरु को पछाडी बहुमत जनता को समर्थन छ . खुरुक्क सम्भिधान बनाएर देखाउने ! येस्ता भाराभुरे ५००० सुकुल गुण्डा हरु संग तर्सिने हैन..यिनी हरु ढ्यांग्रो थत्तायेर हात्ती तर्साउन खोज्दै छ. तिमि हरु हिजडा सरकार हो भने चुप लागेर बस्नु नत्र अहिले नै समय बाकि हुँदै येस्ता स्याल हरु लाइ ठोक !!

    Reply
  25. बिश्वो says:
    February 25, 2015 at 4:29 am

    नेपालमा अजै पनि बेरोजगारहरुको कमि छैन
    र माओबादीको पतन हुने बेलामा पलाएको पखेटा हो भनेर भन्नुस !!

    Reply
  26. promod tandan says:
    February 25, 2015 at 4:00 am

    २०५२ सालदेखि २०६३ सम्म भाटा बोकेर नेताहरूको जीवन शैली फेरायका कामरेड हरुले नेता लाई कैले सोधे समाबेसी,अधिकार,रोजगार र आफ्नो र नेताको जीवन सैलीमा आएको परीबर्तन बारे? पक्कै सोधेनन सोधेँका भय हातमा फेरि भाटा हुदैन थीयो???

    Reply
  27. Surya says:
    February 25, 2015 at 3:21 am

    मलाई त कहिले काहीं माओबादीले नै राजतन्त्र फर्काउने कसरत गरिराको होकी भन्ने शंका लाग्छ. यी ycl हरु त बिचरा भेंडा हुन्. रिस पनि उठ्छ यी जनावरहरु देखेर. ठिक र बेठीकको पहिचान नै छैन यिनीहरुलाई. नेताहरुलाई सिर्फ यस्तै भेंडाहरुको खाँचो छ जो लड्न मात्र तयार. हेर्दै जाउँ नाटक. नेपालको राजनीतिमा अकल्पनीय कुरा हुन बेर छैन. राजा ज्ञानेन्द्र, प्रधानमन्त्री प्रचण्ड. Win-win situation. बाँकी सबै हिस्स. सक्की गोनी.

    Reply
  28. dor prasad says:
    February 25, 2015 at 1:36 am

    प्रचण्ड को दिमाग स्थिर न भए सम्म यो देस मा सान्ति हुदैन ! ओली को त बोलि मात्र हो … सुशील बोल्न पनि सक्तैनन् … मुढे बलमा अल्प संखेक ले बहु संखेक लै राज गर्ने दिवा सपना न देखे हुन्छ !!!!

    Reply
  29. chandra says:
    February 24, 2015 at 11:51 pm

    अर्को उद्ग्योग मन्त्रि को जन्म , हरे नेपाल … जय देश ….जय महेश ….

    Reply
    1. bibek dhakal says:
      February 25, 2015 at 1:40 am

      हाहा सहि भन्नु भो साथीले. नेपाल मा उद्योग मन्त्रि , भौतिक योजना मन्त्रि भनेको यस्तै गुन्डागर्दी गरेर माथि आउने नेताहरु जस्तै बस्नेत र गच्छेदार ( खै नेता नि के भन्नु, पढे लेखेका नि हुन् कि हैनन्) हुने गरेसी देशको उद्योग कसरि अगाडी बढोस, बिकास निर्माण कसरि होस्?
      अनि जुलुसलाइ हर्न बजायो भनेर सर्वसाधारणलाइ आक्रमण गर्ने कार्य सारै निन्दनीय छ. जनताको लागि भनेर आन्दोलन आहवान गर्ने अनि जनताकै ढाड सक्ने गर्यो भने कसरि जनताको विश्वास जित्न सक्छौ? आफ्नो कार्यकर्ताहरुलाई अलि मर्यादित बनाउन सक्नु पर्यो.

      Reply
  30. Shankar says:
    February 24, 2015 at 11:46 pm

    यात प्रचण्ड को पछि लाग्नु पर्यो , या बिरुद्द जानुपर्यो कांग्रेस , एमाले( भाइ कांग्रेस ) लाइ | सिद्दान्त त् दुइ बिपरित ध्रुब को पार्टी हो | प्रचण्ड हिजो को केहि बाइ स्याल हरु सडक मा ओरालेर मसाल फुलाउदै गर्दा ओली ,माकुने ,सुसिल ,देउबादि हरुको सातो गयेत सहमति पनि होला , तर उनीहरुले सेना ,प्रहरीको आडमा अलि कति गेम खेल्ने बिचार गरे भने त् स्थीति जटिल पनि बन्न सक्छ | प्रचण्ड हरुको युद्द उन्माद र हामि लडाकु नेता कांग्रेस ,एमालेका यथास्थ्तिबादी नेता भन्ने भ्रम र यिनीहरु नान्ग्लो ठोकेपछि तर्सिहाल्छ नि भन्ने भ्रम ले प्रचण्ड फेरी एकचोटी जोकर बन्न पनि सक्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme