-चक्रबहादुर गुरुङ- [यो पोस्टमा अपडेट गरिएको छ। सबैभन्दा मुनि पढ्नु होला] नेपाल राष्ट्र बैँकबाट ‘ख’वर्गको इजाजत प्राप्त एस डेभलपमेन्ट बैंकको मेरो अफिस नजिकै जावलाखेलमा शाखा रहेको छ। करिब ३ वर्ष अगाडि खाता खोलेको थिएँ यो बैँकमा। मैले मोबाइल एसएमएसबाट रिचार्ज कार्ड पिन नम्बर खरिद गर्ने सुविधा पनि लिएको थिएँ बैँकबाट। रिचार्ज कार्डको लागि रिक्वेस्ट म्यासेज… Continue reading
Category: पाहुनाको पालो
एनसेलले यसरी पचायो ब्यालेन्स
-राजु महर्जन- मेरो भाइ (रबिन महर्जन) को नाममा दर्ता भएको एनसेलको एउटा सिम कार्ड करिब एक वर्षदेखि नचलाई राखेको थिएँ। केही दिनअघि सिम के भएछ, चलाएर हेर्नु पर्यो भनी मोबाइल सेटमा हालेँ। अर्को फोनबाट कल गरी हेरेँ, मिसकल गयो। सोही सिमबाट कल गर्दा ब्यालेन्स नभएको सूचना आयो र मैले रू. १०० रिचार्ज गरेँ। यसैबीच मोबाइलमा… Continue reading
प्राचीन कालमा टेलिफोन
-सुशील गौतम- प्राचीन कालमा विमान ! शीर्षकको ब्लग केही हप्ता अघि पढ्नुभएको थियो। (छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्) मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको… Continue reading
बेल्जियमका नेपालीले आफ्नै कलाकारलाई बाल दिएनन्, तीन नेपाली कलाकारको हरिबिजोग !
-सन्तोष न्यौपाने/ बेल्जियम- केही दिन मात्रै अगाडिको कुरा। बेल्जियमको ब्रुज शहरमा हिन्दी चलचित्र पिकेको सुटिङ थियो। धेरै नेपालीहरु भारतीय कलाकार हेर्नका लागि तँछाड मछाड गर्दै पुगे। कति त आफनो काम थाति राखेर उनीहरुको एक झलक दर्शन गर्न दौडिए। थ्री इडियट्स जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक राजकुमार हिरानीलाई हेर्नकै निम्ति घुँइचो लाग्यो। हिन्दी फिल्मका कलाकारहरुलाई… Continue reading
भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन
सोमबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइयो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading
मृत्यु छ आँखैभरि
-देवेन्द्र भट्टराई- ‘मेरा क्या होगा डाक्टर’साप?’ ‘आप भि डक्टर हो, सब पता है ना। भगवानका दुवा करो, उपरवालाका भरोसा करो।’ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एउटा कुनोमा क्लान्त मुद्रामा बसेका छन्- डा.चित्रप्रसाद शर्मा वाग्ले। आफ्नो स्वास्थ्य स्थितीको पछिल्लो रिपोर्टबारे डाक्टरको ‘आश्वासन’ उनले भर्खरै सुनेका छन्। साथमा श्रीमानको हात छोएर बसिरहेकी श्रीमती पुजा पराजुलीका आँखामा आँशुको… Continue reading
न्युयोर्कमा एमाले प्रवासी मन्चको बन्द सत्र
-शशांक लामा – पशुपतिको मूलगेटमा ‘केवल हिन्दूहरुको लागि’ लेखिए झैँ हिजो न्युयोर्कमा एमाले प्रवासी मन्चले पनि ‘केवल एमालेको लागि’ जस्तो ब्यहोरा प्रदर्शन गरे। भन्ने बेलामा प्रवासी नेपाली मन्च सबै प्रवासीको साझा हो भनेर गूड्डी हाँके, छापामा लेखे। तर लेखेको मसी नसुक्दै त्यो सबै प्रवासी नेपालीको साझा मन्च नभएर केही मुठ्ठिभर एमालेहरुको मन्च रहेछ भन्ने कुरो… Continue reading
ढुकुटीले रुवायो बेल्जियमका नेपालीलाई
डेढ वर्ष जतिअघि राजधानी काठमाडौँमा एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। उनको सुसाइड नोटमा लेखिएको थियो- ‘६ लाखको ढुकुटी खेलेको थिएँ। ढुकुटी समूहका सदस्यले व्याज र पैसा नफर्काउँदा ऋणमा डुबेँ। साथीहरू किस्ता बुझाउँदैनन्। माग्न गयो, पछि दिन्छु भन्छन्, व्याज तिर्दातिर्दा हैरान भइसकेँ, अब मर्नुको विकल्प छैन।’ राजधानीका प्रहरी चौकीहरुमा दिनहुँजसो ढुकुटीबाट ठगिएको उजुरी पर्छ। कलाकारहरु… Continue reading
काठमाडौँमा ‘कुखुरे आतंक’ ! बच्न के गर्ने ?
-सुरेन्द्र कार्की- बिगत केही हप्तादेखि नेपालका विभिन्न जिल्लाहरुमा बर्ड फ्लु रोग महामारीकै रूपमा फैलिन थालेपछि यो रोग अहिले चर्चाको शिखरमा छ। यस संगसंगै सर्बसाधारण मानिसहरुमा कतै यो रोग मानिसमै पो आइहाल्ने हो कि, कतै आफैलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको हुनसक्छ। काठमाडौँ उपत्यकामा मात्रै २ सातामा २१ ठाउँमा यो रोग… Continue reading
बर्ड फ्लु र कुखुरा व्यवसायीको नैतिकता
-सुरेन्द्र कार्की- कान्तिपुरमा ‘मरेका कुखुरा जताततै’ यो समाचार पढेपछि मलाई यो बिषयमा छलफल गर्न आवस्यक हो कि जस्तो लागेर माई संसारको ब्लगमा लेख्ने जमर्को गरेको छु| भक्तपुरमा बर्ड फ्लु लागेर मरेका कुखुराहरु जथाभावी फालिएको र बचेखुचेका संक्रमित कुखुराहरु चाहिँ बजारमा मासुको रुपमा बेच्न लगिएको समाचारमा उल्लेख छ। हेर्नुस त कस्तो हिम्मत गरेको होला उक्त व्यवसायीले।… Continue reading
लाखौँ खर्च गरेर शरणार्थी
-निश्चल, बेल्जियम- मोरङ र झापामा बसिरहेका भुटानी शरणार्थीको कुरा त तपाईँ हामीले धेरै सुन्दै आएका छौं। तर नेपाली शरणार्थीको कुरा तपाईले सुन्नु भएको छ ? विदेशमा नेपाली शरणार्थीहरुको ठूलै जमात तयार भइसकेको छ। माओवादी सशस्त्र विद्रोहका बेला थुप्रै नेपालीले आफू नेपालमा बस्न असुरक्षित भएको भन्दै युरोप-अमेरिकाका विभिन्न देशमा पुगी शरणार्थी भएर बसेका छन्। अहिले पनि… Continue reading
बेलबारी बर्बरताः त्यसो गरेको ठीकै भन्नेहरु नि छन्
गएको सोमबार एक्ली युवतीलाई जंगलीहरुले दुर्व्यवहार गरिरहँदा सारा गाउँले रमिता हेरेर रमाए। ठिक्क पर्यो भन्दै ताली पिटे। भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र बचाउन सकेनन्। अलिकति अधिकारका कुरा, कुनै कार्य गरेमा सुवेदी, प्रसाइँ र भेटवालहरु रिसाउने गरेको गुनासो उनीहरुले पोखे। चाहेर पनि उनीहरु सत्य कुरा बोल्न नसकेका रहेछन भन्ने थाहा भयो। उनीहरु सारै नै… Continue reading
भानु जयन्तीमा न्युयोर्कका मेयरको चासो
बीसौँ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालका नेपाली भाषीहरुलाई लाज लगाउँदै नेपालीभाषी भुटानी शरणार्थीहरुले आएको २/३ वर्षमै ‘भानु जयन्ती’ कसरी मनाउनु पर्छ भनेर देखाइदिएका छन्। नेपाली भाषीहरूको यो जातीय दिवसमा यसपालि अमेरिकी पदाधिकारीहरु पनि राम्ररी सहभागी भए – न्यू हेम्सायरमा भएको भानु जयन्तीमा। आफूले भने न्यूयोर्कका मेयर ब्लूमबर्गलाई “भानु जयन्ती”को शुभकामना दिलाउन लगाउनु भन्दा बढी केही… Continue reading
यस्ता पनि गुरु
आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’ प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो। स्कुले जीवन। गाउँकै सरकारी स्कुल थियो।… Continue reading
हामीसँग नलिने को छ र?
पर्साका व्यापारी किन भूमिगत हुन बाध्य रहेछन् -उमेश पोखरेल- देशमा दश वर्षको द्वन्द्व सकियो। अब शान्तिको पथमा लम्कँदै भनिएको छ। मिडियाले शान्ति निर्माणमा कत्तिको योगदान गरेका छन् वा मिडियाबाट गएको सन्देशले आम जनसमुदायमा कत्तिको सुरक्षित वा त्रस्त महसुस गराएको छ ? योबारे अध्ययन गर्नु थियो। अध्ययनको एक प्रमुख पाटोमा संचारमाध्यमको कारण उद्योगी व्यापारीहरुले कत्तिको सुरक्षित… Continue reading
प्राचीन कालमा विमान ! पत्याउनु भएन ?
राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको संस्कृत भाषामा लेखिएका… Continue reading
आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)
-राजकुमार लामिछाने,हेटौंडा- आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि… Continue reading
बिचरा हामी उपभोक्ता, ठगिएको ठगियै
-प्रेम शर्मा- सुनमा मिसावट गरेर ठग्न पाउनुपर्ने, निम्न गुणस्तरको पानी र निम्न गुणस्तरको दुध बेचेर ठग्न पाउनुपर्ने, ग्यासमा ठग्न पाउनु पर्ने, मिटर बिगारेर मनपरी ट्याक्सी भाडा उठाउन पाउनुपर्ने आदि उदाहरण हामीले देखिसकेका छौँ। उपभोक्तालाई यी मात्र हैन, पाएसम्म सबै ब्यबसायीहरु ठग्न खोज्ने रैछन् भन्ने लाग्न थालेको छ। कतिपय यति “लो प्रोफाइल” छन् कि, झट्ट सुन्दा… Continue reading
अमेरिकामा नेपाली विद्यार्थीहरुको मुद्दा के भइरहेको छ?
-ए. बी. भण्डारी- • सोमबार राजदूत डा. शंकरप्रसाद शर्मासँग कुराकानी गर्ने समय लिएका छौँ। दुई जना धरौटीमा रिहा भइसकेका छन्। बाँकीको सुनुवाई सोमबार हुँदैछ। • हामीलाई अहिले लागेको मुख्य चिन्ता भनेको यदि यो मुद्दामा हामीले हार्ने अवस्था भयो र यो उनीहरूले नजिरका रूपमा लिन पाए भने अमेरिका भरि छरिएर रहेका धेरै नेपाली विद्यार्थी साथीहरूलाई भविष्यमा… Continue reading
हजुरबालाई लभलेटर
– सुरेश ‘समान’- केही अघि माइसंसारमा हजुरबाको लभलेटर पढिहाल्नुभएको होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। त्यही लभलेटरको जवाफ आज। प्रेमप्रसाद मिश्र जी, तपाईंको पत्र पाएँ। मेरो चिन्ता लिने नि कोही रहेछ – खुशी लाग्यो। बच्चुले सबै पढेर सुनाए। एकफेर पढेर धित मरेन, दोहोर्याएर पढ्न लाएँ। साह्रै जाती मान्छे रै’छन, झर्को नमानी पढेर सुनाए ! मैले… Continue reading