-देवेन्द्र भट्टराई-
‘मेरा क्या होगा डाक्टर’साप?’
‘आप भि डक्टर हो, सब पता है ना। भगवानका दुवा करो, उपरवालाका भरोसा करो।’
दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एउटा कुनोमा क्लान्त मुद्रामा बसेका छन्- डा.चित्रप्रसाद शर्मा वाग्ले। आफ्नो स्वास्थ्य स्थितीको पछिल्लो रिपोर्टबारे डाक्टरको ‘आश्वासन’ उनले भर्खरै सुनेका छन्। साथमा श्रीमानको हात छोएर बसिरहेकी श्रीमती पुजा पराजुलीका आँखामा आँशुको टिलपिल देखिन्छ। यही अस्पतालमा झण्डै ५० नेपाली बिरामीहरु क्यान्सर रोगको उपचारमा अहिले पनि भेटिन्छन् जसलाई छेवैमा आउने डक्टरले आश्वासन र भरोसा दिइरहेका हुन्छन्-‘चिन्ता मत करो, सब ठीक होजाएगा।’
दुर्भाग्य भनौं- डा.चित्रले यति आश्वासन पनि पाउँदैनन्। किनभने अस्पतालको डक्टरलाई राम्ररी थाहा छ, सामुको यो बिरामी आफैंमा डक्टर हो। उसलाई ढाँट्नुको कुनै अर्थ छैन।
रुपन्देही जिल्लाको परुवा गाबिसमा हुर्के-बढेका चित्रप्रसाद यतिखेर नेपाली समाजमा अलग चिनारीका नाम बनेका छन्। चित्रप्रसाद परुवाको साधारण सरकारी स्कुलबाट उठे, उनी काठमाडौं हुँदै रुसको उज्वेकिस्तान पुगे। र, त्यहाँबाट पाएको एमडी-जनरल फिजिसियन) योग्यता बोकेर कुनै मध्य शहरमा होइन, अर्घाखाँची गाउँमा सेवाका निम्ति पुगे। २०५७ मा मेडिकल अफिसर बनेर अर्घाखाँची जिल्ला अस्पतालमा पुगेका चित्रप्रसादले त्यो भेगमा आफ्नो काम देखाए, नाम बनाए र नेपाल सरकारबाट समेत दुइ बर्षअघि ‘देशभरकै सर्वोकृत्ष्ट चिकित्सक’को सम्मान पाए। उनले अर्घाखाँची सरकारी अस्पतालाई १५ बाट ३२ बेडमा बिस्तार गरे। २४ घण्टै उपचार सेवा, आपत्कालिन रक्त व्यवस्था, प्रश्रुती तथा शल्यक्रिया सेवा आदिको बिस्तार गरे। यसको सम्मान जनता र राज्य तहबाट एकैसाथ भयो।
तर ‘सबैका सधैं दिन उस्तै रहँदैनन्’ भने झैं भयो। अर्को एउटा अवसर पाएर विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच(मास्टर इन पब्लिक हेल्थ) पढ्न बैंकक पुगेको डेढ महिनामैं चित्रप्रसाद संसारमैं ‘दुर्लभ र महंगो रोग’ लिएर नेपाल फिरे। ‘एक लाखमा एकजना’ लाई हुने एपेन्डिक्सको क्यान्सर (एडेनो कार्सिनोमा अफ एपेन्डिक्स) उनको कलेजोसम्म फैलिसकेको रहेछ। थाइल्याण्डको चुलालंकन युनिभर्सिटीमा मेडिकल रिसर्च सम्बन्धी काम गरिरहेका बेला अचानक पाखुरा दुःखेर परीक्षण गर्ने क्रममा क्यान्सरको आशंका सुरु भएको थियो। स्वास्थ्य संगठनको छात्रवृत्ति भएपनि स्वास्थ्य बिमाको व्यवस्था नभएकाले बैंककमा उपचार गर्न नसकेर (नपाएर) चित्रप्रसाद फेरि झोलीतुम्बा बोक्दै नेपाल फिरेका थिए।
यसरी २०१२ को जुलाइ महिनादेखि चित्रप्रसाद दिल्लीको रोहिणीबासी भएका छन्। राजीव गान्धीको क्यान्सर अस्पतालसँगै लिइएको फ्ल्याटमा उनी भेटिन्छन्, अस्पताल वरपर भेटिन्छन्। नजिकै पानीको धारामा जर्किन भरिरहेको अथवा कोही नेपाली बिरामीको रिपोर्ट पढिरहेका अवस्थामा उनी भेटिन्छन्। दुइ सातामा एकपटक दिइने ‘किमो’का समयमा भने उनी अस्पतालको बेडमैं भेटिन्छन्। अरुबेला भने पेटबाट आन्द्रा झिकेर बाहिर ‘कोलोस्टमी ब्याग’मा राखिएको अवस्थामा श्रीमती पुजालाई साथ लिएर उनी यताउता गरिरहेका भेटिन्छन्।
चित्रप्रसादका लागि यो एक बर्षको अस्पताल जीवन कुनै पाँचवटा बिषयमा ‘डक्ररेट’ गरेजत्तिकै भएको छ। यही अस्पताल छँदै उनले लेख्न थालेको डायरीमा यहाँका कथाव्यथाहरु समेटिने क्रम अझै जारी छ। श्रीमतीलाई पाठेघरमा क्यान्सर लागेपछि बुढाले गाउँमा अर्र्कै बिहे गरेर बसेको एउटा कथा। एक्लै रेलको लामो बाटोबाट गोरखपुर हुँदै अस्पताल आएर ‘किमो’ लिने अनि रेलकै बाटोबाट गाउँ फिर्ने श्रीमतीको अर्को कथा। अथवा यस्तैयस्तै कथाहरु।
चित्रले नेपालका गाउँघरका हिम्मतिला आमा, दिदीबहिनी, काकी, माइज्यूहरुको खुबै गुणगान गरेका छन् डायरीमा। पटुका बाँधेर र मजेत्रो ओढेर उही ढाँचाको जिन्दगीमा रोगी श्रीमानलाई बोक्दै अस्पताल आइपुग्ने धेरै महिलाको जिन्दगानीलाई उनले नजिकबाट ‘फिल’ गरेका छन्। यी महिलाका वरपर ढाढस दिने अथवा आँट दिने दोस्रो आफन्त कोही हुन्न। ओछ्यानमा मुढो झैं लढेको छ श्रीमान, सामुमा झोक्राइरहेकी छे श्रीमती। निभ्न लागेको दियो झैं बनेको ‘प्राणनाथ’का कानैमा पुगेर यी महिला आँटिली बन्दै भनिरहेकी हुन्छिन्-‘तपाई चिन्ता नलिनुस्, म छु नि।’
गएको सोमबार मात्रै काठमाडौं घर भएकी ७ बर्षिया बच्ची सुरुची श्रेष्ठको यही अस्पतालमा देहान्त भयो। ब्रेन-ट्युमरका कारण ९ महिनादेखि अस्पताल राखिएकी बच्चीले दर्जनौं ‘किमो’ सहेकी थिइन्, तर दैवको लिलाले यी नानीको जीवन रुचाएन। हो, यिनै बच्चीको शव नेपाल लैजान सरसहयोग जुटाउने र साथीभाइलाई खबर गर्ने भरथेगमा पनि व्यस्त थिए- चित्रप्रसाद।
गाउँका चिकित्सक चित्रप्रसादलाई यतिखेर जीवनमा अरु कुराको पछुतो छैन। सदावहार जीवनबारेको पोहोर-परारसम्म रहेको अनाहकको भ्रम पनि अब टाँसिएको छैन। ‘एउटै कुरा भाइ, मलाई सधैंभर ढाँट्न सिकाइयो। मेरो पढाइ, मेरो योग्यता र मेरो सिकाइमा पनि ढाँट्नुलाई उत्तम कलाका रुपमा सिकाइयो,’उनी भन्दै थिए-‘मैंले सयौंलाई ढाँटे। नपढेका बाआमाहरुलाई ढाँटे, पहिलोपटक अस्पताल आएका अशक्त र दुःखीयाहरुलाई ढाँटे। उनीहरुलाई लागेका गम्भीर रोगका बारे कहिल्यै थाहा दिइन। निको भैहाल्छ, चिन्ता नलिनोस् भन्दै ढाँटिरहे। हे भगवान, यो कुराको मलाई पाप नलागोस्।’ तर एउटा नियति अथवा दुर्भाग्य के भैदियो भने अहिले आफूलाई परेपछि मात्रै यो ढाँट्नुको अर्थ चित्रप्रसादले राम्ररी पाएका छन्।
‘मलाई कसैले ढाँट्न सक्दैन, ढाँट्न पाउँदैन। मेरो रोग र मेरो आयुबारे कसैले पनि ‘निको भैहाल्छ, चिन्ता नलिनुस्’ भनेर छल गर्न पाउँदैन,’बिरोधाभाषजस्तो लाग्ने जीवन-लीलाबारे चित्र भन्छन्-‘शायद मैंले भोग्नुपर्ने पाप यही होला कि म ‘ढाँटिन’ सक्दिन। त्यहीकारण म दिनहुँ मेरा आँखैसामु मृत्यु नाचिरहेको देख्दैछु।’
यतिखेर यो जीवन-लिलाको मोड अलिक फेरिएको छ। अझ दुःखान्त र निराशाले भरिएको क्षण सामुमा आएको छ। १८ वटा चरणमा ‘किमो’ दिइसकेको र ६० लाख रुपैंयाभन्दा बढी खर्च भैसकेको अवस्थामा अस्पतालले यसै साता उनलाई एउटा ‘प्रेस-नोट’ थमाएको छ। यो नोटमा उपचाररत डा.चित्रप्रसाद शर्मा वाग्लेलाई थप उपचारका लागि अमेरिका वा क्यानडा जान सिफारिश गरिएको छ। त्यो पनि ढुक्कसँग स्वास्थ्य उपचारका निम्ति होइन, अरु औषधी ‘परीक्षण’का निम्ति। यसका लागि चित्रप्रसादसँग बाँकी रहेको वा उनको खलककै सम्पत्तिले पनि धान्न सक्ने देखिन्न।
‘अब गर्ने ‘ट्रायल’ औषधीका लागि १६ लाख रुपैंया प्रति महिना लाग्ने भनिएको छ,’चित्रप्रसाद भन्छन्- ‘राज्यले साथ/सहयोग दियो भने ठीकै हो। अन्यथा मसँग यत्रो रकम खर्चेर उपचार गर्ने सामर्थ्य छैन।’ उनले दिल्लीबाट नेपाल फर्केपछि जति दिन सकिन्छ, स्वेच्छिक हिसाबमा गाउँघर डुल्ने र अर्घाखाँचीसहितका आफूले अहोरात्र समय बिताएका स्वास्थ्य चौकीमा पुगेर सेवामा जुट्ने मनसाय राखेका छन्। संयोगले यसैसाता आफ्नी आमालाई लिएर उपचारमा आएका मुख्य सचिव लिलामणि पौड्यालसँग पनि डा.चित्रप्रसादको भेट भयो। राज्य तहबाट ५ लाख रुपैंयाको उपचार खर्च दिलाउनमा मुख्य सचिव पौड्यालले निभाएको भूमिका भुल्न नसकेर पनि डा.चित्रले थप केही कुरा गर्न चाहेका थिए। ‘जीवनभर गाउँमा बसेर जनताको स्वास्थ्य सेवामा जुटेका डा.वाग्लेको स्वास्थ्य उपचारमा केही गर्न सकिन्छ कि भनेर म सरकारको ध्यानाकर्षण गर्नेछु,’पौड्यालले भने-‘सबै खर्च उपलब्ध गराउन असम्भव भएपनि अमेरिकास्थित नेपाली समाजका साथीभाइसँग पनि म साथ/सहयोगका लागि आग्रह गर्नेछु।’ पुर्ववर्ती बाबुराम सरकारले डा.वाग्लेले ग्रामिण क्षेत्रको स्वास्थ्य स्थिती सुधार्नमा पुर्याइएको योगदानको कदर गर्दै उनको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने सार्वजनिक घोषणा सुनाएको थियो। तर त्यो घोषणा हावामैं उडेर गयो।
४४ बर्षिय चित्रप्रसादका २ साना छोरीहरु र १ छोरा काठमाडौंमा छन्। १२ बर्षे एउटै छोरो पनि सुस्त मनस्थितीको छ। आफ्नो जीवन बँचाउने धुनमा चित्रले अहिलेसम्म कमाएको र आर्जेको सम्पत्ति सकिसकेका छन्। ९ लाखमा किनेको एक्सरे मेसिन उनले ५ लाखमा बेचिसके भने आफ्नो फार्मेसी, अरु उपकरण पनि बिक्रीमा गैसके। अबको चरणमा भने ऋणमा लिइएको धापासीको घर बेचेर सबै कुराबाट मुक्त हुँदैछन्। ‘मलाई के थाहा छ भने म अब केही महिना वा बर्षभित्रमा मर्दैछु। तैपनि मसँग आत्मबल छ, आत्मबिश्वास छ। मेरो अहिलेसम्मको सहज जीवनको कारण पनि यही हो,’अवरुद्ध बनिसकेको गलालाई थाम्दै चित्रप्रसाद भन्दै थिए-‘अब मलाई एउटै चिन्ता छ- मैंले असमयमैं मर्नुपर्नेछ। ‘म नरहेपछि’ मेरा ससाना छोराछोरी र श्रीमतीको जीवन कस्तो भयावह होला? यो सम्झेर म एकान्तमा खुबै रुन्छु। अरु भने सबै ठीकै छ।’
************
यसरी आँखैसामु मृत्यु-कल्पना गरिरहेका बेला पनि ‘अरु सबै ठीकै छ’को यो बिस्मयकारी भनाइको अर्थ के रहन सक्ला? कहिलेसम्म रहन सक्ला?
चित्रप्रसादलाई राम्ररी सम्झना छ- आफूसँग संगत रहेका कांग्रेसी बालकृष्ण खाँड, रामशरण महत अथवा अरु थुप्रै माओवादी नेताहरु। अर्घाखाँची छँदा जंगलमा रहेका कमरेडलाई उनले मानवीय अर्थमा औषधी पठाएका छन्, तिनै माओवादी आज ‘मंगल’ स्थानमा छन्। २०४५ सालको त्रिवि उपकुलपति काण्डमा परेर चित्रप्रसाद नख्खुमा थुनिएका छन्। सोभियत रुस टुक्रिदाको अन्यौलमा उज्वेकिस्तानका बिद्यार्थी चित्रप्रसादले मस्कोमा राजदुत कुमार ज्ञवालीका सामु धर्ना कसेका छन्। यस्ता कति सम्झनाहरु बिच्छृङ्खल पनि बनेका छन्। जस्तो- एसएलसी पछि पढ्न थालेका ‘सिस्टर कल्पना’, ‘नीलो चोली’ जस्ता उपन्यासका सन्दर्भहरु अहिले धमिलिदैं जान थालेका छन्। यहीबेला डायरीको अर्को पाना पल्टिन्छ जहाँ लेखिएको छ-‘मेरो कोठाको पंखा घुमिरहेको छ। पुरानो हुँदै गएजस्तो छ, यो अलिक सुस्त चलिरहेको छ। कुन दिन यो पंखा यति घुम्न पनि बन्द हुने होला, मेरो जीवन पनि यस्तै नै हो। अहिले अलिक सुस्त बनेको छ, जेनतेन चलिरहेको पंखाजस्तै।’
फेरि कुरा गरौं जीवनकै। ‘एक बारको जुनीमा चित्रप्रसाद शर्मा वाग्ले नामको व्यक्तिलाई ‘डाक्टर’ बनेर के फाइदा भयो?’ प्रश्न गरें।
‘मलाई धेरै गाउँले सर्वसाधारणले माया दिएँ। मैंले गाउँमा सम्मान पाएँ। नाम पनि पाएँ। तर दुर्भाग्य के भने म पनि उनीहरुजस्तै अशिक्षित र साधारण गाउँले भैदिएको भए शायद म समयमैं आफ्नो स्वास्थ्यको जाँच-परीक्षण गथर्ें होला। म आफू डक्टर भएर आफ्नै डायग्नोसिस गर्नबाट चुकें, यही दुःख लाग्छ,’फेरि भावुक बने उनी-‘अर्को कुरा, यो जीवन भ्रम हो र, मृत्यु यथार्थ भन्ने कुरा मैंले अहिले आएर मात्रै बुझ्न सकेको छु। यो यथार्थ केही बर्षअघि बुझ्न पाएको भए म गाउँघरमा अझ गहिराइमा डुबेरर सेवा गर्ने थिएँ होला।’
यसरी पश्चाताप र आँशुका कुरा जति गर्यो, त्यति घाउ बल्भि्कने स्थिती सामुमा थियो। फेरि उनले लेखेको डायरीको अर्को पाना पल्टियो। यहाँ उनले हुर्कदैं गरेका साना छोरीहरुलाई सम्बोधन गरेर अन्तिम इच्छा जस्तो पत्र लेखेका रहेछन्।
”प्रिय छोरीहरु
धेरैधेरै माया तथा सम्झना। म बिरामीको बेडबाट यो पत्र लेख्दैछु।
हेर छोरीहरु, माया तौलेर गर्न सकिदो रहेनछ। तिमीहरुलाई म त्यति धेरै माया गर्छु। एउटै कुरा तिमीहरुलाई राम्रो गार्जेनसिप दिएर यो देशको शुशिल र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो। अब तिमीहरु आफैंले पुरा गर्छौ होला भन्ने विश्वास लिएको छु। भविष्यमा डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरु राम्रो मान्छे बन। मेरो इच्छा सुन्छौ भने तिमीहरु शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो। म आज मेरो आफ्नो वा तिमीहरुकी आमाको भन्दा बढी तिमीहरुको भविष्यमा चिन्तित छु। जीवनका हरेक मोडमा सह्दयी बन्नु, सहयोगी बन्नु। दम्भ, घमण्ड, अहम्ले कहीं पुग्न सकिन्न। सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरुले जीवनको अर्थ पनि सिक्नेछौं। यो मेरो अर्न्तइच्छा हो।…”
यो डायरीको पाना नसिद्धिदैं सामु बसेका चित्रप्रसाद शर्मा वाग्ले पसिनाले निथ्रुक्कै भिजेका थिए। यति धेरै आत्मबल भएको एउटा अब्बल पुरुष आँखै सामुमा भक्कानिएको मैले हेर्न सकिन।
फेरि भेट होला-नहोला, मन थामेरै म बाहिर निस्किएँ ।
झण्डै दुइ दशकयता नेपाली गाउँघरमा असंख्य दाजुभाइ, दिदीबहिनीहरुलाई स्वास्थ्य सेवा पुर्याएर हिँडिरहेका सरकारी चिकित्सक डा.चित्रप्रसाद शर्मा वाग्ले आज आफैं मृत्युशैयामा छन्। ‘एक लाखमा एक’ लाई लाग्ने एपेन्डिक्सको क्यान्सर (एडेनो कार्सिनोमा अफ एपेन्डिक्स) बाट ग्रसित भएर दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा एक बर्षदेखि उपचाररत ४४ बर्षिय डा.वाग्लेले यसबीचमा आफ्नो भएभरको सम्पत्ति उपचार-खर्चमा सकिसकेका छन्। ‘सास रहिन्जेल आश’ भनेझैं अबको चरणमा थप परीक्षण र औषधी-उपचारका निम्ति निकै महंगो उपचार-पद्धतीमा डा.वाग्लेले निर्भर गर्नुपर्ने भएको छ। डा.वाग्लेका दुइ साना छोरी र एक छोराको पढाइगुनाइ एवं भविष्यका लागि पनि थोरतिनो रकमको जोगाड गर्नुपर्ने अवस्था सामुमा आएको छ।
यसबेला संसारभरमा रहेका सहयोगी, शुभेच्छुक र मानव-धर्ममा विश्वास गर्ने हितैषीहरुले डा.वाग्लेको जीवन-मरणका यो घडीमा जे-जति सकिन्छ, वाग्ले दम्पतीका नाममा रहेको बैंक खातामा सहयोग गर्न सक्नुहुनेछ। एउटा सत्कार्यका निम्ति मानवीय आधारमा गर्न सकिने सहयोगका लागि सविनय बिन्ती-अनुरोध छ – [email protected]
खाता विवरण
राष्ट्रिय बाणिज्य बैंक, भोटाहिटी, काठमाडौं
बचत खाता- १३६००३००५११०
नाम : डा चित्रप्रसाद शर्मा वाग्ले र पुजा पराजुली
स्विफ्ट कोडः RBBANPKA
खबर सुनन्दा एकदम नरमाइलो लग्यो . कती जना को जीवन बचाउले डा. चित्र प्रसाद शर्म. हजारौको ज्यान बचायो उनलाईनै आज एस्तो! अलिकति भएपनि दया गरिदेउ भगवान!!
हामी हरु राजनैतिक पार्टी क लागि लाखौं चंदा दिन्छौं तर एक इमान्दार नेपाली लाई केहि गर्न नसक्ने किन हो ? नेता मात्र हो देश लाई चाहिने ?हो देश का लागी आरु डाक्टर , वकील, पत्रकार आदी पनी चाहीने मान्छे हरु हुन् की? बीचार गरौँ एक असल समाज का लागी डाक्टर कती महत्व राकछा ??
http://www.banaonline.org/index.php?option=com_content&task=view&id=161&Itemid=2
इमान्दार भएर बाँच्न गार्हो छ.. God save him…,
डा. साबको अवस्था र यो लेखकको प्रस्तुति ले सारै भाबुक बनायो, सबै मिलेर सहयोग गरियो भने एकजना होनहार डाक्टर को जिबन बचाउन सकिन्छ, जसले निस्वार्थ भावले सयौ/ हजारौ जनाको जिबन बचाउन सक्छ l मैले रु १०,००० सहयोग गर्ने बाचा गरे, तपाइहरुले नि !
********************************************************************************
उनले लेखेको डायरीको अर्को पाना पल्टियो। यहाँ उनले हुर्कदैं गरेका साना छोरीहरुलाई सम्बोधन गरेर अन्तिम इच्छा जस्तो पत्र लेखेका रहेछन्।
”प्रिय छोरीहरु
धेरैधेरै माया तथा सम्झना। म बिरामीको बेडबाट यो पत्र लेख्दैछु।
हेर छोरीहरु, माया तौलेर गर्न सकिदो रहेनछ। तिमीहरुलाई म त्यति धेरै माया गर्छु। एउटै कुरा तिमीहरुलाई राम्रो गार्जेनसिप दिएर यो देशको शुशिल र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो। अब तिमीहरु आफैंले पुरा गर्छौ होला भन्ने विश्वास लिएको छु। भविष्यमा डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरु राम्रो मान्छे बन। मेरो इच्छा सुन्छौ भने तिमीहरु शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो। म आज मेरो आफ्नो वा तिमीहरुकी आमाको भन्दा बढी तिमीहरुको भविष्यमा चिन्तित छु। जीवनका हरेक मोडमा सह्दयी बन्नु, सहयोगी बन्नु। दम्भ, घमण्ड, अहम्ले कहीं पुग्न सकिन्न। सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरुले जीवनको अर्थ पनि सिक्नेछौं। यो मेरो अर्न्तइच्छा हो।…”
यो डायरीको पाना नसिद्धिदैं सामु बसेका चित्रप्रसाद शर्मा वाग्ले पसिनाले निथ्रुक्कै भिजेका थिए। यति धेरै आत्मबल भएको एउटा अब्बल पुरुष आँखै सामुमा भक्कानिएको मैले हेर्न सकिन।
***************************************************
डा चित्र वाग्ले जी लाइ सहयोग गर्नु त छदैं छ तर Nepal सरकार ले आनिबार्य रुपमा हेर्नु पर्ने देखिञ्छ किन भने गत न पत का टुप्पी नेता हरु ले त दल बल सहित विदेशको उपचार खर्च कुमलाई रहे का छन् ….
पढेर दुख लग्यो सभैले सहयोग गरौ /
सबैले गच्छे अनुसार सहयोग गर्नाले कसैको ज्यान बच्छ भने गर्नु पर्छ , एकले थुकी सुकी हजारले थुकी नदी भनेजस्तो हो ! बरु धेरै मान्छेले त्यो अकाउन्ट मा अलि अलि रकम पठाउँदा पठाउने खर्चनै बढी लाग्छ , तेसैले यहाँ (म अमेरिका मा छु) रहेका संस्थाले रकम जम्मा गरेर एक्कै चोटी पठाउदा सबैलाई सजिलो हुन्छ ! तर मलाई अहिले यहाँ कुन कुन संस्थाले सहयोग गर्दैछन थाहा छैन, केहि महिना अगि Baltimore Association of Nepalese in America को वेब पेज मा सहयोग गर्नको लागि paypal डोनेसन setup गरिएको थियो, Baltimore मा हुने नेपाली साथीहरुले यदि त्यो अझै कायम छ कि छैन यो कमेन्ट पढ्नु भयो भने बताईदिनु होला, नभए कुनै अरु संस्था मार्फत गर्न सकिन्छ , यदि US मा हुने अरु कुनै संस्थाले सहयोग गरिराछ भने पनि कमेन्ट मा लेखिदिनु होला, त्यसो हुँदा US बाट सहयोग गर्न खोज्ने साथीहरूलाई सजिलो हुन्छ !
डाक्टर साप, दुख नमान्नु होला । संसारमा आएपछि सबैले संसार छोड्नै पर्छ । कोही ढिलो, कोही चाँढो मात्र हो । १०० वर्ष बाँचेर नि अरूको लागि केही पनि नगर्ने, अझ सके अरूलाई दुख दिने हरूको जीवन भन्दा हजुरको जीवन नै सार्थख छ । मृत्युलाई चिन्नुहोस् र सहर्ष आत्मसाथ गर्नुहोस् । अब अली अली आत्ध्यात्मिक किताबहरू पढ्नुहोस्, विशेष गरेर ओशोको ।
राजेन्द्र जी यो समस्या तपाईलाई वा तपाइको परिवारलाई परेकोछैन (नपरोश पनि ) अनि त यति सजिलै मृत्युलाई चिन्नुहोस् र सहर्ष आत्मसाथ गर्नुहोस् भन्न सक्नु हुन्छ / डुब्न लागेको मान्छेलाई एउटा सिन्कामा पनि जीवनको आशा हुन्छ, सास रहुन्जेल बाच्ने आश सबैलाई हुन्छ / मृत्यु कस्तो हुन्छ भन्ने कुरा साएद तपाले भन्दा डाक्टर साहेबले धेरै नजिक बाट हेर्नु वा अनुभब गर्नु भएको होला / सके आफ्नो तर्फ़ बाट सहयोग गर्नुस् नसके यस्तो वाइयात सुजाब नदिनुस् , अनि सालोक्य जी पनि कस्तो यस्तो जे पायो तेही कमेन्ट पनि डिस्प्ले गर्ने, आत्माबल कम्जोर हुने यस्तो अवस्थामा पिडित र उनको परिवारलाई कस्तो होला तपाई त बुज्ने मान्छे होनी /
डाक्टर चित्र तिमि एक साहसी र अनुकरनिय ब्यक्तित्य हौ, भगवान्ले तिमी र तिम्रो परिवार हेरुन / भगवान संग प्रार्थना गर्दछु
प्रचण्ड र बाबुराम तिमीहरुले देशलाई मसान घाट बनाउदै छौ !! राम्रा मान्छे लै स्वदेश
मा बस्न दिएनौ ! बाकि राम्रा जो नेपला मा बसे तिनीहरुलाई डा.चित्रप्रसाद शर्मा वाग्ले जस्तरी पारेउ ! तिमीहरु कुपुत हौ !!! तिमीहरुको एस्तो दिन नआउला भन्न सकिन्न जुन दिन आफुले गरेका सब झुट को खेतिको वोमिट मृतु शैया बेड बाट गर्ने छौ ! तिमीहरु त कुपुत हौ . यो संसार मा तिमीहरुको जन्म नै धिक्कार रहेछ ! खै तिमीहरु के लिएर जान खोज्दै छौ कुन्नि ! तर तिमीहरुको लास त खरानी नै हुने हो ! तिमि हरु पढ न यो लेख !! डा किन जान्न गाउमा भन्छौनि अनि येत्रो जान्छ डा ! तिमीहरु त देशको धन मा लुट गर्छौ! ब्रेन ड्रेन बढेको बढेइ छ साएद भाबिस्येमा कुनै दिन तिम्रा नाति पनाति ले डा को अभाव मा उपचार नपाएर नराम्रा दिन भोग्नु पर्ने छ, यी सब कारण तिमीहरु हुनॆछौ ! साएद तिमीहरुको लासमा पनि पनि गोब्रे किरा हरु आउने छैनन् किनकी तिमिहरु कलंक हौ पापी हौ !!!!
हे नेता हो तिमि हरुलाई अलिकति रुगा लाग्दा श्रीमती हरुको पेट दुखदा देश को सम्पतिमा विदेश मा उपचार गराउने यौटा असल नागरीक को उपचार नपाए र मर्नु पर्ने कस्तो हो यो अलिकति सोच्ने होकी नेता भनौदा हो
जसले हजारौको ज्यान बचायो उनलाईनै आज एस्तो! अलिकति भएपनि दया गरिदेउ भगवान!!
Dr चित्र जी ले मलाई इमेल गर्नु भएको थियो उँहा को समस्या को बारे मा | उँहा ले येही Clinical Trial को बारेमा सोध्नु भएको थियो | मैले इमेल को reply गरेको थिए तर उँहा ले मलाई reply गर्नु भएन | USA मा cancer को धेरै clinical trial हरु चलिरहेको हुन्छ र छ | Clinical Trial येही का नागरिक हरु का लागि निसुल्क हुन्छ र कति अंतर्रास्तिये बिरामी का लागि खुला गरेको हुदैन | इंडिया का Dr हरु ले सिफारिस त गरेका रहेछन तर तिनी हरु ले अलि राम्ररी सल्लाह दिन पर्ने हो | येत्तिकै सिफारिस को भर मा त कसरि गर्छ र clinical trial मा सहभागी येहा | उनीहरु ले NIH, USA or Canada भनेका रहेछन तर निह (National Institute of Health) अमेरिकी सरकार मातहत को संस्था हो | trial खोज्न को लागि यो लिंक मा search गर्न सकिन्छ http://www.cancer.gov/clinicaltrials/search
यो clinical trial साएद try गर्न सकिन्छ http://www.cancer.gov/clinicaltrials/search/view?cdrid=748445&version=HealthProfessional&protocolsearchid=11902295
तर समस्या खर्च को हो | येस्ता अरु धेरै trial हरु छन् तर सरकार बाट नै एसको पहल हुन जरुरि छ नत्र त येह सम्म पुग्न को लागि अरु बाटो असम्भव जस्तै हो | सरकार को कुटनीतिक पहल र खर्च मिलाइदियो भने साएद येह सम्म पुग्न सकिएला नत्र गार्हो छ | यो काम छिटो भन्दा छिटो गर्न जरुरि छ | अब खर्च जुटाएता पनि येस्मा सहभागी हुन सरकार बाट नै पहल गर्नु पर्चा नत्र अमेरिकी बाहेक अरु लाइ सहभागी हुन मुस्किल छ |
ल साथी हो अब केहि गर्न सकिन्छ कि सरकार लाइ दबाब अथवा कसरि हुन्छ सहयोग जुटाएर ?
That would not aaply to Dr chitra’s case since it is for isolated peritoneal metastasis. From the story above, we can conclude that Dr Chitra has liver metastasis. I am a physician myself and treat cancer patients and suggest Dr Chitra to put some thought into how he wants to spend whatever time he has left than trying to prolong his life with ineffective toxic unproven chemo therapeutic agents. Palliative care should be an option in mind, which would be the most beneficial approach in the event of aggravation of physical as well as psychological agony. May god give him and his family all the courage to endure this most difficult time.
साच्चै सहयाेग गनु पने उहालाइ हाे हे भगवान यति कठाेर नवन /
salokya जी , नेपाल को बैंक मा पैसा जम्मा गर्न बिदेसमा भएका हरु लाई तेत्ती सजिलो हुन्छ जस्तो लाग्दैन, कतै paypal बाट fund raise गरेको भए, येसो खबर पाए हुन्थियो| हामी पनि आली आली सहयोग गर्थेम| आरु त के भन्नु, डा. साब ले धेरै को सेवा गर्नु भा रैछ, कतै मेरै दिदि बहिनि, बु आमा को ज्यान नि बचाउनु भएको थियो कि| वहा लाई परेकोबेला भित्र मन देखि सहयोग गर्ने भावना आयो| भगवान चमत्कार गर, भौतिक सहयोग हामी गर्छम|
प्रसान्त तामांगलाई इन्डियन आइडल बनाउन $$$ दोनेस्योन गरेर आफ्नो राष्ट्रबाद
देखाउने हामी नेपाली हरु कोलागी एक चुनौती हो ! एउटा नेपाली सपुत लाई अहिले त्येही खाँचो छ !
भगवान एक तिम्रो छ साहारा …..
ईश्वरको कृपा रहोस र एक हुनहार सेवी नेपाली डाक्टरले नयाँ जीवन पाउन | मेरो हृदयदेखिको यहि प्रार्थना छ ! ईश्वरको पनि अग्नि परीक्षाको समय आउँछ भने यो नै त्यो समय हो भन्ने मेरो अन्तर हृदयले भन्छ |
क्या गजब लेखाई छ देवेन्द्र भट्टराई ………..हामी पनि उहा लाई सहयोग गर्ने कोसिस गर्ने छौ ,,,,,
डा चित्रप्रसाद शर्मा वाग्लेले ग्रामिण क्षेत्रको स्वास्थ्य स्थिती सुधार्नमा पुर्याइएको योगदानको कदर गर्दै र भविष्यमा यस्ता राष्ट्रिय सपुतहरु निरुत्साहित नहुन भनेर पनि हामी सबैले के कस्तो सक्दो सहयोग गर्न सकिन्छ त्यतातिर लाग्नु पर्यो. एउटा राष्ट्रिय सपुतको लागि केहि गर्न सक्नु पनि राष्ट्र प्रतिको दायित्व निर्बाह गर्नु हो.
SARJAN जी ले भने जस्तै सरकार भनेको नेताको नोकर हो, उसलाई जनताको मतलब छैन त्यसैले तिनीहरुलाई सहयोग को माग गर्दै बस्नु बेकार हुनेछ / आजको फेसबुक जस्तो अत्यधिक बलियो सामाजिक संजालको युगमा यो समाचारलाई प्रचार-प्रसार गरेर आर्थिक संकलनको लागि लागिपरौ /
म त उहाको निम्ती भाब भिबोर अबिरल स्वास्थलाभ को कामना मात्र गर्न सक्छु । । बिन्ती त मेरो उहा सबको मालिक प्रभु जि लाई गर्दछु । । छिट्टै नै उहाको नजर चित्र सर को पिडामा परोस ::
सरकारी स्रोतबाट उपचार पाउन के नेता र तिनका टट्टू नै हुन पर्ने हो त यो देशमा ? यो बहिरो र कानो सरकारको कान र आखा कहिले खुल्ने हो ? एउटा असली राष्ट्र सेवकलाई गारो पर्दा राज्य यसरि टुलु टुलु हेरेर बस्नु अत्यन्त सर्मनाक कुरा हो ..
लौन साथीहरु हो नेपाल देशको एउटा साचो देश र जनताप्रति सधै समर्पित एउटा छोरो धेरै ठुलो आपत परेकोछ, उनलाई बचाउन जरुरि छ, नत्र यो मातृभूमिले यस्तो सच्चा छोरा-छोरि जन्माउन छोड्छ / सरकारभनेको नेताको नोकर हो, उसलाई जनताको मतलब छैन त्यसैले तिनीहरुलाई सहयोग को माग गर्दै बस्नु बेकार हुनेछ / आजको फेसबुक जस्तो अत्यधिक बलियो सामाजिक संजालको
युगमा यो समाचारलाई प्रचार-प्रसार गरेर आर्थिक संकलनको लागि लागिपरौ / फिल्मी कुरा को शेर गर्ने, अनावस्य राजनीति को कुरागर्ने हातहरुलेपनि यो समाचार लाई बढी भन्दा बढी प्रचार गरेर आर्थिक संकलन र यदि अमेरिकानै पुराउनु पर्नेहो भने मनोज खड्काजीले भनेको जस्तो प्रोसेसको लागि जसरी पनि सरकारलेनै गर्नुपर्ने हो भने त्यसको लागि दबाब पनि खडा गरौ / एउटा सच्चा जनताभक्तलाई बचाउनै पर्छ /
Please give hand for him to further step.Every body has right to alive in world.
डा चित्र प्रसाद शर्मा वाग्लेको अवस्था देखेर आँखाभरि आँशु भयो । आखिर हाम्रो नेपालमा राम्रो काम गर्नेले नै किन दु:ख पाउछन अनि उसलाइ सरकारवाट पनि किन वेवास्ता र अपहेलित गरिन्छ ? आखिर उनले पनि अरु केहि डा. लै जस्तै शहरका सुविधा सम्पन्न हस्पिटलमा हाजिर लगाउदै प्राइभेट क्लिनवाट पैसा वटुल्न सिकेको भए उनले आँखैमा मृत्यु देख्न पर्दैन थ्यो होला । यहाँ राम्रो काम गर्नेको त कहा कदर हुन्छ र ? सामाजिक शिक्षा पढ्दा सुनेको थिए यो देश सतीले सरापेको देश हो यहा राम्रो काम गर्नेको कहिल्यै भलो हुदैन भनेर आखिर यही सत्य हो त ? जे भएपनि डा. वाग्लेलाइ सम्पुर्ण नेपालीको आर्शिवाद लागोस शिघ्र स्वास्थ्यलाभको कामना ।
इमान्दार भएर बाँच्न गार्हो छ भन्ने सिक्ने हो हाम्ले यस बाट? यिनि पनि शहरमा बसेर पैसा कुम्ल्याउन जानेका भए अहिले आँसु झार्न पर्ने थिएन कि सायद ।
हो रहे छ, सच्छा मान्छेको स्वर्गमा नि माग बढेकै रहेछ /
तर यस पटक त्यो माग पूर्ति हुन् दिनु हुन्न/ यो डा. साबको नेपाल लोक मै निकै आश्यकता छ/ सक्नेले सके जति नासक ने ले पुकार भए नि गरि सहयोग गरौँ /
पढेर सारै दुख लाग्यो, भगवान रक्षा गर !
मेरो प्रार्थना छ. जय होस्.
यो बहिरो सरकार ले केहि गर्दैन जनताको लागि. नेता अथवा कार्यकर्ता भए करोडौ दिन्थ्यो विदेश मा उपचार गर्न. नेता र कार्यकर्ता बाहेक नेपालमा कोहि पनि नबसे हुन्छा. ठिकै छ हामी जनता मिलेर नै Dr साहेब को उपचार को लागि पैसा उठाउ.
बहिरो चाहि भनि हाल्न नहुने थियो…………..
डा. चित्र प्रसाद शर्माको स्वस्थ लाव को हार्दीक कामना गर्दछु I हे भगवान तीमी येति कठोर नबन I