मायाकुमारी शर्माले राजदुतको आसनमा बसेर कतारबासी नेपालीहरु माझ देखाएको बिद्रुप चर्तिकला सहिनसक्नु भएपछि उनको कुकर्मको धज्जी उडाएर मैले माइसंसारमा एउटा ब्लग लेखेको थिएँ। त्यसमा उनको आलोचना गरेबापत मलाई कतारबाट निकाला गर्नको लागि मे १ तारिखको दिन उनले कतार सरकारलाई पत्र लेखेकी थिइन्। पत्रमा मेरो कतारको आईडी नम्बरसहित मलाई अनौठा अनौठा आरोप लगाएकी थिइन (मायाकुमारीले लेखेको… Continue reading
Category: पाहुनाको पालो
बारको चिट्ठीमा गल्ती पत्ता लगाउनुस् !
-उही कुमार लामा- ल हेर्नुस्, बाबुरामको जीवनी लेख्ने समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंह जस्तै कानुनशास्त्रीहरूको पकडमा रहेछ बार एसोशिएशन। आज राष्ट्रसंघका महासचिव बान कि मुनलाई पठाएको यो चिट्ठीको लेखाइ हेर्दा बार एसोसिएसनको बार शब्दले कानुन होइन अर्थोकै बेच्ने ‘बार’ जस्तो पो देखियो त। आफै हेर्नुस् चिट्ठी र गल्ती पत्ता लगाउनुस्, मैले देखेको गल्तीहरुमा… Continue reading
मिडिया, ध्यान देऊ – आत्महत्या गम्भीर विषय हो
– विजय ज्ञवाली, क्लिनिकल साइकोलोजिस्ट– आत्महत्याका समाचार आजभोलि हरेक दिन जस्तो पत्रपत्रिकामा देखिन्छन्। यस्ता समाचारले प्राथमिकता पाएकै देखिन्छ। म विगत केही वर्षदेखि यसको अध्ययन र अनुसन्धानमा लागेको एउटा विद्यार्थी भएको नाताले यस्ता समाचारलाई सकभर टिपेर राख्ने गरेको छु। आत्महत्या जनस्वास्थ्यको गम्भीर समस्याको रुपमा देखा परिरहेको अवस्थामा समाजका हरेक पक्षको सामूहिक प्रयासलेमात्र यसको नियन्त्रण सम्भव देखिन्छ।… Continue reading
किन बेच्यो टेलियासोनेराले हेलो नेपालको सेयर?
-विरोध कट्टेल- नेपालमा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराले एक प्रेस वक्तव्य जारी गरेर अर्को विवादास्पद मोवाइल कम्पनी नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल)को स्वामित्व जोधार इन्भेष्टमेन्टलाई बेचेको जनाएको छ। टेलियासोनेराले तत्कालीन मेरो मोवाइलको स्वामित्व तत्कालीन राजाका ज्वाँइ राजबहादुर सिंहको सहयोगमा सन् २००८ मा त्यही कम्पनीसँग खरीद गरेको र अहिले त्यही कम्पनीलाई विक्री… Continue reading
साइकल किन चढ्ने?
हरी पौडेल मेरो दैनिकिमा भेट हुने साथीभाइ इस्टमित्र कसैले पनि साइकल चढ्नु हुँदैन, यो ठीक छैन भनेको सुनेको छैन। मेरा साथीहरु कुरामा कुरा चल्दा भटटट साइकल चढ्नु को फाइदा हरु पनि भन्न सक्छन: यो किन्न सस्तो छ, चलाऊन झन सस्तो छ, बातावरण मैत्री छ, स्वास्थ्यको दृष्टिकोणले उपयोगी छ, दुर्घटना हुने सम्भावना कम हुन्छ, ट्राफिक जाम… Continue reading
पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ
-ज्ञान न्यौपाने- आइतबार साँझ ५:५१ बजे। अफिसमा काम गर्दै थिएँ। फोन आयो- ‘सर तपाइँको पैसा रिभर्स भएको छ,’ नबिल बैङ्कका एक पुरुष कर्मचारीको आवाज। खुसी लाग्यो। फोनमै बोल्दै गर्दा एसएमएस अलर्ट नि आयो। फोन राखेर हतारहतार हेरिहालेँ। हो त, पैसा आएछ। भदौ ७ गते एटिएमबाट पैसा नझरे पनि ब्यालेन्स काटेर परेको समस्या २२ दिनमा आएरमात्र… Continue reading
अमेरिकी राजनीतिमा नेपाली?
बासु श्रेष्ठ उडव्रिज, भर्जिनीया नेपालीहरुले सात समुद्रपारको यात्रा गर्न थालेको निकै भइसकेको छ। त्यस्तै त्यस समुद्रपारको देशको यात्रामा गएर नफर्की उतै घरजम गरेर बस्ने चलन पनि निकै भइसकेको छ। यो कुनै विशेष कुरा रहेन। विशेष कुरा र महत्वको कुरा त के भने त्यसरी बसोबास गरेका नेपालीहरु स्थानिय सँस्कृति तथा राजनितिमा आफ्नो प्रभुत्व तथा प्रभाव के… Continue reading
र बार्ज र्याप ब्याटल: कता जाँदैछ नयाँ पुस्ता ?
-सन्तोष गिरी- केही दिन अगाडि एक जना भाइले आफ्नो फोनमा मलाई “र बार्ज” को र्याप ब्याटल देखाए। एक दुई वटा भिडियो हेरुञ्जेल गौरव लाग्यो, ल है ! आजका ठिटाहरुले युरोपेली र अमेरिकी र्यापर भन्दा नि दरो गरेछन भनेर-
अब म कम्युनिस्ट बन्दिनँ! भो पुग्यो मलाई मार्क्सवाद-लेनिनवाद अनि बाँकी सबै वादहरु
– मिलन लिम्बू – शनिबार बिहान एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा निम्तो थियो। पत्रकार भएको नाताले। कार्यक्रम थियो पार्टी प्रवेश। विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश तथा स्वागत कार्यक्रम रहेछ। निर्धारित समय बिहानको साढे आठ बजे नै म त्यहाँ पुगिसकेको थिएँ। माओवादी अध्यक्ष प्रचण्ड तराईको कुनै क्षेत्रमा भाषण गर्न जान हतारोमा… Continue reading
नबिलको कार्ड एनसिसीको एटिएम, पाँच हजार रुपियाँ क्वाप्लाक्कै खाइदियो, म कसो गरुम्?
-ज्ञान न्यौपाने- भदौ ७। शुक्रबारको दिन। बिहान पौने दश बजे। न्युरोडमा एउटा सामान किन्न पैसा चाहियो। पर्सबाट एटिएम झिकेँ। खिचापोखरीस्थित नबिलको एटिएम हेरेँ, खुलेको छैन। त्यसपछि केही पर एभरेष्ट बैँकको एटिएममा चेक गरेँ। पैसा नराखेर होला, एटिएम सेवा उपलब्ध छैन भन्यो। त्यसपछि एभरेष्टको अगाडिपट्टी एनसिसी बैँकको एटिएममा आँखा पुग्यो। सोचेँ, पैसा त झिक्नै पर्छ। अनि… Continue reading
इन्जिनियर्स एसोसिएसनको सदस्य भन्न पनि लाज भो
-ऋषि पराजुली- नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को साधारण सदस्य भन्न पनि लाज हुने स्थिति आएकोले केही लेख्न बाध्य भएको छु। केही समय पहिले एसोसियसनको नाममा पत्रिकामा विज्ञापन छापेर विज्ञप्ति निकाल्यो। यसको चर्को विरोध भएपछि एसोसिएसनका सदस्य ई. रोहिणी पौडेलले किन यसो गरियो भन्ने बारे बुँदा ध्यान दिएर पढ्ने अनुरोधसहितको ब्लग लेखे। उहाँले पेश गर्नुभएका दलिल… Continue reading
अर्धाङ्गिनीलाई पाउको पानी खुवाएर नि व्रत हुन्छ?
-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनीया- पुरुषप्रधान समाजमा नारीलाई सर्वदा भोगको मात्र विषय मानेर सदा आफूमाथि रहने प्रपन्च चलिरहेको छ। यसबाट हाम्रो समाज पनि अछुतो छैन। यसैको उदाहरण हो हरितालिका अर्थात् तीज। पार्वतीले शिवको आराधना गरेको धार्मिक आडमा हिन्दु नारीहरु असल श्रीमान् पाउन या श्रीमानको सुस्वास्थ्य तथा दिर्घायूको कामना गरि हरितालिका जस्तो कडा व्रत बस्छन्। हुन त समयसंगै… Continue reading
के हो त ट्रान्सफरमर खरिद काण्ड ?
-इ. रोहिणी पौडेल/ इ.सुशील पौडेल- कृपया बुँदाहरुलाई समय दिएर पढेर बुझ्नुहोला। – ट्रान्सफर्मर खरिद प्रकरण मा हाल २२ जना दोषी भनी ४१ करोडको बिगो देखायर कर्मचारीलाई मुद्दा दायर गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसमा सम्पूर्ण ट्रान्सफर्मरको मूल्य , २५ वर्ष सम्म हुने loss र Vat एवं करको पैसा जोडी बनाइएको भन्ने जानकारीमा आएको। –… Continue reading
ढोका बन्द गरिएको घरभित्र पसेर मेरो कोठा ढकढकाउन आउने को होलिन् ती युवती ?
-प्रमिला अधिकारी- ढकढकढक ! आइतबार त्यस्तै मध्याह्न साढे १२ बजेको थियो होला। मेरो कोठामा कसैले ढक्ढकायो। ‘को हो ?’ मैले सोधेँ। ‘म हो, खोल्नुस् न,’ एक अपरिचित महिलाको आवाज आयो। ढोका खोलेर हेरेको त त्यस्तै २२/२३ वर्षकी एक युवती रहिछिन्। म शंखमूलको एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेकी छु। घरमा अरु पनि भाडामा बस्नेहरु… Continue reading
अर्बौँ घाटामा रहेको आयल निगमले जागिर खुस्किसकेकालाई दियो ३० हजार भत्ता
-द्रोणहरि- मासिक घाटा नै १६२ करोड व्यहोरिरहेको नेपाल आयल निगमले जागिर गइसकेका पूर्व कर्मचारीलाई पनि कतै पत्रपत्रिकामा सूचना ननिकाली व्यक्तिगत रुपमा खबर गरी सुटुक्क भत्ता बाँडेको छ। मेरो एक जना नातेदार आयल निगममा अस्थायी काम गर्नुहुन्थ्यो। उहाँको एक वर्षजति अघि जागिर गएको थियो। तर अहिले अचानक आयल निगमबाट फोन गरेर बैँक खाता नम्बर मागी २०६५/६६… Continue reading
डलरको भाउमा बैँकको बदमासी
-निरन्जन खड्का- म अनलाइन काम गर्छु र रकम सम्बन्धी सबै कारोबार मास्टर कार्डबाट गर्छु। म नेपालमै भएकोले आफ्नो एकाउन्टमा भएको रकम निकाल्नु पर्दा यहीँको बैंकको एटिएम प्रयोग गर्छु। तर एटिएमबाट झर्ने रकम देखेर छक्क पर्ने गरेको छु। अहिले सबैलाई थाहा भएको कुरा हो कि $ को मूल्य नेपाली रुपियाँसँग कति बलियो छ। हरेक दिन डलरले… Continue reading
गोसाइँकुन्डको यात्रा, ठगीले हामीहरुको जात्रा
-दीपेश पन्त- भर्खरै गोसाइँकुन्डको मेला सकियो। केही साथीहरुसँगै मैले पनि यात्रा गरेको थिएँ। यो यात्रा कहिले नबिर्सने गरी मनमा गडेको छ। सम्पूर्ण यात्रालाई सम्झने हो भने त्यो यात्रालाई ठगिकुन्डको यात्रा भन्दा हुन्छ। ठगीको सुरुवात भने यही काठमाडौंको माछापोखरीस्थित रसुवा र त्रिशुलीको गाडी चढ्ने ठाउँबाट भयो। डिलक्स गाडीको भनेर रु २०० को यात्रालाई ३०० तिरियो। तर… Continue reading
मैले पनि यसरी दुःख पाएको थिएँ एयरपोर्ट अध्यागमनमा
-नीराजन शिरीष- दुर्इ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट । उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको… Continue reading
ब्लगका कारण यसरी पिटिएँ
-सन्तोष न्यौपाने/बेल्जियम- केही दिन अघि मैले कलाकारलाई भएको बिजोगको बारेमा लेखेको ब्लगको कारण धेरै असन्तुष्ट छन् भन्ने मलाई पहिला नै थाहा थियो। असन्तुष्टहरुले स्वयं नबोलेपनि एक कान दुई कान हुँदै मेरो कानसम्म आइपुगेको थियो कुरा। तर पनि म रत्तिभर डराएको थिइनँ। जसले प्रत्यक्ष बोल्छ उसैसँग टेबल बहस गर्ने मुडमा थिएँ म।
‘Resturent’ मा ‘Scele Labour’ – सरकारी कर्मचारीको अङ्ग्रेजी रामराम !
-ऋतुकुमार दुरा- एकजना साथी पासपोर्टको लागि फारम भर्नुपर्यो भनेर मेरो अफिसमा आए। अहिले मेसिनले पढ्न सक्ने एमआरपी पासपोर्ट बनाउन फारम कम्प्युटरमा नै भर्नुपर्छ। त्यतिमात्र नभएर भनिएकै साइजमा प्रिन्ट निकाल्नुपर्ने। कम्प्युटरको गहिरो ज्ञान नभएका जुनसुकै देशमा बसेका नेपालीलाई यो एउटा टाउको दुखाई बनेको छ यतिखेर। उनको पासपोर्टमा लेखिएका केही कुराहरू हेर्दै जाँदा मेरो गान्धी डिभिजनको अंग्रेजीले… Continue reading