Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेल्जियमका नेपालीले आफ्नै कलाकारलाई बाल दिएनन्, तीन नेपाली कलाकारको हरिबिजोग !

Posted on August 7, 2013August 7, 2013 by mysansar

-सन्तोष न्यौपाने/ बेल्जियम-

kalakar केही दिन मात्रै अगाडिको कुरा। बेल्जियमको ब्रुज शहरमा हिन्दी चलचित्र पिकेको सुटिङ थियो। धेरै नेपालीहरु भारतीय कलाकार हेर्नका लागि तँछाड मछाड गर्दै पुगे। कति त आफनो काम थाति राखेर उनीहरुको एक झलक दर्शन गर्न दौडिए। थ्री इडियट्स जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक राजकुमार हिरानीलाई हेर्नकै निम्ति घुँइचो लाग्यो। हिन्दी फिल्मका कलाकारहरुलाई हेर्न कै लागि तम्सिने नेपालीहरु आफ्नै देशका कलाकारहरु आउँदा के गर्लान् ? झन् उत्साहित भनेर सोच्नुभएको ? गलत ! नेपालबाट दार्चुला बाढीपीडितहरुको लागि च्यारिटी सो कार्यक्रम गर्ने भन्दै आएका कलाकारहरु गरिमा पन्त, नन्दिता केसी, रिमा गुरुङहरुलाई उनीहरुले बाल नदिएपछि हरिबिजोगको स्थिति देखियो।

बिहान नास्ता गरेर कार्यक्रम अर्थात् आफनो सो देखाउनका लागि आएका कलाकारहरुले न त सो देखाउन पाए, न त सम्मान नै पाए। टन्न खानसमेत पाएनन्। दिनभर भोकभोकै हिँडनुपर्‍यो। निर्मातासमेत रहेका सरोज अधिकारीसँग केही बेर वादविवादनै पर्‍यो। लगभग १ घण्टा भन्दा बढी समय उनीहरुले आफू चढेको गाडीमा नै बिताउन बाध्य भए।

उनीहरुलाई नेपालबाट सँगै आएका अर्थात् उनीहरुलाई संयोजन गरेका निर्माताले नै अपच शब्द बोले। केही बेर विवाद पनि भयो। निर्माता अधिकारीले कलाकारहरुलाई दिनभर अलपत्र पारेको उनीहरु बताउँदै थिइन्। रिमा गुरुङले जोडजोडले अधिकारीलाई थर्काउँदै थिइन् भने नन्दिता केसी आफू बिहान ९ बजे गरेको नास्ताको भरमा साँझ ८ बजेसम्म भोकभोकै बस्नु परेको बताउँदै थिइन्। उनले घुमाउरो पारामा कुकुरलाई सरह ब्यवहार गरेको भन्दै झोक्किँदै थिइन्। गरिमा पन्त भने मौन नै थिइन्।
kalakar

आखिर भएको के थियो त ?
ब्रुजबासी नेपालीहरुले नेपालबाट आएका पत्रकारहरु कुलचन्द्र न्यौपाने र जगत नेपालले बनाएको डेमोक्रेसी फर हाइज्याकिङ नामक वृत्तचित्र प्रदशन गर्ने र बार्बिक्यु कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता महादेव गुरुङ पनि थिए। राधाकृष्ण अधिकारी, पदम अधिकारी र पूर्ण तिमिल्सिना प्रमुख आयोजक मध्येका थिए। वृत्तचित्र प्रदशनसँगै खानपिन र बार्बिक्युमा सबै जना मस्त भएका थिए। कलाकारहरु आए पनि उनीहरुलाई आयोजकले कुनै भाउ नै दिएनन्। यसबारेमा आफूहरुलाई केही थाहा नभएको भन्दै उनीहरु पन्छिए। कलाकारहरु आउने नआउने पत्तो नभएको पनि जिकिर गरे। जबकि निर्माता सरोज अधिकारीसँग बसेर आयोजक कमिटीका राधाकृष्ण अधिकारी मज्जाले गफिँदै थिए। नेपाली ब्यवसायी समेत रहेका पुस्प अधिकारिले कार्यक्रममा कलाकारहरुको जिम्मा लिएको भनिएतापनि उनको उपस्थिति भने थिएन। उता पुस्पको अनुपस्थितिपछि आयोजकहरुले नेता गुरुङको तुलनामा कलाकारहरुलाई कुनै वास्तानै गरेनन्। अनि कलाकारहरु आफुहरु आएको गाडीमा गएर बसे। बसेको बस्यै दुई घण्टासम्म। अनि लुभेन शहरतिर हुँइकिए।

अन्तमा

हिन्दी फिल्मका कलाकारहरुलाई चाखसँग हेर्ने नेपालीहरुले आफनै कलाकारहरुलाई बेवास्ता गरिदिनु निकै लज्जास्पद बनेको छ। जिम्मा लिने ब्यक्ति जोसुकै भएतापनि आयोजकहरुले कुनै ब्यक्तिगत पूर्वाग्रह नराखिकनै कलाकारहरुलाई उचित सम्मान दिन सकेनन्। एनआरएनका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिँदा, नेताहरुलाई पुस्पगुच्छा प्रदान गर्दा कलाकारहरुलाई अलिकति पनि चासो नदेखाउनु भनेको नेपालीपनलाई बिर्सनु जस्तै नै हो। जसले गर्दा कलाकारहरुको केही हदसम्म हरिबिजोग नै भयो। कलाकारहरु आउने पत्तो नभए पनि कलाकारहरु आएपछि आयोजकहरु तथा उपस्थितहरुले तत्कालै कार्यक्रमको आयोजना पनि गर्न सक्थे। तर त्यसप्रति कोसैले चासो देखाएनन्। बरु सबैजना खानपिनमै मस्त थिए।

यसले प्रवासका नेपालीहरुको हैसियत र स्तरलाई पनि छर्लङ पार्ने काम गरेको छ।

73 thoughts on “बेल्जियमका नेपालीले आफ्नै कलाकारलाई बाल दिएनन्, तीन नेपाली कलाकारको हरिबिजोग !”

  1. Pingback: माइसंसारमा ब्लग किन लेखिस् भन्दै हातपात « Mysansar
  2. Rocky says:
    August 11, 2013 at 11:11 pm

    के कार्यक्रम हो कस्तो कार्यक्रम हो नबुझिकनै विदेश भन्ने बित्तिकै हुइकिहाल्नु भनेर कसले भन्या थियो र ? जानु भन्दा पहिला सबै कुरा बुझेर गाको भए एस्तो हविगत हुने नै थिएन नि ! ठिक्कै पर्यो ..

    Reply
  3. bipin says:
    August 9, 2013 at 12:49 am

    ति कलाकार पनि रेखा थापा जस्तै त होलान नि पछि नेपाल गएर रेखा थापा ले भने जस्तै नेपाली हरु अमेरिका मा भिकारी रहेछन भने जस्तै उनि हरु पनि भन्लान नेपाली हरु जम्मै बेल्जियम भिकारी रहेछन भनेर त्यसैले होला बाल नदिएको /

    Reply
  4. deepak says:
    August 8, 2013 at 11:23 am

    तर बेल्जियम को लेउवेन सिटी मा तेसो वयेको थिएन थय वने निक्कै रमाइलो अनि कलाकार हरुले सहि सम्मान पनि पाए का जहाँ , ब्रूगे को कुरा सुन्दा मलाई पनि दुक्ख लग्यो

    Reply
    1. Junu Sharron Rana says:
      August 8, 2013 at 4:39 pm

      त्यति टाढा बेल्जियम सम्म पुगेर दार्चुला बाढी पिडित हरुको लागि सहयोग कार्यक्रम लिएर पुगेका कलाकार चेली हरुलाई बेवास्ता गर्नु भनेको आफ्नै बेइज्जत गर्नु हैनर ? कस्तो सरम नभएका आयोजक रहेछन, एस्तो तुच्छ ब्यबर गर्ने हरु…नेपालीको नाम मा कलङ्क,

      Reply
  5. chhabi says:
    August 8, 2013 at 10:40 am

    कलाकार हरु पनि त्यो पार्टी मा मिसिएर बारबेक्यु भोजन गरेको भए भोकै बस्नु पर्थेन कि!! उहाहरु ले पनि भाउ धेरै खोज्नु नहुने हो!

    Reply
  6. Tenzing Gaba says:
    August 8, 2013 at 9:50 am

    सत्य कथा :
    ————
    कुरो २००४ सालको हिउद्को हो,
    हंगकंगमा CT-9 (कन्टेनर टर्मिनल 9) बन्दै थियो / त्यो प्रोजेक्टमा करिब ४-५ सय नेपाली कामदारहरु construction site मा काम गर्दथे / एकदिन त्येही प्रोजेक्टमा काम गर्ने मेरो
    मित्रले भने “मित्र नेपाली हिरो-हिरोनिहरु संग बसेर दारु खाने हो ?”
    आफ्नो कमलो मन किन हुन्न भन्थे नि
    “लु जाउ त्” भनेर म पनि लागे मित्रको पछि पछि /
    site मा पुगेर हेरेको त् ,,,,,,,मेरी !! ,,,बास्सै !!!
    हाम्रो अत्यन्त चर्चित बरिष्ठ कलाकार अनि top हु भन्ने हिरोनी पनि पो /
    “हग्नेलाई भन्दा देख्नेलाई लाज” भने झैँ एकपटक त् झसंग भए
    तर बिदेशीहरुलाई चाही “,, हाम्रा कलाकार तिमेरका जस्ता हुदैनन् ,,,,,,कुल्ली-कबाडी संग हिलो-धुलो-मैलोमा बसेर पनि डकार्न सक्ने हाम्रा कलाकारहरु कस्ता Fan प्रेमी छन् देखिस त् ?,,, ” भनेर उनीहरुले ओठ लेपराए पनि फुर्ती लगाइयो /

    ( पछि कुरो बुझ्दा : केहि कामदारहरुले आफु आफु मिलेर दैनिक काम सकिय पछि साझमा दारु एंड (BBQ)बारबाकिउ कार्यक्रम राखेको रहेछ त्येही construction site मा नै (समुद्र पुरेर बनाएको बालुवाको ढिस्को माथि) अनि कसले सुनेको रहेछ नेपाली कलाकारको एक टोली पनि हंगकंग आएको छ / त्येस्पछी एकजना ले गफै गफमा “लौ बोलाऊ यहि” भनेछ / अर्को चाही ले कतैबाट सम्पर्क गरेर फोन गरेको त् रास्ट्रको गहनाहरु त् तुरुन्त हाजिर हिलो-मैलो-वालुवाको ढिस्को माथि / )

    Reply
    1. Aakar Bhushan Nepali says:
      August 12, 2013 at 10:02 am

      तेञ्जिङ्ग जी को कथनी प्रति औलो ठाडो गर्न सकिने प्रशस्त ठाउँ देखियो| बालुवासंगै खेल्ने हाम्रा कर्मबीर दाजुभाईहरुले बोलाएको ठाउँमा गएर उनीहरु संग रमाउनुमा गर्ब हुनु पर्ने होइन र ? सार्बजनिक कमेन्टमा नै लेख्नु पर्ने गरि के त्यत्रो अपराध गरे त ति कलाकारहरुले ?

      Reply
  7. Vishal says:
    August 8, 2013 at 8:17 am

    बाडी पीडित लाई राहत भनेपछि पनि तेस्तो नगर्नु पर्ने तेहा बसेकाले के गर्नु हो हाम्रो सोचाई नै तेस्तै छ, एदी इन्डियन आइडिअल मा कुनै नेपाली मुलको भारतीय लाई जिताउने कुरा हुन्थ्यो भने देश बाट करोडौ रुपिया को एस.एम.एस. भोट जाने गर्थ्यो नेपाली फलाना प्रसान्त तामांग फलाना कपिल थापा लाई जिताउ नेपाली को जित हो भनेर, हाम्रो दुख मा कसले हेर्छ कोशी को बाडी पिडितलाई कुन चाही नेपाली मुलका बिदेसी ले सहयोग गरे दार्चुला का पीडित लाई कसले फेन क्लब बनाएर एस.एम.एस. भोट गरे जस्तो गरि सहयोग गरे हो भावनात्मक सम्बन्ध छ हाम्रो तिनीहरु संग तर हाम्रो दुख मा साथ दर्जिलिगे सिक्किमे देहेरदुने हरुलाई हाम्रा हुन् भनेर फुर्ती लाउनु के मतलब होइन र

    Reply
  8. Bhai Kaji Tamang says:
    August 8, 2013 at 7:07 am

    ठिकै भो नेपाली ले आफ्नो औकात थाहा भएको भए एस्तो हुने नै थिएन नि ! सोर्ग जस्तो देशलाई नर्क भन्यो . येस्मै गर्ब गरौ , युरोप को यूरो कमौना गको , “चोक्टा खान गको बुडी जोलमा दुबी मारी !”

    Reply
  9. purna says:
    August 8, 2013 at 5:38 am

    यी कलाकार हरू को विदेश दौडाहा पनि बुझी नसक्नु को छ , बिदेश मा मान्छे आफै कसरि बाच्नु परिरहेको अवस्था मा कस कस लाई स्वागत र भेटि टक्रयाउनु पर्ने हो खै बाढी पिडित को पनि यिनीहरु लाई किन येति छासो भाको हो खै ? कि मागी खाने भदो पो हो कि ? जस्तो लाग्यो है , विदेश मा बस्ने हरु पनि कलाकार हरु का खुब दुहुना गाइ भाछन यिनलाई पाल्ने र स्वागत गर्ने ठेक्का कसले लिएको होला कुन्नि बिना स्वादै !!!!!!!!!

    Reply
    1. Prajit man says:
      August 9, 2013 at 4:30 am

      बाढी पिडितलाइ सहयोग गर्न दसौ लाखको हवाई खर्च र अन्य खर्च गरेर विदेश जानु भन्दा राम्रो तेता लाग्ने खर्चको आधा जति मात्रै बाढी पिडितलाइ दिएको भय बिदेशमा भएको अपमान भन्दा लाखौ बढी सम्मान येतै पाउने थिए यी कलाकार भनाउदाहरुले/ बादिपिदितलाइ भनि नेपालमै कार्यक्रम गरेको भए २ ४ लाख त सजिलै उठ्थ्यो/ बाढी पिडितको नाममा विदेश सयेर गर्ने र आफै धनि हुनखोज्नेलाइ सजाए दिए जस्तो लग्यो भगवान्ले/

      Reply
  10. MIngma T sherpa says:
    August 8, 2013 at 4:56 am

    नेपाली कालाकारलाइ आयोजकले बिजोक बानाएको खबर सुन्दा दुख लग्यो… खै किन यसो गरेको होला थाहा भएन । मेरो बिचारमा हामी बिदेशमा भएका नेपालीलहरुले नेपाली कालाकर्लाई अति नै राम्रो गर्छो तर नेपालका २/३ वटा गीत गइ सकेका १/२ अल्ल्बुम निकाली सकेका कालाकार भनौदाहरु आफुलाई निकै ठुलो ठान्छ / त्यै भएर यसो भएको हो कि? कालाकारहरुले बुज्नु पर्ने एउटा कुरा के छ भने उनीहरुलाई कालाकार हामीले नै बनाएको हो त्यै भएर हामी उनीहरुलाई जति आदर गर्छोउ त्यति नै हामीलाइ पनि आदर गर्नु पर्छ/ हामी बिदेशमा भएका नेपालीले आफ्नो काम छोडी छोडी सहयॊग गर्दा पनि कार्यकमको अन्त्यमा नाक कुम्चाएको देख्दा उनीहरुको राम्रो सिर्जना पनि सुन्न मन लाग्दैन /
    Mingma T Sherpa
    Seattle ,WA

    Reply
  11. amar says:
    August 8, 2013 at 4:31 am

    खास कुरा मा उनीहरु Lai Europe घुम्न मन लाको हो त्यो पुरा वैहल्यो नि ….विदेश मा भने जस्तो हुदैन हो…लेखक साथी होलिडे मा फुर्सद को सदुपयोग गरेको जस्तो लग्यो…

    Reply
  12. Tika Ram says:
    August 8, 2013 at 2:14 am

    हैन आयोजक बनेर यी कलाकारहरुलाई बेल्जियममा बोलाउने को रहेछ? न त ब्लग लेख्नेले नै लेखेको छ न त कमेन्टमा कतै देखिन्छ!
    कलाकार मात्रै होइन कसैलाई पनि बोलाएर अलपत्र पार्नु सरासर फटट्याइ हो/

    Reply
  13. Jeevan says:
    August 8, 2013 at 1:45 am

    कलाकारलाई चित्तबुझ्दो मान सम्मान नमिलेकोमा दुख लाग्यो | जे हुनु भै हाल्यो, अब त्यो दार्चुला बाढीपीडितहरुको लागि भनेर राखेको कोषबाट चाहिँ टिकट खर्च, खाजा खर्च भनेर पैसा नकातियोश |

    Reply
  14. s-raj says:
    August 8, 2013 at 1:07 am

    हरि बिजोग होइन कन्त बिजोग को परिभाषा जस्तो लग्यो मलाई, खाई न पाई छाला को टोपी लगाई भयछ बरै, पापी हरु ले सारै दु:ख दियछ नानि हरु लाइ..

    Reply
  15. कोमलभुवन says:
    August 7, 2013 at 9:51 pm

    नन्दिता केसी, रिमा गुरुङ त्यस्ता नराम्रा कलाकार होइनन. उनीहरुले चित्त नदुखाए हुन्छ. बेल्जीयम मात्र होइन नेपालकै पनि हालत उस्तै छ. नजिकको तीर्थ हेला भने जस्तो हो नेपालि कलाकार प्रतिको त्यो धारणा. नेपालि हरु नेपालि कलाकार भन्दा बिदेशी कलाकार भनेपछि समय पैसा खर्च गर्न तयार हुन्छन काठमाडौँ मा बिदेशी को सांगीतिक कार्यक्रम को लहर हेर्नुस न अनि नेपालीको कार्यक्रम हेर्नुस त्यस बाट थाहा हुञ्छ नि देशको स्थिति. यो अवस्था लास एञ्जलस तिर पनि त्यस्तै छ है साथी हो. यो राम्रो कुरा होइन सबै लाइ चेतना भया
    लस एञ्जलस

    Reply
    1. harihar sharma says:
      August 8, 2013 at 4:02 am

      कुरा सहि हो त भन्न मन लागेको हो /
      तर, न म नेपाली कलाकार नै चिन्छु न नेपाली फिल्म नै कहिले हेरको छु /
      यसरि बिजो चाहिं गर्न नहुने हो / चाहे त्यो कलाकार होस् या सामान्य मान्छे /
      नेपालीहरु ले यसरि आफनै देश बाट आयका पाहुनालाई भोकै परेर आफु मस्त संग घिचेको कुरा सुन्दा मलाई अलि ठिक लागेंन /
      अब यी कलाकार ले कि भाउ खोजेर बसेको भए त के गर्नु र है,
      तर यो पर चाहिं ठिक भएन /

      Reply
  16. sujan says:
    August 7, 2013 at 9:20 pm

    लेखक महोदय, हजुरको नै फुर्सद रैछ त येसो अगि पछि लग्ये हुन्छ नि, , एक हात ले तालि बझ्दैन. नेपालबाट पाल्नु भयको कलाकारहरु धेरै नै भाउ खोज्ने रैछन, ठुला बडा तेइ भएर अरुले पनि बाल नै दियानन नि .

    Reply
  17. aryan says:
    August 7, 2013 at 9:19 pm

    कृपया एक मात्र रोज्नुहोस
    १. राम्रोसंग चिनेको barbecue (पोलेको मासुको मिठो परिकार )
    २.राम्रोसंग नचिनेको नेपाली कलाकार

    Reply
    1. Cp Sharma says:
      August 8, 2013 at 1:20 am

      यसता मोलतोल गरने कलाकार हुन सकदैनन । यि त बयापारी हुन यसता लाई के को सम्मान चाहीयो । कलाकार महोदय सम्मान लिनेले सम्मान दिन पनी जाननु परदछ । कि कसो ?

      Reply
  18. thapa says:
    August 7, 2013 at 8:58 pm

    !खै हाम्रो यो ब्लग लेख्ने पनि तेही बस्नु हुन्छ अझ ब्रुग्गे मै उहाले घरमा लगेर खुवाएको भए कमसेकम भोकै पर्नु हुने थिएन होला कलाकार तथा अरु पाहुना पनि विदेश आउदा अल्लि Professional बन्न पर्यो; के कार्यक्रम , कहिले , कहाँ बस्ने, कति पैसा पाउने ; सबै बुझेर आउन पर्यो;
    राम्रो कलाकार को स्वागत कसरि हुन्छ वन्ने त अस्ति नेपथ्य को लण्डन को कार्यक्रम बाट नि थाहा पाउनु नि / Brussels बाट London गयर नि हेरेर आइयो नि /

    Reply
  19. anil pun says:
    August 7, 2013 at 8:51 pm

    युरोपमा बेलायत जस्तै सबै भन्दा धेरै प्रोग्रामहरु हुने देश बेल्जियम हो।यहाँ हरेक महिना दुईचारवोटा प्रोग्रामहरु भई रहन्छन्।नेपालबाट आउने हरेक कलाकारहरुलाई राम्रै सम्माण भएकै छ।अहिलेको यो समुह आउदा यसरी अपमानित हुनु पर्ने मुख्य कारण आयोजकको कम्जोरी नै हो।आयोजकले कुनै प्रचार-प्रसार र प्रोग्रामहरुको राम्रो ब्यबस्थापन नगरेकोले पनि यस्तो हविगत भएको हो।सर्बसाधरणलाई दोष दिएर लेख्नु भन्दा आयोजकहरुको के-कति ट्रुटी र कमजोरी थियो त्यो बारेमा लेख्दा उचित हुनेछ।

    Reply
  20. Sunil, London says:
    August 7, 2013 at 8:39 pm

    आजकल कुनै पनि व्यक्ति वा संस्थाको सहयोगार्थ गरिने कार्यक्रम बिदेशमा नै गर्नु पर्छ भन्ने मानसिकता छ ! ब्रुज वासी नेपाली हरुले के गरे त्यो त मलाई थाहा भएन(ब्रुज मा नेपाली को संख्या तेती धेरै छ जस्तो पनि लागेन) तर आजकल यता तिर येति थरि कार्यक्रम आजकल हुन थालेको छ कि सबै तिर भ्याउन समय र पैसा ले समेत सम्भव छैन ! कोहि नेपाली चलचित्र लिएर आउछन त कोहि गीत संगीतको कार्यक्रम लिएर ! हरेक महिना कमसेकम एउटा कार्यक्रम त हुन्छ नै , अब बिदेशमा बस्ने लाई पैसा फ़ल्छ र ? एक ग्रुपले गरेको कार्यक्रम सफल हुनासाथ अर्को ग्रुप तेस्को देखासिकी गरेर आइहाल्छन , माथि नै भनिसके पैसा र समय दुबैको अभाव ! ४-५ महिना अघि योगेश्वर अमात्य ले पनि नेपाल बाट Live Band ल्याएर एउटा कार्यक्रम गरेका थिए म पनि Harrow इलाकामा भएको त्यो कार्यक्रम हेर्न पुगेको थिए , कार्यक्रम सफल नै भयो! कार्यक्रम सफल हुन आयोजक पनि राम्रो हुनु जरुरि छ ! एकपटक सफल भयो भनेर अर्को पल्ट सफल हुनु कुनै जरुरि छैन ! नेपथ्य ले गरेको कार्यक्रम अहिले सम्म कै सबभन्दा महँगो लाग्यो मलाई आज सम्म तेती पैसा कुनै नेपाली कलाकारले गरेको कार्यक्रम मा तिरेको थाहा छैन , अब दोश्रो पल्ट उनीहरु नै कार्यक्रम लिएर आए भने सफल नहुने सम्भावना लाई नकार्न सकिदैन ! अब उनि हरुले धेरै पैसा जम्मा गरे भनेर अर्को ग्रुपले देखासिकी गरेर लण्डन तिर हान्निनु चाही भएन !तर बेल्जियम मा नेपाली कलाकार हरुका साथ भएको घटनाले चाही मलाई दुखित तुल्यायो , बोलाएर ल्याएपछि चाही सम्मान गर्ने पर्छ चाहे ठुला कलाकार हुन् चाहे साना

    Reply
  21. shyam says:
    August 7, 2013 at 8:21 pm

    जे जस्तो भए पनि आयोजक को यो गम्भीर त्रुटी हो ,उनीहरु नेपाली कलाकार हरु नै हुन् ! सके जति नगरे पनि बोलाइसके पछि ,उनीहरुको ब्यबस्थापन गर्नु पर्छ, होइन भने तानतुइको झारपात संघ संगठन खोलेर बस्नु को अर्थ सहजै बुझिन्छ !!!!! यो बिषय,मा कलाकार को बिरोध गर्नु भनेको पाखण्डी पन देखाउनु मात्रै हो !!!!!!

    Reply
  22. Chhewang sherpa says:
    August 7, 2013 at 8:03 pm

    आफ्नो औकात कलाकार हुँ भन्नेहरुले नि बुझ्नु पर्छ , नेपालमा हुँदा कुनै सर्बसाधारण संग राम्ररी बोल्दा पनि बोल्दैनन विदेशको नेपाली भने पछि के के न भेटे जस्तो गर्छन, सम्मान चाहिन्छ भने सबैलाई समान सम्मान गर्न नि जान्नु पर्छ . कुनै पनि नेपाली पैसा धेर भएर विदेश बस्न गएका होइनन आ आफ्नै समस्या छ सबको, कलाकार आयो भन्दैमा नेपालीहरु रातो कार्पेट र फुलको गुच्छा लिएर दौडिहल्नु पर्छ भन्ने मान्यता म राख्दिन, आधा अंग्रेजी आधा नेपाली बोल्दै स्टेजमा आएर तिग्रा देखाउदैमा कलाकारको दर्जा खोजिहल्नु सायद अहम हुन सक्छ, कलाकार राम्रो नराम्रो छुट्याउने र कस्तो कलाकारलाई सम्मान गर्ने भन्ने कुराको अधिकार केवल आम नागरिकलाई हुन्छ, राम्रा कलाकार हुन भने यस्तो अबव्स्था त ब्यहेर्नु नै पर्ने थिएन, त्यसो त कुनै आम नागरिकले उनीहरुको अपमान र गालीगलौज केहि गरेका छैनन, तेसैले ब्यबस्थापनको कमजोरी लाइ लिएर सम्पुर्ण नेपालीलाई गाली गर्ने हो भने आइन्दा आउनेहरुले पनि एक पल्ट ऐना हेरेर आउदा उपयुक्त होला कि???
    not from belgieum

    Reply
  23. Hari Prasad Lamichhane-Saudi says:
    August 7, 2013 at 7:44 pm

    के गुनासो गरेको होला ? नेपालमा कलाकार भन्न मिल्ने २-४ जना मान्छे मात्र छन्, जस्तै मदन कृष्ण , हरि बंश , राजेश हमाल , अमृत गुरुङ लगायत अरु केहि , येदि सांचिकै भन्ने हो भने यी फोटोमा देखिएका केटि हरुले कहाँ कता कलाको शिक्षा पाए ? कपडा कम लगाउदैमा कलाकार भइन्छ र भन्या ?

    Reply
    1. Aakar Bhushan says:
      August 7, 2013 at 8:34 pm

      को भनेको ? राजेश हमाल ?

      Reply
      1. Hari Prasad Lamichhane-Saudi says:
        August 7, 2013 at 10:11 pm

        अब super star नै भने सके येसो राजेश हमाल पनि लेखिदिउ भनेर हो , हुन त मदन कृष्ण हरि बंस को समान त हैन है त्यो …………

        Reply
  24. dharmendra says:
    August 7, 2013 at 6:40 pm

    बर्खे च्याउ जस्ता उम्रेका संघ संस्था
    बर्खे भेल जस्तै आउने कलाकार हरु ! ल तपाई आफै भन्नुस कसकसलाई बाल दिने ? काममा पेल्लिएर आफ्नो सबै बाल (केश ) झरी सके ////

    Reply
    1. samrat~ says:
      August 8, 2013 at 6:33 am

      एकदम ठिक ..हाम्रा कलाकार हरु एकताल जसरि भए पनि यूरोप अमेरिका मा tour न हाने सम्म status बन्दैन भन्ने होडबाजी चलि सक्यो. ऐरे गैरे जो पनि आएको छ. होटेल restaurant जहा पायो तेही १५-२० जना को सामुन्ने पनि गाएर नेपाल मा tour गएर आको भन्ने धाक को लागि मात्रै हो जस्तो लाग्छ. अब कुरा गरम त्यो 1974 ब्याण्ड को. येतो चोटी अमेरिका को भ्रमन मा आइ सक्यो एकताल त डि सी को नेपालि restaurant मा ट्वाक बोकेर आयोजक ले पैसा उठाएको पनि देखियो. अझ हुदा हुदा band member छुटी सके पछि पनि एक दुइ जना lead singer भनाउदा हरु यहा को लोकल केटा हरु अलि अलि झ्यांग झ्यांग गीटार बजाउन जान्ने हरु बोकेर भएर पनि जबर्जस्ति टुर गर्न खोल्छ अस्ति भखर को कुरो हो यो.

      अलि राम्रो इलम भएको हरु कहिले काही आए त भाउ पनि पैन्थियो, जस्तो उधाहरणअस्ति लण्डन मा नेपथ्या , किन दिदैन बाल प्रबासी नेपालि हरु ले देखि हालियो नि कत्रो grand success

      Reply
  25. nimesh, BKK says:
    August 7, 2013 at 6:06 pm

    विदेश आउदा अल्लि Professional बन्न पर्यो; के कार्यक्रम कहिले, कहाँ बस्ने, कति पैसा पाउने; आयोजक को हो आदि-इत्यादि सबै बुझेर आउनु पर्यो, अन्यथा दुख नै पाईन्छ र यस्तै विदेशमा नेपालीहरुले वास्तै गरेन भनेर अनेक गुनासो गर्नु पर्ला .

    Reply
  26. Gajen Pakhrin says:
    August 7, 2013 at 6:00 pm

    होइन रिमा गुरुङ त चिनेकै कलाकार होता ! कसरि कसैले नचिनेको भन्या ?

    Reply
  27. Dhruba bhatta says:
    August 7, 2013 at 5:57 pm

    नेपाली भएकै नाता ले इज्जत दिनु पर्छ भन्ने त हुदैन नि गाठे. Respect should be earned not demanded . यिनीहरुले खेलेको फिल्म हेर्नेहो भने आफैलै लाज लगेर आउछ अनि येस्तालै के को सेलेब्रिटी भनेर respect गर्ने. मदनकृष्ण हरिबंश लै त सबैले इज्जत गरेकै छन् त

    Reply
  28. Sisir says:
    August 7, 2013 at 5:40 pm

    “ब्रुजबासी नेपालीहरुले …………. डेमोक्रेसी फर हाइज्याकिङ नामक वृत्तचित्र प्रदशन गर्ने र बार्बिक्यु कार्यक्रमको आयोजना गरेका थिए।”

    माफ गर्नु होला मैले त भन्न खोजेको कुरा केहि बुझिन , वृत्तचित्र प्रदशन र बार्बिक्यु कार्यक्रममा ति कलाकारको जिम्मा कसले लिनु पर्ने ?कुन कार्यक्रमको लागि गएका हुन् इस्पस्त भएन ? भोक लागेको भए आफ्नो खल्तीबाट पनि खर्च गरेर खान सकिन्छ , सारै जोगी पारा पनि राम्रो होइन .
    विदेशको कार्यक्रम भने पछि हाम्रा कलाकारहरु पनि के के न जस्तो गरि बुझ्दै नबुझी जान्छन !

    Reply
  29. युबराज गौतम पोखरा says:
    August 7, 2013 at 5:37 pm

    सब बहाना हो दार्चुला बाढीपीडितलाई सहयीग गर्ने विदेश भर्मण गर्ने
    कलाकार आयो रे ,भन्दैमा सबै काम छोडेर दौडिने , प्रख्यात कलाकार भए कसैले भन्न पर्दैन नत्र जस्ता आय पनि दौडने हो र

    Reply
    1. kabiraj says:
      August 7, 2013 at 11:23 pm

      कलाकार को कार्यक्रम मा जानु नजानु आफ्नो खुशी हो तर जसले बोलायो उसैले वास्ता गरेन त्यो सरासर बेइमानी र बेइज्जति हो. कलाकारलाई मात्रै हैन कसैलाई पनि दुर्व्यवहार गर्न हुन्न.

      Reply
  30. मानुका पौडेल says:
    August 7, 2013 at 5:25 pm

    जसको जे हैसियत भएपनि यो कार्यक्रम आयोजनाहरुको भयँकर गल्ती हो । कुकुरको पनि इज्जत हुन्छ । यिनिहरुलाई बोलाएपछि इज्जत दिन जान्नुपर्छ र आयोजकले माफी माग्नु पर्छ ।

    Reply
  31. suman says:
    August 7, 2013 at 4:55 pm

    विदेश मा बस्ने नेपाली हरुको हैसियत र स्तर को होइन हाम्रा कलाकार हरु को हैसियत र स्तर चै छर्लंग भए जस्तो लग्यो मल त ,,,

    Reply
  32. Barun Tamu says:
    August 7, 2013 at 4:42 pm

    कसैले इज्जत गरेन भनेर रिसाउने हैन / अनि जबर्जस्ति इज्जत खोज्नु पनि हुदैन / यदि पपुलर कलाकार भयको भय तोइलेत भित्र पस्दा पनि दर्सक छोर्द्ने थियन/ एसको मतलब यी कलाकार हरु खासै कसैले मन् परेका परेनन / कि कसो ? नभय बेलायत गयको नेपर्ह्य गुरुप लै हेर्नुश त /

    Reply
  33. Suman Gurung(UK) says:
    August 7, 2013 at 4:33 pm

    कलाकार लाइ साथ कसरि दिनु पर्छ भन्ने कुरा अस्ति को लण्डन मा भएको नेपथ्य को कार्यक्रम हेरे भैगो नि.. ओहो सारै रमाइलो भयो, नेपथ्य पनि खुसि हामि नेपाली पनि खुसि. त्यो प्रोग्राम को विडियो नहेर्नु भाको भए मैले youtube मा राखेको छु जुन इकान्तिपुर, naagriknews , onlinekhabar सेतो पाटि सबैले राखेका छन् हेर्न नभुल्नु होला.

    Reply
  34. dpack says:
    August 7, 2013 at 3:40 pm

    बिचरा हार्मो चेली हरु dollors कमौना गएका…बेइजत भएर फर्किने भए…

    Reply
    1. Abhi, Belgium says:
      August 7, 2013 at 8:46 pm

      हल्का यूरो भनेर सच्चाउने कि युरोप आएका हुन ले I

      Reply
  35. Narayan Sapkota says:
    August 7, 2013 at 2:42 pm

    माथिका कलाकार हरु को नाम सुनेको भए पो बाल दिने त? ल्यानु ल्यानु अलिक नाम चलेको कलाकार ल्यानुनी

    Reply
    1. Parash poudel says:
      August 7, 2013 at 3:02 pm

      ” कलाकार ” यो सब्द को अर्थ था छैन भने एकचोटी खोज्नुस अनि कमेन्ट गर्नुस . कलाकार भनेका कलाकार हुन् चाहे ति नाम चलेका हुन् आथावा नचलेका . respect भनेको उत्ही नै हुनु पर्छ . MIND IT

      Reply
      1. bibek says:
        August 7, 2013 at 7:04 pm

        येस्ता तात्ता-न थाराका कलाकारलाई star कलाकार संग दाज्दै पैसा कुम्लौना मौका दिने हो भने त नेपालमा घरै पिच्छे कम्तिमा १-१ जना कलाकार जन्मन्छ पारश महासय

        Reply
      2. Narayan Sapkota says:
        August 9, 2013 at 1:19 am

        My friend, for stage shows you need an artist who can attract spectators. People tend to go and see those artist who can perform. Not all artist has tendency for stage shows. Especially for international shows, you need to bring well known artist, not jharpaat artist.

        Reply
  36. Mr. TAMANG says:
    August 7, 2013 at 2:38 pm

    के भन्ने के नभन्ने खै, हामी आम नेपाली पनि उस्तै छन् झन् नेपाली कलाकार दुरुस्तै,हुनत सबै कलाकार उस्तै हुन्नन् तर धेरै जसो हावाको भरमा कला क्षेत्रमा आयो एक दुइटा गीत गायो अथवा फिल्म खेल्यो अनि आफुले आफुलाई सलमान खान के भी बाप हु भन्ने ठान्छन, अनि त्यो कुरा हामीलाई नपच्ने/ अर्को कुरा मैले आयोजक भएर मेरै घरमा बाउ आमालाई भन्दा बढी सत्कार गरेर कलाकार राखे , नोर्वे को trondheim सिटीमा नेपाली कम छ र पनि एस्तो ठाउमा प्रोग्राम रख्दिए, म र एक्दुइजन मेरा सहकर्मी हरु मिलेर अरु देशमा कति पाउने हो सोदी सोदी प्रोग्राम बाट नपुगेको पैसा आफ्नो गोजीबाट निकालेर भएपनि तेत्तिनै मात्रामा पैसा पनि हातमा हाली दिए तर जब म नेपालमा गएको थिए र एक पटक भेटेर एसो तेही समयको तितो मिठो गफ गर्दै कफी खाउ भनेर फोन गरेको आमममममम के …. मैले भन्न खोजेको के हो भने सरोकार दोहोरो भएको राम्रो नत्र युरोप म़ा तपाई हाम्रो पनि कलाकारको ख्याल राख्दै हिदिरहने फुर्सद हुदैन ….. यो दिदि बहिनि को घटना के कसो हो त्यो थाहा भएन तर किने कुनै लाइ त यस्तै गर्नु पर्छ …

    Reply
    1. Mohan says:
      August 7, 2013 at 6:38 pm

      तपाईको कुरा सही लाग्यो|
      मज्जाले भिडिओ हेर्नुस, सीडी र एम थ्री सुन्नुस|
      धेरै जसोको व्यवहार थाहा पायौ भने बोर लागेर आउँछ|
      बाइ द वे, तपाई युरोपतिर बस्ने हो जस्तो लाग्यो| आफ्नो लास्ट नेमको
      अघि आफैले मिस्टर लेखेको आफैं मपाई जस्तो भएन र भन्या? आफैले लेख्दा
      र भन्दा म मिस्टर सो एंड सो भनेर सामान्य रुपमा भनिने चलन छैन| आफु
      टिचर भएर गए स्कुलको छात्र छात्रालाई त्यसरी परिचय गराउने चलन छ केरे|
      माफ गर्नुहोला, जान्ने भएर भुल ओउल्याउन खोजेको होइन आफुले बुझेको कुरो
      शेयर गर्न खोजेको मात्र हुँ|

      Reply
      1. harihar sharma says:
        August 8, 2013 at 4:10 am

        यो Mr वाला कुरा मन पर्यो ब्रो.
        नेपाल म़ा त म Dr फलाना सम्म नि भन्न भ्याउन्छ यार/
        त्यो नि PhD गरेका मान्छे ले /
        hahahah

        Reply
  37. Santosh says:
    August 7, 2013 at 2:27 pm

    थुक्क कस्तो बेइजत्ति कुरा.

    Reply
  38. Gitanjali says:
    August 7, 2013 at 2:12 pm

    नेपालीहरुको यस्तै बेवास्ताहरुले त हामी सबैको हरिबिजोग भएकोछ !

    Reply
  39. Abhi, Belgium says:
    August 7, 2013 at 2:11 pm

    भन्न खोज्या के हो मरी गय बुझिएन : पूर्व निर्धारित कार्यक्रम बिना घुम्न आउने कलाकार को पछाडी आफ्नो काम छोडेर दुकुर्न पर्थ्यो भन्न खोजेको हो कि के हो? यो विदेश हो सब मान्छे को उत्तिकै महत्व र काम हुन्छ;
    ये राता मकै ; दिन भरि भोकै बसेको कुरो त झन् पटकै बुझिन ; जहाँ पनि किनेर खान पयिन्छ; पैसा भएपछि खाद्य संकट छ भनिएको कर्णाली मा त मासु भात टन्न खान पाईन्छ; बेल्जियम त युरोप को Head quarter नै हो : रेस्टुरेन्ट नै नभय नि take away बाट किनेर खाको भए नि त भै हाल्थ्यो |
    कलाकार तथा अरु पाहुना पनि विदेश आउदा अल्लि Professional बन्न पर्यो; के कार्यक्रम , कहिले , कहाँ बस्ने, कति पैसा पाउने ; सबै बुझेर आउन पर्यो;
    राम्रो कलाकार को स्वागत कसरि हुन्छ वन्ने त अस्ति नेपथ्य को लण्डन को कार्यक्रम बाट नि थाहा पाउनु नि / Brussels बाट London गयर नि हेरेर आइयो नि /

    Reply
    1. Rajan Upriti says:
      August 7, 2013 at 5:16 pm

      बेल्जियममा शरणार्थी र खाते नेपालीहरुको खाँडो छ भनेको सुनेको थिएँ | साँचै रैछ |

      Reply
      1. Abhi, Belgium says:
        August 7, 2013 at 8:45 pm

        नेपाली भनेको नेपाली मात्रै हो, यसरि खाते र भाते भनेर नछुटाय नै राम्रो होला ; त एस्तो म एस्तो भन्ना ले नै नेपालीहरु पछि परिरहेको हो भन्ने यहाँ लै ज्ञात होस् .

        Reply
  40. bipin magar says:
    August 7, 2013 at 2:07 pm

    नेपालीहरु आफैमा नेपाली हौ भन्ने भावना हरैसक्यो बिदेसमा त, अरु नेपालीलाई के को वास्ता? कुन दिन कुन चै हिन्दि फिल्म रिलिज हुन्छ भनेर प्रत्येक नेपाली लाई थाहा हुन्छ ,केटा हरु धरी हिन्दि सिरिएल नटुटाइ हेरेर धुरुधुरु रुन्छ ,प्रत्येक बियर गफमा हिन्दि फिलिमको कुरा हुन्छ ,अनि अलि नशा लाग्दै गएसी राजनीतिक गफ हुन्छ अनि धोतीले गर्दा हो नेपाल बिग्रेको भनेर भारतको सत्तो सराप्छ ,साथी भाई बिचमा हिन्दि बोल्नुमा एति गौरब ठान्छ कि ,त्यहाको भाषा बोल्नु भन्दा बेसी ,अनि कसले कसलाई के भन्ने?

    Reply
  41. द्रोण says:
    August 7, 2013 at 2:06 pm

    प्रगति सिलाताको नाउमा आफ्नो बाउ को क्रिया न बस्ने हाम्रा नेताहरु , आफ्नो चाड ,बाद ,रिति थिति न मान्ने हामि , पत्रपत्रिका ,टीबी रेडियो जता ततै हिन्दि फिल्मी गीत र कलाकार को कुरा ,नेताहरु नै हिन्दि बोल्न पाए र हिन्दुस्ताको सिन्दुर लाउन पाए गर्ब गर्ने र साथै येस्तोमा नेपालि फिल्म नै नहेरें को कति छन् होला अनि नेपालि कलाकार , गुन्द्रुक अचार भएँन त् ?

    Reply
    1. bibek dhakal says:
      August 8, 2013 at 6:05 am

      कहिले काहीं दोसा, समोसा, इडली, भेलपुरी जे सुकै खाए पनि (अधिकांश) नेपालीले, सम्भव भएसम्म, सधैं खानलाई “भात” को सट्टा ति कुरालाई रोज्दैनन…… काठमाडौँ मै पनि चाहे जति सुकै आधुनिक रेस्टुराँ हरु मा जति सुकै अन्तर्रस्ट्रिय “मेनु” राखिए पनि बढीले खान खोज्ने “मम:” नै हो… जब मम: पसल मा मिठो / सफा मम पाक्न छोड्छ तब तेस्को आडमा रहेको भारतीय मिठाइ पसलमा जाने को भिड लाग्छ, तर पनि मम: को साख घट्दैन….
      भन्न खोज्या नेपालि ले नेपालि चलचित्र/ टेलिचलचित्र / सांगीतिक कार्यक्रम नहेर्नु को कारण बिदेशी संस्कृति को प्रभाव भन्दा पनि ति क्षेत्रहरुको दयनिय स्तरहीन स्थिति हो! जस्तो ब्लगमा उल्लेखीत अभिनेत्रीहरु मध्ये मैले नन्दिता के सी को मात्र नाम सुनेको थिएँ, नाम मात्र! अरु दुइ नानि हरु त को हून को? यदि इनको ठाउँमा मह जोडी , दिपक राज गिरि, दिपा श्री, धुर्मुस आदि को जोडी आका भए पक्कै पनि तिनलाई छोडेर हिरानी वा फिरानी लाइ हेर्न त्यति नेपालि जाँदैन थिए! वेम्ब्लिमा नेपथ्य कन्सर्टको बेला कुनै चर्चित भारतीय गायकको कन्सर्ट कतै भएको भए पनि नेपथ्य कन्सर्टको दर्शक घट्दैनथिए…..त्यसैले नेपाली दर्शकले नेपाली फिल्म हेर्न संगीत सुन्न छोडेको हैन, मात्र यो हो कि पाएसम्म उनीहरु “राम्रो” कुरा को मज्जा लिन चाहन्छन!

      Reply
      1. द्रोण says:
        August 8, 2013 at 9:40 am

        कुनै चिज लाइ राम्रो न राम्रो हेर्ने नजरिया मा भर पर्छ | पहिला पहिला को हिट फिल्म दस नम्बरी , दिवार , सोले आजकाल को दबंग ,सिङ्घम को अगाडी फिक्का लाग्छ |
        अझ हलिवुड को ब्लेड , अन दिस्पुतेड ३ आदिको अगाडी दबंग, सिङ्घम फिक्का लाग्छ |
        भन्न खोजेको कम बजेट को हुदा , र कचा कलाकार हुदा गुणस्तर को समस्या त् स्वाभाविक हो नि , तर साथै नेपालि फिल्म भन्ना साथ् हेय को दृस्टी ले हेर्ने , नेपालि हिरोइन लाइ चरित्र हिन को दृस्टी ले हेर्ने मूल समस्याको को त्यो चै पाटोलाई इंकित गर्न खोजेको मात्र हो |

        Reply
  42. Sanjay says:
    August 7, 2013 at 12:49 pm

    “चौटा खान गएको बुढी झोलमा डुवेर मरी” भनेको यही हो ।

    Reply
  43. राम चन्द्र says:
    August 7, 2013 at 12:49 pm

    बिदेस भनेर मतिहत्ते हाल्ने हाम्रा कलाकार किन राम्रा हुन सकेनन बेल्जियम मा । बाडी पीडित लाई सहयोग उथाउन बेल्जियम जानुपर्दैन स्वोच्छ भाबना ले नेपाल मै पनि उठाउन सकिन्छ चन्दा । कुरी कुरी भन्छु म त ति कलाकार लाई ।

    Reply
  44. narayan sydney says:
    August 7, 2013 at 12:31 pm

    जे गरे राम्रै गरे, बरु एङ्ग्लिश फिलिम परिवार संग बसेर हेर्न सकिएला ,नेपाली फिलिम त दस चोटी सोच्नु पर्छ

    Reply
  45. Madan says:
    August 7, 2013 at 11:58 am

    बाल दिने खालको पनि हुनु पर्यो नि, नेपाली कलाकार हरु…

    Reply
  46. sundip says:
    August 7, 2013 at 11:41 am

    है हाम्रो चाला! गाली गर्ने बेला धोति भन्दै खुब गाली गर्छौ, स्वाभिमानको कुरा गर्छौ , अनि भरे तेही हिन्दि गीत सुन्छौ, हिन्दि फिल्म हेर्छौ, अनि तिनीहरुकै कलाकारलाई पुउज्छौ! थुइक्क हामि !

    Reply
  47. krishna says:
    August 7, 2013 at 11:24 am

    आफ्ना लाई इज्ज़त दिन न जान्ने पाखण्डी हरुलाई के भन्नु, अर्कालाई भारत परस्त भन्ने तर ब्यबहार मा सबै तेस्तै, पी के को शूटिंग र नेपालका कुत्ता नेता को सम्मान गर्नु भन्दा देशका गहना कलाकार को सम्मान गरेको भए कति बेस हुन्थ्यो होला ………..बेल्जियम मा बस्ने नेपाली को मानसिकता, विदेश मा भए पनि उही नेता को गुलामी चाकडी गर्ने , तिनै नेता ले देश बिगारे भन्ने अनि तिनै को तलुवा चाट्ने थुक्क बुद्धि

    Reply
  48. Rajendra Adhikari says:
    August 7, 2013 at 10:17 am

    “यसले प्रवासका नेपालीहरुको हैसियत र स्तरलाई पनि छर्लङ पार्ने काम गरेको छ।”
    यसरी एउटा घटनाको आधारमा generalization नगौरौँ है साथि, चोट पर्छ ।

    Reply
  49. हिमाल says:
    August 7, 2013 at 10:06 am

    जे भो राम्रो भो, केहि समय अघि च्यारिटी सो मा उठेको पैसा क्वार्लाम्मै खाएको एउटा लोक गायकको सम्झना आयो /

    Reply
  50. Biswash says:
    August 7, 2013 at 9:55 am

    संतोसजी तपाइले ठुलै कलाकार भनेर उल्लेख गर्नु भएको मध्ये कसैको कुनै पनि कार्यक्रम सायद मैले नहेरेकोले होला मेरो छेउमै भएको भए पनि पत्तै नपाई अनादर गरेको ठहरिन्थ्यो होला सायद l माफ गर्नु होला तर यथार्थ यहि नै हो कि !

    Reply
  51. devendra says:
    August 7, 2013 at 9:33 am

    …चित्त नदुखाउनु बहिनीहरु, कार्यक्रम आयोजकहरुको कमजोरी हो यो बिचरा काम गर्ने नेपालीहरुलाई दोस दिनु हुदैन,

    Reply
  52. नरेन्द्र says:
    August 7, 2013 at 9:17 am

    कहिँ नभयको जात्रा हाडी गाउमा भन्या जस्तो यो बेल्जियममा पनि हुनु पर्ने नपर्ने सबै काम गर्दा रैछन् नेपालीहरु।।
    कलकार पनि ठ्याक्कै नेपालमा नेता जस्तै सस्ता भय त्यसैले यो हबिगत भयको हो। आफु कुन कार्यक्रममा जादैछु आयोजक कस्ता छन राम्ररी नबुझी जादाको नतिजा।भारतीय कलकारलाइ सित्तिमा हेर्न पाइनु र यी नेपाल देखि आयका हरुलाई पैसा तिरेर हेर्नु पर्ने कारणले पनि त्यस्तो भयको हुन् सक्छ। १-२ जना कलकारको अन्तरबार्ता पढेको थिय विदेश कार्यक्रम गरेर यति कमाउछु उति कमाऊछु भन्दै खुन फुइ लाउछ्न। यी पनि कमाउन’ नै आयका होलान बाढी पिडितको नाममा।
    अर्को कुरा कलाकार पनि बर्षमा एउटा दुइटा आउने हैन महिनै पिच्छे आयको आयकै गर्छन् विदेश कतिलाई हेर्न जानु र सम्मान सत्कार गरेर साध्य लागोस बिचरा विदेश बस्ने नेपालीहरुलाई। कोहि चाही सम्मान सत्कार गरेनन भनेर रेखा थापाले अमेरिकामा सब नेपाली सडकछाप रैछन् भने जस्तो बेतुकका कुरा गर्दै हिड्न पनि पछि पर्दैनन्।त्यसैले यी कलकार ले दुख पाय भनेर मलाइ कठै चाही लागेन,आशा छ अब केहि सिक्लान र विदेश जादा अलि विचार गरेर जाने गर्लान।

    Reply
  53. aashishjii says:
    August 7, 2013 at 9:11 am

    चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी…भनेको येही हो…
    http://www.youtube.com/watch?v=4Z-s43ojWIA#at=83
    यो हेर्नुस…नेपाली कमाई भन्दा बिदेशी राम्रो भनेर केहि सोच्दै न सोची…जोसले जाऊँ भने पनि हिड्ने मानसिकताको उपज हो यो अरु केहि होइन…बिदेशमा शो भन्ने बितिकै राम्रो नै हुन्छ भन्ने छैन नि…यो कुरा कहिले बुज्ने नेपाली कलाकारले…

    Reply
  54. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 7, 2013 at 8:19 am

    बिदेशी नेपाल आउंदा चै अतिथि देवो भव भन्न तम्सने , आफ्नै देशबाट देशका गहना आउदा चाहिं यस्तो पाखन्डीपन ? एउटा सामान्य मानिस भएर, इगो र पूर्वाग्रहलाइ बिर्सेर , मानबिय धर्म पुरा गर्न नसक्नु आजका मै हु भनौदाहरू को पर्याबाची भएको छ , यस्तो गर्नेले त गरे, तर तेस्तो गर्ने व्यक्तिहरूलाइ बहिस्कार नगरी टुलुटुलु हेर्नेहरू छउन्जेल कुनै परिवर्तन हुने छैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme