आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’
प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो। स्कुले जीवन। गाउँकै सरकारी स्कुल थियो। शायद हामी ५ कक्षामा पढ्थ्यौं त्यो बेला। एकजना शिक्षक थिए । बिद्यार्थीले सामान्य गल्ति गर्दा पनि ब्लेडले पाखुरा चिरेर चकको धुलो छर्कन्थे, बोल्नसक्ने हिम्मत कसैको थिएन। ती शिक्षकको त्यो ब्यबहारका कारणले तिनी बाटोमा हिंडदा पनि हामी डराउने गर्थ्यौँ। तर उनको यो ब्यबहारले न त हामीलाई अनुशासनको बाटोतिर डोर्यायो, न उनलाई चुनौति दिंदै अनुशासन तोड्न नै उद्यत गरायो। १० कक्षामा पुगेपछि कतिपय सवाल उठाएर बिद्यालयमा हड्ताल गर्दामात्र उनको त्यो प्रवृत्ति पनि बन्द हुनुपर्छ भनेर हामीले पहिलो पटक सामूहिक रुपमा आवाज उठाएका थियौं।
प्रसंग २ : बिद्यालय जीवनकै कुरा हो यो। ९ कक्षामा पुगेपछि विज्ञान पढाउने एक शिक्षक थिए। विद्यार्थीको खासखुस सुनेपछि आँखै नहेरी काठको डस्टरको झटारो हान्थे। उनको झटारोले एकदिन हाम्रा एक साथीको टाउको नै फुटेर उपचारका लागि दौडाउन परेको थियो। विद्यार्थीले कक्षामा हल्ला गर्नुहुँदैन भन्ने एउटा तर्क होला, तर त्यसको सजाय डस्टरको झटारो पनि त होइन।
प्रसंग ३ : बिद्यालय जीवन पार गरियो। कलेजको ब्याचलर्स लेभलमा पुग्दानपुग्दै बोर्डिङ स्कुल पढाउने काम शुरु गरेँ, औपचारिक रुपमा त्यो मेरो जीवनकै पहिलो जागिर पनि थियो, कम्ता रमाइलो लाग्दैनथ्यो बालबालिकाले ‘सर’ भनेर बोलाउँदा, तर अहिले आएर मनन् हुन्छ उनीहरुको त्यो सम्बोधन कत्तिको मनभित्रबाटै थियो या थिएन। बिद्यालयमै पढाउने क्रममा सहकर्मी शिक्षकशिक्षिकाहरुले बालबालिकालाई कहिले तातो घाममा उभ्याउने, कहिले मुर्गा बनाउने जस्ता दण्ड दिएका दृष्यहरु पनि देखियो। जानअन्जानमा आफू पनि यस्तै खाले प्रक्रियामा कैलेकाहीँ सहभागी भइयो होला। तर अहिले सम्झँदा नि आफैंप्रति ग्लानी हुन्छ।
प्रसंग ४ : समयक्रमसँगै रुचिका कारण रेडियोमा छिरियो। सोही क्रममा विभिन्न सवालमा रिपोर्टिंङ गर्न विभिन्न स्थानमा जाने गर्थे। आजभन्दा करिब ७ वर्षअघिको कुरो, रिपोर्टिंङकै सिलसिलामा उदयपुरका विभिन्न पहाडी गाविसहरु भलायाडाँडा, रौता, पंचावती, लाफागाउँ, आँपगाछि, जाँते जस्ता ठाउँहरुलाई करिब २ वर्षजति कार्यक्षेत्र बनाएर नियमितजसो त्यहाँका सरकारी विद्यालयहरुमा पुगियो। तर त्यो समयमा त्यहाँका धेरै बिद्यालयहरुमा बिद्यालयलाई बालमैत्री बनाउने उद्देश्यसहित ‘लठ्ठी-यातनारहित सिकाइ अभियान’ चलिरहेको थियो। अर्थात् शिक्षकले यातना नदिइकन पढाउने अभियान नै चलेको थियो र यसले समग्रमा शिक्षक, बिद्यार्थी एवं त्यो समाजलाई नै सकरात्मकतातर्फ अगाडि बढाइरहेको थियो।
माथि उल्लेखित चार प्रसंगमध्ये अन्तिम प्रसंग सकारात्मक थियो। त्यो बाहेकका माथिल्ला तीन प्रसंग साँच्ची मनै अमिलो हुने खालको मेरो अनुभव थियो। तर समाजको वास्तविकता पनि यही हो र बितेका २० बर्ष पहिलेको मास्टरी प्रवृत्ति अहिले पनि अधिकांश बिद्यालय र शिक्षकहरुमा कायमै छ। बेलाबेलामा बिद्यार्थीमाथि हुने गरेका यातनाका घटनाहरु बाहिर आइरहने कुराले पनि त्यो पुष्टि गर्दछ। यस्तै पराकाष्ठाको पछिल्लो रुप हो: बाँके घटना। अलिकति पुनःस्मरण गराउँ, केही दिनअघि नेपाली संचारमाध्यममा एउटा भयभित बनाउने समाचारले प्रश्रय पायो। मध्यपश्चिमी जिल्ला बाँके हिरमिनिया १ को एक निजी बिद्यालयकी शिक्षिकाले होमवर्क नगरेको भन्दै पिट्दा (केही संचारमाध्यममा किताबले झटारो हान्दा भनेर भनिएको छ) नर्सरीमा पढने स्थानीय ८ वर्षे बालक अजय धोबीको आँखा फुट्यो। अझै उनी उपचार गराइरहेका छन्, र आशा गरौं उनको आँखा पुनः पहिलेकै स्थितिमा फर्कियोस्। सुन्दै आततायी लाग्ने यस्ता घटनाहरु बेलाबेलामा आइरहन्छ। कतिपय ठाउँमा शिक्षकको यातनाले बिद्यार्थीले बिद्यालय जान छाडेका घटनाहरु पनि छन्।
युनिसेफ नेपालको सहयोगमा सिभिक्टले सन् २००४ मा गरेको एउटा अनुसन्धान ‘नेपालमा बालबालिकाविरुद्धको हिंसाः नेपालका बिद्यालयमा अनुसाशन प्रणालीका बारेमा अध्ययन’ रिर्पोटमा भनिएअनुसार बिद्यालयमा होस् या घरमा, बालबालिकालाई कुटपिट गर्ने एवं हिनताबोध महशुश गराउने क्रियाकलाप एकदमै सामान्य हो। बिद्यार्थी, शिक्षक एवं अभिभावकसँग छुट्टाछुट्टै छलफल गर्ने क्रममा यस्तो निस्कर्ष आएको थियो। यही अध्ययनमा ‘किन यस्तो हुन्छ त ?’ भन्दा शिक्षक एवं अभिभावकले ‘हामीलाई हाम्रो बाल्यकालमा अनुसाशनका नाममा यस्तै शारिरिक एवं मानसिक यातना भोगाइयो र हामीले पनि त्यही कुरालाई पछ्याइरहेका छौं’ भन्ने जवाफ आएको निष्कर्ष छ। सोही अध्ययनमा प्राथमिक तहका बालबालिका यस किसिमका यातनाको बढी सिकार हुने गरेको र उनीहरुले त्यसविरुद्ध बोल्न सक्नेसमेत नदेखिएको उल्लेख छ।
सिभिक्टकै सोही अध्ययन रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल मानव विकास रिपोर्ट २००८ मा भनिएको छ- ‘सन् १९९४ मा बिद्यालय भर्ना भएको ६३ प्रतिशत बिद्यार्थी प्राथमिक चरण पार नगर्दै बिद्यालय छाडे र थप २७ प्रतिशतले निम्न माध्यमिक चरणमा बिद्यालय छाडे ।’ यसैलाई आधार मानेर भन्ने हो भने १० प्रतिशत मात्र विद्यार्थी माध्यमिक चरणमा पुग्छन् अर्थात कक्षा एकमा भर्ना भएका १०० जना बिद्यार्थी दश कक्षामा पुग्दा १० जनामा सीमित रहन्छन् ‘र यसको एउटा महत्वपूर्ण कारण बिद्यालयमा दिइने यातना एवं सजाय पनि हो’ भनिएको छ। यो निचोडले पनि सवाल कति गम्भीर छ र कुन मानसिकताका कारण बालबालिका बिद्यालयमा यातना भोग्न बाध्य भएका छन् भन्नेकुरो पुष्टि हुन्छ।
अनुशासनमा राख्ने निहुँमा हुने यस किसिमका घटनाले बालबालिकाको मानसिकतामा कस्तो असर पार्ला वा पारिरहेको छ त? अनुशासनको नाममा दिइने यस प्रकारका यातनाले के बालमैत्री बिद्यालय बन्न सक्छ त ? कि हाम्रा बिद्यालयहरु यातनागृह बन्नतर्फ उन्मुख हुँदैछन् ? बिद्यालय जाँदा डर र त्रास बोकेर जाने बालबालिकाले त्यहाँबाट के सिकेर आउन सक्लान् ? अथवा परामर्श, अनुशाशन, सिकाई पद्धती एवं बालमैत्रीब्यबहारका बारेमा बिद्यार्थीलाई भन्दा हाम्रा शिक्षकशिक्षिकाहरुलाई परामर्श, तालिम एवं पाठ सिकाउन जरुरी छ कि ? बरु यतातिर पो सोच्ने बेला भएको हो कि ?
(ट्विटरमा @Shikaruketo नामले चिनिने न्यौपाने इक्वल एक्सेस नेपालसँग आवद्ध छन्)
[तपाईँले पनि विद्यालयमा यस्तैखाले यातना भोग्नुभएको सम्झना छ कि ? कोही भन्छन्- केही विद्यार्थी त नपिटी तह नै लाग्दैनन्। यातनासहितको सिकाइबारे तपाईँको धारणा के छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला]
लेख सान्दर्भिक भए ता पनि यसले गुरु पूर्णिमाको महत्वको साटो नकारात्मक संदेश दिन खोजे जस्तो लाग्यो. गुरु पूर्णिमा मान्ने परम्पराले हाम्रो संस्कारले गुरुलाई आदर गर्ने मात्रै होइन गुरु बाट शिक्ष्या आर्जन गर्नु पर्दछ भन्ने झल्काउदछ. यस परम्परा को उद्देश्य शिक्ष्या महत्वपूर्ण कुरा हो, शिक्ष्य हासिल गर र शिक्ष्या दिने व्यक्तिलाई सम्मान गर भन्ने हो. हुन त कालान्तरमा गुरु भनेका ब्रतबन्ध मा मन्त्र सुनाउने मात्रै हो भन्ने भयो तर धेरै पहिला सच्चिक्कै शिक्ष्या दिने व्यक्तिलाई पुज्न यो परम्परा बसालीएको हो. ब्रतबन्ध को चालचलन लाई नियालेर हेर्ने हो भने अब यो बालक पढ्न सक्ने भयो, परि आए भिक्ष्या मागेर भए पनि पढ्न पर्छ गुरुको मा जानु पर्छ भन्ने शन्देश दिनु हो.
लेखकले लेख्नु भएका कुरा ठिक छन्. सामाजिक चालचलन बाट सबै केहि हद सम्म प्रभावित हुन्छन. कति बा आमा नै छोरा छोरीलाई पिटेर भए पनि पढ़ौ भन्दछन र शिक्षक पिट्दछन्. यो सामाजिक संस्कार गलत छ र यसलाई परिवर्तन गर्नु पर्दछ.
गुरु शब्दले अन्धकारबाट उज्यालो तर्फ लग्न सक्ने व्यक्ति बुझिन्छ तर यहाँ त अर्थ नै फरक पर्न थालिसक्यो .दण्ड दिने पनि तरिका हुन्छ कुनै कुनै अवस्थामा सकारात्मक दण्ड को पनि आवस्यक पर्छ तर त्यो दण्ड ले साचिकै सुधार चै जरुरि हुन्छ .हामी ले पनि पढाईको बेला शारिरीक दण्ड पायौ धन्न त्यो बेलाका मेरा गुरु तेस्तो हुनुहुन्थियेना कि मा भाग्यमानी परे तर जस्तो खाले अहिले खबर आउछन ती भन्दा खतरनाक त पहिला नै थियो तर प्रकाश मा चाही आउन पाउदैन थिए फरक येति हो.अध्यापन निकै प्रभावशाली र गरिमामय पेशा हो यसमा केवल एक को मात्र जिम्मेवारी हुदैन सम्पूर्ण अभिभावक ,शिक्षण संस्था र समाज मिलेर सुधार्नु जरुरी छ
उहिलेका गुरुहरुले सम्झाय पनि नपढ्ने अनुशासन तोडने विद्यार्थीलाई सामान्य कुटपिट गर्ने गर्थे तर कठोरता ले होइन अलिकति दुख्ने गरि माया गरेर/ होम वोर्क नगर्ने बिद्यार्थीलाई छत्रपाटिको जुद्धोदय स्कुलको गणित शिछ्यक रामलाल मानन्धर सरले प्रत्यक हातमा ५ पटक लठ्ठी हान्थे/ क्लासमा हल्ला गर्नेलाई बिस्नुप्रसाद शर्मा सरले तिघ्राको जोर्नीमा यस्तरी चिमोथ्थ्यो कि कति दुक्थ्यो भनेर बयान पनि गर्न सकिंदैन/ ब्रेक पछि अबेर क्लासरुम पस्ने विद्यार्थीलाई हेडसर रामजी प्रसाद शर्माले स्कुलको गेटमै कुरेर चाकमा खुट्टामा सत्याक्क सत्याक्क दुइ लाठी हान्थ्यो/ पुद्केरामजी सरको कान निमोथ्याइ विजय राज सरको चड्कन, केसव लाल सरको ढाडमा मार्ने धाप नखाने त् सायादनै कुनै होला/गल्ति गरेमा सबै शिछ्यकहरुले भौतिक सजाय दिन्थ्यो/ तेतिबेला पटक पटक यस यल सी जाँचमा बोर्ड फर्स्ट ल्याउने ३ देखि १० कछ्या सम्म पधाइने जुद्धोदय स्कुल उपत्यकाको सबै भन्दा राम्रो र सबै भन्दा बढी बिद्यार्थी पढ्ने स्कुल मानिथ्यो/ तेतिबेला स्कुलका मार्सावहरु नै हाम्रो निमित सबै भन्दा माननीय सम्मानीय व्यक्तिहरु थिय; कुटे पनि/ घरमा समेत बा आमाले कज्याउन सकेन भने आफ्ना छोरा छोरीलाई हो तिम्रो स्कुलको मार्सावलाइ भनि देउं भनेर तर्साउन्थ्यो/ मलाइ जहा सम्म लाग्छ उहिलेको स्कुलहरुमा विद्यार्थीलाई अहिले सुन्नमा आय जस्तो दुव्यवहार कुनै स्कुलमा गरिंदैनथ्यो/
गुरुको व्यवहार कस्तो छ? र कसरि ज्ञान सिछ्या दिरहेकाछन् ? भनेर घरमा अविवावकले दिनहुँ चेक गर्नु पर्छ र आवस्यक अनुसार स्कूल गएर आफ्नो बच्चाको सिक्छ्यक संग वहाको राम्रा पछय र नराम्रा पछ्यको बारेमा संकोच नमानी छलफल गर्नु पर्छ, हाम्रो देशको वा सैछिक संस्थाको नियम कानुनको भरमा बसेमा तपाइ हाम्रो बच्चाहरुको सबैभन्दा संबेदनसिल र महत्वपुर्ण छेत्र education / पढाईमा ठुलो गल्ति हुनजानेछ , आफ्नो बालबालिकाको सधै साथ् दिएमा वा उनिहरुसंग असल साथीजस्तो व्यवहार देखाएमा उनीहरुले सबैकुरा भन्न थाल्छन र बल्ल उनीहरुको गुरु, साथी, क्लास मोनिटर, केटा वा केटि साथी सबैको व्यवहार र गुण र आवगुन को बारेमा जानकारी मिल्छ र बल्ल सहिबाटोमा लान सकिन्छ | रहयोकुरा गुरु(teachers) हरुको त्योपनि एउटा पेशा हो र हरेक पेशामा इमान्दार, मेहनेती, अल्छि, विद्वान, अज्ञानी, धुर्त फटाहा, हठी, हरिलट्ठक, संकीर्ण सॊच आदि अवस्य हुन्छन | मेरो आफ्नो २०-२५ वर्ष अघि सकेको स्कुले जीवन को अनुभव को अधारमा,
अझै पनि ति स्कुलका केहि tateacher हरु को नाम सधै best teacher of my life भनेर लिनेगरेको छु ; ति math teacher जसले न केवल सेक्शन A का बल्कि सेक्शन C , D लगाएत सम्पूर्ण पढाइमा कम्जोर बिध्यार्थिहरु जो बाकी sabject मा फेल हुन्थ्ये, लाई math मा ७०-८०% ले पास हुने बनाए (८,९ र SLC मा समेत) , यो बाट तेतिखेर नै जानेको कुरा बिद्यार्थी कम्जोर छन् भने तिनलाई तेज बनाउने जिम्मेवारी teachers / गुरुहरुको हो यदि त्यसो गर्न नसक्ने भए पेशा बदल्न सल्लाह दिन्छु |
” गुरु नै त्यस्ता मानव हुन् जसले आफ्नो जीवन बलिदान गरिदिन्छन् सिकाई प्रक्रियामा ….! बदमास त जुनै पेशामा नि भई हाल्छ नि!!!” सच्चा गुरु तिमीमा कोटी कोटी प्रणाम !”
सर्बप्रथम त गुरु, आचार्य र शिक्षक बीच फरक छ l शिक्षक त्यो हो जसले पढाउछ वा सिकाउछ l सिकाउने वा पढाउने व्यक्ति गुरु नहुन सक्छ l उसले जे पढायो (नैतिक कुरो आदि) त्यो उनि आफैले पालना गर्नु पर्छ भन्ने छैन l गुरु भनेको ति आदर्श र पूर्ण व्यक्ति हुन् जसले तपाइको जीवनलाइ अँध्यारो बाट उज्यालो तर्फ मोडी दिएको छ वा मोड्न प्रेरित गरेको छ, जसको सम्झना गर्दा मात्र पनि श्रद्धाभाब जाग्छ l
सबै शिक्षकहरु गुरु बन्न सकुन भन्ने कामना l जीवनको विभिन्न मोडमा सदमार्गमा डोहरर्याई दिने ज्ञात अज्ञात गुरुहरूप्रति श्रद्धाभाव l
———————————————
स्कुल पढ्दा पिटाइ कति खाइयो कति, सजाय कति पाइयो कति
स्कुलको त के कुरा, अस्कलमा पढदा धरी म्याथ सरको किताबको झटारो खान पाइयो
त्यहि झटारोले गर्दा व्यस्त इन्जिनिएर नबनिकन माइ संसारमा कमेन्ट लेख्ने फुर्सददार मान्छे भइयो l 🙂
My personal experience:
Most of the teachers/profs in school and college levels are probably good in repeating what the text books says (often in a way that students can barely understand), and the education system in nepal is mostly geared towards pushing students to pass a final examination, whether they have really understood anything out of it or not.
Teachers are very little concerned about being creative and finding out ways to make students understand what they teaching. For example: when we start trigonometry we are taught sin^2A + cos^2A = 1. There is no real world explanation of what it is or why it is like that. Students are expected to memorize it and spit it out during the test which mostly consist of questions repeated from tests from the previous years (guess papers bingo).
Punishing students for their poor performance is like telling them that they are not good at studying, so they should find something else to do, that they will not be able to do anything with their education in future.
There was a time when we had to do one page “handwriting” everyday for this nepali class. As a common practice those who had bad handwriting used to get punished (bad grade, and possibly beatings). One of my friends made a comment that those who had bad handwriting did not really need to do it, because they would get bad score anyways, so why waste time. Thinking about that comment now feels so true. As the result of his comment, he got a nice and loud slap by our guruba immediately. So much for speaking out the truth.
Schooling should be for learning and improving skills and not for harassing those who are already behind and making them feel like school is not a place for them. When students start hating the thoughts of going to school it is very oftern the teachers who should be failed, not the students, because teachers have failed in the job that they get paid for. Acting like monsters instead of someone who should make the students feel like making it school and learn does not help.
Schooling should not only make students write with good handwritings or memorize all the grammer rules or equations from trigonometry(without understanding a squat about it), but also should make them capable of dealing with the real world situations. And teachers should be tolerant and understanding when students voice their opinion.
That could be a key to developing a good relationship between students and teachers instead of teachers appearing like bullier and monsters to students and students behaving so defensively.
हुनत सायद याहाँ हामि मध्ये धेरै जसो विध्यार्थी जीवन पार गरिसकेका हरु छम र आज को दिनको महत्व हाम्लाई खासै नहोला तर पनि आज गुरु पूर्णिमा जस्तो दिन यी कुराहरु आको अलि चित्त बुझेन! हो माथिका सबै उदाहरण हरु तितो सत्य हून तर आजको दिन “कुनै गुरुले गर्दा तपाइको आफ्नो जीवनमा कुनै प्रभाव परेको छ ? छ भने उल्लेख गर्नूस ” भन्ने प्रश्न गरेको भए राम्रो हुन्थ्यो…माथि दियिएका उदाहरण र प्रश्न अरु दिन साचे हुन्थ्यो…मैले लेखक को लेखलाई होच्याउन खोजेको हैन तर सायद टाइमिङ्ग अलि गलत भयो!
अनि मेरो आफ्नो अनुभव भन्नु पर्दा मैले तेस्तो यातना भोगेको जस्तो लाग्दैन…हो कान निमोठियो, कुखुरा बनियो, झापड पनि खाइयो, बेञ्च मा उभियियो तर ति सब गुरु /गुरुआमा लाइ आज सम्झिदा उहाहरुप्रती कुनै प्रकारको द्वेषको वा रिसको भावना आउदैन!
२ ३ दशक अघि गुरु / गुरुआमा प्रति श्राद्ध र डर दुवै हुन्थ्यो…त्यो डर अहिले कहाँ हरायो कहाँ? अहिले त ८ ९ का बिधार्थिले शिक्षकलाइ टोइलेटमा थुन्दिञ्छ्न, कालो मोसो दल्छ्न , हात हाल्छन , अपशब्द प्रयोग गर्छन, आफ्नो गुरु/गुरुआमा भन्दा नेताहरुको आदर गर्छन…खै कहाँ गयो त्यति राम्रो गुरु विध्यार्थी बिचको सम्बन्ध? के/ कसले बिगार्यो – राजनीतिले, सिक्षकको पुरानो सोचाइले वा व्यापारमुखी सिक्ष्या र सिक्षक्ले ?
हाई स्कुलमा पढ्ने बेला म्याथ टिचर थिए,होमवोर्क क्लासवोर्क गर्न दिन्थे तर जसले म्याथ राम्रो गर्थ्यो उसको ढाड भाचिने गरि स्याबास भनेर हान्थे जसले बिगारेको हुन्थ्यो उसलाई धत् लन्ठू भनेर छाडी दिन्थे | राम्रो गर्नेले चाही सजाए पाको हेरेर बिगार्ने हरु मज्जाले हास्थे |
पहिलेको समयमा राम्रो नम्बर नआए बिद्यार्थी ले त्यसको सफाई दिनु पर्थ्यो, अहिले सरले सफाई दिनु पर्ने समय आयो , शायद त्यहि होला समय को परिवर्तन,
मैले पनि एक वर्ष पढाउने अनुभव पाएको छु २०५२ साल तिर, चोभारको आदिनाथ स्कुलमा (सरकारी स्कुल मा बोर्डिंग स्कुलको बिज्ञान पढाउने) सर भएको थिए, केहि समय मैले पनि सामान्य सजाय दिने गर्थे पछि त्यो पनि छोडे हरेक क्लासमा ४-५ जना बाहेक गतिलो खासै गतिलो बिद्यार्थी हुदैनथे, पढाई भनेको कुरा बंशानुगतकुरा हो शिक्ष्यक जस्तो सुकै भए पनि जिनमै न भएको दिमाख सर ले हल्दिना न मिल्ने रैछ भन्ने कुरा सिकेको छु मैले, पछि म आफ्नै पढाई को लागि इन्डिया तिर गए .
गुरुर बर्ह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर , गुरु साक्षात परम विष्णु तस्मै श्री गुरुवे नमः
सम्झिदा पुराना कुरा हरु निकै दुख लाग्छ बालक हरु लै दिएको सजाय प्रति, म पनि शिक्षक भै १० बर्ष लगभग ४० बर्ष अगि काम गरे तर त्यति खेर बालक हरु लाई सजाय दिनु पर्छ भन्ने धारणा थियो अनुशासन मा राख्नु पर्छ भन्ने धारणा, लाल्येत पन्च बर्षानी दस बर्षानी तादयेत प्राप्तेशु
शोडसे बर्षे पुत्रम मित्रम मिवाचरेत , संस्कृत श्लोक तर पनि अहिले आएर त्यति सार्है गर्नु हुँदैनथ्यो , बालमन लाई माया ले नै जित्न सकिन्छ भन्ने अहिले लाग्छ र कुनै मेरा पुराना विद्यार्थी हरु ले यो पढ्नु भए क्षमा गर्नु होला , जय गुरुदेव
कडा दण्ड दिने गुरुहरूले हामीले भोगे भन्दा चर्को दण्ड भोगे होला । क्रमशः दण्ड दिने परम्परा घट्दै गएसँगै ज्ञान दिने पनि घट्दै गए जस्तो लाग्छ । पहिलेका गुरुले पिटे पनि पढाए पनि जानेको कुरा मन खोलेर दिन्थे । हालका गुरुहरू नसिहत कम दिए पनि बुझिनस् भने ट्युशन आइज भन्ने छन् । हालका गुरु शिक्षा ठगी गर्छन् कि जस्तो लाग्छ ! आफैँ हड्तालमा नहिड्ने उहिलेका गुरु आजकलको जस्तो राजनीति पनि गरेजस्तो लाग्दैन । पहिलेका गुरु पासमुखी हैन ज्ञानमुखी गुरु थिए । सन्की थिए भने पनि असली गुरु उनै हुन कि ? अधिकाँश अहिलेका त गुरु हैन व्यापारी जस्तो पो लाग्छ ।
गुरु भनेको सिंढी हुन् जसलाई चढेर चेलाहरु माथि पुग्छन तर कसैले फर्केर हेर्दैन |
कुरो कक्षा ८ पढ्दाखेरि हो, जांचको दिन थियो, सबै प्रश्नपत्र कुरेर बसेका थिए, मा अगाडिको बेञ्चमा थिए, बिद्यार्थीको रोल नम्बेर कागजको टुक्रामा लेखेर बेञ्चमाथि टासिएको थियो. के गर्दा त्यो कागज मेरो हात मा उप्कियर आउनपुगेको मात्र के थियो, मेरो गलामा झनन हुने गरि बज्यो, किन कसले हान्यो, करीब ५ मिनेट सम्म पत्तो पुन सकिन. एकछिन पछि आखा खोलें यक टिचर रैछन हामी भन्दा मुनिकालाइ पढाउने. मैले अझै पनि सम्झंछु त्यो दुखाइ, मेरो त्यहाँ कुनै दोष थिएन. थियो त खाली टिचर हुनु को खोक्रो आडम्बर.
‘व्यबस्थापन कडा’ अर्कै कुरा हो र गोरु चुटाइ, बेइजति अर्कै। स्कूलको कर्म हो असल ज्ञान सिकाउनु। झक झककाउनु, अलि अलि तर्साउनु स्कुलको दायरामा पर्ला तर चुट्नु पर्दैन। चुटेर वा बेइजत गरेर २-४ जना ठाउँमा आउलन तर धेरैलाई एसले नकारात्मकता तिर उन्मुख गराउँछ।
हामीले हाम्रो ‘गुरुकुल’ शिक्षा छोडेर आयौं। अब गुरुकुलको छडी पनि छोड्नु पर्ने हुन्छ। मैले गृहकार्य गर्दिन भने मेरो बाबु-आम सम्म जानु उस्को धर्म हो. मेरो झोला २ ताला बाट तल बाटोमा फाल्नु होइन। मैले लुगा मिलाएर लगाउन सक्दिन भने राम्ररी लगाउ भन्नु उसको कर्तब्य हो, अबोधलाई ‘कस्तो खातेको बच्चा जस्तो’ भन्नु उस्को दायेरा होइन। पिटेर वा नमिठो बचनले पढ्ने भए म जहिले पहिलो हुँदो हुँ वा पास हुँदो हुँ. भलै म आफ्नै रफ्तारमा छु, विद्यावारधि गर्दै छु. मलाई अहिले पहिले पिट्ने वा पिटिरहने वा घोच पेच गर्ने प्रति तिक्तता मात्रै छ. माया गर्ने र कहिले कसो बेसरी पनि पिट्नेसंग भने अत्याधिक लगाव छ, मेरो बुबा जस्तै।
शिक्षक पनि मानब हो कहिले काहीं आवेगमा आउन सक्छ। दुर्भाग्य दुर्घटना हुन सक्छ। पढाउने पेसा गर्नेलाई यस्को राम्रो ज्ञान हुञ्च। तर उस्ले पनि सजाय पाउनु पर्छ। शिक्षकले आफुलाई बच्चाका अघि ‘डन’ सोच्नु भने हुन्दैन। उस्ले नुनको सोझो गर्नु पर्छ अरुको जस्तै। अरु भन्दा शिक्षक पृथक छन् किनकि उ धेरैको दोस्रो अभिभावक हुन् र कतिले त ‘जे गरे नि हजुरहरुकै भर हो पनि भन्छन।
मेरो बिचारमा ‘शिक्षकले’ पिट्न छोडे उ तनाब मुक्त हुन्छ र बच्चा बच्ची पनि. यसले शिक्षकको निजी जीवनमा सकारात्मक असर पार्छ र बच्चा बच्चीको मनोविज्ञानमा पनि। उस्लाई पढाउन भने आउनु पर्छ। राम्रो पढाउन सके पिटिरहनु पर्दैन।
स्कुल भनेको कक्षाको १० जनालाई उम्भो लागाउन बनेको होइन। अन्तिम १० को रिजल्टमा गर्भ गर्न सक्ने हुनु पर्छ र यस्को थालनी शिक्षकले गर्नु पर्छ। असल र तेज बिद्यार्थी यसै पनि पढ्छन वा थोरै रेखदेखमा पढ्छन्। अन्तिम १० को भाग्य शिक्षकको रेखदेखले तय हुञ्च।
(शिक्षक = सब्दले दुवै शिक्षक र शिक्षिकालाई सम्बोधन गरेको हुँ.)
बिकसित देशमा अभिभावकहरु बाल-बच्चाहरुलाई डर, धम्कि देखाउन पाईएन भन्ने गुनासाहरु सुन्नमा आउछ I पिट्न त पर को कुरा भयो यो अवस्थामा I कुनै हद सम्म त लगाम लगाएको नै बेस I सबैको अभिभावकहरु कहाँ Psychologist हुन्छन र बच्चा को मनोबल बुज्ने र तेही अनुसार भौतिक सजाए दिने I रह्यो गुरुको कुरा, एउटा सच्चा गुरु पनि अभिभावक नै हुन् I
मलाई हानेको लौरो भाचियर अर्को साथी को ढाडमा लाग्न पुगेको सम्झना अझै ताजै छ तर तेती नगरेको भय म आज यो ठाउमा साहेद नै पुग्थे होला/ होस्टेल बाट भागेर छ्यांग खान जान सुरु भै सकेको थियो मेरो गुरुले तेती नगरेको भय साहेद जद्याये भएर वसिन्थ्यो होला ! ति गुरुहरु जसले आफ्नो सारा जीवन आरुलाई सिकौनामा अर्पण गर्नु भयो उवा हरुलाई मेरो हार्दिक सद्भाव/श्रदाभाव छ
कक्षा मा राम्रो संग नपढाउने अनि घर मा टिउसन बोलाउने, बिध्यर्थिमाठी दादा गिरि गर्ने, हाँसेर पढाउन कहिले नज्जाने, ढोंगी गुरु धेरै देखेर होकी गुरुहरु प्रति आदर को भावना तेती माथि जान सकेको छैन !!
एल केजि पढ्दाको एउटा घटना याद आउछ , कक्षाको मनिटरले मलाइ चरम यातना दिन्थ्यो । एक दिन नुहाउदा आमाले जिउमा डाम देख्नुभयो, त्यसपछि आमा स्कुलमा गएर साफ थर्काउनु भयो , त्यस दिन पछि मलाइ उनिहरूले त्यस्तो सजाय दिन छोडे । एल केजि को यो एउटा घटना बाहेक अरू त केहि याद नि छैन ।
आठ या नौ कक्षा मा पढ्दा न्यौपाने थरका एक शिक्षकले जुत्ताले (खुट्टाले )नै छाती मा २/३ लात हानेको घटना आज २५/२६ वर्ष पछाडी पनि ऊतिकै याद आउछ ! आहिले ति मास्टर ठुलै मान्छे पी अच डी हुन् राम्रा ठुला लेख लेख्चन तै पनि मलाई तिनको तेयो खैरो खैरो पहेलो पहेलो जुत्ता कै याद आउछ गल्ति त मेरै थियो मैले नै केहि अपसब्दा प्रयोग गरेको थिय तर सजाय सहि थियन कि जस्तो लाग्छ !
तेस्तै अर्का गुरु त् ठुलो बोडिंग को साहु रैचन आहिले निक्कै आदर्शबादी तर केटाकेटी चुट्नु चुट्ने
यो लेख लेख्ने तेही न्यौपाने सर नपरे हुन्थ्यो फेरि !!
सकारात्मक सोच ले बिधार्थी लाई हप्काउनु दराउन दिनु – पक्कै पनि नराम्रो होइन किनकि जब जुनसुकै लाई पनि यदि डर भयन भने त्यहाँ नेर बिग्रने भत्कने गलत बाटो मा लाग्ने सम्भावना हुन्छ त्यसैले एउटा अमानबिय ब्यबहार नगरिकन बिधार्थी को उज्जवल भबिस्य को लागि पर्ने गुरु हरु लाई सदैब आदरणीय पात्र हुनुहुन्छ – हामीले एउटा दुइटा को कारण ले सबैलाई एउतै नजर मा हेर्नु हुदैन .
मेरो एउटा अनुभब – मा जब ५ सम्म थिय जहिले पनि फस्ट हुन्थे अनि त्यसपछि अर्को बिध्यालय मा भर्ना भय त्यहा गुरु हरु को निगरानी कम हुने हुनाले हामी लुकेर भागेर हिड्न मा कुनै रोक थियन – हामी सदैब फिल्म हल मा, क्यारेम खेल्न जाने गर्थेउ जसको कारण मेरो पढाई मा निकै कम्जोरता आयो – फल स्वरुप म बल्ल तल्ल पास हुने बिधार्थी मा परे – जब ९ मा पुगे फेरी बिध्यालय व्यवस्थापन पनि कडा निगरानी गर्यो र हामीमा पनि परिबर्तन आयो – फलस्वरूप मा यस यल सी राम्रो गरे —त्यसैले मलाई त जहाँ सम्म कडा व्यवस्थापन भयमा राम्रो हुने कुरामा विश्वास लाग्छ
पढन त् पडियो तर बदमासी गर्दा बाहेक पिटाई चाही खाइयेन अ यक जना थिय बेफ्वक मा पिट्ने उसलाई तह लगाउने भनेर बाटो ढुकेर पनि बसियो तर तह लगाउन परेन
सिस्नो त खाएकै हो मैले पनि तर यस्तो यातना दिनु राम्रो होइन डर त लाग्छ तर सुध्रिन चाही मुस्किल हुन्छ ,,
आज गुरुपूर्णिमाको दिन गुरुको बद्ख्वाइं निको लागेन । समयानुकूल हरेक कुरा परिस्कृत गर्दै लाने हो । पहिलेको राजनीतिक, सामाजिक सेरोफेरो नै उस्तै थियो भने गुरुको आचरणमा खासै ध्यान गएको देखिदैनथ्यो । शायद गुरूप्रति सन्देह राख्नु नपर्ने मानसिकताका कारण यसो भएको हुनुपर्छ । अर्को कुरा पढाउनुको अर्थ घोकाउनु भन्ने मानसिकताबाहेक अन्य कुराहरूमा त्यति सारो ध्यान गएको देखिन्न उहिले । अहिले अवस्था धेरै फेरिएको छ । विभिन्न शैक्षिक विधिहरू लागु हुँदैगएका छन् ।
त्यसैले उसबेला पिट्ने, घोच्ने, चिमोट्ने सबैथरिका गुरुहरूप्रति श्रद्धाभाव छ ।