Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिचरा हामी उपभोक्ता, ठगिएको ठगियै

Posted on July 8, 2013 by mysansar

-प्रेम शर्मा-

सुनमा मिसावट गरेर ठग्न पाउनुपर्ने, निम्न गुणस्तरको पानी र निम्न गुणस्तरको दुध बेचेर ठग्न पाउनुपर्ने, ग्यासमा ठग्न पाउनु पर्ने, मिटर बिगारेर मनपरी ट्याक्सी भाडा उठाउन पाउनुपर्ने आदि उदाहरण हामीले देखिसकेका छौँ। उपभोक्तालाई यी मात्र हैन, पाएसम्म सबै ब्यबसायीहरु ठग्न खोज्ने रैछन् भन्ने लाग्न थालेको छ। कतिपय यति “लो प्रोफाइल” छन् कि, झट्ट सुन्दा ठगी गरे भनेर ध्यान पनि नजाला। तर सङ्गठनात्मक ठगी नै हो यो!

यस्तै ठगी कलर ल्याबहरुको एसोसियसनले पनि गरिरहेको रहेछ। मलाई २ प्रति पासपोर्ट साइजको फोटो चाहिएको थियो। आफैले खिचेको फोटोलाइ एडिट गरेर ४X६ साइजमा केही पासपोर्ट साइजका फोटोहरु आउने गरी बनाएँ। प्रिन्ट गर्न एउटा कलर ल्याबमा गएँ, त्यसपछि कलर ल्याबमा काम गर्ने मेडम (क) सँगको स‍ंवाद:

म: ए हजुर, एउटा ४X६ को फोटो प्रिन्ट गर्नु थियो, हुन्छ?
क: भैहाल्छ नि।
म: एक कपिको कति हो?
क: १२ रुपैयाँ
म: ए, यो फ्ल्यास-ड्राइभमा छ फोटो
क: (फोटो कम्प्युटरमा हेर्दै) ए, यो फोटोको त ४० रुपैयाँ पर्छ।
म: अघि भर्खरै हजुरले १२ रुपैया भन्नुभएको हैन र ४X६ को एउटा फोटोलाई।
क: हो, तर यो पासपोर्ट फोटो रैछ, यसको त ४० पर्छ।
म: हैन मलाइ त ४X६ को मात्र चाहिएको, त्यस्को बाह्रै हुनुपर्ने।
क: हो, तर यो फोटोभित्र साना-साना फोटोहरु छन् र यसलाई काटेर तपाइँले पासपोर्ट फोटो बनाउन सक्नु हुन्छ।
म: हजुरले यो मेरो फोटोमा के छ भनेर किन हेर्न पर्यो त, यसमा कुकुरको फोटो रैछ, यति पैसा, यसमा फूलको रैछ यति पैसा गर्न त भएन नि ! ४X६ को प्रिन्ट् निकालिदिनुस् न नहेरी।
क: त्यसरी हुन्न, पासपोर्ट फोटोको चालिसै पर्छ। हामीले खिचे ८०, आफैले ल्याए ४०।
म: ठिकै छ नि त, यो पटक नहेरी गर्दिनुस् ४X६ को।
क: त्यस्तो गर्न मिल्दैन हजुर, यो ल्याब एसोसिएसनको रुल हो, कम्प्युटरमा फोटो हेर्दा थाहा भै हाल्छ।
म: हजुरले मेरो फोटो आफ्नो कम्प्युटरमा किन राख्नु पर्यो त, प्रिन्ट् गर्नुस् र डिलिट् गर्दिनुस्।
क: त्यसो गर्न मिल्दैन, प्रिन्ट् गराउने हो भने गराउनुहोस्, हैन भने नगराउनुहोस्, तपाइको इच्छा। तपाइँ जहाँ गए पनि यही हो।

(अहिलेसम्म अलि हँसिलै कुरा गर्दै थिएँ मैले, तर एसोसिएसनको रुल भनेपछि थाहा भयो यो पनि एउटा व्यवसायी सङ्गठनको सङ्गठनात्मक ठगी रहेछ। मलाई अलि असहज भयो। )

म: यो त अलि जबर्जस्ति भएन र? फूलको फोटो ४० पर्छ भनेको भए बरु प्रिन्ट नगरे हुन्थ्यो, पासपोर्ट फोटो त सबैलाइ चाहिन्छ र जसरी पनि बनाउनै पर्ने हुन्छ, फँसाउने मौका यही हो गर्न त भएन नि।
क: जाबो २०-३० रुपैयामै किचकिच गर्नुहुन्छ।
म: कुरा २०-३० रुपैयाको हैन, प्रिन्सिपलको हो हजुर। यो त सुन चाँदि पसलेले १ तोला सुनमा जाबो १ लाल पित्तल मिसाउँदा पनि किचकिच भने जस्तै भयो नि।
क: कुरा त्यही हो हजुर, फोटो बनाए बनाउनुस्, नत्र कलर ल्याब एसोसिएसनलाई भन्नुस्, हामीलाई भनेर फाइदा छैन।
म: हवस् त नि ! एसोसिएसन पनि तपाइँ जस्तै मान्छेहरुको होला क्यारे, भनेर के फाइदा!

म हिँडे। कुरा साँचो हो कि हैन बुझ्न अर्को पसल गएँ। साँचै रैछ। अब फोटोलाई पानको पातले घेरेर प्रेमिकालाई दिने फोटो हो भन्नुपर्ला। त्यसको ५० रुपैया भन्ने हुन् कि? विचारै गर्नुपर्ला !

66 thoughts on “बिचरा हामी उपभोक्ता, ठगिएको ठगियै”

  1. Rabi Thapa says:
    July 10, 2013 at 5:56 pm

    ए हजुर के कुरा गर्नु भयको मैले ४ वर्ष आगाडी यसरि आफै ले एडिट गरेर धुलाएको पास पोर्ट सीज़ेको पुरै १२ रुपया मा हुनु पर्ने थियो तर मैले ४८ रुपया तिरेको छु किन भनेको त तपाई को पास पोर्ट सैज रहेछ भन्यो तर मैले विदेश तेही फोटो धुलाया तर पैसा नर्मल पैसा तेरे

    Reply
  2. Prakash says:
    July 10, 2013 at 2:27 pm

    कपाल काट्ने रेट पनि त उस्तै छ नि ७० रुपैया भैसक्यो, जय kartelling !

    Reply
  3. Dinesh Oli / Airport Customs Officer says:
    July 10, 2013 at 10:09 am

    जाबो २०-३० रुपिया मा किन किच किच गर्य भन्दा तपैले पनि, म त् येस्तै किचकिचे मान्छे हु तपाई नभए तपाई चाही किन किच किच गर्नु हुन्छ त?

    Reply
    1. man bdr says:
      July 11, 2013 at 10:22 pm

      price-fixing गरेकोमा Apple कम्पनि दोषी भनेर अमेरिकी अदालतले ठहर गरेको खबर भर्खर आएको रहेछ |

      http://www.guardian.co.uk/technology/2013/jul/10/apple-guilty-ebook-prices-trial

      त्यसमा १० रुपैया पर्ने किताबहरुलाइ १३ रुपैया बनाएको रहेछ सबैको मिलेमतोमा | Apple लगायत किताब कम्पनिहरु लाइ करोडौ डलर जरिवाना गरिन सक्छ यसको | कानुनको राज भएकोमा यस्तो हुन्छा, तर हाम्रो मा त कानुनको मात्र हैन सोचको पनि कमि छ |

      सरासर मिलेमतोमा price fixing गरको यो फोटो होकी ल्याब एसोसिएसन लगायत अरु यस्ता सबैलाई कडा कारवाही हुनु पर्छ !

      Reply
  4. RAM SHRESTHA says:
    July 10, 2013 at 7:58 am

    हाम्रो देश मा कसले ठगेको छैन???नेता na ब्यापारी सबै ustai…तपाइंले नेपालमा बनाएको सुनको,चाँदीको समान मा misayot छैन भनेर कसले ठोकेर भन्न सकेको छ???समात्यो कि फेरी आन्दोलन…..

    Reply
  5. nisan gurung says:
    July 10, 2013 at 3:29 am

    नेपाल मा खोइ किन हो ठग गर्ने प्रबित्री मात्र छ .अब मलाई था भएको Qatar को कुरा तपाई जुनै सुकै समान किन्दा ठगेको छ भने सिदै तपाई ले consumar protection मा call गर्न सक्नु हुन्छा अनि के कारबाही गर्ने हो गर्छ येह खोइ तेस्तो सुनेको छैन ..नेपाल सरकार ले नि नियेम बनाएर सके सम्म जनता लाई ठगि हुन बाट बचाउन पर्छ .खाए खा नखाए घिच गरेको छ ब्यापारी हरु ले ..आजकल त जे को पनि संगठन रे बाबा ………अनि बन्द गरेको छ मर्का मा पर्ने भनेको सोजा साजा जनता हरु..अब सोच्ने बेला आको छ

    Reply
  6. रमेश थापा, काठमाडौं says:
    July 9, 2013 at 7:04 pm

    यो एउटा उदाहरुण मात्र हो, यस्ता कालाबजारिहरु नेपालमा हजारौ छन। सरकारले उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई राम्रो सँग पालना गराउन नसक्नु र सरकारी कर्मचारी कै मिलोमतो मा एउटा नयाँ ब्यवसाय फास्टाउनु नै अराजकता को पराकास्टा हो । जनताहरु जहिले पनि मारमा पर्ने अनी ब्यबसायी र सिमित कर्मचारीहरु मालामाल हुने । यो कस्तो नियम र कानून भएको देश हो, जहाँ आफुले नै बनाएको कानूनलाई सरकारले पालना गराउन नसक्नु अनी काला बजारी हरु सँग साठगाठ राखी जनतालाई झन गरीबी मा धकेल्दै लैजानु । यदी सरकारले नियम कानून पालना गराउन सक्दैन भने, किन कानून बनाउनु । कानून बनाएर बैधानिक तवर बाट घुस खाने राम्रो काइदा हो यो ।
    सरकार जनतालाई रोजगारिको सुरक्षा दिन सक्दैन भने, मुल्य ब्रिदी नियन्त्रण त गरोस, कमसेकम यस्ले, जनतालाई केही राहात त पुग्छ ।

    Reply
  7. Shiva Kumar says:
    July 9, 2013 at 4:42 pm

    मैले पनि येही समस्या भोगेको छु / मैले येस्तै खालको फोटो बनाएर डाइरेक कलर लेब मा जादा २५ रुपैया भन्यो तर तेही इमेज लाई सामान्य फोटो स्टुडियो मा जादा १५ रुपैमा भयो / सबै ठग नै ठग भएको ठाउमा कहाँ गएर उजुर गर्ने जे भए पनि mysansar ले यो कुरा पोस्ट गरेर राम्रो कम गर्यो.

    Reply
  8. surya says:
    July 9, 2013 at 4:03 pm

    ठिक यस्तै प्रयोजन, अनि कुशलता पुर्बक बनाइएको ४x६ भित्रका पासपोर्ट साइजका थुप्रै फोटा हरु अनगिन्ति पटक पुतलीसडकको स्टुडियो सेवेन मा ४x६ कै मुल्यमा छापिन्थ्यो क्यारे हाम्रा पालीमा/ सायद अहिले यस्तो फन्टुस अनि ठगिको नियम बसालेछन क्यांरा!!!!

    Reply
  9. Roshan Shakya says:
    July 9, 2013 at 1:14 pm

    हामि आफुले आफैलाई जति सुकै टाठो-बाठो सम्झे पनि हरेक पाइलाहरुमा ठगि रहेका छौ कनिकी गल्लि गल्लि चोर हैं

    Reply
  10. bibek dhakal says:
    July 9, 2013 at 11:46 am

    आज बिहान चीनका एक पूर्वमन्त्रीलाइ भ्रस्टाचारको अभियोगमा फाँसी दियिने कुरा पढेको थिए – यहाँ चाहिं खुल्लम खुल्ला ठग, फटाहा, गुण्डाहरुको पुजा हुन्छ! अब नेपालीहरुले देव देविका अरु अवतार छोडेर “जालन्धर” र “नट्वरलाल”को मात्र पुजा गरे हुन्छ .

    Reply
  11. Sisir says:
    July 9, 2013 at 11:18 am

    येही हो नया नेपालको बेतोड उपहार .. लाज, सरम, इज्जत, डर भन्ने कुरा त अब एका देशको कथा भयो ..

    Reply
  12. bikash shrestha says:
    July 9, 2013 at 9:19 am

    यो सबै हामी नेपाली हरु को सोझो पन को कारण ले भएको हो. जनता ततिनु पर्छ जस्तो लाग्छ

    Reply
  13. Anil Sharma, Lalitpur says:
    July 9, 2013 at 1:47 am

    यो ठग र ठगीको कुरा गरि साध्य छैन, मेरो एउटा अनुभव लेख्दैछु, मेरो बिदेसमा रहेको भाइको लागि नेपालबाट मैले police report लिएको थिए, भाई बिदेसमा भएकोले सो कागजातका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा जानु पर्यो, आवश्यक कागजात अनुसार सू कार्यालयबाट प्रदान गरिने कागजात हामी आफैले print गर्नु पर्ने रैछ, संगैको पसलमा गए मलाई A4 size को B / W print लाई ५० रुपैया लियो, मैले तिरे र bill मागे बिल त दिए तर साधारण bill दिए, लौ त प्रभू भन्दै मा प्रहरी प्रधान कार्यालय भित्र गए कागजात बुझाउन र कागजात बुझेपछि मलाई २-३ दिनमा आउन एउटा चित लेखेर दिए, मा सोहि मितिमा लेखिएकै समयमा पुगे र मलाई सोहि ५० रुपैया परेको A4 size को B / W print कागजात दिए जसमा मेरो भाइको photo राखिएको थियो त्यो photo मा लाग्ने गरि के खाली एउटा sticker चिप्काए अनि मलाई १० रुपैया दिनु भने, मैले दिए पनि, अनि मैले सोधे यो १० रुपैया केका लागि ?????? मलाई जवाफ आयो त्यो sticker को पैसा अरे, मैले भने “तेसो हो भए यो पैसा त राजस्व काट्नु भएको होला नि त, मलाई तेस्को भरपाई दिनु न त, मैले यो कागजात लिएको बापत १० रुपैया तिरेको कुनै अभिलेखमा त भरिन्छ होला नि भरपाई number बिना कसरि भर्नु हुन्छ, अनि यो रकम राजस्वमा कति जान्छ भनेर मा बिस्वस्त हुनु????? मलाई भरपाईको कागजात दिनुस”
    अनि त्यो police ले भने के गर्नु भाई यहाँ तेस्तो केहि व्यवस्था गरिएकै छैन अरे…… त्यो १० रुपैया जानी जानी मैले खान दिए अरु केहि गर्न सकिन……….

    Reply
    1. neeraj says:
      July 9, 2013 at 9:57 pm

      चिप्काउने होइन साथी टाँस्ने भन्न पर्ला।

      Reply
  14. man bdr says:
    July 9, 2013 at 12:18 am

    यस्ता पनि कमेन्ट आउदा रहेछन “Siri” महोदयबाट

    “तपाई ल्याबले दिएको रेटमा सक्नु हुन्छ भने धुलाउनुस होइन भने आफै ल्याब खोल्नुस, त्यो पनि सक्नुहुन्न भने चुपो लाएर बस्नुस – गर्ने लाइ काम गर्न दिनुस, गरेर खाएका हुन्, हल्लेर खाएका होइनन”

    तपाइँ ल्याबको पर्नु भयो भन्ने त थाह भयो तर यतिसम्म घटिया पनि विश्लेषण हुदो रहेछ थाह थिएन | यहाँ बिरोध महँगो भयो भन्ने हैन | एक कपि ४x६ को २० रुपैया राख्नुस न, कसले बिरोध गर्छ? तर यसो नगर्नुस कि २० भन्दा तल कसैले पनि बेच्न नपाउने ! सबै मिलेर price -fixing नगर्नुस न ! कसैले १२ मा देला कसैले २० मा | त्यो खुला प्रतिस्पर्धात्मक बजारमा मान्य छ र कसैको बिरोध हुन्न | यहाँ त खुला प्रतिस्पर्धालाइ सिधै चुनौती दिदै उपभोक्तालाइ बन्धक बनाइयो, त्यसको पो कुरा उठेको |

    अझै पनि बुझ्नु भएन कि महोदयले ?

    Reply
  15. सुदिप says:
    July 9, 2013 at 12:01 am

    सरकार नै नालायक भय पछि के गर्ने हामी जनताले मात्र!!कि त इजिप्ट तिर जस्तो उठ्न सक्नु पारो नत्र चुप बस्नु सिबाय के छ र विकल्प।सबै ठग ठग को देशमा बसे पछि आफु पनि त्यहि मेसो मा परिने रहेछ।लंगडो को देशमा खुट्टा खोच्याउ नु पर्ने भने जसो।सबै ले गफ मात्र गर्ने भय नेता जति गरिब जनताको लागि कसले सोच्ने अखिर पार्टीलाइ नेतालाइ पैसा दिने पी तिनै ब्यापारी हुन् तिनलाई कसरि मारुन, बरु जनतालाइ नै मार्न सजिलो छ त्यसैको सिकार भै राखेका छौ हामी जनता।

    Reply
  16. मदनमणि says:
    July 8, 2013 at 10:12 pm

    नाफाखोरीको पनि हद हुन्छ यार। सिधै ठगी गर्नेलाई जेल हाल्न नसक्ने सरकार विघटन गरे भैगो नि

    Reply
    1. Anup says:
      July 9, 2013 at 12:50 pm

      थत जे पनि सरकार सरकार, देख्नु भएन अनुगमन गर्दा सुन ब्यापारी, taxi चालक, अनेक ब्यापारी हरुले अन्दोल गरेको | अनुगमन को बिरोध गरेको ???

      Reply
  17. राम चन्द्र says:
    July 8, 2013 at 10:00 pm

    हामी कुर्न सक्दैनौ तेसैले जती भन्यो तेती पैसा तिर्न तयार हुन्छउ अनी आफु ले आँफैलाई ठगी गर्छौ पछी पसले ले हामी लाई ठगी गर्‍योभन्छौ । हामीले गरेको चाँही किच किच पसले ले गरेको किच किच चाँही बिधी को कुरो अली हजम भएन ।

    Reply
    1. man bdr says:
      July 9, 2013 at 12:03 am

      भन्न खोज्या के हो तपाइले ? कि पुरै लेख पढ्न पनि कुर्न सक्नु भएन र अर्थ न बर्थ को कमेन्ट हन्दिनुभएछ !

      Reply
    2. Anup says:
      July 9, 2013 at 12:51 pm

      उहा चाही ब्यापारी रहेछन क्या हजुर कुरा खुल्यो !!

      Reply
  18. Dip Shrestha says:
    July 8, 2013 at 5:56 pm

    कस्तो महँगो हो / Australia मा त्यहि फोटो धुलौना १० सेन्ट अर्थात् करिब ८ – ९ रुपैया पर्छ /

    Reply
    1. Anup says:
      July 9, 2013 at 12:56 pm

      दिल श्रेष्ठ जी ,

      अझ एउटा प्रिन्टर किन्नुहोस आफै प्रिन्ट गर्नुहोस तेत्ति पनि पर्दैन | अझ कसैलाई रेक़ुएस्त गरेर वा आफ्नो office मा प्रिन्ट गर्नोस झन् केहि पर्दैन |||

      Reply
  19. अञ्जन says:
    July 8, 2013 at 5:21 pm

    मलाई पनि सेम तेस्तै परेको छ, नारायणघाटको कुरा हो। जती भन्दा पनि मानेन फोटो असोसिएसनको मुल्य सुची देखाये अनी मिल्दैन भने पछी ,अरुलाई नभनुस् भन्दै ३०मा १ प्रती फोटो धुलाकोछु। जता ततै सिन्डिकेट सबैलाई अरुलाई दबाएर कमाउनु छ। ८ प्रती पस्पोर्ट साईजको फोटो धुलाको ५० रे। आँफै लाउनुस् कि स्टुडियोको धुलौनुस् रे।

    Reply
  20. punya hawaii says:
    July 8, 2013 at 5:01 pm

    सरकार जुनसुकै र जहिले पनि पछाडिबाट कहिलेकाँहि तर्छाउने र फर्किएमा पुछर लुकाएर कुलेलम ठोक्ने श्यालको रुपमा अनि ब्यापारिहरु चाहि जहाँ जहिले पनि सिधै झम्टन सक्ने मदमत्त सिङ्गको रुपमा भएको हाम्रो देशमा निरिह मृगको रुपमा रहेका हामी उपभोक्ता नठगिए अरु को ठगिने त।

    Reply
  21. द्रोण says:
    July 8, 2013 at 4:24 pm

    येस्ता डाइरेक्ट ठगीका कति उदाहरण दिने ?
    भ्रास्ताचार को सुष्म अध्यान गरौ त्

    —-धेरै व्यापारीले ८०० ग्राम को किलो बनाएर पनि ठग्छ , सुद्द घ्यु मा बनस्पति मिसाउछ , चामल को १०० किलोको बोरामा येक किलो जति सानो सानो सेतो ढुंगा मिसाउछ , तोरीको तेल मा के के जाति मिसायो , पेट्रोल मा मट्टीतेल आदि आदि

    —नेताको हाल लाइ कुरै न गरौ देश कै ठेक्का पट्टा मा छ उनीहरु
    —डाक्टर को ठगीको कुरा गर्ने ? सबैले अनुभब गरेकै छ , रोग को डाइग्नोसीस गर्ने नाउमा
    उसकै क्र्लिनिक मन्तिर रगत ,दिसा ,पिसाब ,खकार जचाउनु पर्ने , तराइ तिर त् बिना डिग्रीका डाक्टर ले अप्रेसन सम्म गरेको उदाहरण पनि धेरै भेटिएको छ |

    — शिक्ष्यक ले क्लास मा राम्ररि न पढाउने , ट्युसन मा बिद्द्यार्थी लाइ तान्ने | गाउ घर तिर भए हरियो मकै ले , बोडी ले , फर्सी ले भन्दै कसले बडी लेउछ , उसलाई क्लासको हिरो बनाउने ?

    —प्रोफेसर हरु पनि धेरै प्यारेलाल , सिन्दुर टि यु को , हनिमुन १० + २ मा
    —पुलिस , सेनाको पनि कुनै तरिका पक्कै छ

    ——सर्ब साधारण गरिब जनता –दिन को दस चोटी नेतालाई गालि गर्ने तर आफ्नो जमिन वर पर तासने , छिमेकी को जमिन मिच्ने , सार्बजानिक चौर , बाटो घाटो तासेर सानो बनाउने , दुध मा पानि मिसाएर बेच्ने ,

    Reply
  22. anamak sharma says:
    July 8, 2013 at 3:26 pm

    कुरा १०-२० रुपैया को हैन | कुरा त System को हो | येसरी संगठन नै खोलेर ठगेको पनि हाम्रो government ले किन हेरेर बसेको होला? Technology आए पछि सबै मान्छे ले त्येसको use गर्छन | नया technology आए पछि आफ्नो business मा त्यो technology use गरेर कसरि फाइदा लिने भनेर सोच्ने कि, आफु मा केहि change नल्याउने तर ठग्न चै नछोड्ने हो? यिनीहरु लै मर्नु पर्दैन?

    Reply
  23. Kamal says:
    July 8, 2013 at 2:59 pm

    एउटा सर्बमान्य डाइलक छ “दुइ चार पैसा या ( १० – २० रुपिया ) को लागि कति किच किच गरेको”, हैन ति ब्यापारी ले चै किन नसोचेका तिनीले चै किन दुइ चार पैसाको लागि किच किच गरेका,

    Reply
  24. Ashok KC says:
    July 8, 2013 at 2:36 pm

    येस्तई हो भने पछि फेरी तपाइको फोटो मा त ५ जना मान्छे छ तेस्को ६० रुपैया लाग्छ भन्देला नि

    Reply
  25. अनुपराज कार्की says:
    July 8, 2013 at 1:56 pm

    अब त आफ्नै प्रिन्टर किन्नु पर्ला जस्तो छ फोटो धुलाउन पनि, सुन किन्न सुन पसल थाप्नु पर्ने भो, पानी खान आफ्नै पानी प्रशोधन केन्द्र आदि, खै कति ओटा बिजिनेस मा मात्र हात हाल्नु पर्ने हो नठगीनलाई…..

    Reply
  26. रविन says:
    July 8, 2013 at 1:52 pm

    एउटा विधिको सासन भएको देश होइन लुटाहा नै लुटाहा जाली फटाहाहरुको अखडा जस्तो भै सक्यो.
    १. राजाले राष्ट्रिय एकताको नाउमा साशन गरे धेरै आफै मोज गरे.
    २. संसदीय पार्टीकाले राजाको त्यहि सासनको बिरुद्धमा कैयौं सोझासादा जनताको जीवन आहुति दिई आन्दोलन गरे, त्यहि राजाको पालामा चलेको राज्य बिधि, कला कारखाना, नियम कानुन पनि सबै आफ्नै स्वार्थमा लगाई ध्वस्त पारे
    ३. त्यहि संसदीय पार्टीको चर्तिकलाको दोष देखाई माओबादी भनाउँदोले बढो कर्तब्यनिष्ठ, जनभलो, सभ्य समाजको नाउमा १५-१६ हजार जनताको हत्या साथै लाखौको अंग भंग र बिस्थापित गराई सत्तामा आय झन् देश लुटाहा जाली फटाहाहरुको अखडा जस्तो भै

    अव अर्को के कस्तो आई राष्ट्रै अर्काको बनाउने हुन्
    सबैलाई चेतना भया!!!

    Reply
    1. Hari says:
      July 8, 2013 at 3:21 pm

      तपाईको कुरा पनि ठिक हुन सक्छ. तर के समाधान भनेको मनपरी रेट बढाउनु हो र ? अचेल प्रबिधि कहाँ बाट कहाँ पुगी सकेको अवस्था मा पुरानै तरिकाले व्यापार बढाउने सोच राख्नुको सट्टा नया नया जुक्ति निकाल्नु पर्छ. उदाहरणको लागि, म्युजिक कम्पनी हरुले क्यासेट को बिक्रि कम भएकोले पेन ड्राइव मा बिक्रि वितरण को जुक्ति लेरायो. तेसरी नै तपाइँ हरु पनि कुनै नया विकल्प खोज्नु होस्.

      Reply
  27. Niraj Chandra Poudel says:
    July 8, 2013 at 1:40 pm

    येस्तै हो .. यो नेपाल हो . यहाँ जस्ले जे गरेपनि हुन्छ . अनि यो फोटो ल्याब को कुरा धेरै चर्किये भने भोलि देखि फोटो धुलाउन बन्द होला नी फेरी . बिचरा नेपाली .

    Reply
  28. Sammohan says:
    July 8, 2013 at 1:38 pm

    ल्याबले ठगेको भनिहाल्न मिल्दैन, बाँच्नको लागि संघर्ष हो ! १२ रुपैयामा फोटो धुलाएर बस्ने हो भने आधाजसो ल्याब बन्द हुनेछ । आजकल क्यामेरा बोक्यो कि जो नि फोटोग्राफर ! धुलाउने कोइ होइन, सब फेसबुकमै अल्बम बनाउछन । ब्यापारीको हितको लागि न सरकारले हेर्छ न उपभोक्तानै उदार छन; न सुनचादी ब्यबसायी महासंग जस्तो तगडा संगठन छ, न ट्याम्पु को जस्तो सिन्डिकेट लाउन मिल्छ . आफ्नै आफन्त जस्तो गरी उनीहरुको ब्यथा एक पटक सुन्दिनुस . बिचराहरु को दुख देख्दा आँशु बरर… हेहेहे

    Reply
    1. Karan says:
      July 8, 2013 at 2:38 pm

      बाँच्नको लागि संघर्ष भनेर मनलाग्दी दर तोक्न पाईदैन । फोटो ल्याबहरुको बारे मात्र सोच्ने हो भने त भएको डिजिटल क्यामेरा र स्मार्टफोन पनि बन्द गरेर पुरानै फिल्म क्यामेरा तिर लागे भैहाल्यो नि । यसैमा उनीहरुलाइ धेरै फाइदा छ । डिजिटल क्यामेराले गर्दा फिल्म कम्पनीहरू केही बन्द भए त केही आफै डिजिटल क्यामेरा उत्पादन तिर लागिसके । हाम्रा फोटो ल्याबहरू भने ६ रुपैपाँमा झरिसकेको फोटो प्रिन्ट दरलाई कलर ल्याब एसोसिएसनको निर्णय भन्दै १२ रुपैयाँमा पु¥याईसके, अझ त्यसले पनि नपुगेर फोटोको साईज नहेरेर फोटोको कन्टेन्ट सम्म हेरी दररेट कायम गरिरहेको छन् । यो त सरासर सांगठनिक ठगी नै हो । यसमा सम्बन्धीत निकायले ध्यान पु¥याउनु जरुरी छ ।

      Reply
      1. shishir says:
        July 13, 2013 at 4:58 pm

        तेही bhayara त अहिले अधजस्तो lyab बन्द भाको . lyab ले स्टुडियो बन्द गर्नु पर्छ
        स्टुडियो ले स्टुडियो को काम teso भय यो सब समाधान हुन्छा.

        Reply
  29. देवेन्द्र कार्की says:
    July 8, 2013 at 1:36 pm

    माओबादि मित्रहरुले भन्ने गरेको भ्यागुता को जस्तो छलांग नया नेपालको बिकासमा होइन , विसंगति र विकृतिमा चाही द्रुत गतिमा भैरहेको छ|हामि सर्वसाधरण उपभोक्ताहरुलाई नठग्ने उधमी ब्यबसायीहरु र नठगिने हामी ”बिचरा” नेपाली सायद नै हौला | हामी साधारण नेपालीहरु ठगिनु, हेपिनु, पेलिनु चेप्टिनु, थेचिनु त नियति नै बनि सक्यो |

    Reply
  30. पुष्कर शर्मा says:
    July 8, 2013 at 1:22 pm

    मा धेरै बर्षदेखी पत्रकार अनि पत्रकारिताले नपुग्दा फोटो, भिडियोग्राफर, एडिटर सबै नि ! सिलिगुडीमा ६X४ मा ८ वटा १२ वटा १५ वटा फोटो राखेर काम गरिन्छ . जसरि प्रिन्ट गरे पनि ल्याब वालाले केहि भन्दैन तर नियमित ग्राहाक बनिनु पर्थ्यो, ६X४ मा म १५ वटासम्म राखेर प्रिन्ट गराउथे . नेपालमा एस्तो रहेछ . हुदा हुदा यहा दुबईमा मैले त्यसरी नै ८ वटा राखेर प्रिन्ट गर्न दिएको त ५० दिराम भन्यो . अहिले को रेटमा १३ सय नेपालि पैसा . म रन्थनियेर २/४ वटा स्टुडियो घुमेको एउटामा २/३ दिराममा प्रिन्ट भयो . वास्तबमा ६X४ मा पुरैमा एउटा फोटो छ भने त्यसमा ज्यादा मसी खर्च हुन्छ ८ वटा राखेको पासपोर्ट फोटोमा कम मसी खर्च हुन्छ . यो कुरा कसले सम्झाउने तिनीहरुलाई ?

    Reply
  31. पुष्प says:
    July 8, 2013 at 1:09 pm

    समयलाई पछ्याउन नसक्नेहरूको करामात यस्तै हो ! डिजिटल क्यामेराले गर्दा संसारमा नाउँ चलेका फोटो फिल्म कम्पनीहरू कोही बन्द भए त कोहीले डिजिटल क्यामेरा नै उत्पादन गर्नतिर लागे । हाम्रा फोटो ल्याबहरू पनि समयसंगै अघि नबढ्ने हो भने ग्राहक अनि उपभोक्ताले देखाएको अलिकति सदाशयतासमेत गुमाउनु पर्नेछ । भोलि किराना पसलले एकसेट कम्प्युटर अनि सानो फोटो प्रिन्टर राखेर सस्तोमा फोटो प्रिन्ट गर्न थाले यी फोटो ल्याब्वालाहरू अझ बढी लोप्पा खानुपर्नेछ । चेतना भया !

    Reply
    1. Tenzing Gaba says:
      July 8, 2013 at 5:54 pm

      पुष्प जी ले भन्नु भएको जस्तै वा त्यो भन्दा पनि तगडा गज्जब प्रबिधि आइसकेको छ विदेश तिर आज काल !
      हंगकंग तिर प्राय सबै ट्रेन स्टेसन, कार्यालय वा जता जता फोटो आवस्यक पर्छ त्येस्ता स्थानहरुमा साना साना फोटोबुथहरु राखिएको हुन्छ
      # बुथ भित्र पस्नुस,
      # भित्ता तिर फर्कनुस,
      # टच स्क्रिनमा कुन साइजको चाहियो टच गर्नुस,
      # टेक फोटो लेखेको बटन थिच्नुस
      # निश्चित रकम छिराइदिनुस
      …………… …१५ सेकेन्डमा फोटो फुत्त बाहिर ……छैन त् गज्जब ?

      Reply
  32. shailen says:
    July 8, 2013 at 1:07 pm

    एकदमै रोचक तीतो सत्य।

    खै कैले ट्याक्सीमा मिटरमा सहि रकम चढे अनुसार पैसा तिरेर चढ्न पाउने दिन आउला? जहिले नि ट्याक्सी चढ्नु पर्यो कि टाउको दुखाइ।

    Reply
  33. अनिल says:
    July 8, 2013 at 1:06 pm

    म पनि येस्तै ठगि मा परेको छु emergency मा फोटो मिलाएर ८ वोटा passport size को लै 4×4 मा राखेर लागेको थिए त्यो हेर्ने बितिकै पसले ले ६ वोटा को ५० पर्छ रे emergency मा १५०

    Reply
  34. Raju Rana - Mahendra says:
    July 8, 2013 at 12:54 pm

    पसले : कस्तो कन्जुस बजिया रैछ , यस्ताले आफ्नो घर परिवार कसरि पाल्ला? ( नेपाल मा नीति र नियम को कुरा गर्यो भन्ने तपाई हामीले पौने एउतै जवाफ – अनि त कसरि होस् र सभ्य समाज र देश – हाम्रो नेपाल)

    Reply
  35. raj says:
    July 8, 2013 at 12:51 pm

    चाहे नुन होस वा सुन सबैको मुल्य राज्यले मापन गर्नु पर्छ । पायल जी तपाइको कुराले त जसलाइ जति मन लाग्यो त्यति लिन पाउनु पर्छ जस्तो भयोनि । व्यवसाय भन्नेको जनताको सुविधाको लागि हो । उचित मुल्य लिनु ठिक हो तर त्यसरी मनपरी जनतालाइ ठगनु त ठीक होइननि ।

    Reply
  36. man bdr says:
    July 8, 2013 at 12:40 pm

    १२ रुपैयाको सट्टा ४० ! भनेपछि आफुलाई प्रिन्ट गरेर नाफा आउने भाउमाथि पनि २०० प्रतिशत भन्दा बढी ठगि ! हरेक जनालाइ एक पटक न एक पटक यस्तो फोटो त बनाउनै पर्छ | महिनामा १ लाख जनाले फोटो बने भने पनि एउटामा २५ रुपैया बढी असुल गर्दा २५ लाख रुपैया जनताबाट ठगि गर्दा रहेछन | एसोसिएसनले राम्रै भरण-पोषण गर्या रहेछ ल्याब वालाहरुलाई | बधाई छ ल्याब एसोसिएसन — संगठन खोलेकै त्यसैका लागि हैन त ? नत्र बाढि पिडितलाइ सहयोग गर्न हो र ? सुन पसलेलाइ गाली गरेर बसे होलान, आफुले ठगेको थाह छैन ! थुक्क, चोर हरु !

    नेपालमा खुला बजार र स्वस्थ प्रतिस्पर्दाको कन्सेप्ट कहाँ गयो ? यिनीहरुलाई price fixing गर्ने अनुमाति कसले दियो ? ट्याक्सी ब्यबसायी भन्छन हाम्रो ट्याक्सीमा जति भाडा लिन पनि किन नपाउने? पाइञ्छ किन नपाउनु तर उनीहरु भन्छन अरु ट्याक्सी थप्न नपाइने | वाह सिन्डिकेट ! नया पतिस्पर्धात्मक ब्यबसाय गर्न पनि नपाइने अरे अनि उनीहरुले भनेको पनि तिर्नु पर्ने अरे | क्या गजब छ |

    माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर जबर्जस्ति विन्डोजमा भिडायो भनेर anti -trust को रुल अनुसार युरोप र अमेरिकामा कति पैसा तिर्नु पर्या थियो |अमेरिकामा भएको भए १००% मुद्दा लाग्थ्यो यिनीहरुलाई, जसलाई class एक्शन lawsuit भन्छन | हाम्रोमा यस्ता कानुन त छन् कि छैनन् कुन्नि, ल्याब एसोसिएसनले पनि अहिले सम्म ठगेको पैसा बरु donation दिए हुने हो | तर अब ठग्न त बन्दै गर्नु पर्ने हो | सुन पसलेलाइ गाली गरेर बसे होलान, आफुले ठगेको थाह छैन ! थुक्क, सब चोर हरु !

    Reply
  37. Prashant Subedi says:
    July 8, 2013 at 12:36 pm

    यो कुरा मैले पनि भोगेको छु. धेरै बेर लाब वाला सग कुरा भयो. तपाई को त खर्च त एउतै त हो नि .. मैले जे जसरि फोटो लये पनि. तर लाब वाला ले मलाई स्टुडियो वाला हरु मर्का मा परे रे भन्यो . आफुले मेहनत गरेको कुरा लाई तिनी हरु लाई तिर्नु पर्ने रे. एउटा ठाउँ मा त मलाई येदि तपाई ले यो फोटो १२ रुपिया मा धुलाउनु भयो वानी कति हजार को पुरस्कार दिने रे.

    Reply
  38. Nabin Adhikari says:
    July 8, 2013 at 12:17 pm

    ब्यापारी ले ठग्न पाउनु पर्ने? चोरहरु ले चोरी गर्न पाउनु पर्ने? बलात्कारीहरु ले बलात्कार गर्न पाउनु पर्ने? ग्यास प्यापरीहरु ले काम तौल को ग्यास बेच्न पाउनु पर्ने? कर्मचारीहरु ले भ्रस्टाचार गर्न पाउनु पर्ने.. आदि.. आदि.. येही त हो नी तपाई हामी ले ६२/६३ मा आन्दोलन गरे र बनाएको नया नेपाल |

    Reply
  39. payal koirala says:
    July 8, 2013 at 12:06 pm

    यसलाई सुन बेच्ने ब्यापारीले ठगि गरेको संग दाञ्झ्न अलि मिल्दैन होला | तपाईलाई लाई फोटो प्रिन्ट गर्नु अघि नै यति पैसा लाग्छ भनेर भनेको हुदा तपाई संग चोइस छ फोटो प्रिन्ट गर्ने कि नगर्ने भनेर | जुन कुरा को डिमाण्ड बादी हुन्छ त्यो कुरा को पैसा जहाँ पनि बडी नै हुन्छ | नेपाल म मात्र यस्तो हुन्छ भन्न अलि मिल्दैन|

    Reply
    1. prab says:
      July 8, 2013 at 12:22 pm

      तपाइको पनि कोलोर ल्याब छ जस्तो छ नि..?? येसरी नै ठगि गर्नु हुन्छ हो??? त्येसैले यो कुरा चित्त नबुझेको हुन सक्छ….

      Reply
      1. payal koirala says:
        July 8, 2013 at 1:06 pm

        मेरो कोलोर लाब छैन हजुर र म कुनै व्यपार nai नै गर्छु | म आफैले कमाएर college लै पैसा तिर्ने विद्यार्थी हूँ| यति मात्र भनेको हूँ कि वहाँ संग त्यो भन्दा सस्तो ठाउं म़ा गएर फोटो प्रिन्ट गर्ने ऑप्शन छ,यसमा ब्यापारी को कुनै गल्ति म चाहिं देखदिन | उसले आफ्नु सेर्विस को मूल्य राख्न पआहुछ | एउटा जुत्ता एक ठाउं म़ा महँगो होला तर त्यही जुत्ता आर्को ठामम़ा सस्तो पनि भेटिन सक्छ | ब्यापारी ले सामानको पैसा जति पनि राख्न सक्छ; उपभोगताले आफैले त्यो पैसा कति को जायज हो भनेर बुज्नु फलदायक हुन्छ|

        Reply
        1. Sharad says:
          July 8, 2013 at 1:49 pm

          उसोभए तपाइको घरमा आउने बिजुलीको बिल per unit ५० आयो भने के गर्नु हुन्छ? अनि बिल तिर्न जादा बिद्युत प्राधिकरण ले भंल्ला बाले बल्नुस नबाले सोलार किन्नुस !
          कसो त payel koirala जी .

          Reply
          1. Rajendra Adhikiar says:
            July 8, 2013 at 4:12 pm

            अत्यावश्यक उपोयोगको सामानमा सिन्डिकेट गरेर मुल्य अत्याधिक राखेमा सरकारी हस्तक्षेप हुन्छ । अझ नेपाल विद्युत् प्राधिकणको विजुलि बेच्ने, एकाधिकार युक्त तथा अत्यावश्यक कुरामा सरकारले मुल्य नियन्त्रण गर्छ । अरूकुरामा सेवा सुविधा र प्रतिस्पर्धाले आफैँ मुल्य निर्धारण हुन्छ । यदी प्रतिस्पर्धामा हस्तक्षेप गर्दै, व्यापारिहरूले सिन्डीकेट लगाएमा (जस्तै अहिले कलर ल्याबहरूले गर्न खोजेका छन् ) सरकारले हस्तक्षेप गर्नु पर्छ ।
            तपाई सोचिरहनु भएको होला म कस्को चाहिँ पक्ष लाग्दै छु ? कसैको पनि होइन । तठस्त रहेर विषयलाई राम्ररी नियाल्नुको साटो हामी कि एउटा पक्ष कि अर्को पक्ष समाएर १०० % तेसैको पक्षपोषण गर्न लाग्नु नै ठूलो भूल हो । कुनैपनि विवाधित कुराहरू Black and White हुँदैन ।
            अब कुरा आयो व्यापरिहरूलाई व्यापार टिकाउन गर्हो परेकोलो यसो गरेको । हुन सक्छ । किनकी, डिजिटल क्यामेरा, ल्यापटप र फेसबुकले गर्दा फोटो प्रिन्ट गर्ने काम घटीरहेको छ । नघटेको भनेको पास्पोर्ट साइज को फोटो प्रिन्ट गर्ने काम हो (जसमा व्यापारीहरुले ४0 रुपे लिएर अल्ली धेरै फाईदा कमाउँथे त्यो पनि अचेल धेरै मान्छेहरू आफैँ ४-६ को साइजमा edit गरेर ल्याउन थाले र १०-१२ रूपेमा प्रिन्ट गराई माग्न थाले । तर, फोटो को content हेरेर प्रिन्टको मुल्य राख्नु चाहिँ unresonable र हास्यास्पद छ ।व्यापरीहरूलाई साँच्चै मर्का परेको भए एउटा राम्रो विकल्प भनेको यस्तो हुन सक्छ —
            4-6 फोटो प्रिन्ट
            1-कपी मिनिमम—> 25 रुपे
            तेसपछिको प्रति कपीलाई रू १२ को दरले ।

            Reply
            1. Siri says:
              July 10, 2013 at 3:19 pm

              सबलाइ नमस्ते,
              राजेन्द्रजी ले दिनु भएको प्रतिक्रिया ठिक लाग्यो . कम्ति मा तपाइंले उल्लेख गर्नु भयको कुरा ल्याब र उपभोक्ता दुवै तिर सोचेर लेख्नु भयो. यहाँ त एक जनाले ल्याबले ठग्यो भनेर के लेख लेख्याथ्यो सब ले हो हो भन्दै कमेन्ट को बाढी नै लगाइदिए. ल्याब ले रेट तोक्नु उनीहरु को फाइदा भन्दा पनि स्टुडियोवालाहरुको प्रेसर वा अन्य (?) ले हो भन्ने कुरा बुझ्नु जरुरि छ . ल्याब त अहिले पनि स्टुडियोलाइ पीपी र पोस्टकार्ड को एउतै रेट मा दिएकै छन् . सिर्फ स्टुडियो तिकाउन को लागि उनीहरु आफै बदनाम भएका छन् .

              ल्याब का मुख्य ग्राहक भनेका स्टुडियोवालाहरु नै हुन् . तपाई हामि २/४ कपि धुलाउने सर्बसाधारण होइनौं . उनीहरुले स्टुडियो ले भनेको मान्नु पर्ने बाध्यता छ . होइन भने त्यो स्टुडियो ले बार्गेनिंग गरेर अर्को ल्याब मा काम लानेछ . यसरि नै एउटा फोटो को भाउ १ रुपैया बढाउन पनि ठुलो कसरत गर्नु पर्छ . यसमा तपाई हामि ले देखे जस्तो सांगठानिक अपराध भन्न मिल्दैन .

              मैले बुझेको जे छु तेही भनें . न म कुनै ल्याब को मान्छु हु न स्टुडियोवाला . म एउटा एनजीओ को टेक्निकल अफिसर हु . ल्याब को समस्या पनि बुझ्नु पर्यो भन्दा त एकोहोरो रुपमा यहाँ त मलाई कसैले मेरो ल्याब छ भनेर भन्दिए कसैले ठग को साझेदार – कति ज्ञानी बिस्लेशकहरु, हाहाहा . त्यो माथि तेइ कमेन्ट मा कति लाइक, वाहियात.

              एउटा कुरा मा म के प्रस्ट छु भने यहा जति कमेन्ट पढियो मैले के देखे भने प्रायको तार्किक क्षमता बढी, बस्तुस्थिति विश्लेषण कम . रेट बढी भयो र सांगठानिक अपराध भयो भनेर भन्ने ले पहिला कुरा बुझ्नु पर्यो के कति कारण ले यो रेट तय भयो. को, किन, कसरि जिम्मेदार भयो . प्रतिक्रिया दिनु अघि कसैले ल्याबसंग सिधा प्रस्न गर्नु गर्नु भएको छ किन एस्तो भनेर? सब आ आफ्नै ताल मा कमेन्ट गर्यो, मुख फर्कायो . लाइक पायो . सक्यो . कसैले ल्याबवाला लाइ पनि बोल्ने मौका दिनु भएको छ ? मैले भनेको कत्ति ले बुझ्न खोज्नु भयो ? बुझाउने इच्छा थियो टाइप गर्न अल्छी लायो भन्या हया…..

              मैले भन्न खोजेको :– तर्क दिनु अघि सबै पक्षको कुरा बुझे राम्रो हुन्थ्यो कि ?

              जरुरि कुरा : म ल्याबवाला होइन, म नि उपभोक्ता हु . मेरो बारे मा तपाईहरु ज्योतिष नबनिदिनु होला, फेल हुनु होला नि .

              दिसलाइकको आशामा,
              सिरी

              Reply
          2. Siri says:
            July 8, 2013 at 4:16 pm

            तर्केवालाहरुको बेतुके तर्क ! तेस्तो हो भने यहाँ कसले चाँही ठगेको छैन? म:म प्लेटको ४० मा खादैछु, कतै ८० पनि छ – होटलले 100% ठग्यो त? मिनिरल वाटर १२ को २० तिर्दैछु – हरेक किराना पसलले ठगेको हो? बिद्यार्थीको मासिक फी १६०० तिर्नेले ९०० तिर्नुपर्ने स्कुलमा बुझेर मलाई ७०० ठग्यो भन्ने? २ रुपैया को फोटोकपी १० पनि तिरेकै छौं . एउटा अस्पतालमा नाम दर्ता गर्दा १५ अर्को मा 50 पनि तिरेका छैनौ र ? कि एता पनि ठगि भयो? ७०० को पाइन्ट १२०० पनि तिरिन्छ, यहाँ पनि ठगि ! डाक्टर पिच्छे रेट फरक, यहाँ पनि तुलना गर्यो भने ठगी ! एउटा रूम को ५०० तिरियो, अर्को पटक ८०० – सिधै ३०० को घोटाला? एउतै साइज र पेज संख्या भएको पत्रिकाको मूल्य फरक हुदैन र? यदि यस्तै सचेत उपभोक्ता भए ४*६ को किन १२ तिर्नु पर्यो नि ? ९ रुपैयामै आउछ नि, परिमाण मा ल्याउनुस ८ मै हुन्छ . यता भड्किरहेको आम उपभोक्ताको आत्मा को चर्तिकला हेर्दा त बिजनेस गर्नु पाप हो, बिजनेस मा नाफा नै लिनु हुन्न जस्तो पो छ त . जस्तो सुकै आम उपभोक्ता भनेनी कुनै न कुनै रुप ले सेवा सामान बेचिने रहेका हुन्छन, बिचार गर्नुस त तपाईको नजरमा बिजनेस भएनी उपभोक्ता ले कतै ठगि त भन्दै छैन? कुरा सुन्दा त पीपी साइज को ४० भन्दा अति भने जस्तो . जो यो फिल्ड मा छ उसले बुझ्छ . ४*६ को रेट २० भए मात्र ल्याबवालाहरु बाच्न सक्छन भन्ने कसलाई थाहा? ४*६ र पीपी को एउतै रेट १२ भए कसैले ल्याब नखोले हुन्छ . बजारअनुसार मूल्य फिक्स हुन्छ भन्ने त मार्केटिंगको सामान्य सिद्धान्त नै भयो . यदि उपभोक्ताले आफै मूल्य राक्ने हो भने कसैले पनि फोटो ल्याब को ब्यबसाय गर्दैनन् , (जसले बजार देखको छ त्यो भाग्यमानि) . कथित ‘ठगि’ बिना कसैले खुब फाइदा हुन्छ यो क्षेत्रमा भन्ने सोच्दै हुनु हुन्छ भने सिधै डुब्यो . ६० लाख लगानी गरेर, बजार एरियामा पसल थाप्नु, तलब दिनु, बत्ति, पानी, केमीकल, पेपर, केके हो केके त्यहामाथि ‘ठग’ को उपाधि ?
            अन्तमा, तपाई ल्याबले दिएको रेटमा सक्नु हुन्छ भने धुलाउनुस होइन भने आफै ल्याब खोल्नुस, त्यो पनि सक्नुहुन्न भने चुपो लाएर बस्नुस – गर्ने लाइ काम गर्न दिनुस, गरेर खाएका हुन्, हल्लेर खाएका होइनन . सजिलो त ९००० मा कलर प्रिन्टर आउछ, क्वालिटी पनि ल्याब प्रिन्ट जस्तै, १० रुपैया जति पर्न आउछ खर्च. कति परजीवी भएर बाच्नु, जय उदाउदो उपभोक्ताबादी लेखकहरु

            Reply
            1. achut says:
              July 9, 2013 at 12:54 pm

              गज्जब है सिरी जी?बजार मा बस’नै नसक्ने भए भए किन जोगी को तुलो थाप्नु त नि?

              Reply
        2. man bdr says:
          July 8, 2013 at 5:18 pm

          पायल जी, college पढ्ने मान्छेको पनि यस्तो मोटो बुद्धि? च्वाइस दिएको छ भन्नु हुन्छ, कुरा उठेकै च्वाइस नदिएर हो | जहाँ गए पनि त्यो भन्दा तल दिन नपाउने, नत्र नबनाउनुस न त भनेको च्वाइस दिएको हो ?| यहाँ पैसा मन लागेको लिन पाइञ्छ, त्यसको बिरोध हैन | तपाइले के बुझ्नु भएन भने सबै ल्याबहरुलाई त्यो भन्दा कम लिन नपाउने उर्दी जारी गर्नु भएन | यो उर्दी जारि नगरेको भए कहिँ न कहिँ कुनै न कुनै ल्याबले सस्तोमा दिन्थ्यो | संगठन बनाएर ठगेको नभए यो के हो ?

          भोलि नून ब्यबसाय संघ ले १००० रुपैया किलो भन्दा तल कुनै नून ब्यापारीले बेच्न नपाउने भन्यो र कहिँ पनि त्यो भन्दा तल कसैले दिएन भने च्वाइस के हो, अर्को देश मा गएर ल्याउने ? पढेर मात्र हुन्न पायल जी अलिकति सोच्न पनि जान्नु पर्छ | अझ कमर्स पढेको भन्नु होला नि फेरी |

          Reply
          1. Siri says:
            July 10, 2013 at 3:32 pm

            होइन माने जी तपाइँ को त खुब पातलो बुद्धि छ जस्तो छ त . मलाई पनि ल्याबवाला भनेर ठोकेर भन्नु भयो त, कसरि एस्तो दिब्य ज्ञान पाउनु भयेछ? मेरो ल्याब छ भनेर आजै थाहा भयो मलाई . पायलजीले तपाईको जत्ति नि ज्ञान रहेनछ कठै . यति रुखो बोल्नु भन्दा बरु के गर्दा ल्याब र उपभोक्ता दुबैलाई सहज हुन्छ त्यो पनि भन्नु भए आभारी हुने थिए . कतै तपाईको मुखारबिन्दबाट निस्केका उपायहरुलाइ ल्याब संगठनले प्रयोगमा पो ल्याई हाल्लान कि ?! होइन भने तपाई को तर्क त गफै त हो ससुरा बा भने जस्तो पो लाग्यो त हो.

            Reply
        3. dilip gurung says:
          July 8, 2013 at 6:58 pm

          पायलजी: तपाइले खुला र प्रतिस्पर्धात्मक बजार व्यबस्थाको वकालत गर्न खोज्नु भएको होला तर गलत ठाउमा परेछ| यहाँ नेर के बुझ्नु जरुरि छ भने बजारमा क्रेताहरु मिलेर “price fixing” गर्नु र “collusion” गर्नु त प्रतिस्पर्धात्मक बजार ब्यबस्थाको बिपरित मात्रै होइन, गैरकानुनि पनि हो| अब तपाई त बिदेशमा पढी राखेको मान्छे| थाहा हुनु पर्ने हो| तर अमेरिकामा यस्तो गर्नेलाइ धेरै ठुलो जरिवाना र जेल सजाए पनि हुन्छ| अझ एउटा पुरा संघ नै मिलेर यस्तो घिनलाग्दो कार्य गर्नु त लाजमर्दो भयो| तर हाम्रो नेपालमा जे नि चल्छ, किन भने यहाँ अगुवा नै कुन्नि के बाटो के भन्छन नि त्यस्तै छ|

          Reply
          1. payal koirala says:
            July 8, 2013 at 11:52 pm

            दिलिप जी : म तपाई को कुरा म एकदम सहमत छु | association नै बनाएर price फ़िक्षिङ्ग गर्नु हुदैन | तर फोट प्रिन्ट गर्ने कुरा चाहिं मानिस लाई चैहिने अत्य्वास्यक कुरा होइन | त्यसैले यस्तो कुराहरु minimize गर्न मिल्छ | फोटो प्रिन्ट गर्ने कुरा हरु मान्छे ले सन्दै extra नै गरिरको हुन्छ| अब गर्ने परेमा जति चाहिने त्यति नै गर्नू फलदायक हुन्छ | कालान्तर म अवस्य फोटो प्रिन्टको व्यापार कम हुन्छ र अवस्य पैसा नि कम हुन्छ| price फ़िक्षिङ्ग ले जति च्यापरी लाई नाफा puryaucha त्यति नै घाटा पनि पुर्याइरहेको हुन्छ| मलाई लगदैन सबै फोटो प्रिन्ट गर्ने ब्यापारी हरु उनीहरु को association ले तोकेको price लिने गर्छन किन भने सबैको यसले गर्दा नाफा नै हुन्छ भन्ने छैन | सायद तपाई हामी सबै मिलेर यस्तो कुरा रोक्न सक्छौ त्यस्तो price फ़िक्षिङ्ग न भएको thaun म गएर|
            यति भन्दै यो पनि बुझ्न जरुरि छ कि ब्यापारी को मूल उदेस्य पैसा कमाउनु हो | कसैले राम्रो service दिएर कमाऊछन् कसैले नराम्रो दिएर| कसैले price कम राखेर त कसैले price बदयेरा | हामी उपभोगता चाहिं सजक हुनु पर्यो | ब्यापारी को मैन उदेस्य अर्का को खल्ती म आफु पैसा देख्नु रे | त्यही भर म चाहिं ब्यापारी को गल्ति देख्दिन |

            Reply
    2. Kamal says:
      July 8, 2013 at 2:56 pm

      पायल जी, कुरा त्यो ब्यापारी को मात्र होइन कुरा, संगठित रुप मा मिलेर लुट्नु को, असोसिअसन कै रुल तेस्तो छ भने तपाई संग अप्सन चै का छ र भन्या, आच्या कुरा नबुझेको कि पचाको,

      Reply
    3. prakash joshee says:
      July 8, 2013 at 9:05 pm

      धन्दा नामानुस अबत कुनै दिन पासपोर्ट साइजको फोटो प्रिन्ट पनि गर्नु नपर्ने दिन आउछ. यता युरोप अमेरिका तिर त त्यो चलन चलिसक्यो. कलर ल्याब ले अहिले देखिने सोचे राम्रो. digital camera बाट photo लियो वा photo scan गर्यो अनि direct चाहिएको ठाउँ मा पेस्ट गर्यो. पासपोर्ट, visa मा जस्तै.

      Reply
  40. Pradeep says:
    July 8, 2013 at 12:00 pm

    मलाई नि त्यस्तै गरेको थियो। अलि urgent थियो so 4×6 को 2 pic को Rs100 मा develop गराएँ। सबै ठगै ठगहरु…

    Reply
  41. narayan sydney says:
    July 8, 2013 at 11:53 am

    नियम कानुन आफै ले बनाउने भए पछि उपोभोक्ता किन नथगिउन?

    Reply
  42. shresthamir says:
    July 8, 2013 at 11:43 am

    यो घटना त मलाई धेरै पल्ट परेको छ / ठगिको तरिका सुन्दा पनि अचम्मै/ धन्ये त्यसमा BMW गाडीको तथा बहुमुल्य समान को फोटो परेन छ, येदि गाडी को फोटो धुलाउन जादा गाडी को पैसा मग्न क बेर ./

    Reply
  43. sonalulu says:
    July 8, 2013 at 11:28 am

    मैले पनि भोगेको थिए यो ! सबै भन्दा अचम्म लाग्ने कुरो भनेको येही हो.. जाबो १०,२० रुपिया को लागि किन किच किच गर्नु हुन्छ भन्ने नै हो | नीति नियम को कुरो जहाँ गरे पनि येही सुनिन्छ || १०,२० रुपिया को कुरोको लागि उनि हरुले किच किच गरेको कोस्ले देख्ने??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme