बीसौँ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालका नेपाली भाषीहरुलाई लाज लगाउँदै नेपालीभाषी भुटानी शरणार्थीहरुले आएको २/३ वर्षमै ‘भानु जयन्ती’ कसरी मनाउनु पर्छ भनेर देखाइदिएका छन्। नेपाली भाषीहरूको यो जातीय दिवसमा यसपालि अमेरिकी पदाधिकारीहरु पनि राम्ररी सहभागी भए – न्यू हेम्सायरमा भएको भानु जयन्तीमा। आफूले भने न्यूयोर्कका मेयर ब्लूमबर्गलाई “भानु जयन्ती”को शुभकामना दिलाउन लगाउनु भन्दा बढी केही गर्न सकिएन यसपालि। अमेरिकाको न्युयोर्कबाट सुजित ढकालको ब्लग –
नेपाली भाषाका दुश्मनहरुलाई सम्झँदा
-सुजित ढकाल-
नेपालीहरू नपुगेको महादेश बाँक़ी छैन अहिले विश्वमा। संसारको कुनै विकसित देश यस्तो नहोला, जहाँ नेपाली भाषीहरू छैन। नेपालमा जातपात र भाषाको खाडल झन् झन् गहिरो खन्दैछौ हामी हिजोआज। तर, त्यो खाल्ड़ोभित्रको सत्य त्यहाँ गएर नाङ्गिन्छ जब विदेशमा कसैले नेपाली भाषा बोलेको देखेर खुशी साथ मुखबाट निस्कन्छ- ‘ए तपाईँ पनि नेपाली हो’? नेपालमा जति नेपाली भाषालाई सरापे पनि विदेशमा त्यही नेपाली भाषाले न्यानोपन दिएको छ समुदायमा सबैलाई।
जब राष्ट्रिय एकताको कुरा आउँछ, त्यहाँ नेपाली भाषाको पनि कुरा आउँछ। यो तथ्य नेपाली भाषा नरुचाउनेहरुलाई तीतो लागे पनि यो सत्य हो। “तीतो सत्य” नै सही। नेपाली भाषाप्रेमीहरुलाई हतोत्साही गर्न आजकाल नेपाली भाषाको वकालत गर्यो कि “महेन्द्रवादी” को बिल्ला लगाई दिने चलन बढेको छ। तर, म गर्वका साथ भन्छु- यदि नेपाली भाषाको हितमा कुरा गर्नेहरुलाई “महेन्द्रवादी” भनिन्छ भने भन मलाई “महेन्द्रवादी” !!! मेरो लागि महेन्द्रले नेताले भन्दा धेरै राम्रा काम गरेका थिए।
किन प्रशान्त तामाङलाई विश्वभरका नेपालीहरूले भोट र नगद दिएर इन्डियन आइडल बनाए? किन उदित नारायण एउटा मधेशी मूलको भएर पनि उनका लागि मरिहत्ते गर्छन् नेपाली भाषीहरू? कुरा त्यही नेपाली भाषा मै गएर टुङ्गिन्छ।
यदि हामीबीच नेपालीभाषी नामको नाता नरहने हो भने मैले “फुटाऊ र राज गर भन्नेहरु” ले चलनमा ल्याएको “जनजाति” शब्द भित्र राख्नै पर्ने अरुण थापा मगरको गीत किन सुन्ने? किन शीर झुकाउने लामा जातकी स्वर साम्राज्ञी अरुणा लामा र नेवार नारायण गोपाल गुरुवाचार्यप्रति ?? तर अहं, म यस्ता संकीर्ण सोचाई भएकाहरु जस्तो हुन सक्दिन। बाहुन कुलमा जन्मे पनि मेरा लागि देश भाँड्ने प्रचण्ड र बाबुराम जस्ता बाहुनहरुभन्दा नेपाली भाषाका पुजारी युगकवि नेवार सिद्धिचरण श्रेष्ठ नै आदरणीय लाग्छ, नेपालमै बसेर नेपाली भाषालाई सत्तोसराप गर्नेहरु भन्दा नेपालमा नबसेर भएपनि नेपाली भाषाका चलचित्रहरुमा गाउन नछाड्ने मधेशी उदितनारायणलाई म नेपाली भाषाको हितैषी देख्छु।
चुनौति दिन खोज्नेहरुले सोध्न सक्छन्, के नेपाली हुन नेपाली बोल्नै पर्छ? अवश्य होइन, तर त्यस्ताहरुलाई म भन्न चाहन्छु- त्यसो भए नेपाली भाषाकै सहारा लिएर नेपाली भाषालाई सराप्न छाड। सहारा चाहिँ नेपाली भाषा कै चाहिने, अनि त्यही नेपाली भाषालाई देखी नसक्ने? विडम्बना! के यही कुराले नेपाली भाषा सबै नेपालीको साझा भाषा हो भन्ने कुरा प्रमाणित गर्दैन र?
नेपाली भाषा हामी संसारभर छरिएर रहेका सबै नेपालीहरुको साझा भाषा हो। हाम्रो जात फरक होला, हाम्रो धर्म फरक होला, हाम्रो राष्ट्रियता फरक होला तर पनि हामीलाई जोड़ने पुल भनेको नेपाली भाषा नै हो।
नेपाली भाषाको यो विशिष्ट स्थान सबै जातका नेपालीहरूको लागि गर्वको विषय हो, ग्लानीको होइन। नपत्याए सिक्किम र दार्जीलिङका नेपालीहरू लाई हेरौँ, उनीहरुको एउटै जात छ- नेपाली भाषी जाति। बस। धेरै जनजातिका जातहरू भए पनि सबैले एउटा कुरा राम्ररी बुझेका छन – नेपाली भाषीहरू एकजुट नभए अरुले हेप्छ्न् भनेर। त्यहा तामाङको छोरो पनि नेपालीभाषीमा अटाउँछ र गुरुङकी छोरीलाई पनि गर्व छ नेपाली भाषी नै कहलिनुमा।
त्यही भएर नेपालको कुपुत्र बाहुन प्रधानमन्त्री न्यूयोर्क आउँदा भन्दा सिक्किमको लिम्बू जातको नेपाली भाषी मुख्यमन्त्री मेरो शहरमा आउँदा मलाई खुशी लाग्छ।
म बाहुन जातको सुजित ढकाल र राई जातको सिक्किमेली नेपालीभाषी मुख्यमन्त्री पवन चाम्लिङबीच को नाता २००७ मा पहिलो पटक भेटघाट भए देखिनै प्रगाढ़ छ किनकि हामी दुबै नेपाली भाषी भएकोमा गर्व गर्छौ। पढ़ेलेखेका मूर्ख बाबुरामभन्दा त्यति सारो नपढेका प्रशान्त तामाङमा म नेपाली भाषीहरूलाई जोड्न सक्ने खूबी देख्छु।
बीसौँ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालका नेपाली भाषीहरुलाई लाज लगाउँदै नेपालीभाषी भुटानी शरणार्थीहरुले आएको २/३ वर्षमै ‘भानु जयन्ती’ कसरी मनाउनु पर्छ भनेर देखाइदिएका छन्। नेपाली भाषीहरूको यो जातीय दिवसमा यसपालि अमेरिकी पदाधिकारीहरु पनि राम्ररी सहभागी भए – न्यू हेम्सायरमा भएको भानु जयन्तीमा। आफूले भने न्यूयोर्कका मेयर ब्लूमबर्गलाई “भानु जयन्ती”को शुभकामना दिलाउन लगाउनु भन्दा बढी केही गर्न सकिएन यसपालि।
बाहुन जातमा जन्मिएका हाम्रा आदिकविलाई जनजाति जातका नेपाली भाषीहरुले बरु राम्ररी कदर गरेका छन् जहाँसुकै किन नहोस्। त्यसैले नतमस्तक हुन मन लाग्छ वैरागी काइँलाहरुका अगाड़ि, खुट्टा मै ढोगु लाग्छ अम्बर गुरुङहरुलाई ….अनि दिल खोलेर अङ्गालो हालू जस्तो लाग्छ राजेश पायल राईहरुलाई ! धन्य हाम्रो नेपाली भाषा र धन्य हामी नेपालीभाषी। जहाँ बसे पनि हाम्रो एउटै जात- नेपाली भाषी।
अमेरीकामा अधिकांश नेपाली भनाउँदाहरु भुटानीलाई आफ्नो समुहमा शामिल गराउन चाहांदैनन | त्यस्ता नेपालीलाई यो एउटा गतिलो झापड हो |
जनकराज महर्जन जीले भन्नु भए जस्तै मूख्यतया: भाषालाई ३ भाग मै बाड्न सकिन्छ । १) मातृ भाषा २) राष्ट्रिय भाषा र ३) अन्तराष्ट्रिय भाषा । पहिलो मातृ भाषा आफू जन्मिएको घर परिवार जाती वरिपरि घुम्छ र यो जातिय गौरवको बिषय हुन्छ । दोश्रो राष्ट्रिय भाषा जुन नेपाली हो आफू जन्मेको देश र नेपाली जाती रहेको संसारको सबै ठाउँको सेरोफेरोमा घुम्छ । यो सम्पूर्ण नेपालीलाई नेपाली हुँ भनेर एक सुत्रमा बाँध्ने र अन्तराष्ट्रिय समुदाय सामु राष्ट्रिय पहिचान र गौरवको विषय हुन्छ अर्थात् आफ्नो राष्ट्र भित्र हाम्रो मातृ भाषाले म यो जातिको भनेर हाम्रो पहिचान कायम राखे जस्तै अन्तराष्ट्रिय स्तरमा हाम्रो राष्ट्रिय भाषा नेपालीले हाम्रो राष्ट्रिय पहिचान बनाउँछ । तेश्रो अन्तराष्ट्रिय भाषा अङ्रेजी जुन हाम्रो शैक्षिक, ब्यबसायिक, पर्यटकिय एवं अन्य बिबिध उद्देश्य र आवश्यकतामा करिब करिब अनिवार्य र संपर्क भाषाको रुपमा प्रयोग हुन्छ । अहिले यसमा राम्रो दख्खल हुनेले मातृ भाषा, राष्ट्रिय भाषामा दख्खल हुनेभन्दा पनि बढी गौरब गरी रहेको र दख्खल नहुनेले हिनताबोध गरी रहेको व्यबहारिक अवस्था छ । अब अर्को चौथो भाषा जसलाई म आफू लगायत अरु धेरै जना नेपालीले जिविकोपार्जनको भाषा भन्न रुचाएको पाएको छु त्यो हो हिन्दी भाषा । हामीले माने पनि नमाने पनि हिन्दी भाषा संसार मै र खास गरी भारत र मध्यपूर्व जहाँ हाम्रो मातृ भाषा तथा राष्ट्रिय भाषा नेपाली बोलेर कामकाज चलाउन सकिदैन र सामान्य गरी खाने नेपालीहरु जो अङ्रेजी लेख्न बोल्न सक्दैनन् र यो अवस्थामा सिक्न सिकाउन सक्ने कुरा पनि नभएकोले उनिहरुको जिविकोपार्जनको भाषा बनेको छ । अर्थात यही भाषाको प्रयोग गरेर उनिहरुको दैनिक कामकाज चलेको छ र अर्थोपार्जन, जिविकोपार्जन दुबै भएको छ ।
तसर्थ अहिलेको व्यबहारिक परिस्थिती भनेको संसारका सबै भाषाभाषी, जातजातीहरुलाई सम्मान गर्ने र जुन सुकै जातिको किन नहोस् खराब आचरण र व्यबहारको बिरोध गर्ने परिस्थिती हो ।
ताइ न तुइ विना प्रसंग मानिसहरूलाइ किन गाली गरेको हो सुजितजी?
I know this is a blog but many people visit this blog as a new site.So this kind of article from Sujit should not have been published…..in my humble opinion.
I think this is a very lowly article in which Sujit is trying to advertise how he got a piece of paper signed by Mayor Bloomberg. In doing so, he is throwing unnecessary attack on other Nepalese people. Feels like I wasted my 5 minutes reading this.
भुइफ़ुट्टा हरुको फुर्ति यस्तोहुन्छ!
एउटा मेयर लाइ भानु जयन्तीमा बोलाउदा खेरि यिनले अमेरिका जितेको जसरि फुर्ति देखाउदै छ र देशमा बसेर जनताको लागि लड्ने संसारले मानेको र ठानेको विद्वान लाइ मुर्ख भन्न भ्यायाको छ!
तेस्ता मेयर त कसैको छोरीको पास्नीमा बोलायानी आउछन फुर्सद छ र समय मिलेमा, समाचार पढे हुन्छ स्कटलाण्ड मा एउटा नेपालि रेस्टुरेण्ट उद्घाटन गर्न गयको थियो भरखरै! उनीहरुलाई फुर्सद छ भने खुरुक्कै आइदिञ्छन नेपाल मा जस्तो बडप्पन देखाउने ढिलो गरि पुग्ने अनि आफु ठुलो महत्वोको ठुलो मान्छे हु जस्तो ठान्दैनन् तिनीहरु, तर उनीहरुलाई बोलाय ल्याय र शुभ-कामना दिन लागाय भनेर भुइँ फ़ुट्टाले चाहि वाह केकेना गरेर सबैलाई मुर्ख अनि भडुवा देख्न पुगेको छ!
भाषा आफ़ाफ़्नो सबैलाई प्यारो हुन्छ, अरुको भाषालाई पनि सम्मान गर्न सिक्नुपर्यो अनि अरुलाई सम्मान गर्न सिक्नु पर्यो लाद्ने होइन लाध्यो भने राम्रै कुरा पनि नराम्रो हुन्छ! जवार्दस्ती भन्नेकुरा गर्नु हुदैन!
प्रशान्त तामांग नेपालि बोल्देकोले आफ्नो बहुतै प्यारो भयो अनि बाबुरामले जनतालाई प्रजा बाट स्वोतन्त्र बनाइ नागरिक बनायको कोले पिडा भयो, देश र जनताको लागि लड्ने जनताको मुक्ति को लडाइ लडेकोले मुर्ख भयो!
भुइ फ़ुट्टाले यस्तै हो सोच्ने!
यस्ता भानु जयन्ति थुप्रै ठाउमामनायको छ हाम्ले पनि ;मयायाका छौ खै हाम्लाई कसैलाई गालि गर्नु रामुर्खा भन्नु परेको छैन क्यारे!
भाषा र साहित्यको कुरामा भाषा अनि साहित्यकै कुरा गरौ न किन जवार्दस्ती राजनीति र आफुलाई मन परेन भन्दैमा जतापनि जोडेर लेघ्रो तान्ने!
यस्ता भुइँ फ़ुट्टाले गर्लानि भाषा रसाहित्यको जगेर्ना!
बाराक ओवामालाई भेटेको भय वा तेहा बोलायर ल्याउन सकेको भय त यिनले दुइ चार तोप पड्काउने थियो होला! हवाई फायर गर्ने थियोहोला बिजयोत्सबको!
गगने,
भारुरम हो विद्वान? हा हा अनि अरु चै पठमुर्ख त्?
ए साथी, सुजितजीले त जनजातीहरुको ईज्जत बढाउने कुरा नै लेख्नु भएको छ. कसलाई लाग्यो नराम्रो? उहाले लेखेको ठिक हो.
एक आपसमा कम्युनिकेसन गर्नको लागि प्रायजसो संसारका हरेक नागरिकहरुको तिन वटा भाषा हुन्छन , १)मातृ भाषा २) राष्ट्रिय भाषा र ३) अन्तरास्ट्रिय भाषा | हाम्रो देशको राष्ट्रिय भाषा ‘ नेपाली ‘ हो भने अन्तरास्ट्रिय भाषा ‘ अंग्रेजी ‘ हो र जन्मदै जुन आ आफ्नो घरमा बोलिन्छ त्यो मातृ भाषा हो | आफ्नो आमाको जति माया लाग्छ मातृ भाषाको पनि त्यतिनै माया लाग्छ | मातृ भाषा लोप हुनु भनेको आफ्नै आमा को लोप भए जस्तै हुने भएकोले सबै जना आ आफ्नो मातृ भाषाको संरक्षणमा लागेका हुन्, यो राम्रो कुरा हो | हामी नेपालीले एक आपासका मातृ भाषाको आदर गर्न सिक्नु जरुरी छ र आफ्नो राष्ट्रिय भाषा र अन्तरास्ट्रिय भाषा के हो र किन महत्वपूर्ण छ भन्ने बुज्नु जरुरी छ | बिदेशीहरु हाम्रो देशमा एउटा मात्र भाषा भनेर हेप्छन | हामीले हामीकहा थुप्रै भाषाहरु छ भनेर देखाउनु जरुरी छ | हाम्रा भाषाहरु, कल्चरहरु हाम्रा देशका सम्पति हुन् यसको हामीले सम्रक्षण गर्नु पर्छ |
“………. जसरी नेपाली भाषाले नेपालमा राज्यसत्ताको आधारमा डोमिनेसन गरेको छ त्यसरी नै संसारमा अंग्रेजीले …! त्यसैले लेखकले के सोच्नु जरुरी छ भने, आफ्नो मातृभाषा सबैलाई प्राण भन्दा प्यारो लाग्छ ! यधपी त्यो सानो समुहले बोल्ने किन नहोस्…. !
बिदेशमा बस्ने नेपालीहरुले आ आफ्ना संस्कृति संस्कारको बारेमा अमेरिकाको कुनै पनि सरकारी निकायमा सम्पर्क गरेर शुभ कामनाको लागि अनुरोध गरेमा आफ्नु कार्यालयको letter headma शुभकामना प्राप्त गर्नु कुनै नौलो कुरा होइन |
अन्तर राष्ट्रिय साहित्य समाजका सस्थापक होम नाथ सुबेदिजिको नेतृत्वमा भानु भक्तको सालिक बनाउने योजना छ | तर जग्गा पनि आफ्नु होइन भानुको टाउको मात्र भएको सालिक पनि हालै नेपालका ख्याती प्राप्त व्यक्तित्व शाके थरको कर्ण शकेले आफ्नै स्रोत र साधन बाट है सिल्वेर्स्प्रिन्ग्को एउटा रेस्तौरांत मा होम नाथ्जिलाई दिनु भएको खबर पढ्न पयाँ |७२ देशमा भएको अन्तर राष्ट्रिय साहित्य समाजको चप्तेर्हरुले रकम होम नाथ जीलाई प्राप्त भयो भने सायद कर्ण शाक्य जस्तो समाजसेबी भेटऔं सक्यो भने भानुजिको सालिक बन्लाकी जस्तो छ |
भन्देखिन यो शुभकामना पत्र आफै मागेर लिएको रहेछ| नानी देखि लागेको बानी अमरिका पुगेर पनि नछाड्ने?
७२ देशका च्याप्टरको रकम एकजनाको हातमा पाएर अनि दानवीरबाट शालिग लिएर त्यो अटाउने जग्गा छैन भनेको अलि खुलेन| त्यो पनि नेपाल देखिकै खाने बानीले गर्दा हो वा जे पायो त्यही अरुको आलोचना मात्र गर्ने बानी हो प्रष्ट हुनुस|
प्राप्त गर्नु ठुलो हो कि हैन भन्ने बहस होइन यो // प्राप्त गरे भन्ने कुरो हो /// कसैले नगरेको काम गरेनी त तामांग जिउ// तपैले गर्नु भएको भए नि हुने थियो नि // किन नगर्नु भाको त???
यो अति अहम style को ब्लग भयो/ भानुभक्त जयन्ति को अबसरमा खस बाहेक लाइ गाली गरेको सायद भानुभक्त लाइ पनि मन परेन होला !!
अति राम्रो सुजित ज़ी, सारै मुटू छुने लेख़नु भयो। प्रशान्त तामांग न्यूयोर्क आउदा हामी सबै नेपालीभाषीहरु एकजूट भएको थियौ। जातपातको राजनिती गर्नेहरू लाई तपाईको कुरा नपच्ला तर एउटा सच्चा नेपालीले तपाइको कुरा मनन गर्नुपर्ने हुन्छा।
what is the point of Bloomberg ‘s letter ? सुजित को केहि काम छैन जस्तो छ. यत्तिकै हावा कुरा? ब्लूम्बर्ग लाई भानुभक्त को के चासो. हामी नेपाली लाई पो मतलब हुन्छा त. अनि लेत्टर लेखिदेउ भने पछि sign गर्न के गारो?
नेपाली मुलका भुटानी लाई भानुजयन्ती को मतलब हुनु पनि स्वाभाविक नै हो.
I found so many common features between Late King Mahendra of Nepal and King Jigme Singye Wangchuk of Bhutan. Both of these dictators used One language, One Kingdom policy. They abused state power to promote a single language, culture, and religion which benefitted only a single small community but killed language, culture, and religion of other majority of people. I believe that only victims understand the degree of sufferings from these demon kings
अनि तपाइलाइ निकोलस सार्कोजी चाही ” अप्रेसिव” लागेन? उनको पालोमा त फ्रान्समा बुर्का र पगरी लाउन नपाउने नियम लागु भाको थियो नि!
कुरा पोहोर सालको हो | नेपाल सम्बतको अवसर पारेर स्प्रींगफिल्ड,भर्जिनियामा नेवारी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो र म पनि सहभागी भएको थिए | कार्यक्रम शुरु त भयो तर सबै नेवारीमा थियो | हुन त म पनि नेवार नै हूँ | तर १-२ जना बाहेक सबैले नेवारीमै सम्बोधन गर्दा भने सार्है नरमाइलो लाग्यो | लाग्थ्यो नेपालको यो जात त्यो जात भन्ने कुरा यहाँ पनि फैलियेछा | यो त सानो उदाहरण मात्र हो | समय समयमा अरु जात हरुको पनि येस्तै जाति बिशेष कार्यक्रम भैरख्दो रैछ | अहिले देशको स्थिति हेर्दा नेपाल भन्ने नै नहाराला जस्तो लाग्छ, किन हामी यो जात र त्यो जात भनेर विभेद गरिरहेका छौं ? साच्चै भन्ने हो भने नेपालमा अहिले राष्ट्रवाद को खडेरी नै लागेको छ | सबैले आफु नेवार, राई, लिम्बु, तामांग, बाहुन, छेत्री, मधेशी, थारु भनेर गर्ब गर्नु भन्दा पहिले नेपाली भन्न सिक्नु पर्ने होइन र ?
नेवारी संस्कृतिक कार्यक्रममा नेपाल भाषाले संबोधन नगरी कुन भाषामा गर्नु पर्यो त साथी?
पत्याउनु नपत्याउनु ! अमेरिका को rochester NY मा अस्ति गुरु पुर्णिमा को दिन धामी हरु भेला भएर भब्य ढ्यांग्रो नि ठोके !
हेल्लो ब्लगर सुजित ढकाल जी,
हैन यो कुरा लेखि बाबुरामको सत्तो सराप गर्नु पर्ने कारण चाहि किन नि?
तिमीलाई भानु जयन्ति मनाउन बाबुरामले रोके कि क्याहो?
बाबुरामलाई जवार्दस्ती जोड्नुपर्ने किन?
भानु जयन्ति मनायको छ कसैको सत्तो सराप गर्दै महेन्द्रलाई जयकार गर्नुपर्ने किन?
बाबुरामलाई मुर्ख उपाधि दिने तिमि को हौ?
अरुलाई मुर्ख भनेर आफु विद्वान बन्न खोज्ने तिम्रो हैसियत योग्यता र गक्ष्य के हो?
भाषा र साहित्यमा राजनीति त तिमीहरु जस्ता पाखण्डी भडुवाले मुछेको छ, बाबुराम र प्रचण्ड कसरि देश भडुव भय?
एउटा देश एउटा भाषा भाषी को मात्र हुनुपर्छ भन्ने जवार्दस्ती छ?
तिमीलाई तिम्रो भाषा जति प्यारो छ अर्को मैथली र नेवारी अनि शर्पा आदि बोल्ने लाइ पनि उनीहरुको भाषा तेत्तिनै प्यारो होला आफ्नो भाषा प्रति तेत्तिनै गर्ब होला त यसमा जवार्दस्ती गरि आफुलाई विद्वान कहलाउने प्रयास किन?
अमेरिकामा बस्छु, भानु जयन्ति मनाय र त्यो कार्यक्रममा अमेरिकाको मेयर लाइ ल्याय भनेर गौरब हो?
हो नेपाल भाषा तमाम नेपालि र अन्य भाषा भाषी बिचमा सम्पर्क भाषा होला मा पनि नेपालि भाषी हु (नेपालि हु). मा नेवार हु तर नेवारी जान्दिन बोल्दिन जन्मदै नेपाल भाषी नेपालि बोल्दै जन्मे तसैले मलाई नेपालि बोल्नु र नेपालि हुनुमा गर्ब छ!
तर जव तिमीहरु जस्ता टपर्ट्युइयाहरु विद्वान बनेर भाषण छाटेको देख्छु अनि कताकता धिक्कार लाग्छ र भन्न मन लाग्छ धत्!
Sujit Ji, Language is a dress of thought so any dress can be important but thought and feeling expressed in Literature are more important. There could possibly be Tibeto Burman Language if Kash language was not imposed as a natinal language by Brahmin People in ancient time. Your too much focus on language but not on thought seems to me unfair to the poet Bhanu.
सुतेकालाई ब्युझौन सकिन्छ तर जसले सुतेको भान पारेका छन् ? समाजमा रहेका यस्ता महारथीहरुनै उक्त समाजका कलंकहरु हुन् I
कबी लेखक साहित्यकार कोइ जात भात को हुँदैन । त्योत सिर्फ सोच्ने न हो ।
तर त्यो सोचलाई प्रस्तुत गर्न एउटा भाषाको जरुरत पर्दछ! साथै आफ्नो मातृभाषामा जति गहन सोच र प्रस्तुति अर्को भाषामा हुदैन!
“सुजित ढकाल-” जी ले भानु जयन्तिको सन्धर्बमा “नेपाली – नेपाली भाषी नेपाली ” जुनसुकै जातधर्म – संकार जे भए पनि हामि नेपालि एक आपसमा नेपालि नै भन्ने जस्ता कुरा लाइ समेटेर छोटकरीमा जुन लेक्नु भएको छ “माई ससारको ब्लगमा” – यो साह्रै चित्त बुज्दो र
बास्तबिक कुरा हो – तर अब के गर्नु…!!… र हाम्रो देश नेपाल का केहि डिस क्वईली फाई, स्वार्थी – राजनीतिक नेता हरु – कार्यकर्ताहरु र केहि स्वार्थि तर समाज भादुवा हरुले यस्तो प्रकारको तितो सत्य तर बास्तबिक कुरालाई कहिलै पनि बुज्दैनन र बुज्ने कोसिस पनि गर्दैनन् किन भने तिनीहरुमा असिमित स्वार्थ लुकेर बसेको छ
नेपाली नेपालको राष्ट्रिय र एउटा प्रमुक भाषा हो । नेपालमा नेपाली बाहेक अरू थुप्रै भाषाहरू बोलिन्छन, र धेरै जात जातिहरूको आफ्नै मात्री भाषा छ । कति जात जातिहरूलाई (विषेस गरेर अल्ली बुढाखाडालाई) नेपाली भाषा नै नआउन सक्छ । तर मात्रि भाषा नेपाली नभए पनि, नेपालीमा अब्बल र नेपाली भाषाको साहित्य र गायन मा राम्रो गरेका धेरै गायक र साहित्यकार हरू छन् । तर हामी सबै नेपालीहरू को एउटै जात – नेपाली भाषी चाहिँ अल्ली भन्न मिल्दैन कि ?
देश ,जात जाति र समुदाय मा भाद भैलो ल्याउने हत्या हिंसा लाई उक्साउने दुसित राजनीति मा रमाउने प्रचण्ड भन्दा त बरु घर मा पालेको कुकुर नै ठिक .
मेरो देश, मेरो भाषा, सबै भन्दा प्यारो !!