Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः त्यसो गरेको ठीकै भन्नेहरु नि छन्

Posted on July 29, 2013July 28, 2013 by mysansar

गएको सोमबार एक्ली युवतीलाई जंगलीहरुले दुर्व्यवहार गरिरहँदा सारा गाउँले रमिता हेरेर रमाए। ठिक्क पर्‍यो भन्दै ताली पिटे। भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र बचाउन सकेनन्। अलिकति अधिकारका कुरा, कुनै कार्य गरेमा सुवेदी, प्रसाइँ र भेटवालहरु रिसाउने गरेको गुनासो उनीहरुले पोखे। चाहेर पनि उनीहरु सत्य कुरा बोल्न नसकेका रहेछन भन्ने थाहा भयो। उनीहरु सारै नै पेलिएर बसेका रहेछन्। त्यहाँका स्थानीय सन्जय सुवेदीले त बलमा बल, पैसामा पैसा भन्दै अरुलाइ धम्क्याउने गरेको गुनासो समेत पोखे गाउँलेहरुले। बेलबारीका प्रहरीहरु पनि यस्तै सीमित व्यक्तिहरुको इसारामा चल्ने गरेको गुनासो पोखे। मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थितिमा पक्ष र विपक्षसँग कुराकानी गरिएको थियो। विपक्षका महिलाहरुले उनीहरुमाथि भएको दुर्व्यवहारलाइ ठिक मानिरहेका थिए। शिक्षित भनाउँदाहरु पनि जुत्ताको माला लगाउनु र मोसो दल्नु बेठिक भएको बताइरहँदा उनीहरुको व्यवहार भने पीडितप्रति सकरात्मक देखिएन। बेलबारी बर्बरताबारे घटनास्थल पुगेर फर्किएकी बीबीसी नेपालीकी पत्रकार सीता मादेम्बाको ब्लग।
IMG_5400
मोरङ वेलवारी करम डाडाकी माया सार्की र मनोज भुजेललाइ गाउलेले मोसो दलेर जुत्ताको माला लगाइ दिएको घटना फेसवुक मार्फत सनसनी भो । वास्तविकता वुझन म पनि करम डाडा तर्फ हुइकिए । स्थानीय पत्रकार साथीहरुको सहयोगमा घटना भएको स्थान करम डाडाको अन्नपुर्ण एकेडेमीमा पुगे। म पुग्ने वित्तिकै घटनाको वारेमा वुझन मानवअधिकारकर्मी र सन्चारकर्मीहरु पनि आइपुगे । माया सार्कीलाइ सहयोग गर्नेहरु डराएका जस्ता देखिन्थे । भएको घटना पनि खुलेर भन्ने अवस्थामा थिएनन । साउन ६ गते वेलुका माया सार्की कामबाट घर फर्कदै गर्दा उनको घर नजिकै सिसौली खोलामा उनलाइ एकजनाले मुख थुनेर दुव्यावहार गर्न खोज्यो । जसो तसो जोगीइन । रीम रिम साझ भएकाले अनुहार राम्ररी ठम्याउन सकिनन । हातपात गर्ने व्यत्ती उनका छिमेकी जिवन भेटवाल जस्तै लाग्यो उनलाइ । अनी वोली र जिउडाल पनि उस्तै लाग्यो । हात टोकेर चिच्याएर वल्ल तल्ल उम्किइन्। अनि कुदेर घर आएर गाउलेलाइ गुहार मागिन‌्।

उनलाइ साथ मिना भुजेल विमला राइ दिपा तामाङ हर्कमाया भुजेल मैया तामाङ र विमला थापा र मनोज विश्कर्मा लगायतले साथ दिए । राती आठ वजे इलाका कार्यलय वेलवारीमा उजुरी दिन पुगे । उनको मौखिक उजुरीको आधारमा माया सार्कीले शका गरेकी जिवन भेटवाललाइ प्रहरीले प्रहरी कार्यलयमा ल्यायो । तर मायाले भने अनुसार हातमा टोकेको नभेटीएपछि । प्रहरीले उल्टै हप्काएर पठायो । उनका सहयोगी पनि खङग्रगै भएर फर्कीए। राम्रो केर कार गर्नको साटो प्रसस्त प्रमाण नभएको भन्दै जिवन भेटवाललाइ छोड्यो । मायाले प्रहरी कार्यलयमा माफ पनि मागिन ।

साउन ७ गते विहान आठ वजे सम्म माया सार्कीले समाज भेला हुने भनेकाले पर्खिइन । तर कसै गाउले भेला नभएका कारण उनी काम गर्न गइन । विस्तारै गाउले भेला हुन थाले । माया सार्कीलाइ साथ दिने मिना भुजेलले कुटाइ खाइन । पत्रकार मनोज विश्वकर्मालाइ त मसो दलेर कुटपिट गरे । अरु सहयोगीहरुलाइ पनि जिवन भेटवालका आमा श्रीमतीले कुटपिट गरेछन । सारा जम्मा भएर मनोजलाइ तथानाम गालि गरेको मनोजले वताए ।

त्यतिकैमा माया सार्की अन्नपुर्ण एकेडेमीमा आइपुगिन । उनलाइ उपस्थीत पुरुषहरुले कस्ले उचालेर थाना गइस भन्दै गालि गरे । उनलाइ मसो दलि दिए । जुत्ताको माला लगाइ दिए । उनलाइ त्यस्तो दुव्यावहार गरि रहदा सारा गाउले रमिता हेरेर रमाए । ठिक्क पर्यौ भन्दै तालि पिटे । भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र वचाउन सकेनन । मन हुदा हुदै वचाउन नसकेको गुनासो उनीहरुले म सग पोखेका थिए । उनीहरुसग मैले निक्कै वेर एक्लै वसेर छलफल गरे । अलिकति अधिकारका कुरा कुनै कार्य गरेमा सुवेदी प्रसाइ र भेटवालहरु रिसाउने गरेको गुनासो उनीहरुले पोखे । चाहेर पनि उनीहरु सत्य कुरा वोल्न नसकेका रहेछन भन्ने थाहा भयो । उनीहरु सारै नै पेलिएर वसेका रहेछन । त्यहाका स्थानीय सन्जय सुवेदीले त वलमा वल पैसामा पैसा भन्दै अरुलाइ धम्क्याउने गरेको गुनासो समेत पोखे गाउलेहरुले । वेलवारीको प्रहरीहरु पनि यस्तै सीमीत व्यात्तीहरुको इसारामा चल्ने गरेको गुनासो पोखे ।

मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थितीमा पक्ष र विपक्षसग कुराकानी गरिएको थियो । कुराकानीका क्रममा उपस्थीत विपक्षका महिलाहरुले माया सार्की र मनोज विश्कर्मा माथि भएको दुव्यावहारलाइ ठिक मानीरहेका थिए । शिक्षित भनाउदाहरु पनि जुत्ताको माला लगाउनु र मोसो दल्नु वेठीक भएको वताइरहदा उनीहरुको व्यावहार भने पिडित प्रति सकरात्मक देखिएन । पिडककै एजेन्टको काम गरिरहेका रहेछन भन्ने महसुस गरे । प्रत्यक्षदर्सीहरुको भनाइ यस्तो छ ।

मोसो दल्न र जुत्ताको माला लगाउन भोजराज वस्नेतले उकासेको कुरा टकमाया प्रसाइ लगायत अरुले मानवअधिकार कर्मी र पत्रकारको उपस्थितिमा वताएका थिए । थप बुझ्न यहा सुन्नुहोस ।

घटना घटेपछि मनोजले इलाका प्रहरी कार्यलयमा आफुमाथी दुव्यावहार भएको भन्दै निवेदन दिएका थिए । निवेदन यस्तो थियो ।
IMG_5415

तर इलाका प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी निरिक्षकले पिडकको पक्षमा रहेर सहमति गराउन वाध्य पारे । उल्टै माया सार्की र मनोज विश्वकर्मालाइ माफ मगाइयो । सहमति यस्तो भएको थियो ।

IMG_5420

माया सार्कीलाइ दुव्यावहार गरेपछि उनी गाउ छोडेर गइन । माइतीघर इन्द्रपुर ३ मा छोरा छोरी सहित वसेका वेला उनीसग गरिएको कुराकानी यस्तो छ । कुराकानी सुन्न यहा क्लिक गर्नुहोस ।

२०६८ साउनमा उनका छिमेकी ६० बर्षिया रामचन्द्र भेटवालले माया सार्कीकी आफन्त १३ बर्षिया वालिकालाइ वलत्कार गरेका थिए । वलत्कार गरेको कुरा माया सार्कीले देखेकी थिइनन । त्यही आधारमा वलात्कार जस्तो गम्भिर घटनालाइ पाच कठ्ठा जमिनमा सामसुम पारीएको थियो । त्यो घटना पछि रामचन्द्र भेटवालका परिवारसग मायाको वोलचाल वन्द भएको थियो । रामचन्द्र भेटवाल जिवन भेटवालका वुवा हुन । यसैकारण पनि त्यो परिवारले उनलाइ सिद्धयाउन खोजेको माया सार्कीको आशका छ ।

माया सार्की माथी दुव्यावहार हुदा रामचन्द्र भेटवाल पनि उपस्थित थिए । तर उनले आफनो भने सहभागिता नभएको वताए । तर भिडियोमा उनको पनि उपस्थिति भएको स्पष्ट हुन्छ । यो घटना प्रति उनको भनाइ यस्तो छ ।

मिलापत्र गराइएको घटनाका विषयमा सार्वाजानीक भएपछि प्रहरीले माया सार्कीलाइ खोजेर ल्याएर जाहेरी दिन लगायो । जाहेरीमा जीवन भेटवाल उनीकी श्रीमती सोविता भेटवाल आमा अम्बीका भेटवाल काकाका छोरा अमित भेटवाल कमला भेटवाल चन्द्रकला भेटवाल र कविन्द्र प्रसाइका विरुद्धमा दिइन । कविन्द्र प्रसाइ पक्राउ परेका छैनन । त्यसैगरी मनोजले घटनालाइ उक्साएको भन्दै वेतना एफएमका भोजराज वस्नेत र राजु वस्नेतका विरुद्धमा जाहेरी दिइएको छ । साइवर अपराध अन्तर्गत वेतना एफएमका नरेन्द्र वस्नेतका विरुद्धमा पनि जाहेरी दिइएको छ । तर अहिले सम्म पनि प्रहरीले उनीहरुलाइ पक्राउ गरेको छैन । उनीहरुलाइ सार्वजानीक अपराध र जातिय विभेद तथा छुवाछुत एन २०६८ अनुसार मुद्धा चलाइएको छ । माया सार्कीलाई मनो परामर्शका लागि ओरेक नेपाल विराटनगरमा राखिएको जिल्ला प्रसासन कार्यलय मोरङले जानकारी दिएको छ । (धरानकी सीता मादेम्बाज ब्लगमा ब्लग लेख्ने गर्छिन्)

घटनापछि पीडित युवतीको घरमा ताला लागेको छ।
घटनापछि पीडित युवतीको घरमा ताला लागेको छ।

10 thoughts on “बेलबारी बर्बरताः त्यसो गरेको ठीकै भन्नेहरु नि छन्”

  1. तुल बहादुर says:
    July 29, 2013 at 9:48 pm

    थुक्क पापी बुढा १३ बर्शिये दलित बालिकालाई बलात्कार गर्दै नै तेरो इज्जत गैसकेको छ बल्ल इज्जतमा दाग लाग्यो भान्छस ! यो घटना एउटा दलिर अवला नारीलाई एक्लै देखेर हेपेको प्रस्टै देखिन्छ प्रशासनले कडा भन्दा कडा कारवाही गर्नु पर्छ पापी हरुलाई !

    Reply
  2. बेखालाल नेपाल says:
    July 29, 2013 at 11:03 am

    तेसो त हिटलरले यहुदीलाई जातीय जातीय जे गर्यो ठिक्कै गर्यो भन्नेहरु पनि बाकी नै छन् यहि दुनियामा|

    ति अबला नारीलाई जातीय भेतभावका आधारमा जे गर्यो त्यो निन्दनीय छ र देशको कानुन अनुसार कडा कारवाही गर्नु पर्छ!

    Reply
  3. babulal says:
    July 29, 2013 at 8:26 am

    कुटपिट गर्ने हरुलाई कडा कारवाई हुनुपर्छ…अनि त्यो पुरानो बलात्कार को केस फेरी खोल्नु पर्छ अनि दोषी लाई कारवाई गरिनुपर्छ …भेटवालहरुले कानुन हात मा लिएर ठुलो गल्ति गरे ..सजाय त पौने पर्छ..गल्ति थिएन भने अदालतमा मानहानी को मुद्धा हाल्ने नि ,,एउटा निरिह महिला माथि तेस्तरी जाई लाग्न पाइदैन …

    Reply
  4. Ganesh25 says:
    July 29, 2013 at 8:25 am

    It is normal that the lady (victim) was terrified and could not see anything, when the criminal attacked behind her. She can suspect anybody who may had such criminal mind to kill her. That, means those criminals who raped her 13 years child and his families, sons, daughters, wives etc etc. The criminal, who raped that 13 year old chold shall be punished for that crime as per current Law and now and all who did such crimes to this innocent lady to be punished. Hang them all.

    Sure the lady could be killed any time by such criminals and has right to suspect them. They may had hired such criminals to kill her.
    Luckily, she managed to get away from such dangerious moment and save her life. These criminals are not only rapists, but also murderer, looters, gang of thugs and etc etc.

    Those criminals/rapists to be hangd (capital punishment).
    We do not need such criminals in our society and this nice country.
    Clean-up such polluters.

    Hang them all.

    Reply
  5. dil says:
    July 29, 2013 at 7:28 am

    जति लेखेपनि घैथामा घाम लाग्ने होइन तेस्स्ताबेक्तिहरुको Umesh जी . प्राय तेस्त बेक्तिहरु सार्है अन्पध पनि हुन्नन् धेरै पढेलेखेका पनि हुन्नन् मनै ठुलो बेक्ती हु भन्ने घमण्ड हुन्छा आफैमा . आफु चाही दिनभरी कम नगर्ने हुतिहारा हुन्छन घरमा चाही आफनो श्रीमतीलाई नोकर्नी जस्तै दिनभरी काममा दलौछां . उनीहरु चाही बिहान उठ्ने बितिक्कै बजारको होटलमा चिया पिउन निस्किन्छन अनि सुरु हुन्छा राजनीतिको ठुल्ठुलो गफहरु फेरि दिनको खान खाएर तास खेल्न तिर लाग्छन कोइत दिनभरी तास खेलेको हेर्ने पनि हुन्छन अनि सांझा परेपछि टन्न भति पसलमा गइ लोकल तर्रा र रंगको सुकुटी खै घरमा बुद्धिले मिठो खाना पकको छैन भनि झगडा गर्छन . खै तेस्त बेक्तिहरुको कोइ आफनो मान्छे हुन्छा kinani टन्न गफ लगाउने हुन्छन फलानो नेता पर्ससक मरो चिनेको हो भन्छन . तिनीहरुको न समाजमा इज्जत हुन्छा न कदर तिनीहरुको इज्जत बाउ बाजेले धानेका हुन्छन . भन्न खोजेको सबै ठुलो जातिहरु छुवाछुतको दुर्बेबहर गर्ने हुन्नन् अनि सबै तल्लो जति भन्नेहरु पनि सबैलाई राम्रो बेबहार गर्ने हुन्नन्…..

    Reply
  6. दिपेश says:
    July 29, 2013 at 7:19 am

    सरसर्ती हेर्दा माया सार्कीलाई दलित भनेर हेपेको छर्लंग हुन्छ | रामचन्द्र भेटवाल त पहिले देखि नै बलात्कारको आरोप लागेका व्यक्ति रहेछन् तर सम्पत्तिको लोभ देखाएर ५ कट्ठा जग्गा दिलाएर घटना मिलाएछन् | बुढा त पहिले देखि नै खप्पिस रहेछन ! भेटवालका त खलक नै उस्तै !
    वेतना एफएमका नरेन्द्र वस्नेतलाई चाही अहिलेसम्म किन केरकार नगरेको होला ? कि पत्रकार / संचारकर्मी भनेर हो नपक्रेको ?

    Reply
  7. Rajan Upriti says:
    July 29, 2013 at 6:04 am

    गाउँमा उच्च जात भनेर घमण्ड गर्ने यिनीहरुको चरित्र मानव भन्दा तल गिरेको रहेछ | सुवेदी, प्रसाइ र भेटवालहरुलाई अलिकति सबक चैं मिल्यो जस्तो छ |
    शिर देखिन नै चरित्रबिहिन भेटवालको परीवार रहेछ के तेस्तो आशा गर्नु | बा बलात्कारी, आमा चाहिं मस्तिष्क भन्दा हात ज्यादा चल्ने, के ठुलो कुराको आशा गर्नु ?
    बरु यस्तो निकम्मा पुलिस दस्तालाइ चैं तुरुन्तै suspend गर्नु उचित हुन्थ्यो होला |

    Reply
  8. Himal Khadka says:
    July 29, 2013 at 4:50 am

    पत्रिका र ब्लग मा आएका समाचार हरु उही समाचार र दोहोरिएका कुराहरु आएको छ !! नया कुरा केहि पायिना !! तर यो ठुलो घटना हो !! आरोपित भनिएका मुख्य हरु पक्राउ परिसकेका छन् ! तर एस्लाई येक्पछे रुपमा मात्र नहेरी केहि अनुतरित प्रस्न हरु खोतल्ने जमर्को गरेको कसैले पनि देखिएन !
    १. ति महिलाले बलात्कार को आरोप लगाएकी जिबन भेटवाल निर्दोष भन्ने प्रमादित भैसकेपछि, उनलाई कसैले तेस्तो हर्कत गर्ने प्रयास गरेकै रहेछ भने त्यो को हो??
    २. महिलाको चरित्रको बारेमा पनि विभिन्न आरोप हरु लागेका छन ! भेटवाल को परिवार बाट उनका खलक हरुले पहिले नै बलात्कार को आरोप लगाएर ५ कठा जग्गा पाएका रहेछन ! र ति महिला जाड खाएको बेलामा अब १० कट्ठा जग्गा लिएर छोड्ने हो भेटवाल परिवार बाट भनेर गाउ मा बोल्दै हिड्ने गर्थिन रे ? त्यो साचो हो कि हैन ? येदि साचो नै हो भने, बिर्दोश मान्छे लै निच आरोप लगाएर धन सम्पती असुल्ने यो ठुलो सद्येंत्र का मतियार हरु को को हुन्, त्यो पाटो पट्टि कसैले पनि नजर लगाएको देखिएन !!

    Reply
    1. Shailendra Dhakal (म्याउ ) says:
      July 29, 2013 at 7:35 am

      थुक्क एसको बुद्दि, १३ बर्सकी बालिका बलात्कार गर्नेको पक्षमा वकालत गर्दैछ , पाँच कट्ठा जग्गा ठुलो देखेछ तेस्को बुद्दिले , जग्गा खाने दाउ भए हातमा टोकेको कुरा किन गर्नु पर्थियो? कसैले उनि माथि अध्यारोमा हातपात गर्यो उनले संका गर्न पौने कि नपाउने? कानुनले समेत “संका को माथि छ? ” भनेर सोध्ने गर्दछ.उनले संकाको आधारमा बलात्कारीको खलकलाई बलात्कारकै आरोप लगाईन. बिचारी कम्जोर एक्ली सीता माथि तेत्रो बज्रपात हुदा समेत एसको कुहिएको दिमागले के के देखेछ मूला तोरी लाहुरे हिरो हुन आको

      Reply
    2. Rajan Upriti says:
      July 29, 2013 at 8:59 am

      आरोप निराधार पनि हुन सक्थ्यो वा आरोप सहि पनि हुन सक्छ तर यसरी कालो मोसो दलेर जुत्ताको माला लगाएर त आरोप निराधार भनेर प्रमाणित हुँदैन नी | यो चैं भेटवाल परिवारले स्पष्टतया अपराध गरेका छन् र यस्को प्रमाण बलियो छ | स्यानो जाति भनेर हेपेरै गरेको यो काम दण्डनीय छ | तर यो बेबकुफ भेटवाल परिवारले यसरी आफ्नै खुट्टामा किन बन्चरो हानेको होला हगी ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme