-दिनेश आचार्य- –संसारकै धनीको सूचीमा परेका नेपाली व्यवशायी बिनोद चौधरीको एउटै कम्पनी ‘पव्लिक लिमिटेड’ छैन। सेयर मूल्यको हिसाव गरेर उनलाई अर्बपति घोषणा गरिएको बताइए पनि पहिल्यै सुचिकृत भैसकेको नबिलको सेयर चौधरीले पछि किनेकोमा बाहेक उनको बहुचर्चित वाईवाई कम्पनी समेत सेयर बजारमा सूचिकृत छैन। यस्तो अवस्थामा कसरी उनको सेयर मूल्यको हिसाव गरियो? – नेपालमा सबैभन्दा बढी… Continue reading
Category: पाहुनाको पालो
उम्दा प्रचण्ड : घुम्दा कांग्रेस, एमाले
सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी… Continue reading
एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त
-रामप्रसाद सुवेदी- यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-
यस्तो रह्यो मेरो विपश्यना अनुभव
-मधुसूदन आचार्य, क्यानडा – विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न… Continue reading
हलाल क्रान्ति
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू, नमस्कार। जन्मजातै कम्यूनिष्ट परिवारको कोखमा जन्मेको मानिस हुँ म। र, पनि तपाईलाई लालसलाम गर्न आउँदैन, कम्तीमा तपाईलाई प्रधानमन्त्रीको कुर्सीमा देखुन्जेल। सवैप्रथमत : मेरो पनि अतिथि बनिदिनुभएको थियो काँचको पर्दामा। त्यस अर्थमा मैले यो ब्लग लेखुन्जेल तपाइँसँग माफी चाहन्छु, मैले तपाईलाई व्यक्तिगत हैसियतमा दुखाएको हदसम्म। म जान्दछु तपाईसँग नयाँ नेपालको… Continue reading
लोलितालाई पत्र
-कुसुम- प्रिय लोलिता, तिम्रा सुन्दर मन, विचार र नामहरुलाई एक मुस्ठ सलाम !! तिमी हरु हुनु र हामी हरु हुनुको भिन्नता केलाउदै छु म. सुन्छु, अखबारमा पडछु अनि हामीहरुको अन्तर को जोड -घटाऊ गर्छु आकाश जमिनको भिन्नताले निख्रो र खोक्रो बन्छु. आज सायद तिमीले नभोगेका या नदेखेका सामान्य तर मेरा लागि भयानक तितो अथार्थ भन्नेछु.… Continue reading
महाभारतको कथा र वर्तमान नेपाल
महाभारतको कथामा बर्णन गरिएका घटनाहरु वास्तबिक हुन कि काल्पनिक भन्ने बारेमा तर्क बितर्क गर्न छाडेर अहिलेको लागि महाभारत एउटा उपन्यास हो भनेर मानौं। यो उपन्यासमार्फत् ब्यासले जे भन्न खोजेका छन्, जे सिकाउन खोजेका छन् त्यो सन्देसको परिप्रेक्षमा वर्तमान नेपालको राजनैतिक घटनाक्रमलाई राखेर हेर्दा देखिन आउने बिभिन्न परिदृष्यहरु प्रस्तुत गर्ने यो लेखको लक्ष्य रहेको छ। महाभारत… Continue reading
अभागी पारस
थाइल्याण्डको बैंककस्थित समितभेज अस्पतालमा एकसाता बढीदेखि मृत्युसँग अन्तिम पौठेजोरी खेलिरहेका पूर्वयुवराज पारसले पुर्नजिवन पाउलान् नपाउलान् भन्ने तथ्य उनकै पिताका शब्दसापटी लिएर भन्नुपर्दा भगवान र डाक्टरको हातमा छ। कथं उनी बाँच्न सफल भएभने त्यो एउटा मीराकल नै हुनेछ। उनका लाखौं शुभेच्छुकहरुको कामना जस्तै पारसले पूर्ववत जीवन पाउन सकुन्, चिकित्सकहरुलाई चमत्कारिक सफल उपचारको श्रेय मिलोस्, नेपालको एउटा… Continue reading
यो केवल कार हैन, त्यसो भए के हो?
माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको… Continue reading
चुनावका लागि तयारी
-डा. डोलेश्वर भण्डारी- राजनैतिक पार्टिहरुले चुनावका लागि करिव करिव तयारी शुरु गरि सकेका छन् । सवै जसो पार्टिहरुले वलवान, तेजी, सैंयौं मान्छेको वध गर्न पनि नडराउने, निडर, हुल दंगा मचाउन सक्ने, विपक्षी उम्मेद्वारले दरखास्त हाल्न अगाडि नै उनको सफाया गराउन सक्ने, मतदान केन्द्रहरुवाट मतपेटिका क्याप्चर गर्न सक्ने, टाटु ले सजिएका, याँ याँ परेका मुन्द्रे र… Continue reading
कथाः रेड भ्यालेन्टाइन
-दीपेन्द्र दोङ तामाङ- सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ… Continue reading
कथाः फेसबुक ट्रयाजेडी
-पोस्तक श्रेष्ठ- कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही… Continue reading
परिवर्तनको नेपाली मार्गदर्शन
-विक्रम नेपाली- नेपालको विशिष्ट भू-राजनीतिक अवस्था अनि रगतमा नै क्रान्तिकारी स्वभाव हुने आम नेपालीहरुको स्वभावले गर्दा यहाँ जति क्रान्तिकारी विचारधारा वा सिद्धान्त मौलाउछ त्यति नै समाजबादको खोक्रो आदर्श टिक्नै सक्दैन । दक्षिणपन्थीहरु झुल्किन्छन तर त्यो लामो समय टिक्नै सक्दैन, कारण – जनताको क्रान्तिकारी स्वभाव अनि विशिष्ट भू-राजनीतिक अवस्थिति । दक्षिणपन्थीहरु वा क्रान्तिकारीको खोल ओडेकाहरु अब… Continue reading
बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र
-साक्षात सुशील- नमस्कार डेभिड क्यामेरुन ज्यु, तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ… Continue reading
माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो
२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्- बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको… Continue reading
आकाशमा के देखियो यो अनौठो ?
– ओमप्रकाश नेपाली – मंगलबार बिहान पौने १२ बजे काठमाडौँको उत्तरी आकाशमा केही अनौठा वस्तुहरु देखिए। ती त्यति प्रष्ट त थिएनन् तर रेडियम कलरका थिए। सुरुमा त्यस्ता वस्तु चार वटा छरिएको अवस्थामा थिए। बिस्तारै ती एउटै लाइनमा आए। एकैछिनमा बिस्तारै दुई वटा अझै उचाइमा गए र अदृश्य भए। पछि अर्को दुई वटाले पनि माथि उचाइ… Continue reading
पत्रकारिताको बहस शुरु गरौँ
-शिरीश खरेल- चार/पाँच साल अगाडिको एउटा प्रसंग। त्रिभुवन बिश्वविद्यालयको एउटा कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई जान नदिन एमाले अखिलका विद्यार्थीले नाराबाजी गरे। तनावपूर्ण अवस्थामा एकजना माओवादी अखिलका कार्यकर्ता फुत्त निस्केर आन्दोलनकारीको प्रतिकार गर्न थाले। दिक्दार मानेका प्रहरीले ती कार्यकर्तालाई पछि हट्नुस् मात्रै भनेका थिए, तिनले घाँटीमा भिरेको कार्ड अगाडि तेर्स्याएर भने – म पत्रकार, किन पछि… Continue reading
होसियार ! साउदी प्रहरीबाटै लुटिएला !
-विष्णु बैकुण्ठे, साउदी अरब- प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै… Continue reading
लौ न के देख्नुपर्यो- पार्टीको भूमिगत भेलामा बेल्जियमका राजदूत
-हरिराज पोखरेल, बेल्जियम- राजदूत कुनै पार्टी विशेषको हुनुहुन्न किनभने उसले समग्र देशको प्रतिनिधित्व गर्छ। बिदेशमा सबै नागरिकका लागि अभिभावकको भूमिकामा बस्नु पर्छ। तर नेपालका लागि बेल्जियमका राजदूत राममणि पोख्रेल भने कुनै कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ताका रुपमा देखिने गरेका छन्। बेल्जियमका लागि नेपाली राजदूत भए पनि उनी कूटनीतिक मर्यादा नाघेर एकीकृत नेकपा माओवादीको कार्यकर्ताको जस्तै भूमिकामा… Continue reading
यसरी उभ्याउन सकिन्छ हेगमा अपराधीलाई
-रुपक राज काफ्ले/ बर्लिन- पछिल्ला केही दिन यता “द हेग” (The Hague) नेपाली नेता-कार्यकर्ता र जनताको बीचमा छलफल तथा कौतुहलताको बिषय बनेको छ। कर्णेल कुमार लामाले बेलायतबाट तरङ्गित गरेको युद्ध अपराधको यो झन्कार धेरैको खोपडीमा झन्किँदै हेगमा ठोक्किन पुगेको छ। यो कुरा धेरै पहिला हुनु पर्दथ्यो, आज ढिलै भए पनि उठान भएको छ। यसको ज्ञान… Continue reading