पर्साका व्यापारी किन भूमिगत हुन बाध्य रहेछन्
-उमेश पोखरेल-
देशमा दश वर्षको द्वन्द्व सकियो। अब शान्तिको पथमा लम्कँदै भनिएको छ। मिडियाले शान्ति निर्माणमा कत्तिको योगदान गरेका छन् वा मिडियाबाट गएको सन्देशले आम जनसमुदायमा कत्तिको सुरक्षित वा त्रस्त महसुस गराएको छ ? योबारे अध्ययन गर्नु थियो। अध्ययनको एक प्रमुख पाटोमा संचारमाध्यमको कारण उद्योगी व्यापारीहरुले कत्तिको सुरक्षित महसुस गरेका छन् भन्ने विषयमा जानकारी लिनु थियो। यसका लागि नागरिक समाज र पत्रकारसँग कुराकानी गरेर उद्योगी व्यापारी समाचारको विषयवस्तु र त्यसको प्रस्तुतिमा कत्तिको प्रभावित छ भन्ने पनि बुझ्नु थियो।
अध्ययनको लागि तराईको प्रतिनिधित्व गर्ने गरी पर्सा जिल्लालाई नमुना जिल्ला छानिएको थियो। साथमा थिए — सहकर्मी अध्ययनकर्ता सिर्जना सुब्बा, इक्वेल एक्सिस नेपालका प्रकाश लामिछाने, नेपाल पत्रकार महासंघकी अभिमा उप्रेती। नेपाल पत्रकार महासंघ पर्साले अनुसन्धानको क्रममा कुराकानीको लागि छानेका रेस्पोन्डेन्ट सँगको भेटको मेलोमेसो मिलाएको थियो। अध्ययन विधिले मागेका जिल्लाका प्रायः रेस्पोन्डेन्ट सँग भेट भइसक्दा पनि उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भेटघाटको समय मिलेन।
यो कुरा गत सेप्टेम्बर महिनाको हो। समन्वयकर्ता साथीसँग कुरा गर्दा उद्योग वाणिज्य महासङ्घका सबै पदाधिकारी सम्मेलनमा भाग लिन भारत गएको जानकारी पाइयो। पत्याउनलायक कुरा त थिएन त्यो कुरा। “एक जना पनि जिल्लामा नरहेर सबै पदाधिकारी गोष्ठीमा नजानुपर्ने हो” , प्रकाश लामिछाने भन्दै थिए। तर पनि सीमित समय र रेस्पोन्डेन्टहरुले दिएका एक अर्कामा बाझिने सूचना भेरिफाई गर्नुपर्ने चटारोको कारण होला, हामीले यो विषयमा स्वतन्त्र खोजीनीति गरेनछौँ। कहिले आउने उहाँहरु ? हाम्रो जिज्ञासामा जिल्ला समन्वयकर्ता साथीले भन्नुभयो — एक हप्ताको सम्मेलन हो रे, सायद आठ दश दिन लाग्ला।
हामीसँग ‘ठीकै छ त्यसो भए’ भन्नुको विकल्प त थिएन। तर अध्ययन विधिले मागेको सूचना पनि त चाहियो। अनुसन्धान प्रतिवेदनमा सीमितताको सूचीमा यो कुरा थप्न हामी चाहँदैनथ्यौँ। सिर्जना, प्रकाश र अभिमासँग छलफल गरेर निर्णय लिइयो –उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिको सट्टा र्यातन्डम भिजिटमा भेटिएका व्यापारीसँग कुराकानी गर्ने र आफू बसेका होटलमालिकसँग प्रमुख सूचनादाता अन्तवार्ता गर्ने। होटलमालिक अन्तवार्ताका लागि राजी होलान् भन्ने हाम्रो अनुमान थियो भलै हामीले उनीसँग यसबारे केही बताएका र समय लिएका थिएनौँ।
गज्जबको संयोग, यसका लागि हामी निस्कनै लाग्दा हाम्रो नाम लिँदै हामी बसेकै होटलमा कोही आइपुगे। कुराकानीपछि थाहा भयो— उनीहरु उद्योग वाणिज्य महासङ्घ पर्साका प्रतिनिधिहरु। तपाँईहरु त छिट्टै फर्कनुभएछ, कति दिनको थियो सम्मेलन’? मेरो प्रश्न भूइँमा झरेपछि उनीहरु मुखामुख गरे अनि एकछिन अनकनाए। साथी प्रकाशले थपे —कहिले फर्कनुभएको? उत्तरमा फेरि उही मुखामुख मात्र। र्यापोर्ट बिल्डिङ्गको लागि सोधेको प्रश्नले नै अप्ठेरो पारेपछि मैले चियाकफी सोधेर विषयान्तर गर्न चाहेँ। किनकि हामीलाई त अनुसन्धान फ्रेमवर्कले मागेका सूचना अवश्यक थियो नकि उनीहरु कहाँ गएका थिए भन्ने जानकारी। भन्न चाहेनन् त ठिकै छ। नभनुन्। हाम्रो अनुसन्धानको उद्देश्य स्पष्ट बुझेपछि हाम्रो पहिलेकै प्रश्नमा फर्किए उनी। भने –हामी पर्सामै थियौँ, कतै गएका थिएनौँ तर भूमिगत थियौ’।
भूमिगत?
अनि हामीले पाएको जानकारी नि ‘?
‘हो हामी भूमिगत थियौँ र तपाँइले पाउनुभएको जानकारी हामीले दिन चाहेकै जानकारी थिय, त्यतिबेला हामी त्यही जानकारी दिन चाहन्थ्यौँ ‘।
फेरि अस्पष्ट कुरा।
भेट्न चाहनुभएको रहेनछ त फेरि कसरी हामीलाई खोज्दै आउनुभयो’? यो प्रश्नमा उनी खुले – दशै तिहार र चाडवाडको यो बेला चन्दा आतंकले बाहिर निस्कनै सकिँदैन। भूमिगतवालाले भन्दा पनि शिर ठड्याएर हिँडेकाहरुले हामीलाई भूमिगत बन्न बाध्य पार्छन्।
को-को आउँछन् चन्दा माग्न’? उत्तरमा उनी उतीविधि खुलेनन्। मात्र भने– हामीसँग चन्दा माग्न नआउने को छ र ! जिल्लामा जजसले टाउको ठड्याएर हिँड्छन्, सबैले हामीसँग केही न केही लिएकै छन्।
पत्रकारले पनि लिन्छन्?
हाम्रो प्रश्नपछि उनी फेरि पनि अघिल्लै प्रसंगमा फर्किए। काठमाडौँबाट पत्रकारहरु आएका छन् भन्ने थाहा पाएपछि हामीले नियोजित ढंगले नै भनेका थियौँ- हामी यहीँ भएको कुरा कतैबाट नचुहियोस्। नभन्दै चुहिएनछ।
यो सूचना नचुहाउँदा तपाँईहरुलाई फाइदा चाहिँ के ?
‘केन्द्र (काठमाडौँ) बाटै आएको भनेपछि पैसा पनि धेरै माग्ने होला भन्ठान्यौँ ‘, बल्ल उनले कुराको गाँठो फुकाए। पछि हामीले जिल्लाको एकजना भरपर्दो पत्रकारलाई सोधेर तपाँईहरुको उद्धेश्य बुझेपछि आफै तपाँईहरुलाई खोज्दै आइपुगेका हौँ – उनले थपे।
(नामले नझुक्किनुहोला। नाम उस्तै भए पनि उनी पोखरेल हुन्। हामी आरआरमा पत्रकारितामा स्नातकोत्तर पढ्दाका सहपाठी थियौँ। पोखरेल अहिले संचार अनुसन्धानमा व्यस्त छन् – उमेश)
I think it’s all domino effect!!!
मुहान र समर्रथक रहिन्जेल यो प्रबिती चलिनैरहन्छ….
सबैलाई छ आफ्नै पेट र परिवारको सुर्ता , आफ्नो भकारी टन्न पारी आनन्द ले बस्ने इछा
जहाँ बाट जसरी हुन्छ लपेटौ सबै सक्ने जती , अरु ले ज् सुकै गाह्रोस आफ्नछ मन्परी ,
नेता पत्रकार प्रहरी जनताका विश्वास का ३ पात्र, तर यिनै ३ लागेका छन लुत्न यत्रतत्र सर्बत्र ,
जनताले चाहेको कैले पौने हो सुरछ्या र सम्ब्रिध्ही को छत्र,
लुट लुट आझै एसै गरी हामी निरिह जनता माथि, तर डिन सब्को आउछ एक दिन नभुल्नु तिमीहरु अपराधी
यो सबै माओवादी भन्ने अपराधिक झुण्डले देशलाई दिएको अमुल्य योगदान हो |
हाहा त्यसको मतलब नेपालका सब पार्टी “माओबादि” रहेछन ! !
जमानामा एउटा “जाने भी दो यारो” नामक चलचित्र हेरेको थिएँ – त्यसमा कसरि पत्रकार, राजनीतिकर्मी + अपराधि र ब्यापारी मिलेर भ्रस्टाचारले प्रस्रय पाउछ भन्ने कुरा राम्ररि देखाइएको थियो! नेपालको अहिलेको स्थिति हेर्दा त्यहि कमेडी फिल्मको याद आउछ
पत्रकार त नेता भन्दा पनि ठुला यो मामलामा
दिनी भए दे होइन भने तेरो बारेमा …. लेखिदिन्छौँ !
नेता, पुलिस र पत्रकार यी तीनको पेशागत प्रवृत्ति हो रे अरुको कमाइ र सम्पत्तीमा आफ्नो भाग देख्ने। त्यही भएर होला यी तीनलाई दाम नदिएका कोही पनि धनी वा व्यापारी भेटिन्नन् यो देशमा।
नेपाल मा द्वन्द त सकियो तर उपलब्धि के त ?? खै त ??
चन्दा आतंक
डकैति
लुटपाट
आपहरण-फिरौती
भास्त्रचार
बन्द-हडताल
महगी
येत्रो उपलब्धि देख्नु भएन नासिरजी 🙂
पत्रकारिता भनेको राज्यको चौंथो अंग र जनतालाई र राज्यलाई सहि दिशा तिर डोर्याउने सहि माध्यम मानिन्छ.
तर नेपालका केहि पत्रकार छोडेर अन्य धेरै पत्रकारको उदेश्य भनेको अरुको निजि र सार्वजनिक जीवन तिर झाक्ने के कस्तो कमि कजोरी भेट्टाईन्छ अनि त्यसको चुरो समाई black mailing गर्दै रकम असुल्ने र अपराधी सम्म मिलेमतो गर्ने. त्यसमा केहि गर्न सकिएन भने विभिन्न झुटा प्रमाणहरु बनाई मुद्दा दाएर गराई झमेलामा पार्दिने.
तेस्तै अहिले को अख्तियारको अकुते नामावली पनि उदाहरणनै हो. मैले सुनेको केहि व्यक्तिको उजुरीमा त सोल्टी होटेलको swimming pool र Bar को नस्विर खिचेर कसैको घरको हो भनेर सम्म उजुरी गरेको रहेछ.
अहिले त्यो अख्तियारको मुद्दामा जो साच्चै अकुते छ उ संग पैसाको लेनदेनको bargaining चलिरहेको छ जसले खासै केहि जोडेको छैन उ फस्दै छ.
तेस्तै अर्को उदाहरण केहि महिना अघि बिरगंज यातायातमा भएको चालक अनुमति पत्र सम्बन्धि stink operation को नाउमा गरेको पनि तेस्तै हो. ति यादव र उसको बाबु समेत भन्ने पत्रकार यस्तै पैसा कहाँ कति निकाल्न सकिन्छ भनेर हिड्ने हो.