Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेलले यसरी पचायो ब्यालेन्स

Posted on August 11, 2013August 10, 2013 by mysansar

-राजु महर्जन-

ncell मेरो भाइ (रबिन महर्जन) को नाममा दर्ता भएको एनसेलको एउटा सिम कार्ड करिब एक वर्षदेखि नचलाई राखेको थिएँ। केही दिनअघि सिम के भएछ, चलाएर हेर्नु पर्‍यो भनी मोबाइल सेटमा हालेँ। अर्को फोनबाट कल गरी हेरेँ, मिसकल गयो। सोही सिमबाट कल गर्दा ब्यालेन्स नभएको सूचना आयो र मैले रू. १०० रिचार्ज गरेँ। यसैबीच मोबाइलमा एउटा मेसेज पनि आयो – तपाईंको सिम यही अगस्त ३ मा बन्द हुँदैछ भन्ने आसयको। मैले ठानेँ – अब रिचार्ज गरेपछि त सिम बन्द हुँदैन होला। तर होइन रहेछ, भोलिपल्ट अर्थात् अगस्त ४ का दिन सो सिम भएको मोबाइलमा उक्त सिमको नेटवर्क नै देखाएन।

एनसेलको ग्राहक सेवा केन्द्रमा फोन गरी सोधेँ, सिम इनएक्टिभ भैसकेको जवाफ पाएँ। एनसेल अफिसमा गएर एक्टिभेट गराउनु पर्ने र सो का लागि रू.१०० शुल्क लाग्ने जानकारी समेत दिइयो।

त्यो दिन अलि व्यस्त भएकोले एनसेल अफिस जान सकिनँ। भोलिपल्ट गएँ, एनसेलका कर्मचारीलाई आफ्नो कुरा सुनाएँ। सिस्टममा हेरी उनले सिम बन्द नै भैसकेको जानकारी दिए।

त्यसो भए मैले सिममा हालेको ब्यालेन्स फिर्ता पाउँछु कि भनी सोद्धा रकम फिर्ता नपाउने र नयाँ सिम नै लिनुपर्ने जवाफ दिए।

मेरो गुनासो मात्र के रह्यो भने यदि सिम बन्द हुने वा इनएक्टिभ हुने भए रिचार्ज रकम किन स्वीकार गरिन्छ ? त्यो पनि स्वीकार नहुनु पर्ने हो। रिचार्ज हुने सिम चाहिँ बन्द हुने। यो त सिधै ठगी वा लुट भएन ???

एनसेलसम्बन्धित पुराना ब्लग
स्विडेनको पत्रिकामा एनसेलको भ्रष्टाचारको पर्दाफास
एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै
डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा
तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति
एनसेलसँग सबै* दङ्ग (*=ग्राहक बाहेक)

54 thoughts on “एनसेलले यसरी पचायो ब्यालेन्स”

  1. Ajaya says:
    September 6, 2013 at 2:36 pm

    Ncell does not train its customer care staff to speak politely with customers.

    When I visited the ncell customer care centre at Pulchowk, i got the shock of my life. firstly, the cabin was poorly ventilated and stuffy. the lady at the front desk had a rude look on her face and answered my question with the worst show of apathy iv ever seen. when i went to the customer care desk at the end of the room. there were two blokes waiting for us. I enquired about the quality of the ncell usb system. There are two aspects to the conversation I had with them. Firstly, the person who answered was very very rude. Secondly, he did not give us any helpful answers. I asked them a simple question: whether the internet reception was good in the Patan area. One of them rudely said: Use it in your location and you will know. I then asked: If I’ve to know about it only after buying it, why is a customer like me encouraged to come to the help desk and ask you about the reception quality? I told him he was rude and I would complain about him to to his superior. We had a heated debate after I asked him for his name and he refused to give it to me. Instead of apologising to me and my friend, the other individual began to argue on behalf of his colleague.

    To cut the story very short, I left the customer care unit very disappointed with ncell. A company that has allegedly invested millions hasn’t give even rudimentary training to its customer care staff.

    I resolved never to use ncell service. ever! Now that I hear horror stories of poor customer care from other customers, I realise how right I was in my judgement of ncell.

    Reply
  2. Ishwor says:
    August 14, 2013 at 5:56 pm

    यस्ता ठगी त धेरै छन् सर । म पनि ठगिएको छु एनसेल बाट । फेरि पनि यहि चलाउन बाध्य छु । यसको नबिल बैक मार्फत ब्यालेन्स ट्रान्सफर गर्दा ठगीएको हो । पोष्टपेडमा मात्र ब्यालेन्स ट्रान्सफर हुने रहेछ तर प्रिपेड नम्बर राख्दा पनि एक्सेप्ट चाही गर्ने र पैसा काट्ने तर सिममा पैसा नजाने । क्या दामी ठग्ने काईदा । अनि अर्को : पहिला पहिला पोष्टपेड िसम लिएपछि िसममा ब्यालेन्स +मा छ भने िसम जति बर्ष नचलाई राखेपनि फेरि चलाउंदा चल्छ केहि फरक हुंदैन भन्ने कुरा धेरै पटक एनसेल ग्राहक सेवा केन्द्र बाट स्प्रष्ट भएर यसो गरेको थिएं । तर उसले नयां सिस्टम ल्यायो । अाफु खुसी अाफ्नै तरिकाले अाफ्नो नियम लगायो । यस्तो परिवर्तन भएको कुरा उसले हामीलाई कुनै तिरकाले जानकारी गराउन अावश्क ठानेन, मर्कामा परियो हामी । यदि यस्तो समयमा प्रयोग नगर्ने भए हाम्रो सम्पुर्ण जानकारी हरु त्यहां राख्नुको अौचित्य के?? अझै पनि एनसेल ले अाफ्ना यस्ता कुकार्य हरू बन्द गरोस राम्रो सेवा सुबिधा ल्याअोस सुल्क घटाअोस भन्ने अपेक्षा राख्न बाध्य छौं ।

    Reply
  3. Himal poudel says:
    August 14, 2013 at 12:11 pm

    हाम्रो नेपाल मा सबै उस्तै छन् , १०० रुपैयाको लागि मुद्धा हाल्ने हो भने २/४ लाख त पानीमा बगाउनु पर्छ, सम्राट जी ले भने जस्तै हो \ होइन नेपालमा गतिलो काम कहिले पनि कसलिले पनि नगर्ने भए र गर्नेलाई पनि कार्भई कहिले नहुने भयो, देश राम्रो भए पो कमाएको पनि अर्थ लाग्छ देश नै गतिलो नभयेपचि १ व्यक्ति राम्रो भएर के गर्ने ?

    Reply
  4. Ram B Adhikari says:
    August 14, 2013 at 1:17 am

    एस्तो केस अमेरिका मा भएको भए टेलिकमले करोडौ पेनाल्टी तिर्नु पर्थ्यो /तर के गर्ने हाम्रो नेपाल?

    Reply
  5. kapil says:
    August 13, 2013 at 6:45 pm

    सकेसम्म Ncell प्रयोग नगरौ

    Reply
  6. Akash says:
    August 13, 2013 at 1:46 pm

    म पनि अहिले नेपाल बाहिर छु. अब २०-२२ दिन पछि फर्कदै छु. म संग पनि एउटा n-cell को sim छ सायद ६ महिना भन्दा पुरानो भैसक्यो होला. राजु जी ले गर्दा मेरो १०० रुपैया बच्ला जस्तो लग्यो. सायद तपाइको कारणले म जस्तै धेरै जना को १०० रुपैया बच्ने भयो. तपाईको १०० रुपैया काण्डले गर्दा मैले म संग भएको सिम फ्याकिदिने विचार गरे र n-cell को sim कहिले पनि प्रयोग नगर्ने विचार गरे. सायद यो नै सबै भन्दा उत्तम उपाय होला कि जस्तो लाग्यो तथा अरु साथि हरुलाइ पनि येस्तै सल्ला दिन चाहन्छु.

    Reply
  7. Pushpendra says:
    August 12, 2013 at 2:21 pm

    Ncell ठग्नकै लागि

    Reply
  8. uttam says:
    August 12, 2013 at 10:59 am

    मेरो पनि रिन्ग्बैक चलर तोने तेतिकै activate वायो…. inactivate गर्न खोज्छु हुदै हुदैन…. बिनिसित्ति महिनाको १५-२० रुपैया कतिराचा…

    Reply
  9. K.S. says:
    August 12, 2013 at 2:00 am

    Ncell ले नेपाली हरु लाइ सुरु देखि नै लुटी रहेको छ, तर नेपाल मा ज्योति बानिया र उहाहरु को फोरम उपभोक्ता मंच, ले कमसेकम यस्तो लुटको धन्दा बिरूद अवाज उठाएर देश बाट करोडौ करोड लुटिररेको हेरर बस्नु भनको नेपाल र नेपाली नियामक सस्था हरुको नलाएकी पन हो,
    त्यस माथि यो प्राइभेट कम्पनि जसको सामाजिक उतार दाहित्यो नै छैन, त्यसकारण यस्ता लुटेरा हरु विरुद्ध सबै जना ले अलि कति विचार गरेर कम्तिमा पनि पब्लिक कम्पनि को स्थापित भए का वा बनाउने तर्फा विचार गरेर त्यसको ग्राहक बन्नु पर्छ, नत्र सदै नेपाली हरु यसरि नै लुटिदै जाने, पैसा बिदेसिने अनि व्यक्ति धनि, देश कंगाल मात्र हुदै जान्छ र अन्त्य मा त्यो कमानी संचालक हरु आफनो अकुत नाफा कमाएर विदेश मानि सयर गरेर बस्छ, , छिटो भन्दा छिटो यो कम्पनि लाई सर्बोच्च मा यिनै आधार बनाएर तुरुन्त उपभोक्ता मच मार्फत मुद्धा हाल्नु पर्छ र अरु लै र देश लाइ लुट्न बाट बेलै मा जोगाउनु पर्छ.

    बेलैमा नेपाली जनताले सोच पुराएर मात्र सेवा र बस्तु को उपभोक्ता बनु पर्छ

    Reply
    1. Shahil says:
      August 13, 2013 at 8:55 pm

      ज्योति बानिया, ठुला घराना का उत्पादन बिरुद्ध कहिले पनि बोलेका छैनन्…र बोल्दैनन पनि… रियल जुस , कोकाकोला आदि उत्पादन मा मिसावट हुदा ज्योति बानियाको मौन ब्रत हामीले देखिसक्योउ… NCell पनि उसको दुहुनो गाइ नै हो जस्तो लाग्छ मलाइ…

      Reply
  10. कमल says:
    August 11, 2013 at 10:21 pm

    नेपाल टेलिकम आफ्नै सम्पति हो नेपालीहरुको, नेपाल टेलिकम राम्रो भएमा हामि सबैको शिर पनि ठाडो हुन्छ र गर्बले भन्न सक्ने छौँ हामी बिदेशी कम्पनी भन्दा राम्रो छौं| कोकाकोला, पेप्सी, एन्सेल ले हामि सबैलाई दिनहु गरिब बनाई रहेका छन्|
    “स्वदेशको आम्दानी स्वदेशमै लगानी”. त्यसैले माया गरौ नेपाल टेलिकम लाई|

    नेपाल टेलिकम को सेवा छोडेर एन्सेलमा जानु भनेको घरमा आमा बाबा ले गाली गरे भनौ या आँफुलाई चित्त नबुझेर होटेलमा गई बास बसे सरह हो| ” एक दिन घर ता फर्कनै पर्छ हैन र?

    Reply
  11. दामोदर कुइंकेल says:
    August 11, 2013 at 8:56 pm

    Ncell का दुर्गति चाडै शुरु हुदै छ नि | अब नेपाल टेलिकमको नेटवर्क पनि सुधार हुदैछ | १ करोड GSM प्रोजेक्टको कार्यान्वयन हुने काम काठमाडौँबाट सुरु भैरहेको छ | यो सालको अन्य सम्ममा देशको प्रमुख स्थानहरुमा गुणस्तरिय 3G सर्विस पुरयाउने दावा टेलिकम गर्छ | त्यस्तैगरी आउने दशैँ सम्ममा देशको अधिकांश ठाउमा CDMA 3G (EVDO ) सेवाबाट Broadband इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ | जसको शुल्क प्रति एम.बि.५० पैसा रहेको छ | साथै wimax , ADSL आदि अरु प्रबिधि पनि छदै छ | त्यसैले जैरो NCELL को मात्रै भर पर्ने जमाना गयो अब | जति ठग्नु ठग्यो ncell ले अब चाई ncell को सिम कुच्याएर फ्याकौ र जाऊ NTC तिर .

    Reply
    1. harihar sharma says:
      August 12, 2013 at 2:12 am

      NTC पनि गए को हो मित्र /
      तोवेर मुनि नै सिग्नल छैन/ अनि WIMAX लिने भने कोत हावा खाइयो /

      Reply
  12. Sisir says:
    August 11, 2013 at 6:38 pm

    नियामक निकाय नेपाल दुरसन्सार प्राधिकरण के हेरेर बस्छ , NCell बाट येति धेरै गुनासो औडा पनि किन कुनै कारबाही गर्दैन .. जस्तै
    ** एसको बिल्लिंग सिस्टममा पुरै खराबी छ भनेर बर्सौ अगाडी देखि थाहा हुदा पनि किन कारबाही हुदैन
    ** येस्त्को Data Packet (इन्टरनेट) त पुरै लूट तन्त्र हो , किन नियन्त्रण गरिन्न , येस्मा ३-४ गुना ज्यादा बिल्लिंग हुनु कुनै नौलो कुरा होइन
    ** एसको फिशिंग SMS गरेर धेरै लाई झुक्काइ रहेछ , कसैले एक चोटी हेरौन त भनेर यकतिभेत गरेको सेवा , प्रयोग कर्तालाई नसोधी next time देखि नसोधिकन साप्ताहिक / मासिक रुपमा त्यो सुल्क काटी रहन्छ ..

    NCELL को अहिले सम्मको रदनिती भनेको लुट्ने नै हो , चाहे जुन सुकै नाममा किन नहोश .. सरकारी नेपाल टेलिकमले अलिकति गुणस्तर र इन्टरनेट सेवा सुधार गरि , सिम को सुलबता गर्दै , र लोअड शेद्दिंगमा गतिलो ब्यकाप दिने हो भने NCELL मार्फत बिदेशमा जाने अरबौ नेपाली सम्पति पनि जोगिने थियो ..

    Reply
  13. sanju says:
    August 11, 2013 at 6:29 pm

    ठगीलाई सहेर वस्ने हामी नेपालीको पनी म त उत्तिकै गल्ति देख्छु। यस्तो ठगी थाहा पाउदा पाउदै हामी एनसेल प्रयोग गर्न छाड्दैनौ। अव सचेत भयर एनसेलको वहिस्कार गरौ।

    Reply
    1. harihar sharma says:
      August 12, 2013 at 2:08 am

      हो मित्र,
      के गर्नु, त्यो NCELL ले के के न दियो भनेर सिम लियन, फ्री पनि त थियो नि /
      सयौं लाई NUMBER दियँ, देश विदेश, सबै तिर, अब ८ बर्ष पछि पछुतो लाग्यो, नम्मर फेर्न सकियन / लुतायर बसें / आफैलाई धिकरेर बसें /

      Reply
  14. keshab bc says:
    August 11, 2013 at 4:42 pm

    Ncell is always cheat their customer, Like U, me and All Nepali, So i Suggest all my frens as well as all nepalese People U Used NTC SIM/RUIM/DATA, which u prefer, because it is fair to all their customers.

    thanks

    Reply
  15. DG says:
    August 11, 2013 at 4:28 pm

    एक चोटी मैले चलाउने सिम ६ महिन सम्म हराएर निकाल्न जादा तपाई को सिम ६ months भन्दा धेरै समय नचलाउनु भएकोले सिस्टम बाट deactivate भयो so you have to re register your sim in our system which cost 100Rs more and Rs 100 for Sim . They said this to me. In this case your sim should be out of system means you have to register your sim to activate.
    अब कुरा गरोउ ठगि को..
    यो काम मा त ncell सबै भन्दा अगाडी वाई हाल्यो नि.. हिजो मात्र मैले एक जनाको मा opera mini download गरिदिन लागेको balance ९२ बाट २ मा झर्यो . download पनि भएको थिएन. भोलि पल्ट उसले कसैको बाट opera transfer गरेको रहेछ अनि मैले install गरेर चालको २ मिन मै balance ११५ बाट ४५ मा झर्यो.. पहिलो पल्ट customer care मा फोन गर्दा के के service on छ तेही वयेरा काट्यो भन्यो and 2nd दिन फोन गर्दा 1Mb को 7Rs पर्छ तेही वयेरा packet लिएर चलाउनुस वन्यो. अनि मैले 1Mb नि चालको छैन वन्द ncell service centre मा गएर भुझ्नु रे.. एस्त त कति examples छन् कति…

    Reply
  16. Sagar (Sydney) says:
    August 11, 2013 at 3:40 pm

    NCELL is the biggest scam in the history of Nepal’s telecommunication.

    Reply
  17. Hillman Myagdi says:
    August 11, 2013 at 3:38 pm

    सर्वप्रथम तोकिएको मिती भित्र भएको रकम प्रयोग गरी न सके पनि ग्राहकको बक्यौता रकम शुन्य गर्नु ठगी हो। तेसै माथी थपिएको रकम पनि थाहै नपाई जिरो गराउनु त सरासर चोरी डकैती हो। यस्तो चोर डकैत हरुलाई कारवाही गर्ने कुनै निकाय छैन नेपालमा?

    Reply
    1. kaishav says:
      August 11, 2013 at 4:57 pm

      छैन नि तेही भएर पो एस्तो गर्यो नि ठगहरु ले…

      Reply
  18. Sagar (Sydney) says:
    August 11, 2013 at 3:37 pm

    NCELL did the same thing with the USB broadband internet in March 2013. I was visiting nepal after few years and was very happy that about mobile broadband internet from ncell. I spent around 4000 Nrs for a broadband including 1GB of data, it was a miracle that one GB data run out in 10 minutes of facebook surfing. I called them probably 10 times, everytime they said they gonna provide me the lost Data from my broadband. After a week of struggling, i still couldnt win them. I hate the poor! Very poor customer service and rude staff! Finall i gave up.

    Reply
  19. neerose says:
    August 11, 2013 at 3:10 pm

    नियत भन्दापनि यसको यो कम्पनीको प्राबिधिक र पद्दतिहरुको कमजोरी हुनसक्छ भन्छु म !
    तेस्को समायोजन र अपडेट गरि दुरुस्त राख्नुपर्छ र राख्ने छ वा कमजोरी हरुलाई सुधार्ने छ जस्तो लाग्छ मलाइ!
    एक द्रिस्ट्रिकोण बाट हेर्दा महर्जन जी को पनि कमजोरी देखिन्छ, किनकि उहाले अब सिम बन्द हुदैछ भन्नेकुरा जानकारी भयपछि नया रकम टप अप गर्नु हुदैन थियो या गरे पनि सो रकम सिम बन्द हुने उक्त समय अघि नै प्रयोग गरि सक्नु पर्ने थियो वा त्यो सीमालाई आधिकारिक तबरले पुन प्रयोगमा संचालन गर्न सकिने मिल्ने गरायर मात्र तेस्मा पैसो चडाउनु पर्ने थियो तेसो गर्न नसक्नु तपाइको गल्ति हो!
    अनि कम्पनि ले चाहि यदि उक्त सिम बन्द हुने अबस्थामा तेस्मा भयको मौज्दातालाई एउटा निश्चित रकम प्रयोगकर्तालाई फिर्तागर्ने पोलिसी हुनुपर्नेथियो (बिस्तारै हुन्छ होला भनौ, किनकि सबैकुरा एकै पटक हुन सक्दैन र समस्या र आबस्यकता आयपछी उपाय र प्रबिधि अनि पद्दतिको बिकाश हुदै जाने हो!)
    यो प्रबिधि र पद्दतिको अपडेट छिटो भन्दा छिटो हुनुपर्छ अनि यसलाई कानुन ले पनि बाध्य पारिनु पर्दछ किनकि समयको अन्तरालमा यसरि ठगिने लाखौ अनि करोडौ को संख्यामा हुन सक्छ र कतिपय अबस्थामा ठगिनु बाध्यपनी हुने छ!
    यस्तो हुनुमा अलिकति उपभोक्ताको पनि कमजोरी हो!
    हुनत आफु पनि गफ हाक्ने मात्र हो, जान्ने बनेर गफ दिने मात्र हो!
    किनकि मलाइ पनि यस्तै परेको छ पटक पटक र ठगियको महशुस गरेको छु तर तेस्को समाधान को प्रयास अनि कम्प्लेण्ट र उजुरी गर्न जमर्को चाहि गरियको छैन!
    किनकि जहिलेनी एक सय त हो भन्यो पांच सय त हो भन्यो के झन्झट भन्यो तर उता एन सेल जस्तो कम्पनिलेचाही हामिजस्तोको हेलचक्र्याइ बाट करोडौ कुम्ल्याउने गर्दछ!
    कुरो उठाइ सार्बजनिकरण गर्नु भयो महर्जन जी लाइ धन्यबाद!
    एक सेल र यस्ता कम्पनि हरुले यता ध्यान दियर समाधानको पहल तुरुन्त गरोस!

    Reply
  20. Hari Prasad Regmi says:
    August 11, 2013 at 2:23 pm

    I am Hari Prasad Regmi
    Almost same ting happen to me I have recharge Nell rs 100 and send one SMS to 4555 and and balance was finished. I have contact to Nell and call they said. Everything is used and balance was over.

    Please post this

    Reply
  21. achut says:
    August 11, 2013 at 2:18 pm

    ntc ले नि मेरो तेस्तै गरेर १७८ रुपैया हान्यो कराऊन नि गको छैन मलाई त हामी नेपाली को नि एउटा स्लोगन राख्न पर्यो जस्तो लाग्छ “नेपाली……ठगिनै को लागि”

    Reply
  22. amrit subedi says:
    August 11, 2013 at 1:33 pm

    म अस्ति भर्खरै विदेश आको छु, आउनेबेला मा एरपोर्टबाट बिस रुपिया ब्यालेन्स लोन लिएको छु, मरिजाला तिर्दिना, धरौटी केहि छैन.. मैले गर्न सक्ने तेती हो !!!

    Reply
    1. Gagan says:
      August 11, 2013 at 2:23 pm

      अर्को सिम किन्दा १०० रुपैया तिरी हाल्नु पर्छ क्यारे अझै ७८ रुपैया (२ रुपैया ब्याज लिन्छ) घाटा पो हुने भो तपाइलाई

      Reply
    2. neerose says:
      August 11, 2013 at 2:48 pm

      “चोर माथि चण्डाल भन्या यहि हो!”
      हाहा!LoL

      Reply
  23. shyam says:
    August 11, 2013 at 1:29 pm

    १ वर्ष सम्म सिम नचलाए पछि सिम बन्द हुनु त स्वाभाविक नै हो अनि त्यस मा भएको ब्यालेन्स सकिनु पनि स्वाभाविक नै हो तर तपाइले पछि हालेको १०० को ब्यालेन्स चाहि फिर्ता दिनु पर्ने हो अर्थात् नया सिम चलाए पछि त्यसमा टार्स्फम गर्दिनु पर्ने हो !!!!!

    Reply
  24. टंक काफ्ले says:
    August 11, 2013 at 1:25 pm

    NCELL लुट्नैको लागि हो।म पनि भर्खर ठगिएको छु।

    Reply
  25. KISHORE SHAKYA says:
    August 11, 2013 at 1:20 pm

    एन्सेलको जन्म नै ठगहरु मिलेर गरेको थियो, यो नया बिदेसी पनि ठग्नै हो तेस्ले गर्दा एन्सेलले जनता झुक्याउदा अचम्म मान्नु पर्दैन

    Reply
  26. Anoop Gautam says:
    August 11, 2013 at 1:02 pm

    Ncell नेपाली लै लुट्न का लागि

    Reply
  27. Rajendra Adhikari says:
    August 11, 2013 at 12:47 pm

    बन्द हुँदै छ भन्दैमा रिचार्ज हुन नहुने चाहिँ हैन । बरू सिम किन बन्द गरिएको रहेछ, त्यो जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो । महिनौं सम्म निष्क्रिय सिमालाई बन्द गर्ने त ठीकै हो । तर, रिचार्ज गर्ने र फोन गर्ने गरेपछि त पुन सक्रिय भैसक्यो नि । अब किन बन्द गर्नु पर्यो ? क्रिपया तपाईलाई बन्द गर्ने सम्बन्धि आएको Message जस्ताको तस्तै देखाउनुहोस् त । किन बन्द गर्छु भन्या रैछ ।

    Reply
  28. प्रकाश नेपाली says:
    August 11, 2013 at 12:46 pm

    एन्सेलले ब्रम्हलुट मच्चाएको छ । १० ० रुप्या ब्यालेन्स हाल्यो। दुइ चार कल गरेसि ब्यालेन्स खत्तम्।

    Reply
  29. जसराज राई says:
    August 11, 2013 at 12:17 pm

    होइन अब एन्सेलको पर्दाफास गर्नुको साथै यो नेटवर्कको सिम कार्ड नै खरिद नगरौ, जे भए पनि नेपाल टेलिकम नै ठीक छ है मित्रहरु…

    Reply
  30. chitra baral says:
    August 11, 2013 at 11:49 am

    विदेश बाट कल गर्दा नेपाल मा मिनेट को १ रुपैया क्रेडिट हुन्छ तर के गर्ने यहाँ बाट कल गर्दा कहिले पनि पहिले १ मिनेट तेत्तिकै कति दिन्छ उता बाट बोलेको सुनिन्छ यता बाट बोलेको सुनिदैन १ मिनेट त त्येत्तिकै खान्छ यिनी हरु सबै चोर काम गर्दैछन यो येन सेल चोर हो भनेर सबैलाई सुनाउन चाहन्छु .

    Reply
  31. Bharat says:
    August 11, 2013 at 11:28 am

    अव नेपाल टेलिकमको मोवाइृलको गुणस्तर पनि सुधार भएको छ । डाटा सेवा पनि मज्जाले चल्छ किन एनसेल बोकेर बिदेशी कम्पनीलाई पैसा ठग्न दिने । मैल त एनसेल छोडेर रु.१०० मा बिद्यार्थी अफरको नमस्ते मोवाईल बोके है साथीहरु

    Reply
  32. Chunam says:
    August 11, 2013 at 11:08 am

    यो त ठगसेल हो नेपाली लै ठग्न आएको बिदेशी कम्पनी…. यस्ता उदाहरण त कति छन् छन्……………

    Reply
  33. priyanka says:
    August 11, 2013 at 10:41 am

    नेपाल मा स्याल फाप्दैन जस्तै N स्याल र Y स्याल . यिनीहरुले देश लाई खतम गर्छन .

    Reply
    1. neerose says:
      August 11, 2013 at 2:50 pm

      तेसो हो कि पढ्न र बुझ्न नजान्ने आदो हरु नफाप्ने हो नि!

      Reply
  34. sanjay says:
    August 11, 2013 at 10:37 am

    यस्ता चोरी दिनै हजारैा होलान। आज तपाइलाइ परेर त लेख्नु भयो । सर्वसाधारणले कसरी चाल पाउन जस्ले मोबाइलमा देखिने चित्रको आधारमा फोन डायल गर्छन नम्बर चिन्दैनन् । धिक्कार छ एनसेल तलाइ । ठग्न पनि नेपालकै लागी ।

    Reply
  35. bhim says:
    August 11, 2013 at 10:09 am

    NCELL यस्तै गरी ठग्दै जाने अनि हामि यसरि नै चुप लागिरहने ?????

    Reply
  36. sraj says:
    August 11, 2013 at 9:46 am

    राष्ट्रको संचार Nepal Telecom छदै छ नि, गुणस्तर सन्तोषजनक नभय पनि ठगि चाही गर्दैन |

    Reply
  37. Hari Nepal says:
    August 11, 2013 at 9:40 am

    एउटा चिट्ठी लेख्नुस NCELL लाई सबै व्यहोरा जनाएर अनि आफ्नो पैसा फिर्ता मागेर. त्यो चिट्ठी उनीहरुको record मा दर्ता गराउनुस . चिट्ठी दर्ता गर्न मानेनन् भने कारण सोध्नुस र mobile मा voice record गर्नुस . त्यति भएपछि बल्ल प्रक्रिया मा जालान कि ?

    हुन त समय खेर जाला, तर मन शान्ति त हुञ्छ नि, अनि अरुलाई येसरी ठग्ने आट नगर्लान कि वा आफ्नो system मा सुधार ल्यौलान कि

    Reply
  38. Teknath Neupane says:
    August 11, 2013 at 9:31 am

    नेपालीहरुलाई लुट्नकै लागि NCELL

    Reply
  39. harihar sharma says:
    August 11, 2013 at 8:06 am

    मेरो पनि १०० खायो
    रेचार्गे गरेन, साँझ नेटवर्क बेस्ट बेला पर्यो, message sent भनि sms आयो, यस्तो त कहिले आउन्थेन भन्दै सोचें / अनि लग्यो नेटवर्क busy भयर होला / पैसा त आउंदै आयन /
    NCELL सेन्टर गयर चोम्प्लें गरेन, फोन बाट त के हुन्थ्यो र, तेहानी हामी हेरेर गर्छौं भन्यो / अनि सिधै भने, यो १०० रुपी को लागि ३० रुपिया गर्छ गरेर आइसकें, अब कति खर्च गर्नु पर्छ? कति पटक आउनु पर्छ?
    या भैहाल्छ, आउनु पर्दैन भन्यो, यत्रो को पैसा आउनु?
    खय नि मु…. ले

    Reply
  40. राम चन्द्र says:
    August 11, 2013 at 6:49 am

    एक करोड मा एक म भन्ने मिठो राग का साथ एक जना सँग १०० ठग्दा १०० करोड तेस्का बाजे हरियो बास ।

    Reply
  41. Dipen Guragain Texas USA says:
    August 11, 2013 at 4:13 am

    अब NCELL हैन N स्याल भने हुन्छ . स्याल को मुख मा परेको कुखुरा को पनि फिर्ता पाउने आसा गरेर हुन्छ र ?

    Reply
  42. Bidur says:
    August 11, 2013 at 4:10 am

    Raju ji there is no doubt that these mobile companys should not seize your balance like that. However little suggestion for you is please try to read terms and conditions of the company before you start service from them. It’s better to follow rules by yourself before you make complain. You both are equally responsible for the loss of your balance.

    Reply
    1. shova says:
      August 11, 2013 at 12:13 pm

      सबैले तपाइले भने जस्तो कहाँ बुझ्न लाग्छन र मित्र मोबाइल भनेको जसले पनि चलाउछ र सबैलाई आवस्यक पर्ने चिज हो कति त पढ्न नजान्ने पी त होलान नि तिनीहरुलाई चै राम्रो राम्रो विज्ञापन गरेर फकाउन जान्ने अनि आफुहरुले चै नजानिदो पाराले पैसा झ्वाम पार्ने यो त यौटा सामान्य उदाहरण मात्र हो मित्र ncell ठगीको खोज्दै जाने हो भने कति आउछन तिमि ठगहरु ठग्न मात्र जानेछौ

      Reply
  43. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 11, 2013 at 3:06 am

    एकचोटी ठगेर सधैलाई कुम्ल्याउछु भन्ने ठान्नु दिनदिनै अण्डा दिने कुखुरीलाई काटेर सब अण्डा निकाल्छु अनि धनि हुन्छु भन्नु जस्तो हो ..यस्तो कुराको चेतना NCELL लाइ भया !

    Reply
  44. kedar says:
    August 11, 2013 at 2:36 am

    पैसा देखे पछि शिब जी का तिन नेत्र भने जस्ता कर्पोरेटका खोल ओडेका डाका हरु

    Reply
  45. nawaraj says:
    August 11, 2013 at 2:31 am

    balance लिनु गलत हो ली हालेपनि फिर्ता गर्नुपर्ने हो तर तपाई मान्छे पनि कस्तो ? अब सिम बन्द हुदैछ भन्नि message आएसि phone गरेर खबर गर्नुपर्छ नि त NCELL लाई
    आफैले हुदैन होला भनेर सोचेर हुन्छ काहीं

    Reply
  46. samrat~ says:
    August 11, 2013 at 1:30 am

    के गर्ने येस्तै हो कानुन न भएको देश मा. अब तपाइले रु १०० लागि मुद्दा हाल्ने कुरा पनि आएन..येदि हाली हाल्नु भयो भने न्याधिस हरु सबै चोर रै चोर. येस्तॊ ठुल्लो ठुल्लो कम्पनि हरु ले दुइ चार लाख फ्यालिदिए भने दिन लाइ रात रात लाइ दिन , कालो लाइ सेतो , सेतो लाइ कालो बनाइदिञ्च.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme