परिवर्तन बामदेव गौतम, अशोक राईको नेतृत्वमा एमालेबाट माले टुक्रियो। राष्ट्रियताको चर्को नारा बोकेर हातमा झण्डा बोक्दै योगेश भट्टराई, रविन्द्र अधिकारी, ठाकुर गैरे लगायतका आलाकाँचा युवाहरू कालापानी पुगे र भारतीय विस्तारवादका विरूद्ध आन्दोलन गरेको नाटक गरे। एमाले पूर्णत: भ्रष्ट भएको, राष्ट्रियता कमजोर बनाएको, महाकाली बेचेको लगायतका अनेकौं आरोप लगाए। उता माउ पार्टीले फुटेर गएकाहरूलाई सुरासुन्दरीको आरोप… Continue reading
Category: पाहुनाको पालो
चुनावी परिणामको एउटा अनुमान
परिवर्तन चुनाव हुने चर्चाका माझ चुनावी चहलपहल शुरू भएको छ। नाटक नै सही केही नयाँ र सामाजिक परिवर्तनका सङ्केतहरू पनि देखा परेका छन्। गगन थापा र नन्दकिशोर पुनको चुनावी क्षेत्र, प्रचण्डसँग प्रचण्डलाई हातपात गर्ने एक व्यक्ति चुनावी मैदानमा उठेको प्रसङ्ग, गुल्मीका अशोक थापाले दलित तथा जनजाति महिलाहरूलाई खुट्टा ढोगेर भोट मागेको कुरा, कमल थापाको गाईको… Continue reading
एनआरएनहरूको काठमाडौंमा सम्पन्न माछाबजार
-उही कुमार लामा- एनआरएनहरूको काठमाडौं सम्मेलन २०१३ लाई नागरिकन्यूजले माछाबजारको संज्ञा दिएको छ। तर माछाबजाररुपी सम्मेलनमा माछाको होइन, नेपाली जनताको रगतको मूल्यको मोलतोल भए छ। अमेरिकाबाट आएका एनआरएन दर्शन रौनियारले प्रचण्डलाई नेपाली जनताको रगतको मूल्य सोधे छन्। जवाफमा प्रचण्डले दोषी ठहरिए आफू फाँसीमा चढ्न तयार रहेको बताए छन्। रौनियारले नेपालमा मजदूर युनियनहरू बन्द गर्ने अर्ती… Continue reading
हार्दिक समबेदना डा. वाग्ले
-पिताम्बर खनाल- आज डा. चित्र वाग्ले को मृत्युको खबर र त्यस भित्रको तितो यथार्थ बारे केही लेख्न मन लाग्यो। हो डा. वाग्लेले भनेझै जीवन् भ्रम हो र मृत्यु त्यस भित्र लुकेको एक सत्य हो। तर मृत्युको मुखमा नपुगुन्जेल धेरै कम मात्र महापुरुसहरूले यो कुरा आत्मसाथ गर्छन् र सत्मार्गमा आफ्नो जीवन बिताउछन. केहीहद सम्म डा. वाग्लेले… Continue reading
किन बढ्दैछ विदेशी भूमिमा आत्महत्या?
-विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ- आत्महत्या नेपालको गम्भीर समस्या भइसकेको छ। नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा प्रत्येक दिन ११ जनाले आत्महत्या गर्ने गरेका छन्। मृत्यु दर्ताको तथ्याङ्क अध्यावधिक गर्ने नियम कडाईको अभावमा यो संख्या अझ बढी हुने अनुमान सहज रुपमा लगाउन सकिन्छ। नेपालभित्र मात्र हैन, विदेशी भूमिमा समेत नेपालीहरु आत्महत्या गर्दैछन्। वैदेशिक रोजगार प्रवर्ध्दन… Continue reading
‘खुल्ला दिसामुक्त’ नेपाल?
-रामबहादुर घिमिरे- किन नेपालमा जहाँ पनि आजभोलि खुल्ला दिसामुक्तको नारा देखिन्छ र सुनिन्छ? के तपाईंको घरमा चर्पी छ ? के तपाईंको गाउँटोल खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो? के तपाइँको घरमा खानेपानीको सुविधा छ? के तपाईं नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पानी पिउनु हुन्छ? के तपाईं साबुन पानीले हात धुनु हुन्छ ? के तपाईं घरमा सरसफाई… Continue reading
गैरकानुनी एनआरएन, ठिमाहा सरकार र सिटीवाली राजदूत
-उही कुमार लामा- विकिलीकले कूटनीतिक-पेण्डोराको बाकस नै फुटादिएपछि कूटनीतिज्ञहरूले के-के बोल्छन् भन्ने सर्वविदित भइसकेको छ। त्यसैले कतारका लागि नेपालकी भूपू हुन लागेकी राजदूत मायाकुमारी शर्माले कतार मुलुकलाई खुल्ला जेल भनेर कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्नुभन्दा सिटीफुक्ने-कूटनीति (ह्विष्टलब्लोविङ् डिप्लोमेसी) अभ्यास गरेको भन्न सकिन्छ। सिटीफुक्ने-कूटनीतिकी जननी शर्माको आफ्नो बिरोधमा लेख्ने एक नेपाली लेखकलाई कतारबाट देशनिकाला गर्ने दुस्प्रयाश… Continue reading
मध्यपुर्वमा काँहा छ एनआरएनए
दीपक भेटवाल रुसि क्रान्तिका नेता लेनिनले संसदलाई बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलोको संज्ञा दिएका थिए । संयोगबस रुस तीरकै नेपाली धनाढयायहरुको पहलमा स्थापना भएको एनआरएनए पनि झण्डै लेलिनको परीभाषा अनुसारको संसद जस्तो बन्न पुगेको छ । हुन त एनआरएनए संग सुनिरहु जस्तो लाग्ने कर्ण प्रिय नारा छ ”नेपालीद्दवारा नेपालीको लागी” । र अर्को… Continue reading
उपेन्द्र महतोलाई खुल्ला पत्र
आदरणीय दाजु उपेन्द्र महतो ज्यू, यो पत्रका साथ यहाँको कुशलताको कामना गर्दछु। शारीरिक रूपले म पनि आरामै छु र आरामको कामना गर्दछु। मानिस शारीरिक रूपले स्वस्थ भएर मात्र हुँदो रहेनछ मानसिक रूपले पनि स्वस्थ हुनु पर्दो रहेछ। दाजु जब जब NRNA को अधिवेशन आउँछ तब तब मलाई तपार्इँको याद आउँछ र मनमा अनेक कुराहरू खेल्न… Continue reading
फिल्म हेर्न जाँदा दलको प्रचार हेर्न बाध्य
-चक्र गुरुङ- दशैँ सबैको फुर्सदको समय भएकोले मनोरन्जनका लागि फिल्म हेर्ने विचार गरेँ। यतिखेर नेपाली बजारमा रेखा थापाको काली र बिराज भट्टको दामिनी प्रदर्शन भैरहेको छ । मैले पनि अस्टमिको दिन फुर्सद निकालेर काली फिल्म हेर्न बालाजुको अस्टनारायण हलमा गएँ। त्यहाँ ४ वटा हलहरु छन्। हल १ मा काली फिल्म चलेको रहेछ, २.३० शोको लागि… Continue reading
बलिप्रथाबारे हिन्दु शास्त्रमा के छ?
दशैँमा वर्षेनी उठ्ने बहस हो- बलि दिनु धर्म हो कि हैन? प्राणीलाई काटेर त्यसको रगत चढाएर कसरी धर्म हुन्छ ? यो धर्म हो भने हिन्दु शास्त्रमा बलिको कस्तो व्यवस्था गरिएको छ ? आचार्य कुशलकुमार निरौलाले आफ्नो ब्लगमा लेखेका छन्, ‘पशुबलि आस्थासँग जोडिएको विषय हो। जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन्। यो… Continue reading
स्थापनाको १० वर्ष बितिसक्दा पनि किन दर्ता हुन सकेको छैन एनआरएन? कसले रोकिरहेको छ ?
आफूलाई नेपाली भन्नु भन्दा पनि एनआरएन भनिदिए गौरव गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको एक दशक भइसकेको छ। तर अचम्म, देशमा विकासको खोलो बगाइदिने गरी लगानी भित्र्याउने गफ दिने एनआरएनहरुको संस्था नेपालमा दर्तासम्म हुन सकेको छैन। दर्ता नभएको संस्था भए पनि यसको शीर्ष नेतृत्व पंक्तिलाई थोरै पनि लज्जा, असहज र असफलताको अनुभूति हुँदैन। किन… Continue reading
समाचार छाप्दा हथकडी लगाइएका सम्पादकको बकपत्र
-दिनेश आचार्य- तीन महिनाको मानसिक यातना, एकदिनको प्रहरी हिरासत र कानुनी लडाइँपछि रिहा भएको मैले नसोचेको साथ र सहयोग पाएँ। अर्थात् सत्य र न्यायको पक्षमा लाग्दा कहिल्यै एक्लो ठान्नु नपर्ने महसुस गरेको छु। तर, मेरा मात्र हैनन, समग्र पत्रकारिताजगतकै अगाडि एउटा अजङ्गको पहाड उभिएको छ। अर्थात, कानुनी दाउपेचका हजारौं सिङहरु लगाएर अभिव्यक्ति स्वतन्त्रतालाई निल्ने मुख… Continue reading
विदेश बस्ने नेपालीको मुखिया को बन्लान्?
देश संविधान सभाको निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचनको तयारीमा दल र नेताहरु जुटेका छन्। मतदाताहरु पनि चुनावी चर्चामा जुट्न थालिसकेका छन्। देशमा चुनावी माहौल तात्दै गर्दा विदेशमा बस्ने नेपालीहरुको संस्था अर्थात् एनआरएनहरुमा पनि चुनावी तयारी चलेको छ। विदेशमा बस्ने नेपालीहरुको छाता संस्थाका रुपमा चिनिएको एनआरएनको नयाँ नेतृत्व चयनका लागि पाँच जनाको प्रतिस्पर्धा हुने देखिएको छ।… Continue reading
रारा चाउचाउमा के देखियो यस्तो?
-बालकृष्ण दाहाल- म रारा चाउचाउको उपभोक्ता हुँ। सकेसम्म प्राकृतिक कुराहरु नै बढी उपभोग गर्न रुचाउने भए पनि कहिलेकाहीँ छिटोको लागि चाउचाउ खानै पर्ने हुन्छ। तुलनात्मक रुपमा रारा त्यति धेरै रासायनिक पदार्थ नहालेको जस्तो देखिने र धेरै स्पाइसी नहुने हुँदा रारालाई छानेको हुँ मैले। हप्ता दिन जस्तो अगाडि ल्याएर राखेको केही पाकेट मध्ये राराको अन्तिम प्याकेट… Continue reading
यो कस्तो नियम? मेरो ८७ रुपियाँ कसले खायो ?
-प्रवीणकुमार केसी- कर लिनु सरकारको अधिकारको कुरा हो। कर तिर्नु नागरिकको दायित्व हो । समयमा कर तिर्न नसक्दा जरिवाना तिर्नु आम कुरा हो तर समय भन्दा अगाडि कर तिर्दा पनि ‘जरिवाना’ तिर्नु पर्ने र त्यसको रसिद समेत नआउने- यो कहाँको न्याय हो ? प्रसंग सवारी करको हो ।
त्रिपुरेश्वरमा पार्किङ शुल्क नतिरे गोलीले उडाइदिन्छु भन्दै पेस्तोल तेर्स्याए
-सन्तोष शर्मा- अरु बेला सार्वजनिक सवारी चढेर गइन्थ्यो, निजी सवारी साधन लगेपनि त्यहाँ पार्किङ्ग गर्नुपरेको थिएन त्यसकारण मतलब गरिएन । कुरा शनिवार साँझ ६ बजेको हो । म र एकजना साथी काठमाडौँको त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर मा एउटा सामान किन्न गयौँ । मोटरसाईकल पार्किङ्ग गर्नको लागि पार्किङ्ग लेखेको ठाँउतिर लाग्यौँ । अलिकति भित्र… Continue reading
कतारमा काम गरिरहेका नेपाली भन्छन्- बनावटी कुरा गरेर धेरै पैसा असुल्ने दलालहरु नै पहिलो समस्या
-वाहिद अलि- विगत केही बर्ष देखि म कतारको प्रतिष्ठित कम्पनीमा डिजाइनर पेशामा कार्यरत छु। डिजाइन सम्बन्धि मलाई कुनै ज्ञान थिएन तथापि म अहिले आफ्नो काममा दक्ष छु। जुन देशले मलाई एउटा दक्षता दियो, रोजगार दियो त्यही देशबारे म केही आफ्ना कुरा राख्न चाहन्छु। बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरु नै हाम्रो… Continue reading
इञ्जिनियरिङ भर्नामा यसरी धाँधली हुन्छ, निजी कलेजमा लाखौँ खुवाएर भर्ना
-अरविन्द्र शाक्य- इञ्जिनियरिङ अध्ययन संस्थान (इ. अ. सं.) ले वर्षेनी इ. अ. सं. र त्रिभुवन विश्वविद्यालय (त्रि. वि.) सम्बन्धन प्राप्त निजी कलेजहरुमा इञ्जिनियरिङ अध्ययनको लागि प्रवेश परिक्षा लिने गर्छ। यसपाली पनि करिब १२ हजार विद्यार्थी परीक्षामा सामेल भए, जसमध्ये करिब ८ हजार उत्तीर्ण भए। अर्थात् ४०% वा सोभन्दा बढी अङ्क ल्याउन सफल भए। यी विद्यार्थीहरुको… Continue reading
सयौं मेडिकल विद्यार्थी आन्दोलित भएपछि होस्टल छाड्न कलेज प्रशासनको २४ घण्टे अल्टिमेटम
देशको हरेक क्षेत्र भांडभैलो र अस्तव्यस्तताबाट गुज्रिरहेको यो बेला मेडिकल क्षेत्र मात्रै के अछुतो रहन सक्थ्यो र ? तथापि, जनस्वास्थ्यजस्तो संवेदनशील विषयसँग गाँसिएकाले अन्य क्षेत्रका तुलनामा मेडिकल क्षेत्रको दुर्गति देशका लागि बढी पीडादायक हुन्छ। गत वर्ष त्रिवी शिक्षण अस्पतालमा सुधार ल्याउन श्रद्धेय डा.गोविन्द केसीले गरेको बहुचर्चित आमरण अनसन त समस्याको ‘टिप अफ द आइसवर्ग’ मात्रै… Continue reading