Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लाखौँ खर्च गरेर शरणार्थी

Posted on July 29, 2013 by mysansar

-निश्चल, बेल्जियम-

मोरङ र झापामा बसिरहेका भुटानी शरणार्थीको कुरा त तपाईँ हामीले धेरै सुन्दै आएका छौं। तर नेपाली शरणार्थीको कुरा तपाईले सुन्नु भएको छ ? विदेशमा नेपाली शरणार्थीहरुको ठूलै जमात तयार भइसकेको छ। माओवादी सशस्त्र विद्रोहका बेला थुप्रै नेपालीले आफू नेपालमा बस्न असुरक्षित भएको भन्दै युरोप-अमेरिकाका विभिन्न देशमा पुगी शरणार्थी भएर बसेका छन्। अहिले पनि त्यो क्रम रोकिएको छैन। त्यसरी जाने मध्ये धेरैजसो चैं नक्कली कथा कथेर, झुट बोलेर बस्ने गरेका छन्। उनीहरुले बनाएका कथा र उनीहरुको वास्तविक जीवनको कथामा भने आकाश पाताल फरक हुने गरेको छ। न त उनीहरु माओवादीबाट पीडित भएका हुन् न त राज्य पक्षबाटै। अझै रोचक पक्ष के छ भने जो राजावादी हुँदैनन् उनीहरु म राजावादी मान्छे भएको कारण मलाई नेपालमा बस्न गाह्रो भयो भन्दै नक्कली केस गरेर शरणार्थी बनेर बसेका छन्। जो सही सद्दे बेल्जियममा आएका हुन्छन्, उनीहरु बलात्कार केस गरेर आफैलाई तल झार्ने काम गरिरहेका हुन्छन्। केही समय अघिदेखि लाखौं खर्च गरेर युरोपियन मुलुक पोल्याण्ड आउने र त्यहाँबाट बेल्जियम, स्पेन र पोर्चुगल पसेर आफूलाई शरणार्थी दावी गर्दै बस्ने नेपाली अहिले बढेका छन्।

बेल्जियममा त्यसरी आउने नेपालीको सङ्ख्या धेरै बढेको छ। यस्ता अधिकांश नेपाली १९ देखि ३० वर्षसम्मका युवा छन्। शरणार्थी भएको दावी गर्दै बसेका एकजना युवा भीमबहादुर थापा (नाम परिवर्तन) देशको परिस्थितिका कारण टन्न धन कमाउने उद्देश्यका साथ आएको बताउँछन्।

पोल्याण्डमा काम गर्ने भिसामा आई त्यहाँबाट दलालमार्फत् बेल्जियम आउने मध्ये धेरैजसो आएको ३/४ दिनभित्र आफू शरणार्थी भएको दावी गर्दै शरणार्थी क्याम्पमा गएर बस्छन्। त्यसपछि त्यस्ता व्यक्तिको खानपान लगायत सबै कुराको जिम्मा बेल्जियम सरकारले लिन्छ। नेपाल कञ्चनपुर घर भएका भूपाल चन्द (नाम परिवर्तन) विगत ४ महिना अघिदेखि बेल्जियममा शरणार्थी बन्दै बसिरहेका छन्। यहाँ शरणार्थी बनेर बस्नु सुरक्षा र सुविधाको हिसाबले सहज भएतापनि आफूले देशको माटो बेचेर बस्नु पर्दा आफैमा घृणा लागेको उनी बताउँछन्।

नेपालमा सेना, प्रहरी र सरकारी सेवामा उच्चतहका कर्मचारी रहिसकेका व्यक्तिसमेत शरणार्थीकै रुपमा बेल्जियम छिरेर स्थायी कागजात र नागरिकता बनाएर बसेका छन्। यसले भर्खर आफ्नो करिअर सुरु गर्दै गरेका युवा मात्रै होइन राज्यले धेरै लगानी गरिसकेका व्यक्ति पनि कसरी सुख सुविधाको खोजी र सन्तानको भविष्यका लागि विदेसिइरहेका छन् भन्ने प्रष्ट पार्छ।

त्यसो त बेल्जियममा सिधै नेपालीहरु आउन सक्दैनन्। यहाँ आउनको लागि काम गर्ने भिसा हुँदैन। आइहालेमा विभिन्न कार्यक्रममा आउने र फर्कने हो। कतिपय अध्ययनको लागि आउने गर्दछन्। बाँकी सबै मानव तस्कर दलालको माध्यमबाटै मोटो रकम तिरेर यहाँसम्म आइपुग्ने हुन्। बेल्जियमका छिमेकी रास्ट्रहरुमा काम गर्ने भिसामा पुगेकाहरु उतैबाट बेल्जियम छिर्ने गरेका पनि छन्। पछिल्लो चरणमा पोल्याण्ड हुँदै यहाँ आउनेहरुको संख्या दिनानुदिन वृद्धि भइरहेको छ।

केही समययता कामको खोजीमा पोल्याण्ड जाने नेपाली युवाको संख्या बढिरहेको छ। नेपाल सरकारले रोजगार गन्तव्यका रुपमा खुल्ला गरेपछि पोल्याण्ड जाने युवा अझ बढेका हुन्। युरोपेली देश पोल्याण्डमा काम गर्न पुगेकाहरु त्यहाँ काम गर्न नसकेर भागेर बेल्जियम आउने गरेका छन्।

खाडी मुलुकभन्दा मौसम चिसो भएपनि कष्टपूर्ण कामका कारण पोल्याण्ड आइपुगेका युवा त्यहाँ टिक्न मुस्किल पर्छ। बेल्जियम आइपुगेका एक युवा अमर थापा (नाम परिवर्तन) ले पोल्याण्डबाटै दलालको माध्यम हुँदै आएको जानकारी दिए।

नेपालबाट ल्याउदा दलालहरुले थोरै समयमा धेरै कमाई हुने लोभ देखाउने गरेको पीडित युवाहरुको गुनासो छ। पोल्याण्डमा महिनामा सरदर ३० हजार कमाउन दिनमा १५ घण्टासम्म काम गर्नुपर्ने उनीहरु बताउँछन्। शारिरीक कष्ट त छँदैछ, रोजगारदाताले मानसिक तनाव पनि धेरै दिने गरेको बताउँछन् भागेर बेल्जियम आइपुगेका अर्का युवा कमल पाण्डे।

नेपालका दलालले पोल्याण्डका दलाललाई दिनुपर्ने रकम नदिएका कारण पनि पोल्याण्ड आइपुगेका नेपाली कामदारले दुःख पाउँछन्। धेरैजसो नेपाली कामदारको पासपोर्ट र स्थानीय बसोवासको कागज समेत दलालले खोसेर लैजाने गरेका छन्। नेपाली कामदार धेरै भागेपछि अहिले स्थानीय युवालाई गार्डको रुपमा राख्ने थालिएको छ भन्नुहुन्छ भर्खरै बेल्जियम आइपुगेका राम तिवारी (नाम परिवर्तन)।

युरोपेली देशमा गतिलो कमाई हुने आशमा निक्कै पैसा खर्च गरेर आइरहेका नेपाली युवा ठगिइरहेका छन्।

हिजोआज पोर्चुगलको राजधानी लिस्बन पस्ने नेपालीहरुको संख्या पनि कम रहेको छैन। मनग्य रकम खर्चेर पोर्चुगल छिर्ने नेपालीको बसाई सोचेजस्तो सजिलो छैन। ३० महिना अघि बेलायतमा अध्ययन गर्न आएर विभिन्न देश हुँदै पोर्चुगलको लिस्बन आइपुगेका मोति पौडेल (नाम परिवर्तन) अमेरिकाको डिभी चिट्ठा परे जस्तो काम पाउन गाह्रो रहेको बताउँछन्। उनी भन्छन्, ‘के के न हुन्छ भनेर पोर्चुगल आइयो तर उल्टै घरबाट रकम मगाएर जीवन धान्नु परेको छ।

यसरी पोर्चुगल पस्नेमा नेपाली युवतीको संख्या पनि धेरै छ। प्रशस्तै कमाई हुने ठानेर आउनेहरु नेपालबाटै खर्च मगाएर दैनिक गुजारा चलाइरहेका पनि छन्। १३ लाख खर्च गरेर डेनमार्क हुँदै पोर्चुगलको राजधानी लिस्बन आइपुगेकी चितवनकी रमिला पंगेनी (नाम परिवर्तन) अहिले यहीँ बसौँ कि नेपाल फर्कौँ भन्ने दोधारे मानसिकतामा परेकी छिन्। थप ६ लाख जति आफनो खर्चको लागि नेपालबाटै रकम मगाएर चलाएको उनी बताउँछिन्।

युरोपेली देशमा स्थायी बसोबासको अनुमति पाइने आशमा यसरी धेरै नेपाली कठिन रुपमै भएपनि जीवनयापन गरिरहेका छन्। विगत एक दशकदेखि पोर्चुगलमा बस्दै आएका एनआरएन पोर्चुगलका निवर्तमान अध्यक्ष लक्ष्मी सापकोटाका अनुसार पोर्चुगलमा सोचे जस्तो सहज छैन तर पनि नेपाली आउनेहरुको संख्या कम भएको छैन। धेरै नेपालीहरु नेपाली दलालबाटै ठगिएका छन्।

देशमै बसेर पनि राम्रोसँग गरिखान सक्नेहरु पनि यसरी दुःख पाउन लाखौं खर्च गरेर युरोपेली देशहरुमा पसिरहेका छन्। यसरी छिर्नेहरु वर्षौंसम्म अवैधानिक भएर शिविरहरुमा बस्नु परिरहेको छ।

41 thoughts on “लाखौँ खर्च गरेर शरणार्थी”

  1. Surendra Regni says:
    July 31, 2013 at 11:39 am

    अमेरिकामा सबभन्दा बढी नेपाली सुकुम्बासीहरु छन । नेपालमा हुकुमबासी बिदेशमा सुकुम्बासी,अधिकाम्स नेपाली सुकुम्बासी अमेरिकामा २०-३० लाख खर्च गरेर करोडौं कमाउने उद्धेसेका साथ आयका छन्. कति पय त नेपाल मा कमायको कालो धन लाई सेतो बनाउन पनि सुकुम्बासी भयर बस्छन. यकाद बाहेक सबै नक्कली सुकुमबासी छन् अमेरिकामा /

    Reply
  2. dilip gurung says:
    July 30, 2013 at 8:25 pm

    झुठको खेती गरेर शरणार्थी बन्ने नेपाली र यिनीहरुलाई यस्तो धोखाघडीको काममा सशुल्क/निशुल्क सहयोग गर्ने जमातको तेश्रो मुलुकमा कमि छैन| वास्तविक शरणार्थीले कहिल्यै राहत नपाउने यस्तो अवस्थाको जिम्मेवार यी झुठा खेतालाहरु मात्रै होइन, आफुलाई बिकशित भन्न रुचाउने मुलुकहरुको शरणार्थी नीति पनि हो|

    Reply
    1. dilip gurung says:
      July 31, 2013 at 9:05 pm

      रातो झण्डा हान्ने दुइ जना झुठा शरणार्थी परे कि तिनीहरुको झुटो कथा लेख्ने कथाकार?

      Reply
  3. bishnu says:
    July 30, 2013 at 5:18 pm

    येसरी सबै any how विदेश जान चाहनु मा विदेश मा भएका नेपाली दोषी छन्
    विदेश वाट नेपाल गएकोबेला यी नेपाली विदेश मा हुने दुंख र समस्या लुकाएर, हावा को गफ छातेर भोझ गरि हिद्छन अनि सबै लाई विदेश जान मन लाग्छा

    Reply
  4. Milan Rana says:
    July 30, 2013 at 12:48 pm

    दाङ जिल्ला मा जनजाति को प्रोजेक्ट चलाउने पनि refugee भएर बसेको छ || येहा कमेन्ट गर्ने सोल्टी हरु धेरै तेस्तै हुन्……..कुरै नगरौ भाडभैलो छ यो refugee बनेर बस्ने कुरा पनि |

    Reply
  5. Mohan Subba says:
    July 30, 2013 at 12:09 pm

    अबको समय भनेको नेपालीले सिप,कला, बुद्धि र श्रम बेचेर संसारमा पुन एक पटक नेपाल लाई चिनाउनु पर्ने बेलामा आफैले आफ्नो अस्मिता नाङ्गो पार्ने नेपालीहरुलाई धिक्कार छ /

    Reply
  6. डिल्ली says:
    July 30, 2013 at 9:46 am

    अरु तिर त कागज थापेर शरणार्थी माग्दा रहेछन् नेपाली । कोरियामा त हात थापेर माग्न वस्ने नेपाली धेरै भेटिन्छन् । विश्वविद्यालयका ढोका ढोका ढकढकाउँदै माग्ने, बाटा बाटामा बटुवाको हात समातेर माग्ने पनि धेरै भेटिन्छन् नेपाली । माग्नैकालागि टुरिष्टभिषामा आउने नेपाली पनि हुनेरहेछन् । केही वर्ष अघि नेपालको एक सरकारी क्याम्पसमा प्राद्यापन गर्छु भन्ने मगन्तनारायण पनि हवाई अड्डामा देखिएका थिए । के सबवे के बाटो के सुगम के दुर्गम सबै तिर माग्न भ्याइसकेछन् नेपालीले । फेमेली रियुनियन भन्ने कस्को एनजिओ हो त्यसका त मगन्तनारायणको हुल देखिन्छ कोरियामा । सोध्यो भने नेपालका निजी विश्चविद्यालयका प्रतिष्ठित व्यक्तिको नाम पनि आउँछ त्यो एनजिओ कर्मीमा । परिवार दलका महामहिमको पनि नाम सुनिन्छ मगन्ते निर्यात कम्पनी चलाउनेमा ।

    विदेशिएका नेपालीबाट सुनाम बद्नाम दुबै खेप्दैछ नेपाल । फाइदा त विदेशिएकाले लिएका होलान् तर देशमै बसेकाहरूको थाप्लामा बद्नामको भारी चाहीँ बढ्दै गरे जस्तो लाग्छ ।

    Reply
  7. अनोज शाक्य says:
    July 30, 2013 at 9:30 am

    जापानमा पनि नेपाली सुकुम्बासीहरु धेरै भएका छन । नेपालमा हुकुमबासी बिदेशमा सुकुम्बासी,नेपालीहरु आखिरी के नपुगेको हो खै ।

    Reply
  8. Rajesh says:
    July 30, 2013 at 8:28 am

    Thank you bringing fraud immigrations issues on discussion.At least these cases clearly shows these peoples have no love for the country.धेरै सस्तो बनाए नेपाली अश्मितालाई..lets do something friends, How about submitting link of this blog to respective authorities ?

    Reply
  9. Tenzing Gaba says:
    July 30, 2013 at 7:20 am

    शरणार्थी हुन् चाहने वा विदेश जान चाहने बन्धुहरुलाई मेरो टिप्स
    # जसले आफ्नै देशमा प्रगति गर्दैछ वा गर्न सक्छ, उनले बिदेशमा पनि प्रगति गर्छ
    # जसले आफ्नै देशमा पनि केहि लछार्न सकेका छैनन् तिनले बिदेशमा पनि केहि नाप्दैनन
    ——- त्येसैले विदेश तिर हाम फाल्नु अघि प्रगति कता गर्ने वा दुख कता पाउने आफै २ मिनट सोचौ ………………………….. जदौ !!!

    Reply
  10. योगेश आदी says:
    July 30, 2013 at 5:03 am

    रहर भन्दा कर ठुलो, सबैको रहर सुरक्षित भबिष्य र सहज बर्तमान न हो !

    Reply
  11. Bayan says:
    July 30, 2013 at 4:14 am

    यंहा टोरोन्टो, क्यानाडामा त १,००० डलर चार्ज गर्छन फेक स्टोरी लेखिदिएको/

    Reply
  12. kabiraj says:
    July 30, 2013 at 3:07 am

    मैले त युरोप मा कता हो, बोक्सीको आरोप लगाएर नेपालमा बस्नै दिएनन भनेर एकजना लक्का जवान भुसतिघ्रे पनि रेफ्युजी बनेरे भन्ने सुनेको छु.

    Reply
  13. aron says:
    July 30, 2013 at 12:27 am

    उमेश जी, कुरा निकालिहल्नुभायो, USA मा ग्रीनकार्ड आबेदन दिंदा भरिने form i485 मा एउटा प्रस्न छ
    6 . Have You Been A Member Of The Communist Or Any Other Totalitarian Party?
    येस्मा ‘YES ‘ लेखेमा ग्रीनकार्ड पाइन्न| अब तपाई र पाठक हरुलाई २ प्रस्न
    १. नेपालमा कम्युनिष्ट मा सक्रिय लागेका र हाल अमेरिका हुनेहरु कतिजनालाई चिन्नु हुन्छ?
    २. तपाई उनीहरुलाई के भन्नुहुन्छ? झुट? कपट? बदनाम? वा ‘White lies ? yellow lies ? ”
    कति ओबादी नेताहरु नै “माओबादी पिडित” भन्दै अमेरिका बस्दै छन्

    Reply
  14. Bidnod Marasini says:
    July 29, 2013 at 11:02 pm

    त्यहाँ त सामान्य नेपाली रहेछन तर येहा अमेरिका मा त पीएच.डी. गरेका ले पनि ASYLAM हालेर बसेका छन् गाठे.

    Reply
  15. Raj says:
    July 29, 2013 at 11:01 pm

    यहाँ हामी संगै बस्ने दुइ चार जना छन् अस्य्लुम गरेका !! कस्तो सान छ तिनी हरु को के के न गरे भने र ! तेस माथि US सरकार को कर पनि छल्ने अनि नेपाल को बारे मा नाना थरि कमेन्ट गरि राख्ने !! कुन दिन होमेलांड सेकुरिटी ले था पाए र सबै को बिजोग हुने हो !! त्यो दिन धरै टाडा छैन …. इमान्दारी काम गरौ नेपाली को इमेज नबिगारौ ….

    Reply
  16. kailash says:
    July 29, 2013 at 10:40 pm

    म चै सच्चा सरनार्थी हु है ! भुटानी सरनार्थी ! सरनार्थी लाई धेरै सुबिदा दिन्छ जस्तै !!

    १ .. खाने चामल सब्जी हरु किन्न सरकार ले दिएको ले पुग्छ !

    २ green card को की समस्या हुदैन १ वर्ष म हात लाग्छ !

    ३ घर म नानी हरु छन् भने घर भाडा तिर्दिहल्चा

    ४ बुडा बुडी लाई भत्ता पनि दिन्छ !

    अनि के सरनार्थी हु भन्दैनाथे त गाठे

    Reply
  17. नरेन्द्र says:
    July 29, 2013 at 10:14 pm

    अब साच्चिकै खोजेर हिड्ने हो भने यो असाइलम ट्राइ नगर्ने नेपाली संसारमा भेट्नै मुस्किल पर्छ।चाहे त्यो बिद्यार्थी बनेर आयको होस् चाहे त्यो घुम्ने बहानामा, झुटो बोल्ने त फटाहा नै भै हाले, तर राम्रो संग छानबिन नगरी खुरुक्क निबेदन सदर गर्दिन्छन अम्रिका युरोप तिरका सरकारले भने हाम्ले जति कराय नि केहि हुने वाला छैन।

    मलाइ रमाइलो के लाग्छ भने नि बाउ दाइ हरु जिल्ला तिर एमाले र अरु कम्निस्ट पार्टीका खाई लाग्दा नेता कहलियाका हुन्छन्-छन्। छोरा छोरि अमेरिका युरोप छ भन्दै गुड्डी हाक्छ्न तिनकै छोराछोरि दाजु भाइ समेत महान कांग्रेसी-राजाबादी बनेर केस गर्छन र पनि सजिलै एप्रुभ हुन्छन। छानबिन गर्ने राम्रो संग बुझ्ने काम त सम्बन्धित देशको हो नि हैन र? अब तिनलाई नै टाउको दुखाई छैन खुरु खुरु जसलाई पनि दिन्छन् भने हाम्ले किन टाउको दुखाउने बेकार मा।

    अर्को कुरा पत्रिकामा छापेका घटना र कथा पनि छ्यापछ्यापति भेटिन्छन त्यहाँ पत्रकार दोषी छन् पैसाको लोभमा जे पनि गर्नु भयन पत्रकार राज्यको चौथो अंग हु भन्ने हरुले। त्यो भन्दा महत्वपूर्ण कुरा त्यहि छापियको झुटो समाचार अंग्रेजीमा ट्रासलेट किताबखानाका सरकारी कर्मचारीले सझिलै गरि दिन्छन ति पनि दोषी छन्। (अझ अहिले त नोटरीले कति सझीलै गर्दिने होलान). ..त्यसैले सरल भाषामा भन्नु पर्दा त्यस्ता नक्कली कथाधारी धेरै छन, कहिँ कसो सक्कलीले नपायका समाचार पनि सुनिन्छ नक्कलीको कारण। जसले जति यहा कमेन्ट लेखेर फुइ लाय पनि यसरी झुटो बोलेर एकपटक ट्राइ नगर्ने नेपालि पाउन मुस्किल नै पर्ला चाहे त्यो अमेरिकामा होस् चाहे, युरोप, अस्ट्रेलियामा होस्।

    Reply
  18. Indra Dulal says:
    July 29, 2013 at 9:30 pm

    पीर गर्नु पर्देन झुट को खेति लामो समय सम चल्देंन इंडिया ले सीमा Bada गरेंको दिन थाहा होला बिदेशी हुनुको पिडा आमा बुबा मर्दा यक घुदको पानी आफ़ोनो सन्तानको हातको खान नपायर मरेको दिन यकॊलो santa ले दागबती नदिय्रर जल्नुको दिन सम्झनु त कस्तो हाम्रो आमा बुबाको मन आमा सन्तान आउला भनेर भनेर कुरेर बसेको हुन्छन तर छोरो को बाटो कुर्दा कुर्दा आफु अस्तयाको थाहा पाउदिनन

    हातको महेला सुनको थिला के गर्नु धन ले साग र सेसनु खायको बेस आमको हातले
    जय नेपाल

    Reply
  19. Jeevan Thapa says:
    July 29, 2013 at 9:11 pm

    मा संग शंकरदेव क्याम्पसमा पढेका २/४ जना थिए अलिअलि खर्च गरि डेनमार्क पढ्न गएका ..अहिले पढाई सड़ाई गोलिमार पोर्चुगलको राजधानी लिस्बन पुगेर सरणार्थी बनेका छन् … यस्ता त कतिहोलन जो जानी जानी अर्काको देशमा सरणार्थी बनिसकेका अनि बन्दै गरेका…

    Reply
  20. ayush says:
    July 29, 2013 at 8:06 pm

    Due to high rates or visa and immigration law voilations these countries treate every passport holder with suspition. We have pproblems securing visas for family trying to visit their loved one, genuine tourists and persons going to attend important meetings and confernces. Since few days the blogger has raised an important issue which noone ever dared to raise, reason is simple we all know one or more people doing or did the same. We appriciate your courage..now discuss the solution.

    Reply
  21. bibek dhakal says:
    July 29, 2013 at 6:13 pm

    यस्तै हो भने “सरणार्थी” उत्पादन गर्ने देशमा केहि बर्षमै अग्रस्थान मा आउन बेर छैन !
    के सिक्किमीकरण र भुटानीकरण को कुरा गर्नु, तिब्बत भन्दा पनि गएगुज्रेको स्थिति छ भन्ने पार्न लागिसके इ “asylum -maniac ” हरुले!!!

    Reply
  22. ram karki, uk says:
    July 29, 2013 at 6:12 pm

    यु के मा त्यस्ता नटवर लालहरु धेरै छिरेका रहेछन; बिराटनगरतिरका हरु र ललितपुर गोदावरीको एकजना घिमिरे थर को बाहुन पनि बेहाल भएर क्याम्पमा शरण लिएका भूटानी शरणार्थीहरुको कागज पत्र सस्तोमा किनेर म भुटानबाट लखेटिएको हून भन्दै बेल्जियम हुदै ट्रक मा लुकेर यु के छिरेका रहेछन, जिन्दगीमा भुटान नदेखेकाहरु अहिले ब्रिटिस भैसके | मान्नु पर्छ नेपालीहरुको छलकपट कला लाइ | यो शरणार्थी भन्ने कुरो ठुलो अन्तर्राष्ट्रिय बिजनेस भएको छ, किन कि यु एन बाट करोडौं सहयोग आउछ, शरणार्थी कम भएमा त्यो पैसा काम लाग्दैन, तेसैले पनि सम्बन्धित देशका शरणार्थी स्वीकार गर्ने हाकिमहरु आँखा चिम्लिने गर्दछन | दिल्लीमा आफ्नो कथा ब्यथा कसरि सुनाउने बिदेशमा भन्ने क्लास नै चल्दो रैछ | सबै कुरा रटाएर पठाएपछि शरणार्थी जस्तै dekhine गर्दा रैछन | कुनै दिन नेपालमा साँच्ची कै समस्या आएर सक्कली नेपालीहरु शरणार्थी भएर भाग्नु परे सबैलाई डुप्लिकेट शरणार्थी सम्झिने छ संसार ले | तेस्त हरु हिले यु के मा नेपालको राजनीति बारे भाषण गर्दै हिड्ने गर्छन, यस्तो अनैतिक कामको शायद कुनै उपचार छैन होला |

    Reply
    1. मणि says:
      July 30, 2013 at 3:06 am

      रामजी खतरा बिस्लेषण हान्नु भएछ!
      तपाईलाई धेरै कुरा थाहा रैछ| यस्तो भित्रि कुरो थाहा पाउन कि त आफैले तेस्तो काम गर्नु/गराउनु पर्यो कि त स्वम भुक्त-भोगी, नभए यस्तो सुसुचित हुने बारे पाउण्ड कमाउन छाडेर कसैले गरिरहने बेलायतका आप्रबासी संग समय हुन्न! तपैले बाहुन को कुरो गर्नु भयो नि त्यसलाई यहाँको सरकारी कानुन अनुसार सामाजिक भेदभाब मानिन्छ क्यारे| racism & descrimination को कुरो आप्रबासी भन्दा अरुलाई कमै थाहा हुन्छ किनकि यस्तो कुराले आप्रबासी नै पिडित छन्, कारण छालाको रंगले गर्दा, अब तपैले नेपाली पाराले caste को पनि कुरो ल्याइदिनु भयो!

      आर्को कुरा, तपैकै सब्दमा “यो शरणार्थी भन्ने कुरो ठुलो अन्तर्राष्ट्रिय बिजनेस भएको छ, किन कि यु एन बाट करोडौं सहयोग आउछ, शरणार्थी कम भएमा त्यो पैसा काम लाग्दैन, तेसैले पनि सम्बन्धित देशका शरणार्थी स्वीकार गर्ने हाकिमहरु आँखा चिम्लिने गर्दछन” – जब यिनीहरुनै ब्यापार मा छन् भने नेपाल जस्तो अविकसित मुलुकका नागरिकले जहाँ सस्तोमा खरिद गर्न पाइन्छ त्यहा त स्वाभाविक रुपमा जाने भए हैन त?

      युकेकालाइ बदमास देख्ने तपैका आखा के नेपालका सब्बै जना चोखा छन् त?

      मेरो आशय चाई, सायद हामी नेपालीलाइ शरणार्थी बन्नुपर्दा पक्कै पनि खुशी त लाग्दैन होला, तर मान्छेको आफ्नै बिबसता हुन्छ, सुख-सयल परिवार संग, चाडबाड, रमाइलो गरि बस्न कसलाई मन लाग्दैन होला र? हुनत म आफु शरणार्थी हैन तर बेलायतमै तेस्रो दर्जाको बेलायती नागरिक (१. बेलायती, २. युरोपेली) नै हुदा पनि मन त कटक्कै हुन्छ रामजी!

      Reply
      1. Ram, UK says:
        July 30, 2013 at 10:02 pm

        मणि जी, तपाइंको कमेन्ट पनि खतरा रैछ नि | बाहुन भन्दैमा racism हुदैन यहाँ नत्र किन खुलेका छन् छेत्री समाज, मंगर समाज, लिम्बू समाज, तमु धी समाज आदि ? बाहुन को पनि समाज छ यहा | सरकार ले सबै जाति लाइ छूट दिएको छ, मेरो प्रसंग घिमिरे भनेको बाहुन हो, छेत्री होइन भन्ने थियो ताकि केहि पाठक ले उनलाई चिनुन पनि भनेर | तपाईं निक्कै बाठो मान्छे हुनुहुदोरैछ र पक्कै पनि वाहुन नै होला पनि, त्यसैले नाक दुखेछ, नदुखोस पनि किन, बाजेहरूको नाकै लामो हुन्छ, ठोक्की हाल्छ, दुखि हाल्छ | यु के का नेपालीहरु बदमास होइनन, यहाँ त नेपालबाटै डुप्लिकेट रिफ्युजी भएर आएका बढे बढे बदमास सीधा भएका छन् | बरु फेरी नेपाल गए भने बदमास बन्लान, धन्न तपाईं त्यो वर्गमा पर्नु हुन्न रैछ, ल ठिकै भयो | यो ब्लगमा रिफ्युजी हुनलाई जति पनि खर्च गर्न सक्ने, जे जस्तो अनैतिक उपाय लाउने, यस्तो विकृतिको कुरा उठाइएको छ, र त्यसको समर्थन म गर्दछु र आफुले थाहा पाएको कुरा भनेको हूँ | विदेश गएर सुख सयल गर्न लिगल्ली गए पो शान हुन्छ, नेपालकै बद्नाम ( रिफ्युजी पठाउने देश बनाएर) गराएर हुन्छ? भुटान नै नदेखेको नेपाली कसरि भुटानी रिफ्युजी भयो यु के र युरोप मा, त्यो हो मूल कुरा | धन्यबाद |

        Reply
  23. Bhiman says:
    July 29, 2013 at 5:57 pm

    यहाँ हंगकंगमा यहाको सरकारले नेपालीलाई दिदि बहिनीहरुलाई डोमेस्टिक हेल्परमा लिइएको थियो तेही होनी वीसा अवधि सकिएपछि अथवा cantract सकिएपछि तेही शरणार्थी धेरैले अप्लाईगरेपछि येहा नेपाली मेड लाई निषेध गरिएको छ जुन खाडी भन्दा राम्रो र सुरक्छित् थियो अझै पनि दिदि बहिनीहरु आउनत आउनुहुन्छ तर आइसी पास पोर्ट बोकेर आउनुहुन्छ अहिले बंगलादेशी मेड लै परिच्छेनको रुपमा लिएको छ हाम्रो दिदि बहिनीले पनिबंगलादेसी पास पोर्ट लिएर हंग कंग्मा काम गरे अचम्म नमाने हुन्छा

    Reply
  24. bishal chandra shrestha says:
    July 29, 2013 at 5:31 pm

    म त पोर्तुगल लै युरोप को नेपाल भन्छु यो देस भन्दा त हाम्रो देस मा नै धेरै अवसर हरु छन् ……..

    Reply
  25. न्हुनागु says:
    July 29, 2013 at 5:31 pm

    जर्मनी मा पनि थुप्रो छ नाम ढाट्ने देस ढाट्ने ९० % | को हि राजा बादी? कोहि मावोबादी? कोहि भुटानी | अझ्झ गजबको कुरा त नेपाली कांगेसको बिदेसको भात्रीसंस्था जन सम्पर्क समितिका धेरै जसो कार्यकारी हरु मावोबादी कार्यकर्ता भएर शरणार्थी गरेर कागज पाउने छन् बडा लोकतन्त्रका हिमायत हरु लाज पचेका

    Reply
  26. Tenzing Gaba says:
    July 29, 2013 at 5:25 pm

    केहि केहि बर्ष अगाडी सम्म हंककंग जान नेपाली नागरिकलाई visa चाहिदैन्थ्यो (भन्नाले जो कोही नेपालीलाई airport मा on arrival ३ महिनाको visa दिन्थ्यो) तर आज भोलि नेपालीहरुलाई सबै प्रकारको visa मा रोक लगाइएकोछ,
    कारण …. “नेपाली शरणार्थी अत्याधिक ब्रिद्दि भएको”
    मैले पनि धेरै नेपाली शरणार्थीहरु देखेको-भेटेको छु तर धरोधर्म आज सम्म १ जना पनि पक्का शरणार्थी चाही भेटेको छैन /
    ————————————————-
    कोही हंगकंगवासी नेपालीले देख्नु भएको छ सच्चा नेपाली शरणार्थी ?
    साच्चैको पीडित शरणार्थी कोही हुनु हुन्छ भने म हर सम्भब सहयोग गर्न तयार छु /

    Reply
    1. Jiwan Rai says:
      July 30, 2013 at 2:09 am

      हंगकंगको के कुरा पक्षिम जर्मनमा बस्नको लागि तिन महिना भिसा लिनु पर्दैन थियो.अमेरिकामा वालुंग,मुस्ताङ्ग,मनाङ्ग,मुगु,डोल्पो,ग्यल्सुम्दा आदि इत्यादिहरु नेपालको बद्नाम गरेर तिब्बती भएर कागज लिएको पनि देखिएको छ/

      Reply
    2. madan bajracharya says:
      July 31, 2013 at 5:16 am

      तेञ्जिङ्ग ज्यु
      नेपालीलाई ३ महिना होइन १ महिना/ त्यो पनि पर्यटक भिसामा आयर यक महिना हंगकंगमा काम गरेको नक्कली आयश्रोतको कागज बनायर १५ किलो सुन र १५० किलो चांदी हंगकंग बात नेपाल( देखाउन मात्रै नेपाल) लग्न थाले पछि बन्द गरे/

      ३ महिना कमन वेल्थ्को सदस्य देसहरु अर्थात् पहिला ब्रिटिस देसको उपनिबेस बनेका देशरु जस्तै भारत पाकिस्तान बन्गालादेस्का नागरिकहरुलाई ओन आरिब्हल बिमानस्थलमा ३ महिना भिसा दिन्थ्यो जुन आज पनि दिन्छ/

      Reply
  27. Kazi says:
    July 29, 2013 at 5:22 pm

    आफ्नै ज्वाईं अमेरिका को ST LOUIS मा सरनाथी बनेर बसिरको छ/ नेपाल भने उसको श्री सम्पति र सम्भ्रान्त परिवार का/ अमेरिका मा सरनाथी को लागि कति अन्तर्वाता दिए गनेर सद्द्दे छैन / हुने खाने मान्छे को त यो ताल छ न हुने को के ताल होला? एउटा उखान याद आयो ” जेठो मामा को त भंग्र को धोति कान्छो मामा को के गति ????

    Reply
  28. सोल्टी says:
    July 29, 2013 at 5:18 pm

    केहि नेपालीले म समलिंगी ( गे ) हू देशमा बस्न देनन भनेर शरणाथि बनेका छन् कतिले त कागजी समलिंगी बिहे पनि गर्या छन !!

    Reply
    1. Pabitra shah says:
      July 31, 2013 at 7:43 am

      नेपाली नेता को बोलि नै भारती नेता को बोलि जस्तो लवज आए पछि सरनार्थी नेपाली विदेश मा नबढ्ने पनि कसरि जुन राजधानी मा बसेर नेताहरु मोज गरेर खानेपानि बिजुली नभए पनि
      मसला दार हरुको निमन्त्रण मा विदेश सयेर गर्ने देश मा केहि समस्या हल नगरें कु संस्कार राजनीति गर्ने / उधोग धन्दा नाखोलिकं घर जग्गा बनउनेमा बैंक को लगानी बडाउने विदेश बाट कुहे समान नचाहिन गाडी आयात गर्ने आफ्नो देशको कारखान केहि पनि खोल्न नदिने अनि
      विदेश मा गएर हाम्रो देश को मान्छे लाइ रोजगार को अवसर मिलैदिनु भनेर मिलाउन जाने
      येही कु सन् साकार ले नेपालीहरु विदेशमा सरनार्थी बढेको हो /

      Reply
  29. Rita says:
    July 29, 2013 at 5:17 pm

    However bad it looks to the eyes of a foreighner , Nepal‘s my country … and even though it has loadshedding (no electricity) for 14 hrs a day in some months of year, even though maoist are ruling the country … i donot think it’s unlivable and politically that unstable that you have to file for asylum here in usa. As In the above case every green card holder that i met above got theirs from filing Asylum..and that just broke my pride.

    Nepal is not politically as bad as it was during the maoist revolution, there is no ongoing war …and people don’t have to potray it in worst light than it really is. I am not anti immigration, i am not against nepalese getting greencards… i will probably apply for it in few years via my employer…it’s just the ” unnatural” way people are getting it throbs my head. i give you this couple who i met in the gathering as an example…

    A couple close to my age ,began talking to me.. i inquired about their home and families, schooling back in in Nepal, and they inquired about mine. when the conversation lenghtened and the closeness developed they told me if i could find them some work as they recently got their greencard and could work legally now.I congratulated them ..and they proudly told me they filed an asylum and then got their greencard…. they inquired if i had one..and when i said no..they told me to follow their path and file on the basis of asylum. What the heck??? They even told me if i ever need a good story writer , i should contact them… story????? and what the heck is a story????

    As i later came to know “story ” is something that makes the immigration officer feel –you are being prosecuted in your country and you are not safe .Their stories must be strong i thought, because before they told me about their asylum story, they had told me they were from kathmandu, had parents who were in high government post and earning well, with 2 houses in the city and self funded american and indian education… and yet they filed for asylum… they were wealty enough for nepal and they had no political affiliations whatsoever … yet they sold their so called ” story” of being affiliated to a political party and being targeted by a ” maoist” government. They sure had some convincing power.

    This incident had my head throbbing.I am not against asylum..i am not against greencard…but I definitely am against fake asylees. why not give asylum to those who really deserve it . As more and more nepalese are filing for asylum here , american embassy back in nepal is being more strict to giving visitor visa. parent’s dont get visa to come to their children’s graduation these days..because there is a suspision that once they are here they too will file for an asylum.

    These Asylum seekers are making up stories that are fake and the real deserving ones are being questioned harder.The negative image of Nepal and it’s people are spreading. It Just hurts my dam pride.
    http://crazycutiepie.wordpress.com/2012/04/01/fake-nepalese-asylum-seekers-and-nepalese-gatherings/

    Reply
  30. Gopal Niure says:
    July 29, 2013 at 4:52 pm

    नेपाल का धेरै उपनाम छन् “सगरमाथा को देश” “बुद्द को देश ” “सीता को देश ” “हिन्दु राष्ट्र” “बहादुर हरु को देश ” र आरु पनि ………………. तर आहिले सारै नराम्रो परम्परा बसेको छ नेपाल मा युरोप को कार्ड बनाउदा बेत्तिकै के केनै हुन्छ भन्ने ! एसले नेपालको अन्तरास्ट्रिय छबि मा नराम्रो धक्का पुगेको छ ! छिटै नेपाल सरकार को तर्फबाट केहि strong पाइला चलाएर नक्कली शरणार्थीको यो drama बन्द नगर्ने हो भने नेपाल को छिटै आर्को उपनाम बन्ने sure छ ! त्यो हो ” शरणार्थीको देश” !

    त्यो पनि नक्कली !!!!

    Reply
  31. Sidhdanta Bikram says:
    July 29, 2013 at 3:49 pm

    बिद्यार्थी भिसामा स्वीडेन छिरेको थिए| बिदाको बेला राजधानी स्टकहोल्म काम गर्न भनेर हिडियो| धेरै भेटिए नेपालीहरु त्यहा| बिद्यार्थी त अत्ति नै कम रैछन, हातका औलामा गन्न सकिने बाकि सबै शरणार्थी| सुरु सुरु मा त तेती धेरै कुरा थाह थिएन| पछी पछी बस्दै गर्दा थाह हुदै गयो| एक दिन एक जना शरणार्थी मित्रले मलाई एउटा काम गरिदिन भने| काम थियो उनको निबेदन अंग्रेजीमा लेखिदिनु पर्ने| मैले पनि ठिकै छ भने| निबेदन लेख्ने क्रम मा उनले यहाँ को अध्यागमन विभागलाई सुनाएको कथा पनि सुन्न पाइयो| बाबु आमा लै माओवादीले मारेका रे, बैनी बालात्क्रित| संगै दिए दुइ अखबार का पन्ना का फोटोकपी पनि| पूर्व का मान्छे उनि, तर बाउ आमा चै रुकुम का परेछन| बैनी पनि रुकुम नै घर भएकी| के हो यो भनेर सोधे| उनको बाबु आमा संग स्काएप मा कुरा गरेको मैले सधै जसो देखेको थिए| छोरो युरोप मा छ भनेर गर्ब गर्ने बाबु आमा जिउदै नेपाल मा छन्| बहिनि छैन रैछें तर एउटी दिदि को बिहे भएको रहेछ| भान्जा भान्जी लाइ कैले कहिँ पठाउन सामान किनिरहेको देख्छु| युरोप को पीआर को लोभ त मा बुझ्छु| तर तेती सम्म गिरेर आफ्नो कथा सुनाउन कसैले सक्ला भन्ने सोचेको पनि थियिन| केहि समय त मलाई नेपाली हु भन्न नि लाज लाग्न थाल्यो| यहाको समाजले देखेका अधिकांस नेपालीहरु को अवस्था एती गए गुज्रेको बनाएर सुनिएको छ कि सयाद नेपाल रक्तपिपासु र बलात्कारी को देश हो| त्यहाँ राम्रा मान्छे बस्न सक्दै सक्दैनन्|

    यो त मैले सबै भन्दा पहिले सुनेको कथा भएको भएर राम्रो संग याद छ| अरु यस्ता धेरै कथा सुनियो जसले देशको बदनाम मात्रै गरेका छन्| अझै नेपाल एस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर ठुलो कुरा पनि उनीहरु नै गर्छन| नेता ले देश बिगारे रे, ठिक छ नेताले त देश को सम्पत्ति खाएर बसे तर यी शरणार्थी ले त देश को अश्मिता बेचेका छन्| धेरै सस्तो बनाए नेपाली अश्मितालाई|

    Reply
  32. Biraj Subedi, Fougeres, France. says:
    July 29, 2013 at 3:10 pm

    लाखौँ खर्च गरेर शरणार्थी, यो सत्य हो मैले पनि धेरै मान्छे चिनेको छु जो अनेक बहानामा युरोप छिरेका छन्, कोहि दलाल मार्फत त कोहि बिधार्थी बनी/ तेस्पछि शरणार्थीको केस गर्छन/ होइन तेत्रो पैसा खर्च गरेर अहिलेको परिस्थितिमा युरोपमा हुनेवाला केहि छैन, किनकि म येहांको सिमाना पुलिसको लागि पनि काम गर्छु ( as a translator ) मैले बंगाली, पाकिस्तानी, र केहि नेपालीको लागि पनि काम गरे/ सबै नक्कली, लाखौ खर्च गरेर आएका, कोहि त जग्गा बेचेर आएका/ ये भगवान अहिले धेरै गारो छ केस गर्न अनि जित्न पनि, येदि कोइ आउदै हुनुहुन्छ भने कृपया राम्ररी सोच्नुहोला बिसेस गरि म France को बारेमा भन्दै छु : पहिला भाषाको समस्या, अनि तपाइको केसको फैसला हुन २/३ वर्ष लाग्छ ….काम पाउनु भनेको तेस्तै हो

    Reply
    1. Jiwan Rai says:
      July 29, 2013 at 5:32 pm

      युरोपको के कुरा गर्ने,अमेरिकामा माओबादी पिडित बनेर नक्कली कागज पेश गरेर ग्रीन कार्ड लिने नेपाली कति छन कति.नेपाली र इण्डियन वकिलहरुले सिकाएर अव त् खैरेहरुले पनि नक्कली काम गर्ने भएका छन्, अमेरिकी होम्लैंड सेकुरिटीले पूर्ण रुपमा छानविन गरेको खण्डमा नक्कली माओबादी पिडितहरुको दुर्दशा हुने छ/बेल्जियममा माओबादीहरु नै माओबादी पिडित भएर कागज लिने अनि फेरी माओबादी भएर हिंड्ने गरेको सुन्दा अचम्भ लाग्छ/धेरै बर्ष पहिला यो नेपालीहरु अति सोझा,इमान्दार,कहलिएका थिए अव ठिक उल्टा भएछ/

      Reply
    2. प्रेम (Dubai) says:
      July 30, 2013 at 10:50 am

      तिनै सरनार्थी हरु अहिले (NRN ) भएका होलान अनि गुमेको नागरिकता फेरि पाउनु पर्छ भनेर अनेक बहाना गर्दै सरकार समू हात फैलाएका एदी सरनार्थी भएका छन् भने तिनी हरु लै नागरिकता त के नेपाल सम्म छिर्न दिन हुदैन मेरो विचारमा साथीहरुलाइ क लाग्छ

      Reply
      1. nidhi says:
        July 30, 2013 at 10:19 pm

        ठिक हो. देश छोडेर हिडेका हरु तेहा जे जस्तो कम गरेका भए पनि नागरिकता र मताधिकार त दिनै हुदैन. उता नागरिकता छोदुं त. अझ कतिले त नेपाल को कानून बिपरित नेपाली नागरिकता त्याग नगरी सम्पति पनि जोडेका छन्. घर को भाडा उठाउन पनि औछां. लाज पचेका हरु. कहिले बिजुली मा लगानी कहिले के मा भन्छन उहा भने दशैं को बेला पारेर नेपाल सरकार सग पैसा मागेर भेला गर्छन. यिनैले पनि देश को बेइज्जति गर्न सिकाका

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme