आर्थिक र भौतिक विकासका लागि विश्वकै मोडेल मानिएको अमेरिकाले यही जुलाई ४ मा ३३७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। केही अपवाद बाहेक विश्वभरका देश र जनताले अमेरिकी पूँजिवादी अर्थतन्त्र, बहुलवादी समाज र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरालाई पछ्याएका छन्, अमेरिकी संस्कृतिको ग्लोबलाइजेसनलाई स्वागत गरेकै छन्। ‘मोडेल’ र ‘लिडर’ भएपनि अमरिकी समाज र अर्थतन्त्र दोषमुक्त भने छैन। यहाँ… Continue reading
Category: पाहुनाको पालो
ठगीलाई वैधानिकता दिने सरकार
-विष्णु पोखरेल- काकाकुल काठमार्डौ उपत्याकामा व्यवसायीको नामधारी अत्याचारीले चारदिन खानेपानी आपूर्ति ठप्प पारेर आन्दोलन गरे। उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित ट्याङ्कर, बोतल र जार उत्पादकले पानी आपूर्ति रोकेर उपभोक्तालाई सास्ती दिए। त्यसको असर घर, डेरा, होटल, होस्टलदेखि अस्पतालमा समेत पर्न थालेपछि सरकारले आइतबार पानी उत्पादकका सबै माग पुरा गर्ने सम्झौता गऱ्यो। सम्झौतापत्रमा हस्ताक्षर भइनसक्दै सहरभरी पानीको… Continue reading
नगरपालिकाको काम चैँ के ?
-अमर पन्थी कमल/नेपालगञ्ज- नेपालगञ्ज! यहाँको ट्राफिक अत्यन्तै व्यस्त ,माइक्रो बस, टेम्पो, रिक्सा, साइकल, ठेला र घोडा, टाँगा साघुरो बाँटो पलपलमा दुर्घटनाको डर……. अझ छाडा वस्तुहरु गाइ, घोडा र गधाले सडकको बीचमा ट्राफिक आइल्यान्ड नै बनाएका हुन्छन्। सँधै जस्तै शुक्रबार बिहान मोटरसाइकलमा अफिस आउँदै थिएँ। नेपालगञ्ज बि.पी.चोक नजिकै ब्यस्त सडकको बीचमा बडेमानको साँढे मरेर आकाशतिर खुट्टा… Continue reading
एक जमानामा यसरी हुन्थ्यो ट्रंकल
अहिले देशका जुनसुकै भागमा कल गर्न पनि सामान्य ल्यान्डलाइनबाट फोन गरे हुन्छ। एसटिडी (सब्सक्राइबर्स ट्रंक डायल) सुविधा अब आवश्यक छैन। अझ ल्यान्डलाइन पनि किन चाहियो, हातहातमा हुने मोबाइलबाट गरे भयो। तर एक जमाना थियो, जतिबेला ट्रकंल गर्न निकै गाह्रो थियो। टेलिकमको कार्यालयमा गएर फर्म भरेर ट्रंकल गर्न कुरेर बस्नुपर्थ्यो। त्यही बेलाको एउटा रमाइलो अनुभव नीलकण्ठ… Continue reading
टेलिकम कम्पनीले चाहे बाढीपीडितलाई क्षणभरमै करोडौँ सहयोग उठाइदिन सक्छन्
-विरोध कट्टेल- यतिबेला देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले थुप्रै मानिसहरुको उठिबास भइरहेको छ। कसैको घर बाढीले बगाएको छ त कसैको पहिरोले पुरिदिएको छ। कतिले आफ्नो आफन्त गुमाउनु परेको छ त कतिले खुल्ला आकासमुनि रात बिताउनु पर्ने बाध्यता परिरहेको छ। यस्तो अबस्थामा देशबासीका नाताले अथवा मानवताको नाताले एक ठाँउको दुखलाई अर्को ठाँउका जनताले महसुस गर्न सक्नु… Continue reading
हजुरबाको लभलेटर
-सुरेश ‘समान’- प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे… Continue reading
एनआरएनहरूको आँखा स्विस सम्मेलनमा
पंचम अधिकारी गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन, आइसीसी) को आगामी अक्टोबर १९ र २० मा काठमाडौंमा हुने छैटौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा यही सप्ताहन्त स्वीजरल्यान्डको ज्यूरिचमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) को ‘छैटौँ युरोपियन मिटिङ् तथा युरोपियन महिला कन्फरेन्स’ ले सबैको ध्यान खिँचेको छ । काठमाडौंमा हुने छैठौं विश्व सम्मेलनले नयाँ केन्द्रीय नेतृत्वको… Continue reading
यज्ञनिधि र पुरस्कार
डा. लेखनाथ काफ्ले ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि… Continue reading
दुर्घटना कुरेको ?
-अनिता श्रेष्ठ- यो माथिको फोटो पाटनको कुपन्डोलस्थित ढुकुटी ह्यान्डीक्राफ्ट पसल नजिकैको हो। यो ढल्न तम्तयार भएको बिजुलीको खम्बा मेरो घर अगाडि पर्छ। केही अघिमात्रै म आफै गएर पुल्चोकस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा गएर त्यहाँका म्यानेजरलाई फोटो देखाएरै उजुरी दर्ता गराएँ। हरेक दिन मलाई कन्ट्र्याक्टर आज आउँछ भनेर सुनाइन्छ। तर कहिल्यै त्यो धरापमा परेको खम्बा हटाइँदैन।… Continue reading
कथा: मोडहरु
-गौतम “उदय”- एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई ! सांगठानिक सम्बन्ध बाहेक आमातिर न बाउतिर कतै कुनै नाता साइनोले छुँदैन उनको र मेरो। राजनीतिक आस्था भने अझसम्म दुई… Continue reading
खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु
-गोकुल ढकाल/ लस एन्जलस- समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ, जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र बदलाभावले जन्मने गरेका छन्, संस्थाहरू । नेपालमा स्थापना भएका अन्दाजी १४५ पार्टीहरूको स्थापनाको वास्तविक अर्थ पनि रहर, टकराव र पद गुमेका वा छाडेकाहरूको स्वार्थपूर्तिका खातिर खोलिएका उदाहरणहरू कसैका सामु… Continue reading
‘फेल’ हुनुभो? ल बधाई छ!
सुरेश ‘समान’ ‘सुरेशले आलु खाए,’ ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा दिदीले आमालाई सुनाइ। ‘अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।’ आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। म ‘फेल’ भएँको थिएँ। आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो… Continue reading
न्युयोर्कमा नेपाली हाट भर्दा
-सशांक लामा- एक हप्ता अगाडिनै मेरा गाउंले मित्र छाङ्वा लामाले जुन महिनाको ९ तारिख आईतवार, न्युयोर्कस्थित ज्याक्शन हाइटमा खानपान गर्नेगरी निमन्त्रणा गरेका थिए।९ तारिखको दिउंसो सम्म मेरो गाउंलेको अत्तो पत्तो थिएन।ज्याक्शन हाइटस्थित कमला गौचन कहाँ खाना खाइने भैइयो भनेर सुरिएर बसेको थिएँ। न्युयोर्कको कार्य ब्यस्तताले गर्दा उनले भुलेछ क्यार! खैर ठिकै छ्! भनेर म मध्यानहतिर… Continue reading
ज्ञानेन्द्रको गणतन्त्र भ्रमण
जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभा २०६४ जसै बिना उपलब्धी स्वतः विघटन भई समाप्त भयो, त्यसले स्थापित गर्न खोजेका परिवर्तनहरुमाथि पनि प्रश्न चिन्ह लागेको छ। जनआन्दोलनलाई संस्थागत गर्ने मुलुकको अन्तरिम संविधान २०६३ अद्यापि मृत भैसकेको त छैन, तर यो आफैंमा बेकम्मा बनाइदैछ, दिनदिनै त्यसकै संस्थापक रुाजनीतिक दलहरुबाट। जनताको सार्वभौमअधिकार प्रयोग गर्ने संविधानसभाले देशलाई… Continue reading
बेलायती शिक्षाले पढाएको पाठः सोह्र दुना आठ
विमल थापा बेलायती साम्राज्यवादको नयाँ शैलीको रुपमा आएको विश्वमा आफ्नो सम्प्रभूत्व कायम राख्ने र सधैझैं आफूलाई मात्रै संसारको राजनैतीक र आर्थिक शक्तिकेन्द्र बनाईराख्ने कुटिल चाल स्वरुप थापिएको टायर फोर नामको भिषा नीतीको बल्छीमा परेर उनीहरुकै साल सन् २००९ को अन्ततिर बेलायती साम्राज्यको भौगोलिक केन्द्र र आर्थिक राजधानी र अझै उनीहरुकै शब्दमा भन्दा विश्व प्रवेश गर्ने… Continue reading
कस्तो ‘व्यवस्थित’ एडु फेयर, धत्!
-सन्तोष चौरेल- ५ महिनाजति अघि साझा प्रकाशनले गरेको बुक एक्सपो जाँदा लागेको थियो- कति अव्यवस्थित गरेको होला छि, मान्छेले किताब कुल्चेर हिँड्दा पनि वास्ता छैन। आज नेपाल एजुकेसन एन्ड बुक फेयर गएँ भृकुटी मण्डपमा। अहिले लाग्दैछ यो व्यवस्थित भनाउँदो एक्सपो भन्दा त साझाले आयोजना गरेको एक्सपो नै राम्रो थियो। मैले यस्तो किन भन्दैछु भने यो… Continue reading
मोबाइलको तितो सत्य
-भेषराज कनेल- आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरिब नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा “निषेध” गर्दछ। मानो गरिबलाई फोन नै चाहिँदैन, त्यसकारण उनीहरु प्रति उसको कुनै दायित्व नै छैन! गरिब नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकमभन्दा ७७ % बढी महसूल लिएर।… Continue reading
लोकमान्य गणतन्त्र–जिन्दावाद?!
जानेर, बुझेर होस् वा स्वतस्फूर्त वा लहैलहैमा लागेर, वा कर्फ्यूभित्रको पनि कडा र नरम कर्फ्यू फर्माउने तत्कालिन गृहमन्त्री कमल थापाको उर्दी पालनाका क्रममा निसास्सिएर उकुसमुकुस भएका जनताको अपार समूह सडकमा थियो। अनि तत्कालिन गृहमन्त्री थापाकाजीसँगै थिए लोकमानसिंह कार्की मुख्य सचिवका रुपमा। २ दर्जनबढी निहत्था जनताको रगतसँग साटिएर जनआन्दोलन २०६२/०६३ को जगमा २०६५ जेठमा ६०१ को… Continue reading
बुद्ध कसरी नवौँ अवतार ?
-मधुसूदन आचार्य, क्यानडा- बुद्ध, हिन्दु धर्मावलम्बीहरुका लागि नवौं अवतार हुन। बुद्ध धर्माबलम्बीहरुका लागि एकमात्र देवता। अन्य मार्गीहरु वा सबैका लागि एक शान्तिका दूत, शान्तिका पुजारी, अहिंसाका पथप्रदर्शक, जीवजन्तु तथा वातावरणका संरक्षक। त्यस्तै, बुद्ध विपश्यना ध्यानका अन्वेषक। नेपालका एक महामानव, नेपालीहरुका गौरवका व्यक्तित्व, नेपालका राष्ट्र विभूती। सबै विश्वकालागि एक महान् व्यक्तित्व, महापुरुष। बुद्ध हिन्दु परिवारमा जन्मिनु… Continue reading
कस्ता निर्दयी चालक पनि हुँदा रैछन् छि !
–हरिराम पौडेल– कतिपय अवस्थामा प्रत्यक्षदर्शी हुनु पनि दुःखदायी क्षण बन्दोरहेछ। देश दर्शन र अन्य संस्थाले आयोजना गरेको नेत्र शिविर सकाएर शनिबार अपराह्न भक्तपुरबाट मित्र उत्तम भट्टराईसँगै मोटरसाइकलमा फर्कँदै थियौँ। उत्तम जी कोटेश्वरमा झरेर अर्को माइक्रोमा चढ्नु भो। म बानेश्वर हुँदै फर्कँदै थिएँ। कान्तिपुर पब्लिकेशनको ठीक सामुन्ने आइपुग्दा एउटा पल्सर मोटरसाइकल डिभाइडरको तारमा अल्झिन पुग्यो र… Continue reading