डेढ वर्ष जतिअघि राजधानी काठमाडौँमा एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। उनको सुसाइड नोटमा लेखिएको थियो- ‘६ लाखको ढुकुटी खेलेको थिएँ। ढुकुटी समूहका सदस्यले व्याज र पैसा नफर्काउँदा ऋणमा डुबेँ। साथीहरू किस्ता बुझाउँदैनन्। माग्न गयो, पछि दिन्छु भन्छन्, व्याज तिर्दातिर्दा हैरान भइसकेँ, अब मर्नुको विकल्प छैन।’ राजधानीका प्रहरी चौकीहरुमा दिनहुँजसो ढुकुटीबाट ठगिएको उजुरी पर्छ। कलाकारहरु समेत ढुकुटीमा डुबेको खबर आएका छन्। नेपालीहरुले यो ‘म-हान्’ कला नेपालमा मात्र सीमित राखेका छैनन्। बेल्जियमबाट माइसंसारका एक पाठकले त्यहाँ पनि नेपाली बस्ने धेरै ठाउँमा ढुकुटी खेलाइने गरेको धेरै नेपाली ठगिएको उल्लेख गरेका छन्। त्यहाँको प्रहरी अहिले नेपालीबहुल क्षेत्रमा निगरानी बढाइरहेको छ। हेर्नुस् बेल्जियमका ढुकुटीको जालोबारे ‘निश्चल’को ब्लग-
-निश्चल/बेल्जियम-
‘आदणीय बेल्जियमका साथीहरु, मेरो ढुकुटीको पैसा १५ दिनभित्र मलाई टोटल हिसाब नदिएमा सबै कागज तयार बनाएको छु। मैले मेहनत गरेर कमाएको पैसा हो। अहिले नाम र संगठनको नाम खुलाएको छैन। आफै बुझेर आफ्नो घर परिवारको इज्जत राखेर मेरो पैसा दिनु नभए तिमीहरुलाई पुलिस लिएर समात्न नपरोस। नर्मल नसोच्नु, भगवान कसम संसार भरका सारा पत्रिकामा दिन्छु। त्यसपछि के गर्ने जानेको छु, अहिले यति मात्र। जसले मलाई चिठी काटेका छौ, तिमी साथीले बुझ्दा हुन्छ, मेरो पैसाको साक्षी पनि तयार बनाएको छु। बेल्जियमका मित्रहरुले बुझ्दा हुन्छ’
बेल्जियम निवासी हरि थापा मगर (परिवर्तित नाम)ले सामाजिक संजालमा लेखेको अंश हो यो। उनका अनुसार समयमै रकम दिने भनेर ढुकुटी खेलाइएपनि उनले त्यो रकम समयमै पाएनन्। बरु किस्ताबन्दी गरेर लिनु पर्ने अवस्था आयो। सञ्चालकले नै आफूलाई धोका दिएका उनको गुनासो रहेको छ।
थापा एक प्रतिनिधि पात्र मात्र हुन्, उनी जस्ता दुःख पाउने थुप्रै नेपालीहरु बेल्जियममा छन्। बेल्जियममा ढुकुटीबाटै आफनो सर्वस्व गुमाउने नेपालीहरु पनि प्रशस्तै छन्। ढुकुटी खेलाएर जायजेथा गुमाएका गुरुङ थरका एक ब्यक्ति अहिले समस्याको जालोमा फँसेका छन्। ढुकुटीको रकम नतिरेको भन्दै नेपालीहरुले नै गएर प्रहरीसमक्ष उजुरी दिएका थिए। उजुरीपछि केसलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। यही घटनाका कारण अहिले बेल्जियमका सबै सहरहरुमा ढुकुटी खेल्ने, खेलाउनेहरुमाथि कडा निगरानी पनि गरिएको स्रोतले बताएको छ।
ढुकुटी खेल्दा रकम खाने व्यक्तिले समयमा नतिर्ने गर्दा पनि संचालकहरु समेत धरापमा पर्ने गरेका छन्। नेपालीविरुद्ध नेपालीहरुले नै बेल्जियम प्रशासनमा उजुरी दिएपछि यहाँको प्रशासन सतर्क भएको छ। बेल्जियम प्रहरी यसबाट अनभिज्ञ छैन। स्थानीय ल्युभेन प्रहरीले यसबारे विस्तृत छानबिन गर्दै गरेको त्यहाँका स्थानीय नेपालीहरु बताँछन्। अधिकांश नेपाली बसोवास गर्ने शहरहरु ब्रुज, आन्तोरपेन र ल्युभेनमा केही नेपालीहरु यस्तो काममा संलग्न छन्।
बेल्जियममा विशेषतः सामाजिक संस्थाहरु मगर समाज, शेर्पा समाज, ब्यबसायी संघ, तमु समाज, बाग्लुङ समाज,एभरेस्ट नेपाली समाज,किराँत समाज, चितवन सहायता कोष, नवलपरासी समाजले विगत लामो समयदेखि ढुकुटी खेलाउँदै आएको स्रोत बताउँछ। बेल्जियममा सामाजिक संस्थाहरु पूर्णतः सामाजिक काममा लाग्नुपर्ने नियम छ। ढुकुटी खेलाउनु बेल्जियम कानुन अनुसार पूर्णतया अवैधानिक हो।
‘नेपालीहरु घर किन्ने, ब्यवसाय गर्ने काममा ढुकुटीको रकम प्रयोग गर्ने गर्छन्’- नाम नलेख्ने सर्तमा एक ढुकुटी सञ्चालकले भने, यहाँ सामाजिक संस्थालगायत व्यक्तिले पनि खेलाउने गरेका छन्। मासिक २ हजारदेखि ६० हजार युरोसम्मको रकममा खेलाउने गरेका छन्।’ उनका अनुसार खाने व्यक्तिले नेपालको तुलनामा दोब्बर छाडेर खाने गरेका छन्।
यहाँ यसरी खाइन्छ ढुकुटी
खेल्ने ब्यक्तिहरु १२ देखि १५ वा २० जनासम्म हुन्छन्। ७५ सयको ढुकुटी १५ महिनाको छ भने सुरुमा खानेले नै लगभग २ देखि ३ हजार रुपैया छोडेर खाने गर्दछन्। त्यस्तै गरेर १८ हजारको १८ महिने छ भने सुरुमा खानेले ५ देखि ७ हजारसम्म छाडेर खाने गरेका छन्। यसले राजनीतिमा नेपालभन्दा अगाडि रहेको बेल्जियमका प्रवासी नेपालीहरु ढुकुटीमा पनि नेपालभन्दा अगाडि नै रहेको प्रष्ट हुन्छ।
सामाजिक हितको लागि भनी खोलिएका संस्थाहरु यसरी ढुकुटी खेलाउने कार्यमा संलग्न छन्। पछिल्ला वर्षहरुमा बेल्जियमका नेपालीहरु ढुकुटी काण्डमा निकै फँसेका छन्। यहाँ नेपाली समाजका अगुवाहरु नै ढुकुटी खेल्ने र खेलाउने गरिरहेका छन्।
बेल्जियममा नेपाली बाहुल्यता रहेको सबैजसो क्षेत्रमा ढुकुटी खेलाउने गरिन्छ। ढुकुटीको रकम मासिक १ सय रुपैयाँदेखि लिएर १५ सय रुपैयाँसम्म हुन्छ। खेल्ने १० देखि १५/२० जनासम्म हुन्छन्। धेरैको पेशा पनि बनेको छ यो खेल। एक जनाले १ देखि ९ वटासम्म ढुकुटी खेलाउने गरेका छन्।
बेल्जियमको कानुनअनुसार यसरी आर्थिक लेनदेन गर्नु गैरकानुनी हो। उनीहरुलाई कैद र जरिवाना समेत हुनसक्ने कानुनी प्रावधान रहेको छ।
यस्तै हो यो ढुकुटी भन्ने चीज । अस्तिमात्र हातमा हतकडी लगाएकी लोक गायिका र्सिजना बिरही थापाले हातमा रातो स्वटेरले हतकडी छेकेर आफन्तसँग कुरा गर्न आएकी थिईन , हनुमान ढोकाको भेटघाट कक्षमा । पैसाले रुवाउनु रुवाएको छ हो यो दुनियामा । जति पैसा भयो त्यति महत्वकांक्षा जति महत्वकांक्षा भयो त्यति मान्छेमा के गरौ र कसो गरौंको हुटहुटी चल्छ जस्तो लाग्छ ।
अर्काको पैसा खाएर अनेक बहाना बनाउने लाई छोढ्नु हुन्न /
यो खोइ …! यो ढुकुटी भन्ने कुरा, कानुन ले कसैलाई पनि कानुनि दायरामा ल्याउदैन उल्टै
झन् बिकराल रुम लीइराखेको देखिन्छ फेरी खेलाउने वालाले पनि खेल्न नचाहाने लाई
पनि जबर्जस्ती बाध्य पारेर खेलाउने अनि पनि सबै फस्ने …..यो रोकिने जस्तो छैन भेन अर्को तर्फ बैंक तथा फ़्याइन्यान्स कम्पनि हरुको पनि आफूखुशी मनोपली छ ..यसले गर्दा . जसरि भय पनि सोझा जनता …मर्का मा …..!!!!!
ढिकुटी किन नखेल्ने :
१. कुनै सदस्य लाई भबितब्य पर्यो भने पैसा डुबो भने भयो
२. सदस्य बेइमान भयो भने सिद्दियो
३. छदा छदै को मित्र शत्रु होला है !
४. profit को तुलनामा risk अति धेरै, बरु तमसुक बनाएर interest कमौनूस
५. नदुखेको टाउको बेकारमा दुखला है
६. खेलाउने मान्छे ले बेइमान गरेर तपाइलाई profit गर्न नदिने chance एकदम बढी छ है मित्र
ढुकुटी एमाले छाप कम्युनिस्टहरुको बर्गीय ब्यबसाय हो भनेको सुनेको छु हो होइन पाठकहरुले भनि दिनु पर्यो!
http://youtu.be/jQhYMyqx-Vo?t=1m35s
जमाना खराब छ मित्र हो, होस् गरौँ है !
सम्पति भन्ने कुरै तेस्तै हो, दाजु भाईमा त अंश बन्डामा काटाकाट मारामार गरेको हामीले सुने देखी छौ भने अरु झन् साथि भाइको नाताको कुरा के भो र ! जति नै भद्र देखिए पनि लोभी पापी मन पैसा देखेसी उही हो | तेसैले बरु ढिलै होस् आफ्नो कमाई बैंकमा खुरु खुरु राख्ने बानि बसालौ | लास्टमा कुरा उस्तै हो | अनि न त केहि झन्जट, न कसै संग बेकारमा नराम्रो हुनु पर्ने | म आफै कहिले पनि खेलेको छैन तर धेरै येस्ता लफडाहरु देखेको सुनेको छु |तेसैले ढुकुटी खेल्नेहरुलाई सुझाब मात्रै |
द्गुकुती आफै मा नराम्रो होइन यो खेल्ने र खेलाउने सदस्य हरु को नियत मा भर पर्छ ब्यापारी हरु जसको मासिक आम्दानी हुन्छा थोरै जम्मा गरेर धेरै पाउन आलो पालो गरि सबै को ठुलो कम चल्छ तर एस्लाई आम्दानी नहुने आम्दानी भन्दा धेरै खेल्ने खेलाउने ले गर्दा समस्या आएको हो.
हरे नेपालीको बुद्धि ! एक पैसाको उत्पादनमुलक दिमाग छैन, ढुकुटी खेल्ने संग संस्था खोल्ने ……. 🙂
सबै ठाउमा यो प्रथा चल्ने भो तर राम्रोसंग उपयोग गरियो भने त तेती नराम्रो नि होइन नि हुन त ………. तर सबैजना आफै सत्रक हुनुहोस है साथी ! ब्याजको लोभ- लालचा मा नलाग्नुहोस नि !
होईन है ढुकुटीले धरै नेपालीहरु सुकुटी भईसकेका छन् । गोल्ड क्वेस्ट, लाईफ भिजन, युनिटी, ग्रिन टी, अरु खोई के हो के? धेरै नेपालीहरुलाई डुबाई सकेको छ । यो ढुकुटीले पनि धेरैलाई डुबाएको यस्तो छ । यस्ता खालको खेलमा नलाग्नु नै बुद्धिमानी हुनेछ ।
जय नेपाल, जय नेपाली
जब मलाई मेरो दिदीले बेल्जियमबाट आज फोन गरेर; “भाइ, मेरो त झन् ढुकुटीमा १ लाख १६ हजार युरो डुबेको छ / के गर्ने ? कसलाई भन्ने ? हामी त ठुलो टेन्सनमा छौं” भनेर सुनाउदा छानाबाट खसे जस्तै भए !! बर्बाद पारेछ यो ढुकुटीले…
लोभले लाभ लाभले बिलाप भनेको यही हो, साथीहरु यो कुरा जानी जानी पनि फसिरहेका हुन्छन त्यही भएर यो मामलामा ढुकुटी खेलौनेलाई मात्र दोष लगाउनु हुन्दैन …ढुकुटी खेल्ने ले नै समयमा किस्ता नतिरिदिनाले नै यस्तो समस्या पर्ने गरेको हो !!!
नखेल्नु जुवा, ढुकुटी र तास
धनको नास जीवनको बनबास ..|
मुर्ख देखि दैब डराउन भनेको येइ हो | कि जुवा खेलून यो ढुकुटी त पछि आफ्नै पैसा एक्कै चोटी आउने मात्र त हो नि अनि येस्मा न ठगे ठगहरुले केबाट कमाउने नि | बरु महिनौ/हप्तै पछि आफ्नो पैसा आफैले जम्मा गरे भएन र ! फेरी नि भन्छु, मुर्ख देखि दैब डराउन!
अमेरिका मा पनि धेरै जना ढुकुटी खेलेका छन् भन्ने सुनेको छु / कुन दिन लाइन लगाएर पक्रन बेर छैन नेपाली हरुलाई !
हो मेरो आफ्नै दाई पनि खेलेको छ … भनेको सुन्दैन कुन दिन धोति न टोपी को हुन्छ … दुख गरि गरि जोगाएको अलि अलि नि कसले खाइदिने हुन् !!!
यो बोलजियममा मात्र होईन, अमेरीकामा पनि यस्तै दुर्दशा भएको कुराहरु सुनिन्छ। नेपालीहरुको लागी ढुकुटी र मेरीज संस्कृति नै भसकेको छ। यस्ता कुराहरुलाई निरुत्साहित गनुॅ पछॅ र क़ानूनी रुपमा कारवाही गनॅु पछॅ।
बास्तबमा ढ्कुटि नराम्रो चै होइन , सामाजिक बचत प्रणालि हो यो जसले केहि अनाबस्यक खर्च कटौती गरेर बचत गरि जीवनको खाश नभई नहुने कुरामा खर्च गर्न सक्छन सदस्यहरुले ! जस्तै ; स्वास्थ्य उपचार, घडेरी , छरा छोरीको पढाई , ब्यापार उद्ध्यम आदि आदि … तर सदस्य छनौट या कस्ता ब्यक्ती ले ब्यबस्थापन गर्ने हुन् को हेक्का भने हुनु पर्दछ /
खेल्ने खेलाउने को औकात ;
यो सब भन्दा महत्वो पूर्ण हो , उसको आम्दानिका स्रोत कस्तो छ ,उसले त्यो पैसा समयमा तिर्न सक्छ सक्दैन र उसको हालको आर्थिक गतीबिधि चलायमान कस्तो छ बुझ्नु पर्छ ,यो कुरा श्रीमती उमेर पुगेका छोराछोरी संग पनि राय सलाह लिनु उपुक्त हुन्छ /
सब भन्दा ठुलो अर्को कुरा बिस्वास हो, बिस्वास संगत ले चिन्नेहो त्यसैले बिस्वासिला सदस्य हुनु पर्दछ/
समाजमा नियत सफा भाका मान्छे कमै हुन्छन त्यो ब्यबहारले जान्ने हो – नियती बुझेर खेल्ने खेलाउने तय गर्नु पर्दछ /
भनिन्छ – अशल मान्छेको ब्यबहारमा दुई वोटा कुरा सफा हुनु पर्दछ जसमा प्रथम पिसाब र दोस्रो हिसाब याने ट्रांस्परेसी ! यो खाल राख्ने मान्छे जीबन मा कहिल्यै न त तल पर्छ नत घोटाला नै पर्छ..
आज भोली एक अर्कालाई सिध्याउछु भन्दै ढिकुटि खेले पछि त्यस्तै हुन्छ , बेल्जियम को पारा पनि त्यहि हो , ढिकुटि खायर थोत्रा घर किन्छन – पसल थाप्छन बिना अनुभब / गाडी किन्छन , छोरा छोरी पढाउने सबै रीन मा … ! मान्छे एक पटक रीन फसे पछी कहिलेइ उभो लाग्दैन समाजमा सधै निउरे मुन्टो हो ! अनि … अर्को कुरा बेल्जियम मा बस्ने हरु आबेस मा आयर काम गर्छन – उधाहरण नेपाल हाउसमा चन्दा आबेसमा बोले तिरेबेल्लामा सेन्ट डेका छैनन् …
खान त कुकुरले पनि खान्छ तर नछोड्नु देस छाडे पछि सान , इमान्दार शुखामय जीबन , उच्च बिचार ,सहयोग को भाबना चै हुनु पर्ने हो …
बेल्जियममा त कुनै नेपाली कारणबस पुलिस चौकी पुग्यो भने तिमीहरुको आफ्नै बैक हुन्छ है दाकुती नामको भन्छ अरे । बेल्जियमका नेपालीले त गर्नु बेइज्जत गर्छन् ।
हरि थापा मगर जी को हालत र गुनासो सुन्दा दुख त अवास्ये नै लाग्यो. तर उहा ले बुझ्नु पर्ने अर्को कुरा पनि के छ भने, “बेल्जियमको कानुनअनुसार यसरी आर्थिक लेनदेन गर्नु गैरकानुनी हो। उनीहरुलाई कैद र जरिवाना समेत हुनसक्ने कानुनी प्रावधान रहेको छ।”
अब आयो खाटी कुरा, उहा स्वयेम पनि लेनदेन गरे बापत देन गर्ने गैर कानुनि काम मा सम्बन्ध हुनु भएको रहेछ. तेसैले उहा ले पनि ध्यान दिनु पर्ने आवस्येकता छ यहाँ. फेरी पुलिस को फन्दा मा उहा पनि सारिक हुन् सक्ने स्थिति रहेछ. कतै “आफ्नो खुट्टा मा आफै बन्चरो हान” नहोस. एउटा दुख परेको नेपालि लाइ सुझाब मात्र.
बेल्जियममा पनि नाम राख्ने भए हाम्रा ढुकुटी प्रेमी दाजुभाइले ….नेपालको ढुकुटी यहाका नेताले बेल्जियमको ढुकुटी त्याका नाम मात्रको ठुला नेताहरुले ….
ढुकुटी त हामी पनि खेल्छौ यहाँ डेनमार्कमा, तर कुनै फाइदाको लागि होइन. महिना को १ दिन यसो जमघट पनि हुने अनि एक अर्काको समस्या पनि समाधान हुने. जहाँ फाइदा सोचिंछा त्यहाँ कहिँ न कहिँ बेइमानी हुन सक्छ….
यो नेपाली ले जहाँ गएनी सङ्ग्लो खोज छ भन्थे, हो रहेछ /
संग्लो खोजे, खोले, आफैलाई बाँधे, अब हेर बिजोग /
इमान्दारिता हुने हो त ढुकुटीले साथीभाई बीच समय-समयमा भेटघाट गर्ने अनि एकापसमा सम्बन्ध मजबूत पार्ने काम गर्छ । तर यसको सीमा हुनुपर्छ; जीवनको सारा कमाइ नै सकाउने हिसाबले सञ्चालन गर्नु हुन्न । होइन अनेक तरीकाले कर्जा लिएर बैंक नै डुबाउनेहरू त छन् यहाँ; ढुकुटी डुबाउनु के ठुलो कुरा हो !
चाबहिल को घटना हो ! त्यहा पनि ढुकुटी खेल्थे छिमेकि हरु मिलेर ! नियम अनुशार सबै चिने जाने को अनि घर वाला नै थिए. तेही टोल मा एउटा दोकाने लाई पनि राखेको थियो जो चाही डेरा मा बस्थियो ढुकुटी मा. त्यो दोकाने सरैइ मिलान्षर र भलाद्मी खालको जस्तो लागेको थियो मलाई पनि त्यहि भएर ऊ पनि सामेल थियो. पछि ३ no मा उसको पालो आयो
साथी ले त दोकान छोडेर रात रात सुई कच्चा ठोकेचा! सबै हेरेको हेरे !
जम्मा ४० लाख लिएर गयो भन्ने सुनिन मा आयो त्यहाँ को पिडित ले भनेको . रकम पनि ३ no मा झ्याप गर्न २ लाख छोडेको रईछ !
लाटो खेल्छ एक बल्द्यांग बाठो खेल्छ दश बल्द्यांग त्यसै भनेको हो त ?…………? क्षणिक लोभमा नफसौं चेतना भया .
मलाई अचम्म लाग्ने कुरो के हो भने किन हामी नेपालीहरु मिहिनेत, श्रमबिना पैसा कमाउनेतिर साह्रै लोभिन्छौं?
अब केही समयमा स्पेन मा पनी यो समस्या सुरु हुने वाला छ.
बार्सिलोना, भालेन्सिया र क्यानेरिया तिर थुप्रेकालेहरुले सुरु गरेका छैनन् र एस्तो शुभ कार्य ? छैनन भने पोर्चुगल र बेल्जियमबाट सल्लाहाकार मगाउने सल्लाह दिनु परो ति मित्रहरुलाई .
स्पेनका भूपू एनआरएन अधक्ष त्यही ढुकुटीको पैसा झ्वाम पारेर बार्सिलोनाबाट बेल्जियम टाप हानेका हैनन र?
“अरुको धन र अरुको श्रीमती माथि आखा लगाउनेको कहिले पनि भलो हुदैन”………जदौ !!!
लोभ को लाभ,लाभ को बिलाप पो भएछ/छिट्टो कमाऊ धन्दा हो यो ढुकुटी भन्ने मन्त्र/
यो त बाठाहरुले खेल्ने जुवा जस्तो ढुकुटी पो रहेछ !! आफुले नि खेलेको छु भन्न त मिलेन; त्यसैले यहाँ खेल्ने ढुकुटी त जति-जति पैसा राख्यो त्यति-त्यति नै पाउने हो,छोड्ने-खाने, कम-बढी पाउने भन्ने हुदैन / गोला प्रथाबाट पालो पहिल्यै तोकिएको हुन्छ / जमघट, रमाइलो जस्तो मात्र हो / यसलाई उनीहरुले लाटो ढुकुटी भन्दा रहेछन !!
यो ढुकुटी को जालो Nepal Belgium मात्र होइन यहाँ Australia मा पनि उस्तै छ
तर यहाँ बाहिर पुलिस सम्म गको थाहा छैन
नेपालीको नेपालीपन कहीं गए पनि मर्न हुँदैन|
लागेको रोग बिदेसी श्यामपु ले धोएर कहाँ जान्छ । ठगेर खान पल्केको मान्छे जहाँ गएर पनि ठग्छ ।
यो सरासर Bogus Dividend मात्र हो । आफ्नो पैसा आँफैले पाउने भए पछी किन ढुकुटी नै खेल्नु पर्यो । बरु विश्वासिलो बैंकमा बचत गरेको भए हुन्थियो नि । बेकारमा साथी इष्टमित्र गुमाउन मात्र, यस्तो ठगी काम जस्तो कृयाकलाप किन गर्नु पर्यो नेपालीहरुलाई ?
काठमाडौँ बाट सुरु भको ढिकुटी बेल्जियम पुगेछ है || सामाजिक संस्थाहरुको नाममा खुलेआम ठगि हुन थालेछ| यीनीहरु लाई पिडितहरु ले पुलिस केश गरेर नेपाल डिपोट गराउनु पर्छ||
बिर नेपाली की जाली नेपाली..||
ओहो
आज माइसंसार मा माथि ढुकुटी तल सुकुटी | ल अब आज माछाको सुकुटी झोल न खाइ न हुने भो |
जहाँ प्रचुर नेपाली छन् त्याहाँ नानाभांतीका संगठन र ढुकुटी खेल नभए त मज्जै हुँदैन नि / अझ बेल्जियम त् प्रचुर मात्रामा नेपाली भाको ठाउँ, यो त देखिएको मात्रै हो नदेखिएका काण्ड बितण्डको त हिसाब नै छैन होला / बेल्जियमबासी नेपालीहरु पशुपतीनाथले रक्षा गरुन /
नेपाली को शरीर मा एक जोडी ढुकुटी क्रोमोजोम पनि हुन्छ कि क्या हो 🙂
क्या गजब को प्रस्न !
यो ठुकुती भने संग्लो कस्ने बहाना हो /
हैन खल्तीमा हात राखेर धनि बन्ने चाहना हो |