Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बर्ड फ्लु र कुखुरा व्यवसायीको नैतिकता

Posted on July 30, 2013 by mysansar

-सुरेन्द्र कार्की-

कान्तिपुरमा ‘मरेका कुखुरा जताततै’ यो समाचार पढेपछि मलाई यो बिषयमा छलफल गर्न आवस्यक हो कि जस्तो लागेर माई संसारको ब्लगमा लेख्ने जमर्को गरेको छु| भक्तपुरमा बर्ड फ्लु लागेर मरेका कुखुराहरु जथाभावी फालिएको र बचेखुचेका संक्रमित कुखुराहरु चाहिँ बजारमा मासुको रुपमा बेच्न लगिएको समाचारमा उल्लेख छ। हेर्नुस त कस्तो हिम्मत गरेको होला उक्त व्यवसायीले। के उसले बर्ड फ्लु लागेका कुखुरा जथाभावी फालेपनी र बजारमा बेचेपनी अरुलाई असर गर्छ भन्ने जानकारी नभएर येसो गरेको होला त ? मलाई चाहिँ विश्वास लाग्दैन। आजकल सामान्य मानिसले पनि बर्ड फ्लु लागेको कुखुरा बाट मानिसलाई यो रोग सर्न सक्छ है भन्ने थाहा पाइसकेको बेलामा कुखुरा पालक, अझ तेस्मा पनि ठुलो व्यवसायीहरुलाई त यो कुरा थाहा नहुने भन्ने सवाल नै उठ्दैन। हाम्रो देशको सरकार कमजोर छ, जे गरे पनि खासै कारबाही हुन्न भन्ने मानसिकताले काम गरेको हो कि भन्ने लाग्छा मलाई त।


यस्तो संबेदनसिल बिषयमा अलिकति पनि कस्तो मानवीयताको ख्याल नआएको होला। भोलि त्यसरी जथाभावी फालेको मरेका कुखुरा चलाएर वा संक्रमित कुखुरा खाएर केटाकेटी वा ठुलै मानिस पनि बिरामी परे वा मृत्यु भएमा तेस्को जिम्मेवारी कसले लिने ? त्यसरी बोरा का बोरा मरेका कुखुरा बाहिर फालिदिदा वरिपरि त गनाउने नै भयो। त्यस संगसंगै चराचुरुंगी, कुकुर, स्याल जस्ता जनावरले टाढा सम्म पनि मरेका कुखुरा हरुलाई फैलाउन सक्ने हुदा नया नया ठाउँ मा समेत यो रोग फैलिन सक्ने हुन्छ। त्यसबाट हुने जनधनको नोक्सानको जिम्मेवारी कसले लिने ?

सरकार पनि कम दोषी चाहिँ छैन ?

बर्ड फ्लु लागेपछि व्यवसायीहरुले सकभर सरकारले थाहा नपाए हुन्थ्यो जस्तो गर्छन। यसका पछाडी निम्न कारण हरु छन्:

१. बर्ड फ्लु लागेका कुखुरा मार्दा सरकारले दिने क्षतिपूर्ति सारै कम छ। बजारमा कुखुराको मूल्य भन्दा आधानै कम छ। जस्तो कि अहिले सरकारले बर्ड फ्लु घोषणा गरेर कुखुरा मार्यो भने चार हप्ता माथिको ब्रोइलर वा अन्डा दिने कुखुराको रु १३० मात्र दिन्छ जबकि बजारमा बेच्न पायो भने ब्रोइलरकै मूल्य रु ३०० को हाराहारीमा हुन्छ। अन्डा दिने कुखुरा मार्न पर्यो भने त झन् किसानहरुलाई ठुलै घाटा लाग्छ। तेसैले सकभर उनीहरु बर्ड फ्लु रोग लुकाउन चाहन्छन।

२ कुखुरा पाल्दा किसान को निकै लगानी परेको हुन्छ तर तेस्को सुरक्षाको लागि बीमा गर्ने व्यवस्था कुखुरा ब्यबसायमा अझै सुरु भएको छैन। जसको कारण आफ्नो ब्यबसाय चौपट होला भनेर उनीहरु चुपचाप बस्न खोज्छन। जनताको स्वास्थको कसलाई नै पो मतलब छ र यहाँ ?

तर के बर्ड फ्लु लुकाउन त्यति सजिलो छ त ?

कम संक्रामक खालको बर्ड फ्लु लाग्दा केहि हद सम्म यो रोग घुप्चुप राख्न सकिएला तर उच्च संक्रामक खालको बर्ड फ्लु लाग्दा धेरै कुखुराहरु एकैपटक मर्ने हुदा लुकाउन तेती सजिलो हुन्न। जसले गर्दा रोग को कारण थप कुखुरा नमरुन भनेर बिरामी कुखुराहरु पनि व्यवसायीहरुले (सबैले यसो नगर्न सक्छन) बजारमा पठाई दिन्छन। यो ठुलो आत्मघाती कदम हो। यसले गर्दा एकातिर रोग भुस को आगो जस्तै फैलिरहेको हुन्छ भने अर्को तिर उपभोक्ताको स्वास्थ जोखिममा परेको हुन्छ।

सरकारले के गर्नु पर्यो त ?

१. पहिला कुखुरा फर्मको बर्गिकरण गरि सानो र ठुलो छुट्टायुने। यदि साना फर्ममा बर्ड फ्लुको कारण ले कुखुरा मार्न परेमा क्षतिपूर्ति बजार मुल्यको वरिपरि दिनुपर्छ।

२ ठुला कुखुरा फर्म हरुलाई अनिवार्य बीमा गराउनु पर्ने कानुनी व्यवस्था गराउने र यदि रोग लागेमा बीमा बाट उनीहरुले क्षतिपूर्ति पाहुने व्यवस्था मिलाउने। यति दुइ व्यवस्था मिलाउन सकेमा किसानहरुले आफ्नो फर्ममा रोग को शंका लागेमा रोग लुकाउनको साटो सरकारलाई छिटो खबर गरिदिने सम्भावना धेरै हुन्छ।

३ अर्को कुरा रोग नियन्त्रण गर्ने सरकारी प्रक्रिया छिटो गर्नुपर्यो। अहिले को प्रसासनिक प्रक्रिया अनुसार रोग संक्रमित क्षेत्र घोसना गर्न सरकार कैयन दिन लगाउछ। तेतिन्जेल त रोग कहाँ पुग्छ कहाँ। अनि रोगले मर्ने कुखुरा मरेर सकिएपछि जस्तो बल्ल सरकार त्यहाँ रोग नियन्त्रण गर्न पुग्छ जसको धेरै महत्व हुन्न। जनताको आँखा मा छारो हाल्ने काम मात्र हुन्छ। यसलाई सुधार गर्नु पर्यो।

जादाजादै,

बर्ड फ्लु बाट बच्न उपभोक्ताले के गर्ने ?

१ कुखुराको मासु पूर्ण रुप मा पकाएर मात्र खाने

२ फोहोर र संकास्पद मासु पसल बाट मासु खरिद नगर्ने

३ कुखुरा चलाएपछि र मासु काटे पछि साबुन पानी वा खरानी पानी ले हात धुने

४ आफ्नो टोल छिमेकमा कतै मरेका पन्छीहरु देखेमा नजिकको भेटनरीमा खबर गरिदिने

कार्की Texas A&M University मा अध्ययनरत छन्।

14 thoughts on “बर्ड फ्लु र कुखुरा व्यवसायीको नैतिकता”

  1. ramesh says:
    August 2, 2013 at 7:24 pm

    यसमा नैतिकता को कुरा नै छैन ,रोग लागेको कुखुरा बजारमा लागेर बच्नु र अरुको ज्यान जोखिममा पार्नु जघन्य अपराध हो कारबाहि गर्न नसक्नु सरकारको कमजोरी हो

    Reply
  2. Chhewang Dorji Sherpa says:
    August 2, 2013 at 2:59 am

    यो बर्डफ्लु रोग चाही सिंह दरबारका भाले पोथिहतिहरुलाई किन नलागेको होला??

    Reply
  3. robin says:
    July 31, 2013 at 6:54 pm

    कसैले यहा कुखुरा ब्यबसायी हरु को sindicate सिन्डिकेट को कुरा पनि ल्याई दिनु भए हुन्थ्यो | बिस्व कै महँगो कुखुरा को मासु खान्छौ नेपाली ले | चाइना बाट अमेरिका सम्म पुग्दा नेपाल भन्दा सस्तो मा पाइन्छ कुखुरा को मासु | सरकार संग ज्यादती रुप ले बर्ड फ्लु बाट पनि फाइदा लुट्ने मास्टर प्लान त हैन?

    Reply
  4. Dr.Kedar Karki says:
    July 31, 2013 at 11:51 am

    संक्रमणकाल मा हुने येस्तै कुखुरपलक hatcharjharu बढी जान्ने भए पछि येस्तै हुन्छा घर घर कुखुरा को बथान फिरेंते वेटको बिगबिगी अनि सबै बिज्ञ भए पछि हुने भनेको येही हो.तिज सम्म काठमाडौँ तिर मान्शु को खपत पनि हुदैन. chitwontir bird flu आउने दिदैनो भन्थे सबै ठाउँमा बिज्ञ वेतेरिनारियन आबद्ध भएकाले.खोप त के भन्ने गोप्य राखौं यो कुरा.

    Reply
  5. s-raj says:
    July 30, 2013 at 9:29 pm

    खै, मान्छे को सुरक्षा को Guarantee नभाको देश मा कुखुरा को INSURANCE आचार संहिता कसले पालना तथा लागु गर्ने हो.. होइन मेहेनत गरेर, पसिना बगायर, खान खनी पैसा गनेर किन्नु पर्दा पनि स्वस्थ मासु खान नपाउनु यो त् सरासर घोर अन्याय भय र?

    Reply
  6. pemdorje pakhrin tamang says:
    July 30, 2013 at 5:38 pm

    यस्तो व्यापारीलाई सरकार बाट पनि गल्ति गरेको पाएको खण्डमा हदै सम्मको सजाय दिनु पर्छ ताकी दोस्रो पल्ट यस्तो नगरुन | मानब स्यस्थ्यमा ख्यालवार्ड गर्ने नेपालि ब्यापारी बयाब्सयी सबै नियम कानुनको अनुभूति दिनु पर्छ तर त्यो भन्दा अगाडी देशको सबै नेता गुण्ड चोर हो जब सम्म त्यो तह लागदैन तब सम्म नेपाल मा सुनमा फलाम पनि मिसउछ सोझो जनता सिधै मारिरहेको हुने छ |

    Reply
  7. Sisir says:
    July 30, 2013 at 3:51 pm

    नेपाल आत्मा निर्भर भएको मानिएको कुखुराको मासु र अन्डा उत्पादन क्षेत्रमा पचासौ अरबौको लगानी भैसकेको छ .. एस्तो राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान भएको ब्यबसायको उत्थानको लागि राज्यले कुनै नीति तर्जुमा गरेको देखिन्न, र एसको प्रतक्ष्य असर कुखुरा पालक किसनलाई परेको छ ..
    यो ब्यबसाय अत्यन्त जोखिम पूर्ण छ र धेरै पलायन पनि भएका छन् .. यो ब्यबसायको मुख्य समस्या भनेको रोगबाट कुखुरा बचाउनु नै हो.. एउटा कुखुरा संक्रमित हुदा त्यहाँ पालिएको अरु हजारौ कुखुरा र दाना पनि संक्रमित हुन समयनै लाग्दैन र किसानको बिचल्ली हुन्छ, कति पएको त उठिबास नै हुन्छ ..एउटा हुर्केको कुखुरा संक्रमित हुदा राज्यले दिने क्ष्यतिपुर्ति भनेको चल्लाको मोल मात्र हो र यो अस्थाई ब्यबस्ता मात्र हो , यो रकम पौने सरकारी प्रक्रिया आफैमा झन्जटिलो छ .. एशो हुनाले कति पए ब्यबसायीले गलत बाटो अबलम्बन गरि तेस्त कुखुरा रातारात बिक्रि गर्ने गर्छन जुन सरासर अनैतिक कार्य हो ..
    एसको सबै भन्दा सजिलो निदान भनेको राज्यले अनिबार्य बिमा नीति लागु गर्ने र राज्यको तर्फ़बाट पिडित किसानलाई गर्न सक्ने जति सहयोग गर्ने नै हो ..
    अर्को ठुलो समस्या भनेको ह्याचरी(चल्ला उत्पादक) , दाना उत्पादक र कुखुरा/ अन्डा को किनबेच गर्ने बिचौलियाको सिन्डिकेट पनि हो .. किसानको उत्पादनमा यिनीहरुको पूर्ण नियन्त्रण छ , जोखिम मोल्ने किशान तर सदै नाफामा हुने यिनीहरु मात्र हुन् ..महिने पिछे सुनिने बर्ड फ्लु लगाएतका समस्या समयमै सम्बोधन नगर्ने हो भने कुखुरा पालन ब्यबसाय चौपट हुने इस्थितिमा पुगी सकेको छ .. यो ब्यबसायमा ३० – ४० हजार भन्दा बडी किसानको लगानी र १-२ लाखको संख्यामा रोजगारी पनि छ .. एसको सम्बर्दन र प्रबर्दन गर्ने जिम्मा राज्यको पनि हो ..

    Reply
  8. पुष्प says:
    July 30, 2013 at 3:46 pm

    हरेक कुरा सरकारकै थाप्लामा थोपर्नुले समस्या झन् बल्झिन्छ; क्षतिपूर्तिभन्दा पनि बीमाको अनिवार्य व्यवस्था हुनुपर्छ कृषिक्षेत्रमा । यसबारे काम पनि शुरु भइसकेको छ क्यारे ।

    Reply
  9. डिल्ली says:
    July 30, 2013 at 3:02 pm

    लेख समय सापेक्ष छ । हाम्रो देशमा विमा प्रणाली कम्जोर छ । यसले समेट्नु पर्ने धेरै कुरा छन् । विमालाई अनिवार्य बनाउन सके कुखुरा पालक किसानहरूले राहत पाउन सक्लान् तर यो पनि नियतमा भर पर्छ । विमा पनि मनमोजीरुपमा चलिरहेको हुन्छ । धेरैले पाउनु पर्ने रकम विमा कम्पनीहरूले नदिएको गुनासा पनि छन् । त्यसैले विमा कडाइ साथ लागू हुन बलमिच्याइँ प्रबृत्ति अन्त्य नगरी गाह्रो पनि होला ।

    सरकारले राहत दिन त सक्ला तर बजार भाउ अनुसारको राहत दिने हो भने बजार मूल्य अनुगमन कस्ले गर्ने ? यो पनि कमाइ खाने भाँडोको रुपमा विकास नहुने कुरै हुँदैन जबसम्म कृषक र कर्मचारीमा खराब नियत कायम रहन्छ । मुल्य नियन्त्रण नगर्ने हो भने बढेको मुल्य किसान र ब्यापारीले लिने घाटा पर्दा सरकारले व्यहोर्ने हो भने उपभोक्ताले चाही के पाउने नि ? पूरै मोल तिर्ने हो भने कुखुरा पालक मात्र त के हरेक किसानलाई मात्र त के उपभोक्तालाई पनि उस्ले समान दायित्वमा राख्न सक्नु पर्छ । दुर्गमको भोकमरी र बाटा घाटा त निर्माण गर्न नसकिरहेको सरकारले हरेक घटना उपघटनामा खर्च गर्दै जाने हो भने विकास के ले गर्ने ? अर्को तर्फ क्षति पूर्ति दिने कार्यले गर्दा हरेक निर्माणकार्यहरू रोकेर फाइदा लिने संस्कृति कै बिकास भएको छ । त्यसैले यो उपयुक्त उपाय हुने कुरामा सङ्काछ । भोली बिक्रि हुन नसकेको कुखुरा पनि सडकमा तेर्स्याएर माग्ने चलन नवस्ला भन्ने नै छैन । जवसम्म नियमनकारी निकाय, नियत, र उच्च नियमन प्रणालीको विकास गरिदैन तवसम्म ठगि खाने भाँडो हुन्छ सरकारी ढुकुटी ।

    Reply
  10. subarna says:
    July 30, 2013 at 3:01 pm

    1. के वर्डफ्लु भन्ने चिज नेपालमा के साह्रो पपुलर भाको?
    2. वर्डफ्लु कति जना मानिसलाई लागे? वर्डफ्लु त कुखुराको खोरमा काम गर्ने मानिसलाई पहिला सर्छ हैन र कतिजना विरामी परे त? कति जना मरेत?
    3. वर्डफ्लु लागेको फर्मा वर्डफ्लु नियन्त्रण गर्न जानेहरू टाउको देखि पैताला सम्म ढाकेर, माक्स लागाएर जान्छन तर रमिता हर्न आउने रमितेहरू सुरक्षा विना नै रमित हेर्न पुग्छन के ति रमितेलाई वर्डफ्लु सर्दैनर?
    4. आज भन्दा ¾ वर्ष पहिले मनोहराको सुकुम्बसी टोलमा वर्डफ्लु पहिचान गर्न बेलायतमा कुखुराको सेम्पल पठाएपछी मात्र वर्डफ्लु पहिचान हुन्थियो तर आजकाल त 2/4 सय कुखुरा मर्ने वितिकै सिधै वर्डफ्लुको संज्ञा दिइन्छ। के कुखुरा वर्डफ्लु लागेरमात्रै मर्छनर? कुखुरामा 20 वटा भन्दा धेरै रोगहरू छन जुन रोग लागेपछि खोरका सबै कुखुराहरू मर्दछन। जस्तो कि रानीखेत, गम्बारो…….
    रानीखेतको पहिचान भारतको रानीखेत भन्ने ठाउँमा भएको थियो जसको कारणबाट पुरै रानीखेतका कुखुराहरू सखाप भएको थियो। गम्बारो रोग लागेको 8/9 घण्टा भित्र नियन्त्रण गर्न सकिएन भने खोरका कुखुराहरू सबै मर्न सक्छन।
    रानीखेत र गम्बारो रोगको भ्याक्सिन नक्कली पर्यो की? यसको पहिचान कसले गर्ने? सरकारले त औषधी मगाएवापतको कर त मजाले कसेरै लिन्छ नि।
    5. वर्डफ्लु त जोडो महिनामा साइवेरिया वाट घुम्न आउने चराहरूले गरेको आचीँ, आचीँमा भएको किटाणुहरूको सम्सर्गबाट सर्ने होइन र?
    6. यो झरिको मौषममा मानिसलाई त नाना भातीको रोग लाग्छ भने के कुखुरालाई लाग्नसक्दैनर ?
    7. वर्डफ्लुको हल्ला मिडियाले यसरी पिटछनकी जसले गर्दा सारा नेपालको उत्पादनमा नै वर्डफ्लु भाको जस्तो। भक्तपुरमा पो वर्डफ्लु भाको चितवनमा त होइन नि अब त झापा, नपालगन्ज, विरजन्ज र पश्चिम महाकाली सम्म पनि वर्डफ्लुको डरले कुखुरा र अण्डा खादैनन।
    8. चितवनका व्यापारी र काडमाण्डौका व्यापारीहरूको सित युद्धले गर्दा पनि बेला बेलमा वर्डफ्लु आउछ चेतना भया। साथै चितवनको व्यापारीहरू को उत्पादन निस्किने बेला भयो भने वजारमा भाउ अचाक्ली वडछ र उसको उत्पादन सके पछि फेरि बजार भाउ घटछ।
    9. अन्तयमा वर्डफ्लुमा पनि राजनैतिकर भैसकेको छ। कुनि के जाती एभियान इन्फुलुन्जा भन्ने सस्थाबाट आको डलरलाई पचाउनको लागि पनि ठाउँ ठाउँमा बेला बेलामा वर्डफ्लु आउछ चेतना भया।

    Reply
  11. Mohan Subba says:
    July 30, 2013 at 2:03 pm

    हरेक व्यापार, व्यवसायलाई सरकारले इन्स्युरेंसको दयारा भित्र ल्याउनु जरुरि छ,Administration नै कम्जोर भए पछि एस्तो फटाइ र लापर्बाहिपन भैरहनछ/

    Reply
  12. Umesh Raj Pandeya says:
    July 30, 2013 at 1:48 pm

    मैले त यो बडफ्लु सुरु भए देखि नै कुखुराको मासु खान छोडिदिएको। अब ब्यवसायी हरु मा इमन्दरिता भए पो? म त भन्छु सबै जना छ महिनलाई कुखुराको मासु खान छोडिदिउ, कम्ती मा ई नकचरा हरुको बुधी आउला कि!

    Reply
  13. kiran says:
    July 30, 2013 at 1:20 pm

    यो वर्डफ्लु ले त विजोग नै गराइ सक्यो । सब कुखुरा फार्महरू खाली छोडेको देखिन्छ । सरकारले चाँडो भन्दा चाडो भ्याक्सिनको व्यवस्था गर्नु पर्यो अनि उचित क्षतिपुर्ति दिन पर्यो ।

    Reply
  14. Damu Uprety says:
    July 30, 2013 at 12:43 pm

    एकदमै सहि कुरा उठाउनु भयो , insurance नहुनु नै मूल समस्या हो ..हरेक महिना एक निश्चित सानो रकम तिरेर कुनै बेला एस्तो संकट पर्दा उचित रकम पाउने बेबस्था भए ब्यापारीहरु पनि पैसा को लागि यति अमानविय हुने थिएनन् कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme