-चक्रबहादुर गुरुङ-
[यो पोस्टमा अपडेट गरिएको छ। सबैभन्दा मुनि पढ्नु होला]
नेपाल राष्ट्र बैँकबाट ‘ख’वर्गको इजाजत प्राप्त एस डेभलपमेन्ट बैंकको मेरो अफिस नजिकै जावलाखेलमा शाखा रहेको छ। करिब ३ वर्ष अगाडि खाता खोलेको थिएँ यो बैँकमा। मैले मोबाइल एसएमएसबाट रिचार्ज कार्ड पिन नम्बर खरिद गर्ने सुविधा पनि लिएको थिएँ बैँकबाट। रिचार्ज कार्डको लागि रिक्वेस्ट म्यासेज पठाउँदा भनेको बेला जवाफ नआउने त पुरानै समस्या हो। कहिलेकाहीँ रिचार्ज कार्ड नभएको जानकारी पनि मेसेजमा आउने गर्छ। काम नभएको बखत पनि म्यासेज वापतको शुल्क भने लाग्ने नै भयो।
गत अगस्ट ७ तारिखको दिन पनि मैले रू.१,००० को रिचार्जको लागि एसएमएसबाट रिक्वेस्ट पठाएँ। जवाफ आयो ‘यो सुबिधाले अहिले काम गर्न सकेन’।
भोलिपल्ट अगस्ट ८ मा पनि रिक्वेस्ट गरेँ, पुरानै जवाफ आयो। काम नभए पनि एसएमएसको शुल्क मोबाइलबाट घट्यो नै। तैपनि चुप रहनुको उपाय थिएन।
अगस्त ९ मा अनलाइनबाट बैंक स्टेटमेन्ट हेरेको त मेरी आम्मै नि, दुई हजार रुपियाँ त बैंकले घटाइसकेछ। रिचार्ज कार्ड पिन नम्बर पठाउनु त कता हो कता, उल्टै पैसा स्वाहा।
बैंकलाई तुरुन्त फोन गरेँ, सिस्टम नै बिग्रिएकोले यस्तो भएको हो तपाईको पैसा फिर्ता हुन्छ भन्ने जवाफ पाएर ढुक्कसँग बसे। तर १३ तारिखसम्म पनि खातामा पैसा आएन।
फेरि फोन गरेँ, कर्मचारीसँग कुरा भयो। चिनजानको कर्मचारी भएकोले काम होला भन्ने विश्वास थियो। तर आज १४ तारिख १२ बजेसम्म पनि भएन। फेरि १४ तारिखको दिन आफै बैंकको जावलाखेल शाखामा पुगेर कुरा राखेँ। कर्मचारीहरु आइटीलाई जानकारी गराएको भन्दै पन्छिए। कहिलेसम्म मेरो काम होला भनेको उनीहरुले छिट्टै भन्ने बाहेक विश्वस्त हुने कुरा नै गर्न सकेनन्।
कस्तो फसाद हेर्नुस् त, हेर्दाहेर्दै बैंकले मेरो रू. दुई हजार झ्वाम पार्न लाग्यो। यो कस्तो बैंक हो? आइटी बिग्रेको भए त १ हप्तासम्म बनाइसक्नु पर्ने हो। हैन, अझै समस्या छ भने ग्राहकलाई किन विश्वस्त बनाइन्न, तपाइँको पैसा सुरक्षित हुन्छ भनेर! के यो बैंकको सरासरी गद्दारपन हैन ?
अपडेटः पैसा फिर्ता भयो
Published on: Aug 14, 2013 @ 20:33
तल एक जना साथीले कमेन्ट लेख्नुभएको थियो- “चक्र जी, तपाईको समस्या माइसंसारमा प्रकाशित भयो। अब २४ घण्टाभित्र तपाईँको पैसा खातामा जम्मा हुन्छ।” नभन्दै तपाईँहरुले मेरो समस्या प्रकाशित गरेपछि मेरो खातामा पैसा जम्मा भयो। शाखा इञ्चार्जले फोन गरेर पैसा जम्मा गरेको जानकारी दिए। यस्तै जनताका गुनासोहरुलाई सही ठाउँमा पुर्ंयाउने काम निरन्तर रहिरहोस्, मेरो शुभकामना !
-संखुवासभा (हाल:जाउलाखेल,ललितपुर)
[तपाईँका पनि यस्तै गुनासा, समस्या छन् भने हामीलाई यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। सबै जानकारी र प्रमाण तथा सम्पर्क इमेल,नम्बर पनि दिनुहोला।]
किष्ट भन्ने बैंकमा खाता खोल्नुपर्ने भएकाले म सुकेधारा ब्रान्चमा खाता खोल्नको लागि धाएको तीन दिन भयो तर मलाई कहिले धारा, कहिले पानीकोे बिल, घरपेटीको विवरण, बा आमासहित हजुरबुवा हजुरआमाका नागरिकताको नागरिकता मागियो । हजुरबुबा आमा जमानामा नागरिकता कस्तो हुन्छ देख्नै नपाई स्वर्गे भइसके । अचम्मको कुरा मलाई के लाग्यो भने आफूले इच्छाएको व्यतिmको विवरणमा श्रीमती, छोराछोरीको नागरिकता चाहियो रे तर मसँग माथिका तीनै जना छैनन । अब बैंकमा खाता खोल्न श्रीमती, छोराछोरी खोज्न कहाँ जाने होला ? फ्रन्ट डेस्कमा बस्ने ती भद्र महिलाको कुरा सुन्दा त मेरो खाता खोल्न अझै महिन दिनै पो लाग्ला जस्तो छ । बैंकको जनसन्पर्कमा बस्नेलाई बैंकहरुले कसरी ग्राहकहरुसँग कुरा गर्ने भन्ने सामान्य तालिम पनि दिदैनन कि के हो ? के अब मेरो खाता नखुल्ने नै भो त ? खासमा मैले के के कागजातहरु उपलब्ध गराउनुपर्ने हो ? थाहा हुनेहरुले भनिदिए आभारी पो हुनेथिएँ होे ।
तपाइलाइ भनिएको कागजात उपलब्ध गराउनु पर्छ , त्यो बैकको नियम नभइ राष्ट्र बैकको नियम हो, इच्छाएको ब्यक्तिको चहि नभए पनि खाता खुल्छ ।
माछापुछ्रे बैंक ले मेरो रु. ४०० खायो
मैले लिदै नलिएको ATM कार्ड बापत भनि गत वर्ष रु. २०० र यो वर्ष रु. २०० काटियो, बुज्दा मेरो खाता नम्बर २१-४०-५२४-०५९२१०-०१-९ ले ६२७९९००२११७३१७३४ नम्बर को कार्ड लिएको भनियो, जुन कार्ड नचलेर मैले २ वर्ष अगि नै बैंक मा निबेदन दिएर अर्को कार्ड लिएको थिए, पछि त्यो कार्ड पनि आबसक्य नभएको भनि निबेदन दिएर मैले बन्द गरि सके. मैले बैंक का कर्मचारी ले भने बमोजिम मिति २०१३-०७-०९ मा निबेदन पनि दिएको हो, तर ऐले सम्म पैसा फिर्ता भएन. पैसा फिर्ता गर्न मैले के गर्नु पर्नी होला? रु. ४०० को लागि कति दुख र खर्च गर्न पर्नी हो? येसरी नै बैंक ले कति को पैसा लुटेको होला?
प्राय जसो रिचार्ज कार्ड को समस्या NTC वा NCELL को सर्वर खराबी ले गर्दा हुन्छ/ र ९०% जसो NTC मा समस्या आउछ/ पैसा नतिरिकन PIN आउदैन/ तेसैले खाताबाट पैसा काट्नै पर्ने हुञ्छ/ तर कहिले कहिँ NTC वा NCELL बाट पिन आउदैन / तेस्तो अवस्था मा पैसा फिर्ता हुने व्यवस्था software मै गरिएको हुञ्छ/ IT(अन्य कारण ले पैसा फिर्ता नभएमा) समस्या भए मा सुल्झाउन समय लाग्छ/ खाता मा पैसा काटिसकेको भए बैंक ले तु फिर्ता गर्नु पर्ने हो/
वाहियात !! जे कुरामा नि IT लाइ दोष ! होइन यो IT र बैंक को SPECIFIC BANKING SOFTWARE बारेमा धेरै फरक छ है साथि हरु !! कसैले SOFTWARE मा गरेको झूर PROGRAMMING ले गर्दा भएको गल्तिले सम्पूर्ण IT लाइ दोष दिनु त भएन नि !
माइन्ड न गर्नु होला साथि हरु हो , येस्मा एउटा आम नेपाली को भन्दा नि दोष बरु जनतालाइ IT को अनुभूति दिन न सक्ने एउटा लाचार सरकार को बढी हो ! मलाई अझै याद छ आज भन्दा 4 वर्ष अघाडी IT (सिस्टम ADMINISTRATOR) को लाइ नेपाल सरकार ले टेन्डर बाट जोब VACANCY निकालेको र सबै भन्दा कम परिश्श्रमिक लिने लाइ जोब देको !! 🙂
चक्र जी ल बधाई छ … जसो तसो डुब्न लागेको पैसो पाउनु भयो!!
लौ मैले पनि २ वर्ष आगाडी नेपालको एउटा बैंकमा ५० हजार जम्मा गरेको… आफु परियो बिदेशमा अब नेपाल कहिले फर्किने, कहिले चेक गर्ने, कतै त्यो खातामा लामो समय सम्म कुनै ट्रांजेक्सन भएको देखिएन भनेर उल्टै त्यो पैसो बैंकले झ्याम पार्ने त होइन? नेपालको संस्था हरुको त विश्वास लाग्न नै छाड्यो अब !!!
मैले नबुझेको कुरो , सबैले ब्यांकलाइ किन बैंक भनेर लेख्दा हुन्? ब्यांकलाइ नेपालीमा बैंक भन्या हुन् कि ? अरु देशमा अरु नागरिकको अगाडी बैंक भन्यो भने महाकसम हास्छन हौ
मेरो बिचारमा ‘बैंक’ भारतबाट आयातित शब्द हो / भारतीयहरु डग (dog) लाइ डांग लेख्छन नि ! हामी नेपालीहरुको अंग्रेजी उच्चारण बिगारेको पत्रकार हरुले हो / अंग्रेजी राम्रो संग नजान्ने पत्रकारहरुले अंग्रेजी भाषाका शब्दहरु नेपालीमा JPT उल्था गरेर पत्रिकामा छपाउछन, अनि हामीले केटाकेटी हुदा देखिनै त्यै पढ्दै आएको हुनाले यस्तो भएको हो / जस्तै ‘लिन्ड्से’ (Lindsay) लेख्छन पत्रिकामा, खास उच्चारण ‘लिन्जी’ हो / ‘मिचिगन’ (Michigan) होइन ‘मिसिगन’ हो, अनि यी पत्रकारहरु लाइ सोध्नुस sioux fall कसरि नेपालीमा लेख्ने भनेर …….
पत्रकारले यिनको के बिगार्देछन् कुन्नि पत्रकारविरुद्ध के साह्रो खनिएको हौ 🙂
विदेश बस्या कति भो ? यसो नेपालका नोटहरुमा हेरौँ त के लेख्या छ-
राष्ट्र बैँकमा पनि सबै पत्रकारै पत्रकार बस्या रैछन् कि के हो ? पत्रकारहरुको पत्रिका बरु गाउँ गाउँमा पुग्दैन, नोट त सबै ठाउँमा पुग्छ । कसले बिगार्या रैछ ।
फेरि कुइरेले जसरी बोल्छ त्यसरी नै हामीले पनि उच्चारण गर्नुपर्छ भन्ने छैन । आगन्तुक शब्द बोली र जिब्रो अनुसार मिलाउने हो । Ear Ring नेपालीमा आइपुग्दा यार्लिङ भयो । बूढापाकाहरु समेत ट्याममा घर आऊ है भन्छन् । कुइरे हाँस्छन् भनेर टाइम उच्चारण गर्नुपर्यो ? कुइरे हाँस्ने डर भए विदेशमा बसेकाहरुले आफ्नो उच्चारण सुधार । नेपालीकरण हुँदा नेपाली जिब्रो सुहाउने उच्चारण हुन्छ । कुइरेले नेपाली बोल्दा उच्चारण बिगार्दा हामी हाँस्छौँ र ? झन् चाख मानेर सुन्छौँ ।
फेरि देशका विद्वानहरुले निकालेको शब्दकोशमा समेत बैँक नै लेखिएको छ भने बढी जान्ने उपबुज्रुक को निस्केको फेरि ? यिनलाई प्रज्ञा प्रतिष्ठानको अदक्ष बनाउनु परो 😛
नेपाल को मुख्य समस्या भनेको बदमासी पत्तानालाग्नु, यदि पत्ता लागि हाल्यो भने पनि आफुले जिम्मेवारी नलिनु, अझ खतरनाक केहो भने कारबाही गर्नु पर्ने सस्था ले कान मा तेल हालेर बस्नु | आफ्नो बैंक को खाता चेक नगर्ने हजारॊ नेपाली हुन सक्छन| चक्र जी को समस्या त एउटा उदाहरण मात्र हो| सयॊ ठगिएका हुन सक्छ|
मौज्दात जानकारीबाहेक अरु कुनै पनि सुविधा भरपर्दो र सुरक्षितजस्तो लाग्दैन यी कथित ई-बैंकिङ् सेवाहरूको । साराजसो संसारमा क्रेडिटकार्डबाटै यी सब सेवा पाइन्छ । तर हाम्रोमा यस्तै आउटडेटेड प्रणाली जबर्जस्ती चलाइराख्याछन् । ल्याउनु नि क्रेडिटकार्ड ! सबैले नभएनि तिनै बैंकका साहुहरू र उनीहरूजस्तै गाँठवालाहरूले त चलाउन पाउँथे । एउटा बैंकले ल्याछ रे, त्यो पनि झड्केलो छोरोजस्तो ।
बंक्स. हरु पैसा चार्ज गर्न फस्ट तर सेवा भने पर. खाता खोल्ने बेला होसियार हुनु पर्छ. नत्र. पछी के क़े चार्ज गर्छ, कम्प्लेन गरे सहि देखौछा अथवा एक बर्ष मात्र फिरी भनछ,
वास्तवमा यो लापारवाह हो , यिनिहरूमा यस्तो समस्या कसरी Handle गर्ने भनेर तुरून्त सोच्ने क्षमता पनि हुन्न , यिनिहरू रोबोट जस्तो काम गर्छन ।
अब अर्को लापाराहको परकाकाष्टा पनि सुनउ । मैतिदेविको LBEF कलेजमा १२०० विधार्थि पढछन , त्यो कलेजको साइटबाट , रिजल्ट हेर्ने र Admit Card , Attendance Percent हेर्ने सफ्टवयर विग्रएको महिनउ भै सको कसैले बनाउने त कुरा छोडउ विग्रिएको छ पनि भनेर जानकारी देको छैन ।
विधार्थिहरू exam मा exam coordinator को रूममा गएर त्यही Admit Card प्रिन्ट गराएर लिदैछन । रजल्ट हेर्न पनि भिड लाग्छ । प्रिन्टको उल्टै उनिहरूलाइ नै घाटा छ तर नेपालको सबैभन्दा ठुलो IT कलेजले Software बनाउन सकेन ।
एकदम राम्रो कुरो राख्नुभो चक्र जी ले | ठिक छ बैंकले पैसा त फिर्ता गर्ला रे तर यो कुनै तरिका भएन नि सर्बसाधारणलाइ मर्कामा पार्ने | अनि अर्को कुरा हामि सबैजनाले गैरजिम्मेवारीपनाको येसरी नै पर्दाफास गर्न जरुरि छ अनि बन्ला नयाँ नेपाल | धन्यवाद “माई संसार” अनि उमेशजी लाई पनि |
हैन नेपाल बाट ठगेको र ठगिएको भन्दा अर्को खबर आउदैन कि कसो हो…??? कस्तो ठगतन्त्र मौलाएको हो हाम्रो नेपालमा ? नेताले ठगे, उनीहरुको आचरण हो भन्नु, हुदा हुदा हरेक ब्यापारी, संस्था, बिध्यालय, यातायात देखि लिएर नाङ्ग्ले ब्यापारी पनि पाए सम्म ठग्न मै ब्यस्त… !!! हे ईश्वर, के हुन थाल्यो हाम्रो नेपालमा 🙁
नेपालमा सेवा कसरि दिने भन्ने कुरो यी बैक हरुले सिक्नै पर्छ| बिकशित मुलुकमा यस्तो घटना घट्यो भने माफी माग्दै तपाइको पैसा तुरन्तै फिर्ता गर्दिन्छ, IT ले जहिले सुकै सिस्टम ठिक किन नगरोस…
मैले पनि kist बैंक को ebanking लिएको service charge बर्षको २०० लिग्यो तर अहिले third party transaction बन्द गरेको छ फोकटमा ebanking को पैसा खायो 😀
ठग्नेका हजार बहाना, नियमन नै नगर्ने रास्ट्र बैंकको चाहाना
हाहाहा आईटी बिग्रेको , त्यो भनेको केहो ??? भन्नेलाई पनि थाहा छैन
अनि मलाई पुरानो कुरा को आद आयो , कुरा १९९२ -१९९९३ तिरको हो , म बागबजार मा कम्प्युटर सिक्थे wordperfect , lotus , dos , dbase तेसबेला जहिले पनि जुत्ता मोजा खोलेर जानु पर्दथ्यो , जहिले पनि अरुको खुट्टा गन्हाएर हैरान पार्दथ्यो , मैले यो कुरो कम्प्युटर सिकाउने टिचरलाई राखे र जुत्ता लाएर आउदा समस्या को समाधान हुन्छ भने , उहाले तुरुन्त भन्नु भयो , भाइरस लाग्छ
मलाई कम्प्युटरमा लाग्ने भाइरस बारे जान्ने कौतुहलता जाग्यो , तर तेसबेला इन्टरनेट थिएन र बुक पनि मसंग थिएन | अर्को दिन गएर टिचरलाई सोधे – कसरि भाइरस लाग्छ, टिचरले भन्नु भयो कम्प्युटरको पनि मान्छेको जस्तो मेमोरी हुन्छ , एस भित्र मान्छेलाई जस्तो फोहर भयो भने भाइरस लाग्छ|
जब मैले भाइरसको बारेमा जाने , अनि मलाई टिचरले के सिकाए र मैले के के सिके अहिले आफैलाई हासो लाग्छ |
यो सरासर लुटको खेति भै रहेकोछ, कुनै पनि बैंक जनतालाई सुबिधा दिन भनेर आएको छैन, उनीहरुको उदेश जसरि पनि कमाउ धन्दा मात्र हुदैछ बैंकिंग सेवा. उनि हरु लाई राम्रो संग थाह छ हरेक एक रुपया कमाए १० पैसा बोनको नाममा कर्मचारी ले बाडेर खान पाइछ. संसार मा सायद एउटा मात्र देश हो जहाँ नाफाको कर अगाडी १० प्रतिसत बोनस को नाममा खान पाउने देश – नेपाल .
त्यसै कारण ले पनि आज भोलि दिन दिन सर्बसाधारण लाइ ढाक्ने जसरि भए पनि कमाउने र कर्मचारी मात्र मोटाउने नत्र बैंकमा जनताले जम्मा गरेको रकम नै झ्वाम पारेर बैंक तथा बित्त कम्पनि नै टाट पल्टाउने काम भै रकेहो छ, यो एउटा निमायक संस्था नेपाल राष्ट्र बैंक को पनि कमजोरी र लापरवाही को नामुमा मात्र हो.
म अहिले देश बाहिर छु ! बाहिर आउनु भन्दा अगाडी सन् २००६ मा मैले राष्ट्रिय बाणिज्य बैंक मा खाता खोलेर रु ४००० जम्मा गरेको थिए ! बेंक ले चेक बुक दिएको थियो जो अझै म संग छ ! अलिक पहिला काम बिसेष ले मेरो एकाउन्ट मा पैसा जम्मा गर्नु पर्ने भयो ! मैले मेरो खाता न. दिएर मेरो एकजना मान्छे लाइ पैसा जम्मा गर्न पठाएको थिए ! तर बैंक ले त्यो खाता न. त अर्कै को भनेर जवाफ दिएछ ! अनि मेरो नाम को एकाउन्ट नै छैन भनेर जवाफ दिएछ ! मैले राष्ट्रिय बाणिज्य बैंक को बानेश्वर शाखा बाट खाता खोलेको हु ! म संग बैंक ले इस्सु गरेको चेक बुक मात्र छ, एस लाइ प्रमाण को रुप मा राख्न सकिन्छ या सकिदैन ? मैले मेरो एकाउन्ट प्राप्त गर्न र मेरो रु चार हजार फिर्ता पाउन के गर्नु पर्ला ? माइसंसार मा आउनुहुने सम्पूर्ण साथीहरु मार्फत सुझाब चाहन्छु ! मलाई पैसा को भन्दा नि उनीहरु को बेइमानी र ठगि लाइ सबै को सामु ल्याउनमन लागेको छ !
इश्वोर जी, त्यो चेक मा खाता नम्बर त होला नि / अनि नाम पनि पक्कै छ /
Mysansar मा एउटा ब्लग लेख्नुस, पकै कुरा मिल्ला /
चक्रजी हजुर ले माइसंसार मा गुनासो पोख्नु भयो अब ढुक्क हुनुहोस २४ घण्टा भित्र तपाई को पैसा फिर्ता हुन्छ 🙂
समस्या पनि तेस्को आइटीमा हुने, कुर्नु पनि हाम्ले पर्ने? वास्ता नहुने अनि सोझासिधालाई भेटे त झ्वाम पार्छन २ / ४ हजार त बजियाहरुले! चन्द्र बहादुर जी र्याख र्याख पारेर भएनी पैसा फिर्ता लिनु अनि त्यो ब्यांक खाता पनि अर्कै ब्यांकमा सार्नु
यो ” IT ” (आइटी) भन्ने कुरो पनि गजब नै रहेछ !!!
यो बिग्रियो कि बैंकमा राखेको ग्राहकको ग्राहकको पैसा हिनामिना भएर पैसा नै गायब हुने होइन कहिले काही त् ” IT ” (आइटी) बिग्रिएर “बैंकको पैसा” ग्राहकको खातामा पनि आउनु नि …….गज्जप छ बा !!!