-गणेश आचार्य/दाङ- बेलुकीको साढे सात बजिसकेको छ। घडीको सुईसँगै जाडो पनि बढ्दै छ। दिनभर गाडी,मोटर र मानिसको चहलपहल भैरहने घोराहीस्थित तुलसीपुर चोक विस्तारै सुनसान हुँदैछ। तर, त्यो बढ्दै गरेको सुनसानलाई एक अबोध बालक र तीन ओटाको संख्यामा रहेका कुकुरले बिथोलिदिएका छन्। करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां… Continue reading
Author: mysansar
…एउटा अर्को कथा
-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै रोष देखिन थालेको थियो। “के तिमीसँग पनि झुट बोलुँला? तिमीलाई त्यही सब बताउन त आज… Continue reading
१४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’
२०६४ सालको वैशाखमा सुर्खेतको एउटा गाउँमा एक १४ वर्षकी बालिकालाई जजक (जबर्जस्ती करणी=बलात्कार) गर्नेले पाँच वर्षपछि सजाय पाएका छन्। अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेला यस्तो मुद्दा कानुनी प्रक्रियामा जाँदा न्यायको बाटोका लागि केकस्ता बाटोबाट गुज्रनुपर्छ र के हुन्छ भन्ने बुझ्न एउटा प्रतिनिधि घटनाको रुपमा यो मुद्दाको फैसलालाई लिइएको हो। यसै वर्ष असोजमा… Continue reading
उजुरी आएमा मात्र कारबाही ?
-सुशील कुमार- पुस ३ को सौर्य दैनिकमा पत्रिकामा पढेको थिएँ डान्स रेस्टुरेन्टमा काम गर्ने युवतीलाई संचालक र संचालकका साथि भाइले जबर्जस्ति यौन शोषण गर्ने, काम छाडेर जानेलाई कोठामा गुण्डा पठाएर जबर्जस्ति उठाएर ल्याउने गर्दा रहेछन र पीडितले उजुरी गर्दा प्रहरीले पैसा वा शरीर माग्दा रहेछन, प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै… Continue reading
नमिता-सुनिताको हत्यापछि यस्तो भएको थियो
[नमिता-सुनिता हत्याकान्डबारे हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको कथा’मा विस्तृत लेखेका छन्। यहाँ त्यो पुस्तकबाट यही हत्याकान्डसम्बन्धमा केही अंश उद्धृत गर्दैछौँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार किशोर श्रेष्ठले ‘दरबार हत्याकान्डपछि दबाइएको अर्को हत्याकान्ड’ लेखेका छन्। ] २०३८ साल देशको लागि लाजमर्दो शुरुआत लिएर आयो।… Continue reading
सीता बलात्कार गर्नेलाई ५ देखि ७ वर्ष जेल राख्न मुद्दा
प्रहरीले केही दिनदेखि भइरहेको महिला हिंसाका प्रतिनिधिमूलक घटनाबारे अनुसन्धानको विवरण आज सार्वजनिक गरेको छ। भोजपुरकी एक युवतीलाई विदेशबाट फर्कने क्रममा काठमाडौँ विमानस्थलका अध्यागमन अधिकारीहरुले रकम र प्रहरीले इज्जत लुटेको खबरपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको सक्रियतामा स्वस्फूर्त रुपमा #OccupyBaluwatar भन्दै प्रधानमन्त्री निवास नजिक प्रदर्शन थालिएको थियो। आजसम्म पनि प्रदर्शन जारी छ। प्रदर्शनले दिएको दबाबकै कारण हुनसक्छ, गएको… Continue reading
गोरु-जुधाइको रिहर्सल
-कुमार आले- २०६९ पुस १ आइतबार। सँधै झै कहिलेकहाँ, कहिले कता फरक ठाउँ र विषयको खोजीमा रहने यो नेपालसुत्रका मनहरु आज ६ बजे विहानै काठमाडौबाट ५० किलोमिटर पश्चिम पृथ्वि राजमार्गको गल्छितिर लम्क्यौ। गल्छिबाट त्रिशुलिपट्टी ५ किलोमिटरभित्र, केउरेनिघाटसम्म काठमाडौँबाट (जाममा नफस्ने हो भने) दुइ घण्टा लाग्दोरहेछ। त्रिशुलि नदीको झोलुगे पुल तरेर तारुका गाउँ तर्फ मोडिनु पर्ने… Continue reading
बाघलाई उद्दार गर्न जाँदा ढुँगामुढा! हैन के विधि अराजकता बढेको?
– बाबुराम लामिछाने – एउटा संरक्षणकर्मीको हिसाबले समस्यामा परेका वन्यजन्तुको उद्दार गर्नु मेरो लागि कर्तव्य तथा खुसीको कुरा पनि हो। त्यसमा पनि बाघको उद्दार गर्न पाउनु त झन् अहोभाग्य हो। तर वन्यजन्तु र मान्छे दुवैका लागि हित हुने यस्तो काम गर्दा पनि बिनासित्ति ढुँगामुढा खानुपर्दा साह्रै दु:ख लाग्दो रहेछ नेपालमा बढेको अराजकता देखेर। कुरो पुस… Continue reading
दिल्लीकी ‘दामिनी’ र हामी नेपाली
-विवेक ढकाल- १६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो, सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा… Continue reading
पत्तै नपाई बिते उनी
-देवेन्द्र भट्टराई- कुमारमणि आचार्य दीक्षितको ९० बर्षको उमेरमा पुस १५ गते बिहान निधन भयो। तर कुमारमणिको निधनबारे धेरै शुभेच्छुक र आफन्तले समेत पत्तो पाएनन्। कुमारमणि आचार्य दीक्षित प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी कोइरालाका निजी सहायक एवं निष्ठावान प्रशासकका रुपमा चिनिएका पात्र हुन्। विगत १२ बर्षयता निमोनिया बिग्रेर हुने ‘ग्यास्ट्रोस्टोमी’का कारण सिधै पेटमा प्वाल बनाएर झोला… Continue reading
‘सपनाको अवसान’ साँच्चिकै भोग्नुपर्दा…
– चर्चित ढुंगेल – सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो। विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए। संयोगले मेरो कविता प्रथम भयो। जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ। मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने… Continue reading
कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न
– विभोर बराल – आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी सक्नेछ। काम नलाग्ने भनेर केब्नेकाइसे रअन्य केही ढिस्काहरूमा छाडिएका कपासका अवशेष बाहेक, बाँकी… Continue reading
निर्वाचन गराउन संविधानले रोक्या छैन, संविधान संशोधन गर्नुपर्छ भन्नु हावादारी गफ मात्रै
गत वर्ष संविधान नबनाई संविधान सभा स्वतः विघटन हुनुअघि सरकारले मंसिर ७ गते निर्वाचन गर्ने मिति तोकेको थियो। तर साउन १५ गते नै निर्वाचन आयोगले चुनाव गर्न सकिँदैन भन्यो। कानुनी व्यवस्था (संविधान संशोधन नहुनु) र राजनीतिक सहमति नहुनुलाई आयोगले कारण बताएको थियो। सरकारले अब वैशाखमा चुनाव गर्ने भन्ने नयाँ घोषणा गरेको छ। तर वैशाखमा निर्वाचन… Continue reading
के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?
—दधि अधिकारी— ** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ । ** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा… Continue reading
झमकको ताइवान यात्रा
-डा. लेखनाथ काफ्ले- म र कपिल अधिकारी प्रसिद्ध साहित्यकार सुश्री झमककुमारी घिमिरे बसेको त्यो पागोडा शैलीको बिशाल होटल परिसरमा छिरेका थियौ। पहिलो तल्लाको एउटा भागमा कुर्चीमा बसेकी रातो सारीमा एक महिला र ढाका टोपी लगाएका एक पुरुषलाई हामीले देखिहाल्यौं। हामीलाई अनुमान लगाउन अप्ठ्यारो परेन। छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइवान र लानसीड सांस्कृतिक तथा… Continue reading
कथाः अपूर्ण प्यास
-अनुपम रोशी- एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको तिमीहरुलाई, मान्ने होइन, घरको काममा अल्झनु पर्दा दिक्क लाग्छ उसलाई। अनि जहिले जानु पर्छ त… Continue reading
सुमार्गीले धम्की दिएर हस्ताक्षर गराएको पत्र
-विरोध कट्टेल- एमाओबादी निकट ब्यापारी तथा प्रचण्डका दाहिने हातको रुपमा चिनिएका अजय सुमार्गीले हेलो नेपालबाट कर्मचारीहरुलाई बलजफती धम्कीपूर्ण तरिकाले पत्र पढ्न पनि नदिई स्वेच्छिक अवकासको आशयको पत्रमा हस्ताक्षर गराएका थिए। त्यो पत्र त्यस बेला पढ्न नदिए पनि अहिले आन्दोलनको क्रममा गोप्य रुपमा हेलो नेपाल भित्रबाट नै बाहिर आएको छ । बहुराष्ट्रिय कम्पनि टेलियासोनेराले सन् २०११… Continue reading
आफुले आफुलाइ हानी गर्न पाउने कि नपाउने ?
-डा.डोलेश्वर भण्डारी- हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न… Continue reading
कथा: कुकुरको पुच्छर
-उत्तम पौडेल- स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके| दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने… Continue reading
विकल्प के ?
नेकपा (एमाले) केन्द्रीय कमिटीको १९ औं बैठक (०६९ मंसिर २५–२७) मा योगेश भट्टराईले प्रस्तुत गरेको वर्तमान राजनीतिक निकासका लागि विकल्प पहिलो विकल्प १. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक। २. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई सहमतिको प्रधानमन्त्रीका रुपमा हाम्रो पार्टीका… Continue reading