-डा.डोलेश्वर भण्डारी-
हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न सुरक्षा निकायहरु असक्षम भएको वेलामा आफुले आफुलाइ नै हानी गर्ने तर अरुलाइ हानी नपुग्ने खालका काममा सुरक्षा निकायको वढि ध्यान जानु अरुको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैंसी पनि नदेख्ने जस्तो भएको छ । समाजमा सान्ति स्थापनाको लागि सुरक्षा निकायले अरुले अरुलाइ दुख दिने खालका अपराधलाइ नियन्त्रण गर्ने कुरालाइ प्राथमिकतामा राख्नु पर्छ । एउटा त हाम्रो देशको प्रचलित नियम कानुनहरु कन्सीस्टेण्ट पनि छैनन् । किन कुनै अपराध अपराध भयो भनेर हामीले दिमाग पनि लागाउँदैनौ । उस्तै प्रकृतिको एउटा कामलाइ अपराध मानिएको छ तर अर्कोलाइ मानिएको छैन । जस्तै हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा भन्दा धुम्रपानले धेरै मान्छे मारेको छ । तर धुम्रपान गर्नलाइ छुट छ तर हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा गैरकानुनी हुन्छ । यस्ता आफुले आफुलाइ नै हानी पुर्याउने खालका केहि उदाहरणहरु तल दिइएको छ र तिनै उदाहरणको आधारमा छलफललाइ अगाडि वढाइएको छ ।
उदाहरण १
शुरविरले हेलमेट लगाउने जरुरी ठानेनन् र उनले हेलमेट नलगाइकन मोटरसाइकलमा सहर घुम्दैथिए । उनलाइ पुलिसले च्याप्प समाइहाल्यो । किनकी हेलमेट नलगाइ मोटर साइकल चलाउनु गैर कानुनी काम थियो । हेलमेट नलगाइ मोटरसाइकल चलाउदा उनलाइ जोखिम थियो तर यसवाट अरुलाइ हानी पुग्दैनथ्यो ।
उदाहरण २
वावुवाजेका पाला देखि गाँजा खेति गर्दैआएका वझाङका एक जना कृषकले गाँजाकै रेशावाट लुगा वन्ने, डोरी वाट्ने, गाँजाको विउको अचार खाने र कहिले कहिले गाँजा पनि खाने गर्थे । एका एक सरकारले गाँजा खेतिलाइ गैरकानुनी वनाए पछि उनी त्यहि काम गर्दा अपराधी भएका छन् । उनी अहिले जेलमै छन् ।
उदाहरण ३
सरनाथले हिउँदको मैन्हामा उनको लैनु भैंसीलाइ टाँकीको घाँस काटेर ख्वाउन खोज्दा रुखवाट लढे । उनलाइ डोकामा वोकेर अस्पताल लैजादै गर्दा वाटैमा विते । उनले रुख चढेर घाँस काट्ने काम गैर कानुनी थिएन ।
उदाहरण ४
दमको विमारले जितवहादुरलाइ लग्यो । चुरोट विडि नविसाईकन पिउँथे । मर्ने दिनको विहान पनि उनले छ वटा खिल्ली चुरोट सकेका रहेछन् । छपन्न वर्षमै उनको आयु सकियो । परिवारले र डाक्टरले भनेको मान्दिएका भए उनी सजिलै सत्तरी अस्सी वर्ष सम्म वाँच्थे होला । चुरोट पिएर उनले आफ्नो आयु घटाए तर चुरोट पिउनु गैर कानुनी थिएन ।
उदाहरण ५
उमा र प्रीतम कलेजका साथी हुन् । उनीहरुको सम्वन्ध प्रगाढ हुदै जाँदै थियो । दुवैको सल्लाहले एक दुइ दिन गोर्खा तिर घुम्न गएका वेलामा प्रहरीले छापा मार्दा उमा र प्रीतमलाइ रंगेहात यौन कृडा गरेकोवेला फेला पार्यो र वेश्या वृत्ति गरेको आरोममा उनीहरु वसेको होटल मालिक, उमा र प्रीतमलाइ समाएर पुलीसले अनुसन्धान गरि रहेको छ । उनीहरुको यस्तो सम्वन्धले अरुलाई हानी पुगेको थिएन ।
उदाहरण ६
प्रहरीले काठमाण्डौका क्यासिनोहरुमा छापा मारेर १६ जना नेपाली जुवाडेलाइ नियन्त्रणमा लिएको छ । जुवा खेलेर उनीहरुले अरुलाइ हानी पुर्याएका थिएनन् ।
अरुले गर्दा हुने हानी र पीरलाइ हामीले सहनु हुदैन र राज्यले आफ्ना नागरिकको जिउ धनको सुरक्षालाइ पहिलो प्राथमिकतामा राखेको हुनु पर्छ । कसैले मेरो इच्छा विरुद्ध मेरो जिउमा, धनमा वा सम्मानमा हानी पुर्याउँछ भने कानुनले त्यो कुरालाइ समाउन सक्नु पर्छ । यसमा कसैको पनि दुइमत नहोला । यो वारेमा वढि भनिरहनु पनि नपर्ला । तर जव मानसिक सन्तुलन नविग्रीएको वयस्क मान्छेले अरुलाइ हानी नपुर्याइकन आफुलाइमात्र हानी पुर्योउने काम गर्छन् भने त्यस्तो अवस्थामा राज्यले के गर्ने भन्ने प्रश्न नै यो लेखको मुख्य विषय हो । अनुसन्धानले देखाएको छ कि धुम्रपानले घटिमा पनि १० वर्ष देखि लिएर २५ वर्ष सम्मको आयु घटाउँछ तर त्यो जान्दा जान्दै पनि मान्छेहरुले धुम्रपान गरेका छन् । अरुलाइ धुँवाले असर नपुर्याइकन उनीहरुले धुम्रपान गर्छन भने त्यसलाइ राज्यले रोक लगाएको छैन । र जव वयस्क मान्छेले जानी वुझीकन आफुलाइ हानी पुर्याउन खोज्छन् भने उनीहरुको त्यो अधिकारको राज्यले सम्मान गर्नु पर्छ ।
हेलमेट नलगाइ मोटरसाइकल चलाउँदा टाउकामा चोटलाग्ने सम्भावना वढि हुन्छ । हेलमेटको प्रयोगले मृत्युको सम्वाभनालाइ घटाउँछ । तर यसले शरिरको अन्य भागमा हुने क्षतिलाइ भने कम गर्दैन । हेलमेट लगाएको मान्छेको खुट्टा भाँचिन सक्छ । छातीमा चोट लाग्न सक्छ त्यो चोटले मान्छे मर्न पनि सक्छ । हेलमेट लगाउँदैमा यसले जोखिमलाइ पुरै घटाउँछ भन्ने छैन । तर यी जोखिमका कुराहरु वुझ्दा वुझेदै पनि जव एकजना वयस्क मान्छेले हेलमेट लगाउँदैन भने राज्यले उक्त व्यक्तिको विचारको सम्मान गर्नु पर्छ र हेलमेट लगाउन वाध्य पार्नु हुदैन ।
मान्छेले चाह्यो भने जहिलै पनि आफुले आफुलाइ हानी पुर्याउन सक्छ । उसले एकान्तमा वसेर आत्म हत्या सम्म गर्न सक्छ । माथीको उदाहरणमा धुम्रपान गर्दा उसलाइ हानी हुन्छ । यदि राज्यले हेलमेटलाइ अनिवार्य वनाउने हो भने धुम्रपानलाइ पनि गैर कानुनी किन नवनाउने ? रुख चढ्दा लड्ने सम्भावना पनि उत्तिकै हुन्छ । रुख चढ्ने कामलाइ पनि गैरकानुनी वनाउनु पर्यो । भेल आएको वेलामा खोला तर्दा पनि जोखिम हुन्छ त्यो गर्न पनि दिनु भएन । मोटाएको मान्छेलाइ चिनी वा घिउ खाँन दिनु भनेको उस्को मुटुको विराम र डाइविटिजलाइ वढाउनु हो । चीनी र घीउ पनि खान दिनु भएन र राज्यले यस्लाइ पनि गैरकानुनी वनाउनु पर्यो । हिमाल चढ्ने काम, जसवाट वर्षेनी धेरै मान्छे मर्ने गर्छन, लाइ पनि गैर कानुनी वनाउनु पर्यो । रक्सि खाएर मान्छेहरुले मानसिक सन्तुलन गुमाउदाँ झगडा हुँदा कहिले कहिले मान्छे मरेका घटना पनि छन् । रक्सि पिउने कामलाइ पनि गैर कानुनी वनाउनु पर्यो । केटाकेटिलाइ स्कुल नपठाउने वावुआमाहरुलाइ पनि जेल हाल्नु पर्यो । यस्ता आफुले आफुलाइ नै हानी गर्ने कुराहरु रोक्दै जाने हो भने हाम्रा व्यक्तिगत स्वतन्त्रता जति सवै नै सकिएर जान्छन् र व्यक्ति राज्यको एउटा पुतली वन्न पुग्छ ।
मैले क्यासीनोमा जुवा खेल्दा मेरो हानी हुन्छ भने त्यो हानी पनि मैले नै व्यहोर्ने हो । किन मलाइ राज्यले जुवा खेल्न नदिने । म वच्चा पनि होइन र म मानसिक रुपमा स्वस्थ छु, मैले ठीक र वेठिक छुट्याउन सक्छु भने मलाइ मेरो वारेमा निर्णय गर्न किन नदिने ? मेरो वारेमा मलाइ वढि थाहा हुन्छ कि राज्यलाइ वाढि थाहा हुन्छ ? मैले चाहे भने मलाइ हानी गर्न म जहिले पनि सक्छु । मलाइ आत्म हत्या गर्न वाट राज्यले रोक्न सक्छर ? मैले चाहे तरकारी काट्ने चक्कुले मेरो हात काटि दिन सक्छु, मेरा गाला तास्न सक्छु, छातीमा रोप्न सक्छु । मलाइ मैले गर्ने माया भन्दा धेरै माया राज्यले गरेर मेरो वावुआमा जस्तो किन हुनु पर्यो ?
उमेर पुगेका दुइ व्यक्तिले राजी खुशीसाथ शारिरीक सम्वन्ध राख्छन् भने त्यसमा राज्यलाइ के को आपत्ति ? जव कसैलाइ अन्याय भए त उनीहरुले उजुर गरि हाल्छन नै । तर जव कोहि पनि अन्यायमा परेको हुदैन भने कसरी मान्छे अपराधी वन्छ ? के हरेक नागरिकले देशको एउटा ठाउँवाट अर्को ठाउँमा जाँदा नागरिकता र नाता प्रमाणितका कागजहरु वोकेर हिड्नु उचीत हो ? के त्यो संभव छ ? वयस्क मान्छेहरुले तेस्रो पक्षलाइ हानी नपुर्याइकन गरिने लिन दिन व्यावहारलाइ किन हामीले अनुचित मान्ने ?
तर कहिले कहिले आफुलाई मात्र हानी हुने हो कि अरुलाइ पनि हानी हुने हो भनेर छुट्याउन सजिलो हुँदैन । जस्तै आधा मात्र भरिएको वसको एक जना यात्रुले आफ्नै रिस्कमा छतमा वस्न खोज्यो भने उस्लाइ छतमा वस्न दिनु पर्छ किनकी उस्को तौलले त्यो वसको सन्तुलमा केहि असर पर्दैन । खाली वसको छतमा यात्रु वस्दा वस्ने मान्छेलाइ मात्र जोखिम हुन्छ । जव त्यो व्यक्ति जोखिम मोल्न तयार हुन्छ भने र उसले अरुको जोखिमलाइ वढाउँदैन भने उस्लाइ त्यो जोखिम मोल्न दिनु पर्छ (चुरोट पिउन छुट दिएको जस्तो ) । तर सिट भरिए पछि ठाउँ नभएर छतमा मान्छे राख्दा वढि तौलले गर्दा गाडिले सन्तुलन गुमाउन सक्छ, दुर्घटना हुन सक्छ । यसले गर्दा छतमा वस्ने मान्छेलाइ मात्र जोखिम नभएर वसका सवै जनालाइ धरापमा पर्न सक्छन् । त्यसैले भरिएको गाडिमा छतमा मान्छे चढाउन राज्यले रोक्नु पर्छ किनकी त्यो कामले अरुलाइ पनि हानी पुग्छ । त्यसैले यस्तो अवस्थामा एउटा व्यक्तिले लिने जोखिमको असर अरुमा नपार्नका लागि राज्यको हस्तक्षेप चाहिन्छ ।
हालसालैको घटनामा पाँचथरको फिदिममा १८ वर्ष उमेर नपुगेको केटाकेटिको विहेको जग्गेवाटै ६ जनालाइ पक्राउ गरेको थियो । उमेर नपुगेको वच्चाको विहा गर्दा कस्लाइ घाटा हुन्छ । पहिलो घाटा त उनीहरुलाइ नै हुन्छ । दोस्रो घाटा भनेको उनीहरुका वुवाआमालाइ हुन्छ । यो विहेलाइ राज्यले अपराधको विषय वनाउँदा झन उल्टै उमेर नपुगेको केटाकेटि लाइ दुख भयो । उनीहरुले जेल वस्नु पर्ने हुन्छ । उनीहरुका वावुआमालाइ जेल र दण्ड दुवै खाले जरिवाना हुन सक्छ । जसको सुरक्षाकालागि त्यो नियम वनाइएको छ उनीहरुले नै दुख पाएका छन् । र यो कुनै अनमेल विवाह पनि थिएन । अर्को कुरा वावुआमा छोराछोरीलाइ माया नगर्ने र उनीहरुलाइ हेला गरेर यस्तो विवाह गरिदिएको भन्ने आधार पनि छैन । राज्यले यो काम वाट के जित्यो त ?
हाम्रा प्रहरी प्रशासन र न्यायलयहरुले खाली अरुले पुर्याउने हानी तर्फमात्र ध्यान दिने हो भने हाम्रो समाजमा न्याय र स्वतन्त्रतालाइ वढावा पुग्थ्यो । तर दैनिकै जसो ल्याइने नयाँ नयाँ कानुनहरुमा यस्ता आफुले आफुलाइ नै हानी गर्ने कुराहरुलाइ पनि पारिएको हुनाले प्रहरी र न्यायलयलाइ अनावस्यक रुपमा वोझ थपिएको छ र अरुले पुर्याउने हानीलाइ नियन्त्रण तिर श्रोत साधनहरुको कमि छ । मान्छेहरु अपहरणमा पर्ने क्रम जारि छ, भ्रष्टाचार जताततै व्याप्त छ, महिलाहरुलाइ गरिने दुव्र्यवहारको कमि छैन, किर्ते कागजको जगजगि छ र अरुलाइ हानी गर्ने अपराधीहरु समातिएका छैनन्, अदालतले तोकेको दण्डलाइ पालना गराउन सकेको छैन । तर हाम्रा प्रहरीहरु होटल र क्यासिनोमा चाहारेर आफुले आफुलाइ हानी गर्नेहरुलाइ खोजेर आफ्नो जिम्मेवारी पुरा गरेको जस्तो देखाउनमा व्यस्त छन् । अरुको हानी पुर्याउने अपराधिक कृयाकलापलाइ मात्र हाम्रा प्रहरी र न्यायलयहरु लाग्ने हो भने व्यक्तिगत स्वतन्त्रताको साथमा अपराध नियन्त्रण पनि हुने थियो ।
डोलेश्वर जीले जुवा, तास खेल्दा वा अबैधानिक तवरले जहासुकै गएर शारीरिक सम्बन्ध राख्दा वा, आम्दानी हुन्छ, जिविकोपार्जन हुन्छ भन्दै गाँजा खेती गर्दा वा त्यस्तै प्रकृतिका अरु अरु कामहरु गर्दा प्रत्यक्ष रुपमा अरुलाई हानी पुग्दैन भन्ने मात्रै कुरा गर्नु भयो तर त्यसले देश, समाज र उसको परिवारलाई पार्ने नकारात्मक प्रभाव तथा तत्काल र दिर्घकालसम्म पुग्ने हानिको बारेमा पुरै नजर अन्दाज गर्नु भयो । अब तपाईं जस्तो विद्वानले यस्तो कुरा बुझ्नु नै भएको छैन भन्न पनि गाह्रो बुझेर पनि बुझ पचाउनु भयो भन्न पनि गाह्रो, यता तिर ध्यान चाँही पक्कै नपुगेको हो भन्दा आपती नहोला ।
सार्थक जी,
कस्तो कुरा गर्नु भएको तपाइंले ? जुवा खेल्न पनि सजिलो छैन नि | बच्चाले खेल्न खोजे आमाबाबुले खेल्न दिदैनन | श्रीमानले खेल्न खोजे श्रीमती ले खप्नु खानु गर्दैनन् | बाबुआमा ले खेल्न खोजे छोरा छोरीले पनि नखेल भनेर उस्तै परे रोइ दिन्छन | गाउँ गाउँमा टोल सुधारक स्वम्सेबी संस्था हरुको पनि त्यत्तिकै बिगबिगी छ | गाउँ टोल सबै तिर जुवाडे भन्छन | आफैलाई पनि गल्ति गर्दैछुकी भन्ने हुन्छ | गाउँ टोल छर छिमेक का ले नै तपाइँहामीलाइ तह लगाउँछन् नि , काठमाडौँको घुस्याहा सरकार चाहिन्छ र जुवा तास रोक्न लाइ | तिनीलाई पनि हामीले नै पाल्ने हो | कर्मचारिलाई किनेर मान्छेले जुवा तास अहिले पनि खेलेकै छन् | नीति को आदर्श भन्दा पनि परिणामले पो आदर्श समाज बनाउनु पर्यो त |
हामी नेपालीहरुको एउटा अचम्मको वानी छ – विशेषगरी हामी कथित ” जा.सु ” (जान्ने सुन्ने) वर्गमा . मैले यो वर्गमा इन्टरनेटको पहुच भाको , अलिकति लेख्न पढ्न सक्ने अनि कमेन्ट पोस्ट गर्न सक्ने “वर्ग” लाइ राखेको छु . त्यो के भने, हामि देश विदेश थुप्रै घुमेपानी – वा देश विदेश को बारे राम्रै ज्ञान भएपनि , आफैले आफुलाई “परिवर्तन” को पक्षपाति भनेर देखाएपनि हामि “संस्कृति”, “धर्म” वा अरुको राम्रो कुरा (अलिकति परम्परा भन्दा भिन्न) समर्थन गर्न मा चै सारै अहिष्णु र “न्यारो माइण्डेड ” छौ.
१) याहा डोलेश्वर जी ले दिनुभएको उदाहरणहरु सबै प्राक्टिकल त छैनन् तर उहाले खाली तुलनात्मक हिसाबले मात्र आफ्नो कुरा राख्नु भएको हो. येदि चालक ले हेल्मेट लगाउनु अनिवार्य हो भने पछाडी बस्ने लगाउनु चाही किन नपर्ने? यहाँ यो कुरा लाइ नेगटिव कमेन्ट गर्ने हरु लाइ मेरो प्रश्न छ , इमान्दार भएर उत्तर दिनु होला- के तपाइँ आफु बाइक पछाडी बस्दा “हेल्मेट” लगाउनु हुन्छ? कृपया यदि लाउनु हुन्न भने किन भनेर “justify ” पनि गर्नुहोला 🙂
२) जहासम्म गाजा को कुरा छ, यो एउटा वादविवाद आउने विषय हो. यदि गाजा खानु साचिकै अपराध हो भने विश्वको कति विकसित देशहरुमा ( होल्याण्ड, क्यानाडा) मा गाजा ले कानुनि मान्यता पैसक्यो . ” चिकित्सा विज्ञान ” ले पनि यसलाई शारीरिक रुपमा “addictive Drug ” को रुपमा मान्दैन ( कोकेन, हेरोइन जस्तै …). अब कि त ति देश को कानून बनाउने हरु बेकूफ हुन् भन्नु पर्यो कि हामि नेपाली हरु अजै यो कानून खुकुलो पार्न होल्याण्ड , क्यानाडा को नागरिक जति सभ्य छैनौ र कहिले हुदैनौ भनेर स्वीकार्नुपर्यो !
३) कसैलाई “डीसटर्ब ” नगरी , त्यो ठाउको अन्तरिक वतावारंलाई खलबल नपर्नेगरी , वा भड्किलो र उत्तेजना फैलाउने किसिमको कार्य नगरी दुइ वयस्क सुरक्ष्यित यौन सम्बन्ध राख्छन भने र सो कार्यको को लागि उनीहरुलाई वा उनीहरुलाई कोठा दिने होटलवाला लै कारवाही गर्नु कति सम्म को न्यायोचित होला . हो, हाम्रो समाज अझै परम्परागत छ र हाम्रो समाजले विवाह पुर्व को यौन सम्बन्धलाई सजिलै स्विकार गर्न सक्दैन. त्यति मात्र हैन दुइ प्रेमीहरु एउटा कोठा मा बसेको उनीहरुको घरका मान्छेले सहज रुपमा लिने धेरै कम ( अलि बादी नै मोडर्न ) परिवारहरु होलान. यस्तो बेला यी प्रेमीहरु आफ्नो परिवारलाई अप्ठेरो नपारी प्रेमलाइ अविब्यकता गर्छन भने यसमा तेस्रो व्यक्ति वा निकायले टाउको दुखाउनु पर्छ जस्तो लाग्दैन.
कुरा सिद्धान्त र व्यबहार कै हो डोलेश्वर तथा बिबेक जी । सिद्धान्तलाई एउटा सफा सादा कागजको पाना मान्ने हो भने राम्रो सोंच भएको मान्छेले फेला पार्दा त्यसलाई सुन्दर तस्बिर वा सुन्दर गीत, कविता वा यस्तै सुन्दर शब्दावलीहरुले भरेर अरु समक्ष प्रस्तुत गर्न सक्छ तर त्यै कागजको पानालाई खराब नियत भएको मान्छेले फेला पार्ने हो भने त्यसमा समाजको लागि अपाच्य, अश्शिल तस्बिर वा शब्दावलीहरुले भर्छ र प्रस्तुत गर्छ । हाम्रो जस्तो हरेक कुरामा अधकल्चो सोँच, अन्धानुकरण गर्नेहरुको दबदबा र बर्षौं बर्ष संक्रमणकाल भनेर शासन सता चलाई राख्न गर्न पाउने मुलुकको लागि न त शिक्षा र चेतनाले उन्नत, स्वबिबेक प्रयोग गर्न सक्ने नागरिकहरु भएको हल्याण्ड, क्यानाडा जस्तो नियम, कानून र स्वतन्त्रता नै व्यबहारिक हुन्छ नत आर्थिक रुपले सम्पन्न तर शिक्षा र चेतना स्तरमा तुलनात्मक रुपमा कमजोर तथा साँगुरो सोचाइमा बाँधिएको अरब मुलुकहरुको जस्तो नियम, कानून र बन्धन नै व्यबहारिक हुन्छ । राजनैतीक पार्टीका नेताहरुबाट मात्र हैन हामी आफूलाई बौद्धिक ठान्नेदेखि सर्वसाधारणसम्मले प्राप्त लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको दुरुपयोग देशलाई अराजकता तर्फ धकेल्न योगदान दिइ राखेको अहिलेको अवस्थामा तपाईंले भने जस्तो स्वतन्त्रता र स्वछन्दता प्रदान गर्दा मुलुकको हालत कस्तो होला?
अब जुवा खेल्न पाउने अधिकारको उदाहरणमा सिमित हुँदा पनि जुवा खेल्नाले खेल्ने ब्यक्तिलाई मात्र हानी हुन्छ बन्नु जस्तो कुरा बुझेर बुझ पचाउनु अरु केही हुँदैन । एउटा निकम्मा जुवाडेले आफू र घर परिवारलाई खाडलमा त हाली राखेकै हुन्छ, पुस्ता दरपुस्तालाई आर्थिक, सामाजिक संकटमा जाकी राखेको हुन्छ सँगसँगै समाज र देशलाई पनि प्रतक्ष अप्रतक्ष बिभिना माध्यमबाट हानी पुर्याइ राखेको हुन्छ । मेरो बिचार कुनै सिद्धान्तमा आधारित नभएर एउटा कुलङार जुवाडे बाउको सन्तान भएर जन्मिएकोले पारिवारिक, आर्थिक र सामाजिक अवस्थालाई पहिलेको ठाउँमा ल्याउनको लागि करिब २५ बर्षदेखि हाडछाला घोटेर लागि राखेको म स्वयंको दर्दनाक र तितो अनुभव हो यो । यसका साथै मैले बाँचेको समाजमा मैले मेरा जस्ता अरु पनि धेरै घटनाहरु देखेको छु ।
हैन सार्थक जी, मैले जुवा खेल्नु, चुरोट खानु र आफैले आफुलाई हानि गर्नु लाइ समर्थन गरेको पक्कै हैन….बिष सेवन गरेर आत्महत्या गर्न पाउनु लाइ जायज कहीले भन्न मिल्दैन . आफु मरेपनि परिवारको बिचल्ली गरौन पाइन्दैन, त्यो म पनि मान्छु.
मैले खालि एउटा प्रश्न को उत्तर मात्र खोजेको थिए. जस्तो कि दोलेश्वोर जी को हेल्मेट को कुरा धेरै लाइ चित्त बुझेको छैन त्यो नबुझ्ने मध्ये मा ठोकुवा गरेर भन्छु ९०% भन्दा बढी ले बाइक पछाडी बस्दा हेल्मेट लगाउनु हुन्न र अर्को ठोकुवा के गर्छु भने भोलि त्रफ्फिक ले खुकुलो गर्दियो भने यहाँ कमेन्ट गर्ने ६०% भन्दा बढी ले आफै लगाउनु हुन्न. के तपाई पनि त्यो मान्नु हुन्न सार्थक जी ?
अनि हामी जति जुवा को बिरोध गरेपनि , खुला यौन को , खुला गाजा सेवन को बिरोध गरेपनि म आफ्नो छैठौ इन्द्रिय प्रयोग गरेर सजिलै भन्न सक्छु भोलि यहाँ एउटा जनमत संग्रह भयो रे – १) एउटामा मध्ये पुर्व जस्तो विवाह पुर्व को यौन लै वर्जित गर्ने, गाजा खको पक्रियेमा १०० कोर्रा हान्ने, अनि जुवा खालमा भेटिएमा १० वर्ष जेल हाल्ने र २) दोश्रोमा यौनलाइ अलि खुकुलो गर्दिने , जुवा लाइ मर्यादित बनाएर “legalize” गर्ने र गाजा सेवन लै नि व्यवस्थित तरिकाले विस्तारै खुकुलो बनाउने अप्सन भयो भने मा फेरी ठोकुवा गर्छु सार्थक जी यहाँ नेगेटिभ कमेन्ट गर्ने मध्ये ५१ प्रतिसत ( बढी भन्न सक्दिन ) ले दोश्रो अप्सन छान्छन होला . एकचोटी prejudice-free भएर सोचम त सार्थक जी !
मलाई दोलेश्वोर जी को कुरा घत लागेर भन्दापनि कमेन्ट गर्ने हरु को द्वैध चरित्र घत नलागेको मात्र हो!!!
बिबेक जी, कामको कारणले ब्यस्त भएर भर्खर मात्र तपाईंको प्रतिकृया हेर्न पाएँ । तपाईंले छैठौं इन्द्रिय प्रयोग गरेर गरेको बिश्लेषणहरु सत्यको नजिक होलान तर अरुको लागि भने ती तपाईंका फगत अनुमान मात्र हुन । तपाईंले भने जस्तै तपाईंको बिचार बिपरित यहाँ कमेन्ट गर्ने जती सबै द्वैध चरित्र भएकाहरु हुन भनेर किटान गर्नु पनि पूर्वाग्रही हुनु नै हैन र? किन कि द्वैध चरित्र भन्ने कुरा मान्छेको ब्यबहार नहेरी बिचार पढेर अनुमान गरेर मात्र कसरी भन्न सकिन्छ र बिबेक जी?
तपाईंले राखेको २ वटा option को सम्बन्धमा चाँही मेरो भनाइ पनि करिब तपाईंको जस्तै जस्तै नै हो कि नेपालमा न त यूरोप अमेरिका जस्तो एकदमै खुकुलो न त अरब जस्तो एकदमै कडा नियम कानून दुबै उपयुक्त हुँदैन । आफुलाई अत्याधुनिक देखाउन वा कट्टर देखाउन दुबै बाटो नपछ्याइ नेपालको परिस्थिती, परम्परा, धर्म, संस्क्रिती, शिक्षा, चेतना स्तर अनुरुप कै व्यबहारिक नियम कानून उपयुक्त हुन्छ र प्रचलित नियम, कानून, संस्कार र परम्परालाई बेवास्था गरेर “मै चाहे ए करुँ मै चाहे ओ करुँ मेरी मर्जी” भनेर आफ्नो मर्जिले चल्न सकिदैन र पाइदैन पनि भन्ने लाग्छ मलाई ।
बुझ्नेले कुरा नबुझे पछि,
मनमा कुरा नलिए पछि,
मनमा पिर त पर्ने नै भयो,
यो मन तेसै मर्ने नै भयो,
हेल्मेट लाउन अनिबार्य नगरे सबैले तालु चिन्ड़े भएरै मोटरसाइकल चलाउछन र accident भटा भट हुन्छन अनि सबै मोटरसाइकल चलाउने मर्छन भन्ने खालको बुझाई धेरै जनाको पाइयो | अनिबार्य नगरे पनि मान्छेले आफ्ना सुरक्षाका लागि लगाई हल्छन नि | नलगाउने हरुले विचार गरेर नै नलगाउने हो | स्पीड कम छ, आफु चलाउन पोख्त छु भन्ने ठान्ने वा केहि कारण हुन्छ | एकजना बयस्क मान्छेले जानी बुझी कन लगाउन्दैन भने उसको बिबेकको सम्मान गर्नु पर्यो नि | किन हामीले आफुलाई सामान्य बिबेक पनि नभएको ठान्ने ? चिप्लो बाटोमा होस् गरेर हिड्न हामीलाई कसैले भन्नु पर्छ र ? यसका लागि पनि हाम्रो ट्याक्स बाट तलब दिएर पुलिश पाल्नु पर्छ र ? हामि आफैं होसि हुदैनौ र | धरहरा मा बार नहाल्ने हो भने मर्न खोज्ने मान्छेको लाइन लग्छ र ? केहि वर्ष अगाडी सम्म त्यो खुलाई थिएनर ? भन्नु होला त्यो बेला धरहरा बाट कति धेरै मान्छे आत्मा हत्या गर्थे अहिले त्यो रोकिएको छ | धरहरा मा पो रोकियो त आत्माहत्या त रोकिएको छैन नि | गाँजा खेति खुला भएको बेलामा के सबै मान्छे गंजडी थिए र ? अहिले प्रतिबन्धित भएको बेलामा पनि चाहने हरुले गाँजा खाएका छैनन र ? हैन हाम्रो घोकन्ति सिक्षाले नै होला, अलिकति पनि सोच्नु पर्ने भए पछि हामीलाई ज्वरो नै आउने भएको |
एउटा कुरा के बिर्सनु हुदैन भने प्रहरी लाइ हामीले पाल्ने हो | सरकारबाट हुने भन्ने बित्तिकै आकासबाट झर्ने जस्तो भुझाइले गर्दा नेताले तारा खसाउने कुरा गर्ने अनि जनता ले हो मा हो मिलाउने तरिकाले नेपाल कहिले उँभो लाग्ला र !
जनता माथि नआइ नीति माथि जाँदैन हो सोल्टी हो | मेरो केहि समय अगाडी को लेख यहाँ छ http://www.mysansar.com/archives/2011/02/id/१७०४६ | आफु डाक्टर भएर जनतालाई भेडा भन्ने भनेर तपाईं हरुले आगो फुक्नु होला भन्ने दरले चन्द्र भण्डारी को नाममा लेखेको थिए | जनता जनार्दनको अपमान गर्ने मनसायले होइन कि खाली भाषाको प्रभावकारिता का लागि मात्र भेडा सब्द प्रयोग गरेको हो |
हेल्मेटको उदाहरण यहाँ पनि आएछ | मैले तल पनि कमेन्ट गरेको थिए, राम्ररी पड्नु भएन जस्तो छ | नेपालीमा moral hazard लाइ ठ्याक्कै के भनछन् थाहा भएन, जब अस्पताल/सरकारले तपाइको अप्रेसनमा लागेको ४-५ लाख खर्च तिर्ने व्यवस्था हुन्छ तब कतिपय मान्छेहरुका क्रियाकलाप जोखिमपूर्ण हुन्छन , जस्तै हेल्मेट नलगाउने, speeding गर्ने आदि | तपाइलाई के भन्नु र insurance industry ले सामना गर्ने प्रमुख समस्या मद्धे moral hazard पनि एक हो | यो उदाहरंमा सरकारकोरको/अस्पतालको भूमिका insurance industry कै हाराहारीमा छ | तेस्मथी अंग भंग भयो भने आजिबन भत्ता दिने पनि सरकार नै हो | हुनत भन्नुहोला “ति भत्ता दिने, दुर्घटनामा मरणासन्न भएको मान्छेलाई अप्रेसन गर्ने काम ‘लोक कल्याणकारी राज्यमा ‘ होला, मैले कल्पना गरेको राज्य ब्यबस्थामा हुदैन ” | तर संसारका सबै सफल असफल राज्य व्यवस्थामा केहि न केहि लोक कल्याणकारी राज्यको अंश हुन्छ | अनि अर्को तर्क के हुन सक्छ भने ति सबै नियम कानुन बनाउने , पालना गराउने आदि काममा हुने खर्च भन्दा दुर्घटना हुदा राज्यले गर्नै पर्ने खर्च कम हुन्छ , तेस्ता तर्क त जति गरे पनि भयो | अ अनि अर्को कुरा हेल्मेट लगाएको मान्छेले पनि moral hazard ले भनेजस्तै जोखिमपूर्ण तरिकाले सबारी चलाउन सक्छ “हेल्मेट लगाएको छु क्यारे , लडे पनि केहि हुन्न भनेर ” , तर मेरो बिचारमा सरकार/अस्पतालले गरिदिने व्यवस्था बाट सिर्जना भएको moral hazard (जोखिमपूर्ण काम ) हेल्मेट लगाएकोले गर्दा गरिने जोखिमपूर्ण काम भन्दा धेरै हुन्छ | अब येस्मा पनि अनुसन्धान त भएका होलान , त्यो खोज्ने जिम्मा तपाई कै | बास्तबमा डाक्टरसाबको कमेन्टको सार मैले तल कमेन्ट गरेजस्तो “बयस्क मान्छेले आफुले गरेको कामको फल आफै भोग्नु पर्छ , अनि यो motorcycle दुर्घटनाको case मा निजको आर्थिक अवस्थाले भ्याए उपचार गर्छ नत्र तेसै मर्छ ” भन्ने नै पाए |
संदेश जी,
हामि एक आपसको अन्तरसम्बन्धमा बाँचेका हुन्छौं , त्यसमा द्विविधा छैन | राज्य कति सम्म paternalistic हुने भन्ने कुरा हो | त्यसो त मैले गर्ने हरेक क्रियाकलापले समाजमा राम्रो नराम्रो असर त छोडी राखेकै हुन्छ नि | के तपाइले तपाइको छिमेकीले खाने कुराको लिस्ट, उसले बिताउने समयको schedule, उसले गर्ने सरसफाईको standard बनाएर दिन सक्नु हुन्छ वा त्यो ब्यबहारिक छ ? तर उनले गर्ने हरेक क्रियाकलापले तपाइंलाई असर त गर्छ नि त्यो धेरै सानु नै किन नहोस |
तपाइले उठाउनु भएको moral hazard को कुरा कतिखेर आउने हो भने कुनै व्यक्तिले आफुले गरेको कामको परिणाम भोग्नु नपर्ने भएमा | मोटरसाइकल दुर्घटनामा त उसले धेरै जसो असर बेहोर्छ नै | पहिलो कुरा त उसलाई दुख्छ, त्यो उ चाहदैन | दोस्रो उसको अंग भंग हुन्छ, उ गरिब बन्छ | त्यो पनि उ हुन चाहदैन | तेस्रो सरकारले सबै उसको उपचार गरे पनि, धेरै असर उसलाई हुन्छ नि |
अर्को कुरा तपाइले यो पोलिसी को cost-benefit लाइ हार्नु पर्छ | हेल्मेट अनिबार्य नगरे पनि मान्छेले आफ्नु सुरक्षाको लागि लगाउञ्छन नै | यो कामको enforcement मा खट्ने पुलीसको खर्च मात्र पनि हिसाब गर्ने हो भने दुर्घटना सस्तो पर्न आउँछ | पुलिसलाई पनि धेरै enforcement का धेरै choice छन् भने उनीहरुले जताबात हातलागी धेरै हुन्छ त्यो खाले अपराधमा जोड दिन्छन | यसले चित्त नबुझे मेरो email मा पनि सम्पर्क गर्नु भए हुन्छ | [email protected].
Doleswar जी,
तपाहिलाई आकस्मात पर्दा वा भनौ तपाहिलाई कसैले कोप्चेरोमा राखेर लाठाले चुट्न वा भकुर्न लाग्यो भने सबैभन्दा पहिले तपाहिले के कुराको बचावट गर्नुहुन्छ? तपाहिको हात पाखुरी टाउको बचाउन उठ्दछकि खुट्टा र तिघ्रा वा जंघार छोप्न वा बचाउन लागि पर्छ?
तपाहीलाइ हानि पुग्ने चोट लाग्ने वा पिटाइ खाने पर्ने अबस्थामा ढाडमा, पाखुरीमा, तिघ्रामा खान वा चोट लगाउन प्राथामिकता दिनुहुन्छ कि टाउकोमा?
यदि यसको उत्तर: प्राथामिकता टाउको बचाउनु हो भने, हेल्मेट सम्बन्धि बहशको टुंगो यहि पाउनुहुन्छ! र यो बहस बन्द गर्न राम्रो होला!
दुर्घटना र भबितब्य ढोका ढक्ढकायर, चिठ्ठी लेखेर, फोन र म्यासेज गरि आउदैन!
कतिपय दुर्घटना आफ्नो साबधानी रहादारहादै पनि अरुको कारण हुन जान्छ!
यो आकस्मिक हो जसको अड्कल काटियको हुदैन!
तपाहिलाई सपिङ्ग गर्न जादा वा मन्दिर जादा हेल्मेट लगाउने नियम त लगायको होइननि, न त तपाहिलाई कार वा बसमा यात्रा गर्दा लगाउनपर्ने नै बनायको छ!
मोटर साइकल जुन अन्य सवारी साधन भन्दा सर्वथा हजार्डस छ र तेस्को चालक लाइ भबितब्य वा दुर्घटनामा सबैभन्दा बढी खतरा पुग्न सक्छ हो तेसैको टाउको जोगाउन हेल्मेट लगाउन पर्ने नियम हो! कसले हेल्मेटको कमिशनको लागि यो नियम बनायको देख्छ, कसैले हेल्मेट व्यापारीको फाइदाको लागि बनायको देख्छ!
आफ्नो आफ्नो द्रिस्ट्रि र आफ्नो स्तरको सोचाइ चिन्तन लागु हुन्छ सबै ठाउमा!
अब हेल्मेट लगाउने नियम मोटर साइकल यति किलोमिटर को गतिमा चलायमा लगाउनुपर्ने भनेर त सकिन्न कि कसो?
अब साइकल चलाउदा लगाउन पर्ने त छैन, कि क्याहो?
त्यो किन भनेर त बुझ्न सक्नुहुन्छ नि!
तपाहिले आफुलाई हानि पुर्याउने काम गर्नु पाउनुहुन्छ यदि तेस्ले प्रत्यक्ष वा परोक्ष अरु कसैलाई असर गर्दैन वा तेसप्रती अरु कसैको कुनै उजुरी र असहमति हुदैन भने!
जस्तो कि,
कोर्रा लियर टुडिखेलमा आफैलाई कोर्रा हान्नुस, सुइरो लियर जिब्रो छेड्नुस आदि आदि!
तर यो बेतुकको बहस चाहि ठिक होइन भन्ने लाग्छ है मलाई!
” तपाहीलाइ हानि पुग्ने चोट लाग्ने वा पिटाइ खाने पर्ने अबस्थामा ढाडमा, पाखुरीमा, तिघ्रामा खान वा चोट लगाउन प्राथामिकता दिनुहुन्छ कि टाउकोमा?
यदि यसको उत्तर: प्राथामिकता टाउको बचाउनु हो भने, हेल्मेट सम्बन्धि बहशको टुंगो यहि पाउनुहुन्छ! र यो बहस बन्द गर्न राम्रो होला!”………………………………………………………………………………………………………………….
अहिले भने गगने ले दिएकै हो दनक मान्नु पर्छ
डाक्टरसाब ले भने जस्तै “आफुले गरेको कामको परिणाम भोग्नु नपर्ने भएमा” मात्र moral hazard को अवस्था आउछ भन्ने कुरा स्वीकार गर्न असजिलो लागेर मेरो नजिक भएका ४ जना मान्छेहरु संग एउटा सानो प्रयोग (experiment ) नै गरे मैले त | जोखिमपूर्ण काम गर्दा पनि यी ४ जना homo economicus – economic human (जुन सुकै काम गर्दा पनि नाफा -घाटा को राम्ररी मुल्यांकन गरेर बिबेकशील निर्णय गर्न सक्ने ) कै व्यवहार गर्ने गरेको पाए | यी ४ जना साथीहरु सबैले सबारी बिमा गरेका छन्, अनि तेस संगै personal injury protection प्लान (सबारी दुर्घटनामा पर्यो भने घाइतेको उपचार गर्ने व्यवस्था) पनि उनीहरु संग छ | यी साथीहरु कहिले कहिँ speeding पनि गर्दा रैचन (जस्तै ६५ माइल प्रति घण्टा हाक्न पाइने ठाउमा ७० / ७५ पनि हाक्ने ) अनि यिनलाई तेज गतिमा गाडी हकदा दुर्घटना भएर अंग भंग हुने अनि ज्यानै जाने सम्भावना पनि सामान्य गतिको हाकई भन्दा बढी हुन्छ | मेरो प्रस्न थियो ” येदि insurance contract मा अनुमति भन्दा उच्च गतिमा गाडी चलाउदा दुर्घटना भयो भने Person injury protection (PIP ) ले तिम्रो उपचारमा कत्ति पनि रकम दिदैन भन्ने clause थप्यो भने तिमि speed limit भन्दा बढी गतिमा गाडी हाक्ने गर्छौ ??” एस्तो condition मा चारै जनाको उत्तार थियो , बिमामा तेस्तो clause भयो भने सधै लिमिट भित्रै हाक्छु | यी सबै जनालाई आफ्नो ज्यानको मूल्य PIP ले बेहोर्ने $५०,००० भन्दा धेरैनै लाग्छ तर पनि insurance भएको अवस्थामा मान्छेले कहिँ न कहिँ risky behavior देखाएकै हुन्छ | कत्तिको जोखिमपूर्ण व्यवहार गर्ने चै बय्क्ति व्यक्ति मा फरक हुन्छ |
अर्को कुरा यहाले public policy (सार्बजनिक नीति ) को cost -benefit गर्नु पर्ने कुरा गर्नु भयो , जुन कुरा मैले पहिले नै औल्याएको थिए , त्यो पनि एउटा तर्क हुन सक्छ भनेर | तर हेर्नुस न , उदाहर्णको लागि अमेरिकामा value of a statistical life [VSL] (कुनै सार्बजनिक नीति ./कार्य गर्दा मान्छे लाइ पर्ने अशर हिसाब गर्दा एक जनाको ज्यान को मूल्य मौद्रिक इकाईमा कति हुन्छ ) लगभग $७ million (सत्तरी लाख dollar ) छ , तेस्तै अरु बिकसित देसमा पनि धेरै नै होला | अनि देशको आर्थिक सम्ब्रिदी सगै सरकारले आफ्ना नागरिकको जिउ ज्यानको मूल्य बढ्दै गयको महसुस गर्छ | त्यस कोणबाट हेर्दा , मानौ नेपालमा VSL ७० लाख रुपया मानिएको छ , जसको अर्थ कुनै पनि सबर्जनिक नीति जसले मान्छेको ज्यान जोगाउने काम गर्छ , तेस्को लागि ७० लाख रुपया सम्म खर्च गर्दा पनि cost -benefit बिस्लेसनको आधारमा जायज नै मानिन्छ |
लास्टमा , यी सबै कुरा हुदा हुदै पनि तपाईले नै भन्नु भयो “राज्य कति सम्म paternalistic हुने भन्ने कुरा हो” | येस्मा म पनि सहमत छु | व्यक्ति व्यक्तिको सोचाइमा येही फरक पर्ने हो | अलिकति पनि लोक कल्याणकारी motive भयको ब्यबस्थामा राज्यले आफ्नो उदेश्य पुरा गर्न नीतिहरु बनाउछ | जसलाई पुरै अस्वाभाविक मान्न सकिन्न | अमेरिकी supreme court Justice Antonin Scalia ले भने जस्तै “सरकारले जनतालाई स्वस्थ रहन ब्रोकौली मात्र खाउ भनेर भन्ने सम्मको नियम बनाउला कुनै दिन” भन्ने जस्तो सरकारको भूमिका खोजेको होइन मैले पनि तर जनताको जिबनको कतिपय आधारभूत कुराहरुमा अभिभाकत्व देखाउनु नाजायज होइन |
संदेश जी,
तपाइंले त म जस्तो सिधा साधा मान्छेलाई intellectual gymnastics तिर पो हाल्न लाग्नु भयो | मेरा तर्क त सबै low hanging सुन्तोला हुन् | तिनलाई टिप्न यति धेरै उफ्रनु पर्दैन क्या |
नेपालको सन्धर्बमा सरकारी सुबिधा पाइञ्छ भेनेर मोटरसाइकल चलाउंदा हेल्चेक्रयाई गर्ने कति होलान | अनि धेरै मोटरसाइकल चल्ने ठाउँ हरु काठमाडौँ, पोखरा, जस्ता ठाउँ हरुमा Speed पनि कति नै पो छ र | अलिकति भुईं तिर फर्केर तर्क गर्दा कसो होला ?
“आफुले गरेको कामको परिणाम भोग्नु नपर्ने भएमा” मात्र moral hazard को अवस्था आउछ भनेकोले अफुसंगा उपलब्ध बिबेकशील मान्छेहरुले कस्तो व्यवहार देखाऊछन् त भनेर मात्र एउटा प्रयोग गरेको हो | नेपालको मोटर साइकल उदाहरन फरक भएपनि मानबिय व्यवहार उस्तै उस्तै हुन्छ येदि समान खालका नीतिहरु छन् भने | नेपालमा हालसालै सबारी बिमाको चलन सुरु भएको छ , हुन सक्छ निकट भबिस्यमा मैले भने जस्तै PIP को clause पनि राख्न सक्छन (भलै निश्चित गति भन्दा बडी मा हुने दुर्घटना मा PIP दिने नदिने कुरा बिकसित देशमा पनि छैन ) त्यो त खाली बिमा कम्पनि हरुले moral hazard avoid कसरि गर्न सक्छन भन्ने मात्र उदाहरण हो | जसरि सरकार ले moral hazard avoid गर्न हेल्मेट अनिबार्य गराउछ, अनि कतिपय करदाताले पनि त्यो लागु गराउन सरकारलाई दबाब देलान |
अनि cost -benefit को उदाहर्णत जहाँ पनि लागु हुन्छ | देशको उन्नतिको स्तर अनुसार जनताको ज्यान जोगाउन कति सम्म खर्च गर्न सक्ने भन्ने कुरा मात्र हो |
ल मानु मोटर साइकल चलाउनेले सरकारी उपचार /भत्ताको विचार गरेको छैन , तर सरकारले त मज्जाले विचार गर्नु पाउछ नि , आखिर दुर्घटना भएर अंग भंग भयो भने पाल्ने आफैले भए पछि | लोक कल्याणकारी राज्यको अलिकति पनि भूमिका छ भने हेल्मेट नलगाई मोटर साइकल हाक्ने मान्छे भेटियो भने जबर्जस्ति समातेर निकाल्न नै नसक्ने गरेर हेल्मेट लगाईदिएर पठाए पनि जायज नै हुन्छ |
चुच्चे ढुङ्गो उही टुंगो भनेको तेही हो !!!१ भण्डारी जी सग बसेरै कुरा गर्नु पर्ला नभए वहाले बुझ्नु होला जस्तो लागेन !!! नखुल्ने लिंक दिए बुढाले , समय मात्र बर्बाद !!!
हावा कुरा गर्नमा सबै माहिर छन् तपाईले पनि धेरै हावा कुराको उदाहरण दिएर नेपालीको दिमाग भुट्न खोज्नु भएको रहेछ । जुवाले अरुलाई हानी नभएको भन्ने तपाईको विध्धत्वतामा नै संका लागि रहेको छ । तपाईको विध्धत्वताले नेपाली समाजलाई हानी गर्ला कि ?????????????????
हुन त मैले डाक्टर साबका पहिलाका लेखमा पनि भनेको छु , तपाई libertarian दर्शनको धुरन्धर भक्त (अन्ध भक्त चै नभनौ होला ) हुनु हुन्छ जस्तो लाग्छ | अनि सबै बिसयलाइ अर्थासस्त्रिया दिस्त्रिकोड़बाट हेर्न मन पराउने |
हुनत म आफैपनि स्वतन्त्रताबादको समर्थक अनि व्यक्तिको जिबनमा राज्य अथवा कसैको पनि हस्थक्षेप हुनु हुन्न भन्ने मान्छे हु | तर कहिलेकाही एक्लै बसेर येसो सोच्दा ‘कति सम्म स्वतन्त्रता ठिक हो ‘ भन्ने कुरा दिमागमा खेलाएर आफै बाद प्रतिबाद गर्न थाल्यो भने दिमाग चक्कर लगेर आउछ | येस्ता बिबादमा आउने बिसयेहरु सरसर्ती हेर्दा अर्को मान्छेलाई असर नगर्ने देखिए पनि indirect प्रभाब चै निकै पर्ने जस्तो लाग्छ |
डाक्टर साबलाई मन पर्ने अर्थासस्त्रिया द्रिस्तिकोदबाट नै हेर्दा पनि कुनै पनि कुराको ‘market definition ‘ मा ध्यान दिनु पर्ने हुन्छ | जस्तो कुनै पनि देशको स्वास्थ सेबालाइ एउटा मार्केट मान्ने हो भने त्यस मार्केटका सबै सहभागीले सामान्य नियम पालना गर्नै पर्छ | तपाईको हेल्मेट उदाहरण मा : कोहि मान्छे गम्भीर दुर्घटनामा पर्यो , तत्काल अस्पताल लगियो | त्यो मान्छेको insurance भए पनि नभएपनि emergency case भएकोले अस्पतालले ( सरकारी अस्पताल होस् या निजि ) उपचार गर्नै पर्छ (यो संसार भरिको चलि आएको मान्यता हो ) | अझ तेस्मथी उसलाई बचाऊने हो भने ४-५ लाख महँगो अप्रेसन तत्काल गर्नु पर्ने भयो | अब त्यो मान्छेको आर्थिक अवस्था त्यो उपचारमा लागेको पैसा तिर्न सक्ने छैन | एसको अर्थ तपाई हामीले तिरेको करबाट उसको उपचार हुन्छ | तेस्मथी असक्त भयो भने आजिबन राज्यले भत्ता दिएर पाल्नु पर्ने | अब तपाई मैले भन्न किन नपाउने ‘हेल्मेट लगाउनु पर्ने कानुन बनाउ ‘ ताकी हाम्रो कर लापरबाही पुर्बक सबारी चलाउनेहरुको उपचारमा खर्च हुने छैन | अब भन्नु होला तपाई को model मा सरकारी अस्पताल हुदै हुन्नन् | ल मानु सबै निजि अस्पताल रे , तेती हुदा पनि त्यो emergency case को उपचार गर्ने निजि अस्पतालले त्यो उपचारमा लागेको खर्च अरु सेवामा मूल्य ब्रिद्दि गरेर पूर्ति गर्छ | येसरी तर्क गर्न थाल्यो भने “बयस्क मान्छेले आफुले गरेको कामको फल आफै भोग्नु पर्छ , अनि यो motorcycle दुर्घटनाको case मा निजको आर्थिक अवस्थाले भ्याए उपचार गर्छ नत्र तेसै मर्छ ” भन्ने निष्कर्समा पुगिन्छ | जुन मेरो बिचारमा अल्लि बिबेकसिल छैन कि ?
डा. साप !
वाहियात तर्क नगर्नुस | छोटो कुरा गरम है -,अरुलाई प्रत्यक्ष्य हानी पुग्दैन भन्दैमा मलाइ ‘जे गर्न पनि छुट’ हुनुहुदैन र छदा पनि छैन |
बिदेस तिर त साइकल चढ्नेले ध री हेल्मेट लाउछन, टाउकोमा हेल्मेट लगाउनु बैज्ञानिक कारण छ -मान्छे जमिन तिर माथिबाट लड्दा पहिले टाउको बजारिन्छ अनि टाउकोको चोट को कारण मान्छे बाच्ने सम्बभाना कम हुन्छ तेसैले !
डा. डो..लाइ भन्नु केहि छैन उन ले त समाजमा येसो भन्छन्को चित्रण मात्र गर्न खोज्या हुन् – हुन् पनि हाम्रो समाज यस्तै छ , अस्ती तिलेलाई यसरी जाड धेरै नखा मात्र के भन्याथे -खायेत खाए मेरो पैसाले खाए तेरो सम्पती खाको छैन भन्थ्यो ,झन् अस्ती फुलेको दुलै पासो लाएर मरी . मलाइ थाहा छ अब आउने उनका तीन पुस्तालाई भारी पुग्यो तीनको शीर उज्यालो कहिलेइ नहुने भो… मान्छे आबेशमा आएर हुने नहुने गर्छ आफु मर्छ -आनंदै! तर बाच्नेको तीन पुस्तेलाई दिञ्छ सास्ती.. म त् भन्छु सरकारले सके सुधार तथा नसके मार को सेन्टर खोल्नु पर्छ ताकि सुध्रने लाइ सुधार्न सकोस प्रिथिवी को भार लाइत मरोस तर तेस्को उत्पीडन परिवारले भोग्न नपरोस ! अनुरोध .छ – आबेशमा आएर निर्णय नगर केहि सोच ! त्येसको असर कतीलाई पर्छ भनेर…..
हुनत आबेशमा रामायण कसले पढ़छर? नियत सफा राखेर काम गर बस…….
डाक्टर साहेब,
तपाई मज्जाले मर्न पाउनु हुन्छ, मर्नोस ! तपाईको लेख पढे पछि कसैले तपाईलाई रोक्ने आँट गर्दैन! बरु मिल्छ भने यसो एउटा “मरण पत्र” (suicide note ) चाहिं लेखेर छोडी दिने हो कि ! हामी बाँच्न चाहने कायरहरुलाई काम लाग्छ क्या सबुद प्रमाणको लागि !
डा साहेब ले सहि कुरा उठाउनु भएको छ ,विकृत कानुनु ब्यबस्था र विसंगति तर्फ औला उठाउनु प्रबुद्द्द बर्ग को नैतिक दायित्त्व हो |
बाबुराम डा साहेब ले पनि सामाजिक क्रान्ति आवस्यकता महसुस गर्दै दलित को घर घर पाहुना लागेर हिडि रहेछन |बास्तब मै नेतालाई लाइ गालि गर्दा गर्दा ,सुन्दा सुन्दा वाक्क भएको बेला मा माइसंसार ले गतिलो बिषय बस्तु पस्केको मैले महसुस गरेको छु |
निस्चय पनि धेरै नियम हरु प्रसासक ,सासक को फाइदा को लागि बनेका थिएर हुन्छन |
आजको बदलिदो परिस्थिति मा पनि उही पुरानो काइदा कानुन मा लहसिनु भनेको बुढी भैसी पालेर घिउ खान्छु भन्नु जस्तै हो |
अब डाक्टर को पालि है केहि गरेर देखाउने
इन्डिया मा
१) डा मन मोहन सिंह
२) नेपाल मा डा रामबरण ,डा बाबुराम –येस्पाली हामि इन्डिया भन्दा भाग्यमानि परेर २ डाक्टर हामीसाग जो परे |
पुरानो नेपाल बनाएका डा हर्क ,डा रामसरण ,डा भारत मोहन ,डा भेस बहादुर ,डा प्रकाशचन्द्र लोहनी
बास्तब मै कम्तिमा डा न भएकोलाई अब नेपाल को राजनीति मा प्रतिबन्ध लगाइदिए हुन्छ |
डा. साब,
आफ्नो बिचार अघि सारेर तर्क सहित वहस गर्नु राम्रो हो| तर तपाईको प्रसंग ठिकै भएपनि तपाइले दिनुभएका तर्क र तर्कना वाहियात लाग्यो|
please know that no man is an island.
त्यति धेरै फुर्सदको समय अन्य उत्पादकीय र समाजलाई देन हुने कुरामा लेखे राम्रो हुने थियो होला कि?
कस्तो बुद्धि हो डाक्टर साबको !!!! तपाई बाहेक तपाइका गाउका सबै जसो मान्छेले क्यासिनोमा उनीहरुको भएभरको सम्पत्ति हारे भने त्यो केवल उनीहरुको लागि मात्रै नोक्सान हुने छैन, तिनीहरुले सबै भन्दा तपाइको घरमा लुट्न आउनेछन किनकी बाच्नु त पर्यो !!! अब धेरै के सम्झाउनु ……………हैन हो गाठे कसरि डाक्टर हुनुवो तपाई ??? यति पनि सोच्ने दिमाग छैन , मानार्थ उपाधि हो कि क्याहो कुनै नक्कली स्कुलले दिएको !!! तपाइले भने जस्तै दुइजनाको इच्छामा उमेरदार केटा केटि हरु कुनै होटेल वा सुरक्छित स्थानमा बसेको बेलामा अन्यथा ठानेर पक्रनु चाही ठिक होइन , सरासर अपराध हो !!!
डा.डोलेश्वर भण्डारी ज्युले लेख्नुभयेको बिषय निकै नै गम्भीर, समयसान्दर्भिक अनी प्रगतिउन्मुख छ।
मेरो बिचारमा बिषयको व्याख्यामा केही त्रुटी हरू छन् जस्तो की बाल-बिबाह, दुर्ब्यसनी इत्यादी यी बिषय हरूले झ्वाट्ट हेर्दा अरुलाई हानी गरेको नदेखिएपनी परिवार अनि समाज लाई निकै नै हानी गरेको देखिन्छ।
उदाहरण ५:(शारिरिक सम्बन्ध) गहन र निकै नै छलफल भएको बिशयबस्तु हो जसमा दुबैको सहमती हुन्छ र अरुलाई हानी गर्दैन त्यसमा कानुनी हस्तक्षप सायद् उचित हुन्न कि?
उदाहरण १: (हेलमेटको प्रसङ्ग)धेरै हद सम्म सहि लाग्यो किनकी त्यो उसको स्वतन्त्रता हो र त्यसले अरुलाई हानी गर्दैन बरु सवारिका अरु नियम हरू उचित तरिकाले पालना गरेको छ की छैन हेरेर कार्यान्वयन गर्यो भने दुर्घटना कम गर्न सकिन्छ। उदारहणको लागि कोही व्यक्ति जुत्ता नलगाइकन खाली खुट्टा बाटोमा हिड्यो भने के अब प्रहरीले किन खाली खुट्टा हिडिस तेरो खुट्टामा शिशाले काट्न पनि सक्छ भनेर पक्रन मिल्छ र? हेल्मेट पनि त्येस्तै नै हो। मापसे को सवालमा ठीक छ किनकी मादक पदार्थ सेवन गरेर सवारी चलायो भने आफू मात्र नभएर अरुलाई पनि खतरा हुन सक्छ अनि मादक पदार्थ धेरै सेवन गरेपछी नसाको बेलामा मानसिक रुपमा स्वस्थ पनि हुदैन र त्येतिबेला सुरक्षा गर्नु जिम्मेवारी पनि हो।
कुनै पनि नागरिकलाई व्यक्तिगत स्वतन्त्रता पुर्बक बाँच्न दिनु कानुनी दायित्व हो।
उदारहणको लागि कति युरोपेली रास्ट्रहरुमा नागरिक हरूलाई गाँजा, चरेश इत्यादी कुनै सिमित क्षेत्र भित्र र निस्चित मात्रामा मात्र(उदारहण: ५ ग्राम्, १० ग्राम्) खान छुट दिएको छ किनकी कुनै मानिस मानसिक रुपमा स्वस्थ छ र उसलाइ थाहा हुदाहुदै पनि उ त्यो नसा लिन चाहन्छ भने उसको ब्यक्तिगत स्वतन्त्रता हो तर नियम भित्र(तोकिएको क्षेत्र अनी तोकियेको मात्रा) रहेर। मैले यो प्रसँग यहा उठाउन खोजेको हाम्रो देशमा पनि खान पाउन पर्छ भनेर होईन की बिकशित रास्ट्र हरू व्यक्तिगत स्वतन्त्रतामा कति उदार छन् भनेर उजागर गर्न मात्र खोजेको। मेरो बीचारमा नेपालको सन्दर्भमा अहिले नै यो कुरा उनिहरुको हेरेर हुबहु नक्कल गर्न ब्यर्थ छ।
नागार्जुन बाटै हो ??
पहिलो कुरो त् के बने संसार को जुन सुकै सरकार ले जे जति नियम बनाउछ त्यो नागरिक सुरक्षा र सरोकार को लागि हो भन्ने बुझ्नु र त्यस लाइ सम्मान गर्नु एउटा चेतनसिल नागरिक को कर्तब्य हो .उठाइएको तर्क लाइ उपबुज्रुकपन वा कुतर्क वा poor civic sense को उदाहरण हो भनेर बुझ्नु पर्छ र यस्तो कुतर्क लाइ स्थान नदिनु माइ संसार को जिम्मेवारी हो .किन कि केहि कुतर्क ले खराब गर्ने मानसिकता लाइ प्रोत्सान पनि मिल्दछ .
“परिबर्तन को लागि नागरिक आचार संहिता “( NORM OF STRONG CIVIC SENSE )को लागि अगाडी बढौ जय होस्
डा. लेखकको सुरुवातमा नै निम्न उदाहरणहरु उल्लेख भएकाले जे पायो त्यो गर्ने भन्ने आशय छैन । बहसमा ल्याउनुपर्ने कुराहरु नै हुन् । द्रिष्टीकोण राम्रो लाग्यो । कमेंट गर्ने साथीहरु लेखकलाई गाली गर्ने भन्दा पनि सभ्य बहस गरौं न । उसलाई तपाईको विचार बुझाउनुहोस् । अरुलाई तपाईको ठाँउमा बसेर सोच्न लगाउँदा तपाई पनि उसको ठँाउमा बसेर सोच्न सक्नुपर्यो ।
नेपालको कानुन राम्रो छ तर महत्वपूर्ण गल्तिहरु र ठुलाबडाका गल्तिहरु सजायबिहीन बनाईन्छ, सामान्य नागरिकको थोरै गल्तिमा हदसम्मको कडाईका साथ लागु हुन्छ ।
पुरै शिक्षित समाज जहाँ अधिकार र कर्तब्य को पुरै ख्याल राखिन्छ तेस्तो सामाजमा तपाइले उठान गर्न खोज्नु भएको बिषय ले केहि अर्थ राख्ला तर नेपालको सन्धर्भमा यो बिषय मा अहिलेनै बहस गर्नु अलि हतार होला को जस्तो लाग्छ मलाई
Well, this is definitely a great topic of research. A lot of our readers already commented that most of the examples presented by the writer has social impact. We are human being and social being. Our habit and attitude is contagious. If we have a good habit and attitude, it transforms to other as is. All the punishments can’t be just the punishments but social awareness. Social awareness is what our current society needs and it always needed in the history as well.
Thanks,
Chet
डा डो…जी,
त्यस्तो व्यक्तिगत स्वतन्त्रता खोज्ने मान्छे त मानब समाजमा नभएर जंगलमा कुनै अनधिकृत उत्पादन हुनुपर्यो र समाज भन्दा पर एक्लै बसेको हुनुपर्यो | जसको जीवन र मृत्यु संग कसैको सरोकार नहोस | कुरा अलि कडा भएको होला तर सत्य यहि नै हो |
डाक्टर जी तेशो भए अरुलाई हानी हुदैन भनेर नांगै हिड़ाने हो भने तेस्ले समाजमा विसंगति लायौदैना? अनि भएन पुरै समाजलाई हानी? अलि सबै तर्फलाई हेरेर पो लेख लेख्नु पर्छ ? येदि बाक्तिले गर्ने कामबाट येदि समाजलाई बडी हानी गर्छ भने तेस्ले त्यो गर्न पौदैन लु जा. उदारण को लागि येदि तपाई ले चुरोट सेबन गरेर T B लाई निम्तौनु भो भने यो सरुवा रोग हो अनि भएन तपाईको परिवार अनि पुरै छिमेक, समाजलाई हानी . म अनि मलाई भन्दा हामीलाई भने तर्क गर्न सिकौ अनि मात्र हुन्छा समाज अनि देस को उन्नति.
The article is too long and boring. But here is what I say. You are comparing irrelevant things and trying to prove your points. Are you trying to say we should let kids married if their parents agree? Are you serious ? Or you trying to say it should be illegal to go get grass from tall trees ? Get a life … think seriously…
डाक्टर दोलेस्वरज्युले नियम कानुन र ब्यबहारको कुरा उठाउनु भयो/ नेपालमा कयौ नियमहरु अव्यवहारिक भयको मात्रै होईन कमिशन खानको निमित पनि नियमहरु बन्छन/ यसैले दोलेस्वरज्युको कुरा केहि हद सम्म ठिक हो/
बिगतमा नेपालमा गुड्ने ट्याक्सीहरुमा कहिले बाघ बुट्टा त् कहिले तातेपाते त् कहिले छतमा पहेलो रंग पोत्नु पर्ने नियम बनेको थियो/केहि बर्षको अन्तराल मै त्याक्सिहरुमा तिन पटक सम्म पुराको पुरा अर्कै रंग पोत्नु पर्ने नियम बन्यो नै किन?
ट्याक्सी भनेर चिन्हिन तेसरी नया गाडीको ओर्जिनल रंग माथि अर्को रंग पोत्नु पर्नेनै थियनन मात्र ट्याक्सीको छतमा ट्याक्सी लेखियको बत्ति राख्ने नियम बने पुग्थ्यो/ तेस्तो नियमले आयातित रंग बेच्ने व्यापारीहरु मात्रै पोसियो/ ब्यापारी पोसे पछि नियम बनाउनेको गोजी भरिन्छ!!!/
यस्तै कुरा हेल्मेतको बारेमा उठ्न सक्छ/ पैदल हिड्ने छुट्टै बाटो नभयका साँघुरा र व्यस्त र सडक ब्यापारीहरुको भिड हुने बाटोहरुमा हेल्मेट नै मोटर साईकल दुर्घटनाको कारण बनेकोछ/ यस्तो बाटो भयको बाटोहरुमा हेल्मेट लगायर मोटर साईकल चलाउँदा दाया बाया देख्न नसकेर अरु बाहनले दियको हर्नको आवाज सुन्न नसकेर पटक पटक दुर्घटनाहरु भयको छ/ हेल्मेट लगायका मोटर साईकल चालकले राम्ररि देख्न नसक्ने राम्ररि सुन्न नसक्ने भयकोले तेस्ता बाटो हरुमा हिड्ने पैदल यात्रीहरुले हेल्मेट लगाउनु पर्ने देखिन्छ!!!/ यस्ता सडक हरुमै ट्राफिक हरु हेल्मेट नलगाईकन कसैले मोटर साईकल चलायो कि भनेर लुकेर ढुक्नुको मतलव धेरैले बुझेकै छ/ हेल्मेट लगायको कारणले तेस्ता ट्राफिकले बजायको सिटि नसुनेकोमा ट्राफिक प्रहरीले जनतालाई कति सम्मान जनक तवरले चिच्यायर “…….क्नि सिटि सुनिस” भनेको कयौले सुनेकै हुनु पर्छ/
हेल्मेट चौडा, पैदल हिड्ने बाटो अलग्ग भयको. तिब्र गतिमा गाडी चलाउन पाउने सडकमा अनिबार्य हुनु ठिकै हो तर सबै खाले बाटोमा होईन/ बिशेस गरेर कान अलि कम सुन्ने र कानमा उपकरण राख्नु पर्नेको निमित त् हेल्मेटले दुर्घटना नै बढी निम्त्यौन्छ/ तर नियमले तेस्तो भन्दैन सबैले हेल्मेट लगाउने पर्छ; नलागे तिर्नुस कसैलाई बा ट्राफिक बिभागलाई!!!/ हेल्मेट नेपालमा बन्दैन र बनाउन सक्ने नियम पनि बन्दैन/ त् यस्तो नियमले हेल्मेट व्यापारीको ब्यापार बढेकोछ/ कमिशन पाउनेले कमिसन पायकै हुन्छ/
गाडी सम्भंदित अर्को बिबास्पस्त नियम “२० बर्ष नाघेका यातायातको साधन उपत्यकामा बिक्रि गर्न नपाउने” यातायात विभागले बनायको छ र यस नियमलाई यातायात विभागले कानुन सरह लागु गर्दै आयकोछ/ बिक्रि गर्न नपाउने तर चलाउन पाउने भने बाटै यो नियम मात्र २० बर्ष पुरानो गाडीले प्रदुषण फैलाउने भयकोले बनायको होईन भनेर स्पस्ट गर्छ/ त् यस्तो नियम किन बनायो?
२० बर्षपुरानो हुँदैमा बा नया गाडी हुँदैमा गाडीहरु प्रयोगमा ल्याउन नसकिने हुँदैन/ हेरविचार नगरियको, दिनको दिन नै रक्सोल देखि कालिमाटी कलंकी वोहर दोहर गर्ने गाडी नया भय पनि धुँवाको मुस्लो फाल्न सक्छ बातावरणलाई दुषित बनाउन सक्छ/ तर दिनको मुस्किलले २० किलो मिटर गुड्ने हेर बिचार गरियको गाडी २० बर्ष त् के ३० बर्ष पुरानो भय पनि पटक्कै धुँवा नफाल्ने सलल गुड्ने हुन् सक्छ/ त् यस्तो गैर कानुनि असंबैधानिक नियम यातायात विभागले किन बनायो भन्ने प्रश्न को उतरमा “भारतले मारुती सुजुकी उत्पादन गरे देखि हो भने पछि अरु कुरा भन्ने पर्दैन/
सरकारले बनायको नियम अन्त लागु नभय पनि सरकारी कार्यालय हरुमा त् लागु हुन्छनै/ २० बर्ष पुरानो गाडी बेच्न नपाउने भने पछि सरकार सिट भयको २० बर्ष पुरानो गाडीहरु राम्रै चल्ने भय पनि मर्मत गर्न सकिने भय पनि पारि बात कवाडीलाई नै बेच्नु पर्यो र नया मारुती किन्नु पर्यो/ नेपालको सरकारले यो नियमको कारण आफ्नो चलाउन सकिने मर्मत गर्न सकिने गाडीहरु फालेर हरायक बर्ष सयौं हजारौ मारुती ताता को गाडीहरु किन्नु पर्यो/
सन् २००४ तिर म होन्डाको सि यम २०० मोडेलको मोटर साईकल चलाउन्थे/ मेरो त्यो मोटर साईकल लगभग १९ बर्ष पुरानो थियो/ राति नदेख्ने आँखाको रोग लागेको धनि मनाङ्गेले हप्तामा यक दिन बिहान त्यो पनि केहि किलोमिटर पर स्वयम्बु जान आउन मात्रै चलाउदै आयको त्यो मोटर साईकल मात्र ६५ हजार किलो मिटर गुडेको नया जत्तिकै राम्रो कन्डिसनमा थियो/ त्यो मोटर साईकलको ईन्जिन लगायत सबै आबस्यक महँगो पुर्जाहरुको जगेडा थियो/ मैले किने पछि त्यो मोटर साईकलमा आबस्यक नै नभय पनि जगेडामा भयको ईन्जिन देखि प्रायस सबै महत्वो पूर्ण पार्टहरु फेरे/ तेती गरेर म नाम सारी गर्न यातायात विभागमा पुग्दा गाडीको उमेर २० बर्ष नाघ्यो/ मेरो गाडी को नाम सारी हुँदैन भन्यो/ जव कि मेरो भाईको ७ बर्ष पुरानो धुँवाको मुस्लो फाल्ने हिरो होन्डाको नामशारी भयो/
यो नियम असंबैधानिक छ/ संविधानले व्यक्तिको सम्पति किन बेच गर्ने अधिकार दियको छ/ हो गाडीको कन्डिसन ठिक नभयमा यातायात विभागले सडकमा गुडाउने अनुमति रोक्न सक्छ/ तर किन बेच नाम सारी गर्नमा रोक लगाउन सक्दैन/ मैले सुने अनुसार जसले पनि त्यो नियम असम्बैधानिक भयको भनेर बिरोध गरेको छ तेस्को घरमा नया गाडीको उपहार पुगेकोछ!!!!/
गाँजाको कुरा पनि लगभग तेस्तै हो/ गाँजा लागु प्रदार्थ हो बा होईन भन्ने कुरामा संसार भरि बहस र बिबाद चल्दैछ/ गाँजा मात्रै किन गलत प्रयोग गरेमा प्रतिबन्धित लागुप्रदार्थले भन्दा बढी कुप्रभाव रागर्ने कयौं कुराहरु आज पनि बजारमा खुला बिक्रि हुन्छ/ गाँजा नेपालको आयुर्वेदिक उपचार देखि लियर धर्म र संस्कृति सिट समेत गांजियको प्रदार्थ हो र यसको खेति नेपालमा परापुर्व काल देखि हुँदै आयकोछ/ सरकार आफैले शिव रात्रिमा गाँजा बाद्छ भने उचित प्रयोजनको निमित गाजा राख्ने व्यक्तिलाई सरकारले किन सजाय गर्छ?
मदनजीको कुरो केही हदसम्म सही हो, तर डोलेश्वरजीको तर्कसङ्ग मेल खाँदैन । हो, कतिपय नियमहरू अव्यवहारिक छन्, जस्तैकि गल्लि अनि टोलपिच्छे शिक्षालय भएको काठमाण्डौमा शिक्षालयको १०० मिटर वरिपरि चुरोट, सुर्ती आदि बेच्न नपाउने । शायद नियम बनाउनेहरूले हतार गरेको हुनुपर्छ । तर, मोटरसाइकल चलाउने र बस्ने दुबैले हेल्मेट लगाउनु पर्ने नियममा कमिशनको खेल देख्नु भनेको मिटरमा एमसीबी स्विच राख्नुमा पनि कमिशन देख्नु जस्तै भएन र ? अनि हेल्मेट लाउँद कान सुन्ने उपकरण लाउन गाह्रो हुन्छ र ?
निर्जन वनमा बस्ने जन्तु वा बनमान्छेले पनि आफैलाई हानी हुने काम गर्दैनन्.
शहर बजारमा घुम्ने कुकुर , बिरालो , बाँदर वा चरा चुरुन्गिले पनि आत्मघात गर्न सक्तैन .
यस्तोमा सर्वश्रेष्ठ प्राणी कहलिने मान्छेले कसैलाई कुनै नोक्सान पुर्याएको छैन भन्ठानेर आफूखुशी आफै उपर घात , प्रतिघात , आत्मघात गर्ने हक उसलाई हुँदैन . यदि कोही व्यक्ति यस्तो अधिकारको हिमायती छ भने बुझ्नु पर्नेछ कि उ सामाजिक अभिशापको पक्का पक्षधर रहेछ .
तसर्थ , स्पष्ट छ यो सोच , तर्क , वा दलील असामाजिक र उच्छेदवादी उपज बाहेक राष्ट्रलाइ कुनै पनि अर्थमा उपयोगी हुन् सक्तैन.
भण्डारी जी,
तपाइँ आफु नेपालमा पढी अम्रिका तिर भासिने अनि अस्ति लेक्दै हुनुहुन्थियो सबै सिच्या लाइ ब्यापार जस्तो गरिदिने अनि मुगु, डोल्पा, सर्लाही , बाँके आदि का गरिब का छोरा/छोरि लाइ उही गोठाला बनाउने तेसैले आज को लेख र तेती खेर को लेख तपाइँ को पढ्दा मलाई के लाग्यो भने तपाइँ ठुला ठुला किताबी कुरा कुरो चर्को चर्को गर्दै हुनुहुन्छ जुन भर्खर जोगी बन्ने ले धेरै नै खरानी धसेर पशुपति तिर बाटा मा मा धेरै नै ठुलो जोगी हो भनेर देखाउन को लागि / तपाइँ को डाक्टरी अम्रिका बात भए पनि कुरो चिन्तन ब्यबहारिक धरातल मा लेखेको देखिन/ धन्यबाद तपाइँ को लेख पढ्न पाएको मा/
रुप चन्द्र बिस्ट (मकवानपुर ) ले छोरा छोरी नपढाउने मुर्दाबाद भन्दै नपढाउनेको घर धुरीमा कालो झण्डा गाड्ने अभियान चलाउदा डा.लेखक जस्तै जस्तै ले बिस्ट लाइ भनेछन हाम्रा छोरा छोरी पढाउकि नपढाउ तलाई के मतलब -बिस्टले हकार्दै भनेछन -तेरा छोरा पढेंन भने मुर्ख ,चोर फटाहा हुन्छ र त्यसो भो भने हाम्रो गाउको ईज्जत जान्छ ,हाम्रो सम्पती चोरिदिदा हामीले दुख पाउछौ / यदी पढाइस भने तलाई सहयोग गर्छ,तेरो, गाउको र हाम्रो ईज्जत बढ्छ / गाउको बिकासमा सहयोग गर्छ भनेछन अनि नाजवाफ भै स्कुल पढाउन थालेछन …. त्यसैले देसको नागरीक, नागरीक को चलअचल सम्पती ,आचरण यी सबैसंग प्रत्यक्ष सरोकार हुन्छ हुनुपर्छ / यस उपर राज्यले बनाको प्रणाली मा चल्नु हरेक नागरीकको कर्तब्य हो, युरोप तिर त आपतमा परेको ब्यक्ती लाइ सहयोग नगरी टुलु टुलु हर्छ भने तेस्लाई पनि दण्ड दिन्छ /
डा.साहेबले रबिन्सन क्रुसो भन्ने निर्जन टापुको एक्लो व्यक्तिलाई उपयुक्त हुने तर्क र उदाहरणहरु दिनुभएको होला / तर हरेक व्यक्ति समाज सापेक्ष हुन्छ ,येही एकमात्र विशिष्टता ले गर्दानै संसार आज यो अबस्थामा आईपुगेको हो./ मलाई आफु खुशी जे पनि गर्ने अधिकार छदैछैन./
जहाँ सम्म हेल्मेटको कुरा छ, मोटर साइकल चालकले चै लगाउनु पर्ने अनि पछाडी बस्नेले चै नलगाए पनि हुने कुरा अलि बुज्न सकिन्दैन र आर्को कुरा काठमाडौँको कछुवा रफ्तारमा चल्ने ठाउँमा हेल्मेटले खासै केहि गर्ला जस्तो लाग्दैन/ मोटर साइकल चालकलाई आर्को गाडीले किची हाल्यो भने हेल्मेटले बचौना सक्दैन /
अनि आर्को कुरा चै सत्य हो कि नेपालमा कुनै केटा केटि संगै गएर होटेलमा बस्यो भने सबैलाई यौनकर्मीसंगै गएको जस्तै गरेर हेर्ने गरिन्छ , चाहे त्यो श्रीमान श्रीमती नै किन नहोस / कुनै उमेर पुगेका महिला पुरुस बीच आपसी सहमतिमा यौन सम्पर्क हुन्छ भने त्यसमा कसैको टाउको दुखाइ को आबस्यकता छैन /
पाइन्छ, मज्जाले पाइन्छ ! तर, तपाईंले जुवा खेलेर हार्ने सम्पत्ति तपाईंको मात्र हो ? तपाईंको जीवन तपाईंको मात्र हो ? तपाईं बेसमयमै मास छर्न जानुभयो भने तपाईंको परिवार कसले हेर्ने ? चुरोट स्वास्थ्यको लागि हानिकारक हो, तर गाँजा-अफिमले जस्तो आपराधिक मनोवृत्ति जगाउँदैन । बरू तपाईंले चुरोट पिएर अरूलाई पनि हानी नहोस् भनेर जथाभावी चुरोट पिउन नपाउने कानून बनेको हो ।
लेखक जि तपाईंले भनेको जस्तो हुने हो भनेत भोली तपाईंकै जेठो छोरा क्यसिनो धाउने,कान्छो छोरा गाजा तानेर हेल्मेट नलगाइ बाइक कुदाउने अनी छोरीचै ठिटोसँग गोर्खा जाने होलानी| आफुले अहिले पाइन भनेर भोली सन्तानको भबिस्य बिगार्ने कामचै नगरौ| पुलिसको काम पहिला जता देखिन्छ तेतै कारबाही गर्ने|
सामाजिक अनि पारिवारिक दायित्य के हो भन्ने बुझेमा लेखको सहि जवाफ पाउँछ भन्ने लागेको छ .
डोलेश्वर जि आफुलाइ मात्र हानि हुने कुरा गर्दा के हुन्छ भन्नु भयो तर वास्तवमा हामी अरूसँग जोडिएका हुन्छउ , मेरो छोरो हेल्मेट नलाइ बाइक चलाउदा उस्लाइ मात्र हैन मलाइ पनि हानी हुन्छ , मेरी छोरीलाइ कसैले फकाएर नराम्रो काम गर्दा मलाइ हानी हुन्छ , मेरो पुरै परिवारलाइ हानी हुन्छ, चोट पुग्छ । क्यासिनोमा हार्दा त्यो ब्यक्तिले अपहरण गरेर मान्छे मारेको त थाह नै होला । सानै उमेरमा गरिने विवाह भनेको अज्ञानता हो , यस्लाइ रोक्नु पर्छ यस्ले पछि पुरै परिवारलाइ पछुताउने बनाउन सक्छ , दुर्वेशनिमा लागेकाहरूले घरको सबै सामान बेचेर सक्छन भनेर त हामी सबैलाइ थाहनै छ । तपाइको छोरिले चाहदैमा उस्ले केटासँग गोर्खा घुम्न जान पाउनु पर्छ भन्ने तपाइको तर्कले तपाइलाइ कति हानी गर्छ, चोट पुर्याउछ आफैँ सोच्नुहोस ।
लेखक ले उठाउन खोज्नु भएको बिसय उठान अलि हलुका भएको हो कि जस्तो लाग्यो/ अलि हतारमा लेख्नु भएर हो कि/ अलि समय लगाएर अनि अलिक गहन पूर्ण तर्कहरु प्रस्तुत गर्नु भएको भए लेख निकै संदिर्विक हुने खालको बिसय थियो जस्तो लग्छ
अरे बाफरे!
कस्तो लेख हो यो?
अस्तिनै को पढ्दानै यो मान्छे कसरि डाक्टर भयो भन्ने लागिराथ्यो झन् अहिले यो पढे पछि त अक्क न बक्क भय गाठे!
अस्ती नै मैले डा डोलेस्वोर लाइ यस्तो लेख्दा या डा नलेख्नु आफ्नो नाम अघि या लेखको स्तर परिस्कृत गर्नु भन्ने सल्लाह दियको थिय तर झन् झन् गिर्दो पो पाय त!
अब सबै कुराको प्रतिउत्तर दिदै गय र कुरा व्याख्या गर्दै गयमा यो लेख भन्दा लामो हुन जान्छ तेसैले छोटो केहि मात्र भनौ यहा!
डा,
पहिले त तपाहिले के बुझ्नु पर्यो भने “मानिस सामाजिक प्राणि हो”, तेस्मापानी मानिस चेतनशील र सामुहिक अनि पारिवारिक जीवन जिउने प्राणि हो!
तेसैले यहा तपाहिले अब के बुझ्नुपर्छ भने,
मानिस स्वोतन्त्र कहिल्यै हुन सक्दैन, जन्मदै उ कसैको छोरा/छोरी (बच्चा) हुन्छ, कसैको दाइ भाइ आदि केहि हुन्छ र उसमाथि कसैको हक हुन्छ, यी केहि नभय पनि जन्मदै उ एउटा समाजको सदस्य हुन्छ त्यो नभयपनि एउटा देशको नागरिक हुन्छ जस्तोकि ६२ साल अघि नेपालमा जन्मने (नेपालिहरु) मात्र नभयर शाह बंश को प्रजा बन्थ्यो !
अब कहा देख्नुभयो स्वोतान्त्रता?
अब सामाजिक प्राणि भयपछि उसले गरेको कुनै पनि कार्य (व्यक्तिगत, सामुहिक,सामाजिक,सरकारी वा गुठि)ले प्रत्यक्ष नगरेपनि परोक्ष असर अरुलाई पनि गरि रहेको हुन्छ!
डा ले यो कुरा बुझ्न सक्नु हुन्न?
है न डा भण्डारी ज्यु तपाहिको थेसिस के मा लेख्नुभयको हो? कहाको उत्पादन हो यो डाक्टरी?
बा कुरा गरौ,
तपाहिले आत्महत्या गर्न पाउनुहुन्छ ल! तर त्यो आत्महत्या पश्चात तपाहिले जीवन बाट मुक्ति पाउनुभयो तपाही लाइ हाइ सन्चो भयो ल! तर तेसपछी अरु कतिले के के दुख पाउछ तेता किन सोच्नुहुन्न? कतिले दुख पाउछ कतिले खति भोग्नुपर्छ, तपाही माथि तपाहिको परिवारले गरेको लगानी देशले समाजले गरेको लगानी अनि कति साहुहरुको ऋण लगानी डुब्योकि डुबेन? अनि तेसरी मरेको सरिर लाइ गाड्न या पोल्न लैजान कति ले दुख पायो कति खर्च हुन्छ त्यो क्षति भयो कि भयन?
त्यो कुरा अर्कोलाई भयको असर हो कि होइन?
बसको छतमा बसेर यात्रा गर्ने यात्रु कुनै कारण वा अनियन्त्रित भै लड्यो खस्यो मर्यो!
अब तेत्ति भयो त सकियो? यो मर्यो आफै मर्यो आफैले गर्दा मर्यो भनेर छाडि सबै आफ्नो धन्दामा जाने अब?
तेस कार्यबाट कतिले कति दुख पाउछ कतिले कति समय नस्ट गर्छ भन्नेकुरा डाक्टरी गरेको दिमागले भेटेन?
त्यो खस्यो मर्यो, अब तेस बसमा यात्रा गर्ने यात्रुहरुको समय नाश भयन उनीहरुले काटेको टिकट को पैसा लगायत उनीहरुको यात्रा समयमा पुरा हुन नसक्दा लाग्ने र आइपर्ने खति र क्षति असर होइन?
कानुन नियम समाज र समाजिकतालाई ब्यबस्थित गर्ने कुरामा आबस्यकतालाइ सम्बोधन गरि ल्याइनुपर्छ र तेस्को निरन्तर सुधार र परिमार्जन हुनुपर्छ भन्ने कुरा ठिक मात्र नभई नितान्त आबस्यक हो र समय क्रममा यो भै रहन्छ किनकि १००% उपयुक्त खोट रहित कुनै कुरा पाइदैन होला सायद!
तर,
७% सहि र सत्य कुरा लाइ जोडेर ४३% गलत ढंगले गलत व्याख्यान गर्दै ५०% बेतुकको कुरा गरि भाडभैलो र रडाको गर्ने हरु हाम्रो समाज अनि देशको दुखद बिडम्बना हो!
डा डोलेश्वोर पनि यतै भित्रको हो कि जस्तो लाग्छ!
कतै यहा आफ्नो थेसिसको च्याप्टर धाराबाहि प्रस्तुति त होइन?
कहिलेकहीं पश्चिमी युरोपमा बौद्धिक बर्ग, मानव अधिकारबादी र मेडियाहरु सरकार र शुरक्षा निकायहरुले अख्तियार गरेको नीतिले हरेक नागरिकको व्यक्तिगत स्वतन्त्रता संकुचित हुनेहोकी भनेर सडक, यातायात (बस, रेल, विमानस्थल), डिस्कोटेक र सुपरमार्केट हरुमा राखेको भिडियो सर्भेलेन्स, जी. पी. एस. प्रविधि र अध्यागमनले राख्ने यात्रुहरूको परिचयात्मक विवरणस्वरुप डिजिटल फिङ्गर प्रिन्ट र रेटिना (मुख्य गरेर यु एस बिमान्स्थाल्गरुमा) आदिको तर्कपूर्ण बिरोध, खण्डन र बिष्लेषण गरेको सुनिन्थ्यो| अनि कहिलेकहीं फेरि (अतिनै पीडादायी र निको नहुने बिमारीहरुको लागी) मेडिकल्ली-एसिस्टेड स्युसाइड्स यानेकि “गरिमापूर्ण मृत्यु बरन गर्ने व्यक्तिको अधिकार”को बारेमा तर्क-बितर्क पनि सुनिन्थे: त्यसको छलफल हुदा व्यक्तिलाइ उसको मर्ने अधिकार भएपनि सो अधिकार उपभोग गर्न राज्यले कानुनी मान्यता दिदा त्यसले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई बर्तमान र भबिष्यमा पार्ने दुरगामी प्रतक्ष-अप्रतक्ष प्रभाव को बारेमा बिबिध कोणबाट पर्टिनेण्ट चिन्तन हुनेगर्थ्यो| संभवत डा. सापले त्यसैलाई कतै ‘नेपालि वे अफ थिन्किंग’ बाट देखाउन खोज्याहोला तर गहन, मजबुत र व्याबहारिक चिन्तनको अभावमा खुस्किएछन मजाले हेल्मेट र बसको छतको तर्क दिएर!
नलेखी बस्न सकिन.. गगने ले भनेको कुरा सहि हो तर, दोलेस्वोर ले भन्न खोजेको कुरा बुझ्नु भएन जस्तो छ.. दोलेस्वोर को कुरा प्रसासन ले के लै प्राथमिकता दिने भन्ने कुरा हो तर यो भन्दै मा कम प्रथाक्मिता भाको लै बेवास्ता गर्नु भन्ने आसय चाहिं होइन
खेल खेल्न नजाने पनि कमेन्ट गर्न चै पछि छैनन है नेपाली हरु बिस्वो मा नाच्न नजान्ने आगन तेधो भनेको हाम्रो गगने जस्तो हो नेपाली हरु को नेता हहहः आफुले त केहि लेख्न सक्नु भयन अरु को लेख मा किन औलो ठड्याउनु हुन्छा हो गगने ज्यु आफ्नु अंग को भैसी हेर्नुस अरु को अंग को जुम्रा केलाउने हैन हो साथी ल
लौ अब नाच्न जान्ने नर्तकी आयो फेरी मेरो अंगको भैसी देखाउन!
अंगमा भैसी हुन्छ साथि?
मैले त आफ्नो अंगमा जुम्रा लिखा केके छ त्यो देखेको मात्रै होइन सफागरी सुद्द पनि पारेको छु तर साथीको अंगमा त केहि छैन होला अंग हेरी रहनु परेन तर आफ्नो दिमागमा भयको गोबर देखौ र सफा गरौ ल !
सबैले लेख्नुपर्छ भन्ने जरुरि छ? ब्लग र लेख नलेख्नेले कमेन्ट गर्ने पाइन्दैन भन्ने नियम त छैन क्यारे यो ब्लगमा!
अब लेख्नेले पनि कमेन्ट र आफ्नो लेख माथि अरुको बिचार अनि प्रतिक्रिया खोज्नलाई नै यहा प्रकाशित गरेको होइन र?
गगने सार्बजनिक प्रस्तुतिहरुमा खुरुखुरु पढेर अधिकांस त चुपचाप लागि बस्दैन, बस्नै सक्दैन! या त पढ्दै पढ्दैन पढ़िहाल्यो भने तालि पड्काउनुपर्ने ठाउमा तालि दिन्छ औला उठाउनुपर्ने ठाउमा औला उठाउछ तर साथीले जस्तो काउकुति लाउन खुजुली गर्न औला कुकुर्क्याउदै हाउगुजी गर्न जान्दैन!
गगने जी !
तपाई माइ संसारको एउटा स्पस्ट र खरो कमेन्ट कर्ता हो भनेर चिन्दै आएका छौं | तपाइको विश्लेषणहरु राम्रै लाग्थे तर यो तपाइको भनाइ -”डा डोलेस्वोर लाइ यस्तो लेख्दा या डा नलेख्नु आफ्नो नाम अघि या लेखको स्तर परिस्कृत गर्नु भन्ने सल्लाह दियको थिय तर झन् झन् गिर्दो पो पाय त!” अल्लि हेपाहा भएन र साथी ? | बिषयबस्तु प्रतिको असहमति जायज हुन्छ तर लेखकको नामथर , रुरंग , जाति -भाषा या पद -योग्यता लाइ लियर गरिने टिप्पणी जायज हुदैन | कमसेकम तपाई जस्तो सचेत पाठकलाई सुहाउदैन भन्ने लाग्यो |
येश जी
तपाईं ले गरेको कमेन्ट ठिक छ . गगने जी लेखक लाई गाली नगरे तपाईं सभ्य देखिनु हुनछा विचार संग आसह्मती हुन पौनुहुन्छा
yash जी,
धन्यबाद तपाहिको कुरालाई र यसबारेमा सुधार गर्ने कोशिस पनि गर्ने छु !
तर, (तर ले कुरो पुर्यायो पर, भन्थ्यो! तेस्तै होला)
हो म रुखो र खरो प्रकृति भन्दा पनि सिधा र हाकाहाकी खाले मान्छे हुलाक्यारे (धेरैले तेसै भन्द छ र तेसैले साथिपनि कमै छ किनकि म खुसामद र चिप्लो गर्न पनि सक्दिन र चाहन्न पनि त्यो मलाइ पटक्कै मन पर्दैन)
तै पनि साथि,
यो त ब्लग हो र यहा औपचारिक भन्दा पनि अनौपचारिक नै राम्रो सुहाउदछ कि भन्ने लाग्छ! यो ब्लग हो जहा हामि खुलेर बहस गर्न सक्छौ आफ्नो मनको तितो पिरो कुरा पोख्न सक्छौ आफुले जस्तो देख्छ जे सोच्दछ त्यो सिधा भन्न सक्छौ तेसो गर्नु नै राम्रो हुन्छ भन्ने मेरो मान्यता छ!
तर तेस्को मतलब अस्लिल,छाडा,व्यक्तिगत आक्षेप,अशिस्ट,दुषित र दुस्क्रित गालीगलौज को कुरा भने होइन अनि तेसो गरेको छु जस्तो मलाइ कदापि लाग्दैन!
तपाहिले भने जसरि “लेखकको नामथर , रुरंग , जाति -भाषा ” लाइ लियर पनि कुनै रेसिस्ट वा नेटिज्म लाइ प्रश्रय वा आरोप लगाउने तरिकाको कुनै कुरा गरेको छैन मैले(गरेको छु र?) बिषय र प्रसंग उठेमा अनि आबस्यकता परेमा त्यो पनि हुनसक्छ तर यहा त छैन!
अब पद र योग्यताको सार्बजनिक स्थानमा सार्बजनिक हुने किसिमले प्रस्तुत हुन्छ भने तेस्मा बिबाद र बहस गर्न सकिन्छ र केहि भन्न पाइन्छ! उहा पनि अनौपचारिक तरिकाले अनौपचारिक ब्लगमा अनौपचारिक बिषय र बहसको लागि आफु र आफ्नो कुरा प्रस्तुत गर्नुभयो तेसरिनै हामीलाई लागेको कुरा अनौपचारिक तरिकाले प्रत्यक्ष भनियो! यसबाट उहाले रिसिबी भन्दा शिक्षा लिनु उचित हुने छ!
उहाको दुइ तिन ब्लग पढियो तेस्मा उहाको प्रस्तुति मा स्तरनै पाइयन तेहिमाथि पनि डक्टरेड गरेको व्यक्तिको लेख या प्रस्तुति हो भनेर लाग्ने उहाको नाम अगाडिको अक्षर डा भन्दा अर्को कुनै कुराको केहि अंश भेटियन तेसैले मैले भनेको हूँ! किनकि डक्टरेड भन्ने आभूषण र शिक्षाको अनि योग्यता को स्तर व्यक्तिगत र निजि बनाउन मिल्दैन अरु शिक्षा जस्तो (मलाइ तेस्तो लाग्छ है) किनकि अरु कुनै पनि शैक्षिक योग्यताको लागि कुनै आभूषण (पदावली) सार्बजनिक घोषणा गरि दीदैन जुन डक्टरेड गर्नेलाई दिइन्छ!
यहा पढ्दा के पाउछु मा भने डा भण्डारीलाई आफुले के बिषयको उठान गर्ने जमर्को गरेको हो त्यो नै लेख्दालेख्दै रनभुल्लमा परेको हो कि भन्ने लाग्छ! उहाको प्रस्तुति त झन् साह्रै दरिद्र पाउछु म, सुरुवात को कथन राम्रै गरि राख्ने प्रयास गर्नु हुन्छ तर लेख्दै जादा बिषय एकातिर प्रसंग अर्कैतिर अनि उदाहरण चाहि कतातिर कतातिर भनेजस्तो!
हुनत डाक्टरले लेखेकोले हाम्रो दिमागको स्तरले नभेटेको होकी भन्न सकिन्छ तेसैले तेसो हो भने डाक्टरलाई हाम्रो स्तरमा ल्यायर हाम्ले बुझ्ने बनाउन या त्यो डा हटायर डो भण्डारी मात्र लेखौ नत्र डा भण्डारी नै लेख्ने हो भने लेखको स्तर परिस्कृत गरि अलि परिमार्जित तरिकाले प्रस्तुत गरौन भन्ने मेरो कुरा हो!
यो गालि नभयर अनौपचारिक बहशमा खुला आत्मिय सुझाब भनेर लिदा कसैले पनि निंचा सम्झिनु र वैमनस्यता लिनु पर्दैन जस्तो लाग्छ! अरुलाई अन्यथा लाग्छ भने माफ गर्नुहोला!
गगने,
“स्पस्ट बोल्छ प्रत्यक्ष बोल्छ!”
“सत्य बोल्छ गौरब साथ् बोल्छ!”
गोलि आय सके छल्छ, नसके ड्याङ्गै हो, केको ट्याक ट्याक! झुके टाउकोमा लाग्छ, भागे ढाडमा तेसैले हाक्काहाक्की! (बहसको प्रसंगमा भन्या है, फेरी लौ त भनेर एस एल आर बोकी औनुहोलानी यार)
डा. दोलेश्वोर जी मापसे मा पर्नु भो कि हेल्मेट नलाई चलाउदा पुलिस ले पक्रियो र यहाँ आफ्नो रीस पोख्दै हुनुहुन्छ ?
अरु लै हानी गर्दैन भन्दैमा १२ वर्षका को बिहे गरिदिने? भोलि १५ वर्ष को उमेरमा सन्तान होलान अनि आमा बच्चा दुवै मर्लान, घाटा कल्लाई ? हामीलाई !! कसरी ? dimag लगाउनु भण्डारी जी dimag. सरकारी अस्पतालमा जान्छन २० रूप्पे को ticket काटेर. उपचार हुन्छ सरकारी ढुकुटीबाट . गएन हाम्रो tax ?
please think in long term.
yo ta euta sano example matra ho.
मान्छे मर्दा धेरै घाटा हुन्छ समाजलाई. अझ बयस्क मर्दा त झनै. ठुलो लगानी हुन्छ यो जिउमा. र यो जिउले देशलाई गर्न सक्ने योगदान को कमि हुन जान्छ मान्छे मर्दा.
भोलिदेखि आफ्नो छोरा छोरी श्रीमती लाई हेल्मेट नलगाई यात्रा गर्न चाहन्छन भने के गर्नुहुन्छ?
एकपल्ट विचार गरम होउ सोल्टी !!!!!!!
यो कुरामा मा तपाई संग एकदम सहमत छु, मेरो मान मा पनि यो कुरा हरु धेरै आउच, यो एउटा एकदम राम्रो बहस को सिर्शक हुन सक्छ तर जीत भने अन्डा कि कुखुरा पैले भने जस्तै हो..!!
डोलेश्वर जी , राम्रो बिषय उठाउनु भयो / यति मात्र बैचारिक मन्थन गरेर नीति बनाए अबश्य राम्रो हुने थियो /
Krishna जी,
उहाले उठाउनु भएको कुरो के राम्रो लाग्यो तपाइँ लाइ / उहा को डाक्टरी अम्रिका बाट भएपनि उहा ले अस्ति education privatization को बारे को लेख बिना आधार /धरतालिए लेखनु भएको थियो र आज पनि तेस्तै उठ्पत्यांग तरिकाको बिस्ये मा छ /
समाज चल्न लाइ नियम कानुन चाहिन्छ / उहा ले हेल्मेट नलगाउने व्यक्ति को स्वतन्त्र को कुरो गर्नु भयो तेसो भए जसले जे मन लाग्यो तेही गरे भै हाल्यो निता ? किन चाहियो सवारी चलाउने नियम, पुलिश , सरकारले व्यक्ति को सुरच्या मा किन चासो दिनु पर्यो ?
येदि accident भयो भने हेल्मेट नलगाउने को टाउको मा गहिरो चोट ९९% बढी हुन्छ नलगाई चलाउने को भन्दा डाक्टर भण्डारीजी ले गूगल search गरेर हेरे त
कृष्ण ज्यु
ठिक भन्नु भयो/ दोलेस्वर डाक्टर साहेवले राम्रै प्रसंग उठायाको हो/ सरकारले नियम कानुन बनाउँदा पालना हुन् सक्ने र बनेको नियम कानुन पालना गर्ने सक्ने अबस्था पनि सिर्जना गर्नु पर्छ/ नेपालमा आज पनि कयौं दुर्गम जिल्लाहरुमा सरकारको उपस्थिति समेत छैन र सरकारले बनायको नियम उनीहरुलाई थाह समेत हुँदैन त् त्याहा नियमको पालना नहुनुमा दोषी सरकार आफै हो र सरकारले तेस्तो जन्तालाई सजाय दिनु भन्दा पहिला जानकारी र बिकल्प दिनु पर्थ्यो/
जनता र सरकार दुवै धनि र शिछित भयको मुलुकहरुमा समेत जव सरकारले जनतालाई जानकारी र बिकल्प दिन नसकेको अबस्थामा प्रचलनमा याको नियम समेत निलम्बन गर्छ/ उदाहरणको निमित “ईछ्या मृत्यु” को प्रसंगलाई लिन सकिन्छ/ कुनै पनि देसमा आत्महत्या गर्न पाउने कानुन छैन/ तर पिडा बात उन्मुक्ति दिन र बचाउन नसक्ने बिरामीलाई तेस्तो देसहरुले “ईछ्या मृत्यु” लाई स्वीकृति दिन्छ/
तर जनतालाई घाम पानि र चिसो हावा र गर्म लू बात बच्न “ओत” दिन पनि नसक्ने नेपालको नेताहरुले आफुलाई “भोट” दिन जोर जुलुम नै गर्छ/ त् तेस्ता नेताहरुले चलायको सरकारले बनायको विसंगति पूर्ण नियम कानुनको बारेमा दोलेस्वर ज्युले राम्रै प्रसंग उठायाको छ/
Great view,100% agree.
I think politicians and police should leave youngster,love makers alone and should go after corrupt and inefficient.Unfortunately, they cant do that as they are the most corrupt and inefficient and if young nepalese start to enjoy life then who will come to their “Bidroha”,Bandha and strike and Tudikhel will be empty when they are taking bull shit.
होइन के भन्न खोजेको हो जसलाई जे मन लाग्छ तेहि गरे हुन्छ या गर्न पाउनु पर्छ भन्न खोजेको हो ?
हरेक मानिस लाई आफ्नो तरिकाले बच्ने अधिकार छ तर तपाई को लेख अनुसार दुर्बेसनी सिधै हुने देखिन्छ. स्वस्थ र सुरक्षा अपनाएर तपाई ले भने झैँ एक अर्का मा माया गर्ने ले यौन गर्न पाउनु परछ,अनि रुख बाट झर्ने त दुर्घटना हो,गाजा को खेति ले युबाहरु मा नराम्रो लत लागेको छ/ येदि मिलाएर सेबन गर्ने हो भने त्यो छुट हुनु परछ/ अनि नेपाल प्रहरी को कुरा मा तिनीहरुलाई मानब अधिकार को राम्रो ज्ञान हुनु जरुरि छ/
तपाईले आफ्नो लेखमा कुरा उठाउनु भो तर तेस्को निस्कर्ष पनि मानब अधिकार सुरस्क्षित हुने हिसाबले राख्नु भेएको हुनेथो जस्तो लाग्छ है मलाई त /धन्यवाद
एस्तो लेखेर हाम्रो बुद्दि भुट्न खोजेको ? नहुने बकम्फुसे तर्क!
नेपालको कानुन र प्रशासन नै देश, देशको प्रतिष्ठा र जनतालाई रद्दीको टोकरीमा जाक्नेलाई कारबाही गर्ने भन्दापनि यस्तै झिनामसिना कुरामा अल्झिएर बसेको छ र त हामी जनताले सास्ती भोगिराको छौं त.
माफ गर्नु होला पड्दा पड्दै बोर लग्यो
उठान गर्न खोजेको बिसाए बस्तु ठिकै होला तर प्रस्तुति अलि ओजिलो लागेन .. क्यासिनोको कुरा त बिल्कुल चित्त बुझेन .. कति को घरबार उठेको छ , परिवार बिग्रेको छ एसको लतले त कसरि यो व्यक्तिगत हुन्छ र ..
कति छिट्टै बिर्सनु भाको २-३ बर्स अगि काठमाडौँ मै एउटा क्यासिनोको अम्मलीले आफ्नो गुमेको पैसा असुल्नलाई आफ्नै विद्यार्थीको अपहरण गरेर निर्ममता पुर्बक उनको सरीरको टुक्रा टुक्रा परेर हत्या गरेको ..
आफुले आफुलाई हानी गर्न पाए पनि त्यो नराम्रो कुराले समाज, देश ,परिवार या ईस्टमित्रको जिबनमा हानी गर्छ भने त्यो अबस्यनै नराम्रो कुरा हो.एदी हामीहरु राम्रो कुरा चाहनछौं भने त्योकुरा आफुलेनै सुरुवात किन नगर्ने?
अलि कति म प्रसङ्ग बदल्न चाहन्छु . यो संन्सारमा होएलमाछा मार्न प्रतिबन्दित छ तर आइसल्याण्ड या अस्ट्रेलियामा परापुर्बकाल देखि होएलमाछा मार्ने परंपरा (Aboriginal whaling) भएको हुदा उनि हरुलाई छुट दीएको छ. तर येदि परापुर्बकाल देखि गर्दै आएको कुरामा कसैले बंधेज लगाउछ र त्योकुराले समाजलाइ त्यति असर गर्दैन भने छुट हुनुपर्छ. जस्तै जोगी, बाबाहरुलाई गाँजा खान छुट दिनु.
लेखकले दिनु भाको उदाहरण१,२,३ साचिकै बेठिक छ. उद्दन्नता नेपालमा मात्र हैन अमेरिका झन् बढी छ . हिजोको घटना हेर्दा, २०बर्से ठिटो ले २७जनालाइ गोलि हानेरमारिदियो. अमेरिकीहरु आफ्नो कुरा आफै सोच्न नसक्ने होर? कसको गल्ति छ त ?
थाहाछ? अमेरिकामा बन्दुक बेच्ने पसलहरु ५२,००० हजार भन्दा बढी छन जबकि ईस्तार बक्स कफीसप १५,००० हाराहारीमा छ ? अमेरिका जस्तो सोतंत्र देशमा किन हतियार चाहियो? संबिधानले किन हिंशालाइ प्रोत्शाहन गर्छ?
जापानकै कुरा गर्दा २००७ सालमा आकिहाबारा जस्तो ब्यस्त सहरमा छुरीले ७जनाको हत्या भयो.
हाम्रो देशमा के कमि छ भने, हामीलाई बाटो देखाउने राम्रा अग्रजहरु कम भएर हो . यसको लागि हाम्रो चेतनाको बिकाश गर्न राम्रो ज्ञानको अनुशरण गर्ने बानिको आबस्यक छ .
१. नैतिक शिक्षाको आबस्यकता (नैतिकता हराउदै गएर भ्रस्टाचार, चोरी ,डकैति अझै बढेकोले नैतिक शिक्षाको पढाई पुन सुरुवात गर्नु पर्छ )
२. कार्यपालिका, न्यायपालिका र संसदको सहि कार्यदिशा र सहि कार्य संपादन
३. कानुनको अगाडी इन्द्रको बाउ चन्द्रे आएनी नछोड्ने न्यायेपलिका (२००९ मा जापानको प्रधानमन्त्रि हतोयामाले कर तिर्न बिर्सदा, पुर्जी लिएर ओडा कार्यालयमा कर तिर्न गएका थिय . नेपालमा कहिले हुने ? दिनदहाडै मान्छे मार्ने मनिष मन्त्रिभएर हिडेका छन )
जब सम्म देश, सहि बाटोमा हिडदैन ,तबसम्म ब्यक्तिगत स्वोतन्त्रता संबव छैन. आफुले पाउने स्वोतान्त्रताले कसैको अधिकारमा हनन हुन्छ भने त्यो स्वोतान्त्रता कहिल्य टिक्दैन र समाज, देश र यो संन्सारलाइ नै कलंकित बनाउछ. त्यहि भएर अरुलाई नहुने गरि गरेको हानीले ,अप्रत्क्षरुपमा समाज वा देशलाइ हानी पो गरिरहेछकि भनेर सोच्ने कि नसोच्ने त ?
By brining totally irrelevant frevolous issues this writer is trying to project himself as a smart writer. In fact, there is nothing seriousness in this write up. Let me remind this writer that “taking one’s own life is sucidal” and sucide is a crime punishable by law. The fundamental reasoning here is that even though it is your life, you did not born on your freewill, therefore, has no right to take your own life. However, there still can be the cases of ethunesia and honor killings – the crime is subjected to particular context. Before, writing something for the blog, please, update yourself.
I don’t think he has ever asserted anywhere in his article that he favors suicide- I think that’s just your “short-sighted” interpretation. As far as the relevancy of his article is concerned, I want to ask you a question personally that I have also outlined in my previous comment here. Do you ( or did you, if you are abroad) wear a helmet when you ride a motorcycle , as a pillion rider/passenger? Now in case you the answer is yes, do you ever admonish your friends or young brothers/sisters or anyone on the back of a motorbike for not putting on a helmet? If the answer is NO and you commented based on this point then this is none other than mere hypocrisy.
If you read carefully, the writer has made a comparison between cigarettes and the helmet to show the prejudice of the law-makers on certain issues. Not that he is asking us to sign a petition to allow bikers ride sans a helmet.He is just putting forward genuine questions-like, If a cigarette which is responsible for the killing or disease(eventually leading to the killing!) of so many people – the ones who smoke and also the ones who don’t and is allowed then why not riding without a helmet ?? Why isn’t one allowed to gamble when the same person is allowed to spend millions in the name of dowry in his daughter’s marriage?
अजब लेखकको गजबको कहानी!!
सुरुको केहि लाइन पढ्दा त केहि गतिलै खुराक भेटियो झैँ लागेको थियो.समग्रमा यो लेखमा लेखकको तर्क येति सम्म हावादारी लाग्यो कि हास्दा हास्दै पेटनै दुख्यो.राज्यको कानुनले गरेको निषेध जस्तै हेल्मेट नलगाउनु, जुवातास खेल्नु , नाबालिक बिवाह,गाजा सेवन जस्ता कुरा हरु स्वयम् व्यक्तिको लागि मात्र नभयर उसको परिवारका सदस्य समाज अनि राष्ट्रलाई प्रतक्ष अप्रतक्ष प्रभाब पुराउने कुराहरु हुन्.राज्यले येस्मा सम्भब भए सम्मको कुरामा हस्तक्षेप गर्दछ र गर्नुपर्दछ.
ब्यर्थको तर्क जस्तो लग्यो मलाई चै! अरु लाई हानी हुदैन भन्दै मै आफु खुसि त गर्न नामिल्ल्ला. लेखक ले उदाहरण दिए जस्तै के अरु लाई केहि हानी हुदैन भन्दै मा हामी नांगै बाटो मा हिड्नु अनि दिउसै जाड धोकेर बस्नु? तेस्तै अरु लाई केहि हुदैन भनेर मज्जा ले भ्रस्टाचार अनि कालो बजारी गर्नु? सामाजिक संरचना अनुसार अनि कानुन बमोजिम त सबै नागरिक बस्नै पर्यो नि! नत्र जंगल मा जानु जे मन लाग्छ गर्नु…..येस्तै तर्क हरु ले गर्दा हाम्रो देश को स्थिथि अहिले यो छ.