फुङ्ग उडेको रङ्ग र छेउमा च्यातिएर धुजा भइसकेको यो राष्ट्रिय झण्डा डेनमार्कको कोपनहेगनस्थित राजदूत निवासमा अहिले फहराइरहेको छ। त्यहाँ पुगेका एक नेपालीले आफ्नो चन्द्रसूर्यको त्यस्तो हालत देखेर सहन नसकी माइसंसारलाई यो फोटो पठाउनु भएको हो। शायद् यो देखेपछि राजदूत ज्युले झण्डा फेरेर हाम्रो चन्द्रसूर्य ध्वजाको शानलाई अझै उँचो पार्न निर्देशन दिनुहुन्छ कि भन्ने उनको आशा… Continue reading
Author: mysansar
तपाईँले किताव निकालेको छ?
-चर्चित ढुंगेल- केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले… Continue reading
बोष्टनको बाइसधारा र जोन हार्वर्डको पाउ
-शशांक लामा- जसरी नेपालका अभिभावकहरु आफ्ना नानीहरुको राम्रो शिक्षाको खातिर नेपालमा भएका राम्रा स्कुलहरु समेत छोडेर दार्जिलिङ,कालेबुङ,मसुरी आदिमा लगेर पढाउँछन,त्यसरी नै अमेरिकि अभिभावकहरु पनि आफ्नै प्रादेशिक राज्यमा भएका राम्रा शिक्षण संस्थाहरु छोडेर म्यासाचुसेट राज्यको सेरोफेरोमा अवस्थित स्कुलहरुमा आफ्ना नानीहरु पठाउन रुचाउँछन| कारण प्रष्ट छ्: यसै सेरोफेरोमा Harvard, MIT, Yale र अन्य नाम चलेका स्कुलहरु छन|… Continue reading
कुवेत प्रहरीको हिरासतमा फेरि दुई नेपाली महिला
कुवेतमा फेरि दुई नेपाली युवती प्रहरी हिरासतमा परेका छन्। दुवैलाई अनैतिक काम गरेको अभियोग लागेको छ। दुवै घरेलु कामदारका रुपमा कुवेतमा आएकी रहिछिन्। पहिलो घटनामा एक २३ वर्षकी युवती परेकी छिन्। त्यसो त अहिले ३० वर्ष नपुगी खाडी मुलुकमा काम गर्न जान दिइँदैन। तर पहिले गएकाहरुहरुको हकमा यो लागू हुँदैन। नाम नखुलाइएकी ती नेपाली चेलीलाई… Continue reading
के हामी आत्मदाह गरौँ?
-दीपक भेटवाल- उता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। वर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर… Continue reading
एमाले सबभन्दा ठूलो दल बन्ने अमेरिकी अनुमान
चुनाव हुने कहिले-कहिले, ठूलो दल बन्छौँ भन्ने भाषण अहिले! एमाओवादीदेखि कांग्रेस र एमालेसम्मका नेताहरुले अब हामी नै ठूलो दल बन्छौँ भनेर भाषण ठोकिसके। चुनावको मिति भने अहिलेसम्म पनि घोषणा हुन सकेको छैन। वास्तवमा चुनाव नभएसम्म कुन दल ठूलो हुन्छ भनेर अनुमान लगाउन गाह्रो हुनेछ। अनुमान लगाउनेहरुको अनुमान कसरी फेल खाँदो रहेछ भन्ने प्रमाण हामीले पहिलेको… Continue reading
टेलियासोनेरा (एनसेल) ले नेपालीलाई मूर्ख सम्झेको?
-विरोध कट्टेल- निश्कासित हेलो नेपालका कर्मचारीहरुको आन्दोलनले उग्र रुप लिन थालेपछि एनसेल प्रशासनले यही चैत १७ गते प्रेस विज्ञप्ती जारी गरी हेलो नेपालसँग आफ्नो सम्वन्ध नरहेकोले भौतिक आक्रमणमा नउत्रिन आग्रह गरेको छ। आन्दोलनरत कर्मचारीहरु भने यो समस्यालाई सम्वोधन गर्नु पर्ने भन्दै हेलो नेपाल र एनसेलको कार्यलय अगाडी निरन्तर धर्ना तथा जुलुस गरिरहेका छन्। टेलियासोनेराको नेपाल… Continue reading
पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने !
हिजो र अस्ति काठमाडौँमा देशभरबाट ५ सय पण्डित भेला भए। हिन्दु धर्मको कर्मकान्डका लागि नभई नहुने पण्डितहरुले यजमान र पुरोहित पण्डितका लागि २७ बुँदे आचार संहिता पनि पारित गर्यो। पारित आचार संहिता मध्येको एउटा बुँदा हो- पण्डितहरुको टुप्पी र जनै अनिवार्य हुनै पर्ने! अर्को एउटा महत्त्वपूर्ण आचार संहिता पारित गर्दै घोषणा गरिएको छ- जाँडरक्सी र… Continue reading
शिशु मारेको अभियोगमा नेपाली महिला कुवेतमा पक्राउ
घरेलु कामदारका रुपमा मध्यपूर्वी देश कुवेत पुगेकी दुई महिला अहिले प्रहरी हिरासतमा छन्। दुवै महिलालाई छुट्टाछुट्टै ठाउँबाट लगभग एउटै खालको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो। अभियोग- आफैले जन्माएको नवजात शिशुको हत्या गरेको ! केस नम्बर १ : कुवेतको क्युरेन क्षेत्रमा नवजात शिशुको लाश भेटिएपछि खैलाबैला मच्चियो। मुबारक अल कबिरका डिटेक्टिभहरु अनुसन्धानमा जुटे। उनीहरुको पहिलो… Continue reading
अधुरो सपना
-राजन- टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी हेरेको भरखर बेलुकाको… Continue reading
निर्वाचन त होला….तर ?
-स्याटेलाइट- प्रधानन्याधिसले देशको नेतृत्व लिएका छन्। असारमा होस या मंसिरमा होस, निर्वाचन हुनबाट अब कसैले रोक्न सक्दैन। दलहरु जनतामाझ जाँचिन खोजेका छन। सबैमा आफ्नै बहुमत आउने भ्रम छ। अखबारका भँगेरे अक्षर र टेलिभिजनमा उनीहरुका कुरा सुन्दा लाग्छ, हामीहरु भेँडा हौ। योग्य-अयोग्य छुट्टाउने सामर्थ्य नभएका भेँडा । विवेक नभएका भेँडा, जो अन्धसमर्थन गर्छ या अन्धबिरोध ।… Continue reading
ब्रोइलर – लोकल संवाद
-रोहिणीशुक्र- नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ। उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। टिनको छाना सूर्यको प्रकाशमा टलक्क टल्किरहने हुदाँ वरपर सबैतिरबाट कुखुरा फार्म… Continue reading
लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल
वैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्। नेपाली महिला… Continue reading
यात्रा संस्मरण: मैले देखेको कलोराडो
-शशांक लामा- कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छंदै थियो। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। अर्धाङगिनीलाई सानैदेखि हुने गरेको Motion Sickness ले… Continue reading
एनसेल आक्रमण र यससँग जोडिएका कारणहरु
-विरोध कट्टेल- निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल चलाइरहेको वहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको अर्को टेलिकम कम्पनी नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल)को ७५% सेयर खरीद गरे पछि त्यहाँ कार्यरत ८७ जना कर्मचारीहरुलाई बाँकी २५% सेयर रहेका आफ्नो साझेदारी व्यापारी अजय सुमार्गीको प्रयोग गरेर गत जेष्ठ महिना देखि आजका मिति सम्म निष्कासित कर्मचारीहरु स-सम्मान पुनर्वाहलीको माग राखी… Continue reading
जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्
आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। पहिलेको पत्नीबारे उनका… Continue reading
बढ्दो सम्बन्धविच्छेद
– शङ्करप्रसाद खनाल – • काठमाडौंकी २३ वर्षीया सिताष्मा (नाम परिवर्तन) ले विवाह गरेको तीन महिनामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो– श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। सम्बन्धविच्छेद गर्ने कारणबारे उनले न्यायाधीशसँग भनेकी थिइन्, ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न… Continue reading
यो उत्तरले दिलायो इशानीलाई ताज
मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान,… Continue reading
इशानी बनिन् मिस वर्ल्ड नेपाल
यस पटकको मिस नेपाल सौन्दर्य प्रतियोगिता इशानी श्रेष्ठले जितेकी छिन्। २१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए। एकल परिवार कि संयुक्त परिवार रुचाउनु हुन्छ… Continue reading
अर्बौ कमाउँछन्, पब्लिकमा जान डराउँछन्
-दिनेश आचार्य- –संसारकै धनीको सूचीमा परेका नेपाली व्यवशायी बिनोद चौधरीको एउटै कम्पनी ‘पव्लिक लिमिटेड’ छैन। सेयर मूल्यको हिसाव गरेर उनलाई अर्बपति घोषणा गरिएको बताइए पनि पहिल्यै सुचिकृत भैसकेको नबिलको सेयर चौधरीले पछि किनेकोमा बाहेक उनको बहुचर्चित वाईवाई कम्पनी समेत सेयर बजारमा सूचिकृत छैन। यस्तो अवस्थामा कसरी उनको सेयर मूल्यको हिसाव गरियो? – नेपालमा सबैभन्दा बढी… Continue reading