—दधि अधिकारी—
** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ ।
** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा प्रत्येक बर्ष करिब नौ सय व्यक्तिको ज्यान जान्छ । तर हामि कसैले पनि आकाशीय पिण्ड खस्छ भनेर न कुनै बलियो छाता बोकेर हिड्छौं न त घरमा निकै बलियो छत नै निर्माण गरेका हुन्छौं । तर घाम पानी बाट बच्न भने हामिले छानो पनि हालेका हुन्छौं, छाता पनि ओढछौं ।
** अब एउटा अन्तिम काल्पनिक तर यथार्थको नजिकको उदाहरण । मानौ तपाईं निकै थकित अवस्थामा घरमा छिर्नु भएको छ (तपाईंको घर वा भनौ डेरा काठमाण्डौमा छ )। तपाईंलाई निकै प्यास लागेको छ र तपाईं पानी पिउन चाहनु हुन्छ । तर काठमाण्डौको पानी नउमालीकन पिउन मिल्दैन । दुर्भाग्यवस तपाईंको घरमा उमालेको पानी सकिएको रहेछ । दिक्क मान्दै तापाईं पानी उमाल्ने तरखर गर्न थाल्नु हुन्छ । त्यसैबेला तपाईंलाई तुरुन्त आफ्नो हाकिमलाई भेट्न जानुपर्ने फोन आऊँछ । अब तपाईं के गर्नु हुन्छ ? पानी उमालेर पिएर जानु हुन्छ वा चिसै पानी पिएर जानुहुन्छ ? पक्कै पनि नउमालेको चिसो पानी पिएर जानु हुन्छ ।
केहि दिन अघि माई संसारमा डा. डोलेश्वर भण्डारीको लेख “आपूmले आफैलाई हानी गर्न पाउने की नपाउने ?” भन्ने लेख प्रकाशित भएको थियो । माथिका उदाहरण उक्त लेखकै संदर्भमा प्रस्तुत गर्न खोजिएको हो । म डोलेश्वर सरलाई व्यक्तिगत रुपमा चिन्दछु र मलाई यो कुरा लेख्न कुनै द्विविधा छैन की उहाँ जस्तो सरल, सहृदयी र आँखामा राखे पनि नविझाउने मानिस पाउन आजको यो स्वर्थी संसारमा गाह्रै पर्ला । अतः व्यक्तिगत रुपमा म उहाँलाई हृदय देखी नै आदर गर्दछु । माई संसारमा कतिपय पाठकहरुले उहाँप्रति प्रयोग गर्ने अशिष्ट भाषाले गर्दा मेरो मन आहत हुन्छ । तर पनि डोलेश्वर सरले उठाउनु भएको प्रश्न सामाजिक, आर्थिक र राजनैतिक दर्शनको एउटा निकै विवादित वा भनौ निकै छलफल भएको, छलफल गर्न रुचिकर र सायद निष्कर्ष निकाल्न नसकिने विषय हो । अतः यस लेखमा मैले समस्याको अर्को पाटो पस्कने जमर्को गरेको छु । म एउटा विद्यार्थी भएकोले, पाठकहरुका हरेक प्रश्नको जवाफ दिन समय नहोला (होमवर्क र टर्म पेपरको कारणले ) तर पनि आवश्यक परे कुनै समयमा सानो लेख मार्फत जिज्ञासा शान्त पार्ने कोशिष गर्ने छु ।
अब जाऊँ पहिलो उदाहरण तर्फ । नर्वेमा किन बच्चालाई सजाय नदिए पनि हुने वा भनौं सजाय दिन नपाईने तर नेपालमा भने पढेनन भनेर किन कान निमोठने, गाला पडकाउने, उठबस गराउने, मुर्गा बनाउने, सिस्नु पानि लगाउने । मेरो बुवाले मलाई चौध अञ्चलको नाम कण्ठ गरेन भनेर राती घरबाहिर आँपको बोटमा बाँधेको अभैm सम्झना छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने, कुनै पनि समाजका औपचारिक वा अनौपचारिक संस्कार, नियम वा पद्दतीलाई त्यहाँको आर्थिक प्रणालीले निर्देशित गरेको हुन्छ । नर्वेमा उच्च स्तरको सामाजिक सुरक्षा छ जसले गर्दा कुनै पनि बेरोजगार व्यक्तिले महिनाको करिब करिब १५०० डलर बेरोजगारी भत्ता पाऊँछ । अझ विस्तृतमा भन्ने हो भने कुनै व्यक्तिको भ्रुणावस्था देखि चिताग्नी सम्मको दायीत्व सरकारको हुन्छ । यस्तो अवस्थामा कुनै पनि बावु आमा आफ्नो बच्चा बच्चीको भविष्यको बारेमा त्यति चिन्तित हुनुपर्ने अवस्था रहँदैन । अमेरिकामा नर्वेको तुलनामा व्यवहारिक रुपमा बालअधिकार अलिकति कम रहेको पाईन्छ । यो कुन संदर्भमा भने, कुनै पनि अमेरिकी विद्यालयमा बालकको गुनासोको भरमा आमा बावुलाई सजाय दिएको देखिदैन । तर नेपालमा आमा बाबुले आफ्नो बच्चा बच्चीलाई एक वा अर्को तरिकाले सजाय दिएरै भए पनि पढाउनुपर्ने कारण उनिहरुको भविष्यको सुनिस्चितताको लागी हो । यदि नेपालमा पनि बच्चाको भविष्य सुनिस्चित भएको भए पक्कै पनि आमा बावुले उनिहरुलाई सजाय दिने थिएनन् ।
यहाँनेर अर्को तर्क के हुन सक्छ भने, अमेरिका जस्तो विकसित देशमा प्रविध र सिकाई विधि यति विकसित भएको छ की बालबालीकालाई सजाय दिनुनै पर्दैन । तर यो तर्क त्यतिबेला गलत देखिन्छ जब हामि विश्वब्यापी गणित र विज्ञानको क्षमता मापन गर्ने सूचकांक हेर्छौं । यस सूचकांकमा अमेरिका जस्ता देश निकै पछि छन भने भारत, कोरिया, चीन जस्था देश अग्र स्थानमा छन् जहाँ सानामा बच्चालाई विभिन्न डर देखाएर पढ्न बाद्य बनाइन्छ । विभिन्न अध्ययनले के देखाएका छन् भने अमेरिकी विश्वविद्यालयमा विज्ञान र प्रविधिको क्षेत्रमा विद्यावारिधि गर्ने दर तिनै विदेशी विद्यार्थीको उच्च रहेको छ भने विद्यावारिधि गरेर विज्ञान र प्रविधिको क्षेत्रमानै काम गर्ने दर पनि तिनै विदेशी विद्यार्थीको उच्च रहेको छ । त्यसैले त अमेरिकामा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने विदेशि विद्यार्थीकोलागी सिधै स्थायी बसोबासकोलागी स्विकृति दिने बारेमा छलफल हुँदैछ । यदि बालश्रम प्रयोग गरेको कार्पेट आयातमा प्रतिबन्ध लागेको जस्तै बालअधिकार हनन गरि शिक्षित बनाईएका विद्यार्थीलाई पनि प्रवेशाज्ञा नदिने नियम भैदिएको भए के हुन्थ्यो होला ?
अब दोश्रो उदाहरणको अर्थ । हामिले दैनिक जीवनमा गर्ने कामहरुमा अनिस्चितता हुन्छ । उदाहरणको लागी सडक पार गर्दा दुर्घटना हुन सक्छ, जाँच दिँदा फेल हुने पनि सम्भावना हुन्छ आदि ईत्यादी । यस्तो अवस्थामा हामिले त्यो काम गर्दछौ जहाँ सफलता प्राप्त गर्ने सम्भावना बढि हुन्छ वा सफलता प्राप्त गर्ने संभावना निकै कम भए पनि सफलता प्राप्त भईहालेमा हुने फाईदा निकै बढि हुन्छ (जस्तै चिठ्ठा किन्नु ) । माथिको उदाहरणमा पनि कुनै आकाशीय पिण्ड हाम्रो टाउको माथि खस्ने सम्भावना निकै निकै कम छ (करिब करिब एक लाखमा एक) तर त्यसबाट बच्ने उपाय अबलम्बन गर्न निकै धेरै खर्च पर्दछ । अर्को तर्फ घाम पानीको संभाव्यता निकै बढि हुन्छ । त्यसैले हामिले छाता ओढछौं, घरमा छानो हाल्छौं तर निकै बलियो र बाक्लो छत को निर्माण गर्दैनौ ।
तेश्रो उदाहरणमा लागत र लाभ अनि अल्पकाल (क्जयचत चगल) दीर्घकाल (ीयलन चगल) को कुरा गर्न खोजीएको छ । चिसो पानी पिऊँदा तपाईंलाई अल्पकालमा केहि हानी हुँदैन तर हाकिमकहाँ नजाँदा भने तपाईंलाई तुरन्त हानि हुन सक्छ । त्यसैले तपाईं चिसै पानी पिएर भएपनि हाकिमकहाँ जानु हुन्छ । प्राय गरिब मानिस र गरिब देशका निर्णयहरु अल्पकालका परिणामलाई ध्यानमा राखेर गरिएका हुन्छन । यसो हुनुको कारण श्रोत र सूचनाकोे अभाव हो । काठमाण्डौको हङकङ बजारमा (कतिजनालाई यो नामको बजार बारे थाहा छ कुन्नी ?) पाईने चाईनिज सामान धेरै टिक्दैनन् भन्ने थाहा हँुदा हँुदै पनि मानिसले ती सामानहरु किन किन्दछन् ? किनभने धेरै टिक्ने महंगा ब्राण्डेड सामान किन्न तत्काललाई उनिहरु संग पैसा नहुन सक्छ ।
माथिका हरफहरुमा भन्न खोजेको कुरा के भने कुनै पनि नीति निर्माणमा तथा व्यक्तिगत र सामाजिक व्यवहारमा त्यहाँको (क) आर्थिक प्रणाली (ख) लागत र लाभ (ग) संभावना (Probability) लगाएतका धेरै कुराहरुले असर गरेको हुन्छ । यदि कुनै कुरा विश्वव्यापी रुपमा एकै प्रकारको हुने भए बांगलादेशमा सफल भएको ग्रामिण बैङक नेपालमा असफल हुने थिएन र नेपालमा सफल भएको सामुदायीक बन प्रणाली भारतमा असफल हुने थिएन । ईजरायलको सहकारी प्रणालीलाई नेपालमा लागु गर्न खोजिएकै हो भने २०२८ सालमा नयाँ शिक्षा मार्फ अमेरिकी शिक्षा प्रणाली अबलम्वन गरिएकै हो । तर यी कसैले पनि आशातित सफलता प्राप्त गर्न सकेनन् । यसको कारण के भने कुनै पनि नीति नियमहरु त्यहाँको बस्तुगत परिस्थितीमा आधारित भएर निर्माण गरिनु पर्दछ ।
अब जाऊँ डोलेश्वर सरले उठाउनु भएका केहि उदाहरण तर्फ । मेरो भनाई के भने यी प्रश्न नाजायज होईनन् तर समय, परिस्थिती अनुसार यस बारेका निर्णयहरु फरक फरक हुन्छन् ।
(क) हेलमेट नलगाउनु गैर कानुनी तर रुख चढ्नु कानुनी ः यो उदाहरणमा संभाव्यता र लागत लाभको कुरा हेर्नु पर्ने हुन्छ । कुनै व्यक्तिले घाँस काटेन भने उसका गाई भैसी भोकै हुन्छन जसले गर्दा उसलाई घाटा हुने संभावना सो व्यक्ति रुखबाट लडेर मृत्यू हुने संभावना निकै बढि छ । अतः रुख चढन प्रतिबन्ध लगाउनु नेपालमा त्यति व्यबहारिक हँुदैन । तर यदि नेपालमा घाँसको बजार भैदिएको भए र प्रविधिको विकास भैदिएको भए यसमा पनि प्रतिबन्ध लगाउन सकिन्छ । जहाँ सम्म हेलमेटको कुरा छ, हेलमेट किन्दा लाग्ने खर्च भन्दा त्यसको प्रयोग बाट हुने लाभ निकै बढि छ । हुन त लेगगार्ड अनिवार्य रुपमा राख्नु पर्ने जस्ता नियम नभएका होइनन तर लेगगार्ड नराख्दा हुने क्षतिको तुलनामा हेलमेट नलगाऊँदा हुने क्षति बढि हुने भएकोले मनिसको ध्यान हेलमेटमा बढि गएको हो । अब प्रश्न उठ्छ व्यक्तिगत स्वतंत्रताको । व्यक्तिगत स्वतन्त्रता पनि आर्थिक प्रणालीसंग गाँसिएको हुन्छ । नेपाल जस्तो देशमा जहाँ संयुक्त परिवारको प्रथा छ र कुनै एक व्यक्तिको आम्दानीमा धेरै व्यक्ति बाँच्नु पर्ने हुन्छ त्यस्तो ठाँऊँमा कुनै एक व्यक्तिले व्यक्तिगत स्वतनत्रता भनेर जोखिम मोल्ने स्वतंत्रता पायो भने सामाजिक लागत बढि पर्न आऊँछ । तर अमेरिका जस्तो देशमा यस्तो जोखिम मोल्ने स्वतंत्रता धेरै हुन सक्तछ । अर्थशास्त्रको सर्वमान्य सिद्धान्त के हो भने धनि मानिसहरुनै जोखिम मन पराउने (Risk Lover) खालका हुन्छन् । त्यसैले त अमेरिकी सडकमा हेलमेट लगाएका र नलगाएका दुवै प्रकारका चालक भेटिन्छन ।
(ख) क्यासिनोमा जुवा खेल्नु ः माथि भने जस्तै यसले नेपालजस्तो देशमा व्यक्तिगत नभई पारिवारिक समस्या निम्त्याउन सक्ने संभावना निकै धेरै छ ।
(ग) उमेर पुगेकाको शारिरिक संपर्क ः यो विषय पनि निकै विवादित हो । निस्चित क्षेत्रमा लाईसेन्स सहितको वेश्यालय संचालन गर्दा सामाजिक लागत भन्दा लाभ नै वढि हुन्छ जस्तो लाग्दछ । तर उमेर पुगेकाको जथाभावि यौन संपर्कले नेपालमा ठूलो सामाजिक समस्या निम्त्याउने पक्का छ । नेपाली समाज सानो छ । अतः त्यस्ता शारिरिक संपर्क ढिलो चाँडो सार्वजनिक हुने गर्दछन् । अझ कतिपय अवस्थामा त (प्राय ः टिन एजरहरुमा) यसलाई पुरुषार्थको रुपमा लिई मैले त फलानो केटि …………भन्दै हिँडने पनि देखिन्छ । यस्तो अवस्थामा केटालाई त खासै फरक नपर्ला तर केटीलाई भने जीवनभर नकारात्मक असर पर्दछ । आपसी समझदारीमा शारिरिक संपर्क राख्नुलाई व्यक्तिगत स्वतंत्रता मानेर खुला छोड्नको लागी की त नेपाली समाज यस्तो हुनु प¥यो जसले यो कुरालाई पचाउन सकोस वा महिलाकोलागी आर्थिक स्वतंत्रता हुनु प¥यो । तर सवै महिलाहरु नम्रता श्रेष्ठ जस्ता आर्थिक रुपमा स्वतन्त्र हुँदैनन् ।
डोलेश्वर सरले उठाउनु भएका अन्य प्रश्नहरु पनि यस्तै मथिङगल खियाउनु पर्ने छन तर ती सवैमा माथिका कारणहरु प्रभावी हुन्छन जस्तो लाग्छ । तर प्रश्न जति नै सामान्य भए पनि त्यसका पछाडी विभिन्न विधाका सिद्धान्त लागु हुन्छन् । मलाई एकजना विदेशी प्राध्यापकले नेपाल भ्रमण पछि सोधेको प्रश्न अहिले पनि याद आऊँछ । उनको प्रश्न थियो “किन तराईका महिलाले पानी टाउकामा बोक्छन तर पहाडका महिलाले ढाडमा ?” यो प्रश्न जति सरल छ त्यसको पछाडिको कारण पनि त्यति नै बैज्ञानिक पनि । मैले भन्न खोजेको के भने कुनै पनि सामाजिक व्यवहारका पछि केहि न केहि सैद्धान्तिक कारणहरु रहेका हुन्छन् ।
अमेरिकामा पनि मापसे गरेर गाडी चलाउन पाईदैैन । अमेरिका जस्तो व्यक्तिगत स्वतन्त्रताको हिमायती देशमा यो प्रतिबनध किन ? कारण स्पष्ट छ , मापसे गरेर गाडी चलाऊँदा हुने लाभको तुलनामा अपेक्षित क्षति निकै बढि छ । फेरि मापसे गरेको व्यक्तिको उचित निर्णय गर्ने क्षमता कम हुन्छ । जसरी एउटा शिक्षित अमेरिकीले मापसे गरेको बेलामा उचित निर्णय गर्ने क्षमताको अभावले व्यक्तिगत स्वतन्त्रता गुमाउनु पर्ने हुन्छ, अविकसित देशमा मापसे नगरिकनै पनि मानिसमा विभिन्न कारण जस्तै शिक्षाको कमि, दुरदृष्टिको अभाव (Myopic Behavior ) आदिले गर्दा उचित निर्णय गर्न सक्ने क्षमताको अभाव हुन सक्तछ । यस्तो अवस्थामा मानिसको व्यक्तिगत स्वतनत्रतामा केहि अंकूश लगाउनु पर्ने हुन सक्तछ ।
अमेरिकाकै अर्को उदाहरण । भर्खरै केन्टकी राज्यको स्कुलमा २८ जनाको ज्यान जाने गरी भएको घटना पछि यहाँ बन्दुक राख्न पाउने की नपाउने भन्ने विवाद तिब्र भएको छ । यो विवाद तिब्र हुनुको कारण यस्ता दुर्घटनाको दर बढ्दै जानु हो । यदि यस्ता दुर्घटनाको संभाव्यता नबढेको भए बन्दुक राख्न पाउने स्वतन्त्रताको विपक्षमा आवाज उठने नै थिएन र नेशनल राईफल एसोशियसन रक्षात्मक स्थितिमा पुग्ने नै थिएन ।
अन्तमा, कुनै पनि मानिस सबैभन्दा खुशी त्यतिबेलामा हुन्छ जतिबेला उसंग पूर्ण रुपमा व्यक्तिगत स्वतन्त्रता हुन्छ । समाजमा विभिन्न किसिमका बाधा (constraint) हुन्छन् । यी बाधाहरु हरेक समाजको लागी फरक फरक हुन्छ । अतः व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा ति बाधाहरुले निर्धारण गर्दछन जसरी हामिहरुले उपभोग गर्ने बस्तु तथा सेवा हरुको मात्रा हाम्रो आम्दानीले निर्धारण गर्दछ । जसरी आम्दानी बढदा बस्तु तथा सेवा हरुको उपभोगको मात्रा बढदछ त्यसरि नै व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा बढाउन पनि ती बाधाहरु कम गरिनु पर्दछ । त्यसैले व्यक्तिगत स्वतन्त्रता निरपेक्ष नभई सापेक्ष रहेको हुन्छ ।
(लेखक अमेरिका स्थित न्यू मेक्सिको विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन्)
दधि अधिकारीको लेख प्राय ७०.% सहमति भनु तर काठमाडौँ मा नेपाली को लागि बनाएको चाइनिज सामानको गुरा गर्दा उहाले अलि नेपालको आर्थिक छेत्र र गोवेर्मेंट र सरकारको नीति लाइ ख्याल गर्नु भएँन तेही चाइनिज समानअमेरिका र यूरोप मा ब्रान्ड अनुसारको समान महंगो राम्रो सस्तो झुर आउछ तर नेपाल मा चाइनिज समान झुर किन ? पैसा पनि हुनु पर्योनि राम्रो क्वालिटीको समान किन्न नेपाली संग
मित्रहरु,
मैले उठाएको विषयमा सबैको सहमति हुन्छ भन्ने मेरो आशा होईन । अतः सैद्धान्तिक रुपमा विमति राख्ने साथीहरु प्रति (जस्तै मित्र निरज पौडेल र अन्य ) सम्मानभाव राख्दै, पक्कै पनि यो वहसको विषय हो भन्नेमा सहमति जनाऊँछु ।
धेरै साथीहरुले कनेक्टिकट को बारेमा त्रुटी औंल्याउनु भएको छ । टाइप गर्दा त्रुटी भएको कुरालाई स्विकार्दै धन्यबाद दिन चाहन्छु ।
अन्य व्यक्तिगत कमेण्टहरु जस्तै पी.एच.डी. कसरी प्राप्त भयो, जी.आर.ई. के भयो आदीहरुको जवाफ सायद कमेन्ट गर्ने मित्रहरुले पनि आशा गर्नु भएको छैन होला । हुन त एउटा व्लगमा लेखिएका कुराहरुमा प्रतिउत्तरको आशा कसले नै राखेको हुन्छ र ।
अन्तमा केहि मित्रहरु (जस्तै प्रभुजी)ले श्रोतको कुरा गर्नु भएको छ । हुनत मेरो यो लेख ब्लगको लागी लेखिएको हो त्यसैले यसमा मैले राष्ट्रिस्तरका ब्रोडशिट पत्रिकामा छापिने पपुलर आर्टिकलको जत्तिको पनि स्वरुपण गरिन । तर पनि निम्न श्रोतहरुको आधारमा मैले आफ्ना कुराहरु राखेको जानकारी गराउन चाहन्छु ।
(क) गणित र विज्ञानको स्तर ः PISA (2009) को रिपोर्टमा (http://www.oecd.org/pisa/46643496.pdf) स्पष्ट रुपमा चाईना र कोरियालाई पहिलो दुई स्थानमा राखेको छ । तर त्यो लिस्टमा भारतको नाम छैन । अतः भारतको लागी मैले GMAT Score लाई आधार मानेको छु (श्रोतः Times of India, January 21, 2011 ) यसको लिंक लामो भएकोले राखेन । विद्वान मित्रले इन्टरनेटमा सहजै भेट्नुहोला भन्ने आशा गर्दछु ।
(ख) नयाँ शिक्षा योजना ः यसको श्रोत Sharma, Tara Nath.2003. Education in the Special Context of Nepal. In Bhandari, B and Abe, O (eds). Education for Sustainable Development in Nepal. यस पुस्तकको पेज १०५ मा जानु भएमा यो कुरा स्पष्ट संग लेखिएको छ । त्यस्तै नयाँ शिक्षा लागु गर्नु पूर्व १९५४ मा गठित नेपाली र अमेरिकी विज्ञहरुको समिति National Education Planning Commission का एक सदस्य र University of Oregon का तात्कालिन प्राध्यापक Hugh B. Wood को १९५९ मा लेखिएको लेख Development of Education in Nepal भन्ने लेख बाट पनि यो कुरा थाहा पाउन सकिन्छ ।
अन्त्यमा, मेरो लेख पढि कमेन्ट गरिदिएर यस विषय प्रति मेरो अझ वढि चाहना जागृत गरिदिनु भएकोमा आभार व्यक्त गर्दछु ।
बाबु दधि:
तिमि अमेरिका पड्न जाँदा मेरो मन हर्षले गद-गद भाको थियो. आज तिम्रो यो लेख पढे पछि, भन्न मन लाग्यो, तिमीले अजै धेरै मेहेनत गर्नु पर्ने रहेछ. तिमि रहरै रहर ले peer pressure मा परेर विद्यावारिधि गर्दै छौ भने त म तिमीबाट केहि आशा गर्दिन. यदि साच्चीकै “Doctor of Philosophy ” को लागि आफुलाई लायक बनाउन तिमीले निम्न कुरा विचार गर है.
१. तिम्रो सुचनाको स्रोत भर पर्दो छैन.
जस्तै: “विश्वब्यापी गणित र विज्ञानको क्षमता सूचकांकमा अमेरिका निकै पछि छन भने भारत, कोरिया, चीन जस्था देश अग्र स्थानमा छन्. ” कोरिया बाहेक, अरु देश को तिम्रो सुचनाको स्रोत के हो नि ?
२. “२०२८ सालमा नयाँ शिक्षा मार्फ अमेरिकी शिक्षा प्रणाली अबलम्वन गरिएकै हो”
यसको सुचनाको स्रोत के हो नि ? मैले सुने अनुसार यो त बेलायेती शिक्षा प्रणाली हो रे. कृपया सुचनाको स्रोत दिएर मेरो भ्रम दुर गर है.
३. “भर्खरै केन्टकी राज्यको स्कुलमा २८ जनाको ज्यान जाने गरी भएको घटना पछि यहाँ बन्दुक राख्न पाउने की नपाउने भन्ने विवाद तिब्र भएको छ ”
बाबु दधि: यो त अति नै भो, यो त मेरो ६ वर्ष को छोरो लाई पनि थाहा छ.
४. बाबु दधि, हरेक तिम्रा लेखहरुमा, (होमवर्क र टर्म पेपर पनि), पहिला भरपर्दो सुचनाको स्रोत तयार पार, अनि लेख, पड, अनि फेरी पड, संसोधन गर र अनि बल्ल final लेख तयार पार. खै यस्तो हो भने कसरि, तिमीले कस्तो होमवर्क र टर्म पेपर गरे होलाऊ. अनि विद्यावारिधिको dissertation कस्तो लेख्ने होलाउ, मलाए पिर परो, बाबु.
विद्यावारिधि-बिर्धार्थीको व्यस्तताको बाबजुदपनि राम्रो बिषय छलफलको लागि हामि बिच दिएकोमा धन्यवाद.
र अन्तमा तिम्रो प्रश्न तिमीलाई नै ” के व्यक्तिगत स्वतन्त्रता भन्दैमा गलत सुचना दिन पाइन्छ र ?
तिमिलाई नया बर्ष २०१३ को शुभकामना!!!
प्रभु
केन्टकी कि कनेक्टिकट?
***”भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ|”
दधि जी,
यातना र सजाय अलग अलग कुराहो र यी दुइ मा निकै भिन्नता छ भन्ने बुझ्नुहुन अनुरोध|
यातना कुनै पनि हालतमा उचित होइन जवकि सजाय तेही उचित हुनजान्छ र आबस्यक पनि! यातना दिनु गैर मानबिय वा पशुवत ब्यबहार क्रिया हो सजाय मानबिय प्रक्रिया| यातना आफैमा ह्रिन्शक र क्रुर प्रबृत्ति को कुराहो यो कदापि र कुनैपनि कारण र उदेश्यको लागि जायज मान्न सकिन्न तथापि कहिले काही हल्काफुल्का चेतना दिने हिसाबले अपराधिक प्रवृत्तिको र अपराधिक कार्यमा प्रयोग गर्नु आबस्यक छ|
कहिले काही अधिक बल प्रयोग गरि गरिने वा अनाधिकृत र जवार्दस्ती अनि धेरै गरि दिने सजाय यातना हुनसक्छ! यदि सजाय यातनामा परिवर्तन भयो भने त्यो नराम्रो हो तेसो गर्नेलाई जरुर सजाय दिनुपर्छ जुन नर्बेमा पनि यहि दियको होला सायद!
**** ” आकासबाट खस्ने उल्का पिण्ड —————————–, छाता पनि ओढछौं ।”
उदाहरण अलि आकासे भयो!
तपाहिले डा डोलेश्वोर भण्डारीको सार्बजनिक बहस को लागि लेखियको ब्लग माथिको प्रतितिक्रिया र बिरुद्दमा पोखियाको बिचार हरुलाई व्यक्तिगत लाक्षनामा जोडेर चित्त दुखाउनुभयो तर तेही तपाहिले कुनै नम्रता भन्ने केटीको नितान्त व्यक्तिगत कुरा उछालेर असान्दार्भिक उदाहरण दिन चाहि पछि पर्नु भयन| अब यसलाई के भन्ने?
अब जहा तपाहिको ब्लगको शीर्षक प्रश्न “के व्यक्तिगत स्वोतान्त्रता निरपेक्ष हुन्छ?” डिप्लोम्याटिक छ (डक्टरि स्तरको) तेही डा डोलेश्वोरको “आफुले आफैलाई हानि गर्न पाउने कि नपाउने?” चाहि अलि पाउदुरे| भित्रको गुदी कुरो त झन् के हो केहो?
व्यक्तिगत स्वोतान्त्रता तेस्को आबस्यकता र प्रकृति अनि प्रबित्ति उपयोग आदि हेरी सापेक्ष र निरपेक्ष दुवै हुन्छ! स्वोतान्त्रता भनेर सबै स्वोतान्त्रतालाई एकै कसीमा बाधेर एउटै तुलोमा जोख्नु मुर्ख्याइ हुने छ!
यहानेर तपाही र डोलेश्वोर जी ले उथाउनुभयको (ग) को कुरा गर्नुपर्दा,
उमेर पुगेका युवा युवती आफ्नो इच्छानुशार सम्भोग गर्न पाउछन र पाउनुपर्छ तेसमाठी कसैको प्रतिबन्ध छैन, छ त मात्र उनीहरुले त्यो स्वोतान्त्रताको प्रयोग कहा र कसरि गररेको छ भन्नेकुराको हो| यसमा चाहि नियन्त्रण छ र हुनु आबस्यक छ! व्यक्तिगत स्वोतान्त्रता भनेर कुनै नाठो र नकाच्चारिले बसपार्कमा बसको छतमा बसेर रतिक्रिया गर्यो भने वा वा व्यक्तिगत स्वोतान्त्रताको उच्च उदाहरण भन्दै तालि पिट्ने? उनीहरुको निजि कोठामा बसेर गरुन तेस्मा भने कसैको आपत्ति हुनु हुदैन! अब यहा निकालियाको कुरा जहासम्म होटेल को कोठामा भन्ने छ| त्यो होटेलको कोठा पनि नितान्त निजि हुन सक्दैन किनकि होटेल भनेको आफैमा एउटा सार्बजनिक स्थान हो| समय र परिस्थिति अनि स्थान परिवेशको इतिहाश साथै गलत प्रयोजन हेरेर स्थानिय सरकार र समुहले केहि नियन्त्रण कडाइ गरेको हुन सक्छ यो स्थानिय सुरक्षा नीतिमा पर्ने कुरा हो|
अरु केहि होइन ||| चिट्ठा परेर (DV चिट्ठा होइन ) GRE दिए येसो apply गरे अनि झुक्केर university ले बोलाएपछि US टेकना पाको अपबाद हरु को काम केहि हुदैन अनि Nepal college पढ्दा राजनीति गरेको बनि अनि तेसै को याद मेटाउन को लागि ताल न तुक को लेख लेख्यो बस्यो || अब कुन चाही पार्टी का हुन् दधि र अर्का डोलेश्वोर भन्ने साथी हरु || एक ले अर्का लै बोरा मा हाल्ने कोसिस गर्यो बस्यो || खुरुक्क Ph . D को बिद्यार्थी भए पछि आफ्नो research गरेर नबसेर || तातो न छारो, बेतुक को कुरा गर्यो बस्यो ||
अमेरिका को उदहारण दिनुभए को ले वुटा मात्र प्रस्न, उसो भए त अब अमेरिका मा संबिधान संसोधन भै हतियार मा प्रतिबन्ध लाग्ने सम्भावना हुने भो तपाई को भनाइ अनुसार ! जुन कुरा असम्भव छ मेरो विचार मा कि कसो??
हतियार माथि प्रतिबन्द लगाउन संबिधान नै संसोधन गर्नु पर्दैन जस्तो लाग्छ| रास्ट्रपतिले प्रस्तुत गरेको विधयेक दुवै संसदबाट पारित भै कानुन बने पुगिहाल्छ जस्तो लाग्छ| हो संबिधान संसोधन त्यति बेला आवश्यक पर्न जान्छ जति बेला स्वतन्त्रताको पुनर्व्याख्या र पुनपरिभाषा गर्नु पर्ने हुन्छ| र बन्दुक राख्न पाउनु स्वतन्त्रता भित्र पर्छ कि पर्दैन भनेर किटान गरिनु पर्ने हुन्छ| अमेरिकी संविधानको दोस्रो संसोधनलाई धेरैले आफु अनुसार ब्याख्या गरेको पाईन्छ, त्यसकारण त्यो अस्पस्टताको छिनोफानो गर्नु पर्ने जस्तो महत्वको मुद्दा भए संसोधन गर्नु पर्ने हुन्छ जस्तो लाग्छ|
Just like to highlight a factual mistake made by the writer. The recent school shooting in USA took place in CONNECTICUT and NOT in KENTUCKY state as the writer suggests.
I am surprised how the writer made this mistake as it was a high profile case and especially when the writer is residing in USA doing is post doctorate.
I am hopeful, the writer will give attention to details in future article. As someone said “Devil lies in the detail.”
माड़साब .
पढेर मात्र ज्ञान हुन्न रत्तिभर ,ज्ञान हुन्छ एक भक्ति ले !!!!!!
नत्र देस ,काल,अनि परिस्थति बुझ्ने प्रयास गर्नाले ,नकि university मा पढ़ौनाले ,
यो लेख पढ्दा बच्चाको एउटा गीतको याद आयो : टालाटुली बटुली, खेलौं बनाई पुतली, ….
लौ जय होस् तपाइँहरुको!
अघिल्लो डाक्टर र पछिल्लो चाहि हुनेवाला डाक्टर रहेछ!
त्यो पनि अमेरिकाको, अब के बहस गर्न सकिन्छ र गाठे!
यहाहरुको बिचार सोचाइ र कुराहरुपनि अमेरिकन जेट जस्तै साह्रै माथि उड्ने भयर होला हामि नेपालि हरुले त दुरबिन लाइ हेर्नुपंरने नत्र न देखिन्छ न बुझिन्छ!
त्यो भन्दा बरु उही हाम्रो माड्सापले भाषण गरे जस्तै,
“म के भन्छु भने, मैले भन्नु पर्ने र मलाइ लागेको कुरा आधि म भन्दा अघिका बक्ताहरुले भन्नु भयो अब बाकि रहेका जति आउने बक्ताहरुले भन्नु हुने छ! यति हो कुरा उही हो उस्तै हो तेसैले यति भन्दै मेरो कुरा यहि टुङ्ग्याउदछु.”
सबै भन्दा हाइ सन्चो यहि औषधि होला भन्ने हाम्लाई लाइराछ!
तर,
बहस लियर एउटा अनौपचारिक ब्लगमा उत्रेपछि सबैले आफ्नो द्रिस्ट्रि र आफ्नो बिचार पोख्न पाउने पर्ने हो जस्तो लाग्छ!
होला डा डो भण्डारी रतिको गेडा जस्तै आखामा राखे पनि नबिझाउने होला उहा सरल सहृदयी अनि उहाजस्तो मान्छे संसारमा लाइट बालेर खोज्दापनि पाउन मुस्किल होला! त्यो उहाको व्यक्तिगत कुरा हो! तपाहिले जसरि हामीले उहालाई प्रत्यक्ष र व्यक्तिगत जाच्न भोग्न पायका छैनौ अनि झन् आखामा राख्ने मौका त सोचेका पनि छैनौ र हामीलाई तेतातिर वास्तापनि छैन! हाम्रो कुरा त सिर्फ उहाले बाद बिबादको लागि प्रस्तुत गरेको बिषय र उहाको प्रस्तुति शैली को हो! उहालाई आखामा राख्न त पायको छैनौ बिझाउछ कि बिझाउदैन कुन्नि तर उहाको लेख बहश को बिषय र अझै त्यो भन्दा पनि प्रस्तुति को पो कुरा त| त्यो हाम्रो आखामा त बिझायन तर दिमागमा र बिचारमा बिझायो बिशेष गरि प्रस्तुति र लेखको शैली जुन पढ्दै जादा तिन न तेह्रको भनौ या ताइ न तुइ को बुझियो!
व्यक्तिगत त हाम्रो पनि उहालाई केहि भन्न र केहि गुनासो छैन तर माइ संसार जहा हामि अनौपचारिक तबरले खुलेर बहस गर्दछौ तेहा आफु र आफ्नो बिचार लेखाइ प्रस्तुत गरि दिनु भयपछि हामीले गर्ने चाहि के?
यो त,
‘त डाक्टर कि म डाक्टर?’ भन्या जस्तो भयन र?
तपाहिको कुरामा छोटो भन्नुपर्दा,
व्यक्तिगत स्वोतान्त्रता निरपेक्ष र सापेक्ष दुवै हुन्छ! त्यो समय अबस्था परिवेस र स्वोतान्त्रताको प्रकृति र तेस्को उपभोगीताको नियत वा प्रबृत्ति मा निर्धारण गर्दछ!
तर एउटा देशले बनायको नियम र कानुन हरु तेस देशको सामाजिकता, मान्यता र प्रात्प्ति अनि आबस्यक्तालाइ एकरुपता र निस्चित तहमा सम्बोधन गर्ने गरि एउटा निश्चित स्ट्याण्डर्ड तय गरि लागु गरियाको हुन्छ! तेसैले त कहिले काही दुरुपयोग हुनसक्ने सम्भावना हुन्छ!
जस्तो कि उदाहरणको लागि लिन सकिन्छ समय,
नेपालको समय लाइ नै लिनुस पूर्व र पश्चिम नेपाल भरि एउटै समय लागु हुन्छ आधिकारिक तौर मा तर बास्तबिकता पूर्व र पश्चिमको समय करिब १० – १२ मिनेटको फरक छ नि! पूर्वमा १० बज्दा पश्चिममा पनि दश नै किन बज्ने तेहा त ९:४५ हुन्छ हामि १५ मिनेट सुत्न पाउनुपर्छ भन्ने? वा पुर्बेलिले होइन पश्चिमेली र हामीले किन संगै ५ बजे अफिस छाड्नुपर्ने तिनिहरुकहा ५ बज्दा त हाम्रो ५:१५ भैसक्छ हामि तिनिहरुभंदा १५ मिनेट अघि अफिसबाट जान पाउनुपर्छ भन्ने?
मानब र समाजबिकाश को शुचान्कमा प्रथम स्थान रहेको मुलुक र मानब बिकाश वा समाज बिकाशको खुडकिलो चड्न भरखरै प्रयासरत मुलुकको तुलना गरि स्वोतान्त्रताको मापन गर्नु भनेको जापानमा पानि पर्दा चितवनमा छाता वोड्नु र नर्वेमा हिउ पर्दा काठ्माण्डौमा आगो ताप्नु जस्तो भयानर?
अब बहसकै लागि हो भने त सब ठिक छ! टाइम पास भनौ तात्ताहो बहस गरौ!
चित्त दुखाउने हरु यसरि अनौपचारिक प्रस्तुति र यस्तो सार्बजनिक बनेको ब्लगमा आउनु भयन!
बरु एउटा आफ्नै ब्लग कोरौ न अनि तेस्मा आफुलाई जे मन छ त्यो लेखौ, भजन गाउनेलाई एड गरौ अनि आफुलाई झड्काहान्नेलाइ डिलेट गरौ ‘मेरो हो तलाई के मतलब’ भनौ यो चाहि खास व्यक्तिगत स्वोतान्त्रता हुन्छ र एकदम निरपेक्ष पनि!
जदौ!
तर्क सक्ति राम्रो छ र राम्रो लेख अझै नर्वे को बारेमा थप केहि भनुकि भनेर हो बेरोजगार भत्ता तब paainchha येदि उसले पहिले कम गरेको छ भने. कामै नगरिकन कर नतिरिकन कसैले पनि बेरोजगार भत्ता पाउदैन. हो येदि सरनार्थी हो भने महिना को १२०००क्रोनेर र बस्नकोलागि कोठा र बसभाडा पाउछ.
NAV को हाकीम नै भाको जस्तो गरेर दिनेस नर्वेले खोक्यो यहाँ। sosialstønad भनेको के हो थाहा छ? कि त økonomisk sosialhjelp लिनको निम्ति नर्वेजियनहरु नि शरणार्थी नै बन्नु पर्ने हो? धेरै जान्ने !!!!!
दधि अधिकारी जी !
तपाईको लेख निकै राम्रो लग्यो तर एउटा कुरा बुज्न सकिन ” नम्रता श्रेष्ठ” बारेमा| “तर सवै महिलाहरु नम्रता श्रेष्ठ जस्ता आर्थिक रुपमा स्वतन्त्र हुँदैनन्” यो भंयी आलिक चित्त नाबुजेको जस्तो मलाई लागिरहेको छ| के तपाईलाई लाग्छ नम्रता श्रेष्ठजीले मात्रै गल्ति गरेकी हुन् र ?हो, म मान्छु बिबाहित पुरुषसंग गरिएको सम्पर्क कति पनि राम्रो होइन तर यो गल्ति नम्रता श्रेष्ठजीको मात्रै होइन डिजे भनौदा पनि छ अनि youtube upload गर्ने मान्छेको | मलाई लाग्छ आर्थिक आबस्ता ले मात्र सबै कुरा हुने असर हुनेहोइन …मात्र चाहिन्छ आत्मविश्वास र सहयोग …येसरी मान्छे को नामै किटेर उदाहरण दिनु आलिक राम्रो भएन| गल्ती मान्छेले गर्छ नै…. समाज उन्मुख हुन सामाजिक सदश्यहरु गल्तीलाई मलम लगाउने काम गर्नु पर्छे…कोटउनु हुदैन| तेसैले त समाज म प्रहरी छन्…उनीहरु को काम अपराधी हरु को गल्ति सचाउनु हो….. यो कुरा सबैले मानन् गर्नु पर्छे… कोसीले जघंन्य अपराध गर्छ भने कारबाही पनि तेही आनुसार हुन्छ….”तर सवै महिलाहरु नम्रता श्रेष्ठ जस्ता आर्थिक रुपमा स्वतन्त्र हुँदैनन् | ” येसरी होचएर उदाहरण कहिले नदिनुहोला..
दधि सर,
बेक्तिगत स्वतन्त्रता लाइ सापेक्छित बनाउनु सब्बैभन्दा ठुलो भूल हुनेछ | तेस्को परिणाम हेर्न आज मध्ये पुर्व का देशरुमा महिला र अल्पसंख्यक धार्मिक समुहको अवस्था बुझ्नु काफी छ | मानिस ले अरुलाई प्रतक्छ्य भौतिक हानी नहुने गरि गर्ने सबै काम अधिकार भित्र पर्नु पर्छ | एसका केहि अपाबाद हुन सक्छन, तर अत्यन्त सानो संख्यामा | आफ्नो सरिर माथि (ज्यानको, पहिरनको, बोलीको आदि) पुरै अधिकार केवल आफ्नो मात्र हुन्छ | कसै माथि पर्ने मानसिक हानि लाइ ऊसको अधिकार को हनन माननी हो भने, हाम्रा स्वतन्त्रता हरू बिलिन हुनेछन | हरेक अपमान, हरेक आलोचना सहन नसक्ने हरुलाई कसरि सभ्य भन्न सकिन्छ र ?
डाक्टरसाब (दोलेशोवर भण्डारी ) लाइ जबाफ दिने गरि लेखे जस्तो लग्यो , तर उहाको लेख “किन व्यक्तिका क्रियाकलापमा राज्यले नियन्त्रण गर्न पाउदैन/जरुरि छैन ” भन्ने कुरामा केन्द्रित थियो भयो दधिजी को लेख चै “व्यक्तिका तेस्ता व्यवहारहरु के कुराबाट निर्देशित हुन्छन ” भन्ने कुरामा केन्द्रित छ | डाक्टरसाबका उदाहर्णहरु प्रयोग गर्ने हो भने “हेल्मेटको खर्च भन्दा लाभ बढी छ तेसैले मान्छेले हेल्मेट लागौचा” भन्नु भन्दा “सरकारी दृस्टीबाट यो यो कारणले अनिबार्य हेल्मेट को नियम लागु गर्नु पर्चा ” भन्ने कुरालाई जोड दिनु पर्छ | जस्तै दुर्घटना बाट हुने क्ष्यति बाट सरकार/समाजलाइ पर्ने असर चालकको लागि मतलब नहुने हुनाले उसले तेस तर्फा ध्यान दिदैन | तर सरकारको दायित्व राज्य भित्र बस्ने सबै जनता प्रति हुनाले यी नियम लागु गराउनु दायित्व भित्र नै पर्छ | अनि छुटाउनु नहुने कुरा -राज्यमा केहि न केहि लोक कल्याणकारी राज्यको अंश हुने अबस्थामा यी कुरा हुन्छन |
अनि डाक्टरसाबले येस्ता कुराहरु प्रतिको धारण सामाजिक /राजनीतिक /आर्थिक/ दर्शनहरु ले प्रभावित हुन्छन भनेर स्वीकार गरि सक्नु भएको छ (कमसेकम मैले ‘तपैका तर्कहरु कुनै निश्चित दर्शन बाट प्रभावित छन् भनेर धेरै चोटी भने पछि अन्तिम अन्तिम कमेन्टहरुमा -राज्य कति सम्म paternalist हुने भन्ने मा भर पर्छ – भन्ने कुरा गर्नु भएको छ ) | जुन कुरा उहाले पहिले नै कुनै तरिकाले लेखमा भन्नु भएको भए mysansar का पाठक हरु उहा प्रति तेती बिधि खानिनीथिएनन् |
यो समाचार पढेर एस्तो लग्यो मेरो छोराले same किसिम को दुख दिए को छ नेपाल मा छंदा राम्रो संग पढ्ने केटो बेदेस ल्याएर खुब अझ राम्रो संग पढ्ला भने को त याँ स्वीडेन मा आए पछि त मेरो आँखा खुल्यो हरहमेसा झुट र फत्याँ पो गर्न थाल्यो
हामी बुबा आमा संग पनि झुट फत्याँ गर्न खोजे को ले एक दिन दुई झ्हप्पू के लागी दे को थिएँ भोलि पल्ट त school मा गएर सबै बेली विस्तार लगाए छ स्चूल बाट आउने बिति कै त हजुर लाई म पुलिस मा बयान दिएर हत्कडी लगाएर झेल को हावा खान पठाई दिन छु भन्यो तेस पछि १५ दिन भो बाउ छोरा बीच बोलि बन्द भए को.छ.अब आफै भनुस चोर को रहर गर्नु अगाडी के के सोच्नु पर्ने रैछ बेदिस म बस्न र येनिहरु को पदौने कम को लागि म बाउ को नाता ले के के मात्र गरेन होला? केशब प्याकुरेल stockholm स्वीडेन.
This article is laughable and childish. Even a first grader knows well that freedom is not absolute. You can’t interfere other’s freedom in the name of your freedom. Universal fact and a common sense.
That is what I wanted say. I could not agree more with you. Most of the time people get confused or misinterpreted anarchy for freedom. They want freedom without responsibility, mutual respect, and appreciation of others view which will be nothing but an anarchy. They try to confine the very universality and truth of morality and common sense by their own-defined-version of freedom, which is of course an anarchy.
एकछिन ………
मलाई दिमाग लगाउन दिनुहोस है
डोलेश्वोरजीको लेख सुरुदेखि अन्तिम सम्म पढ्दा पनि कुरोको चुरो मैले बुझिन.वहाले यो कहिँ पनि प्रस्ट गर्नु भाको छैन कि खासमा गरिनु पर्ने के हो? आफुलाई हानी गर्न छुट दिएर प्रसासनिक खर्छ जोगाउनु पर्छ भन्ने खालको मान्यता कहिँ देखन्छ भने कहिँ रुख चड्दा हुन सक्ने मृत्यु सम्म लाई देख्नु भएको छ.चुरोट माथि प्रतिबन्द नहुनुले गाजा किन खान नपाउनु जस्तो कुरामा न त चुरोट प्रतिबन्ध गरिनु पर्छ भनेर प्रस्ट भाका छन् न त गजलाई बैधानिक हुनु पर्छ भनेर प्रस्ट भाका छन् .यो पनि भएन त्यो पनि भयन भन्ने कुरामा नै लेख छोडेर के चै गरिनु पर्छ भनेर लेखको वास्तविक चुरो नबुझाई जानु भो.मेरो कमजोर दिमागकै दोष होला साएद.
अब दधि सर को पालो …
लेखन शैली अनि तार्किक क्षमता बाटै दधिजीको ज्ञानको परिधि आँकलन गर्न सकिन्छ.वहा संग बिमति राख्न मेरो हिम्मत नहोला तर पनि मेरो कम्जोर दिमागले अझ पनि नाभुझेको कुरो
१. डोलेश्वरजीको तर्क सबै नेपाल सापेक्षिक थिएयेन होइन र?
२.दधिजीले हेल्मेट अनिबार्य सरकारी नियेमलाई नेपाल सापेक्षिक देख्नु भयो कि भएन?
जोखिमको सम्भाव्यता भन्दा फाइदा बढी छ भने तेस्मा लीइने जोखिमलाई जायेज मानिनुपर्ने हो र?नेपाल को व्यक्तिगत स्वन्त्रताको कुरामा
. … मेरो निस्कर्स
दुइ जना बिद्द्वान आए , एउटाले यो भए त्यो पनि हुनु पर्यो त्यो नभए यो पनि हुनु भएन भनेर के चाही बस्ताबमा हुनु पर्ने त्यो चाही नभनी गए . अर्का बिद्द्वानले चाही समर्थन गरेको जस्तो गरेर बिल्कुलै फरक शैलीबाट तर्क राखेर गए. अचम्म छ
मिस्टर डोलेश्वोर जस्तो शिक्षित मान्छे ले व्यक्तिगत स्वन्त्रता को तर्क गर्दा आफु लाई आफैं ले हानि गर्ने पाउने कि नपाउने भन्ने सन्दर्भ मा हर्के कि श्रीमती गाउँ मा रंबिरे संग पैला गइ, (श्रीमती को पैला जना पाउने स्वतन्त्रता), ,माइला बूढा कि तरुनी छोरि गाउँ को बिर्खे संग कन्डोम नलाई यौन सम्पर्क गरि (छोरि को यौन स्वतन्त्रता) पाण्डे ले राजु मास्टर को स्वास्नी लाई घर बाट भगायो ( आइमाई भगाउन पाउने स्वतन्त्रता ) राजु मास्टर ले पाण्डे लाई ज्यान मर्ने धम्कि दियो ( रीस पोख्न पाउँने स्वतन्त्रता ) हरि बहादुर ले राम बहादुर को करेसा बारी को २ पाइला सीमाना मिच्यो( जमिन्दारी को स्वतन्त्रता ) बिर बहादुर लाहुरे ले बाट इटालियन लेदर को जुत्ता लगायो ( रवाफ को स्वतन्त्रता) (सबै काल्पनिक नाम ) यी लगाएत केहि उत्पतायंग, उदण्ड र आनबस्यक तर्क हरु दिएर (जुन तर्क हरु को कुनै तुक छैन) स्वतन्त्रता र सर्वमान्य कानूनी प्रलानी को को खिल्ली उदाउने देखि बाहेक केहि उपयोगी मुलक जानकारी दिएका छैनन् ! मैले यी महोदय बाट औता क्रिएअतिव र संदर्बिक लेख को आपेक्षा गरेको थिए ! न कि बिषय र प्रसङ्ग को कुनै तालुक नभएको लेख !
अब अर्का दधि अधिकारी डा. साब का शिस्य आएर फेरि तेही माथि का उत्ताउला उदाहरण हरु लाई पुस्टि गर्न खोजेका अनि यिनले फेरि केहि गतिलो कुरा गर्छन भनेको त घुमाई फिराई चिप्ला र २ पैसे उदाहरण हरु पेश गरेर गए ! स्वतन्त्र समाज भनेको औता दार्शनिक अनि शिक्षित. अनुसाशित, उचित न्याय परनाली भएको समाज जहाँ आत्म सम्मान हुञ्छ ! आविस्कार चमत्कार मोरल लेसन प्रगति अनि उच्च विचार हरु मन्थन हुञ्छ ! नाकी सडक मा मैले किन हेल्मेट लाउने ! एकान्त मा किन यौन सम्पर्क गर्न नपाउने ! गाँजा लाई किन लिगल नगर्ने ! यी सबै वाइयात र सामाजिक बहस मा तेती धेरै महत्वो नराख्ने डोमेस्टिक कुरा हरु मात्र हुन् !
त्यस्तो व्यक्तिहरु जो आर्थिक रुपमा सम्पन्न वा भनौ आत्मा निर्भर हुन्छन , त्यस्ता व्यक्तिहरुले प्राय समाज र परिवारको निर्णय को बिरुद्धमा कार्यहरु गर्छन / नलेज बिनाको स्वोतन्त्रता अर्थहीन र प्रत्युत्पादक हुञ्छ / अरुको देखासिकी गरेर सिद्धान्त फलाक्नु गलत हो / ,,,,,आफ्नै परिवेश लाई समुन्नत बनाउनु उत्तम हो /
I like some of the logics you have given, but in most cases you have said “definate”, which are not. Use of “may be” or “mostly” would have given your artice more sense.
यति थोरै अनुच्छेदमा यति धेरै कुरा अटाउनु सामान्य सोच र सामान्य कुरो होइन . बिषय वस्तु, प्रसङ्ग, र ब्याख्या सामान्य सोच होइन . सबैले जान्न, बुझ्न र पढ्नै पर्ने प्रसङ्ग उठाउनु भएकोमा लेखकलाई मुरी मुरी आभार .
जहा सम्म बच्चालाई सजाय दिने प्रसङ्ग परिवार, समाज, परिस्थिति, र बिकास लाई हेर्नु पर्ने हुञ्छ . हाम्रो पारिवारिक परिवेश नै त्यस्तो छ . नर्वे, अमेरिका संग हाम्रो परिस्थिति अलग छ तापनि केहि पारिवारिक परिस्थिति हरु नेपालमै पनि राम्रा छन् . यो लेख बौदिक स्तर,अतिनै सरल, र पदना र बुझनै पर्ने कुरा उठाउनु भएको छ . फेरी पनि यस्तै लेख को प्रतिक्श्यामा हुन्छु .
“कुनै पनि समाजका औपचारिक वा अनौपचारिक संस्कार, नियम वा पद्दतीलाई त्यहाँको आर्थिक प्रणालीले निर्देशित गरेको हुन्छ”- यो कार्ल मार्क्सिय धारणा अकाट्य छ र समाजलाई बुझ्ने मापदण्ड नै यहि हो !
होइन, शशांक जी त्यो मात्र होइन | तपाईले सहमति जनाउनु भएको मार्क्सको धारणा अलि बढी नै आर्थिक निर्धारणबाद तर्फ बिचलित छ| सरसर्ती हेर्दा अर्थले मात्र संस्कृति निर्देशन गरि रहेको देखिए पनि गहिरिएर हेर्दा उत्पादन पद्दतिलाई तात्कालिक समाजको प्रचलित संस्कृतिले परिभाषीतीय परिमाणमा प्रभाव परिरहेको हुन्छ|
एकदमै राम्रो लेख, यसका सबैजसो तर्कहरु गहन बहसलायक छन् | धन्यबाद छ अधिकारीज्यूलाई!!
लेख पढेर सार्है चित्त बुझो………….
व्यक्तिगत स्वतन्त्रताको अधिकारको मात्राको निर्धारण सम्बन्धित देश र समाजको आर्थिक परिस्थिती, सामाजिक संरचना, शाक्षरताको मात्रले निर्धारण गरेको हुन्छ /
हाम्रो देस मा बालबालिका लै कुटपिट गरि दिंने सजाए राम्रो होइएन ,तेसले बाचालाई नराम्रो असर गर्छ पछि बच्चा हरु पनि मन नपरे पछि कुटपिट गर्न पछि पर्दैअनन
डेनमार्क नर्बे मा यो अक्दुम राम्रो सिस्टम हो ,तेसैल्ले अहहा क मनिस संसार मा सब्व्न्दा बड्डी सब्ये मनिस मा चिएञ्चन .
मलाई त यो लेख अनि साथ साथै डा. डोलेश्वोरको लेखमा पनि दम छ भन्ने लाग्छ | यथार्थ कुरा को तर्क पूर्ण विस्लेषण |
तर सायद धेरै साथी हरु का अब पुंग नपुच्छर का तर्क ले mysansar भरिने छ |
कृपया साथी हरु कमेन्ट गर्दा अलि कति भए पनि सोचेर तर्क संगत मात्र कुरा गरम है | नत्र हामी नेपाली भेडा नै हौ भन्ने स्वो. गणेशमान सिंह को भनाइ पुष्टि हुन्छ |
साधु बाद छ लेखक दधि अधिकारी साथै डा. डोलेश्वोर लाइ….
सभ्य समाजको मानिस पूर्ण स्वतन्त्र कहिल्यै हुन् सक्दैन बाहेक ‘गुफा-मानव’को युगमा !
मुख्यत: यौन स्वतन्त्रताको अभ्यास गर्ने मुलुकहरुको मान्छेहरुमा व्याप्त असाध्य रोगहरुको पीडालाइ मद्दे-नजर गर्ने हो भने ‘अतिले खति मात्र गर्दो रहेछ ‘ प्रमाणित हुन्छ .
सामाजिक प्राणीहरुको नाताले पनि मानवले खोजेको जस्तो स्वतन्त्रता हावा-महल मात्र सिद्ध हुन्छ .
अधिकार र नियमको कुरा समयसंगै परिबर्तन हुनुमा सबैको उतिकै दायित्व, बिकसित देश र नेपाल बिचको भिन्नता कसैले भनिरहनु ? आज यहाँ स्वतन्त्रताको कुरा, हदको कुरा निक्कै मन खाने भेटें -लेखकलाई मनबाटै मन्यवाद I
सारै राम्रो लेख…..स्पस्ट अनि भन्न खोजिएका कुराहरु सारै सरल भाषामा लेखिएको छ…..अनि उठान गरिएको बिषय बस्तु सारै नै महत्वपूर्ण पनि…पढ्दा खुसि लग्यो……
किताबी विद्वान हुनु र तार्किक हुनु अलग अलग कुरा हो … तर्कले मानिशलाई convince गर्न सजिलो हुन्छ तेस्को उदाहरण हो दधि अधिकारीको यो लेख .. बिमति राख्न सकिएला तर यो लेख पढेर रमाइलो लग्यो .. डा. डोलेश्वर सर प्रति बैर भाब होइन तर यो लेख धेरै इस्पस्त छ ..
नामको आगि डा. हुदैमा संसार नाजितिदो रहेछ , नत्र संसारमै सायदै हुने दुइ डा. राष्ट्र प्रमुख र सरकार प्रमुख भएको देश एउटा असफल राष्ट्र हुने दौडमा हुने थिएन …
।” त्यसैले त अमेरिकामा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने विदेशि विद्यार्थीकोलागी सिधै स्थायी बसोबासकोलागी स्विकृति दिने बारेमा छलफल हुँदैछ । यदि बालश्रम प्रयोग गरेको कार्पेट आयातमा प्रतिबन्ध लागेको जस्तै बालअधिकार हनन गरि शिक्षित बनाईएका विद्यार्थीलाई पनि प्रवेशाज्ञा नदिने नियम भैदिएको भए के हुन्थ्यो होला ?”
अत्यन्त राम्रो बिस्लेषण तथा सभ्य विचार..धन्य बाद दधि जी
राम्रा अनि मिठा सब्दहरु चयन गरेर यो लेख भरप्रयास राम्रो बनाउन खोजिएको रहेछ ! तर लेखकले रेनदम उदाहरण दिएर यो लेख उपयोगीमुलक भन्दा पनि बढी जानकारीमुलक जस्तो देखिन्छ ! यौटा बच्चालाई पिट्नु या कुनै किसिम को सजाय दिनु भनेको आपराध हो कल्चर हैन चाहे बिकशित मुलुक मा अर्ध बिकशित मुलुक मा अथवा गरिब मुलुक मा ! अनि कुनै पनि समाज मा औता व्यक्ति को भबिस्य लाई लिएर आहिले वर्तमान मा औता बच्चालाई पिट्ने सजाय दिने कुरा संग कुनै पनि तालुक छैन ! लेखक को यो उदाहरण औता नितान्त काल्पनिक उदाहरण मात्र हो ! जुनसुकै अवस्था मा पनि बच्चालाई पिट्नु हुँदै हुन्दैन अनि गरिब र अर्ध बिकशित मुलुक मा मात्र बच्चाहरुलाई लाई पितिदैन ! बिकशित मुलुकहरु मा पनि पिट्ने र सजाय दिने गरेको उदाहरण धेरै छन् ! बच्चा अनि महिला हरु लाई पिट्ने कुनै पनि औपचारिक र अनौपचारिक कल्चर हैन यो एक किसिम को मानसिक रोग हो चाहे यो सजाय को उदेश्य पृथक नै किन नहोस ! येस्ता किसिम का अपराध हरु हरेक समाज अनि त्यहाँ प्रतक्ष्य अप्रतक्ष्य रुपमा बस्ने शिक्षित अशिक्षित धनि गरिब मनिस हरु को मनोविज्ञान संग प्रतक्ष्य सम्बन्ध रहेको हुन्छ ना कि लर्निङ्ग प्रकिया मा ! येस्ता किसिम का अपराध हरु येही ठोस कारण ले हुन्छ भन्ने हुदैन न एसको न कुनै सामाजिक मापदण्ड नै छ ! यहाँ औता परिवार को स्कूल को बच्चा को सजाय को कुरा मात्र हैन ! बाल श्रमिक हरु माथि हुने जघन्य आपराध हरु को तुलना मा येस्ता आपराध हरु सामान्य नै हुने गर्छन ! अतः यहाँ कुरा व्यक्तिगत स्वतन्त्रता को मात्र हैन औता सभ्य र कन्सिअस समाज को हो ! एसको अलावा लेखक ले माथि प्रस्तुत गरेका का अरु उदाहरण हरु अलि बढी ओभर थिन्किन गरेको जस्तो मात्र देखिन्छ !
व्यक्तिगत स्वन्त्रता सापेक्ष हुन्छ – कुरा सही हो दधिजी । “नीति निर्माणमा तथा व्यक्तिगत र सामाजिक व्यवहारमा त्यहाँको (क) आर्थिक प्रणाली (ख) लागत र लाभ (ग) संभावना (Probability) लगाएतका धेरै कुराहरुले असर गरेको हुन्छ ।” डोलेश्वरजीले यत्ति कुरामात्र बुझ्नुभएको उक्त लेख लेख्ने झन्झट गरिरहनुपर्ने थिएन ।
उठाइएका सब्र प्रसंग सही छन्। अक्सर नेपालमा मानिसहरु तत्कालको कुरा वा घटनामा भाभुक भएर सोच्छन्। तर्कमा नेपाली समाजले (भिड हावी छ) विश्वास गर्दैन। हाम्रो नेपाली समाजको संस्कार, विकास र संस्कृतिले सरकार वा राज्यलाई अभिभावक मान्छ। (अरनिकोको चिनयात्राको उदाहरण पनि हेर्दा हुन्छ) त्यसैले नागरिकको हितका लागि यस्ता धेरै नियमहरु बनाउनु जरुरी छ।
व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्रका नाममा भित्रेका धेरै खालका खुलापनले धेरै नेपालीका घर बिग्रेको कुरा पनि ख्याल राखे राम्रो। विदेशमा रोजगारीमा जानु भएकाहरुले त बुझ्नु भएकै होला? अनावश्यक र बढी खुलापनले तपाइँको जिवनमा कसरी प्रभाव पारिरहेको छ।
बिधि को बिश्वाश गर्ने हो भने ठुला या साना कसैलाई पनि भौतिक कारवाही गर्न पाइदैन. बच्चालाई मानसिक सजाय दिन पनि हुदैन. बहरलाई चुटेर गोरु बनाए जस्तै हाम्रो समाजले बालबालिकालाई चुटेर या यातना दिएर, कलिलै उमेरमा गोरु बनाइदिन्छ. आफुले नसोच्ने तर ठुलाले भनेको गलत कुरा पनि मान्ने बच्चालाई हामी ज्ञानी भन्छु र माया गर्छौ. आफैले सोचेर भन्दा किताब कण्ठ गर्न जाने बाऊ आमा दंग, अनि पछि त्यहि छोराछोरीले प्रगति गरेन भनेर टेन्सन. बालबालिकाको सिर्जनसिलता बच्चै मा मौलाउन दिइदैन. तेसैले विकसित देशका बालबालिका को confidence र हाम्रा नानीको confidence लाई हेरौ न. बच्चै देखि आत्मसम्मान दिएकै कारणले उनीहरुमा confidence बढेको हो. जसरि पनि बाच्न सक्छु भन्ने ह्याउ भएको र आफ्नो मनमा भएको कुरा निर्धक्क राख्न सक्ने हुन्छन. तर हामी चाहिं बच्चामा आत्मसम्मान नपाएकै कारण परनिर्भर बन्न पुगेका छौं.
लेख अत्यन्त सान्दर्भिक लाग्यो | मानिस सामाजीक प्राणी भएकोले व्यक्तिगत स्वन्त्रता भन्दा पनि त्यसबाट हुने पारिवारीक, सामाजीक, नैतिक, आर्थिक तथा सास्कृतिक असर महत्वपुर्ण हुन्छ जस्तो कि लुगा मैले आफ्नो शरिर छोप्न लगाउछु तर म आज धेरै गर्मि भो केहि पनि लुगा नलगाई नांगै हिड्छु भन्न पाउदिन किन भने त्यसका पछाडी मेरा विभिन्न सामाजीक मूल्य र मान्यता हरु जोडिएका छन् त्यसैले यो मेरो स्वतान्त्राता भित्र पर्दैन |
दधि जी,
हेल्मेट नलागेको कारण ले कसैको ज्यान जान्छ वा गम्भीर टाउको मा घाउ लाग्यो भने उसको परिवार को लागि ठुलो छेती , ठुलो धन रासी, उसको बाल बच्चा, लोग्ने वा स्वास्नी , बाउ आमा ले पनि हेल्मेट नलगाएको गम्भीर नोक्सानी ब्येहोर्नु पर्ने हुन्छ , र अन्त्य मा सरकारको प्रताच्या , अप्रताच्या रुपमा सरकाले पनि नोक्सानी भोग्दच / नर्बे को बच्चा को केश पनि उनीहरु को संभिदान मा १६ बर्स भन्दा मुनि का बच्चा हरु सरकार को अन्तर्गत हुन्छन तेसैले बाउ आमाले त पालन पासन मात्र गर्ने हो /डा . दोलेस्शोर जी ले कमसल एस्तर को लेख लेख्नु भएको छ
लेखक अमेरिका बाट बिद्या बारिधि गर्दै रे तर Connecticut लाई kentucky रे?
फेरी उशि दादो को कुरा? No matter what is content of the milk, every child is naturally inclined to have the milk – this is what human freedom and liberty stands for. What a stupid idea to say that it is a relative concept.
— ” जसरी एउटा शिक्षित अमेरिकीले मापसे गरेको बेलामा उचित निर्णय गर्ने क्षमताको अभावले व्यक्तिगत स्वतन्त्रता गुमाउनु पर्ने हुन्छ, अविकसित देशमा मापसे नगरिकनै पनि मानिसमा विभिन्न कारण जस्तै शिक्षाको कमि, दुरदृष्टिको अभाव (Myopic Behavior ) आदिले गर्दा उचित निर्णय गर्न सक्ने क्षमताको अभाव हुन सक्तछ । यस्तो अवस्थामा मानिसको व्यक्तिगत स्वतनत्रतामा केहि अंकूश लगाउनु पर्ने हुन सक्तछ । ” —
सहि हो .
( माथि शुरुमै राखिएको ७ बर्षे बालकलाई सजाय दिएर पढाउने आमा बा लाई
नर्बे सरकारले डेढ बर्षको सजाय तोकेको प्रसंगमा चै , हाम्रो देशमा पनि बालबालिकालाई सजाय दिएर पढाउने आमा बा हुन् या शिक्षक शिक्षिका , तिनले
दिएको सजायको प्रकृति हेरी कानून बनाउनै पर्ने हुन्छ .
बच्चालाई कान निमोठ्ने , पिट्ने , कुखुरा बनाउने आदि सजायले मानसिक आघात
पर्छ बच्चामा . त्यसरी मानसिक आघात दिनु जायज होईन सभ्य समाजमा . बच्चाहरुले गल्ति गरे तिनलाई सम्झाएर बुझाएर सुधार्ने कोशिस जारी राख्नु पर्छ )
त्यसैले बिस्तारै हाम्रा कानूनमा बूँदाहरु थप्न जरुरि छ बालबालिकाको हक हित अधिकार सम्रक्ष्यनको लागि )
महत्वपूर्ण बिषयमा छलफल उठाउन लेख लेख्नु भएकोमा डा. डोलेश्वर भण्डारी ज्यु र
ददि अधिकारी ज्युलाई धेरै धन्यबाद .
interesting read.
but lots of social stigma in my opinion is created due to lack of self confidence and heard mentality. being social animals, the sense of belonging to the group is paramount to any person and he complies to the social norm, not wanting to be the odd one out/ outcast. so, in most of the cases its the social factor vs the personal freedom regardless of the personal income.
example, our very own namrata can afford her current lifestyle not because of her income, but because of the people around her who don’t take it as a big deal… but if she was in the midst of conservative religious fanatics, then the case would be different regardless of what she earns.
डोलेश्वर सर को लेख भन्दा यो लेख त कता हो कता राम्रो….. उहा को लेख ले कुरा को लोजिकल उत्तर जस्तो लाग्यो फेरी डोलेश्वर सर प्रति को सम्मान ले लेखक को विद्वता अझै प्रस्ट गरायो.. साधु बाद छ लेखक लाइ
–बिनोद नेपाल