Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

कथा: कुकुरको पुच्छर

Posted on December 15, 2012December 15, 2012 by mysansar

-उत्तम पौडेल- स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके| दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने… Continue reading

विकल्प के ?

Posted on December 13, 2012December 12, 2012 by mysansar

नेकपा (एमाले) केन्द्रीय कमिटीको १९ औं बैठक (०६९ मंसिर २५–२७) मा योगेश भट्टराईले प्रस्तुत गरेको वर्तमान राजनीतिक निकासका लागि विकल्प पहिलो विकल्प १. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक। २. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई सहमतिको प्रधानमन्त्रीका रुपमा हाम्रो पार्टीका… Continue reading

प्रचण्ड पनि पत्रकार ?

Posted on December 10, 2012December 10, 2012 by mysansar

-नवराज न्यौपाने- त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्‌घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको… Continue reading

इजरायली डेरीबाट नेपालले के सिक्ने?

Posted on December 9, 2012December 9, 2012 by mysansar

-प्रभात खनाल/ डेनमार्क- आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको मध्यपुर्बी देश इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण अन्तरराष्ट्रिय मिडियाहरुमा नियमितजसो छाउने गर्छ। तर उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो र लगातार युद्दको बाब्जुद पनि यो देशले छोटो समयमा नै निक्कै प्रगती गरेको छ। बिशेष गरी इजरायलको कृषि प्रनाली संसारभर प्रशिद्द छ। कृषिका सबै जसो क्षेत्रहरु बिशेष… Continue reading

कथाः नीला जीवित फर्की

Posted on December 8, 2012December 8, 2012 by mysansar

-दीप्स शाह- इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर… Continue reading

सुरुमा आश देखायो, बीचमा फकायो…अन्त्यमा फँसायो

Posted on December 7, 2012December 6, 2012 by mysansar

हेलो नेपालमा सुमार्गीका तीन चरण -विरोध कट्टेल- चरण-१ शुरुमा आशा देखायो! जब माओवादी नयाँ शक्तिको रुपमा नेपाली राजनीतिमा आयो, शुरुवातको दिनदेखि नै अजय सुमार्गी माओवादीको इमान्दार ब्यापारीको रुपमा देखा परे। पार्टीका नेताहरुलाई आफ्नो अनुकूलमा प्रयोग गर्न यिनले हेलो नेपालको राम्रै प्रयोग गरे। शुरुमा हेलो नेपालको उद्‌घाटन नै तीन तिर (काठ्माण्डौ, दाङ र रोल्पा) बाट तीन… Continue reading

प्रधानमन्त्रीमा सुशील कोइराला

Posted on December 5, 2012December 5, 2012 by mysansar

कयौँ दिनसम्म नामै प्रस्ताव गर्न डराइरहेको कांग्रेसले आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले बल्ल आफ्ना सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ। हिजोको तीन दलको बैठकमा एमाले र कांग्रेसले प्रधानमन्त्रीको नाम मागेपछि आज कांग्रेसले यस्तो निर्णय गर्न लागेको हो। तर नाम तोक्दैमा सहमति भइहाल्ने भने हैन। सहमति खोज्ने क्रममा हुने विमतिको… Continue reading

सहमति

Posted on December 4, 2012December 4, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज, भर्जिनिया- अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति। दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्‍यो सहमति, तल हेर्‍यो सहमति। उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति। दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति। तर सबैको विग्रेको मति। अर्थात असहमति। मति नमिलेपछि केहिलेपनि गति लिन्न। त्यसैले देशलेपनि गति लिएको छैन।… Continue reading

जन्म, जननी र जन्मस्थल

Posted on December 2, 2012December 4, 2012 by mysansar

-मनोज गजुरेल- मेरो जन्मस्थल ‘भँडारीबारी’ हो। ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला, मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि) पर्दैन, किनभने ‘मामाङ्खे’ एउटा दुर्गम गाबिस हो। सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट गाउँहरुको प्रतिनिधि गाउँ पनि भएकोले मोटरबाटोले छुन अझै दशकौं कुर्नुपर्छ… Continue reading

कथा : प्रतिशोध

Posted on December 1, 2012December 1, 2012 by mysansar

-शुषमा मानन्धर- त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, तिमीले कसरी सह्यौ यो कुरा? के हाम्रो कुनै मन हुँदैन? टिट फर ट्याट, बुझ्यौ यस्तालाई… Continue reading

संविधान नमिची यसरी गर्न सकिन्छ समाधान

Posted on November 28, 2012 by mysansar

-डा. होम मूर्ति पन्त- संबिधानको धारा ८२ अनुसार जेठ १४ मा संविधानसभाको विघटन भएको हैन कि धारा ६४ र सर्वोच्चको फैसला अनुसार सभासदका पद रिक्त भएको हो। पुनर्स्थापना वैधानिक होइन, निर्वाचन हो। अहिले खोजिँदै गरेको धारा ३८(१) को राजनैतिक सहमति अपरिभाषित छ, त्यसैले यो भेट्न सकिँदैन। धारा ३८ (७ख) अनुसार वर्तमान कामचलाउ प्रधानमन्त्रीको संवैधानिक विकल्प… Continue reading

छि, छि अझै स्वास्नी कुट्न लाज छैन ?

Posted on November 25, 2012November 25, 2012 by mysansar

-ज्योति रिमाल- एक दिन मेरी छोरी कलेजबाट फर्किएपछि सुनाउन थाली – उसको क्लासमा डोमेस्टिक भ्वाइलेन्सको बारेमा असाइनमेन्ट थियो। उनले घरेलु हिंसा हुने संसारका टप देशहरुमा नेपाल पनि रहेको बताएकी रहिछिन्। उसले भनी “ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!” उसको घाँटीमा अड्किएको स्वरबाट राम्रै बुझिन्थ्यो कि एस कुराले… Continue reading

कथाः मृत्यु रक्स!

Posted on November 24, 2012November 24, 2012 by mysansar

-झलक पौडेल- गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड १३ नं. बेड बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल अनि त्यस पल्तिर औषधिका बट्टा, कागज, बिल, जुसको बोतल, दुई चार गेडा स्याउ र केही दैनिक पत्रिकाहरु बेडको मुन्तिर पुर्पुरोमा हात लगाएर निरन्तर टोलाइरहेकि मेरी ममि र, ई.सि.जि. मेसिनको स्क्रिनमा मेरो पल्स चुपचाप… Continue reading

यस्तो छ हार्वर्ड युनिभर्सिटी

Posted on November 20, 2012November 20, 2012 by mysansar

-विमल नेपाल- हार्वर्ड युनिभर्सिटी अमेरिकाको सबैभन्दा पुरानो र ठूलो उच्च शैक्षिक संस्था हो। हार्वर्डको इतिहास, प्रभाव र यसको सम्पत्तिको हिसाबले यो संसार कै अति प्रसिद्ध यूनिभर्सिटीमा दरिन्छ। अमेरिकाको उत्तर पूर्वी राज्य म्यासाचुसेट्सको क्याम्ब्रिज सहरमा अवस्थित यो युनिभर्सिटी सन् १६३६ मा खुलेको निजी क्षेत्र बाट संचालित संस्था हो। गत वर्ष यसले ३७५ औं वार्षिक उत्सव मनायो।… Continue reading

विदेशमा चाडपर्वको सम्झना

Posted on November 17, 2012 by mysansar

-लेखनाथ गौतम,टेक्सास- सदा झै यस्पाली पनि दशैं तिहार आयो र गयो । यताबाट नेपालतिर जाने लहर चल्यो । कोहि गए, नसक्ने गएनन् । बर्षभरी काम गरेपनी दशैं तिहारमा आफ्नै गाऊ फर्किने धेरैको चाहना पुरा भएन । जो गए उनिहरु भाग्यमानी थिए । यता उपलब्ध इस्टमित्र र साथीभाइ बिच नेपालमा झै गरि घटस्थापनाको दिन भन्दा पनि… Continue reading

चुनाव नभई थोत्रा नेता फेर्न पाइएन

Posted on November 15, 2012November 15, 2012 by mysansar

गाइजात्रा शैलिकै व्यङ्ग्य हानेर सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गरेको केही वर्ष अघिदेखि हो। सिस्नुपानीको यो व्यङ्ग्यात्मक देउसी भैलोले माओवादी, कङ्ग्रेस, एमाले, मधेसवादी, राजावादी कसैलाई छाड्दैन, सबैलाई भित्तैमा पुग्ने गरी दनक दिन्छ। यो वर्ष पनि विभिन्न मिडियामा यसले देउसी भैलो गायो। उनीहरुले सत्तारुढ माओवादी, विपक्षी पार्टीलाई बढी व्यङ्ग्य गरेका छन्। भङ्ग भइसकेको संविधान सभाका सभासदहरुलाई… Continue reading

सुशील दालाई गीत गाउने रहरले अझै छाडेन

Posted on November 12, 2012November 12, 2012 by mysansar

जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी… Continue reading

कथाः बाउको इज्जत

Posted on November 10, 2012November 10, 2012 by mysansar

-लेखनाथ काफ्ले- पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी कायम नै छ। सदरमुकाम जाने बाटो, त्यो पनि कालोपत्रे। गाढा निलो रंगका पहाडमा कालोपत्रे तरेली परेको… Continue reading

पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा

Posted on November 8, 2012November 10, 2012 by mysansar

पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।… Continue reading

निजी विद्यालयको सरकारले मापदण्ड तोक्नुको तुक छैन

Posted on November 7, 2012November 7, 2012 by mysansar

-डा. डोलेश्वर भण्डारी- “अब किताबका भारी बोकाउन नपाइने” र “निजी विद्यालयमा भर्ना तथा परीक्षा शुल्कमा बन्देज” भन्ने एक पछि अर्को गरेर प्रकाशित कान्तिपुर दैनिकका समाचारले धेरैको ध्यान तानेको हुनु पर्छ । निजी क्षेत्रवाट संचालन गरिएका स्कुलहरुमा सरकारले मापदण्ड तोक्नु राम्रै उद्देश्यका साथ भएको हुन सक्छ तर राम्रो उद्देश्य वोक्दैमा यसवाट राम्रा परिणाम आउँछन् भन्ने छैन… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 56
  • 57
  • 58
  • 59
  • 60
  • 61
  • 62
  • …
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme