-साक्षात सुशील- नमस्कार डेभिड क्यामेरुन ज्यु, तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ… Continue reading
Author: mysansar
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading
वेश्यासँग बिताएको एक साँझ
-प्रकाश आङदेम्बे- होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख… Continue reading
माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो
२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्- बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको… Continue reading
मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!
-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading
आकाशमा के देखियो यो अनौठो ?
– ओमप्रकाश नेपाली – मंगलबार बिहान पौने १२ बजे काठमाडौँको उत्तरी आकाशमा केही अनौठा वस्तुहरु देखिए। ती त्यति प्रष्ट त थिएनन् तर रेडियम कलरका थिए। सुरुमा त्यस्ता वस्तु चार वटा छरिएको अवस्थामा थिए। बिस्तारै ती एउटै लाइनमा आए। एकैछिनमा बिस्तारै दुई वटा अझै उचाइमा गए र अदृश्य भए। पछि अर्को दुई वटाले पनि माथि उचाइ… Continue reading
पत्रकारिताको बहस शुरु गरौँ
-शिरीश खरेल- चार/पाँच साल अगाडिको एउटा प्रसंग। त्रिभुवन बिश्वविद्यालयको एउटा कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई जान नदिन एमाले अखिलका विद्यार्थीले नाराबाजी गरे। तनावपूर्ण अवस्थामा एकजना माओवादी अखिलका कार्यकर्ता फुत्त निस्केर आन्दोलनकारीको प्रतिकार गर्न थाले। दिक्दार मानेका प्रहरीले ती कार्यकर्तालाई पछि हट्नुस् मात्रै भनेका थिए, तिनले घाँटीमा भिरेको कार्ड अगाडि तेर्स्याएर भने – म पत्रकार, किन पछि… Continue reading
कतारमा आजदेखि न्युनतम तलब २८ हजार+
कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (२)
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading
‘सीते’ – एक यथार्थ!
-सुरेश ‘समान’- मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती” अस्ती भर्खर भन्नुभयो। “तैले के के सुन्छस, के के… Continue reading
होसियार ! साउदी प्रहरीबाटै लुटिएला !
-विष्णु बैकुण्ठे, साउदी अरब- प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड
[देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ’ भने। यसैसँग जोडेर नमिता-सुनिता हत्याकान्डको कुरा उठाएर एउटा ब्लग लेखेको थिएँ। त्यसपछि हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको… Continue reading
अमेरिकामा काम गरी नेपालमा पेन्सन पाउन मुद्दा हाल्नेलाई सर्वोच्चले खुवायो लोप्पा
नेपालका विभिन्न सरकारी कार्यालयमा बहाल रही विदेशमा अध्ययन वा प्रशिक्षणका लागि जाने, अनि उतै बस्नेहरु धेरै छन्। मन्त्रालय वा संस्थानका कर्मचारीहरुदेखि लिएर विश्वविद्यालयका प्राध्यापकहरुसम्म पनि यो सूचिमा पर्छन्। तीमध्ये कतिले त यता नेपालमा जागिर पनि पाक्दै गर्ने अनि उता विदेशमा काम पनि गर्दै गर्नेहरु पनि छन्। संस्थाले आफ्नो खर्चमा पढ्न वा प्रशिक्षण लिन पठाए पनि… Continue reading
कथा : साथीको लोग्ने
– सुनिल सङ्गम – आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको… Continue reading
नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि
नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ। फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।
लौ न के देख्नुपर्यो- पार्टीको भूमिगत भेलामा बेल्जियमका राजदूत
-हरिराज पोखरेल, बेल्जियम- राजदूत कुनै पार्टी विशेषको हुनुहुन्न किनभने उसले समग्र देशको प्रतिनिधित्व गर्छ। बिदेशमा सबै नागरिकका लागि अभिभावकको भूमिकामा बस्नु पर्छ। तर नेपालका लागि बेल्जियमका राजदूत राममणि पोख्रेल भने कुनै कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ताका रुपमा देखिने गरेका छन्। बेल्जियमका लागि नेपाली राजदूत भए पनि उनी कूटनीतिक मर्यादा नाघेर एकीकृत नेकपा माओवादीको कार्यकर्ताको जस्तै भूमिकामा… Continue reading
यसरी उभ्याउन सकिन्छ हेगमा अपराधीलाई
-रुपक राज काफ्ले/ बर्लिन- पछिल्ला केही दिन यता “द हेग” (The Hague) नेपाली नेता-कार्यकर्ता र जनताको बीचमा छलफल तथा कौतुहलताको बिषय बनेको छ। कर्णेल कुमार लामाले बेलायतबाट तरङ्गित गरेको युद्ध अपराधको यो झन्कार धेरैको खोपडीमा झन्किँदै हेगमा ठोक्किन पुगेको छ। यो कुरा धेरै पहिला हुनु पर्दथ्यो, आज ढिलै भए पनि उठान भएको छ। यसको ज्ञान… Continue reading
संविधानसभाको पुनर्स्थापना कि निर्वाचन?
-डा. होम मूर्ति पन्त- सरकारले निर्बाचनको मिति तोके पनि, निर्बाचनमा नगई पुनर्स्थापना तिर जाउँ भन्ने प्रस्ताब नआएको हैन तर, यसो भन्दा ध्यान नपुगेको कुरा के भने पुनर्स्थापना एक गैर संबैधानिक बाटो हो। नयाँ निर्बाचन नगरि संबिधानसभाको (राजाले गरे जस्तै) पुनर्स्थापना गर्ने हो भने संबिधानसभा तुरुन्तै पाउन सकिन्छ, निर्बाचन नभएसम्म पर्खन पर्दैन र निर्बाचन गर्दा खर्च… Continue reading
गोरु जुधाउने ठाउँमा नेताहरु जुधे
अनि नेताहरु सँधै जुधिरहेका त छन् नि, कुन ठूलो कुरा भो र भन्ने यहाँहरुलाई लाग्यो होला। व्यङ्ग्य गरेर नेताहरु जुधेको भन्न खोजेको होला भन्ने लाग्यो कि ? त्यसो हैन। तपाईँहरुलाई थाहा छ नि नुवाकोटको तारुकामा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। यस पटक भने त्यहाँ गोरु जुधाउनु अघि नै नेताहरु जुधे। गोरु जुधाउने समितिको… Continue reading
‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले पठाएको पत्र जस्ताको तस्तै- हामी काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायनकाजी श्रेष्ठको ठाडो निर्देशनमा देहाय बमोजिमको अनियमितता, हिनामिना र भ्रष्टाचार भैरहेको र यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा लिखित र… Continue reading