Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

लघुकथा : तातो पानी

Posted on October 6, 2012October 6, 2012 by mysansar

-उत्तम पौडेल- ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो। ” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे… Continue reading

नारायणकाजीको मुखैमा काङ्ग्रेसको कालो झण्डा

Posted on October 1, 2012October 3, 2012 by mysansar

-गौतम दाहाल/भर्जिनिया,अमेरिका- संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन अमेरिका आएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन्। आइतबार भर्जिनियामा आयोजित अन्तर्क्रिया कार्यक्रममा कसरी कालो झण्डा देखाइयो त? डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी थिए अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको यो अन्तर्क्रिया कार्यक्रममा। आयोजकहरुले सहभागीहरुलाई एक… Continue reading

कथा : निरन्तरता

Posted on September 22, 2012September 23, 2012 by mysansar

-लेखनाथ काफ्ले- ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो र घामको रापमा मस्त छ। घरको माइलो छोरो, लामो नाक, माथिल्लो ओठको दाहिने पट्टि एउटा गहिरो… Continue reading

एनसेलसँग सबै* दङ्ग (*=ग्राहक बाहेक)

Posted on September 17, 2012September 17, 2012 by mysansar

-मदनमणि अधिकारी- एनसेल, सीम बिक्री संख्याको दृष्टिले देशको सबै भन्दा ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो। राज्यको लगानी रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भन्दा धेरै ग्राहक आधार छ एनसेलसँग। दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन सूचना रिपोर्टले पनि नेपाल टेलिकम भन्दा एनसेलको ग्राहक आधार धेरै रहेको देखाएको छ। तर यस्तो ठूलो कम्पनीले घोषणा गरेको पुरस्कार… Continue reading

नर्वेमा अब नेपालीले ‘जब सर्च भिसा’ नपाउने

Posted on September 16, 2012September 16, 2012 by mysansar

-अनुप खनाल- स्वदेशमा काम गरी केही अनुभव बटुलेका र विदेश जान चाहनेहरुको लागि नर्वेले केही अघि सुरु गरेको ६ महिनाको ‘जब सर्च भिसा’ दिने नीतिले नेपालीहरुका लागि आकर्षण बनेको थियो। विशेषगरी कन्सलट्यान्सीहरुले त कामको ग्यारेन्टी भएको भन्दै लोभ्याउँदै नर्वे उडाइरहेका थिए। यस क्रममा उनीहरुले नक्कली सर्टिफिकेटसमेत प्रस्तुत गर्न प्रोत्साहित गरेका हुनसक्छन्। यसको नराम्रो नतिजा अहिले… Continue reading

कथा: टिमुर्केहरु

Posted on September 15, 2012September 15, 2012 by mysansar

-प्रमोद अधिकारी- टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै पर्खियौँ निकैबेर। उखरमाउलो गर्मी, टाउका माथिको स्थिर पंखा तीनवटा पखेँटा फिँजाएर टक्क अडिएको। कुरो बुझ्नै… Continue reading

भगवानको मान कि अपमान ?

Posted on September 9, 2012September 9, 2012 by mysansar

-ज्योति रिजाल रिमाल- यस पटक नेपाल जाँदा सप्ताह लगाइएको थियो। पहिलो दिन, दोस्रो दिन हुँदै दिन बित्दै जाँदै थियो। मलाई भने भित्रभित्रै मनमा कस्तोकस्तो भैरहेको थियो। त्यहाँ विष्णु र लक्ष्मी भगवानको सुनको मूर्ति चाँदीको सिंहासनमा राखिएको थियो। सब भक्तजनहरु खुसी देखिन्थे। मलाई भने त्यो पूजा गरेको तरिका पटक्कै चित्त बुझेको थिएन। त्यहाँ १८/२० जना नियमित… Continue reading

कथाः सबै प्रश्नका जवाफ हुँदैनन्

Posted on September 8, 2012September 9, 2012 by mysansar

-झलक पौडेल- करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। ओठहरु नै खुल्न पर्दोरैनछ, हाम्रा नजर जुधे निकै बेरसम्म। धेरै अघिको चिनारी जस्तै… ‘कहाँ पुग्ने… Continue reading

अमेरिकामा डलर फल्दैन हजुर!

Posted on September 7, 2012September 8, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज,भर्जिनिया- मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टी छैन। किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ती सम्भावना पार भएपनि अमेरिकाको सिमानामा… Continue reading

४ लाख तिरेर महिनाको हजार डलर कमाउन हिँड्दा..

Posted on September 6, 2012September 6, 2012 by mysansar

-सुमित सुवेदी- म सरोज, बाग्लुङको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे। उमेर बढेसँगै बिस्तारै घरको जिम्मेवारी पनि बढ्दै जान थाल्यो। अनि सोच्न थालें, नेपालमा केही गरुँ, तर सकिनँ केही गर्न। युरोप जाने भनेर धेरै पैसा फँस्यो पनि। यस्तैमा साथीहरुले अफगानिस्तान बारे कुरा गरे। केही गइसकेका पनि थिए र धेरै कमाइ हुन्छ भन्ने सुनेको पनि थिएँ।… Continue reading

पेप्सीको यो के गति?

Posted on September 3, 2012September 3, 2012 by mysansar

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपालगञ्जमा स्थानीय पसलबाट किनेको पेप्सीमा यस्तो पो देखियो। हेर्नुस् त, बोतलभित्र के हो यस्तो।

गोरु काट्नेलाई १२ वर्ष जेल, ठीकै हो कि भयो झेल ?

Posted on September 1, 2012September 1, 2012 by mysansar

वर्ष दिन अघि गोरु काटेको अभियोगमा प्रहरीले पक्रेका तीन जनालाई पर्वतको जिल्ला अदालतले १२ वर्ष जेल सजाय दिएको छ। मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। देश धर्म निरपेक्ष भएको घोषणा भए पनि यो ऐनमा कुनै परिवर्तन गरिएको छैन। त्यसैले कानुनमा उल्लेख भएको अधिकतम सजायभन्दा… Continue reading

थुक्क! मेरो सपनाको अमेरिका!!

Posted on September 1, 2012September 1, 2012 by mysansar

-हरि घिमिरे, भर्जिनिया- सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा। सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका… Continue reading

खासमा किन गएका रैछन् माधव नेपाल अमेरिका?

Posted on August 31, 2012 by mysansar

गौतम दाहाल काठमाडौँमा शीर्ष नेताहरुबीच सहमति जुटाउन वार्ताहरु लगातार भइरहेका बेला असंलग्न शिखर सम्मेलनमा सहभागी हुन भनी प्रधानमन्त्री बाबुराम भट्टराई तेहरानतिर उडे। त्यसको लगत्तै नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अमेरिका उडे। उनी अमेरिका आउन लागेको थाहा पाएपछि यहाँ रहेका कतिपय नेपालीहरु विरोधको तयारीमा जुटेका छन्। कतिपयले फेसबुकमार्फत् कामरेड माधव नेपाललाई… Continue reading

अफ्रिका यस्तो रहेछ

Posted on August 31, 2012 by mysansar

-कल्पना भण्डारी- धेरै दिनदेखि अमेरिका जान लालायित नेपालीको कथा पढे माइसंसारमा। कतिले आत्महत्या गरेको खबर पढ्दा मन गह्रौँ हुन्छ, आँखा रसाएर आउँछ। विकासोन्मुख मुलुकबाट विकसीत र अब्बल देशहरुमा जाने चाहना राख्नु र सपना बुन्नु अस्वभावीक पक्कै होईन। तर त्यही सपना पुरा गर्न जिन्दगीमा खाने हण्डरहरु बारे हामी किन सोच्न सक्दैनौ। अमेरीका अस्ट्रेलीयामा त बाटो बाटोमा… Continue reading

MySansar Exclusive: खोज (भाग १)

Posted on August 26, 2012August 26, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading

मातृभाषामा पढाइ कसरी हुन सक्छ?

Posted on August 26, 2012August 26, 2012 by mysansar

-डोलेश्वर भण्डारी- ‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्।… Continue reading

कथाः कठिन प्रेमयात्रा

Posted on August 25, 2012August 25, 2012 by mysansar

-बिकास घिमिरे- “नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई… Continue reading

एनसेलले झेल गर्न खोज्दा ५५ लाख जरिवाना

Posted on August 25, 2012August 26, 2012 by mysansar

स्पाइस नेपाल प्रालि अर्थात एनसेलका नाममा मोबाइल सेवा चलाइरहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनीले पुरानो कम मुल्यको बिल देखाएर भन्सार छलेको प्रमाण भेटिएको छ। गुणस्तरीय र ग्राहकमुखी सेवा दिने कम्पनी भनेर नथाक्ने एनसेलले पुरानो बिल देखाएर सात लाख २१ हजार डलरको कर तिर्नुपर्नेमा १ लाख ६८ हजार तिरेको भेटिएको छ। पुरानो बिल देखाएर एनसेलले ५ लाख… Continue reading

सरकारको खातामा ५०, कर्मचारीको खल्तीमा १००

Posted on August 24, 2012August 24, 2012 by mysansar

-राजु महर्जन- कुरा हो नापी कार्यालय ललितपुरको। नयाँ घर बनाउन नक्सा पास गर्नको लागि ललितपुर उपमहानगरपालिकाका कर्मचारीले नापी कार्यालयमा गई जग्गाको नक्साको ट्रेस ल्याउनु पर्ने भनेपछि लगनखेलमा रहेको जिल्ला अदालत र मालपोत कार्यालयको बीचमा रहेको नापी कार्यालय पुगियो। कार्यालय समय १० बजे हो। तर त्यहाँका कर्मचारी मध्ये पिउन बाहेक प्रायःसबै ११ बजे पछि मात्र आउने… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 58
  • 59
  • 60
  • 61
  • 62
  • 63
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme