-रामप्रसाद सुवेदी- यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-
Author: mysansar
कथा: चक्रव्युह
-प्रदिप सुबेदी- मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो। माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै… Continue reading
यस्तो रह्यो मेरो विपश्यना अनुभव
-मधुसूदन आचार्य, क्यानडा – विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न… Continue reading
कथा : माइली मात्र रोएकी होइनन्
– दीपा राई पुन- कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले कोही सन्तुस्ट… Continue reading
लोलितालाई पत्र
-कुसुम- प्रिय लोलिता, तिम्रा सुन्दर मन, विचार र नामहरुलाई एक मुस्ठ सलाम !! तिमी हरु हुनु र हामी हरु हुनुको भिन्नता केलाउदै छु म. सुन्छु, अखबारमा पडछु अनि हामीहरुको अन्तर को जोड -घटाऊ गर्छु आकाश जमिनको भिन्नताले निख्रो र खोक्रो बन्छु. आज सायद तिमीले नभोगेका या नदेखेका सामान्य तर मेरा लागि भयानक तितो अथार्थ भन्नेछु.… Continue reading
पारसको होस खुल्यो, मान्छेसमेत चिन्न थाले
११ दिन बेहोस रहेका पूर्व युवराज पारसको आज होस खुलेको छ। उनको उपचार भइरहेको थाइल्यान्डको राजधानी बैँककमा रहेको समितिभेज सुखुम्भित अस्पतालबाट जारी विज्ञप्ति अनुसार उनले मान्छे समेत चिन्न थालेका छन्। यद्यपि, उनी अझै भेन्टिलेटर सपोर्टमा छन्।
यो केवल कार हैन, त्यसो भए के हो?
माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको… Continue reading
कथाः रेड भ्यालेन्टाइन
-दीपेन्द्र दोङ तामाङ- सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (५)
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading
कथाः फेसबुक ट्रयाजेडी
-पोस्तक श्रेष्ठ- कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (४)
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading
दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप
महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने… Continue reading
कथाः रुप
– प्रकाश अविनाश श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन पराएँ। विगत दुई… Continue reading
बाबुरामले सरकार छाड्ने? नचिताउनुस्
माओवादीले महाधिवेशनपछि नयाँ फर्मूला ल्याएर चुनावी सरकार बनाउन आफूले सत्ता छाड्छन् भन्ने धेरैले सोचेका थिए। त्यहाँमाथि प्रचण्डले महाधिवेशनको उदघाटनमै अब कांग्रेस र एमालेले अस्वीकार गर्नै नसक्ने सहमतिको नयाँ फर्मूला ल्याउने भनेपछि सबैले के होला त्यस्तो भनेर अनुमान गर्न थालेका थिए। फर्मूला रहेछ बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने। विपक्षीहरुले आज गरेको आमसभामा त्यसको विरोध गरे। बाहिर-बाहिर सरकार… Continue reading
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?
अहिले नेपालको राजनीतिमा विपक्षी सत्तापक्षको खेलौना भएको छ। सत्तामा रहेको माओवादीले एउटा प्रस्ताव फ्याँक्छ, विपक्षीहरु त्यसैमा प्रतिक्रिया जनाउँदै बस्छ। अहिले फेरि प्रचण्डले एउटा नयाँ प्रस्ताव फ्याँकेका छन्- बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी नेतृत्वको सरकार बनाउने। आन्दोलनरत विपक्षी पार्टीहरुले यो प्रस्तावबारे पार्टी कै बैठक बसी संस्थागत निर्णय गर्न बाँकी छ। एक लाख उतार्ने भनिएको आजको काठमाडौँको… Continue reading
परिवर्तनको नेपाली मार्गदर्शन
-विक्रम नेपाली- नेपालको विशिष्ट भू-राजनीतिक अवस्था अनि रगतमा नै क्रान्तिकारी स्वभाव हुने आम नेपालीहरुको स्वभावले गर्दा यहाँ जति क्रान्तिकारी विचारधारा वा सिद्धान्त मौलाउछ त्यति नै समाजबादको खोक्रो आदर्श टिक्नै सक्दैन । दक्षिणपन्थीहरु झुल्किन्छन तर त्यो लामो समय टिक्नै सक्दैन, कारण – जनताको क्रान्तिकारी स्वभाव अनि विशिष्ट भू-राजनीतिक अवस्थिति । दक्षिणपन्थीहरु वा क्रान्तिकारीको खोल ओडेकाहरु अब… Continue reading
बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र
-साक्षात सुशील- नमस्कार डेभिड क्यामेरुन ज्यु, तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading
वेश्यासँग बिताएको एक साँझ
-प्रकाश आङदेम्बे- होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख… Continue reading
माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो
२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्- बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको… Continue reading