-विवेक ढकाल-
१६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो, सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा अवाज उठ्यो। एक प्रहरी हवल्दार र एक पत्रकार ले ज्यान गुमाउनु पर्यो । प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई संयमता अपनाउनका लागी सम्बोधन गर्नु पर्यो। चर्चित खेलाडी देखि अमिताभ बच्चन, सलमान खान जस्ता कलाकारले समेत दोषीहरुलाई मृत्युदण्ड र जेलमै पिटी पिटी मार्नु पर्ने जस्तो अभिव्यक्ति दिए। यतिले नपुगेर तिहार जेलमा समेत यी पशुहरुमध्ये एकलाई त्यहाका अरु कैदीहरुले पिटेर “मलमुत्र” खान बाध्य पारे जसले गर्दा प्रशाशनले तिनीहरुलाई अर्कै “सेल” मा सार्न बाध्य भए। ती युवतीको उपचार हुँदाहुँदै सिंगापुरको अस्पतालमा मृत्यु भएपछि दिल्लीका साथै अरु सहरहरुमा पनि सर्वसाधारण आन्दोलनमा सरिक हुदैछन। यतिको व्यापक र “आक्रोशित ” जनसहभागिता वावजुद आन्दोलन शान्तिपूर्ण रहनु भनेको सो आन्दोलन कुनै राजनैतिक पार्टीको स्वार्थको लागी नभएर विसुद्ध नागरिक समाजको अगुवाइमा आम जनता स्वस्फुर्त उर्लेर आएको आन्दोलनको रुपमा लिन सकिन्छ। एउटा कुरा के प्रष्ट छ भने अब भारतीयहरु यस्ता अपराधलाई “अर्को तथ्यांक” को रुपमा स्विकार्न कदापि तयार छैनन्।
यो प्रकरणमा न्यायपालिकाले विगत जस्तो अपराधीलाई फेभर गर्ने किसिमको केहि बर्षको कारागार सजाय मात्र तोक्न सजिलो पक्कै हुने छैन। अहिले सबैजना अदालतले के निर्णय गर्छ र सोको लागी सहजिकरण गर्न सरकारले वा संसदले कानूनमा कस्तो संशोधन लेराउछ- सोको व्यग्र प्रतिक्षामा छन । यदि मृत्युदण्ड फैसला भएमा त्यसको विरुद्दमा बोल्न वा पुनरावेदनमा जान कुनै मानव अधिकार आयोग वा अरु निकाय जनताको “रौद्र” मुड छिछोलेर अगाडी आउने सम्भावना न्यून छ। यौन हिंसाका घटनालाइ महिलाहरुको अशोभनीय “लवाई” संग जोडेर हेर्ने र बलात्कार हुँदा महिलालाई बढी दोष दिने समाजले यसपाली भने यस्तो बेतुकको तर्क गर्ने हिम्मत गर्न सकेका छैनन् ।
यसो भनिरहदा मलाई भोजपुरका यौन-हिंसा पिडित दुइवटा युवतीहरुको प्रसङ्ग सम्झना आयो र याहा उल्लेख गर्न मन लाग्यो । एउटा त यो दामिनी केस संग संगै एयरपोर्ट का “जनता सेवा गर्न बसेका” कर्मचारी र “जनताको सुरक्षा” गर्न तत्पर प्रहरी जवान बाट आर्थिक र यौन सोषण मा परेकी युवति भईन जसको चर्चा दिनहु पत्र-पत्रिका, फेसबुक आदिमा चलिरहेको छ । तरपनि भारतमा जस्तो आम नेपालीले यसलाई त्यति चासो दिएका छैनन्। महिला अधिकारवादी भनाउदाहरुले कुनै आन्दोलन गरेको थाहा छैन- बाहेक फोम्यालिटि पुरा गर्ने – “ओइ हेर न मेरो हिजो को प्रोटेस्ट को स्न्याप्सट आएछ नि!” भन्ने खालको घन्टे “फ़्यासनेबल आन्दोलन”। एउटा कुखुरा मर्दा सडक जाम गर्ने, एउटा आवारा ट्यापे बिरामी बोकेको गाडिमुनि आएर मर्दा अय्म्बुलेंस फुटाल्ने, एउटा राजनैतिक संरक्ष्ण पाएको अपराधी जेल मा मर्दा २ दिन बजार ठप्प पार्ने , गिनिज बुकमा नाम लेखाउनको लागी प्रशाशन ले अनुमति दिएको भएर सो क्रम मा जलेर मरेको लाइ सहिद भनि लेखाउन प्रशाशन घेराउ गर्ने जनतालाइ एउटा निरक्षर परिबन्धमा परेर विदेशिएकी चेलीको अस्मिता लुटिएको समाचारले खासै छोएन- छुदैन रहेछ!
अब दोश्रो भोजपुरे युवतीको प्रसङ्ग। यो आजभन्दा झन्डै ६ महिना अघि भोजपुरमा घटेको घटना हो र त्यति हाइलाइट नगरिएकोले हामीमध्ये धेरैलाई सो घटनाको सम्झना छैन होला । भोजपुर घर भै काठमाडौँको एक गुम्बामा भिक्षुणी भै बसेकी ति युवतीलाई संखुवासभा आइपुग्दा सबैजसो यात्रु ओर्लिसकेपछि बसका चालक र सहचालक सहित ४ जनाले पाशविक तरिकाले बलात्कार गरे र साथै उनीसंग भएको केहि पैसा पनि लुटे। ति अभियुक्तहरु समातिए, एक दुइ दिन हंगामा भयो, बसलाइ स्थानीयबासीले कब्जामा लिई प्रशाशन मा बुझाए र बसधनि ले क्षतिपूर्ति नदिएसम्म बस नछोड्ने भनियो। तर लगत्तै बस व्यवसायीहरुले आन्दोलन गरे- बस नछोडेसम्म २ दिन भोजपुर बन्द गरे- जनजीवन ठप्प भो। उल्टो प्रशाशन ले गाडी छोड्नु पर्यो । जातिय हित, मुक्तिको लागी संघर्ष गर्ने र हप्तौ आफ्नो “कन्ट्रोल”मा रहेका जिल्ला हरु ठप्प पार्न सक्ने कथित जातिय संगठन हरु पनि यो बेला निरिह भए।( तर किन?) । जातीय मुद्दामा रगत उमालेर बोल्ने अंग-काजि-शेर्पा-जिउ ले पनि अरु कुरा छोडेर ति भिक्षुणीलाइ फेरी गुम्बामा फर्काउन मिल्ने कि नमिल्ने कुरा मा ” लब्बिंग” गर्न थाले। ति भिक्षुणीलाइ भने अवस्था नाजुक भएर सिलगुडी अस्पतालबाट टिचिङ्ग रिफर गरियो। ति अभियुक्तहरुलाई १२ वर्ष मात्र जेल भयो। दुइ जना त १७ १८ बर्सको थिए, सायद तिनीहरुलाई कम भयो होला। अब तिनीहरु छुटेर निस्किदा बढीमा २५ २६ बर्ष हुन्छन। के अपराध अनुसारको दण्ड यहि हो? भिक्षुणी ले त सायद आफ्नो धर्म र आस्था अनुसार तिनीहरुलाई माफी दिय़िन पनि होला , तर ति जातीय संगठन, स्थानीयवासी, पढे-लेखेका , बुझेका नेपालीहरुले यो घटनालाई किन सजिलै लिए बुझ्न सकेको छैन। यो घटनाबारे ” य़ुट्युब” मा कुनै अपलोड छैन र यो स्कूप पोस्ट भाको नेपाली साइटहरु भने प्रतिक्रियाबिहिन। जबकि एउटा नेताले झापड खाएको घटनामा भने युट्युब र ब्लगसाइटहरु अनेक कमेन्टहरुले भरिभराउ हुन्छन। यो घटना भएको धेरै दिनसम्म सडकमा कोहि ओर्लेनन , सवारी साधन निर्वाध चले र एक महिनापछि एउटा कथित युवा संघले ताइ न तुइ को १० बजेसम्मको आन्दोलनको नाममा केहि कार्यकर्ता उतारे, तर अर्कै विषयमा!
यौन हिँसा मौलाउनुमा गृह प्रशाशनको कमजोरी र फितलो कानूनलाइ पक्कै दोष दिन मिल्छ तर हाम्रो उदासिनताले भने झन् ठुलो भूमिका खेल्छ। के सहरको कुनै उच्च मध्यम वर्गीय परिवार वा उच्च परिवारको छोरी/बुहारी यस्तो घटनामा नपरेसम्म हामि चुप लागेर बस्ने? के यहि अवस्था कुरिरहेका छौ हामि? कौशल्टारको बाटो छेउ बलात्कार हुन्छ तर सो बाटो हिड्ने गाडी/ मोटरसाइकल देखे नदेखे झैँ पास हुन्छन ; ( यो हप्ताको “नेपाल” अंक , आवरण कथा)। बाउबाट छोरी बलात्कृत हुन्छे, परिवारले कुरा लुकाउछ; बसमा बाटोमा युवतीको स्तन च्याप्प समाएर गिजोलिन्छ, नितम्ब समाइन्छ, बाटो हिड्नेहरु वा बसका सहयात्रीहरु हासेर मसला थप्छन ; होलीमा केटीहरुलाई लोला हान्न बाउले छोरालाई उक्साउछ। के हामि आफै दोषी छैनौ? हाम्रो संस्कार हाम्रो समाज दोषी छैन?
हाम्रो सरकारले महिला हिँसा बिरुद्द (स्वफूर्त:!) कडा कानून लेराउने सम्भावना ज्यादै न्युन छ – अरब मुलुक जस्तो सार्वजनिक कोर्रा हान्ने त परै जाओस । यो पुरुषकेन्द्रित समाज जहाँ महिलाले आफुलाई बलात्कार भएको २४ घन्टाभित्र बलात्कारीलाई आवेशमा आई हत्या गरे मुद्दा नलाग्ने भन्दा त ” भोलि मेरो स्वास्नीले मलाइ फसाइ भने?” भन्ने ठाउँमा धेरै आशा त के राख्नु ? त्यसैले सरकार नजागुन्जेल आफै जागेर केहि गर्ने अवस्था आइसकेको छ !!
केहि दिन अघि मैले यु ट्युबमा एक अल्लाहबाद्की युवतीले आफुलाई जिस्काउने eve-teaser को मोटरसाइकल आगो सल्काइदेको भिडिओ हेरेको थिए। त्यसको राप नेपाल कैलेसम्म आउने हो हेर्न बाकि छ। तर सुरुवात यस्तै सानो कुरा हरु बाट हुनु पर्छ। बसमा , कार्यालयमा वा अरु सार्वजनिक ठाउमा यौन दुर्व्यवहार वा जिस्काउने मात्र भयो भने पनि महिलाहरु मिलेर त्यस्ता अवराहरुको हात खुट्टा भाचिने वा आखा फुट्ने गरि धुलाई दिनुपर्छ। त्यस्तै बलात्कार जस्तो जघन्य अपराध भएको खण्डमा यदि अभियुक्तको पुस्टि भैसकेको छ भने त्यसलाई पुलिस न आउदै सकिन्छ भने कुटी कुटी घाइते बनेको बेश! ताकि भविस्यमा कसैले यस्तो कृत्य गर्नु अघि १०० पल्ट सोचोस्।
मृत्युदण्ड र जेलमा “थर्ड-डिग्री” को विपक्षमा बोल्नेहरुको तर्क छ जेल भनेको अपराधि हरुलाई सुधारेर एउटा जिम्मेवार मान्छेमा परिवर्तन गर्ने ठाउँ हो र मृत्युदण्ड मा कहिले काही निर्दोषले सजाय पाउन सक्छ। होला, ज्यान मुद्दा खेप्ने हरुमध्ये कसैले अन्याय सहन नसकी वा अरु कारणले पनि सो काम गरेको हुन सक्छ तर “यौन” हिँसा गर्नेहरु संग कुनै त्यस्तो बाध्यता पक्कै हुन्न। यौन दुराचारी “दानव” हरुलाई मानवको दर्जामा राखेर सजाय दिन अलि मानविय देखिदैन। यो कुरा हाम्रो नागरिक समाज, न्याय क्षेत्रमा काम गर्ने सरोकारवाला, सरकार र मानव अधिकारवादी हरु पनि छिट्टै बुझुन र यौन हिँसाको विरुद्द रौँ काप्ने कडा भन्दा कडा सजाय को व्यवस्था होस् ताकि नेपालमा कुनै “दामिनी” को लागी यस्तो “मुटु चस्काउने हरफ” लेखिनु नपरोस-
“सोच रहा हुँ माँ, क्या मेरे शहर में लडकी होके जीना पाप है?;
ये कैसा अभिसाप है माँ, येह कैसा अभिसाप है? ”
कडा सजायको वकालत गर्ने साथीहरुले यो पनि सोच्नु जरुरि छ कि – कुनै समयमा युरोपमा पकेटमारलाई मृत्युदण्ड दिने कानून थियो र त्यस्तो सजाय सार्बजनिक स्थानमा सबैले देख्ने गरि दिइने चलन थियो ता कि सो देखेर अरु कसैले त्यस्तो अपराध नगरोस | तर यसरि पकेट मार्ने अपराधीलाइ झुन्ड्याउने ठाउमा नै पनि फेरि कसैले पकेटमार्ने काम गरिरहेको हुन्थ्यो | त्यसैले कडा सजाय ले मात्र अपराधि निरुत्साहित हुने हैन | अपराधिमा अपराध गरे पछि म सजिलै छुटी हाल्छु नि भन्ने आत्मविस्वास हैन कि म कानून को फन्दामा पर्दछु भन्ने डर हुनु जरुरि हुन्छ | यसको लागि अपराध अनुसन्धान देखि अभियोजन र अदालत सबै सजग र सक्षम हुन जरुरि हुन्छ | समग्रमा यसलाई न्यायप्रणालीको सक्षमतासंग जोडेर हेर्नु पर्छ | हाम्रो जस्तो पहिले थून अनि सुन भन्ने system भएको मुलुकमा धेरै कडा कानून पनि गलाको नै पासो साबित हुन सक्छ | किनकि अपराध प्रमाणित गर्ने कुनै बैज्ञानिक अनुसन्धान पद्धति नभएको अवस्थामा खालि साबिती बयान कै आधारमा भोलि धेरै निर्दोष हरु परिबन्दमा पनि पर्न सक्छन | अनि आज यस Blog मा कडा सजाय को पक्षपाति मित्र हरुलेनै फेरि सरकार, कर्मचारीतन्त्र, प्रहरी प्रसासन अनि न्यायालय का बिरुद्ध कराउनु पर्ने अवस्था नआउला भन्न सकिन्न |
ठुला पत्रिकाको ताला हेर्यो भने कुरा छर्लंग हुन्छ! आज भन्दा २० वर्ष अघि यी ठुला पत्रिकाहरुमा स्वस्थवर्दक बिज्ञापन आउंथ्यो| त्यस पछिको १० वर्षमा शक्तिवर्दक बिज्ञापन आउन थाल्यो! आज भोलि मात्र यौनवर्दक बिज्ञापन आउछ| किन ठाउँ दिन्छन ति पत्रिकाहरु (leading by Kantipur and Nagarik). किन ?
बलात्कार जस्तो जगन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ। यस्तो कडा कारवाही हुन्छ भन्ने थाहा हुंदाहुँदै पटक पटक एस्तो दुखद समाचार आउनुमा धेरै हद सम्म हाम्रो समाज र राष्ट्रको कानून र प्रहरीले गर्ने सार्वजनिक ब्यबहार पनी छ। हामीले आफ्नो सहमतिमा कसै संग यौन सम्पर्क गर्नको लागी जान सक्ने कतै ठाऊँ छैन। यदि कसै संग सहमतिमा यौन सम्पर्क गर्न होटल या लजमा गयियो भने प्रहरी कारवाही पर्ने डर छ। यौन एउटा प्राकृतिक चाहना हो र सबैलाई आवस्यक छ भन्ने सबैले र राष्ट्रले पनी बुझ्नू पर्यो। यस्तै सुरक्षित तरिकाले सहमतिमा पनी यौन संपर्क गर्न सक्ने अवस्था नहुनुले पनी मानिसहरु नशामा भएका बेलामा जहा पायो त्याही आक्रामक हुन जान्छन। यता तीर पनी अली बिचार पुर्याउने हो की ??
ढकाल जी को लेख निकै राम्रो लग्यो I सजायको कुरा अलि भावनात्मक भएपनि कता कता लग्छ अब येही नै सहि मार्ग हो I दमिनीले मरेर सायद हामी जस्ता सुतेका हरु लाई निन्द्रा बाट बिउझौन मद्दत गरेको छ र एसले अरु कति को अस्तित्व र ज्यान पनि बचौछ होला I नेपाल को दुर्गती को जिम्मेवार हामी नेपाली नै हौ, हाम्रो “म” भन्ने सोचाई र आफु लाई नपरे सम्म चुप लगेर अर्को तिर फर्कने बनि I हामी नै बदल्न पर्छ I
येत्राको सरकार सरकार ?
हामी नेपाली जनता नै बेबकुफ भन्न के लाज ?
चोर ,फटाहा ,घुसखोर नेताको पछाडी हामी जनता चाकरी गर्ने ,आखा चिम्लिएर ,नैतिकता बिर्सिएर यी चोर नेताहरुको पछाडी दिन -रात लाग्ने,के राम्रो ,को राम्रो भनेर छुटाउन नसक्ने,कुकुरले बिहान गु नाखादै नेताहरु को चाकरी गर्न घर -दैलोमा पुग्ने ,कर्मचारी ले घुस माग्नु भन्दा पहिलै घुस दिन अघि सर्ने हामी बेबकुफ जनता….दिनभरी टुडिखेल मा बसेर मम्फुली खादै पत्रिका पढ्ने ,आन्दोलन गर्न ,पसल ,गाडी फोड्न सधै अगाडी,बाटोमा राके आगो बाल्न हामी अगाडी,अनि नेताहरुले गरेनन भन्ने ? हामी जनता सचेत हुने हो भने कसको के लाग्छ ?
नेताहरुले मिनेट मिनेटमा देशको ढुकुटी रिताउदै छन् ,देश टाट पल्टी सक्यो ,नेताहरु मोटाएर Blood pressure,sugar रोग लागि सक्यो ,नेपाली जनता दुब्लाएर सुकी सके ,तर अझै पनि हामी जनताको दिमागमा घाम लाग्दैन ! हाम्रै ,तपाई,हाम्रो कारण ,हामी नेपाली जनतालाई बेबकुफ बनाएर ति हिजका भिकारी ,बुंगा नेताहरु आज करोड पति हाम्रै आखा अगाडी एक सालमा भए,तर कसरि करोड पति भए त रातारात ? यिनलाई चिठा पर्यो ? देशलाई अगाडी बढाउन,देशको उन्नति गर्न पहिला घुसखोर र घुस खाने जतिलाई जेलमा कोच्नु पर्छ,तर यहा त घुस खाएको ठहरिएको बेक्ती ले पनि Discount पाउछ अनि करोडौ सम्पति कुम्लाएर एक वर्ष जेल जान्छन् ,के यही हो नियम यो सतिले सरापे को देशको चलन ?
ढकालजी ले यस्तो लेखादिनु भएन भनेर हामीलाई लाईराछ | यसरि कार्यबाही गर्ने हो भने त उतिखेर जंगली हुँदा हाम्राले के के गरे ती सबै कर्यबाहिमा पर्छन भन्ने हामीलाई लाईरा छ | यस्ता धुन्धकारी जति ७५ % त पहिला नै आफ्ना थिए बाँकीका २५% पनि आफ्नै भए अब त | भो यो कारबाही सार्बाहिको कुरा नगरौ होला भनेर हामीलाई लाईरा छ |
whats required?
1. Closed Circuit Television Cameras (CCTV) in all buses.
2. Exemplary punishment.
3. What works in the west ? research and implement that. {not to say that everything is perfect in the west. Other kinds of crimes are much more prevalent there.}
4. the list goes on…
हिंसा कुनै अर्थ मा पनि राम्रो हैन तर हिंसा को एउटा कारण समाज मा कान्तिपुर, नागरिक जस्ता पत्रिका अनि टेलिभिजन र चलचित्र हरुले अगुवाई गरिरहेको अश्लिलता पनि हो, जसले मानिसलाई पशु भन्दा पनि तल्लो स्तर मा ओर्लन सिकाउञ्छन, नैतिकता बिना समाज बाँच्न सक्दैन भन्ने बुझौं, अपराधीलाइ दण्ड दिनु पर्ने कुरा निर्विवाद हो, तर अपराधको जडलाई पनि मेटाउनु पर्दछ
दिल्लीकि दमिनी र काठमाडौँकि कामिनीको कथा उस्तै उस्तै हो / अज्ञान, गरिबी, असीछा, कानुनको पालन गर्न गराउन नसक्नु आदि जस्ता कारण ले एस्त घटना घटी रहन्चन / एस्तो हुन नदिने मुख्य जिम्मेवारी (९९%) सरकारको हो /
सरकारी निकायहरु एकदमै चुस्त हुनुपर्यो / पुलिस फोर्सलाई एकदमै आधुनिक, चतुर, सकछम अनि प्रतिस्पर्दी बनाउनु पर्यो / पुलिस फोर्सको संख्या बध्यर १० लाख पुरौनुपर्यो /
अनि केहि हुन्छ कि ?
कस्तो वाहियात कुरा गर्नु भएको तपाईले / पुलिस १० लख पुर्याएर क गर्ने एस्तो गरिब देशले ? तपैले दिनु हुन्छ होला नि तिनी हरुलाई टलप र भत्ता ? जब सम्म जनताको सोच र विचारले आकाशलाई चुम्न सक्दैन तब सब्बा यस्ता घटना घतिरहंचन / नारी र नारित्वको रक्षा गने जिम्मा हाम्रो हो / नारीहरुलाई होच्याएर नसोच्नु पर्यो हामीले / बोलेर मात्र भएन/ मन भित्र बाटनै उनीहरुप्रति कर्तव्यबोध र आदर आउनु पर्यो /
खासमा भन्नेको भने अहिले कानुन फितलो भीरको छ / कानुन लै एस्तो अवस्था मा हामीले हातमा लिनु पनि पछि हट्नु हुदैन / आफ्नै संगठन खादा गरेर कारबाही गर्नु पर्चा यस्ता बलात्कारी हरुलाई / जुत्तै जुत्ता ले मुखमा हान्नु पर्छ / अनि मात्र हुन्छ / जे भए पनिस अर्कर्लाई नै दोष ? आफै पनि केहि एक्शन लिन सकिन्छ कि ? अब त देश मा अत्ति मात्र होइन अत्याचार हुन थालीसक्यो / दिनदिने यस्ता घटना ऐरको छन् / अब त हेमिले नि की गर्ने कि ? गुफ्फई मात्र हान्ने होइन एक्शन लिनु पर्यो / जाग जाग अब जगन जाग /
यस्ता बलात्कारीहरुलाई तपाइले सुझाउनु भएको सजायको उपाय नै सबैभन्दा उत्तम उपाय हो बिबेक जी । किन कि सरकार, पुलिस, बिध्यमान कानून अन्तर्गत न्यायलयले दिने सजाय यस्ता आमानविय जघन्य अपराधीहरुको लागि कती पनि प्रयाप्त हुँदैन । अर्को कुरा बलात्कारी कुनै पार्टीको भिजिलान्ते रहेछ भने कुलङ्गारहरुको त्यो पार्टीले जसरी पनि त्यसको बचाउ गर्छ । अझै अर्को कुरा सफेदपोश मानव अधिकारबादी भनौदा डलर जागिरेहरुले यस्ता बलात्कारी दानवहरुको पनि मानव अधिकार हनन भयो भनेर आफ्नो डलरे जागिर पचाउन र बचाउन कम्मर लागि पर्ने गर्छन् । त्यसैले यस्ता दानवहरुलाई रङ्गेहात वा यथेष्ट प्रमाणका साथ भेटियो भने हातखुट्टा भाँची दिने, आँखा फुटाइ दिने मात्र हैन छर्लक्कै लिङ्ग नै छिनाइ दिनु पर्छ ताकी अरु कोही पनि यस्तो प्रकृतीका अपराधीहरुको थरर मुटु कामोस् । यो सजाय अपराध भएको समयमा कथांकदाचित दिन सकिएन भने पछि त्यो अपराधी जेलबाट फर्के पछि नै भए पनि समाजको सहयोगमा सम्बन्धित परिवार समेत मिलेर दिनै पर्छ भलै त्यसको बदलामा जस्तो सुकै मूल्य चुकाउन किन नपरोस् ।
कमेन्ट ( निगेटिभ /पजिटिभ दुवै थरि) का लागि धन्यबाद. यहाँ कतिपय कमेन्टरहरुले भन्नुभाको कुरा मा स्वीकार्छु- यो मैले emotionally driven भएरै लेखेको हु. हुन त म कुनै “हार्डकोर” नारीवादी हैन न त क्यापिटल पनिश्मेंट को नै पक्षपाती तर धेरै अघिदेखि महिलाहिँसा को समाचार सुन्दा/पढ्दा र दिनहुजस्तो एउटा न एउटा त्यस्तो समाचार सुनिरहनु/पढिरहनुपर्दा मनमा एउटा “आवेगात्मक” भाव गुम्सेर बसेको थियो . अझ अभियुक्तहरुलाइ धेरै कम सजाय, राजनैतिक संरक्षण, अधिकारकर्मी को उदासीनता , प्रहरीको मिलेमतो आदि पढ्दाखेरी त सहन नसकिने गरि भित्र बाट पोल्थ्यो. र हालसालको एरपोर्ट प्रकरण, लगत्तै दिल्लीको त्यो आंग सिरिङ्ग पार्ने घटना ले यसमा घिउ थप्यो र अखिरमा हतार हतारमा यो “ब्लग पिस “: नलेखी धरै पाइन. जतिसुकै भावनामा बगेर लेखेको भएतापनि मैले दोहोर्याई तेहेर्याई कुनै सद्भाव भड्काउने कुरा लेखेंकी भनेर “क्रस-चेक ” पनि गरे र यदि कुनै हिँसा भड्काउने आसय उल्लेख भएको छ भने खाली ती “पीपासु”हरु विरुद्द!
@ all commentors: thank you for reading and for your reactions !
@ Suman : mysogynist or male chauvinistic comments don’t serve at all
@ Nikhil: Yes of Course! Even A gruesome has human rights but setting him free just after a few years of prison will let him interfere with more human rights. Plus, other “criminal-minded” people will think that since a criminal’s human right is respected, why not take a chance ? I think punishment should be deterrent rather than corrective.
@shanti I don’t think that “should be done” attribute will come automatically
जब सम्म मानिसको सोचको स्तर माथि पुग्न सक्दैन तब सम्म यस्ता घटना पूर्ण रुपमा बन्द हुन सक्दैनन् . धन्न अचेल यस्ता घटनाहरु मेडिया सम्म औन थालेका छन् बिस्तारै . यस्ता घटनामा संलग्नलाई टुडिखेलमा लगेर torture दिएर मार्नु पर्ने हो . एक दिन एउटा हात काट्नु पर्छ अर्को दिन खुट्टा. सतैसतै मर्नु पर्छ. अनि मात्र तर्सिन्चन .यी गोर्खालीको जातलाइ सजिलो ककुन ले की गर्न सक्दैन . physical torture नै दिन्नु पर्छ . रुवाई रुवाई मर्नु पर्ने हो यस्तालाई अनि मात्र तर्सिन्छन मान्छेहरु. क भाको ? नाटर्सै त की पनि नहुने
धेरै राम्रो लेख ! लेखक लाई धन्यवाद ! किन्तु देल्ही रेप केस अत्यन्त निर्दयी र क्रुर प्रवृति को थियो ! यद्यपि रेप केश हरु ले येति धेरै उचाई कहिले पनि लिएको थिएन जस्तो लग्छ मलाई बिगत मा! तेस अर्थ मा जनता को आवाज बुलन्द हुन औता अपरिहार्यता पनि थियो ! कदापी अब उप्रान्त येस्ता घटना हरु रिपिट होलान नहोलान ! तर यो टिपिकल केस लाई न आगाडी को घटना संग जोडेर हेर्न मिल्छ न पछाडी को नै ! मा त एस्लाई औता बिशुद्द मेन्टल केस जो अभियुक्त हरु को चरम मानसिक असन्तुलन को परिणाम हो ! अब एस्तो घटना हरु जब सम्म घट्दैन कुनै पनि देशको कानून प्रसासन हरु ले येही प्रकृति को सजाय को व्यवस्था गर्ने भनेर आकलन गर्न अलि गारो छ ! कानून परिमार्जित हुन सक्छ तर येस्ता आपराधिक क्रियाकलाप रोक्न मृत्युदण्ड को सजाय मात्र मात्र काफी नहोला ! सो हाम्रो जस्तो बन्द समाज मा सबै पक्ष बाट सतकर्ता आपनौना जरुरि छ ! कठोर कानून छ भन्दै मा कसैले पनि पूर्ण स्वोत्न्त्रता को अनुभूति गरि हाल्नु हुन्दैन कि ! बरु आफु सुरक्षित उपायहरु पनि अपनानाउनु जरुरि देखिन्छ !
जाँदा जाँदै दामिनी को लागि २ वोटा पंक्ति हरु !!!!
तेरा हात से हात छोड़ना………
तेरा सायों का रुक् मोड्ना……..
तेरा पलट के फिर ना देख्ना………..
नहीं माफ करुंगी मे………………..
जब तक है जान !!!!!
जब तक है जान !!!!!
चेतना हर एक नेपालीको(नेता देखि जनता) कमजोरी हो,,,,,,,, नेता येही समाज बाटै आउने हो, जनता त्येही हुन्, संस्कार त्येही हो जो सबैले सिक्दै आएका छौ, कमजोरी त्येही हो आफ्नो चाइ अमुल्य अर्काकोलाइ चाइ गिद्द द्रिस्टीले हेर्ने हाम्रो समाज, त्येस माथि हाम्रो जातिय भेदभाब अर्को सुनमाथि सुगंद थपे झैँ लाग्छ>>>>>छोटकरीमा भन्नु पर्दा संस्कार परिबर्तन नभए सम्म परिबर्तन असम्भब छ,,,,प्रजातन्त्रको मतलब जनताको राज्य सरल रुपमा बुझ्दा खेरि,,,कानुन के नेता के जनता सबैको हो नियम सबैको हो एस्लाई पालना गर्नु पर्छ तब मात्र प्रजातन्त्रको अर्थ रहन्छ,,,जबसम्म ब्येबहारिक रुपमा हामि आफै परिबर्तन हुदैनौ तब सम्म कानुन खेलौना बनि रहन्छ कुनै सिमित बर्ग, पुजीपति, नेता अनि तिनका कार्येकर्ता बिचमा>>बिबेक ढकाल, निमेष BK,हर्के जी ले भन्नु भए जस्तै सरकार आफै जाग्नु पर्छ, दिल्लीको दाजोमा पुग्न हामि जनता परिबर्तन हुनु जरुरि छ देशको बिकाशको लागि।।।।।।।
आफू जति अगाडि बढेको भन्ने लागे पनि भारत भन्ने देश अझै सयौं वर्ष पछाडि छ। त्यहाँको अधिकांस मान्छेको मानसिकता बलात्कारी छ, चाहे त्यो आफ्नै चेलीबेटीलाई बलात्कार गर्नु हो, वा आफ्ना छिमेकी देशहरुलाई बलात्कार गर्नु।
To end the voilence over wowen, men should have respect over women. They shouldnot see women as only the sex partner. When this concept comes to men, the voilence afainst women deducts automatically.
समय सान्दर्भिक लाग्यो लेख . दिल्लीदेखि काठामान्दौं सम्मको मुद्दालाई उठान गरिएको छ . तर जातीय मुद्दामा असमति ब्यक्त गर्दा गर्दै पनि भिक्षुनिको समस्यामा जातिवादीको कुरा अघि सारेको राम्रो लागेन . जे जस्तो भए पनि यो घटना (हाल घटेको) एउटा पनि असमानताको समस्या भन्दा केहि फरक नपर्ला जस्तो छ किनकि दिल्लीको घटना कलेजको बिद्यार्थी थियो र बिद्यार्थीहरुले अवाज बुलन्द गर्यो . नेपालको मुद्दा अवाज विहिनहरुको अवाज भई दियो, त्यसमा धेरैजसोले साथ दिएन . अत: यस्ता अपराधिलाई कडा भन्डा कडा सजाँय हुनु जरुरि छ . चाहे त्यो बलात्कारी नेताको सन्तान नै किन नहोस .
हाम्रो चौथो गणतान्त्रिक सरकारले मानब-हत्याका अपराधीहरुको मुद्दा फिर्तालिने निर्णय गरेको धेरै भएको छैन……! बलात्कारका अपराधी बिरुद्द कडा सजाय गर्ने कानुन बनाउन वा निर्णय गर्न त सरकारको नैतिक धरातल पनि हुनु पर्यो…..!
दिल्लीको दाजोमा पुग्न हामीले धेरै गर्नु बाँकि छ….चेतना भया !
हो हर्के
गुण्ड शिवे लाइ सहिद घोषणा गर, उसंगै परेका ज्यानमारा को मुद्दा फिर्ता गर भनेर टायर बाल्ने प्रतिपक्ष हरु ले ति दुवै आफ्न माग त पुरा गरे, तर भोजपुर को बहिनि शायद कांग्रेसी होइनन होला र त सुशील र सुजाता हरु चुप छन अनि नेबि संघे र तरुण दल का लठैत हरु पनि.
I really like the Post; very thought provoking. I wish, your post could guide every Nepali to make a voice on behalf of the voiceless. We can learn a good lesson from our big brother where people have been able to make their voice heard on this sad episode of Damini. May god help to our lawmakers to review the law and deliver the justice to the victims.
फितलो कानुन र राजनीतिक हाबी भएको ले दण्डहिनता बढेको हो/
राम्रो र समय सान्दर्भिक लेख! जनताको कर बाट पालिने कर्मचारी बाट एस्तो अपराध हुनु मेरो बिचारमा दिल्लीको अपराध भन्दा पनि काठमान्डूको अपराध जन्घंया हो!!!!!
भारत नागरिक सडकमा उत्रिए नेपालमा उत्रियेनना! मेरो बिचारमा, धेरै कारण मध्ये मुख्य कारण नेपालमा बिध्यमान जातीय बिभेध हो! कसरि भन्नु होला? यदि ति भोजपुरे युवती,
नम्बर १. तथाकथित माथिल्लो जातकी भएकी भए आध्यागमनका कर्मचारी र पुलिस ले एस्तो अपराध गर्ने हिम्मत नै गर्ने थिएनन्!
नम्बर २. येदि अपराध घटी हालेमा अधिकार कर्मी, महिला, नागरिक, पत्रकार सबै सडकमा उत्रने थिए किनकि एस्त संस्था हरुमा तथाकथित माथिल्ला जात भानौदहरुको हालीमुहाली छ!
नम्बर ३. मन्त्रीहरु, सरकारी कर्मचारी र राजनैतिक पार्टीका नेता हरु प्राय सबै तथाकथित उच्च जातिकाहरुको भएकोले अपराधी हरु कसै न कसै को भाइ भतिज, भान्जो, सालो केहि न केहि परि हाल्छ अनि कसरि कारबाही गर्नु? सुन्नु भो सरकारी प्रबक्ता संकर कोइरालाको बिन्ग्याप्ति – अख्तियार मा आबस्यक कारबाही को लागि लेखि पठाएको? अब अख्तियारमा पनि तिनै कर्मचारीको ससुरो, मामा, काका छन् नत्र लुटेको सम्पत्ति छदै छ – आन्दोलन भएन भने, १००% पक्का छ – सबुत प्रमाण नपुगेकोले मुद्दा नचल्ने अख्तियार को निस्कर्स !
त्येही भएर त, प्राकृतिक रुपले सुन्दर, Mt Everest , र बुद्द जन्मिएको देस भएर पनि एस्तो हत्या हिंसा, बलात्कार हाबी भएको नेपालमा! सरकारी कर्मचारी पैसा र समान लुट्ने, पुलिस बलात्कार गर्ने सिद्दि गयो नि के कुरा गरे भो र !!!!!!!!!!!
जातीय रुपमा यसलाई हेर्नेको सोंचमा खोट छ | के जाती लामाले के जाती बिकलाई बोक्सीको आरोपमा दिशा खुवाएको घटना के महिलाले महिला माथि गरेको बलात्कार होइन र ? यी जातीयवादीहरुले नै हो धेरै अपराधीलाई संरक्ष्ण दिने तथाकथित आदिवासी ले अपराध गर्यो भने | जे होस् जाती भन्दा माथि मानवता हुन्छ र अपराधीहरुको कुनै बलात्कारी जस्ता अपराधीहरुको जातीयता संग कुनै नाता छैन |
कानुन मात्रै कडा बनाएर पनि के गर्नु कार्यन्वयन नै हुन्दैन अनि ? अझै अपराधी नेता को आफन्त पर्ने रहेछ भने त तेसै सेलाएर जान्छन जस्ता जघन्य अपराध का मुद्धाहरु पनि / बिबेक जी को लेख समय सान्धर्भिक छ , अलिक emotional पनि छ /यस्तो घटना हुने मुख्य कारणहरु (किन प्रेरित हुन्छन बलात्कार गर्न ) वा भनौं घटना रोकथाम गर्न सकिने उपाय हरु पनि निकाल्नु जरुरि देख्दछु म/ यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने मा त कसै को दुइ मत नहोला / तर सकेसम्म समाज मा यस्ता घटना हुनै नदिने वा न्यूनीकरण गर्नु पर्ने कुराले पनि ठुलो महत्व राख्दछ जस्तो लाग्छ / समस्या को जरो पत्ता लगाई ,समाधान गर्यो भने मात्रै कानुन सार्थक हुन सक्छ /
हामी नेपाली हरुले बिश्व्का सम्वेदना हिन् ब्यक्ति हरु माझ उच्च अंक प्राप्त गरेको तेसै होइन
1. 18-24 घंटा लोड शेडिंग भई राखोस नो मतलब
2. देश मा चेलिबेटी को अस्मिता लुट्टीयोस या भारतको कोठीमा बेचियोस नो मतलब
3.महँगीले आकाश छोवोस नो मतलब
4. संविधान बनोस नबनोस नो मतलब
5.नेताले चा……सकेको लातहानून नो मतलब
येति सम्म लोडशेडिंग हुँदा र नेता हरुले ठग़दा पनि चेतना नआउनी नेपाली
केभन्नु र खोई
केभन्नु र खोई
केभन्नु र खोई
हो मानव जाति को नै शिर निउरियो
दामिनीको अस्मिता लुट्ने दानवहरु कुकृत्य सुन्दा
अझ नेपाली चेली को चित्कार
नेता / सरोकारवाला हरु ले न सुन्दा त मुटुनै दुख्यो,
हे यमराज कहिले लैजान्छौ यी नेता हरु लाई?
समय चलते मोमबत्तियां, जल कर बुझ जाएँगी …
श्रद्धा में डाले पुष्प, जल हीन मुर्झा जायेंगे …
स्वर विरोध के और शांति के अपनी प्रबलता खो देंगे …
किन्तु ‘निर्भयता’ की जलाई अग्नि हमारे ह्रदय को प्रज्वलित करेगी …
जल हीन मुरझाये पुष्पों को हमारी अश्रु धाराएं जीवित रखेंगी …
दग्ध कंठ से ‘दामिनी’ की ‘अमानत’ आत्मा विश्व भर में गूंजेगी …
स्वर मेरे तुम, दल कुचलकर पीस न पाओगे …
मै भारत की माँ बहेंनिया बेटी हूँ ,
आदर और सत्कार की मै हक़दार हूँ …
भारत देश हमारी माता है ,
मेरी छोड़ो, अपनी माता की तो पहचान बनो !!
~ Amitabh Bachchan
कानुन हुदा हुदै कसै लाई पनि बेक्ती बिसेस ले दण्ड दिनु हुदैन र फासी पनि सरकार ले गर्नु हुदैन| नर्वे मा तेत्रो मान्छे को हत्या गर्ने अपरादी लाई त जम्मा २०बर्स को जेल भएको छ| चाए हत्यारा होस् या rapist मानब अधिकार बहिर गएर कोहिले पनि सजाए दिनु हुदैन| एउटा अपराधी को पनि मानब अदिकार हुन्छ भन्ने हामी ले बुज्नु जरुरि छ|
अपराधीको मानब अधिकार कि दानब अधिकार ???
अपराधीक मानसिकता भएका ब्यक्तिले मात्रै अपराधी हरु को मानब अधिकार को ओकालत गर्छ, अपराध गर्ने हरु को पनि मानब अधिकार को सम्रक्षण गर्ने भन्ने कुरा हुन्छ कही?? अपराध को प्रक्रिती अनुसार सजाय हुनै पर्छ, बलत्कार, जानी जानी योजना बनाएर गरिएको हत्या, चेलीबेटी लाई बेस्यालयमा बेचबिखन तथा बाल बालिका लाई बेचबिखन गर्ने जस्ता अपराध मा सिधै मृत्युदन्ड दिनु पर्दछ, भ्र्स्ताचार को अपराध मा सर्बस्वो हरण सहित आजिबन काराबास र उस्को १ पुस्ता सन्तती ले कुनै पनि सरकारी ओहोदामा रहन नपाईने नियम बनाइनु पर्दछ, तेस्पछी मात्रै अपराध बिहिन समाज बन्न सक्छ।
यस्तै मानब अधिकार को ओकालत गर्ने हरु ले गर्दा हो, आज केन्द्रिय कारागार मा हत्या, अपहरन, लुट्पाट , लागु पदार्थ लगायता नक्कली मुद्रा को कारोबार गर्ने अपराधी हरु ले जेल भित्रै ल्होसार मनाएछन, त्यो पनि बाहिर बाट कलाकार हरु झिकाएर !!!!
अपराध लाई जातिबादी आँखाले हेर्ने एक जना मित्र लाई मेरो प्रश्न, मिलन चक्रे कुन जात को हो??? अपराधी हरुको कुनै जात हुँदैन, थर हुँदैन, भाषा हुँदैन, तिनिहरु मानबको पारीभाशा भित्र समेत नपर्ने भएको ले तिनिहरु लाई मानब अधिकार भन्ने लागु पनि हुँदैन।
“बसमा , कार्यालयमा वा अरु सार्वजनिक ठाउमा यौन दुर्व्यवहार वा जिस्काउने मात्र भयो भने पनि महिलाहरु मिलेर त्यस्ता अवराहरुको हात खुट्टा भाचिने वा आखा फुट्ने गरि धुलाई दिनुपर्छ। त्यस्तै बलात्कार जस्तो जघन्य अपराध भएको खण्डमा यदि अभियुक्तको पुस्टि भैसकेको छ भने त्यसलाई पुलिस न आउदै सकिन्छ भने कुटी कुटी घाइते बनेको बेश! ताकि भविस्यमा कसैले यस्तो कृत्य गर्नु अघि १०० पल्ट सोचोस्।” बिबेक जी लेख सारै राम्रो हुँदा हुँदै पनि हजुर कै हरफहरु ले समाजलाई राम्रो संदेश दिन्दैन, अपराध नियन्त्रणको लागि सरकार र कानुन चाँही कडा हुनै पर्छ | र केटि हरुले पनि लवाई, बोलाई, हिंडाई, हेराईमा संयमता अपनाउनै पर्छ |
कसरि ति बलात्कारी को बिरुद्द सारा इंडिया सडक मा उत्रियो! यो हामि ले इंडिया बात सिक्न पर्ने कुरा हो. हाम्रो नेपाल मा भने पुजारी फेर्ने र नफेर्ने कुरा मा अनि शिव पौडेल लाइ शहिद घोषणा गराउने कुरा मा टायर बालिन्छ तर अस्ति मात्र प्रहरी बात बलात्कृत चेली(साउदी बात फर्केकी) को बारे मा कोहि बोल्देन. किन हो नेपाल मा एस्तो सन्नाटा!
“सोच रहा हुँ माँ, क्या मेरे शहर में लडकी होके जीना पाप है?;
ये कैसा अभिसाप है माँ, येह कैसा अभिसाप है? ”
दण्डहीनता मौलाउँदै गएको आजको परीवेशमा तपाईंको यो प्रस्तुति सोह्रै-आना समय-सान्दर्भिक र उत्कृष्ट छ, विवेक जी। हुतिहारा सरकार र अति स्वेच्छाचारी (निर्दयी अत्याचारी) राज्य-संयन्त्रका विरुध्दमा आवाजहरु बुलन्द पार्न अब ढिला भैसकेको छ।
लेख एकदम सान्दर्भिक छ,अस्ति एउटा समाचार आयो TIA मा एउटा चेली को त्यहाँ को पुलिस ले बलात्कार र भएको पैसा पनि लुटिएको खोइ कहाँ छ नेपाल मा मानवता एउटा चेली जसो तसो गरि इज्जत जोगिएर अरब देश बाट फर्किएर आउना सफल भए पनि आफ्नै भुमि मा लुटीनछा लेखक ले लेखे जस्तै यहाँ एउटा कुखरा गाडी ले किचिंदा बाटो बन्द गर्ने हरु खोइ एउटा मान्छे को किमत त्यो जनावर भन्दा पनि कम भएको, एउटा कार ले मोटरसाइकिल ठक्कर दिंदा बजार नै बन्द गर्ने नारा जुलुस हुने देश मा खोइ एउटा वेबस नारि को आवाज सुनेको थुक्क यहा को प्रशासन खोइ कहाँ छ सरकार नारि को अधिकार माथि भाषण गर्ने नेता भनौदो गिद्ध हरु
दिल्लीकि दमिनी प्रति भएको दुराचार सम्बन्धमा दिल्ली लगएत भारतका बुद्दिजिबी, धनी, गरिब ,सर्ब साधारण ,ब्यापारी ,कबि ,कलाकार ,मानब अधिकारबादी समस्त जनताको जायज निस्वार्थ शान्ति पूर्ण ” दमिनी ” ( हामी,हाम्रो ,र हामीहरुको ) निम्ति भनी गरेको आन्दोलन प्रति सरकार प्रमुख समेत नतमस्तक भै झुक्नु परेको थियो | जुन आन्दोलन का कारण ति दोषीहरुलाई साहेद अदालतका न्याय मुर्ति हरु समेत ले खुकुलो र कम सजाय तोक्ने हिमत गर्न सक्ने छैनन् |
त्यसको ठिक बिपरित नेपालमा गरिने प्राय जसो आन्दोलन ” म ,मलाई र मेरो ” निम्ति मात्र आन्दोलन गर्ने परि पार्टी मौलाई रहेको छ | यहाँ राष्ट्रिय अन्तर राष्ट्रिय मानब अधिकार बादी हरु ,महिला अधिकार बादी हरु प्रसस्तै छन् ,तर ति मानबिय ता को हितमा भन्दा पनि आ आफ्नो खेमा प्रति आबद्ध छन् | हाम्रा बुद्धिजिबी ,कानुनविद ,धनाढ्य ,ब्यापारी ,सर्ब साधारण ब्यापारी ,ब्यबसायी .सांगाठानिक निकाय हरु को आन्दोलन ( हामी ,हाम्रो ,र हामीहरुको ) लागि कहिल्यै भएको देखिदैन | नेपाली नारीहरु बेचीदा ,नारीहरुको अस्मिता लुटिंदा ,जिउदै नारीहरु जलाइदा ब्यापारी हरुले डर भाउमा जनता माथि लूट मार गर्दा ,सरकारले ग्यास को सिलिन्डर को रंग तोकी दर भाउ कायम गर्न खोज्दा सरकारको आदेश प्रति सरकारलाई ग्यास ब्यापारीले धम्कि दिदा,ट्याक्सी डाइभरले मिटर बिगारी जनता ठग्दा र त्यसको बिरोध गर्दा उल्टो ट्याक्सी डाइभर हरुलेनै हर्ताल गर्दा सारा जनता त्यसको बिरोधमा किन जादैन ? किन जनता र सारा वर्ग किन कानमा तेल्हाल्छ ? एउटा अपराधी जेलमा अपराधी हरुबातई मरिन्छ ,एउटा सिंगो पार्टी उसलाई सहिद बनौन आन्दोलन गर्छ | त्यसको बिरोधमा सारा वर्ग किन उठ्न सक्दैन ? यो आन्दोलन यसको र उसको भन्नु भन्दा त्यो आन्दोलन जनता र समाज को निम्ति हो कि हैन ? हो भने त्यो आन्दोलन जो सुकै ले गरेको होस् त्यसमा सबैको सहभागिता हुनु पर्छ ,अन्यथा त्यसको प्रतिकार गर्न हिच्किचाउनु हुदैन अनिमात्र त्यस्ता प्रवृति समाज बाट हट्छ | अन्यथा यस्ता प्रवृति दिनदिनै बढ्दै जाने छ |
यो लेख अली emotional लाग्यो,
समय, सन्दर्भ र प्रसँग ले ल्याएको कुर स्वाभाबिक नै हो | लेख्मा अली पुoरुष लाई मात्र दोशी देखेको पाइयो| समाजमा ब्यप्त कुरिती, बिसँगती जिम्मेबार पुरुष मात्र हुँदैन | पुरुष प्रधान देश संस्कार भयकोले महिला हरु अली पीडित देखिन्छन तेस्को मत्लाब महिला हरु सती सबित्री हुन भन्ने होइन | १० जन सँग प्रेम गर्दै हिंड्ने, मोबाईल मा कुरा गरेको आधार मा होटेल मा रात बिताउने आफ्नो सुन्दर अँग लाई कमाइ खाने भाडो बनाउने महिला लाई के भन्ने ? श्रीमान् बिदेश मा आफ्नो परिवार को लागि मरी मेटेको हुन्छ तर श्रीमती दिन दिनै केटा फेर्दै मोज गरेकी हुन्छिन| आखिर कम्जोरी जो सँग बाट पनि हुन्छ यो सबै शिक्षा को अभाव मा हो जस्तो लाग्छ|
अर्को बलात्कारी!
यहाँ बलत्कार जस्तो जघन्य अपराध को कुरा भई रा छ, राजिखुसी ले हुने सम्बन्ध को कुरा होइन महासय, कसैले राजी खुशी ले बन्द कोठा भित्र के गर्छ भन्ने सबाल होइन यो, पुरुष र महिला को कस्को कहाँ निर गल्ती भन्ने त हुँदै होइन, यहाँ त जबर्जस्ती गरिएको बलत्कार को कुरा पो होत। रह्यो कुरा शिक्षा को अबाभ ले एस्तो हुन्छ, !!?? एक जना नपढेको मान्छे ले अन्जान मा गर्ने गल्ती र पढेको मान्छे ले जानी जानी गर्ने अपराध मा धेरै फरक हुन्छ, पढाई को स्तर ले मात्रै ब्यक्ती को बिबेक र सोचाइ परिवर्तन हुँदैन, हुन्थ्यो भने त डि आ जि जस्तो पद मा पुगेको मान्छे, त्यो पनि अपराध अनुसन्धान मा कयन बर्षा काम गरेको मान्छे , पढाई पनि उच्च शिक्षा प्राप्त गरेको मान्छे ले आफ्नै श्रीमती मारेर आफ्नै बाल बच्चा को मात्रित्वो कसरी खोस्यो ??? तेसैले अपराध लाई शिक्षा सँग जोडेर मात्रै हेर्न मिल्दैन।
सहि लेख…..उचित मुल्यांकन सबैले गर्न सिकौ समाज तपाई हामीले नै बदल्ने हो अरुले होइन …. बुझौ न….
कानुन संसोधन गरि परशुराम बस्नेतलाई लिङ्ग छेदन गरि मृतुदण्ड दिन सकियो भने मात्र अरु परशुराम हरु निक्लन हच्केलान, नत्र यहि कानुनले त केहि लछारपाटो लगाऊदैन ।
धेरै राम्रो लेख! मेरो बिचारमा हरेक किसिमका अनैतिक कार्येहरुको लागि कडा भन्दा कारबाहीको नियेम हुनुपर्छ अनि मात्रै सुधारको बाटो तर्फा हामी लम्कने छौ!
म पनि के भन्ने के नभन्ने भयर अवाक्क को अबस्थामा छु!
यसैले नया बर्षको खुशियाली उल्लासमय तरिकाले नमनाउने निधो गरेको छु!
तर यो पुरानो बर्ष का खतरनाक प्रबित्ति र उदेक लाग्दा विसंगतिका बिस्मायक युक्त विषम साथै घ्रिस्टता र दुस्ट हरुको चक्रब्युह अनि षडयन्त्र असफल होस् भन्ने कामना गर्दै मन्दिर चाहि जाने बिचारमा छु?
नया बर्षको सबैलाई शुभ-कामना!
यो बर्षले दुस्ट्याइ र नकारात्मक बिचार माथि सकारात्मक र आत्मियताले बिजय प्राप्त गरोस अनि सबैले शुख: सम्ब्रिद्दि र शान्ति मिलोस र प्रगति गरोस भनेर मंगलमय कामना छ!
जदौ!!!
नेपालीहरुमा मानविय समवेदना एक रत्ति पनि बाकी छैन जस्तो छ …दिनको १२-१४ घण्टा load shedding हुदा पनि केहि बोल्दैन , अहिले सम्म संबिधान नबन्दा पनि केहि बोल्दैन …फुस्रो घमण्ड छ इन्डियनहरु भन्दा हामी superior हौ भनेर ….घण्टा को superior..चेतना को level हेर …जहाँ सिंगो भारत आन्दोलनमा उत्रेको छ ..बलात्कारको घटना बिरुद्ध …अनि नेपालीहरु हेर …मतलब छैन ….New year कसरि मनाउने …कहाँ जाने…मापसे बाट कसरि बच्ने …यस्तै यस्तै कुराको चिन्ता छ….भुत्राको बहादुर नेपाली …भेडा नेपाली …
हौ साथी,नेपाली लाई भेडासंग तुलना नगरम न हौ,भेडाको पनि इज्जत हुन्छ/भेडाले कहिलै बलात्कार गरेको सुन्नु भा छ?भेडाले आफ्नो समुदाय लाई दुखः दिएको थाहा छ?भेडा त नेपाली भन्दा संबेदनसिल जनाबार हो/
बलात्कारीको काटेर फालिदिनु पर्छ l
महिलाहरु माथि हुने यौन जन्य र अन्य किसिमका हिंशाहरु नेपाल जस्तो मुलुकको लागि कुनै नौलो कुरा होइन. जुन समाज पुरातनबादी छ, अंध विश्वास अनि कुसंस्कारले जेलिएको छ र सबै भन्दा महत्व पूर्ण कुरा जुन समाज पुरुष प्रधान छ (हुन त हालका दिनहरुमा महिलाहरुबाट पुरुष प्रति हुने आत्याचारका घटनाहरु पनि पढन/सुन्नमा आएका छन तर ति नगन्य छन) तेस्तो समाजमा येस्ता घटनाहरुलाई राज्य र समाजका अन्य पक्षहरुले हलुका र सामान्य रुपमा लिने गर्दछन. जसको उदाहरण स्वरुप बितेका १५-२० दिन भित्रै नेपालगंज, बारा र काठमंडूका बिभिन्न स्थानमा भएका घटनाहरुले पुस्टि गर्छन. त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सरकारी कर्मचारी र सुरक्षा कर्मीद्वारा भएको कृत्य अनि राज्यबाट पिडितलाई न्याय दिलाउने भन्दा पनि डेढ लाख दिने कार्यबाट राज्यको महिला प्रतिको दृस्टीकोण र जिम्मेवारीलाई दर्साउँछ. महिला अधिकार (डलरबादी) हरुको मौनता, महिला आयोगको उदासीनता झनै डरलाग्दो पक्ष हुन. येदि भारतमा “गैंग रेप” पिडित युवतीको बिषयलाई मिडियाहरुले पुरा “कवरेज” नदिएको र तेस पछि पुरा भारतीय हरुले पार्टी धर्म र राजनीति बाट माथि उठेर यो मुद्दालाई रास्ट्रिय मुद्दा नबनाएको भए हामी कहाँ येस्ता कुराहरु उठदै उठदैन थियो होला येदि उठी हाले पनि दुइ-चार दिनमा सेलाई हल्थियो, यसपाली हेरौ के हुन्छ ??
तेसैले त हामि समबेदना हिनको उच्च श्रेणीमा परेको खबर अस्ति भर्खरै मात्र आको थियो /
” कौशल्टारको बाटो छेउ बलात्कार हुन्छ तर सो बाटो हिड्ने गाडी/ मोटरसाइकल देखे नदेखे झैँ पास हुन्छन ; ( यो हप्ताको “नेपाल” अंक , आवरण कथा)। बाउबाट छोरी बलात्कृत हुन्छे, परिवारले कुरा लुकाउछ; बसमा बाटोमा युवतीको स्तन च्याप्प समाएर गिजोलिन्छ, नितम्ब समाइन्छ, बाटो हिड्नेहरु वा बसका सहयात्रीहरु हासेर मसला थप्छन ; होलीमा केटीहरुलाई लोला हान्न बाउले छोरालाई उक्साउछ। के हामि आफै दोषी छैनौ? हाम्रो संस्कार हाम्रो समाज दोषी छैन?”
जब सम्म तपाई र म मा ‘पुरुषत्व’ को काइते परिभाषा र काइते शोच रहिरहन्छ तब सम्म यी कुरा हरु मा परिबर्तन आउदैन
महिला माथि यौन हिन्सा हुनु दुखदायी कुरो हो । यस्ता अपराधिहरुलाई जस्तो सजाय दिए पनि कमी हुन्छ( अपराध हेरेर ) हाल आएर यस्ता धटनामा ब्यपक बृद्धी भएको छ त्यसैले नेपालमा पनि कडा कनुन आवश्यक छ ।
त्यो घटनाले मानब जाति लाइ नै लाजित तुलायाको छ/
धन्यवाद बिबेक जी राम्रो लेखको लागि ।
तपाइँको यो लेख पढेपछि एउटा आइडिया आयो । यदि हामीले सार्बजनिक यातायातमा महिलामाथि छेडछाड नगरौँ भन्ने खालका सूचनाहरु राख्ने हो भने मात्रै पनि मान्छेहरुको दिमागमा जबरजस्ती यस्ता सूचना पास हुन्थे होलान् र ति सतर्क हुन्थे होलान् । महिला हिँसाका मामिलामा सकारातात्मक तर जबरजस्ती परिवर्तनको खाँचो महशुस हुन्छ मलाइ ।
ठिक भन्नुभयो, अनुराधा जी / यदि ठुला-ठुला मिडियाहरुले (र माइ संसारले पनि) कुनै बिज्ञापनको कर्नरमा यो म्यासेज दिए ठुलो कल्याण हुने थियो / हाम्रो सभ्यतामा परिवर्तन ल्याउने र समाजलाई परिष्कृत बनाउने सोचाइ भन्दा पनि हामी प्राय: को अभिस्ट कसरी पैसा कमाउने र अरु भन्दा सुपेरियर देखाउने फोस्रो/सतही चिन्तनले गर्दा हामीलाई धरातलमा गाड्यो / चेतना भनेको राजनीति मात्रै होइन, मानब सम्बेदना पनि हो / ट्रेड यूनियन र सोझा जनतालाई लुटेर खान जातिय, ब्यबसायिक र क्षेत्रीय सघ-सस्थाहरु खोलेर आफ्नो भुडी भर्ने दाउले मार्यो / गत दश बर्षमा यस्था यूनियनहरुले आफ्नो भुडी भर्ने बाहेक के गरे भनि मूल्यंकन गर्ने बेला आएको छ / र, तथाकथित चेतना बढाउनु भन्दापनि हाम्रो सोचाई र ब्यबहारमा सभ्य र गुणात्मक परिबर्तन ल्याउनु जरुरी छ /
सही हो , अमानुषहरुलाई मानुषी काइदा र कानून ले पटक्कै छुन सक्दैन. त्यसैले त एकै महिनामा डेढ दर्जन अमानवीय हिंसा र दुश्क्रित्यहरुको समाचारले मथिंगल भारी बनायो.
यी जन्तुहरुलाई जन-अदालत बाट नै निसाफ गर्नु पर्ने देखियो. यिनलाई कुटीकुटी घाइते बनाउने होइन , मृत्युदण्ड पनि होइन अलि फरक खालको , तर अपराध सुहाउँदो सजाएँ दिन दिलाउन समाजको सबै अंगहरु एकसाथ जुर्मुराएर सहमत हुनु आवश्यक हुन्छ. अनि त्यो विशिष्ठ र अमानुषी दण्ड भनेको – ( भविष्यमा कोहि पनि महिला ती पापीबाट असुरक्षित नहोस भन्ने सदाशयले ) अस्पतालमा लगेर पुरुषग्रंथी विहीन पारि दिने !!!
यस्तो कानून बनाउन के तपाई पनि दस्तखत गर्न तय्यार हुनु हुन्छ ?
राम्रो कुरा को उठान भाको छ, जब सम्म यस्ता जघन्य अपराध को कडा भन्दा कडा सजाय को व्यवस्था हुदैन हामीले नै केहि गर्नु पर्छ र यस्ता मानब रुपी दानब लाई सजाय दिनु पर्छ कि पछि बिर्सेर पनि यस्तो सहस गर्न न सकोस अनि राज्य लाई पनि आवस्यक व्यवस्था गर्न दबाब होस्, महिला हरु यस कुरामा बडी जागरुक हुनु पर्यो र हरेक पुरुस ले पनि यसमा साथ दिनु पर्छ i
दिल्ली को समसामयिक प्रसङ्ग लाइ जोडेर नेपाल को मुद्दा उठाएको एकदम संसनिखेज रोचक र सटिक लेख | माइ संसारको सुन्दरता भनेको येही हो |
अली थप्नुस न, पुगेन:
प्रहरी बाट नै महिला प्रहरी को बलात्कार हुन्छ अनि कहिँ उजुरी समेत गर्न कयौ महिना लाग्छ, कहाँ छ न्याए ? कहाँ छ मीडिया ?
नेपालको सरकार रु १.५ लाख बलत्कृतको लागि पैसा तोक्च सक्छ तर पीडकलै कडा भन्दा कडा सजाए दिने कुरा मा मौन छ।
१.५ लाख, दिने कस्तो घटिया सोच! कस्तो लाचार तमासे हामी र हाम्रो समाज ।
अनि ऋषि धमला जस्तो पत्रकार छ्न र के पी ओली जस्ता राज नितिग्य | धिक्कार छ यी नेता भनौदा हरु लाई |
मलाई बिबेक जी को लेख सारै मन पर्यो…सायद हामी नेपाली हरु यो बारेमा धेरै मौन छौ..केहि त सोचम यसको बारेमा…
बिषय सान्दर्भिक छ तर नेपाल नै यस्तो देश हो जहाँ जे गरे पनि केहि हुदैन भन्ने मान्यता बिशेष गरेर अपराधिक मनस्थिति भएका मान्छेहरुमा रहेको पाइएको छ | यस्ता जति पनि गलत क्रियाकलाप भै रहेका छन् तेस्मा मा हामी एकजुट भएर आवाज उठाउन सक्दैनौ जबकि कुनै राजनैतिक पार्टी हरुले कुनै कार्यक्रम आयोजना गरे भए हामी हुलमुल बनाएर उनीहरुको समर्थन मा जना तल्लिन रहन्छौ | सबै भन्दा पहिले त हामी निन्द्रा बाट बिउझीनु पर्छ अनि मात्र केहि हुन्छा ! देश को मूल कानुन पनि अलि कडा बनाउनु पर्छ अनि मात्र यस्ता बलात्कारीहरुले सजाय पाउनेछन् |
यौनलाई भोक अनि प्याससँग दाँज्ने, कोठामा सिमित हुनुपर्ने यौनलाई ‘चोकचोक’मा पुर्याउने, समाजको प्रतिबिम्ब, समाजको ऐना आदिका नाउँमा मनगढन्ते कथा रचेर चलचित्र बनाउने, साहित्य कोर्ने, अतिरंजितरूपमा समाचार अनि सामग्री प्रकासहित गर्नेहरू हुन् यौन हिंसाका मूल कारक । अलिकति समझदारले त लौ यस्ता अन्तिरंजनाहरूलाई शिक्षाका रूपमा वा सहजरूपमा लेला वा पचाउला । तर के सबैले यस्ता सामग्रीलाई सहजरूपमा पचाउँछन् ? जबसम्म यौनलाई अतिरंजित बनाइन्छ, चाहे जस्तोसुकै सजायको व्यवस्था गरेपनि यौनहिंसा रोकिनेवाला छैन ।
पुष्प जी को कुरा पनि एउटा कारण हो जस्तो लाग्छ मलाई पनि ! मनोरंजन हुन्छा भनेर चलचित्र हेर्न गयो छोरा छोरी र आफन्त संग संगै बसेर हेर्न नै सकिन्न! पत्रिकाले समाचार र सूचना दिन्छा भन्यो नागरिक र कान्तिपुर जस्ता अब्बल पत्रिका को नै को “शुक्रबार” र “साप्ताहिक” छोरा, छोरी, भाई बहिनि, र आफन्त संग संगै बसेर पढ्न सकिन्न ! अरु रस रंग मनोरंजन जस्ता को त कुरै नगरौ!
हो भनेको यो कान्तिपुरको “साप्ताहिक” र नागरिक “शुक्रबार” ले त ब्यबसायिक पत्रकारिताको नाममा छाडापन सीमा नै नाघेका छन् अरु झुसेमुसे पत्रिकाहरुको त के कुरा गर्नु र?
यो व्यक्ति पक्कै पनि उत्तर-कोरियाकै टट्टू हुनुपर्छ / कति प्रतिक्रियाबादी र प्रतिगामी सोंचको रहेछ त ?
समाजलाइ दुसित बनाउने येस्ता बिस-बृछ्यहरुलाई उत्तर-कोरिया तिरै ठेल्ने हो कि ?
पश्चिमाहरूलाई समेत माथ ख्वाएर छोरीचेलीलाई ‘कुन आसन मनपर्छ’, भनेर सोध्नेहरू अमृतवृक्ष हुन् भने, म वीषवृक्ष नै भनिन रुचाउँछु ।
रुप र शारीरिक बनावट मिल्दैमा सबई सजिब जन्तु लाई मानिस भन्न नमीलंनी रहेच !!!!
अचम्म लाग्छ मलाइ
दामिनी को यो बलत्कार ले संसार त न
भनौ नेपाल र नेपाली को फेसबुक
को भित्ता चाही नराम्रो संग छायो दर्दनाक
घटना ले न छायोस पनि कसरी तर तर
हाम्रो देश नेपाल हो कि भारत ?
हामी नेपाली कि भारती ?
यसो भनेर
दामिनी को आत्म लाइ दखल पुराउन खोजे
को चाइ होइन यस्तो घटना ले कुन
निर्दही को मन न पग्ले ला र तर तपाइ
हामी लाइ अबगत छ नेपाल
मा यो भन्दा पनि दर्दानक घटना न
घटेको हो र ? तेस्ता घटना लाइ नेपाली महान
पुरुष ले किन आफ्नो स्टटस बनाउदैनन ?
किन RIP भन्न अनकनाउछन तपाइ हिजो मात्र पढ्नु भयो दशरथ पुर गम खोला म बस
दुर्घटना मा १५ जना मृत्यु १७ जना घाइते
किन त्यो घटना सबै को स्टटस बनेन ? किन
भनिएन RIP RIP? यती मात्र उदाहरण ले न
पुगे : त्रिबुवन विमानस्थल
मा एउटा महिला को पैसा अनि इज्हत लुट्ने
नालायक कुकुर कर्मचारी हरु लाइ किन कोइ एक
शब्द लेखिएन ? साथी म नेपाली हो नेपाली हुनु
म गर्व छ भन्दै मा नेपाल को माया झल्कदैन
साथी नेपाली हुनु लाइ नेपाल को स्वाभिमान
को चिन्ता हुनु जरुरी छ भारत को होइन..!
जय नेपाल..!!!